गाउँमाथि एउटा कविता: Complete Guide to Nepali Class 10 Chapter Notes with Exercises

गाउँमाथि एउटा कविता (Gaunmathi Euta Kabita)

Comprehensive guide with all exercises, vocabulary, comprehension and detailed analysis of the poem ‘गाउँमाथि एउटा कविता’ for Class 10 SEE preparation.

Nepali Class 10 गाउँमाथि एउटा कविता (Gaunmathi Euta Kabita) chapter notes with exercises

शब्दभण्डार (Vocabulary) – गाउँमाथि एउटा कविता

१. दिइएका शब्द र तिनका अर्थविच जोडा मिलाउनुहोस् :

चपरी ⇒ दुबो, झार आदिसमेतको माटाको ‘चोइलो
दुवाली ⇒ माछा मार्न वा जाल थाप्न बनाइएको खोलाको साँघुरो मुहानमा गाडिने छेका वा बार
भाकल ⇒ आफ्नो इच्छा सिद्ध होस् भनेर गरिने पूजा
घोषणापत्र ⇒ उद्देश्यप्रति सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र विशेष
दन्त्यकथा ⇒ लोकले युगौँदेखि सरक्षित गर्दै आएका कथा

२. दिइएको अनुच्छेदबाट युग्म शब्द पहचान गरी लेख्नुहोस् :

हामीलाई आकस्मिक आपत्विपत् पर्दा छिटोछरितो गरी छरछिमेकीको सरसहयोग लिन हारगुहारसमेत गर्नुपर्छ । गाउँठाउँ र सहरबजारमा जहाँ रहे पनि सानोतिनो कुरामा एकआपसमा झगडा गरेर एकअर्कालाई दोष लगाउने काम गर्नुहुँदैन । चाडवाड र मेलापर्व जस्ता मौकामा साथीभाइसँग भेटघाट गर्नु अनि मेलमिलाप गर्दै रमाइलो गर्नुपर्छ ।

⇒ आपत्विपत्, छिटोछरितो, छरछिमेकी, सरसहयोग, हारगुहार, गाउँठाउँ, सहरबजारमा, एकआपस, एकअर्कालाई, चाडवाड, मेलापर्व, साथीभाइ, भेटघाट, मेलमिलाप

३. दिइएका युग्म शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् :

युग्म शब्दहरू:

⇒ छिटोछरितो, हाँसखेल, गाह्रोसाह्रो, पानीपँधेरो, नुहाइधुवाइ, सफासुग्घर, साथीसङ्गी कुराकानी, हित्तचित्त, सोचविचार

उदाहरण अनुच्छेद:

आमाले मलाई उठाउँदै भन्नु भयो छिटोछरितो गरेर पानीपँधेरामा जाऊ अनि नुहाइधुवाइ गर् । सधैं यस्तो भएर बस्नु हुँदैन सफासुग्घर भएर बस्नुपर्छ । साथीसङ्गीसँग कुराकानी गर्ने गर । अरूसित बोल्दा सोचविचार गरेर बोल्नु पर्छ । गाह्रोसाह्रो पर्दा हित्तचित्त मिलेका साथी नै काम लाग्छन् ।

४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

कनिका ⇒ धान कुट्दा कु‌ड्किएका चामलका टुक्रालाई कनिका भनिन्छ ।
मेलापात ⇒ गाउँघरको एउटा रमाइलो मेलापात जानु हो ।
कोदालो ⇒ मलाई अरू सबै काम आउँछ तर कोदालो चलाउन आउँदैन ।
अगेनो ⇒ जाडो महिनामा खुट्टा नै झोसौँला जस्तो गरेर हामी अगेनोको वरिपरि बस्थ्यौँ।
भकारो ⇒ गाउँमा प्राय सवैले खाल्डो खनेर भकारो बनाएका हुन्छन् ।
अनौ ⇒ महिलाहरूले अनौ समाउँनु हुँदैन भन्ने मान्यता छ ।
जाँतो ⇒ गाउँघरमा अझै पनि जाँतोमा पिठो पिँधे गरेको पाइन्छ ।
गोठ ⇒ गाईवस्तु बस्ने ठाउँलाई गोठ भनिन्छ ।

