Class 10 Social Gandaki Province 2081: Complete Solved Questions
A comprehensive guide for SEE preparation with detailed solutions for Class 10 Social Gandaki Province 2081 exam.
SEE 2081 (2025)
अनिवार्य सामाजिक अध्ययन (Compulsory Social Studies)
RE-1051 ‘GP’
Gandaki Province – Class 10 Social Studies
समूह ‘क’ – Very Short Questions (Class 10 Social Gandaki Province 2081)
१. हाम्रा राष्ट्रिय गौरवको महत्त्व एक वाक्यमा उल्लेख गर्नुहोस् ।
उत्तर: राष्ट्रिय गौरवले आत्मसम्मान बढाउँछ, देशलाई चिनाउँछ र अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान कायम गराउँछ।
(अङ्कभार: १)
२. मानव विकास प्रतिवेदनलाई किन आर्थिक, सामाजिक विकासको महत्त्वपूर्ण प्रतिवेदन मानिएको हो ? आफ्नो विचार एक वाक्यमा उल्लेख गर्नुहोस् ।
उत्तर: मानव विकास प्रतिवेदनले देशको विकासको स्तर निर्धारण गर्न, सुधारका क्षेत्रहरू पहिचान गर्न र अरु देशसँग तुलना गर्न सघाउने भएकाले यसलाई महत्त्वपूर्ण मानिन्छ।
(अङ्कभार: १)
३. प्रथाजन्य कुनै दुई सामाजिक कुप्रथाको उदाहरण दिनुहोस् ।
उत्तर: बोक्सी प्रथा, छाउपडी प्रथा (वा अन्य: पशुवली, छुवाछूत, देउकी प्रथा आदि)।
(अङ्कभार: १)
४. युनिसेफले बालअधिकार संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै छ । उक्त कार्यक्रमका लागि ब्यानरमा लेखिने नारा तयार पार्नुहोस् ।
“आजका बालबालिका,
राष्ट्रका भविष्य हुन्”
(अङ्कभार: १)
५. वि.सं. २००७ को दिल्ली सम्झौताको समर्थन मात्रै नभई विरोध पनि भएको थियो किन ? आफ्नो तर्क एक वाक्यमा लेख्नुहोस् ।
उत्तर: दिल्ली सम्झौता भइसकेपछि पनि राणा प्रधानमन्त्री मोहन शमशेर नै देशको प्रधानमन्त्री बनेकाले डा. के. आई. सिंह लगायतले यसको विरोध गरेका थिए।
(अङ्कभार: १)
६. प्रथम विश्वयुद्धमा ‘धुरी राष्ट्र’ अन्तर्गतका कुनै दुई राष्ट्रको नाम लेख्नुहोस् ।
उत्तर: जर्मनी, अष्ट्रिया-हङ्गेरी (वा इटाली, टर्की आदि)।
(अङ्कभार: १)
७. नेपालको आर्थिक विकासमा ऊर्जाको महत्त्व एक वाक्यमा लेख्नुहोस् ।
उत्तर: ऊर्जाको व्यापार गरी आर्थिक लाभ लिन, उद्योग कलकारखाना चलाउन र विदेशबाट इन्धनको आयात घटाई व्यापार घाटा कम गर्न सकिन्छ।
(अङ्कभार: १)
८. नेपालबाट स्वरोजगार सिर्जना गर्न सरकारको भूमिका कस्तो हुनुपर्छ ? कुनै एक सुझाव दिनुहोस् ।
उत्तर: स्वरोजगार सिर्जना गर्न सरकारले युवाहरूलाई अनुदान दिने, सहुलियत ऋण उपलब्ध गराउने, सीपमूलक तालिम दिने वा उत्पादित सामग्रीको बजार व्यवस्थापन गरिदिनुपर्छ।
(अङ्कभार: १)
९. संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको एक कार्य लेख्नुहोस् ।
