Class 10 Social Koshi Province 2081: Complete Solved Questions
A complete resource for SEE preparation, focusing on Class 10 Social Koshi Province 2081 question set.
Exam Information
Subject: अनिवार्य सामाजिक अध्ययन
Code: RE-1051 ‘KoP’
Year: SEE 2081 (2025)
Time: ३ घण्टा
Full Marks: ७५
Province: Koshi Province
समूह ‘क’ – Very Short Questions (Class 10 Social Koshi Province 2081)
१. सामाजिकीकरणका कुनै दुईओटा माध्यम लेख्नुहोस् ।
उत्तर: सामाजिकीकरणका दुईओटा माध्यमहरू हुन्:
- घरपरिवार
- दौतरी समुह
- विद्यालय तथा सांस्कृतिक गतिविधि
२. दिगो विकासका आयाम र विकासका गतिविधि बिचको अन्तरसम्बन्ध एक वाक्यमा उल्लेख गर्नुहोस् ।
उत्तर: दिगो विकासले विकास निर्माण गर्दा वातावरण संरक्षण गर्न जोड दिन्छ, जसले गर्दा विकासका गतिविधिहरू दीर्घकालीन र पर्यावरणमैत्री हुन्छन्।
३. मानव बेचबिखन विरुद्ध जनचेतना जगाउने एउटा नारा तयार पार्नुहोस् ।
“मानवीयता नबिसौँ, मानव बेचबिखनलाई निरुत्साहन गरौँ।”
४. घरेलु हिंसाबाट हुन सक्ने कुनै दुईओटा असर लेख्नुहोस् ।
उत्तर: घरेलु हिंसाबाट हुन सक्ने दुईओटा असरहरू:
- विभिन्न विकृतिहरु देखिने
- पढाई पूरा गर्न समस्या हुने
- उदासिनता देखिने
५. दोस्रो विश्वयुद्धको तत्कालीन कारण लेख्नुहोस् ।
उत्तर: प्रथम विश्वयुद्धको तत्कालीन कारण अष्ट्रिया हङ्गेरीको राजकुमार आर्कड्युक फ्रान्सिस फर्डीनान्ड तथा उनकी पत्नी सोफी चोटेकको हत्या हो।
नोट: प्रश्नपत्रमा “दोस्रो विश्वयुद्ध” सोधिएको छ, तर उत्तरकुञ्जीकामा “प्रथम विश्वयुद्ध” को तत्कालीन कारण दिइएको छ।
६. जनआन्दोलन २०६२/२०६३ का उपलब्धिमध्ये सबैभन्दा महत्त्वपूर्ण उपलब्धि केलाई ठान्नुहुन्छ ? आफ्नो तार्किक धारणा प्रस्तुत गर्नुहोस् ।
उत्तर: दोस्रो जनआन्दोलनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि गणतन्त्रको स्थापना हो। किनकी यही आन्दोलनले गर्दा राजतन्त्रको अन्त्य भयो, नयाँ संविधान जारी भई संघीय प्रणालीको कार्यान्वयन भयो, जसले नेपालको राजनीतिक इतिहासमा नै ऐतिहासिक परिवर्तन ल्यायो।
७. साधारण सेयर र अग्राधिकार सेयरबिच एउटा भिन्नता प्रस्तुत गर्नुहोस् ।
उत्तर: साधारण सेयर र अग्राधिकार सेयरबिचको भिन्नता:
- साधारण सेयर: अग्राधिकार सेयर होल्डरलाई लाभांश प्रदान गरेपछि मात्र लाभांश पाउने सेयरलाई साधारण सेयर भनिन्छ।
- अग्राधिकार सेयर: लाभांश सबैभन्दा पहिला पाउने सेयरलाई अग्राधिकार सेयर भनिन्छ।
८. तपाईंले लगाउने कपडा किन्दा कुन प्रकारको कर तिर्नुभएको हुन्छ ? लेख्नुहोस् ।
उत्तर: मूल्य अभिवृद्धि कर (Value Added Tax – VAT)
९. विश्व स्वास्थ्य सङ्गठन (WHO) को एउटा कार्य लेख्नुहोस् ।
