Ujalo Yatra (उज्यालो यात्रा) – Chapter 1 Complete Notes
Comprehensive guide with all exercises, vocabulary, comprehension and detailed analysis of the poem ‘Ujalo Yatra’ for Class 10 SEE preparation.
Table of Contents
शब्दभण्डार (Vocabulary) – Ujalo Yatra
१. दिइएका अर्थ आउने शब्द ‘उज्यालो यात्रा’ कविताबाट खोजेर लेख्नुहोस्:
२. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस्:
गाई मानिसले पाल्ने घरपालुवा जनावर हो। यो चौपाया वर्गभित्र पर्छ। मानवका लागि गाईको दुध निकै पोसिलो हुन्छ। शरीर स्वस्थ राख्न तागतिला कुरा खानुपर्छ। दुग्ध र दुग्धजन्य पदार्थ बिक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन्। गाईपालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ।
३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस्:
४. ‘उज्यालो यात्रा’ कविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस्:
५. उदाहरणमा दिए जस्तै कुनै पाँच जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस्:
उदाहरण: धारिलो – भुत्ते, धेरै – थोरै
माथि – तल
वाक्य: किताब टेबुलको माथि राख्नुहोस्, तल होइन।
उज्यालो – अँध्यारो
वाक्य: दिउँसो उज्यालो हुन्छ र राती अँध्यारो हुन्छ।
शिर – पाउ
वाक्य: मानिसको शिर माथि र पाउ तल हुन्छ।
६. उदाहरणमा दिए जस्तै जोडी अनुप्रासयुक्त शब्द पाठबाट खोजेर लेख्नुहोस्:
उदाहरण: चन्दन – नन्दन
बोध र अभिव्यक्ति (Comprehension & Expression)
७. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्:
जसका भावना हाँस्छन्, मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी।
(अ) यस कवितांशका चार पाउ छुट्याएर लेख्नुहोस्।
⇒ जसका भावना हाँस्छन्,
⇒ मनमा रागिनी भरी
⇒ जसका जिन्दगी बाँच्छन्
⇒ रातमा चाँदनी छरी।
(आ) कवितांशका चारै पाउको पाँचौं ह्रस्व वर्ण रेखाङ्कन गर्नुहोस्।
⇒ भावना, रागिनी, जिन्दगी, चाँदनी
(इ) कवितांशका चारै पाउको छैटौं दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस्।
⇒ भावना, रागिनी, जिन्दगी, चाँदनी
(ई) कवितांशका चारै पाउका सातौं वर्ण क्रमशः लेख्नुहोस्।
⇒ हाँ, भ, बाँ, छ
८. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्:
जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर।
समर्पित भएका छन् जो सदा न्यायखातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर।
(क) धर्तीलाई केले मनोहर बनाएको छ?
⇒ ज्ञान र कर्ममा जुटेका मानिसहरुको सङ्घर्षले धर्तीलाई मनोहर बनाएको छ।
(ख) कर्म गर्नेको जिन्दगी कस्तो बन्छ?
⇒ कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ र उनीहरुले कर्म गरेर समाज र देशलाई पनि बनाउँछन्।
(ग) कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको छ?
⇒ कवितांशमा जो मानिस सधैं न्यायखातिर समर्पित भएका हुन्छन्, उनीहरुको शिर उचो भनिएको छ।
(घ) कवितांशबाट के सन्देश पाइन्छ?
⇒ हामीले ज्ञान र कर्मले हाम्रो धर्तीलाई सुन्दर बनाउनुपर्छ। सधैं न्यायखातिर आवाज उठाउनुपर्छ। यसरी आफ्नो खुसी मात्र नहेरी समग्र देशको हितमा लाग्नुपर्ने सन्देश प्रस्तुत कवितांशबाट पाउन सकिन्छ।
कविता विश्लेषण (Poem Analysis)
९. तलका प्रश्नको उत्तर लेख्नुहोस्:
(क) ‘उज्यालो यात्रा’ कविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस्।
⇒ जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई सयौंपटक घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै हामीमा कर्मशक्ति छ भने जङ्गललाई पनि स्वर्गको बगैंचा बनाउन सक्छौं। हामीले जहिले पनि उच्च सङ्कल्प लिनुपर्छ। संसारमा असम्भव केही छैन। सबै महान् व्यक्तिहरू सङ्कल्पकै कारण महान् बनेका हुन्।
(ख) जीवन सार्थक पार्न के के गर्नुपर्छ?
