अधिकार ठूलो कि कर्तव्य ठुलो ?
(Adhikar Thulo Ki Kartavya Thulo)
Comprehensive guide with all exercises, vocabulary, comprehension and detailed analysis of the debate chapter for Class 10 SEE preparation.
Table of Contents of Adhikar Thulo Ki Kartavya Thulo
शब्दभण्डार (Vocabulary)
१. दिइएका शब्द र अर्थ बीच जोडा मिलाउनुहोस् :
२. दिइएका शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् :
कर्तव्यपालन, संविधान, सङ्घर्षपूर्ण, मानव, कल्याण, प्रजातन्त्र, अधिकार
⇒ हामी नेपाली सबैले आफ्नो कर्तव्यपालन गर्नुपर्छ । हाम्रो संविधानमा पनि नागरिकका कर्तव्य उल्लेख गरिएको छ । वर्तमान संविधान निर्माणको क्रम निकै सङ्घर्षपूर्ण थियो । अब हामी मानव एक अर्काको कल्याणमा लाग्नुपर्छ । देशको प्रजातन्त्र जोगाउनुपर्छ र नागरिकलाई अधिकारले सम्पन्न बनाउनुपर्छ ।
३. दिइएको अनुच्छेदबाट श्रुतिसमभिन्नार्थी शब्द खोजेर लेख्नुहोस् :
४. दिइएका शब्दको अर्थ खुल्ने गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् :
(क) बाजी / बाजि
बाजी: आमाले जुवामा बाजी लगाउँदा धेरै पैसा जित्नुभयो ।
बाजि: रामले कयौं बाजि सगरमाथा चढ्न खोज्दा पनि सकेन ।
(ख) अवधी / अवधि
अवधी: नेपालका धेरै भाषामध्ये अवधी भाषा पनि एक हो ।
अवधि: समय अवधिको कारणले गर्दा मैले एस.ई.ई. को तयारी गर्न सकिनँ ।
(ग) तिन / तीन
तिन: मैले सिनेमा हेर्न जाउँ भनेको तिनले अर्कै सुनिन् ।
तीन: जियान्सले चालीस हजारमा तीनवटा मोबाइल किनेछ ।
(घ) पूरा / पुरा
पूरा: प्रख्यातले सुरु गरेको काम प्राश्नाले पूरा गरिन् ।
पुरा: पवनले खाएको पुरा गणेशले खाइदियो ।
(ङ) फेरि / फेरी
फेरि: एस.ई.ई.मा फेल भएपछि मनोजले फेरि परीक्षा दियो ।
फेरी: जोगीले राती फेरी लगाउँदा मलाई एकदमै डर लाग्छ ।
(च) शूर / सुर
शूर: मानिस भएपछि हामी शूरवीर हुनुपर्छ ।
सुर: सुर नभएको मानिसले गीत गाउँदा राम्रो सुनिँदैन ।
बोध र अभिव्यक्ति (Comprehension & Expression)
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादमा वक्ताले पालना गर्नुपर्ने नियमहरू भन्नुहोस्।
⇒ (अ) प्रत्येक वक्ताका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ । चार मिनेटमा जनाउ घन्टी बज्ने छ र पाँच मिनेटमा अन्तिम घन्टी बज्ने छ । अन्तिम घन्टीपछि वक्ताको समय समाप्त हुने छ ।
⇒ (आ) कुनै जाति, वर्ग, धर्म, समुदाय, क्षेत्र, लिङ्ग, अपाङ्गताप्रति भेदभाव हुने र आक्षेप लगाउने खालका विचार व्यक्त गर्न पाइने छैन ।
⇒ (इ) विपक्षका भनाइ खण्डन गर्दा आ-आफ्ना तर्क संयमित र शिष्ट ढंगले राख्नुपर्ने छ ।
⇒ (ई) वक्ताले कुनै लिखित टिपोट हेरेर बोल्न पाइने छैन ।
⇒ (उ) निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ ।
(ख) वादविवाद पाठमा कति जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ ?
