SEE 2081 (2025) – Science & Technology (विज्ञान तथा प्रविधि) Solution
Koshi Province (कोशी प्रदेश)
RE-1041 ‘KOP’ | Full Marks: 75 | Time: 3 Hours
Welcome to the complete solution for the
Class 10 Science Koshi Province 2081
SEE examination. Below you will find detailed answers for all sections (A, B, C, and D) in both Nepali and English mediums.Table of Contents
Question Paper Preview
Group ‘A’: Multiple Choice Questions (10 × 1 = 10)
(a) निम्नमध्ये कम्प्युटर मेमोरीको क्षमता नाप्ने एकाई कुन हो ?
(Which of the following units is used for measuring the capacity of computer memory?)
- (i) हर्ज (Hz)
- (ii) किलो हर्ज (KHz)
- (iii) मेगा हर्ज (MHz)
- ✓ (iv) गिगा बाइट्स (Gigabytes / GB)
(b) मोनोहाइब्रिड क्रसको दोस्रो वंशमा देखिने सन्तानहरूको लुप्त गुण र प्रवल गुणको आधारमा फिनोटाइपिक अनुपात कुन हुन सक्छ ?
(Which of the following is the phenotypic ratio of a monohybrid cross in the $F_{2}$ generation on the basis of recessive and dominant characters?)
- ✓ (i) 1:3
- (ii) 3:1
- (iii) 1:2:1
- (iv) 1:1:2
Note: The question asks for Recessive : Dominant ratio.
(c) ऊनिउमा भाले ग्यामेट उत्पादन गर्ने अङ्ग तलकामध्ये कुन हो ?
(Which of the following organs produces the male gamete in fern?)
- ✓ (i) एन्थेरिडियम (Antheridium)
- (ii) आर्किगोनियम (Archegonium)
- (iii) सोरस (Sorus)
- (iv) गेम्मा कप (Gemma cup)
(d) पेट र छाला सम्बन्धी रोगहरूको उपचार गर्न निम्न मध्ये कुन विरुवालाई परम्परागत रूपमा प्रयोग गरिन्छ ?
(Which of the following plants is used for curing stomach and skin diseases?)
- ✓ (i) घ्युकुमारी (Aloe-vera)
- (ii) यार्सागुम्वा (Yarsagumba)
- (iii) बोजो (Bojo)
- (iv) तुलसी (Tulasi)
(e) यदि पृथ्वीको सतहमा एउटा वस्तुको तौल 294 N छ भने, चन्द्रमाको सतहमा उक्त वस्तुको तौल कति होला ?
(If the weight of a person on the surface of the Earth is 294 N, what might be the weight of the person on the moon?)
- (i) 6 N
- (ii) 9.8 N
- ✓ (iii) 49 N
- (iv) 60 N
(f) जव पानी जहाज समुन्द्रबाट नदीमा पस्छ, त्यो पहिलेभन्दा धेरै डुवेको पाइन्छ । यसको कारण के होला ?
(When a ship enters a river from a sea, it is found to sink more than before. What is the reason for this?)
- (i) समुन्द्रको पानीको तापक्रम नदीको पानीभन्दा बढी भएर । (Sea temp > River temp)
- ✓ (ii) नदीको पानीभन्दा समुन्द्रको पानीको घनत्व बढी भएर । (Density of sea water > river water)
- (iii) समुन्द्रको पानीको तापक्रम नदीको पानीभन्दा कम भएर । (Sea temp < River temp)
- (iv) समुन्द्रको पानीको घनत्व नदीको पानीको भन्दा कम भएर । (Density of sea water < river water)
(g) चित्रमा प्रकाशको किरणको आवर्तन देखाइएको छ । यो अवस्थामा तलकामध्ये कुन तथ्य सही हो ?
(The figure shows the refraction of a ray of light. Which of the following statements is correct for this situation?)

- ✓ (i) माध्यम 1 सघन र माध्यम 2 विरल हो । (Medium 1 is denser and medium 2 is rarer.)
