Class 10 Social Madhesh Province 2081: Complete Solved Questions & Answers
Back to Notes
ImportantEduNotes

Class 10 Social Madhesh Province 2081: Complete Solved Questions

A comprehensive guide for SEE preparation with detailed solutions for Class 10 Social Madhesh Province 2081 exam.

Class 10 Social Madhesh Province 2081 SEE Notes

SEE 2081 (2025)
अनिवार्य सामाजिक अध्ययन

समय: ३ घण्टा पूर्णाङ्क: ७५

Madhesh Province – Class 10 Social Studies

समूह ‘क’ – Very Short Questions (Class 10 Social Madhesh Province 2081)

१. लैङ्गिक पहिचानको अर्थ एक वाक्यमा लेख्नुहोस् ।

उत्तर: लिङ्गको आधारमा गरिने पहिचान नै लैङ्गिक पहिचान हो ।

२. सङ्घीयताले स्थानीय विकासमा सघाउ पुऱ्याउँछ भन्ने दृष्टिकोणको पक्षमा तपाईंको विचार एक वाक्यमा लेख्नुहोस् ।

उत्तर: सङ्घीयताले स्थानीय तहमा जनसहभागिता बढाउने र जनताले अधिकार प्राप्त गर्ने हुँदा यसले स्थानीय विकासमा सघाउ पुऱ्याउँछ ।

३. नेपालमा भ्रष्टाचार विरुद्ध काम गर्ने एक सवैधानिक निकायको नाम लेख्नुहोस् ।

उत्तर: अख्तियार दुरुपयोग आयोग ।

४. घरेलु हिंसा रोक्न उपयुक्त हुने एक सन्देशमूलक प्लेकार्ड तयार पार्नुहोस् ।

“घरेलु हिंसा बन्द गरौं !
सबैको घर सुरक्षित बनाऔं !”

५. नेपालमा संविधानसभाको दोस्रो निर्वाचन कहिले भएको थियो ? विक्रम सम्वत्मा पूरा मिति लेख्नुहोस् ।

उत्तर: वि. सं. २०७० मंसीर ४ ।

६. दोस्रो विश्वयुद्धले नकारात्मक प्रभाव मात्र पारेन यसपछि केही सकारात्मक प्रभाव पनि देखिए । सो युद्धपछि देखिएको कुनै एक सकारात्मक प्रभाव लेख्नुहोस् ।

उत्तर: दोस्रो विश्वयुद्धपछि देखिएको एक सकारात्मक प्रभाव संयुक्त राष्ट्रसंघको स्थापना हुनु हो । (वा विज्ञान प्रविधि, मेडिसिन, मेसिन आदिमा विकास हुनु ।)

७. वैड्ङ्क खाताका दुई फाइदा लेख्नुहोस् ।

उत्तर: बैंक खाताका दुई फाइदाहरू हुन्:

  • वचत गर्न सकिने
  • ब्याज प्राप्त हुने

८. मानौं तपाईं जीवन बिमा गर्दै हुनुहुन्छ, जीवन विमा गर्दा तपाईंले के कुरामा ध्यान दिनुपर्ला ? एक वाक्यमा लेख्नुहोस् ।

उत्तर: जीवन बिमा गर्दा बिमा फारम भर्दा गलत विवरण, सूचना र जानकारी दिनुहुँदैन र बिमा शुल्क भुक्तानी गरेपछि अनिवार्य रूपमा नगद बुझेको भरपाइ (रसिद) लिनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

९. पञ्चशीलको सिद्धान्तको कुनै एक महत्त्व लेख्नुहोस् ।

उत्तर: पञ्चशीलको सिद्धान्तले अन्तराष्ट्रिय शान्ति र समझदारी कायम राख्न मदत पुग्छ । (वा, विश्वमा आपसी भाइचारा र सहअस्तित्वको वातावरण सिर्जना हुन्छ ।)

१०. सूचना प्रविधिको दुरुपयोग गर्दा भोग्नुपर्ने समस्या एक वाक्यमा लेख्नुहोस् ।

उत्तर: सूचना प्रविधिको दुरुपयोग गर्दा साइबर अपराधमा पर्न सकिन्छ । (वा, आइ डी ह्याक हुन सक्ने, मानसिक समस्या पर्न सक्ने ।)

११. आफ्नो परिवारको जीवन गुणस्तरीय बनाउका लागि तपाईंले गर्न सक्ने कुनै एक रचनात्मक कार्य लेख्नुहोस् ।