उत्तर: विश्व स्वास्थ्य सङ्गठन (WHO) को एउटा कार्य: विश्वका जनताको स्वास्थ्य सुधारका लागि विभिन्न देशहरुलाई सहयोग गर्नु, रोगहरुको नियन्त्रण र उपचारमा सहयोग गर्नु, वा मातृ तथा शिशुको पौष्टिक आहार तथा स्वास्थ्य सम्वन्धि कार्य गर्नु।
१०. समसामयिक घटनाको जानकारीले हाम्रो जीवनमा कसरी सहयोग पुग्छ ? एक उदाहरण दिनुहोस् ।
उत्तर: समसामयिक घटनाको जानकारीले वर्तमान विश्वमा घटेका घटनाहरुको जानकारी मार्फत हामीलाई ती घटना प्रति धारणा बनाउन सहयोग गर्दछ। उदाहरणका लागि, मौसम सम्बन्धी जानकारीले हामीलाई आउँदो प्रकोपबाट बच्न र आवश्यक तयारी गर्न मद्दत गर्दछ।
११. स्वस्थ्य जीवनशैली अपनाउन तपाईंले अपनाउनुभएको एउटा उपाय लेख्नुहोस् ।
उत्तर: स्वस्थ जीवनशैली अपनाउन मैले खानपान तथा सरसफाईमा ध्यान दिएको, योग तथा ध्यान गर्ने गरेको, घरमा बनेका खानेकुरा मात्र खाने गरेको, र नियमित रूपमा शारीरिक व्यायाम गर्ने गरेको छु।
समूह ‘ख’ – Short Answer Questions (Class 10 Social Koshi Province 2081)
१२. ‘विविधतामा एकता हाम्रो पहिचान हो’ यसलाई प्रवर्धन गर्न समाजको भूमिका कस्तो हुनुपर्छ ? आफ्नो विचार चार बुँदामा प्रस्तुत गर्नुहोस् ।
उत्तर: विविधतामा एकता प्रवर्धन गर्न समाजको भूमिका:
- सबै भाषालाई उत्तिकै महत्व दिने र भाषिक विविधतालाई संरक्षण गर्ने
- आपसी सद्भाव र सहिष्णुता कायम गर्ने र विभिन्न धर्म, संस्कृति र परम्पराको सम्मान गर्ने
- समुदायका चाडपर्व तथा सामाजिक क्रियाकलापमा सबै समुदायको सहभागीता सुनिश्चित गर्ने
- आपसी एकता, सद्भाव, सहयोग र सद्भाव कायम गर्न विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्ने
१३. नेपालमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये कुनै एक आयोजनाको परिचय दिई दुईओटा महत्त्व दर्साउनुहोस् ।
उत्तर: लोकतन्त्र दिवस को आयोजना:
परिचय: लोकतन्त्र दिवस नेपालमा वैशाख ११ गते मनाइन्छ। यो दिन वि.सं. २०६३ साल वैशाख ११ मा दोस्रो जनआन्दोलनको सफलतापछि लोकतन्त्रको पुनर्स्थापना भएको दिन हो।
महत्त्व:
- यसले जनताको शक्ति र संघर्षको इतिहासलाई सम्झाउँदछ र नयाँ पुस्तालाई लोकतान्त्रिक मूल्यमान्यताको शिक्षा दिन्छ।
- यसले देशमा मानव अधिकार, स्वतन्त्रता र समानताको महत्वलाई पुनः प्रतिष्ठापित गर्दछ।
१४. “ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व’ शीर्षकमा कुनै एक राष्ट्रिय पत्रिकाका लागि सम्पादकीयको नमुना तयार पार्नुहोस् ।
सम्पादकीय
“ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व”
आजको युगमा जब समाज तीव्र गतिमा परिवर्तन हुँदैछ, हामी ज्येष्ठ नागरिकहरूप्रतिको हाम्रो दायित्वलाई बिर्सदैछौं। ज्येष्ठ नागरिकहरू हाम्रो समाजको जीवन्त इतिहास, अनुभवको भण्डार र संस्कृतिका संरक्षक हुन्।