- (ii) माध्यम 1 विरल र माध्यम 2 सघन हो । (Medium 1 is rarer and medium 2 is denser.)
- (iii) प्रकासको गति दुवै माध्यममा बराबर हुन्छ । (Speed of light is same in both.)
- (iv) प्रकासको गति माध्यम 2 मा भन्दा माध्यम 1 मा बढी हुन्छ । (Speed in 1 > Speed in 2.)
(h) हव्वलको नियम $v = Hd$ मा H को मान कति हुन्छ ?
(What is the value of H in Hubble’s law, $v = Hd$?)
- (i) $65~km/s/Mpc$
- (ii) $68~km/s/Mpc$
- (iii) $70~km/s/Mpc$
- ✓ (iv) $73~km/s/Mpc$
(i) तलको रासायनिक समिकरणमा ‘Y’ को संयुज्यता कति हुन्छ ?
(What is the valency of ‘Y’ in the following chemical equation?)
$$2Y + 6HCl \rightarrow 2YCl_{3} + 3H_{2}$$
- (i) 1
- (ii) 2
- ✓ (iii) 3
- (iv) 4
(j) कपडा धुन सावुनभन्दा डिटर्जेन्ट राम्रो मानिन्छ, किन ?
(Why is detergent considered better than soap for washing clothes?)
- ✓ (i) डिटर्जेन्टहरू कडा र नरम दुवै पानीमा राम्रोसँग काम गर्छन, जवकी सावुनहरू कडा पानीमा कम प्रभावकारी हुन्छन् । (Detergents work well in both hard and soft water, whereas soap is less effective in hard water.)
- (ii) डिटर्जेन्टहरू बायोडिग्रेडेवल हुन्छन् जवकी साबुन हुँदैनन् । (Detergents are biodegradable…)
- (iii) सावुन भन्दा डिटर्जेन्ट सस्तो र उत्पादन गर्न सजिलो हुन्छ । (Detergents are cheaper…)
- (iv) डिटर्जेन्टहरूले साबुनभन्दा कम प्रदुषण उत्पादन गर्दछ । (Detergents produce less pollution…)
Group ‘B’: Very Short Answer Questions (9 × 1 = 9)
2(a) विभिन्न तापक्रममा नुनको घुलनशीलता मापन गरिएको प्रयोगमा आश्रित चर कुन हो ?
(Which is the dependent variable in the experiment where solubility of salt is measured at different temperatures?)
Nepali: घुलनशीलता (Solubility)
English: Solubility
2(b) तरल पदार्थको उर्ध्वचाप र यसको घनत्व बिचको सम्बन्ध लेख्नुहोस् ।
(Write the relation between up-thrust and the density of a liquid.)
Nepali: तरल पदार्थको उर्ध्वचाप यसको घनत्वसँग समानुपातिक हुन्छ ($U \propto \rho$)।
English: Up-thrust is directly proportional to the density of the liquid ($U \propto \rho$).
2(c) प्रकाशको पूर्ण आन्तरिक परावर्तनको दैनिक जीवनमा एउटा उपयोग लेख्नुहोस् ।
(Write one application of total internal reflection of light in daily life.)
Nepali: अप्टिकल फाइबर (Optical fiber) वा एन्डोस्कोपी उपकरणमा (Endoscopy equipment)।
English: Optical fibre in telecommunication or endoscopy equipment.
2(d) चस्माको प्रयोग नगरी दृष्टिदोष सुधार्ने कुनै एक उपाय लेख्नुहोस् ।
(Write any one way for the correction of defects of vision without using spectacles.)
Nepali: कन्ट्याक्ट लेन्स (Contact lens) वा लेजर थेरापी (Laser therapy)।
English: Contact lens or Laser therapy.