⇒ वादविवाद पाठमा ५ जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ ।
(ग) वादविवादको पहिलो वक्ता को हुन् र उनले ककसलाई सम्बोधन गरेका छन् ?
⇒ वादविवादको पहिलो वक्ता चिदानन्द चौधरी हुन् र उनले सभाध्यक्ष, प्रमुख अतिथि, निर्णायक मण्डल, गुरु, गुरुआमा, प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थीलाई सम्बोधन गरेका छन् ।
(घ) वादविवादमा युधिष्ठिरको प्रसङ्ग कुन वक्ताको भनाइमा आएको छ ?
⇒ वादविवादमा युधिष्ठिरको प्रसङ्ग पदम गुप्ताको भनाइमा आएको छ ।
४. दिइएको वादविवादको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) सुकरातले सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणताका लागि के गरे ?
⇒ सुकरातले सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणताका लागि हेमलक विष पिए ।
(ख) बुद्धले कस्तो रहस्यको खोजी गरे ?
⇒ बुद्धले संसारमा दुःख के हो र यसबाट मानव जातिले कसरी मुक्ति पाउँछ भन्ने रहस्यको खोजी गरे ।
(ग) हामीले कसरी कर्तव्य पालन गर्न सक्छौं ?
⇒ हामीले आ-आफ्नो ठाउँमा रही जिम्मेवार भएर कर्तव्य पालन गर्न सक्छौं ।
(घ) वादविवादको अंशमा कस्ता कस्ता मौलिक कर्तव्यको कुरा गरिएको छ ?
⇒ वादविवादको अंशमा राष्ट्रप्रतिको सम्मान, स्वतन्त्रता तथा साझा सांस्कृतिक सम्पदाको संरक्षण, धार्मिक सहिष्णुता र भाषिक विविधताको सम्मान जस्ता मौलिक कर्तव्यको कुरा गरिएको छ ।
५. दिइएका भनाइका वक्ता पहिचान गर्नुहोस् :
(क) निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ ।
⇒ उद्घोषक रमा पंजियार
(ख) परोपकार गर्नु नैतिक कर्तव्य हो ।
⇒ पदम गुप्ता
(ग) नागरिक भएकै कारणबाट प्राप्त गर्ने अधिकार सम्पूर्ण नेपालीले बिना भेदभाव प्रयोग गर्न पाएका छन् ।
⇒ श्रुति साह
(घ) खुसीको अजस्र स्रोत कर्तव्य भएकाले अधिकारभन्दा कर्तव्य नै ठुलो हो ।
⇒ चिदानन्द चौधरी
(ङ) राष्ट्र र राष्ट्रियताको मजबुत जग बसाल्न हरेक वर्गका मानिसले अन्यायको अनुभूति गर्ने अवस्था आउनुहुँदैन ।
⇒ विश्वेश्वरप्रसाद कोइरालाको भनाइ वक्ता भरत भण्डारीले उल्लेख गरेका हुन् ।
(च) कर्तव्यप्रतिको निष्ठा भक्ति वा उपासनाको सर्वोच्च रूप हो ।
⇒ विवेकानन्दको भनाइ चिदानन्द चौधरीले उल्लेख गरेका हुन् ।
(छ) प्रकृतिको अधिकार खोस्ने ताकत कसैसँग छैन, कसैले प्रकृतिको अधिकार खोसोस् त ?