⇒ जीवनको यात्रालाई उज्यालो बनाउन अर्थात् सार्थक पार्न उच्च सङ्कल्प लिएर हामी कर्मशील बन्नुपर्छ। हामीले ईर्ष्या, द्वेष त्यागेर प्रेमको सौरभ छर्नुपर्छ र उपकारी बन्नुपर्छ। हामी उदाहरणीय व्यक्तित्व बन्न सक्नुपर्छ। हाम्रो ज्ञानले धर्तीलाई मनोहर बनाउनुपर्छ अनि हाम्रो कर्मले सुन्दर निर्माण गर्नुपर्छ। कर्म विध्वंशका लागि होइन, निर्माणका लागि हो। त्यस्तै हामीले लोभलालच मनमस्तकबाट फ्याँकेर न्यायका खातिर सदैव समर्पित हुनुपर्छ।
(ग) कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन्?
⇒ कवि रामप्रसाद ज्ञवालीले ‘उज्यालो यात्रा’ कवितामा नैतिक आदर्शको प्रस्तुति गरेका छन्। यस कवितामा कविले मूलतः कर्मशील बन्नुपर्ने धारणा अभिव्यक्त गर्दै उच्च सङ्कल्प लिनुपर्ने उल्लेख गरेका छन्। त्यस्तै ईर्ष्या, द्वेष त्यागेर प्रेमको सौरभ छर्दै उपकारी बन्नुपर्ने बताएका छन्। लोभलालच मनमस्तकबाट फ्याँकेर न्यायको बाटोमा लाग्नुपर्ने कुरामा कविको जोड रहेको छ। यसप्रकार कविले प्रस्तुत कवितामा महान् कर्मको आदर्श जीवन यात्राको कल्पना गर्दै चन्द्रसूर्य जस्तै उज्यालो छर्दै स्वावलम्बी बन्नुपर्ने उल्लेख गरेका छन्।
(घ) ‘उज्यालो यात्रा’ कविताको मूलभाव के हो?
⇒ कविताले मूलतः जीवनरूपी यात्रालाई उज्यालो पारी कसरी आदर्श र महान् व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्त गरेको छ। विश्वमा आदर्श र नमुना बन्नका लागि सधैं नै महान् कर्मको यात्रा गर्नुपर्छ भन्ने कविको धारणा कवितामा प्रस्तुत भएको छ। महान् कर्मको आदर्श यात्रामा कहिले चलूँला? चन्द्रसूर्य जस्तै आफैं कहिले बनूँला? आफ्नो पौरखले आफ्नो बाटो कहिले खनूँला? अनि सर्वोच्च कविता आफैं कहिले बनूँला? भन्दै हामी अघि बढ्यौं भने उज्यालो भविष्यका साथ उज्यालो यात्रा तय गर्न सकिन्छ भन्ने भाव कविले कवितामा अभिव्यक्त गरेका छन्। त्यस्तै सत्कर्म र सत्व्यवहारले जीवनको उज्यालो यात्रा तय भई महान् र आदर्श बन्न सकिने भाव वा सन्देशसमेत कवितामा प्रस्तुत भएको छ।
१०. कविताको दोस्रो श्लोकलाई व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तर गर्नुहोस्।
कविताको दोस्रो श्लोक:
भएमा उच्च सङ्कल्प छैन केही असम्भव
सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सब।
व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तरण गर्दा:
⇒ उच्च सङ्कल्प भएमा केही असम्भव छैन। सब महान् मान्छेहरू सङ्कल्पैले बनेका हुन्।
१२. कर्मशील बन्न कसरी सकिन्छ, ‘उज्यालो यात्रा’ कविताका आधारमा लेख्नुहोस्।
⇒ रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) द्वारा रचित ‘उज्यालो यात्रा’ शीर्षकको कविता नैतिक विषयवस्तुमा आधारित सन्देशमूलक कविता हो। अनुष्टुप छन्दमा संरचित प्रस्तुत कवितामा बाह्र श्लोक रहेका छन्। सरल र सरस भाषाशैलीको प्रयोग गरिएको यस कवितामा विभिन्न बिम्ब र दृष्टान्तको यथोचित प्रयोग गरिएको छ। समग्रमा कविता सरल, बोधगम्य र प्रभावकारी बनेको छ। कविताले मूलतः कर्मशील बनेर जीवनरूपी यात्रालाई उज्यालो पारी आदर्श र महान् व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्त गरेको छ।