2(e) 60Hz आवृति भएको अल्टरनेटिङ करेन्ट ट्रान्सफर्मरको प्राइमरी क्वाइलमा जोड्दा, सेकेन्डरी क्वाइलमा अल्टरनेटिङ करेन्टको आवृति कति हुन्छ ?
(When an alternating current of 60 Hz frequency is connected to the primary coil of a transformer, what will be the frequency of the alternating current in the secondary coil?)
Nepali: 60 Hz (ट्रान्सफर्मरले आवृत्ति परिवर्तन गर्दैन)।
English: 60 Hz (A transformer does not change frequency).
2(f) समतल ब्रह्माण्डको परिभाषा लेख्नुहोस् ।
(Write the definition of a flat universe.)
Nepali: यस्तो ब्रह्माण्ड जहाँ औषत घनत्व र क्रिटिकल घनत्व बराबर हुन्छ, त्यसलाई समतल ब्रह्माण्ड भनिन्छ।
English: A universe where the average density is equal to the critical density is called a flat universe.
2(g) तामाको एउटा धाउको नाम लेख्नुहोस् ।
(Write the name of an ore of copper.)
Nepali: चालकोपाराइट (Chalcopyrite) वा चालकोसाइट (Chalcocite)।
English: Chalcopyrite or Chalcocite.
2(h) प्रकृतिमा सुन शुद्ध अवस्थामा पाइन्छ, किन ?
(Gold is found in a pure state in nature, why?)
Nepali: किनकि सुन कम सक्रिय (non-reactive) धातु हो र यसले वातावरणमा भएका अक्सिजन वा आद्रतासँग प्रतिक्रिया गर्दैन।
English: Because gold is a non-reactive metal and does not react with atmospheric oxygen or moisture.
2(i) ग्लिसेरोलको संरचना सूत्र लेख्नुहोस् ।
(Write the structural formula of glycerol.)
खण्ड ‘ग’ (Section ‘C’): Short Answer Questions (14 × 2 = 28)
3. एकाइगत विश्लेषण प्रयोग गरी समीकरण $s=ut+\frac{1}{2}at^{2}$ ठिक छ वा छैन परीक्षण गर्नुहोस् ।
(Check the correctness of the equation $s=ut+\frac{1}{2}at^{2}$ by using unit-wise analysis.)
उत्तर (Answer):
- Unit of $s$ (displacement) = meter ($m$)
- Unit of $u$ (velocity) $\times t$ (time) = $(m/s) \times s = m$
- Unit of $\frac{1}{2} a t^2$ = $(m/s^2) \times s^2 = m$
Conclusion: Since LHS ($m$) = RHS ($m + m$), the equation is dimensionally correct.
- $s$ (विस्थापन) को एकाइ = मिटर ($m$)
- $ut$ को एकाइ = $(m/s) \times s = m$
- $\frac{1}{2}at^2$ को एकाइ = $(m/s^2) \times s^2 = m$
निष्कर्ष: बायाँ पक्ष ($m$) र दायाँ पक्ष ($m$) को एकाइ बराबर भएकोले, यो समीकरण ठिक छ।
4. मुटुमा दुई कोठा हुने कुनै एक जीवको नाम लेखी कुनै एक विशेषता लेख्नुहोस् ।
(Write the name of an animal having a two-chambered heart, and write one characteristic of this animal.)
उत्तर (Answer):
English:
Animal: Fish (e.g., Rohu).
Characteristic: They respire through gills / They have a streamlined body.
Nepali:
जीव: माछा (Fish) – उदाहरण: रहु (Rohu)।
विशेषता: यिनीहरूले गिल्स (Gills) द्वारा स्वास फेर्छन् / यिनीहरूको शरीर डुङ्गा आकारको (Streamlined) हुन्छ।
5. रानी मौरी र भाले मौरी छुट्याउने कुनै दुईओटा विशेषता लेख्नुहोस् ।
(Write any two characteristics which distinguish a queen bee and a drone bee.)