सर्वप्रथम, वृद्धवृद्धाहरूसँग कुनै न कुनै परिवारका सदस्य साथमा रहने, उहाँहरूको मनोभावना बुझ्ने प्रयास गर्ने र सोहीअनुसार काम गर्ने हाम्रो नैतिक दायित्व हो। उहाँहरूको कुरा अस्वीकार गर्दा सम्मान र आदर सहित तर्क दिनुपर्छ।
स्वास्थ्यको कुरामा, ठिक समयमा औषधी सेवन गराउने, उहाँहरूको सफाइमा विशेष ध्यान दिने, सामान्य व्यायाम, योगध्यान जस्ता कुराहरूका लागि अभिप्रेरित गर्नुपर्छ। रुचि अनुसार काम तथा भ्रमणको प्रबन्ध मिलाउनुपर्छ।
यो केवल परिवारको नभई सम्पूर्ण समाजको दायित्व हो। सरकारले पनि ज्येष्ठ नागरिकहरूका लागि विशेष कार्यक्रमहरू बनाउनुपर्छ। आउँनुहोस्, हामी सबैले मिलेर ज्येष्ठ नागरिकहरूलाई सम्मान, माया र सहयोग प्रदान गरौं।
– सम्पादक
राष्ट्रिय दैनिक
मिति: २०८१/०१/०१
१५. नारी दिवसलाई समय सान्दर्भिक र अर्थपूर्ण बनाउन के के कुरामा ध्यान दिनुपर्ला ? चार बुँदामा तपाईंको विचार प्रस्तुत गर्नुहोस् ।
उत्तर: नारी दिवसलाई सान्दर्भिक र अर्थपूर्ण बनाउन ध्यान दिनुपर्ने कुराहरु:
- नारी दिवसको महत्व झल्किने कार्यक्रम आयोजना गर्ने र महिला सशक्तिकरणका लागि ठोस कार्ययोजना बनाउने
- महिला सहभागितालाई प्राथमिकता दिने र विभिन्न क्षेत्रमा महिलाको नेतृत्वलाई प्रोत्साहन गर्ने
- महिलाहरुको अवस्थामा सुधार ल्याउनु सुझावहरु संकलन गर्ने र तिनलाई कार्यान्वयन गर्ने
- स्थानिय रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायत अन्य सञ्चारका साधनबाट महिला अधिकार र समानताको प्रसार प्रचार गर्ने
१६. ‘मानव बेचबिखन सामाजिक अपराध हो’ यस कथनलाई पुष्टि गर्न आफ्नो विचार चार बुँदामा प्रस्ट पार्नुहोस् ।
उत्तर: ‘मानव बेचबिखन सामाजिक अपराध हो’ किनकि:
- यसले मानिसको बाँच्न पाउने अधिकारमा बाधा पुऱ्याउँछ र व्यक्तिको स्वतन्त्रतालाई हरण गर्दछ
- यो मानव अधिकार विपरित छ र अन्तर्राष्ट्रिय मानव अधिकार ऐनको उल्लङ्घन हो
- यसले समाजको नैतिक स्तरलाई कमजोर बनाउँछ र सामाजिक मूल्यमान्यतालाई नष्ट गर्दछ
- यसले अपराध र हिंसा बढाउँछ र समाजमा असुरक्षाको भावना फैलाउँछ
१७. उपभोक्ता शिक्षाको आवश्यकता चार बुँदामा स्पष्ट पार्नुहोस् ।
उत्तर: उपभोक्ता शिक्षाको आवश्यकता:
- उपभोग्य वस्तुको गुणस्तर र मूल्यको आधारमा सही चयन गर्न थाहा पाईने
- उपभोक्ता अधिकार हनन् भएमा के गर्ने वा उजुरी गर्ने तरिका थाहा पाईने
- वस्तु किन्दा मोलमोलाई गर्ने बानीको विकास हुने र आर्थिक रूपमा सचेत हुने
- उपभोग्य वस्तु किन्दा ख्याल गर्नुपर्ने कुराको जानकारी प्राप्त हुने र धोका वा छलकपटबाट बच्न सकिने
१८. प्राकृतिक विपद् न्यूनिकरणका लागि अपनाउनुपर्ने चार सावधानी उल्लेख गर्नुहोस् ।
उत्तर: प्राकृतिक विपद् न्यूनिकरणका लागि अपनाउनुपर्ने सावधानीहरु:
- चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र जनतालाई विपत्ति प्रबन्धनको तालिम दिने
- विपत्ति प्रतिरोधी पूर्वाधारहरूको निर्माण गर्ने र भवन निर्माण नियममा कडाई अपनाउने
- विपत्तिबाट बच्न र असर कम गर्ने पूर्व तयारी गर्ने र आपतकालीन योजना बनाउने
- विपत्ति सम्बन्धी सुचनाको पहुँचमा रहने र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नु पर्छ
१९. “सूचना प्रविधिको माध्यमबाट शिक्षण” भन्ने शीर्षकमा एक पत्रिकाका लागि समाचारको नमुना तयार पार्नुहोस् ।
सूचना प्रविधिको माध्यमबाट शिक्षण
काठमाडौँ, असार १५ – आधुनिक युगमा शिक्षण विधिमा सूचना प्रविधिको प्रयोगले शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। विद्यालय तथा कलेजहरूमा अब डिजिटल शिक्षणलाई प्राथमिकता दिइँदैछ।
शिक्षा मन्त्रालयको तथ्यांक अनुसार, देशभरि ६५% विद्यालयहरूमा अब कम्प्युटर ल्याब, प्रोजेक्टर र इ-लर्निङ सुविधा उपलब्ध छन्। सूचना प्रविधिबाट शिक्षण गर्दा विद्यार्थीले कठिन विषयवस्तु पनि सजिलै बुझ्न सक्छन् भने शिक्षण सिकाइ प्रक्रिया पनि प्रभावकारी बन्छ।
शिक्षा विशेषज्ञ डा. राम बहादुर कार्कीको भनाइ छ, “डिजिटल शिक्षणले विद्यार्थीको रचनात्मकता र आलोचनात्मक सोचलाई विकास गर्दछ। यसले परम्परागत रटन्त विधिलाई समाप्त गर्दछ।”
सरकारले पनि सबै विद्यालयहरूमा इन्टरनेट कनेक्टिभिटी र डिजिटल सुविधा विस्तार गर्ने योजना बनाएको छ। यसले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा छ।
२०. जनसङ्ख्या वृद्धिदर घट्दा पर्न सक्ने प्रभाव नेपालको पछिल्लो जनगणनाका आधारमा स्पष्ट गर्नुहोस् ।
उत्तर: जनसङख्या वृद्धिदर घट्नाले पर्न सक्ने प्रभावहरू:
- जनशक्ति अभाव हुने र उत्पादनमा कमी आउने, जसले आर्थिक विकासमा नकारात्मक असर पर्छ
- विकास निर्माणको काम गर्न अप्ठ्यारो हुने र श्रम बजारमा कमी आउने
- स्रोत साधनको परिचालन नहुने र देशको उत्पादन क्षमतामा कमी आउने
- परनिर्भरता बढ्ने र विदेशी श्रमिकमाथिको निर्भरता बढ्ने
समूह ‘ग’ – Long Answer Questions (Class 10 Social Koshi Province 2081)
२१. मानव अधिकारको क्षेत्रमा धेरै सङ्घसंस्था कार्यरत हुँदाहुँदै पनि मानव अधिकार उल्लङ्घनका घटना किन भइरहेका होलान् ? मानव अधिकार उल्लङ्घन न्यूनीकरण गर्न के सुझाव दिनुहुन्छ ? उल्लेख गर्नुहोस् । (३+४=७)
मानव अधिकार उल्लङ्घन हुनाका कारणहरु:
- राजनीतिक अस्थिरता: देशमा राजनीतिक अस्थिरता रहँदा मानव अधिकार संरक्षणको प्रभावकारी तवरले कार्यान्वयन हुन सक्दैन।
- कानूनको प्रभावकारी कार्यान्वयनको अभाव: कानून बनिए पनि त्यसको कार्यान्वयनमा कमजोरी रहँदा मानव अधिकार उल्लङ्घन हुने गर्दछ।
- न्याय सम्पादनमा ढिलासुस्ती: न्याय प्रणालीमा ढिला र जटिलताले पीडितलाई न्याय पाउनमा समस्या हुन्छ।