⇒ श्रुति साह
वादविवाद विश्लेषण (Debate Analysis)
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका चिदानन्द चौधरीले कर्तव्यपालनबारे भनेका मुख्य मुख्य तीनओटा भनाइ लेख्नुहोस् ।
⇒ संसारका कैयौं आदर्श व्यक्ति आ-आफ्नो ठाउँमा रहेर नै कर्तव्य पालनको अग्निपरीक्षामा खारिएर खरो उत्रेका र महान् बनेका छन् ।
⇒ कर्तव्यले नै मानिसलाई जीवनवादी बन्न, मनमा सकारात्मक सोच पैदा गर्न उत्प्रेरित गर्छ ।
⇒ आ-आफ्ना ठाउँबाट सबैले आ-आफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य र सुसंस्कृत हुन्छ ।
(ख) कर्तव्यको विषयलाई हाम्रा पौराणिक ग्रन्थमा कसरी उल्लेख गरिएको छ, वादविवादका आधारमा लेख्नुहोस् ।
⇒ कर्तव्यको विषयलाई हाम्रा पौराणिक ग्रन्थमा प्राथमिकताका साथ उल्लेख गरिएको छ । नीतिश्लोकमा न्यायपूर्ण रूपमा आर्जन गरेको धनबाट पारलौकिक कर्तव्य गर्नुपर्छ भनिएको छ । गीतामा आफ्ना हातमा कर्तव्य गर्ने जुन अधिकार छ त्यसलाई इमानदारीपूर्वक पूरा गर्नुपर्छ भनिएको छ । उपनिषद्मा मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव भनिएको छ । यस्ता भनाइहरुले हाम्रा पौराणिक ग्रन्थमा कर्तव्यको विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको स्पष्ट हुन्छ ।
(ग) अधिकारका सन्दर्भमा भरत भण्डारीका भनाइको सार लेख्नुहोस् ।
⇒ अधिकारबिना कर्तव्य पूरा गर्न सकिँदैन । एउटा बालक जन्मनासाथ उसलाई कर्तव्यभन्दा अधिकारको हक हुन्छ । त्यसैले अधिकार जन्मसिद्ध हुन्छ भने कर्तव्य पछि मात्र जोडिने विषय भएकाले कर्तव्यभन्दा अधिकारको महत्त्व बढी हुन्छ । यही नै अधिकारका सन्दर्भमा भरत भण्डारीका भनाइको सार हो ।
(घ) श्रुति साहको भनाइको सार लेख्नुहोस् ।
⇒ अधिकार ठुलो भएर नै यसको प्राप्तिका लागि आन्दोलनहरु भएका हुन् । प्रकृतिसँग सम्पूर्ण अधिकार छ र नै उसले कर्तव्य पूरा गरिरहेको छ । मानिसले जन्मसिद्ध रुपमा प्राप्त गर्ने, मानिसको समग्र व्यक्तित्व विकास तथा सम्मानपूर्ण र नैतिक जीवनयापनका लागि अपरिहार्य अधिकार कर्तव्यभन्दा विशिष्ट छ ।
८. अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका वक्तामध्ये तपाइँलाई कसको भनाइ मन पर्यो, किन ?
⇒ अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका वक्तामध्ये मलाई चिदानन्द चौधरीको भनाइ मन पर्यो । उनले आफ्नो भनाइका क्रममा पूर्वीय दर्शन र पश्चिमा चिन्तकहरुका विभिन्न भनाइ र उदाहरणहरु प्रस्तुत गरेका छन् । हामी सबैले आआफ्नो कर्तव्य निभाउन थाल्यौं भने सबै कुरा राम्रो हुन्छ । त्यस्तै मलाई हाम्रो देश पछाडि पर्नुमा आफ्नो कर्तव्यप्रति केही जिम्मेवार नहुने, सधैं अधिकारका लागि मात्र आवाज उठाउने हामी नेपालीहरुको बानी पनि हो जस्तो लाग्छ । यसमा अधिकारका नाममा नेपालमा भएका आन्दोलनको प्रसङ्ग पनि जोडिएको छ । म “देशले मलाई के दियो होइन, मैले देशलाई के दिएँ” भन्ने विचार राख्छु र कर्तव्यलाई ठुलो ठान्दछु । उनको विचार तार्किक छ । उनले भनाइलाई उदाहरणबाट पुष्टि पनि गरेका छन् । उनको सम्बोधन, विषयवस्तुको ज्ञान र निष्कर्ष उत्कृष्ट छ । उल्लिखित कारणहरुले नै मलाई उनको भनाइ मन परेको हो ।
१०. तपाईंले वादविवादमा कर्तव्य र अधिकारका बारेमा फरक फरक तर्क पढ्नुभयो । कर्तव्य र अधिकारको सम्बन्ध कस्तो हुन्छ होला ?