उत्तर: द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्ने (वा द्वन्द्वरत पक्षहरूका बिच मध्यस्थता गर्ने, नागरिक समाजको सुरक्षा गर्ने)।
(अङ्कभार: १)
१०. सूचना प्रविधिले विद्यार्थीको सिकाइमा पार्ने कुनै एउटा सकारात्मक प्रभाव लेख्नुहोस् ।
उत्तर: सूचना प्रविधिको प्रयोग गरी आवश्यक शैक्षिक सामग्रीहरू सजिलै खोज्न र अनलाईन कक्षा मार्फत घरमै बसी अध्ययन गर्न सकिन्छ।
(अङ्कभार: १)
११. स्वस्थ जीवनशैली कायम राख्न तपाईंले अपनाउनुभएका कुनै दुई उपाय लेख्नुहोस् ।
उत्तर:
- नियमित शारीरिक अभ्यास, योग र ध्यान गर्ने।
- बिहान सबेरै उठ्ने र पत्रु खाना (Junk Food) नखाने।
(अङ्कभार: १)
समूह ‘ख’ – Short Answers (Class 10 Social Gandaki Province 2081)
१२. सामाजिक विविधता र पहिचान प्रवर्धन गर्न राज्यले गर्नुपर्ने चार कार्यहरू प्रस्ट पार्नुहोस् ।
उत्तर:
- राष्ट्रका सबै भाषा, धर्म र संस्कृतिलाई उत्तिकै महत्व र सम्मान दिने।
- विभिन्न समुदायबिच आपसी सद्भाव, सहिष्णुता र एकता कायम गर्ने कार्यक्रम ल्याउने।
- पिछडिएका वर्ग र समुदायलाई समान अवसर र अधिकार प्रदान गर्ने।
- अन्तर-सांस्कृतिक घुलमिल र एक अर्काको चाडपर्वमा सहभागी हुने वातावरण सिर्जना गर्ने।
(अङ्कभार: ४)
१३. तपाईंको प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवको आयोजनाले सामना गर्नुपर्ने समस्याहरू चार बुँदामा उदाहरणसहित स्पष्ट पार्नुहोस् ।
उत्तर:
- आर्थिक अभाव: समयमै बजेट निकासा नहुनु वा पर्याप्त बजेट नहुनु।
- राजनीतिक हस्तक्षेप: बारम्बार नेतृत्व परिवर्तन हुनु वा राजनीतिक स्वार्थ बाझिनु।
- स्थानीय अवरोध: जग्गा अधिग्रहणमा मुआब्जा विवाद र स्थानीय जनसमुदायको असहयोग वा आक्रोश।
- प्राविधिक तथा प्रशासनिक समस्या: दक्ष जनशक्तिको कमी, कर्मचारीहरूको असन्तुष्टि वा भ्रष्टाचार र ढिलासुस्ती।
(अङ्कभार: ४)
१४. सहिदको योगदानको कदरका लागि सहिद दिवस मनाइन्छ । यो दिवसलाई प्रभावकारी बनाउन गरिनुपर्ने कुनै चार कार्य उल्लेख गर्नुहोस् ।
उत्तर:
- सहिदको योगदान र जीवनी झल्कने गरी प्रभातफेरि तथा प्रवचन कार्यक्रमहरू आयोजना गर्ने।
- सहिद परिवारका सदस्यहरूलाई राज्यको तर्फबाट उचित सम्मान र राहत प्रदान गर्ने।
- विद्यालय र टोलहरूमा सहिदको सम्मानमा कविता, वक्तृत्वकला जस्ता प्रतियोगिताहरू गर्ने।
- सञ्चार माध्यम र सामाजिक सञ्जालको प्रयोग गरी सहिदको त्याग र बलिदानको व्यापक प्रचारप्रसार गर्ने।
(अङ्कभार: ४)
१५. विद्यालयमा सांस्कृतिक कार्यक्रम आयोजना गरिँदा विदेशी गीत, सङ्गीत र नृत्य सकेसम्म कम प्रयोग गर्न सरकारले निर्देशन दिएको छ । सरकारको यो निर्णय प्रति तपाईंको धारणा चार बुँदामा स्पष्ट पार्नुहोस् ।