- आर्थिक असमानता र गरिबी: आर्थिक असमानता र गरिबीले मानिसहरूलाई आफ्नो अधिकारको लागि लड्न असमर्थ बनाउँछ।
- मानव अधिकारको महत्व नबुझ्नु: समाजको एक वर्गले मानव अधिकारको महत्व नबुझेको हुँदा उल्लङ्घन हुने गर्दछ।
- सशस्त्र द्वन्द्व, युद्ध: सशस्त्र द्वन्द्व र युद्धको अवस्थामा मानव अधिकार उल्लङ्घनको सम्भावना धेरै हुन्छ।
मानव अधिकार उल्लङ्घन न्यूनिकरणका सुझावहरु:
- सक्षम र बलियो कानूनी संरचना: मानव अधिकार संरक्षणका लागि सक्षम र बलियो कानूनी संरचना कायम गर्नुपर्छ र कार्यान्वयनमा कडाई अपनाउनुपर्छ।
- न्याय प्रणालीमा सुधार र छिटो न्याय सम्पादन: न्याय प्रणालीलाई सुधार गरी छिटो र सस्तो न्याय उपलब्ध गराउनुपर्छ।
- मानव अधिकार शिक्य प्रदान: विद्यालयस्तरदेखि नै मानव अधिकारको शिक्षा प्रदान गरी जनचेतना जगाउनुपर्छ।
- राजनीतिक स्थिरता: देशमा राजनीतिक स्थिरता कायम गर्नुपर्छ जसले गर्दा मानव अधिकार संरक्षणका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकुन्।
- लोकतान्त्रिक शासन प्रणाली: लोकतान्त्रिक शासन प्रणाली कायम गर्नुपर्छ जसमा नागरिकको अधिकार र स्वतन्त्रताको संरक्षण हुन्छ।
- समानतामा आधारित समाज निर्माण: समानतामा आधारित समाज निर्माण गर्नुपर्छ र सबै नागरिकलाई समान अवसर उपलब्ध गराउनुपर्छ।
- गरिबी निवारण र सामाजिक सुरक्षाका कार्यक्रमहरू लागू: गरिबी निवारण र सामाजिक सुरक्षाका कार्यक्रमहरू लागू गरी आर्थिक असमानता कम गर्नुपर्छ।
- सशस्त्र द्वन्द्व र हिंसाको समाधान: सशस्त्र द्वन्द्व र हिंसाको शान्तिपूर्ण समाधान गर्नुपर्छ र शान्ति प्रक्रियालाई बलियो बनाउनुपर्छ।
२२. पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
बर्दिया राष्ट्रिय निकुञ्ज, कोसी प्रदेश, रारा ताल, पशुपतिनाथ मन्दिर
उत्तर:
Figure: Outline map of Nepal showing locations for Class 10 Social Koshi Province 2081
- बर्दिया राष्ट्रिय निकुञ्ज: यो नेपालको तराई क्षेत्रमा पर्ने लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा अवस्थित छ। यसलाई नक्साको दक्षिण-पश्चिमी भागमा देखाउनुपर्छ।
- कोसी प्रदेश: यो नेपालको पूर्वी भागमा रहेको प्रदेश हो जसको राजधानी बिराटनगर हो। यसलाई नक्साको पूर्वी भागमा देखाउनुपर्छ।
- रारा ताल: यो नेपालको सबैभन्दा ठूलो ताल हो र कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित छ। यसलाई नक्साको उत्तर-पश्चिमी भागमा देखाउनुपर्छ।
- पशुपतिनाथ मन्दिर: यो विश्व सम्पदा सूचीमा परेको हिन्दूहरूको पवित्र तीर्थस्थल हो र बागमती प्रदेशको काठमाडौँ जिल्लामा अवस्थित छ। यसलाई नक्साको मध्य भागमा देखाउनुपर्छ।
२३. प्रथम विश्वयुद्धको आर्थिक राजनीतिक प्रभाव उल्लेख गरी प्रथम विश्वयुद्धमा नेपालको भूमिका प्रस्तुत गर्नुहोस् ।