उत्तर (Answer):
| Queen Bee (रानी मौरी) | Drone Bee (भाले मौरी) |
|---|---|
| Larger in size, has a smaller head. (आकारमा ठुलो हुन्छ, टाउको सानो हुन्छ।) | Smaller than queen but larger than workers. (रानी भन्दा सानो तर कर्मी भन्दा ठुलो हुन्छ।) |
| Has a sting (ovipositor). (यसमा खिल हुन्छ।) | Does not have a sting. (यसमा खिल हुँदैन।) |
6. DNA र RNA को बिचमा दुईओटा भिन्नता लेख्नुहोस् ।
(Write any two differences between DNA and RNA.)
उत्तर (Answer):
| DNA | RNA |
|---|---|
| यो दुई पोिये (Double stranded) हुन्छ। (It is double-stranded.) |
यो एक पोिये (Single stranded) हुन्छ। (It is single-stranded.) |
| यसमा थाइमिन (Thiamine) नाइट्रोजन बेस हुन्छ। (Contains Thiamine base.) |
यसमा युरासिल (Uracil) नाइट्रोजन बेस हुन्छ। (Contains Uracil base.) |
7. मानिसमा लिङ्ग निर्धारण कसरी हुन्छ ? चार्टद्वारा देखाउनुहोस् ।
(How is sex determined in humans? Show by chart.)
उत्तर (Answer):
English: Sex is determined by the combination of sex chromosomes. Father’s Y chromosome determines a boy (XY) and X determines a girl (XX).
Nepali: मानिसमा लिङ्ग निर्धारण सेक्स क्रोमोजोमको संयोजनबाट हुन्छ। बुबाको Y क्रोमोजोमले छोरा (XY) र X क्रोमोजोमले छोरी (XX) निर्धारण गर्छ।
8. (i) मानव मुटुको कुन कोठाले शुद्ध रगत प्राप्त गर्दछ ?
(Which chamber of the human heart receives pure blood?)
(ii) मुटुबाट शरीरका विभिन्न भागमा शुद्ध रगत लैजाने मुख्य धमनीको नाम उल्लेख गर्नुहोस् ।
(Write the name of the main artery that takes pure blood from the heart to different parts of the body.)
उत्तर (Answer):
(i) बायाँ अरिकल (Left Auricle)
(ii) महाधमनी (Aorta)
9. चित्रमा दिइएको जडिबुटीको दुई ओटा उपयोगिताहरु लेख्नुहोस् ।
(Write any two uses of the medicinal plant shown in the figure.)
उत्तर (Answer):
- छाला सम्बन्धी रोग निको पार्न। (To cure skin diseases.)
- औषधी वा सौन्दर्य प्रसाधन बनाउन। (To make medicines or cosmetics.)
10. चित्रमा देखाइएको बस्तुको खसाइ र चन्द्रमामा बस्तुको खसाइबिच कुनै दुई अन्तर लेख्नुहोस् ।
(How does this fall differ from an object falling on the moon? Write any two differences.)
उत्तर (Answer):
Nepali: पृथ्वीमा गुरुत्व प्रवेग ($9.8 m/s^2$) बढी हुनाले बस्तु छिटो खस्छ, तर चन्द्रमामा गुरुत्व प्रवेग ($1.6 m/s^2$) कम हुनाले बस्तु बिस्तारै खस्छ।
English: On Earth, the object falls faster due to higher gravity ($9.8 m/s^2$). On the Moon, it falls slower due to lower gravity ($1.6 m/s^2$).
11. यदि क्रिकेट वललाई $18~m/s$ को गतिमा सिधै माथि आकाशमा फ्याकियो भने उक्त बल कति उचाइसम्म पुग्छ ? हिसाब गर्नुहोस् । (हावाको अवरोधलाई नगन्य मान्नुहोस् ।)
(If a cricket ball is thrown vertically upward into the sky with a velocity of $18~m/s$. Calculate the maximum height attained by the ball. Note: Neglect air resistance.)