उत्तर: आफ्नो परिवारको जीवन गुणस्तरीय बनाउन म फोहोरमैला व्यवस्थापनमा सहयोग गर्नेछु । (वा, परिवारलाई गुणस्तरीय जीवनबारे जानकारी दिने, सन्तुलित भोजनबारे जानकारी दिने ।)

समूह ‘ख’ – Short Answers (Class 10 Social Madhesh Province 2081)

१२. व्यक्तिको व्यक्तित्व विकासमा सामाजिकीकरणको भूमिका महत्त्वपूर्ण हुन्छ । यस सम्बन्धमा नेपाली समाजको सामाजिकीकरणको अवस्थाका आधारमा समीक्षा गर्नुहोस् ।

उत्तर: व्यक्तिको व्यक्तित्व विकासमा सामाजिकीकरणको भूमिका महत्वपूर्ण हुन्छ । सामाजिकीकरणको व्यक्तिगत विकासमा सामाजिककरणको भूमिकाहरु जस्तै:

  • सामाजिकरणले व्यक्तिलाई संस्कार, मूल्य, नियम र आचारण सिकाउँछ ।
  • समाजमा रहेका मूल्य मान्यता, चालचलन, आदर्श व्यवहार सिकाउदै समाजमा अन्तरघुलन हुन सिकाउने काम सामाजिकीकरणबाट हुन्छ ।
  • यसले व्यक्तिको व्यक्तित्व विकास, संचार क्षमतालर नैतिकता र सामाजिक व्यक्तित्व निर्माणमा सहयोग गर्छ ।

नेपालमा सामाजिकरण मुख्यतः परिवार, विद्यालय, धर्म र सञ्चार माध्यमद्वारा प्रभावित हुन्छ । परम्परागत सोच र मान्यताले आधुनिक सामाजिकरणलाई कहिलेकाहीँ सीमित गर्न सक्छ ।

१३. दिगो विकासका सम्बन्धमा नेपाल सरकारद्वारा भएका प्रयासलाई चार बुँदामा उल्लेख गर्नुहोस् ।

उत्तर: दिगो विकासका लागि नेपालमा भएका प्रयासहरु:

  • नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हकको प्रावधान रहेको छ ।
  • भाग ४ धारा ५१ मा प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्धन र उपयोगसम्बन्धी नीति अन्तर्गत विविध व्यवस्था गरिएको छ ।
  • वातावरण संरक्षण ऐन र नियमावलीको व्यवस्था गरेको छ ।
  • विकास निर्माणका ठुला ठुला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याकंन गर्ने गरिएको छ ।

१४. ‘हाम्रो अमूर्त सम्पदाः हाम्रो सामाजिक सांस्कृतिक पहिचानका स्रोत’ शीर्षकमा एक वक्तृताको नमुना तयार पार्नुहोस् ।

“हाम्रा अमूर्त सम्पदाः हाम्रो सामाजिक सांस्कृतिक पहिचानका स्रोत”

आदरणीय प्रमुख अतिथि, सम्माननीय शिक्षकज्यूहरू, प्रिय मित्रहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू,

नमस्कार! आज म “हाम्रा अमूर्त सम्पदाः हाम्रो सामाजिक सांस्कृतिक पहिचानका स्रोत” भन्ने विषयमा केही विचार राख्न चाहन्छु ।

नेपाल बहुसांस्कृतिक, बहुभाषिक, र बहुजातीय देश हो । यहाँ विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरूका आफ्नै परम्परा, रीतिरिवाज, चाडपर्व, भाषा, तथा सांस्कृतिक सम्पदा छन् । अमूर्त सम्पदा भन्नाले ती सम्पदा जनाउँछ, जुन भौतिक रूपमा देख्न वा छुने सकिँदैन तर हाम्रा चालचलन, परम्परा, भाषा, मौखिक साहित्य, गीत-संगीत, नृत्य, लोककला, धार्मिक विश्वास, र सामाजिक व्यवहारमार्फत पुस्तौँ पुस्तासम्म हस्तान्तरण हुँदै आएको छ । यसका उदाहरणहरु गीत-संगीत र नृत्यः धिमे बाजा, झुमरा नृत्य, गन्धर्वको सारंगी; मौखिक परम्पराः लोककथा, उखान-टुक्का, मातृभाषाहरू; चाडपर्वः इन्द्रजात्रा, छठ, ल्होसार, दशैं आदि; परम्परागत सीपः थाङ्का चित्रकला, धातुकला, जडीबुटी उपचार आदि अमूर्त सम्पदा हुन् ।