बोध र अभिव्यक्ति (Comprehension & Expression)

१. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) गाउँमाथि एउटा कविता’ कविताबाट तीन जोडी अन्त्यानुप्रास मिलेका शब्दपहिचान गरी भन्नुहोस् ।

⇒ फलाकिरहन्छ : हतारिरहन्छ, एउटा एउटा, थाहा छ : थाहा छ

(ख) कविताको सबैभन्दा छोटो पक्ति कति शब्दले बनेको छ, भन्नुहोस् ।

⇒ एक

(ग) कवितामा ‘सगरमाथालाई काँधमा बोकेर उभिएको’ भन्ने सन्दर्भअघि र पछि कुन कुन प्रसङ्ग आएका छन् ?

⇒ अगाडि अन्तरिक्ष यानको गतिविध र पछाडि नागरिकताको प्रमाणपत्र बाँढ्ने गाउँको प्रसङ्ग आएको छ ।

(घ) ‘दन्त्यकथा यिनीहरूलाई यो कथनभन्दा अघिको सन्दर्भ के हो ?

⇒ राजनीतिज्ञले गर्ने घोषणपत्र जुन चुनाव अगाडिमात्र काम लाग्छ, अन्तरिक्ष यानका गतिविधिहरू पढेर के गर्नु पढ्नमा मात्र सीमित हुन्छ भन्ने प्रसङ्ग आएको छ ।

२. ‘गाउँमाथि एउटा कविता’ कविताका हरफलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस् :

(क) फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईं

⇒ तपाईं फेरि कुन देशको कल्पना गरेर छापिरहनु भएको छ ?

(ख) विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा

⇒ गाउँमा विज्ञानको पनि बेग्लै ढङ्ग छ ।

(ग) न चुनावले रोक्छ यसलाई

⇒ यसलाई चुनावले न रोक्छ ।

(घ) एउटै इनार सम्पूर्ण गाउँमा

⇒ सम्पूर्ण गाउँमा एउटै इनार छ ।

(ङ) निस्कन तयार छे जो कुनै पनि आमा

⇒ जो कुनै पनि आमा निस्कन तयार छे।

(च) सिंगान पुछने कागजभन्दा बढी कामयाब हुन सक्तैन यो यिनीहरूलाई

⇒ यिनीहरूलाई यो सिंगान पुछने कागजभन्दा बढी कामयाब हुन सक्तैन

(छ) दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई

⇒ यिनीहरूलाईयसको पनि दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन ।

३. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

यो, मेरो देशको सुदूर पूर्वको गाउँ !
यो, मेरो देशको सुदूर पश्चिमको गाउँ
छिमेकी अगेनावाट आगो ओसारेर सुरु हुने यहाँको दिन गोठमा, वस्तुभाउलाई घाँसपात हालेर केटाकेटी हुन्छ खेतमा, गोरु नारेर तन्नेरी हुन्छ
र बेग्लाबेग्लै मान्छेका ओठहरू भएर दिनभरि फलाकिरहन्छ
दिनभरि हतारिरहन्छ ।

(क) गाउँका मानिसले कस्तो पेसा व्यवसाय अपनाएका छन् ?

⇒ गाउँमा मानिसहरूले कृषि पेसा अपनाएको छन् ।

(ख) कवितांशमा केटाकेटी र तन्नेरीले के के काम गर्ने उल्लेख छ ?

⇒ कवितांशमा केटाकेटीले गोठमा घाँस हाल्नेकाम र तन्नेरीले खेतमा गोरु नार्ने काम गर्ने उल्लेख छ ।

४. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) ‘गाउँमाथि एउटा कविता’ कविताले समेटेको मुख्य विषयवस्तु के हो ?