उत्तर: सरकारको यो निर्णय सकारात्मक छ किनभने:
- यसले हाम्रो मौलिक संस्कृति र परम्पराको सम्मान र संरक्षण हुन्छ।
- व�्यार्थीहरूमा नेपालीपन र राष्ट्रियताको भावना विकास गराउँछ।
- नेपाली गीत, सङ्गीत र कलाकारहरूको प्रोत्साहन र प्रवर्धन हुन्छ।
- विदेशी संस्कृतिको अन्धानुकरण (Cultural Encroachment) लाई रोक्न मद्दत पुग्छ।
(अङ्कभार: ४)
अथवा
विश्वबन्धुत्वको भावनाले सहिष्णुता, मानवता तथा शान्ति अभिवृद्धि गर्छ । यस वाक्यांशलाई प्रवर्द्धन गर्ने चार उपायहरू उल्लेख गर्नुहोस् ।
उत्तर:
- विश्वका सबै राष्ट्रहरू बिच स्रोत र साधनको न्यायोचित र समुचित वितरण गर्ने।
- कुनै पनि विवाद वा समस्याको समाधान हतियार वा युद्धबाट नभई शान्तिपूर्ण वार्ता र संवादबाट गर्ने।
- एक देशले अर्को देशको सार्वभौमिकता र संस्कृतिको सम्मान गर्ने।
- “वसुधैव कुटुम्बकम” (विश्व नै एक परिवार हो) भन्ने भावना राखी सबैप्रति सद्भाव राख्ने।
(अङ्कभार: ४)
१६. सामाजिक सञ्जालको दुरुपयोगले व्यक्तिगत र सामाजिक सम्बन्धमा पर्ने प्रभावको समीक्षा गर्नुहोस् ।
उत्तर: सामाजिक सञ्जालको सही प्रयोग नहुँदा निम्न प्रभावहरू पर्न सक्छन्:
व्यक्तिगत असर:
- व्यक्तिमा एकोहोरोपन आउने
- निराशा (Depression) बढ्ने
- साइबर बुलिङको शिकार हुने
- समयको बर्बादी हुने र सिर्जनात्मक क्षमतामा ह्रास आउने
सामाजिक असर:
- परिवार र समाजमा प्रत्यक्ष अन्तरक्रिया घट्ने
- भ्रामक सूचनाले समाजमा त्रास र वैमनस्यता फैलाउने
- गोपनीयता भङ्ग हुने
- सामाजिक विकृतिहरू बढ्ने
(अङ्कभार: २+२=४)
१७. प्रजातान्त्रिक संस्कार तथा मूल्यमान्यता प्रवर्धनमा राजनीतिक दलको भूमिका उल्लेख गर्नुहोस् ।
उत्तर:
- विधि र कानुनको शासन (Rule of Law) को पूर्ण पालना गर्ने र गराउने।
- निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउन सहयोग गर्ने।
- जनताका वास्तविक समस्या र गुनासाहरूलाई सरकार वा संसदसम्म पुर्याउने पुलको काम गर्ने।
- मानव अधिकारको सम्मान गर्दै कुनै पनि गलत कार्य गर्ने कार्यकर्तालाई राजनीतिक संरक्षण नदिने।
(अङ्कभार: ४)
१८. प्राकृतिक विपत्को परिचय दिँदै नेपालमा हुने कुनै छओटा प्राकृतिक विपत्को सूची तयार पार्नुहोस् ।
उत्तर:
परिचय:
प्राकृतिक कारण वा प्रकृतिको असन्तुलनले गर्दा अकस्मात आइपर्ने र धनजनको क्षति पुर्याउने विध्वंसात्मक घटनालाई प्राकृतिक विपत् भनिन्छ।
नेपालमा हुने प्राकृतिक विपत्हरू:
- बाढी
- पहिरो
- भूकम्प
- आगलागी/डढेलो
- चट्याङ
- हावाहुरी (वा शितलहर, महामारी)
(अङ्कभार: १+३=४)
१९. विश्वमा मानव अधिकार संरक्षणमा राष्ट्रसङ्घले खेलेको भूमिका समेटी एक सम्पादकीय तयार पार्नुहोस् ।