आजको आधुनिकताले यस्ता सम्पदाहरू लोप हुने खतरा छ । तसर्थ, विद्यालय शिक्षामा यसको महत्व समावेश गर्ने, सांस्कृतिक महोत्सव आयोजना गर्ने तथा डिजिटल अभिलेख राख्ने जस्ता उपाय अपनाएर यसको संरक्षण गर्नुपर्छ । अन्तमा, अमूर्त सम्पदा हाम्रा पुर्खाको धरोहर मात्र नभई हाम्रो पहिचानको स्रोत पनि हो । यसको संरक्षणमा हामी सबैको योगदान आवश्यक छ ।

धन्यवाद!

१५. सविधान दिवसलाई ‘राष्ट्रिय दिवस’ का रूपमा मनाइनुका कुनै चार कारण लेख्नुहोस् ।

उत्तर: संविधान दिवसलाई राष्ट्रिय दिवस मनाउनुका कुनै चार कारणहरु:

  • नेपालको संविधान जारी भएको कारणले
  • संविधानको रक्षा र पालना गर्न सचेत गराउने हुनाले
  • संविधान संविधान सभाबाट निर्माण गरी लागु गरिएको हुनाले
  • संविधानमा जनताका मौलिक हक अधिकार कर्तव्यका कुराहरु उल्लेख हुदा जनतालाई सचेत बनाउन

१६. नेपालमा विद्यमान अन्धविश्वाससम्बन्धी समस्याहरूको समाधानका लागि केकस्ता उपाय अवलम्बन गर्नुपर्ला आफ्‌ना धारणा चार बुँदामा प्रस्तुत गर्नुहोस् ।

उत्तर: नेपालमा विद्यमान अन्धविश्वास समस्या समाधानका लागि निम्न उपायहरु अबलम्बन गर्न सकिन्छ:

  • जनचेतना जगाउने कार्यक्रम सञ्चालन गर्ने
  • अन्धविश्वास विरुद्ध ऱ्याली निकाल्ने
  • सडकनाटक देखाउने
  • शिक्षाको प्रवर्द्धन गर्ने

१७. निर्वाचन प्रक्रियामा निवाचन आयोगको काम, कर्तव्य र अधिकार चार बुदामा उल्लेख गर्नुहोस् ।

उत्तर: निर्वाचन आयोगका प्रमुख कामहरू:

  • निर्वाचन सञ्चालन गर्ने: संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन गराउने । राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभाका सदस्यहरूको निर्वाचन गराउने ।
  • मतदाता नामावली अद्यावधिक गर्ने: नागरिकलाई मतदाता दर्ता गराउने । मतदाता परिचयपत्र जारी गर्ने । निर्वाचन अघिको मतदाता नामावली अद्यावधिक गर्ने ।
  • राजनीतिक दलहरूको दर्ता तथा नियमन गर्ने: नयाँ दलहरूलाई दर्ता गर्ने । दलहरूले कानुनअनुसार कार्य गरिरहेका छन् कि छैनन् भनी अनुगमन गर्ने । निर्वाचन आचारसंहिताको पालना गराउने ।
  • मतदाता शिक्षाको प्रवर्द्धन गर्ने: नागरिकलाई मताधिकारको महत्त्व बुझाउने । मतदान प्रकृया सम्बन्धी जानकारी दिने ।

१८. नेपालमा प्राक्तिक विपत्वाट हुने क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने कुनै चारओटा उपाय लेख्नुहोस् ।

उत्तर: नेपालमा प्राकृतिक विपत्बाट हुने क्षति न्युनीकरणका उपायहरु:

  • पहिरो तथा बाढी नियन्त्रणका लागि वृक्षारोपण अभियान
  • भूकम्प प्रतिरोधी भवन निर्माण
  • बाढी प्रभावित क्षेत्रहरूमा उचित व्यवस्थापन
  • विपद् व्यवस्थापनसम्बन्धी जनचेतना कार्यक्रम

१९. पञ्चशीलको सिद्धान्तका आधारमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न परराष्ट्र मन्त्रालयलाई पठाउने एक इमेल (Email) को नमुना तयार गर्नुहोस् ।

ईमेलको नमुना

To: info@mofa.gov.np

From: a_citizen@example.com

Subject: नेपालको अन्तर्राराष्ट्रिय सम्बन्ध विस्तारमा सुधार

सम्माननीय मन्त्रीज्यू,
नमस्कार!