प्रथम विश्वयुद्धको राजनीतिक प्रभाव:
- प्रजातन्त्रप्रति सचेत हुनु: विश्वयुद्धपछि विश्वभरि प्रजातन्त्रप्रति चासो बढ्यो र जनताको शासनमाथिको विश्वास बलियो भयो।
- विश्वमा नयाँ देशहरु जन्म हुनु: विश्वयुद्धपछि धेरै साम्राज्यहरूको विघटन भयो र नयाँ राष्ट्रहरूको उदय भयो।
- कम्युनिस्टहरुको उदय हुनु: रुसमा बोल्सेविक क्रान्ति भई कम्युनिस्ट सरकारको स्थापना भयो र विश्वमा कम्युनिस्ट विचारधाराको प्रसार भयो।
- राष्ट्रसंघको स्थापना: भविष्यमा यस्तो युद्ध नहोस् भन्ने उद्देश्यले राष्ट्रसंघको स्थापना भयो जसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेवारी लियो।
प्रथम विश्वयुद्धको आर्थिक प्रभावहरु:
- नयाँ अविष्कारहरुमा जोड: युद्धको आवश्यकताले गर्दा विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ अविष्कारहरू भए र औद्योगिक विकासलाई गति मिल्यो।
- उद्योग कलकारखनाको विकास: युद्ध सामग्री उत्पादनका लागि उद्योग कलकारखनाहरूको विकास भयो र औद्योगिकीकरणलाई गति मिल्यो।
- राज्य केन्द्रीत अर्थव्यवस्थाको शुरुआत: युद्धको समयमा अर्थव्यवस्थालाई नियन्त्रण गर्न राज्यले हस्तक्षेप गर्नुपरेकोले राज्य केन्द्रीत अर्थव्यवस्थाको शुरुआत भयो।
- बेरोजगारी तथा मूल्य वृद्धि: युद्धपछि धेरै देशहरूमा आर्थिक मन्दी आयो, बेरोजगारी बढ्यो र मूल्य वृद्धि भयो।
प्रथम विश्वयुद्धमा नेपालको भूमिका:
- बबर शमसेरको नेतृत्वमा सेना पठाएको: नेपालले बबर शमसेरको नेतृत्वमा गोरखा सैनिकहरूलाई प्रथम विश्वयुद्धमा बेलायती सेनाको सहयोगमा पठाएको थियो।
- नेपालले बेलायतलाई दश लाख पाउण्ड सहयोग गरेको: आर्थिक रूपमा पनि नेपालले बेलायतलाई दश लाख पाउण्ड सहयोग गरेको थियो जुन त्यसबेलाको लागि ठूलो रकम थियो।
- नेपालीको प्रसिद्धि संसारभरि फैलिएको: युद्धमा नेपाली गोरखा सैनिकहरूको बहादुरी र साहसले गर्दा नेपालीको प्रसिद्धि संसारभरि फैलिएको थियो।
- नेपालीहरु भिक्टोरिया तथा मिलिटरी क्रसबाट सम्मानित भएका: युद्धमा उत्कृष्ट सेवा प्रदान गरेकोमा धेरै नेपाली सैनिकहरूलाई भिक्टोरिया क्रस र मिलिटरी क्रस जस्ता सम्मानहरूले सम्मानित गरिएको थियो।
२४. ‘राष्ट्रको सामाजिक, आर्थिक रूपान्तरणमा बैङ्क तथा वित्तीय संस्थाको भूमिका र चुनौती’ शीर्षकमा एउटा लेखको नमुना तयार गर्नुहोस् ।
राष्ट्रको सामाजिक, आर्थिक रूपान्तरणमा बैङ्क तथा वित्तीय संस्थाको भूमिका र चुनौती
भूमिका:
आधुनिक युगमा कुनै पनि राष्ट्रको सामाजिक र आर्थिक रूपान्तरणमा बैङ्क तथा वित्तीय संस्थाहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। यी संस्थाहरू मात्र आर्थिक लगानीको माध्यम मात्र होइनन्, तर समाजको समग्र विकास र आर्थिक सशक्तिकरणका लागि आधारस्तम्भ पनि हुन्।