⇒ ‘गाउँमाथि एउटा कविता’ दिनेश अधिकारीले लेखेको गद्यात्मक कविता हो । यसमा गाउँको यथार्थ चित्रण गरिएको छ । गाउँका सोझा मान्छेलाई देशमा आएको परिवर्तनले केही हुँदैन । उनीहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । गाईवस्तुलाई घाँस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने, यी र यस्तै काममा गाउँले जीवन बितिरहेको हुन्छन् र उनीहरूको दिनचर्याको बारेमा लेखेर जीवनस्तर उकास्न सहयोग पुग्ने खालका लेख लेख्ख सम्पादकसित आग्रह गरिएको छ ।

यसमा नेपालको ग्रामिण समाजको यथार्थता प्रस्तुत गर्न खोजिएको छ । गाउँका मानिस थोरैमा चित्त बुझाउन सक्छन् । उनीहरूको सोचाइ मरेर लानु केही छैन किन बढी लोभ गर्नु ? भन्ने रहेको हुन्छ । आफूलाई बाँच्न पुग्ने वस्तु आफ्नै वरिपरि हुने भएको हुनाले धेरै भौंतारिनु पर्दैन भन्ने ग्रामिण समाजका वासिन्दाको बुझाइ रहेको पाइन्छ । यहाँका बासिन्दामा सहयोगको भावना छ । नेपालमा रहेको यति राम्रो सोचको प्रचार भएको छैन । यहाँ काल्पनिक संसारंका बमवारी, साहित्यिक सम्मेलन आदिका समचार बनाएर वास्तविक समचारलाई ओझेलमा पारिएको कुरा यस कवितामा समेटिएको छ । नेपालीहरूको पहिचान बोक्ने नागरिकताको प्रमाण पत्र गाउँको बोक्ने नेपाली समाजले आफ्नो परिचय दिइएको ठाउँलाई भुलेको कुरा कविताको विषयवस्तुमा समेटिएको छ । त्यस्तै आफूलाई विश्वमा चिनाउने सगरमाथाको फेदको गाउँलाई विर्सेको कुरा पनि कवितामा उल्लेख गरिएको छ ।

(ख) यस कविताले नेपाली समाजमा कस्तो सन्देश प्रवाह गर्न खोजेको छ, चर्चा गर्नुहोस् ।

⇒ गाउँमाथि एउटा कविता दिनेश अधिकारीले लेखेको गद्यात्मक कविता हो। यसमा गाउँको यथार्थ चित्रण गरिएको छ । गाउँलेहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । गाईवस्तुलाई घाँस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने, यी र यस्तै काममा गाउँले जीवन वितिरहेको हुन्छन् । उनीहरूको थोरैमा रमाएका हुन्छन् । आपसी मेलमिलापमा जे छ त्यसैमा रमाई रहेका हुन्छन् ।