‘उज्यालो यात्रा’ कवितामा कर्मशील बन्न सबैलाई प्रेरित गरिएको छ। कर्मशील व्यक्ति नै महान् र अनुकरणीय बन्ने भावसमेत कवितामा अभिव्यक्त गरिएको छ। जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई सयौंपटक घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै हामीमा कर्मशक्ति छ भने जङ्गललाई पनि स्वर्गको बगैंचा बनाउन सक्छौँ भन्दै कवितामा निरन्तरको मिहिनेत र परिश्रमले नै महान् उपलब्धि हासिल गर्न सकिने कुरा बताइएको छ। त्यस्तै हामीले जहिले पनि उच्च सङ्कल्प लिनुपर्छ। संसारमा असम्भव केही छैन। सबै महान् व्यक्तिहरू सङ्कल्पकै कारण महान् बनेका हुन् भन्दै हामीलाई कर्मशील बन्न सकिने तरिका बताइएको छ।
१३. कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्, लेखुहोस्।
⇒ कविले कविताको अन्तिम श्लोकमा आफू जीवनको उज्यालो यात्रामा हिड्ने अनुमान गरेका छन्। यसका लागि उनी कर्मशील बन्ने अनुमान गरेका छन्। अरुको भरमा नपरेर आफू हिँड्ने बाटो आफ्नै मिहिनेतले बनाउने कविको अनुमान रहेको छ। यो कर्मशील प्रवृत्तिले कवि स्वयम् सर्वोच्च कविता बन्ने र अरूलाई कवि बनाउने कुरा कविले कविताको अन्तिम श्लोकमा अनुमान गरेका छन्।
भाव विस्तार (Elaboration)
११. भाव विस्तार गर्नुहोस्:
(क) ईर्ष्याद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव।
⇒ प्रस्तुत श्लोक ‘उज्यालो यात्रा’ शीर्षकको कविताबाट साभार गरिएको हो। यस कविताका रचनाकार कवि रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) हुन्। ज्ञवाली समसामयिक नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन्। कविता, आख्यान, नाटक, समालोचना लगायतका विधामा कलम चलाउने साहित्यकार ज्ञवाली सरल भाषाशैलीमा प्रभावकारी ढङ्गबाट काव्य सिर्जना गर्न सक्ने क्षमता भएका कवि हुन्। घृणाले भन्दा पनि मायाप्रेमले संसार जित्न सकिने र गौरवशाली बन्न सकिने कुरा कविले माथिको श्लोकमा स्पष्ट पार्ने प्रयास गरेका छन्।
हाम्रो अरूको उन्नतिमा डाह गर्ने प्रवृत्ति रहेको छ। सामान्य कुरामा पनि हामी इख लिने काम गर्छौं। यस्तो बानीले एकआपसमा शत्रुता मात्र उत्पन्न गर्दछ। शत्रुता कसैका लागि पनि हितकर हुँदैन। तसर्थ हामीले ईर्ष्याद्वेष त्याग्नुपर्छ। सबैतिर सबैका लागि हामीले प्रेमको सुवास छर्नुपर्छ। प्रेमका माध्यमले नै संसार जित्न सकिन्छ। सबैको प्रिय बन्न सकिन्छ। मनबाट ईर्ष्याद्वेष हटाएर जसले प्रेमको सुवास छर्छन् त्यस्तो व्यक्ति वा मान्छे नै विश्वका निम्ति गौरव बन्छन् भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ।
यसप्रकार अनुष्टुप छन्दमा संरचित माथिको श्लोकले मनमा रहेको डाह र इख हटाएर प्रेमको सुवास छर्ने व्यक्ति नै विश्वका लागि गौरव र प्रेरणाको स्रोत बन्न सक्ने भएकाले हामीले आजैबाट ईर्ष्याद्वेष त्यागेर सबैमा प्रेमपूर्ण व्यवहार गर्नुपर्छ भन्ने भाव सरल, सरस र प्रभावकारी भाषाशैलीका माध्यमबाट स्पष्ट पारेको छ।
(ख) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैं सधैं आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै।