उत्तर (Answer):
Given:
Initial velocity ($u$) = $18 m/s$
Final velocity at max height ($v$) = $0 m/s$
Acceleration due to gravity ($g$) = $10 m/s^2$ (approx)
Formula: $v^2 = u^2 – 2gh$
Calculation:
$(0)^2 = (18)^2 – 2 \times 10 \times h$
$0 = 324 – 20h$
$20h = 324$
$h = \frac{324}{20}$
$h = 16.2 m$
Ans: The ball reaches a height of 16.2 meters.
12. चुम्बक र क्वाइल प्रयोग गरि करेन्ट उत्पादन गर्न सकिने प्रक्रियाको सफा चित्र कोर्नुहोस् ।
(Draw a neat diagram showing the process of generating current using a magnet and a coil.)
उत्तर (Answer):
13. अल्टरनेटिङ करेन्ट र डाइरेक्ट करेन्ट बिचमा कुनै दुई भिन्नता लेख्नुहोस् ।
(Write any two differences between alternating current and direct current.)
उत्तर (Answer):
| Alternating Current (AC) | Direct Current (DC) |
|---|---|
| यसको परिमाण र दिशा समयसँगै परिवर्तन हुन्छ। (Magnitude and direction change with time.) |
यसको परिमाण स्थिर हुन्छ र दिशा एउटै हुन्छ। (Magnitude is constant and direction is fixed.) |
| यसको आवृत्ति (Frequency) ५० वा ६० हर्ज हुन्छ। | यसको आवृत्ति ० हुन्छ। (Frequency is 0.) |
14. दिइएको रासायनिक समीकरणमा यौगिक X को पहिचान गरि समीकरणलाई सन्तुलन गर्नुहोस् ।
(Identify the compound X in the given chemical equation and balance the equation.)
$$X + HCl \rightarrow ZnCl_{2} + H_{2}O$$
उत्तर (Answer):
Compound X: $ZnO$ (Zinc Oxide)
Balanced Equation: $ZnO + 2HCl \rightarrow ZnCl_{2} + H_{2}O$
15. दिइएको यौगिकको संरचनात्मक सूत्रको आधारमा सामान्य आणविक सुत्र लेख्नुहोस् । यस यौगिकको IUPAC नाम पनि लेख्नुहोस् ।
(Write the general molecular formula of the compound $H-C\equiv C-H$ given. Also write the IUPAC name of the compound.)
उत्तर (Answer):
General Formula: $C_nH_{2n-2}$ (Alkynes)
IUPAC Name: Ethyne (इथाइन)
16. प्राकृतिक खाद्य परिरक्षी र रासायनिक खाद्य परिरक्षीमा कुन परिरक्षी राम्रो हुन्छ ? किन ?
(Which food preservative is better between natural food preservatives and chemical food preservatives? Why?)
उत्तर (Answer):
Nepali: प्राकृतिक खाद्य परिरक्षी (Natural food preservative) राम्रो हुन्छ। किनकि यसले मानव स्वास्थ्यमा रासायनिक परिरक्षीको तुलनामा कम नकारात्मक असर गर्छ।
English: Natural food preservatives are better because they have less negative effect on human health compared to chemical preservatives.
Group ‘D’: Long Answer Questions (7 × 4 = 28)
17. (i) चित्रमा दिइएको सञ्चारको प्रसारण च्यानल पहिचान गर्नुहोस् ।
(Identify the transmission channel of communication shown in the given figure.)
(ii) चित्रमा दिइएको प्रसारण च्यानलका कुनै दुई विशेषताहरू लेख्नुहोस् ।
(Write any two characteristics of the transmission channel shown in the figure.)
(iii) यस प्रसारण च्यानलको उपयोग भएको एउटा उदाहरण दिनुहोस् ।
(Give one example of the use of this transmission channel.)
उत्तर (Answer):
(i) पहिचान (Identify):
बेसब्यान्ड प्रसारण (Baseband Transmission).