⇒ अधिकार अरुबाट प्राप्त हुन्छ, कर्तव्य स्वयम्ले गर्ने व्यवहार हो ।
⇒ अधिकार बीज र बोट हो, कर्तव्य फल हो ।
⇒ अधिकार मानिसले जन्मसिद्ध प्राप्त गर्छ भने कर्तव्य आफै महसुस गर्ने कुरा हो ।
⇒ अधिकार प्राप्ति हो, कर्तव्य व्यवहार वा चेतना हो ।
⇒ यसरी हेर्दा कर्तव्य र अधिकार एक सिक्काका दुई पाटा हुन् ।
व्याख्या (Explanation)
७. व्याख्या गर्नुहोस् :
(क) कर्तव्यको कसीमा घोटिंदा मात्र हरेक व्यक्तिको व्यक्तित्वको सफल परीक्षण हुन्छ ।
⇒ प्रस्तुत भनाइ वादविवादको वक्ता चिदानन्द चौधरीले भनेको हो । अधिकारभन्दा कर्तव्य ठुलो हो भन्ने कुरामा जोड दिँदा यो भनाइ आएको हो ।
कर्तव्यको पालनाबाट नै मानिस सफल र असफल भन्ने निर्धारण हुन्छ । पिताप्रतिको कर्तव्य पालनाका सन्दर्भमा जब राम वनवास गए, मर्यादापुरुषोत्तम बने र भगवानका रूपमा पुजिए । संसारमा दुःख के हो र यसबाट मानव जातिले कसरी मुक्ति पाउँछ भन्ने रहस्यको खोजसम्बन्धी कर्तव्य निर्वाह गर्दा गौतम बुद्ध महान् बने । ससाना कार्यबाट प्राप्त हुने ठुलाठुला परिणामले पनि कर्तव्यको महानता झल्काउँछ । आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसंस्कृत हुन्छ । नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले झरी, बादल नभनी गरेको मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा सम्झँदा र सोअनुसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ । यसरी मानिसले आफ्ना कर्तव्य पूरा गरे मात्र ऊ सफल कहलाउँछ भन्ने कुरा स्पष्ट पार्न खोजिएको छ ।
(ख) अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाइँमा पठाउनु जस्तै हो । खुट्टामा नेल लगाएर हिँड् भन्नु जस्तै हो ।
⇒ प्रस्तुत भनाइ कर्तव्यभन्दा अधिकार ठुलोको विषयमा बोल्ने वक्ता भरत भण्डारीले भनेको हो । यसमा अधिकार नै ठुलो हो भन्ने उदाहरण प्रस्तुत गर्न खोजिएको छ ।
मानिसका लागि अधिकार पहिलो शर्त हो। अधिकारबिना मानिस अपाङ्ग बन्दछ । एउटा बालक जन्मनासाथ उसलाई अधिकार चाहिन्छ। अधिकार जन्मसिद्ध हुन्छ भने कर्तव्य पछि मात्र जोडिने विषय हो । किसानले बिउबिजन र मल पाए मात्र अन्न उब्जनी गर्न सक्छन् । यसरी नै मानिसहरुले पहिला अधिकार पाए मात्र कर्तव्य निभाउन सक्छन् । अधिकारबिनाको कर्तव्य नुनबिनाको तरकारी र अमिलोबिनाको अचार जस्तै हुन्छ । मान्छेलाई अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाइँमा पठाउनु जस्तै हो । खुट्टामा नेल लगाएर हिँड् भन्नु जस्तै हो, हातमा हत्कडी लगाएर काम गर भन्नु जस्तै हो । अधिकारबिना मानिस कमजोर हुन्छ । जसरी खुट्टामा नेल लगाएर मान्छे हिँड्न सक्दैन त्यसरी नै अधिकारबिना कर्तव्य पूरा गर्न सकिँदैन। यसरी अधिकारबिना कर्तव्य पूरा गर्न कदापि सकिँदैन भन्ने भाव प्रस्तुत वादविवाद अंशमा स्पष्ट गरिएको छ ।
अनुच्छेद र प्रश्नोत्तर (Passage and Q&A)