मानव अधिकार र संयुक्त राष्ट्र सङ्घ
(सम्पादकीय)
मानव अधिकार मानिसको जन्मसिद्ध अधिकार हो। यसको विश्वव्यापी संरक्षणमा संयुक्त राष्ट्र सङ्घले स्थापनाकालदेखि नै अग्रणी भूमिका खेल्दै आएको छ। सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेर राष्ट्र सङ्घले संसारभर स्वतन्त्रता, समानता र न्यायको विजारोपण गर्यो।
यसका साथै, मानव अधिकार संरक्षणका लागि विभिन्न अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र अभिसन्धिहरू पारित गरी लागु गराएको छ। महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र अल्पसङ्ख्यकहरूको अधिकार रक्षाका लागि विभिन्न आयोग तथा समितिहरू गठन गरेको छ। द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापना र मानवीय सहायता मार्फत नागरिकको जिउधनको रक्षा गर्न राष्ट्र सङ्घ सदैव क्रियाशील छ। अतः मानव अधिकारको पूर्ण प्रत्याभूतिका लागि राष्ट्र सङ्घका प्रयासहरूलाई सबै राष्ट्रले इमान्दारीपूर्वक पालना गर्नु आजको आवश्यकता हो।
(अङ्कभार: ४)
२०. पारिवारिक योजनाको महत्त्व चार बुँदामा उल्लेख गर्नुहोस् ।
उत्तर:
- परिवारका सदस्यहरू (दम्पती र छोराछोरी) बीच सुमधुर र बलियो सम्बन्ध कायम गर्न।
- परिवारको आम्दानी अनुसार खर्च व्यवस्थापन गरी अनावश्यक आर्थिक भार घटाउन।
- आमा र बच्चाको स्वास्थ्य राम्रो राख्न तथा परिवारको जीवनस्तर उकास्न।
- बालबालिकाको उचित लालनपालन, शिक्षा दीक्षा र सुखी एवं आरामदायी पारिवारिक वातावरण निर्माण गर्न।
(अङ्कभार: ४)
समूह ‘ग’ – Long Answer Questions (Class 10 Social Gandaki Province 2081)
२१. नेपालमा उपभोक्ताको हकहित संरक्षण गर्नका लागि भएका प्रयास पर्याप्त छन् वा छैनन् ? समीक्षा गर्दै अधिकार संरक्षण गर्न उपभोक्ताले गर्नुपर्ने चार कार्य स्पष्ट पार्नुहोस् ।
उत्तर:
समीक्षा (प्रयासहरू):
नेपालमा उपभोक्ता हकहितका लागि केही सकारात्मक प्रयासहरू भएका छन्। जस्तै: संविधानमा उपभोक्ताको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ, उपभोक्ता संरक्षण ऐन २०७५ जारी भएको छ, उपभोक्ता अधिकार संरक्षण मञ्च जस्ता संस्थाहरू क्रियाशील छन् र स्थानीय निकायलाई बजार अनुगमनको अधिकार दिइएको छ। यद्यपि, फितलो कार्यान्वयन र अनुगमनको कमीले गर्दा यी प्रयासहरू अझै पर्याप्त छैनन् भन्न सकिन्छ।
उपभोक्ताले गर्नुपर्ने कार्यहरू:
- कुनै पनि सामान खरिद गर्दा त्यसको गुणस्तर (Quality) र आधिकारिक चिह्न (जस्तै: NS Mark) हेर्ने।
- उपभोग्य वस्तुको उत्पादन मिति (Manufacturing Date) र म्याद सकिने मिति (Expiry Date) अनिवार्य जाँच गर्ने।
- सामानको तोकिएको मूल्य (MRP) र वास्तविक मूल्य बुझेर मात्र खरिद गर्ने र बिल लिने बानी बसाल्ने।