गाउँका सोझा मान्छेलाई देशमा आएको परिवर्तनले केही छुदैन । त्यसैले उनीहरूको जीवनचर्याको बारेमा लेखर जीवनस्तर उकास्न सहयोग पुग्ने खालका लेख लेख्न सम्पादकसँग आग्रह गरिएको छ । यसमा नेपालको ग्रामिण समाजको यथार्थता प्रस्तुत गर्न खोजिएको छ । गाउँका मानिस थोरैमा चित्त बुझाउन सक्छन् । उनीहरूको सोचाइ मरेर लानु केही छैन किन बढी लाभ गर्नु ? भन्ने रहेको हुन्छ । आफूलाई बाच्न पुग्ने वस्तु आफ्नै वरिपरि हुने भएको हुनाले धेरै भौंतारिनु पर्दैन भन्ने ग्रामिण समाजका वासिन्दाको बुझाइ रहेको पाइन्छ । यहाँका बासिन्दामा सहयोगको भावना छ । सबैको काम एक आपसमा मिलेर गर्छन् । यहाँका बासिन्दा थोरैमा रमाउँछन् । एउटा धाराको पानी गाउँभरिका मान्छेले खांदा पनि यिनीहरूमा पानीलाई लिएर झगडा हुँदैन । छिमेकी बिरामी भएको बेलामा थकाइलागेको छ भनेर बस्दैनन् । जुन कुरा हाम्रा सम्पादकहरू देख्दैनन् । उनीहरू वास्तविकतामा भन्दा काल्पनिकतामा समचार लेख्खमा रमाउँछन् । कवितामा ग्रमिण समाज पनि एक समाज हो। त्यहाँ पनि नेपाली जनता छन् । त्यहाँ पनि मेहनती हातहरू दिनरात खटिरहेका छन् भन्ने सन्देश नेपाली समाजमा प्रवाह गर्न खोजिएको छ ।

(ग) कविताले सम्पादकलाई कसरी सचेत गराएको छ ?

⇒ ‘गाउँमाथि एउटा कविता’ दिनेश अधिकारीले लेखेको गद्यात्मक कविता हो । यसमा गाउँको यथार्थ चित्रण गरिएको छ । गाउँलेहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । थोरैमा रमाउने गाउँलेहरू आफ्ना अभावहरूको पनि पहिचान गर्न सक्दैनन् । जे छ त्यसैमा रमाउनु नै उनीहरू आफनो धर्म ठान्दछन् । गाउँका मान्छेलाई देशमा आएको परिवर्तनले केही छुदैन । त्यसैले उनीहरूलाई छुने खालका समाचार लेखेर उनीहरूको जीवनस्तर उकास्न सहयोग सहयोग गर्न सम्पादकलाई आग्रह गरिएको छ ।

सम्पादकको काम जनचेतना फैलाउने हो। कता कता भएका बमबारीका घटना छाप्ने मात्र होइन । आफ्नो माटो अनुसरको समचार दिने हो । लुकेको गाउँलाई देखाउने हो ! पिछडिएको ठाउँलाई उठाउने हो । जनतालाई आवाज दिने हो र जनताको आवाजलाई सम्बन्धित निकायसम्म पुयाउने हो । सम्पादकको काम कहाँ कहाँ भएका अन्तरिक्ष यानका गतिविधिहरू छापेर आफ्नो पत्रिकाका पाना भर्ने मात्र होइन । गाउँका मान्छेलाई पनि त्यसमा सत्यता देखाउन सक्नुपर्छ । उसको काम कार्यान्वयन हुननसकेको बालिग मताधिकारको कुरा गर्ने मात्र पनि होइन । सम्पादकले विभिन्न कालखण्डमा भएका साहित्यिक इतिहासको चर्चा मात्र गर्ने होइन कि इतिहास बनाउन सक्ने प्रतिभा खोज्ने हो । सम्पादकले कल्पनामा नभएर वास्तविकतमा समचार लेख्नुपर्छ ।

सम्पादकले समचार छाप्दा समाजको वस्तुस्थिति बुकेर छाप्नुपर्छ । आफूले छापेको समचारले पाठकलाई कस्तो प्रभाव पार्छ त्यस कुराको ख्याल गर्नुपर्छ । पाठकलाई सकरात्मक प्रभाव पार्नेखालका समचारहरू संप्रशण गर्नुपर्छ जस्ता कुराहरूमा सचेत गराइएको छ ।

(घ) कवितामा व्यक्त भएको मूलभाव लेख्नुहोस् ।

⇒ दिनेश अधिकारीद्वारा लिखित ‘गाउँमाथि एउटा कविता ‘गाउँको बारेमा वर्णन गरिएको गद्यात्मक कविता हो। यसमा गाउँको यथार्थ चित्रण गरिएको छ । देशमा आएको परिवर्तनले गाउँका सोझा मान्छेलाई केही नछुने उल्लेख गरिएको छ । गाउँका मानिसहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । गाईवस्तुलाई घाँस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने, यी र यस्तै काममा गाउँले जीवन बितिरहेको हुन्छ भन्ने कुरा कवितामा देखाइएको छ ।