नेपालको अन्तर्राराष्ट्रिय सम्बन्ध विस्तार गर्नका लागि पञ्चशीलको सिद्धान्त महत्वपूर्ण रहेको छ । पञ्चशीलको सिद्धान्तमा आधारित भएर परराष्ट्र सम्बन्धलाई अघि बढाउन सकियो भने विश्वमा शान्ति स्थापना गर्न पनि मद्दत पुग्दछ ।

पञ्चशीलको सिद्धान्तमा निम्न कुराहरूमा ध्यान दिन सकिन्छ:

  • निशस्त्रीकरणमा जोड दिने र पञ्चशीलको सिद्धान्तप्रति प्रतिवद्ध रहने ।
  • संयुक्त राष्ट्रसङ्घको वडापत्रप्रति प्रतिबद्ध रहने ।
  • छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै तटस्थ र असंलग्न परराष्ट्र नीतिलाई प्राथमिकता दिने ।
  • समान महत्वका आधारमा सम्बन्ध विस्तार गरी अन्य देशसँगको सम्बन्ध अगाडि बढाउने ।

यसरी अगाडि बढ्न सकियो भने नेपालको परराष्ट्र सम्बन्ध मजबुत बन्दछ ।

धन्यवाद ।

२०. वि.स.२०५८ देखि वि.स.२०७८ सम्मको दुई दशकको अवधिमा नेपालको जनसङ्ख्या द्धिदर घट्दै गएको देखिन्छ । यसरी जनसङ्ख्या वृद्धिदर घट्दा पर्ने प्रभावहरू उल्लेख गर्नुहोस् ।

उत्तर: जनसंख्या वृद्धिदर घट्दा देशमा सकारात्मक र नकारात्मक दुबै प्रकारका प्रभावहरू पर्न सक्छन् ।

सकारात्मक प्रभावहरु:

  • श्रम शक्ति व्यवस्थापन राम्रो भएमा प्रति व्यक्ति आम्दानी बढ्न सक्ने ।
  • कम जनसंख्याले शिक्षा, स्वास्थ्य, खानेपानी, ऊर्जा जस्ता स्रोत साधनमा कम दबाब पर्ने ।
  • कम जनसंख्याले वातावरण प्रदूषण कम गराउन सहयोग गर्ने ।
  • शिक्षा र स्वास्थ्य सेवामा राम्रो पहुँच हुने भएकाले नागरिकको जीवनस्तर उच्च हुने ।

नकारात्मक प्रभावहरू:

  • युवा श्रमिकहरूको संख्या कम हुँदा उत्पादनशीलता घट्न सक्ने ।
  • वृद्धहरूको संख्या बढ्दै जाँदा उनीहरूको हेरचाहका लागि थप स्रोत आवश्यक पर्ने ।
  • श्रम शक्ति अभावका कारण देशको आर्थिक वृद्धिदर सुस्त हुन सक्ने ।
  • कम युवा जनसंख्याले नयाँ सोच र प्रविधिको विकासमा असर पुर्याउन सक्ने ।

समूह ‘ग’ – Long Answer Questions (Class 10 Social Madhesh Province 2081)

२१. सविधान संशोधनसम्बन्धी कार्य ऐन निर्माणभन्दा भिन्न हुन्छ, कसरी ? नेपालको सविधानमा भएको विधान संशोधनसम्बन्धी प्रावधानका आधारमा पुस्टि गर्नुहोस् ।

उत्तर: संविधान संशोधनसम्बन्धी कार्य ऐन निर्माणभन्दा भिन्न हुन्छ । यिनीहरू बीचको भिन्नता निम्न छन्:

संविधान संशोधन प्रक्रिया:

  • संविधान संशोधनका लागि संविधानको धारा २७४ अनुसार संसदबाट विशेष बहुमत अर्थात् दुई तिहाई (२/३ बहुमत) आवश्यक हुन्छ ।
  • राष्ट्रपतिले अनुमोदन गर्नैपर्छ, जसले गर्दा यो प्रक्रिया कठिन तथा गम्भीर हुन्छ ।
  • संविधान संशोधनले देशको मूल कानुनमा परिवर्तन ल्याउने भएकाले यसमा धेरै छलफल गरिन्छ ।
  • उदाहरण: नेपालको नागरिकता संशोधन विधेयक ।

ऐन/कानुन बनाउने प्रक्रिया:

  • संसद्‌को सामान्य बहुमतबाट ऐन पारित गर्न सकिन्छ ।
  • कानुन निर्माणका लागि मन्त्री परिषद् वा कुनै सांसदले प्रस्ताव पेश गर्न सक्छ ।
  • राष्ट्रपतिले हस्ताक्षर गरेपछि ऐन लागू हुन्छ ।
  • उदाहरण: शिक्षा ऐन, कर ऐन आदि ।

संविधान संशोधनका लागि नेपालको संविधानमा भएका प्रावधानहरु:

  • संविधानको धारा २७४ अनुसार संसदबाट विशेष बहुमत दुई तिहाई (२/३ बहुमत) आवश्यक हुन्छ ।
  • संविधानको नेपालको भूगोल, सार्वभौमिकता, स्वाधीनता वा स्वाभिमान सम्बन्धी विषयमा संशोधन गर्नुपरेमा संघीय संसदबाट पारित भएपछि प्रदेश सभाको बहुमतले अनुमोदन गर्नुपर्ने हुन्छ ।
  • संघीय संसदबाट पारित भइसकेपछि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि मात्र संशोधन लागू हुन्छ ।

२२. पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् ।
अन्नपूर्ण हिमाल, पाथीभरा मन्दिर, मधेस प्रदेश, महाकाली नदी

उत्तर: (नोट: यहाँ पाठमा नक्सा प्रस्तुत गरिएको छ । विद्यार्थीले परीक्षामा पृष्ठ भरिने गरी नेपालको नक्सा कोरेर तल दिइएका स्थानहरूलाई उपयुक्त सङ्केतले देखाउनुपर्छ ।)

Nepal Map Outline

Figure: Outline map of Nepal for Class 10 Social Madhesh Province 2081

  • अन्नपूर्ण हिमाल: नेपालको गण्डकी प्रदेशमा, पोखराबाट उत्तरतर्फ सङ्केत गर्ने । (▲)
  • पाथीभरा मन्दिर: कोशी प्रदेशको सुनसरी जिल्लामा सङ्केत गर्ने । ( मन्दिरको सङ्केत )
  • मधेस प्रदेश: नेपालको दक्षिणी तराई क्षेत्रमा रहेको पूरै प्रदेशलाई रेखाङ्कन गरी नाम लेख्ने ।
  • महाकाली नदी: नेपालको सुदूर-पश्चिमी सीमामा भारतसँगको सीमा बनाउँदै बगेको नदीलाई रेखाङ्कन गर्ने । ( नदीको सङ्केत )

२३. प्रथम विश्वयुद्धको पृष्ठभूमि उल्लेख गर्दै सो विश्वयुद्ध पश्चात्का प्रभावहरू स्पष्ट पार्नुहोस् ।

उत्तर: प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) को पृष्ठभूमि उल्लेख गर्दै यसका प्रभावहरू निम्नानुसार स्पष्ट पार्न सकिन्छ:

प्रथम विश्वयुद्धको पृष्ठभूमि:

  • १९औं शताब्दीको अन्त्यतिर विश्वका प्रमुख राष्ट्रहरूबीच सैन्य प्रतिस्पर्धा बढ्नु: युरोपेली राष्ट्रहरूबीच सैन्य शक्ति बढाउने होड चलेको थियो ।
  • युरोपली राजतन्त्रको दम्भ: युरोपका राजाहरूले आफ्नो शक्ति र प्रभाव क्षेत्र विस्तार गर्न खोजेका थिए ।
  • असन्दार्भिक युद्ध: अस्ट्रिया-हंगेरी साम्राज्यको राजकुमार आर्चड्युक फ्रान्ज फर्डिनान्डको हत्या युद्धको तात्कालिक कारण बनेको थियो ।
  • विभिन्न राष्ट्रहरूबीच गठबन्धन प्रणाली बनेर दुई पक्षमा विभाजन हुनु:
    • मित्र राष्ट्रहरू: बेलायत, फ्रान्स, रूस
    • धुरी राष्ट्रहरू: जर्मनी, अस्ट्रो-हंगेरी, इटाली (सुरुमा)
  • राष्ट्रवाद: साना राष्ट्रहरूले स्वतन्त्र हुन खोज्दा ठूला राष्ट्रहरूबीच टकराव बढ्नु ।

प्रथम विश्वयुद्धका परिणाम / प्रभावहरु:

  • भर्सेलिज सन्धिमा हस्ताक्षर: युद्धको अन्त्यमा भर्सेलिज सन्धिमा हस्ताक्षर भयो, जसले गर्दा जर्मनीमा गम्भीर आर्थिक संकट उत्पन्न भयो ।
  • अपार धनजनको क्षति: यस युद्धमा करोडौँ सैनिक र सर्वसाधारणको ज्यान गयो र अरबौँ डलर बराबरको सम्पत्ति नष्ट भयो ।
  • विश्वव्यापी आर्थिक सङ्कट: युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्यो र महामन्दीको सुरुवात भयो ।
  • राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना: जर्मनी, अस्ट्रिया-हंगेरी, रुस जस्ता देशहरूमा राजतन्त्रको अन्त्य भयो र गणतन्त्रको स्थापना भयो ।
  • अधिनायकवादको उदय: युद्धपछि जर्मनीमा हिटलर र इटालीमा मुसोलिनी जस्ता अधिनायकवादी शासकहरूको उदय भयो ।
  • राष्ट्रसङ्घको स्थापना: भविष्यमा यस्ता युद्धहरू हुन नदिन र विश्वमा शान्ति स्थापना गर्न राष्ट्रसङ्घको स्थापना भयो ।
  • नवीन आविष्कारहरूको प्रयोग: युद्धका लागि ट्याङ्क, विषैली ग्यास, पनडुब्बी जस्ता नयाँ हतियारहरूको आविष्कार भयो ।

२४. नेपालमा साहसिक पर्यटनको सम्भावनाः यसको सामाजिक, आर्थिक योगदान शीर्षकमा एक लेखको नमुना तयार गर्नुहोस् ।

नेपालमा साहसिक पर्यटनको सम्भावनाः यसको सामाजिक, आर्थिक योगदान

नेपालको भौगोलिक विविधता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदा साहसिक पर्यटनको लागि उत्कृष्ट स्थल रहेको छ । हिमालय श्रृंखलाहरू, घना जंगल, र जैविक विविधताका कारण नेपालमा हरेक वर्ष लाखौं पर्यटक आउँछन् ।

पर्यटकहरूले जोखिमयुक्त, उत्साहजनक, र रोमाञ्चकारी गतिविधिहरू गर्ने पर्यटनलाइ साहसिक पर्यटन भनिन्छ ।

नेपालमा मुख्य साहसिक पर्यटन गतिविधिहरू:

  • पर्वतारोहण: सगरमाथा, अन्नपूर्ण, मनास्लु आदि ।
  • ट्रेकिङ: अन्नपूर्ण सर्किट, लाङटाङ, एवरेस्ट बेस क्याम्प ।
  • ऱ्याफ्टिङ: त्रिशूली, भोटेकोसी ।
  • बन्जी जम्पिङ: भोटेकोसी ।
  • जंगल सफारी: चितवन, बर्दिया ।

नेपालको सामाजिक आर्थिक समृद्धिमा साहसिक पर्यटनको योगदान:

आर्थिक योगदान:

  • रोजगारी सिर्जना गर्छ: पर्यटन क्षेत्रले हजारौं नेपालीलाई रोजगारी दिन्छ (गाइड, होटल, ट्राभल एजेन्सी, यातायात सेवा) ।
  • देशको कुल गार्हस्थ्य उत्पादनमा योगदान: पर्यटनबाट नेपालले अरबौं रुपैयाँ आम्दानी गर्छ ।
  • स्थानीय व्यवसाय प्रवर्द्धन: होटल, होमस्टे, हस्तकला उद्योग, यातायात आदि पर्यटनले चलाउँछ ।

सामाजिक योगदान:

  • नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउँछ: विदेशी पर्यटकहरू नेपाल आएर यसको प्राकृतिक सौन्दर्यको प्रचार गर्छन् ।
  • सांस्कृतिक आदान-प्रदान: पर्यटकहरू नेपाली संस्कृतिसँग परिचित हुन्छन् र नेपालीहरूले पनि विदेशी संस्कृतिबारे जान्न पाउँछन् ।
  • सामुदायिक विकास: पर्यटनले गाउँघरमा पनि विकासका कार्यक्रमहरूलाई प्रोत्साहन दिन्छ ।

निष्कर्ष: नेपालको आर्थिक समृद्धिको लागि साहसिक पर्यटन महत्वपूर्ण छ । सरकारले यसको विकासका लागि पूर्वाधार सुधार, प्रचार-प्रसार, र सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्छ । साथै, स्थानीय समुदायलाई यसको फाइदाबाट जोड्न स्थानीय स्तरमा पनि पर्यटनको विकास गर्नुपर्छ ।

Other Additional Material

Scroll to Top