(ii) विशेषताहरू (Characteristics):
- यो छोटो दुरीको लागि प्रयोग गरिन्छ ।
(It is used for short distances.) - यसमा एउटा केबलमा एक पटकमा एउटा मात्र सिग्नल पठाइन्छ ।
(Only one signal is sent at a time in a cable.)
(iii) उदाहरण (Example):
कम्प्युटरबाट प्रिन्टरमा डाटा पठाउन ।
(Sending data from computer to printer.)
18. स्थानीय भैंसीसँग उन्नत जातका राँगाहरूको क्रस ब्रीडिङ्ग गराउँदा हुने दुईओटा फाइदा र दुईओटा बेफाइदाहरू लेख्नुहोस् ।
(Write two advantages and two disadvantages of cross-breeding between local buffaloes and high-quality he-buffaloes.)
उत्तर (Answer):
फाइदाहरू (Advantages):
- धेरै दूध दिने उन्नत जातका भैंसीहरू प्राप्त गर्न सकिन्छ ।
(High milk-yielding buffaloes can be obtained.) - रोग प्रतिरोधात्मक क्षमता भएका र छिटो बढ्ने पाडापाडी प्राप्त हुन्छन् ।
(Offspring with disease resistance and faster growth rate are produced.)
बेफाइदाहरू (Disadvantages):
- स्थानीय जातको मौलिकता हराएर जान्छ ।
(Originality of local breeds may be lost/extinct.) - नयाँ रोगहरू सर्ने सम्भावना हुन्छ ।
(There is a risk of transmitting new diseases.)
19. हृदयघात हुनाको कुनै दुईओटा कारणहरू र दुईओटा रोकथामका उपायहरू लेख्नुहोस् ।
(Write any two causes and two preventive measures of a heart attack.)
उत्तर (Answer):
कारणहरू (Causes):
- उच्च रक्तचाप ।
(High blood pressure.) - धुम्रपान र मदिरा सेवन ।
(Smoking and alcohol consumption.)
रोकथाम (Preventive Measures):
- नियमित ब्यायाम गर्ने ।
(Regular physical exercise.) - चिल्लो र बोसोयुक्त खाना कम खाने ।
(Reduce intake of fatty and oily food.)
20. (i) चित्रमा देखाइएको अवस्थामा पानीको कुन गुणको कारणले दिइएको जीव बाँच्न सफल छ ?
(Due to which property of water is the organism living in the condition given in the figure successful?)
(ii) 0°C को पानी सबैभन्दा माथि तैरिएको छ, किन ?
(Why is the water at 0°C floating at the top?)
(iii) पानीको यस गुणको जैविक महत्व लेख्नुहोस् ।
(Write the biological significance of this characteristic of water.)
(iv) दैनिक जीवनमा पानीको यस गुणले निम्त्याउने एउटा समस्या उल्लेख गर्नुहोस् ।
(Mention one problem caused by this property of water in daily life.)
उत्तर (Answer):
(i) गुण (Property):
पानीको असाधारण प्रसार ।
(Anomalous expansion of water.)
(ii) कारण (Reason):
0°C मा पानी बरफ बन्छ वा यसको घनत्व 4°C को पानी भन्दा कम हुन्छ, त्यसैले यो तैरिन्छ ।
(Water turns to ice at 0°C or its density is less than water at 4°C, so it floats.)
(iii) जैविक महत्व (Biological Significance):
यसले गर्दा जाडो महिनामा पोखरीको माथिल्लो सतह जमे पनि तल्लो भागमा पानी तरल नै रहन्छ, जसले जलचर बाँच्न मद्दत गर्छ ।
(It keeps water liquid below the frozen surface in winter, allowing aquatic life to survive.)
(iv) समस्या (Problem):
जाडोमा खानेपानीका पाइपहरू फुट्छन् ।
(Water pipes burst in winter.)
21. (i) कन्भेक्स र कन्केभ लेन्स बिचमा कुनै दुई भिन्नता लेख्नुहोस् ।
(Write any two differences between a convex and a concave lens.)