गाउँका मानिस थोरैमा चित्त बुझाउन सक्छन् । उनीहरूको सोचाइ मरेर लानु केही छैन किन बढी लोभ गर्नु ? भन्ने रहेको हुन्छ । आफूलाई बाँच्न पुग्ने वस्तु आफ्नै वरिपरि हुने भएको हुनाले धेरै भौंतारिनु पर्दैन भन्ने ग्रामिण समाजका वासिन्दाको बुझाइ रहेको पाइन्छ । नेपालको धेरै भूभाग ओगटेको गाउँको विकास भएको छैन । यसको विकासमा कसैले पनि चासो राखेको छैन । गाउँ केन्द्रित भएर काम गरिएको छैन । पत्रिकामा बालिग मताधिकारका कुरा छापिन्छन् तर बालिग बताधिकार प्रयोग गर्नेलाई यसको अर्थ नै थाहा छैन । अन्तरिक्ष यानका कुरालाई दन्त्य कथा मान्ने समाज छ गाउँमा । आफ्नो पहिचानको प्रमुख थंलो गाउँका बारेमा सबैले भुलेको देखिन्छ । गाउँका जनता राजनीतिक दलका भोटर बाहेक केही ठानिदैनन् । गाउँलाई बिर्सनु भनेको हामीले हाम्रो अस्तित्व बिर्सनु हो । आफ्नो अस्तित्व विर्सेको मान्छेले कहिल्यै सफलता हासिल गर्न सक्दैन । गाउँका मान्छेलाई अगाडि बढाउन पट्टी राजनैतिक दलका कोही नेता लाग्दैनन् । उनीहरू चुनाव अगाडि राम्रा राम्रा बाधा गरिएका घोषणपत्र लिएर गाउँ पस्छन् तर चुनाव सकिएपछि सबै विर्सन्छन् र ती घोषणपत्र सिँगान पुछने कागज मात्र बन्न पुग्छन् । सबैले सबै विर्सन्छन् । आफ्नो मताधिकारको प्रयोग कतिले गर्छन् कतिले गर्दैनन् । कथाको मूल भाव हामीले आफ्नो पहिचान बोकेको गाउँलाई भुल्नु हुँदैन । यसको विकासमा सकेसम्म लागिपर्नु पर्छ भन्ने हो ।

व्याख्या र समीक्षा (Explanation & Analysis)

५. व्याख्या गर्नुहोस्:

(क) तपाईंले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ !

⇒ माथिको पड्ती हाम्रो कक्षा १० को नेपाली पाठ्पुस्तकको पाठ १५ मा समावेश गरिएको ‘गाउँमाथि एउटा कविता’ शीर्षकको गद्य कविताबाट लिइएको हो । यस कविताका रचयिता दिनेश अधिकारी हुन् । आफ्नो पहिचानको जग रहेको गाउँको बारेमा कसैले पनि नलेख्ने नबोल्ने गरेकोमा कविको चित्त दुखाइ रहेको देखिन्छ । आफ्नो पहिचान बोकेको गाउँलाई सबैले भुलेको भन्ने प्रसङ्गमा माथिको हरफ आएको हो ।

