Janasankhya ra Batabaranbichko Antarsambandha | Class 10 Social Notes
Janasankhya ra Batabaranbichko Antarsambandha - An overview of notes for SEE Class 10 Social Studies

एकाइ १०: जनसङ्ख्या र यसको व्यवस्थापन (Ekai 10: Janasankhya ra Yesko Vyavasthapan)

पाठ ५: जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध (Janasankhya ra Batabaranbichko Antarsambandha)

१. जनसंख्या र वातावरणबिचको अन्तरसम्बन्धको व्याख्या गर्नुहोस् ।

उत्तर: जनसंख्या र वातावरण बिचमा घनिष्ट सम्बन्ध रहेको पाइन्छ । मानिसका लागि आवश्यक पर्ने स्वच्छ हावा, पानी, खाजकुरा सबै कुराहरू वातावरणबाट नै प्राप्त हुन्छ । साथै वातावरणबिना मानव जीवन अस्तित्वमा नै आउन सक्दैन । त्यसैगरी मानवविना वातावरणको अस्तित्व रहँदैन । वातावरणमा रहेका वस्तुहरूको उपयोग मानिसमा निर्भर रहन्छ । साथै वातावरणको संरक्षण गर्न कार्यमा समेत मानिसको महत्त्वपूर्ण भूमिका रहन्छ । मानिसका हरेक क्रियाकलापबाट वातावरणमा प्रत्यक्ष प्रभाव पर्दछ । मानिसले वातावरणमा रहेका विभिन्न तत्वहरूलाई सही र आदर्श ढंगले उपयोग गर्न सकेको खण्डमा मानिसको जीवन सकारात्मक प्रभाव पर्दछ भने मानिसले वातावरणीय वस्तुको जथाभाबी ढंगले उपयोग गरेको खण्डमा वातावरणीय ह्रास हुन गई मानव जीवनमा नकारात्मक असर निम्त्याउँछ । मानिसले भौतिक वातावरणलाई आफू अनुकूल प्रयोग गर्न भएकोले त्यसको उपयोग गर्दा संरक्षणका पक्षमा समेत ध्यान दिनु पर्छ । वातावरण संरक्षण गर्न कि विकास गर्न भन्ने कुरा मानिसको व्यवहारमा नै भर पर्दछ । त्यसले मानिसको जीवनमा नै प्रभाव पार्दछ । त्यसैले जनसंख्या र वातावरणबिच घनिष्ट सम्बन्ध रहेको छ भन्न सकिन्छ ।

२. जनसंख्या वृद्धिका कारणले कसरी वातावरण प्रदूषण हुन्छ, उल्लेख गर्नुहोस् ।

उत्तर: जनसंख्या वृद्धिको कारणले वातावरण प्रदूषण हुने कारणहरूलाई तल बुँदागत रूपमा प्रस्तुत गरिएको छ :

  • जनसंख्या वृद्धिसँगसँगै मानिसको आवश्यकता वृद्धि हुँदै जाने भएकोले आवश्यकता परिपूर्तिका लागि वातावरणीय स्रोत साधनको अनियन्त्रित रुपमा उपयोग हुन्छ । जसले गर्दा जनसंख्या र वातावरणबिच असन्तुलन भई वातावरण प्रदुषण हुन्छ ।
  • जनसंख्या वृद्धिसँगसँगै सहरीकरण र औद्योगीकरणको वृद्धि हुँदै जान्छ । सहरी क्षेत्रबाट निस्कने धुँवा धूलो तथा उद्गमधन्दाबाट निस्कने धुँवा धूलो तथा रसायनिक पदार्थले वातावरण प्रदूषण हुन्छ ।
  • जनसंख्या वृद्धिसँगै मानिसहरूले घर समुदाय, अस्पताल, उद्योग धन्दाबाट निस्कने फोहोरको मात्रा बढ्न गई वातावरण प्रदूषण हुन्छ ।
  • जनसंख्या वृद्धिसँगै मानिसले जमिनमा जथाभावी ढंगले खेती गर्ने, रासायनिक मल तथा किटनाशक औषधिको प्रयोग गर्दा समेत वातावरण प्रदूषण हुन जान्छ ।