- आफू ठगिएको महसुस भएमा वा कालोबजारी भएको थाहा पाएमा तुरुन्त सम्बन्धित निकायमा उजुरी गर्ने।
(अङ्कभार: ३+४=७)
२२. पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
लुम्बिनी प्रदेश, सगरमाथा राष्ट्रिय निकुञ्ज, पूर्वपश्चिम राजमार्ग, अपि हिमाल
उत्तर: (नोट: यहाँ विद्यार्थीले परीक्षामा पृष्ठ भरिने गरी नेपालको नक्सा कोरेर तल दिइएका स्थानहरूलाई उपयुक्त सङ्केतले देखाउनुपर्छ।)
Figure: Outline map of Nepal for Class 10 Social Gandaki Province 2081
- अपि हिमाल: सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा (नक्साको सुदूर उत्तर-पश्चिम कुनामा त्रिकोण Δ सङ्केतले देखाउने)।
- पूर्वपश्चिम राजमार्ग: झापादेखि कञ्चनपुरसम्म जोड्ने तराईको मुख्य राजमार्ग रेखाङ्कन गर्ने।
- लुम्बिनी प्रदेश: साविकको प्रदेश नं ५ को क्षेत्रलाई छुट्याएर नाम लेख्ने वा सङ्केत गर्ने।
- सगरमाथा राष्ट्रिय निकुञ्ज: कोशी प्रदेशको सोलुखुम्बु जिल्ला (सगरमाथा क्षेत्र) मा सङ्केत गर्ने।
(अङ्क विभाजन: नक्साको रूपरेखा – ३ अङ्क, ४ वटा तथ्य सही स्थानमा भरेको – ४ अङ्क)
अथवा
पृष्ठ भरिने गरी दक्षिण अमेरिका महादेशको नक्सा बनाएर उपयुक्त सङ्केतको प्रयोग गरेर तलका तथ्य भर्नुहोस् :
टिटिकाका ताल, ब्राजिलको उच्च समस्थली, फोकल्यान्ड द्विप, केपहर्न
उत्तर:
- टिटिकाका ताल: पेरु र बोलिभियाको सीमानामा पानीको सङ्केत गर्ने।
- ब्राजिलको उच्च समस्थली (Brazilian Highlands): ब्राजिलको पूर्वी र मध्य भागमा।
- फोकल्यान्ड टापु: अर्जेन्टिनाको पूर्वमा आन्द्र महासागरमा रहेको टापु।
- केपहर्न (Cape Horn): महादेशको सबैभन्दा पुछार (दक्षिण) को बिन्दु चिलीमा।
अथवा, (दृष्टिविहीनहरूका लागि मात्र)
दक्षिण अमेरिका महादेशको सामाजिक, आर्थिक र भौतिक पक्षको चर्चा गर्नुहोस् ।
उत्तर:
भौगोलिक/भौतिक अवस्था:
यो विश्वको चौथो ठूलो महाद्वीप हो (क्षेत्रफल: १,७८,४०,००० वर्ग कि.मि.)। यहाँ एण्डिज पर्वतमाला, अमेजन बेसी जस्ता भौगोलिक क्षेत्रहरू छन्। हावापानीमा उष्ण, समशितोष्ण, मरुस्थलीय र सामुद्रिक विविधता पाइन्छ।
आर्थिक अवस्था:
यहाँको प्रतिव्यक्ति आय मध्यम तथा निम्न छ। कृषि, पशुपालन (पान्पास क्षेत्र), खानी र पर्यटन मुख्य आर्थिक गतिविधि हुन्। ब्राजिल कफी उत्पादनमा प्रसिद्ध छ।
सामाजिक अवस्था:
यहाँ युरोपेलीहरूको (विशेष गरी स्पेनिस र पोर्चुगिज) उपनिवेश थियो। त्यसैले धेरैजसो इसाई धर्म मान्छन् र स्पेनिस, पोर्चुगिज, अंग्रेजी भाषा बोल्छन्। गरिबी र असमानता विद्यमान भए पनि शिक्षा र स्वास्थ्यमा सुधार हुँदैछ।
(अङ्कभार: ७)