१४. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
गरिबी भन्नाले आफ्नो जीवन निर्वाह गर्नका लागि आवश्यक पर्ने गाँस, बास, कपाससमेत परिपूर्ति गर्न नसकेको अवस्थालाई बुझिन्छ । विश्वमा दिनप्रतिदिन गरिबीको समस्या बढ्दै गएको छ । अशिक्षा, जनसङ्ख्या वृद्धिदरको उच्चता, बेरोजगारी, न्यून आर्थिक वृद्धिदरले गर्दा गरिबी बढ्छ । गरिबीको कारण व्यक्ति राष्ट्रको सबै खालका अवसरमा सहभागी हुन नपाउँदा विकासको मूल प्रवाहबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ । मानव विकास सूचाङ्क का आधार मा हेर्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबी को प्रभाव अत्यधिक देखिने गरेको छ । गरिबी पहिचान गरी रोजगार तथा स्वरोजगारमूलक सिप विकास तालिम तथा शिक्षा कार्यक्रम सञ्चालनबाट गरिबी निवारण गर्न सकिन्छ । नेपालमा गरिबी निवारणमा सरकारी, सहकारी, सामुदायिक, निजी र गैरसरकारी क्षेत्र एवम् विकास साझेदारको भूमिका अपरिहार्य छ ।
(अ) गरिबी भन्नाले के बुझिन्छ ?
⇒ आफ्नो जीवन निर्वाह गर्नका लागि आवश्यक पर्ने गाँस, बास, कपाससमेत परिपूर्ति गर्न नसकेको अवस्थालाई गरिबी भन्ने बुझिन्छ ।
(आ) गरिबी किन बढ्छ ?
⇒ अशिक्षा, जनसङ्ख्या वृद्धिदरको उच्चता, बेरोजगारी, न्यून आर्थिक वृद्धिदरले गर्दा गरिबी बढ्छ ।
(इ) गरिबी निवारणका लागि कस्ता कार्य गर्न सकिन्छ ?
⇒ गरिबी पहिचान गरी रोजगार तथा स्वरोजगारमूलक सिप विकास तालिम तथा शिक्षा कार्यक्रम सञ्चालनबाट गरिबी निवारण गर्न सकिन्छ ।
(ई) नेपालमा गरिबी निवारणमा ककसको भूमिका अपरिहार्य छ ?
⇒ नेपालमा गरिबी निवारणमा सरकारी, सहकारी, सामुदायिक, निजी र गैरसरकारी क्षेत्र एवम् विकास साझेदारको भूमिका अपरिहार्य छ ।
भाषिक संरचना र वर्णविन्यास पहिचान गरी उत्तर दिनुहोस् :
(अ) अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस्।
मूल वाक्य: गरिबीको कारण व्यक्ति राष्ट्रको सबै खालका अवसरमा सहभागी हुन नपाउँदा विकासको मूल प्रवाहबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ ।
परिवर्तित वाक्य: गरिबीको कारण व्यक्ति राष्ट्रको सबै खालका अवसरमा सहभागी हुन नपाउँदा विकासको मूल प्रवाहबाट वञ्चित हुनुपर्ने अवस्था आएछ ।
(आ) अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस् ।
मूल वाक्य: विश्वमा दिनप्रतिदिन गरिबीको समस्या बढ्दै गएको छ ।
परिवर्तित वाक्य: विश्वमा दिनप्रतिदिन गरिबीको समस्या बढ्दै जान्थ्यो ।
(इ) ‘मानव विकास सूचाङ्क का आधार मा हेर्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबी को प्रभाव अत्यधिक देखिने गरेको छ ।’ भन्ने वाक्यमा त्रुटि भएका स्थानमा पदयोग गरी पुनर्लेखन गर्नुहोस् ।
⇒ मानव विकास सूचाङ्कका आधारमा हेर्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबीको प्रभाव अत्यधिक देखिने गरेको छ ।