(ii) एकजना विद्यार्थीले लगाउने चस्मामा प्रयोग हुने लेन्सको सामर्थ्य +4 D छ । यसको केन्द्रीकरण दूरी निकाल्नुहोस् । यस लेन्सको प्रकार पनि उल्लेख गर्नुहोस् ।
(The power of the lens used in the spectacles worn by a student is +4 D. Calculate the focal length of the lens. Also, mention the type of the lens.)
उत्तर (Answer):
(i) भिन्नता (Differences):
| कन्भेक्स लेन्स (Convex Lens) | कन्केभ लेन्स (Concave Lens) |
|---|---|
| बिचमा मोटो र छेउमा पातलो हुन्छ । (Thicker at center, thinner at edges.) |
बिचमा पातलो र छेउमा मोटो हुन्छ । (Thinner at center, thicker at edges.) |
| प्रकाशलाई केन्द्रित गर्छ । (Converges light rays.) |
प्रकाशलाई विकेन्द्रित गर्छ । (Diverges light rays.) |
(ii) हिसाब (Numerical):
Given,
Power (P) = +4 D
Focal length (f) = 1/P
= 1/4
= 0.25 m
= 25 cm
Lens Type: Convex Lens (Because power is positive).
22. दिइएको तालिका अध्ययन गर्नुहोस् र निम्न प्रश्नहरूको उत्तर दिनुहोस् ।
(Study the given table and answer the following questions.)
| तत्व (Element) | इलेक्ट्रोन विन्यास (Electronic Configuration) |
|---|---|
| P | 1s2, 2s2 2p5 |
| Q | 1s2, 2s2 2p6, 3s2 |
| R | 1s2, 2s2 2p6, 3s2 3p5 |
(i) तत्व Q को संयुज्यता लेख्नुहोस् ।
(Write the valency of element Q.)
(ii) P र R मध्ये कुन बढी सक्रिय छ ? किन ?
(Between P and R, which one is more reactive? Why?)
(iii) तत्वहरू Q र R को बीचमा रासायनिक प्रतिक्रिया हुँदा हुने सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
(Write the balanced chemical equation of the chemical reaction between elements Q and R.)
उत्तर (Answer):
(i) 2 (Q म्याग्नेसियम हो / Q is Magnesium).
(ii) P बढी सक्रिय हुन्छ । किनकि यसको परमाणविक आकार R भन्दा सानो छ र इलेक्ट्रोन आकर्षण गर्ने क्षमता बढी हुन्छ ।
(P is more reactive because it has a smaller atomic size and higher electronegativity than R.)
(iii) Q + R2 → QR2
Mg + Cl2 → MgCl2
23. (i) देखाइएको चित्रको भाँडामा हुने रासयनिक प्रतिक्रियाको सन्तलित रासायनिक समीकरण लेख्नुहोस् ।
(Write the balanced chemical equation involved in the process shown in the vessel of the given diagram.)

(Can dilute sulphuric acid be used instead of dilute hydrochloric acid? Why?)
(iii) यसलाई ठाडो ग्यास जारमा जम्मा गरिनुको कारण के हो ?
(What is the reason for collecting this gas in an erect gas jar?)
उत्तर (Answer):
(i) समीकरण (Equation):
CaCO3 + 2HCl → CaCl2 + H2O + CO2
(ii) कारण (Reason):
हुँदैन (No). किनकि सल्फ्युरिक एसिड प्रयोग गर्दा क्याल्सियम सल्फेट (CaSO4) को अघुलनशील पत्र बन्छ जसले थप प्रतिक्रिया हुन दिँदैन ।
(Because it forms an insoluble layer of Calcium Sulphate which stops further reaction.)
(iii) कारण (Reason):
किनकि CO2 ग्यास हावा भन्दा गह्रौँ हुन्छ ।
(Because CO2 gas is heavier than air.)