हामी गर्वका साथ भन्छौँ सगरमाथा हाम्रो पहिचान हो । हामी सगरमाथाका देशका नागरिक हौं । विश्वले नेपाल देशलाई चिन्ने मुख्य आधार पनि सगरमाथाको देश हो तर हामी त्यही सगरमाथाको फेदमा रहेको गाउँलाई भुल्छौँ। जसको आड़मा सगरमाथाको गौरव गाइन्छ त्यही आडलाई हामीले ओझेलमा पारेका छौं । नेपालको कुल भूभागको आधाभन्दा धेर भूभाग ग्रामिण समुदायले भरिएको छ । अरू त परै जाओस् काठमाडौं उपत्यकामै कति त्यस्ता गाउँ छन् जहाँ अहिलेसम्म बत्ती पुगेको छैन । बाटो पुगेको छैन । तर ती गाउँको कुरा हुँदैन यहाँ । यहाँ काठमाडौंको मुख्य बजारका समस्याले पत्रिकाका पाना भरिन्छन् तर मुख्य वजार चल्ने मुख्य आधारको कुरा हुँदैन ।

माथिको कवितांशमा के बुझाउन खोजिएको छ भने फूलको चर्चा गर्नु छ भने बिरुवाका जराको पनि चर्चा गर्नुपर्छ । जराको आडले नै बिरुवा बढेको र अढेको हुन्छ । जरा निकाल्दिने हो जतिसुकै ठुलो रुख किन नहोस् अवश्य ढल्ने छ । नेपालीहरूको जरो गाउँ हो । गाउँलाई विकसित नबनाए नेपाल कहिल्यै विकसित राष्ट्र बन्ने छैन भन्ने तात्पर्य बुझाउन खोजिएको छ । हामीले हाम्रो गौरव को रूपमा सगरमाथालई मानेपनि वास्तविक रूपमा सगरमाथालाई चिनाउन सगरमाथाको फेदको गाउँलाई चिनाउँनु पर्छ ।

(ख) जहाँको चपरी त्यहीको दुवाली मरेर के लानु छ ….।

⇒ माथिको पड़ती हाम्रो कक्षा १० को नेपाली पाठ्पुस्तकको पाठ १५ मा समावेश गरिएको ‘गाउँमाथि एउटा कविता’ शीर्षकको गद्य कविताबाट लिइएको हो । यस कविताका रचयिता दिनेश अधिकारी हुन् । एक पटक अवस्य मर्नु नै छ भने किन बढी चिन्ता गर्नु पन्यो । जहाँ जे छ त्यसैको सदुपयोग गरेर जीवन निर्वाह गर्न सकिहालिन्छ नि भन्ने प्रसङगमा माथिको कवितांश आएको हो ।

माथिको वाक्यमा जहाँ जे छ त्यहीँको उपयोग गरेर जीवन निर्वाह गर्न सकिन्छ भन्ने ग्रामिण परिवेशको मान्यतालाई उजागर गर्न खोजिएको छ । जसरी माछा मार्नको लागि बनाइएको दुवालीको निर्माण सामग्री लिन कहिँ जानु पर्दैन । त्यहीँ वरिपरि भएको कार दुवो सहितको माटाको चैलीले काम गर्छ र माछा मार्न सकिन्छ । मन्छेले हरेक काममा आफू वरिपरि भएको साधन स्रोतको सही तरिकाले उपयोग गर्न सक्यो भने जीवन सुखमय हुन्छ । गाउँमा त्यहीँ परिश्रम गरेर त्यहीँ उपयोग गर्ने चलन भएको हुनाले एक आपसमा सुमधुर सम्बन्ध हुनका साथै सुखपूर्वक जीवन विताइरहेका छन् । एक पटक मर्ने नै हो लोभ र लालचमा जीवन बिताउनु व्यार्थ हो भन्ने मान्यता गाउँको परिवेशमा पाइन्छ । बाहिरी समाजबाट विल्कुलै टाढा रहेको ग्रामिण समाजलाई कहाँ कतै भएका वम वर्षाले अन्तरिक्ष यानका गतिविधहरू, बालिग मताधिकारका कुराहरू केहीले पनि छुदैन ।