⇒ प्रस्तुत श्लोक ‘उज्यालो यात्रा’ शीर्षकको कविताबाट साभार गरिएको हो। यस कविताका रचनाकार कवि रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) हुन्। ज्ञवाली समसामयिक नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन्। कविता, आख्यान, नाटक, समालोचना लगायतका विधामा कलम चलाउने साहित्यकार ज्ञवाली सरल भाषाशैलीमा प्रभावकारी ढङ्गबाट काव्य सिर्जना गर्न सक्ने क्षमता भएका कवि हुन्। कर्मशील व्यक्ति नै आदर्श र नमुना बन्दछ भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ।
कर्मले जिन्दगीलाई हँसिलो र सुखी बनाउन सकिन्छ। हाम्रो कर्मले सुन्दर विश्वको सिर्जना र निर्माण गर्नुपर्छ। कर्म नै धर्म भन्ने कुरालाई हामी सबैले मनन गर्दै कर्मशील जीवन बनाउनु आवश्यक छ। महान् र श्रेष्ठ कर्मको यात्रामा सधैं लागिरहने व्यक्ति विश्वका निम्ति आदर्श बन्छ। त्यस्तो व्यक्ति नै समाज, राष्ट्रमा मात्र नभएर विश्वका लागि नमुना र अनुकरणीय मान्छे बन्दछ। तसर्थ हामीले विश्वमा आदर्श र नमुना बन्नका लागि सधैं महान् कर्म गर्नुपर्छ भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ।
यसप्रकार अनुष्टुप छन्दमा संरचित माथिको श्लोकमा हामीले सधैं महान् र श्रेष्ठ कर्मको बाटोमा हिड्यौं भने विश्वका लागि आदर्श र नमुना मान्छे बन्न सक्छौं भन्ने भाव सरल, सरस र प्रभावकारी भाषाशैलीका माध्यमबाट अभिव्यक्त भएको छ। यसका साथै हामी कर्मशील बन्नुपर्छ अनि मात्र सबैका लागि अनुकरणीय बन्न सक्छौं भन्ने सन्देशसमेत दिएको छ।
अनुच्छेद र प्रश्नोत्तर (Passage and Q&A)
१५. दिइएका अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्:
गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो। गुरुकुलमा सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षालाई प्राथमिकता दिइन्थ्यो। गुरुकुलमा निश्चित समय तालिका नहुने तथा गुरु र शिष्य प्रायः सँगसँगै हुने हुनाले जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो। गुरुकुलमा नीति, व्यवहार र उसको व्यावसायिक कौशलको केही कठिन परीक्षा लिइन्थ्यो। त्यो परीक्षा पूरा गर्न सकेमा गुरुकुलमा शिष्य दीक्षित हुन्थे।
(अ) गुरुकुल भनेको के हो?
⇒ गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो।
(आ) गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो?
⇒ गुरुकुलमा सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षालाई प्राथमिकता दिइन्थ्यो।
(इ) गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो?
⇒ गुरुकुलमा निश्चित समय तालिका नहुने तथा गुरु र शिष्य प्रायः सँगसँगै हुने हुनाले जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो।
(ई) गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे?
⇒ गुरुकुलमा नीति, व्यवहार र उसको व्यावसायिक कौशलको केही कठिन परीक्षा लिइन्थ्यो। त्यो परीक्षा पूरा गर्न सकेमा गुरुकुलमा शिष्य दीक्षित हुन्थे।
भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्:
(अ) पहिलो अनुच्छेदको पहिलो वाक्यबाट एक एक ओटा नाम, विशेषण र क्रियापद लेख्नुहोस्।
⇒ नाम: शिक्षा
⇒ विशेषण: आवासीय
⇒ क्रियापद: हो
(आ) ‘पढ्’ धातुबाट एक एक ओटा नाम र क्रियायोगी शब्द निर्माण गर्नुहोस्।
⇒ नाम: पढाइ
⇒ क्रियायोगी: पढ्नाले
(इ) अनुच्छेदबाट सुरु, बिच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस्।
सुरुमा: विद्यालय, शिष्य
बिचमा: सान्निध्य, तालिका
अन्तिममा: गुरु, उच्चकोटि