अन्त्यमा जनसंख्या वृद्धिको कारण वातावरणमा रहेको वस्तुहरूको अत्याधिक उपयोग र प्रयोगबाट बढ्न गई त्यसको कारणले वातावरण प्रदूषण हुन्छ ।

३. वातावरण प्रदूषण नियन्त्रणका लागि व्यक्ति, परिवार, समुदाय र स्थानीय सरकारले कस्तो भूमिका निर्वाह गर्नुपर्छ, सुझाव प्रस्तुत गर्नुहोस् ।

उत्तर: वातावरण प्रदूषण नियन्त्रणका लागि व्यक्ति, परिवार, समुदाय र स्थानीय सरकारले निर्वाह गर्नुपर्ने भूमिकाहरूलाई निम्नानुसार प्रस्तुत गरिएको छ :

व्यक्तिको भूमिका

  • वातावरण संरक्षणका कार्यमा सहभागी
  • वातावरण संरक्षण सम्बन्धी जनचेतना
  • जथाभावी रूपमा फोहोर नफाल्ने

परिवारको भूमिका

  • परिवारमा वातावरण संरक्षणका सम्बन्धमा छलफल गर्ने
  • वातावरण संरक्षणका कार्यमा परिवारलाई सहभागी हुने
  • घर परिवारबाट निस्कने फोहोरलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने

समुदायको भूमिका

  • समुदायको सरसफाई र फोहोरमैला व्यवस्थापनलाई ध्यान दिने
  • वातावरण प्रदुषणको असर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन
  • वनजङ्गल संरक्षण तथा वृक्षारोपण कार्यक्रममा सहभागी हुने ।

स्थानीय सरकारको भूमिका

  • व्यवस्थित सहरीकरणको लागि योजना बनाई कार्यान्वयन गर्ने
  • स्थानीय तहबाट लिएको फोहोरहरूको उचित व्यवस्थापन गर्ने
  • उद्योग तथा कलकारखाना मानव बसोबासभन्दा टाढा राख्नुपर्ने कानुन व्यवस्था गरी कार्यान्वयन गर्ने

४. वातावरण संरक्षणका उपायको सूची बनाउनुहोस् ।

उत्तर: वातावरण संरक्षणका उपायहरूलाई तल बुँदागत रूपमा प्रस्तुत गरिएको छ :

  • वृक्षारोपण गर्ने: वातावरण संरक्षण गर्नको लागि खाली ठाउँमा वृक्षारोपण गर्नुपर्छ ।
  • नदीकिनारामा तटबन्ध निर्माण गर्ने: बाढीको कारणले नदी किनारका क्षेत्रमा पुऱ्याउन सक्ने असर नियन्त्रणका लागि नदी किनारामा तटबन्ध निर्माण गर्नुपर्छ ।
  • आधुनिक सहरी सुविधा सहितको सहर विकास गर्नुका साथै सहरी क्षेत्रमा वायु प्रदुषण नियन्त्रण, फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्छ ।
  • वैज्ञानिक कृषि प्रणाली अवलम्बन गर्ने: भिरालो जमिनमा खेतीपाती नगरी जमिनको स्वरूप अनुसार वैज्ञानिक कृषि प्रणालीको अवलम्बन गरी कृषि कार्य गर्नुपर्छ ।
  • वन विनास नियन्त्रण गर्ने: इन्धनको लागि वैकल्पिक ऊर्जाको प्रयोग गरी वनजङ्गल विनास हुनबाट नियन्त्रण गर्नुपर्छ ।
  • वातावरण संरक्षणका लागि सरकारी तथा गैह्रसरकारी निकायले संयुक्त रूपमा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्छ । उद्योगधन्दाहरू मानव वस्तीबाट टाढा स्थापना गर्नुपर्छ ।

यी उपायहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र दिगो वातावरणीय संरक्षण सम्भव छ। थप जानकारीका लागि नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको वेबसाइट भ्रमण गर्न सकिन्छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us

Scroll to Top