माथि उल्लेखित हरफमा जीवन केही होइन एक पटक मरेर गइहालिन्छ । वढी लोभ गरेर पीर गरेर जीउनु भन्दा आफूसित जे छ त्यसैमा रमाएर जीउन सक्नुपर्छ भन्ने कुरा प्रस्ट पार्न खोजिएको छ ।

भाषिक संरचना (Language Structure)

१. दिइएको अनुच्छेदबाट व्याकरणिक र आलङ्कारिक पदक्रम भएका वाक्य छुट्याएर लेख्नुहोस् :

काला बादलले नपाएको दुख पाउने गरी फस्यो रने नराम्रोसँग । श्रीमतीलेढिकीच्याउँको कुरा नभनेको भए पनि हुन्थ्यो । रने नरिसाएको भए पनि हुन्थ्यो । रनेले ढिकीच्याउ किरालाई नमारेको भए पनि हुन्थ्यो । नखाएको विष लाग्यो धनेकाजिन्दगीमा कोही पनि नपयोस् यस्तो परिबन्दमा बरै ।

व्याकरणिक पदक्रम:

  • श्रीमतीले ढिकीच्याउँको कुरा नभनेको भए पनि हुन्थ्यो ।
  • रने नरिसाएको भए पनि हुन्थ्यो ।
  • रनेले ढिकीच्याउ किरालाई नमारेको भए पनि हुन्थ्यो

आलङ्कारिक पदक्रम:

  • काला बादलले नपाएको दुख पाउने गरी फस्यो रने नराम्रोसँग ।
  • नखाएको विष लाग्यो धनेका जिन्दगीमा कोही पनि नपयोस् यस्तो परिबन्दमा बरै ।

२. दिइएको अनुच्छेदलाई आलङ्कारिक पदक्रममा बदल्नुहोस् :

बालक परेवाको हुलनिर पुग्यो। सेता परेवा भुरुर्र उडे। बालक पनि सेता परेवासँग भुरुर्र उड्न खोज्यो । परेवा परको रूखमा गएर बसे। बालकले परेवालाई हेप्यो । परेवा माकुरघुर गरी कराए। परेवाले बालकलाई बाइ बाइ भने होलान् । बालकैले हात उठाएर परेवालाई बोलाएको इसारा गर्यो। परेवाले भोलि आउँला है भने ।

⇒ हुलतिर पुग्यो बालक परेवाको । उडे भुरुर्र सेता परेवा । खोज्यो उड्न भुरुर्र सेता परेवासँग बालक पनि । गएर बसेपरेवा परको रूखमा गएर बसे। हेप्योबालकले परेवालाई । माकुंरघुर गरी कराए परेवा । भने होलान्बाइ बाइ परेवाले बालकलाई । बालकले इसारा गर्यो हात उठाएर परेवालाई वोलाएको । परेवाले भनेआउँला है भोलि ।

३. ‘गाउँमाथि एउटा कविता’ कविताबाट कुनै तीनओटा आलङ्कारिक पदक्रमका वाक्य टिपी तिनलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस्

आलङ्कारिक पदक्रम:

  • फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईं
  • एउटै इनार छ सम्पूर्ण गाउँमा
  • निस्केन तयार छे जो कुनै पनि आमा

व्याकरणिक पदक्रम:

  • तपाईं फेरि कुन देशको कल्पना गरेर छापिरहनु भएको छ ?
  • सम्पूर्ण गाउँमा एउटै इनार छ ।
  • कुनै पनि आमा जो निस्कन तयार छे ।

सिर्जना कार्य (Creative Writing)

१. ‘गाउँमाथि एउटा कविता’ कविताको आधार लिई गाउँघरको जीवनस्तर माथि उठाउन कसरी सम्भव होला, कल्पना गरी लेख्नुहोस् ।