बैङ्क तथा वित्तीय संस्थाको भूमिका:
- बचत परिचालनमा सहयोग पुग्ने: बैङ्क तथा वित्तीय संस्थाहरूले जनताको बचतलाई सुरक्षित राख्ने र त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने माध्यम उपलब्ध गराउँछन्।
- रोजगारीका अवसरहरु प्राप्त हुने: यी संस्थाहरूले आफैंले रोजगारी सिर्जना गर्ने र लगानी गरेर अन्य क्षेत्रमा पनि रोजगारीको अवसर सिर्जना गर्न मद्दत गर्छन्।
- आवश्यक परेको बेला ऋण लिन सकिने: बैङ्कहरूले व्यक्ति, व्यवसाय र उद्योगहरूलाई आवश्यक परेको बेला ऋण उपलब्ध गराएर आर्थिक गतिविधिहरूलाई गति प्रदान गर्छन्।
- आर्थिक गतिविधि पारदर्शि हुने: बैङ्किङ प्रणालीले आर्थिक लेनदेनलाई पारदर्शी बनाउँछ र कालोधन र भ्रष्टाचारलाई नियन्त्रण गर्न मद्दत गर्छ।
- बचत गर्ने बानीको विकास हुने: बैङ्कहरूले बचत गर्ने बानीको विकासमा सहयोग पुर्याएर जनतालाई आर्थिक रूपमा सचेत बनाउँछन्।
चुनौतिहरु:
- ऋण प्रवाहको झन्झटिलो प्रक्रिया: धेरै बैङ्कहरूमा ऋण प्राप्त गर्ने प्रक्रिया जटिल छ र साना व्यवसायीहरूलाई ऋण प्राप्त गर्न अप्ठ्यारो हुन्छ।
- चर्को ब्याजदर: धेरै वित्तीय संस्थाहरूले चर्को ब्याजदर लगाउने गर्छन् जसले गर्दा साना व्यवसायीहरूको लागि ऋण लिन कठिन हुन्छ।
- मानिसहरुमा वित्तिय साक्षरताको अभाव: देशको धेरै जसो मानिसहरूमा वित्तीय साक्षरताको अभाव छ जसले गर्दा उनीहरू बैङ्किङ सेवाबाट पूर्ण रूपमा लाभान्वित हुन सक्दैनन्।
- सुविधा प्रयाप्त नहुनु: ग्रामीण क्षेत्रहरूमा बैङ्क तथा वित्तीय संस्थाहरूको पहुँच अझै पनि सीमित छ र त्यहाँका बासिन्दाहरूलाई बैङ्किङ सेवा प्राप्त गर्न अप्ठ्यारो हुन्छ।
- प्रविधिमा पछि पर्ने: धेरै बैङ्कहरूले आधुनिक प्रविधिको प्रयोगमा ढिला गर्छन् जसले गर्दा ग्राहकहरूलाई आधुनिक बैङ्किङ सेवा प्राप्त गर्नमा समस्या हुन्छ।
निष्कर्ष:
बैङ्क तथा वित्तीय संस्थाहरू राष्ट्रको सामाजिक र आर्थिक रूपान्तरणका लागि अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छन्। तर यी संस्थाहरूलाई आफ्नो सेवा सबै नागरिकसम्म पुर्याउन, प्रविधिमा अद्यावधिक रहन, र जनताको आवश्यकताअनुसार सेवा प्रदान गर्न आवश्यक छ। सरकारले पनि यी संस्थाहरूको कार्यप्रणालीमा सुधार ल्याउन र तिनलाई अधिक जनोपयोगी बनाउन आवश्यक कदम चाल्नुपर्छ।
Other Class 10 Study Materials
Class 10 English Notes
Complete notes for SEE English.
Class 10 Nepali Vyakaran
Grammar notes for SEE Nepali.
Class 10 Science Notes
Comprehensive notes for SEE Science.
C. Mathematics Notes
Notes for Compulsory Mathematics.
Computer Science Notes
Full notes for SEE Computer Science.
Optional Maths Notes
Complete notes for Optional Maths.