२३. वि.सं. २०४६ देखि २०६३ सम्मको राजनीतिक अवस्था र त्यसले पारेको प्रभावहरू उल्लेख गर्नुहोस् ।
उत्तर:
घटनाहरू (राजनीतिक अवस्था):
- वि.सं. २०४६ मा जनआन्दोलन भई पञ्चायत अन्त्य र बहुदल पुनर्स्थापना।
- वि.सं. २०४७ मा नेपाल अधिराज्यको संविधान जारी।
- वि.सं. २०४८ मा आम निर्वाचन सम्पन्न।
- वि.सं. २०५२ देखि माओवादी जनयुद्ध सुरु।
- वि.सं. २०५८ मा दरबार हत्याकाण्ड।
- वि.सं. २०६२/६३ मा दोस्रो ऐतिहासिक जनआन्दोलन।
प्रभावहरू:
- देशमा लोकतन्त्रको पूर्ण स्थापना भयो।
- संविधान सभाको निर्वाचन सम्पन्न भयो।
- नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भयो।
- २४० वर्ष लामो राजतन्त्र अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो।
(अङ्कभार: ३+४=७)
२४. आन्तरिक पर्यटन प्रवर्धनका लागि सरकारले गर्न सक्ने कार्य उल्लेख गर्दै दुई जनाबिचको संवाद तयार गर्नुहोस् ।
आन्तरिक पर्यटन प्रवर्धन
(दुई जनाबिचको संवाद)
पात्रहरू: राम र श्याम
स्थान: विद्यालयको चौर
विषय: आन्तरिक पर्यटन प्रवर्धन
राम: ओहो श्याम! दसैँको विदामा तिमी त रारा ताल घुम्न गएछौ नि, कस्तो लाग्यो त?
श्याम: एकदमै रमाइलो भयो राम। हाम्रो देश नेपाल त साँच्चिकै प्रकृतिको वरदान रहेछ। तर बाटोघाटो र बस्ने सुविधा अलि राम्रो भइदिए सुनमा सुगन्ध हुने थियो।
राम: हो नि। आन्तरिक पर्यटन प्रवर्धन गर्न सरकारले अलि विशेष ध्यान दिनुपर्ने देखिन्छ।
श्याम: तिम्रो विचारमा सरकारले के के गर्नुपर्छ होला त?
राम: पहिलो कुरा त, पर्यटकीय क्षेत्रहरूको व्यापक प्रचार प्रसार गर्नुपर्छ। अनि, सरकारी कर्मचारी र शिक्षकहरूलाई पर्यटन काज (पर्यटन बिदा) र खर्च दिएर देश भित्रै घुम्न प्रोत्साहन गर्नुपर्छ।
श्याम: सही भन्यौ। साथै, पर्यटकीय स्थलसम्म पुग्ने यातायात र सुरक्षाको राम्रो प्रबन्ध मिलाउनु पर्छ। स्थानीय सरकारले पनि आफ्नो क्षेत्रको रेखदेख र व्यवस्थापन मा स्थानीय मानिसहरूलाई नै परिचालन गर्न सके राम्रो हुन्थ्यो।
राम: हो, अनि धार्मिक स्थलहरूलाई जोडेर तीर्थ पर्यटनको प्याकेज ल्याउन सके वृद्धवृद्धाहरू पनि घुम्न निस्कने थिए।
श्याम: एकदम ठीक! यसो गरेमा देशको पैसा देशमै रहन्थ्यो र रोजगारी पनि बढ्थ्यो। ल घण्टी लाग्यो, अब कक्षामा जाऔँ।
(अङ्कभार: १+५=६)
Other Additional Material
Class 10 English Notes
Complete notes for SEE English.
Class 10 Nepali Vyakaran
Grammar notes for SEE Nepali.
Class 10 Science Notes
Comprehensive notes for SEE Science.
C. Mathematics Notes
Notes for Compulsory Mathematics.
Computer Science Notes
Full notes for SEE Computer Science.
Optional Maths Notes
Complete notes for Optional Maths.