⇒ गाउँमाथि एउटा कविता दिनेश अधिकारीले लेखेको गद्यात्मक कविता हो । यसमा गाउँको यथार्थ चित्रण गरिएको छ । गाउँका सोझा मान्छेलाई देशमा आएको परिवर्तनले केही छुदैन । उनीहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । गाईवस्तुलाई घाँस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने, यी र यस्तै काममा गाउँले जीवन वितिरहेको हुन्छ भन्ने कुरा कवितामा देखाइएको छ ।

गाउँघरको जीवनस्तर माथि उठाउन कुरा मात्र गर्ने होइन काम गर्नुपर्छ । पत्रकारले अधिकारका कुरा लेखेर केही हुँदैन अधिकारको प्रयोग गर्न सिकाउनु पर्छ । राजनीतिक दलले घोषणपत्र लेखेर केही हुँदैन घोषणा पत्रमा लेखिएका कुरालाई पूरा गर्नपटि लाग्नुपर्छ । गाउँमा अन्तरिक्ष यानका गतिविधिको वर्णन गर्नु भनेको एउटा दन्त्यकथा सुनाएको जत्तिकै हुन्छ त्यसैले गाउँको जीवनस्तर उठाउन कुरा होइन काम गर्नुपर्छ । पत्रकारले बालिग मताधिकारको प्रयोगका कुरा मात्र नछापेर त्यसको सही प्रयोग गर्न सिकाउनु पर्छ । रानीतिज्ञले घोषणपत्रमा लेखिएका कुरालाई चुनाव अगाडि मात्र होइन चुनाव पछाडि पनि सम्झनुपर्छ ।

गाउँको जीवनस्तर उकास्न शिक्षा स्वास्थ्य र वाटो घाटो पानी आदि गाउँ गाउँमा उपलब्ध गराउन तत्पर भएर लाग्नुपर्छ । कुरा गर्नेले काम गरेर देखाउनु पर्छ । आधुनिक कृषिप्रणाली लागुगर्नुपर्छ । गाउँका कुरालाई खोतल्नु पर्छ । गाउँका पीडालाई बाहिर ल्याउनुपर्छ ।

२. आगामी पाँच वर्षपछि तपाईंको गाउँ वा टोलमा के के परिवर्तन आउलान्, अनुमान गरी लेख्नुहोस् ।

⇒ मेरो घर पहाडी जिल्लामा पर्छ । त्यसैले मेरो घर एक गाउँमा छ । आजभोलि गाउँमा बस्ने मान्छेको संख्या घटेपति विकास निर्माणका कार्यहरू भने बढेर गएका छन् । मेरी गाउँको पनि अवस्था त्यस्तै हो ।

आगामी पाँच वर्षपछि मेरो गाउँमा सडक पुग्ला तर त्यहा मान्छे नहोलान् । अहिले पनि मेरो गाउँमा बा आमा बाहेक कोही छैन । सबैका छोरा नाति कि त विदेश कित सहर पसेका छन् । त्यसैले मेरो गाउँको विचबाट गाडि कुद्धा तर गाडि हेर्ने केटाकेटी नहोलान् । लटरम्म धान फल्ने मेरा गाउँका खेतले जोतिने मौका नपाएर चौर बनिसक्लान् । ती बढेमानका टार स्यालको घर होला अनि आँपका रुखमा बाँदरहरू कृत्ति खेल्लान् । सुनेकी छु गाउँमा बत्ती पनि निकालिएको छ रे र एउटा स्वस्थ्य चौकी पनि खोलिएको छ रे । अवको पाँच वर्षमा त्यो बत्ती बाल्ने र स्वास्थ्य चौकीमा उपचार गर्न जाने मान्छे नै नहोलान् । १० कक्षा सम्म पढाइ हुने मेरो गाउँको स्कुलमा १२ सम्म पढाइ हुन थालेको छ रे तर विद्यार्थी चाहीँ थोरै छन् रे । सायद अबको पाँच वर्षमा मेरो गाउँको स्कुलमा पनि बाँदरको राज नहोला भन्न सकिदैन

Also Read: More SEE Resources

Scroll to Top