Class 12 accounting Theory notes in Nepali medium | NEB Solutions
importantedunotes.com
← Class 12 Accountancy
Class 12 accounting Theory notes in Nepali medium

Class 12 Accounting Theory Notes in Nepali Medium

Welcome to the comprehensive guide for NEB students. This page contains Class 12 accounting Theory notes in Nepali medium designed to help you prepare for your board exams. These notes cover Company Formation, Share Capital, Cost Accounting, and more.

Table of Contents (Units 1-19)
Unit 1: कम्पनी स्थापना
(Company Formation)
Unit 2: नगदमा सेयर निष्कासन
(Issue of Shares for Cash)
Unit 3: सेयरको जफत तथा पुनः निष्कासन
(Forfeiture and Re-Issue of Shares)
Unit 4: नगद बाहेक अन्यमा सेयर निष्कासन
(Issue of Shares for Other Than Cash)
Unit 5: ऋणपत्रको लागि लेखाविधि
(Accounting for Debentures)
Unit 6: कम्पनीको अन्तिम खाता – परम्परागत विधि
(Final Account – Traditional Method)
Unit 7: वित्तीय विवरणहरू – आधुनिक विधि
(Financial Statements – Modern Method)
Unit 8: अन्य विषयहरू
(Other Topics)
Unit 9: नगद प्रवाह विवरण
(Cash Flow Statement)
Unit 10: लागत लेखाविधि
(Cost Accounting)
Unit 11: सामग्री तथा सामग्री नियन्त्रण लेखाविधि
(Accounting for Materials)
Unit 12: मौज्दात व्यवस्थापन
(Inventory Management)
Unit 13: श्रम लागतको लेखाविधि
(Accounting for Labour Cost)
Unit 14: उपरिव्ययको लेखाविधि
(Accounting for Overheads)
Unit 15: एकाइ अथवा उत्पादन लागतविधि
(Unit or Output Costing)
Unit 16: लागत हिसाब मिलान विवरण
(Cost Reconciliation Statement)
Unit 17: लेखाविधिमा कम्प्युटर प्रणाली
(Computer System in Accounting)
Unit 18: अन्य विषयहरू
(Other Topics)
Unit 19: अतिरिक्त विषयहरू
(Additional Topics)

Unit 1: कम्पनी स्थापना (Company Formation)

१. निजी कम्पनी (प्राइभेट लि.) र यसले प्राप्त गर्ने सुविधाहरू

कुनै पनि देशको विद्यमान् कम्पनी ऐनअन्तर्गत स्थापना भएका तर सर्वसाधारण सेयरहरू निष्कासन गरी पूँजी सङ्कलन गर्न नपाउने कम्पनीलाई निजी कम्पनी भनिन्छ। निजी कम्पनीमा सदस्य सङ्ख्या कम्तिमा १ जना र बढीमा १०१ जनासम्म रहेका हुन्छन्। सामान्यतया निजी कम्पनीको नामको पछाडि प्रा.लि. (प्राइभेट लिमिटेड) शब्द उल्लेख गरिएको हुन्छ।

निजी कम्पनीले प्राप्त गर्ने केही विशेष सुविधा तथा सहुलियतहरू निम्नअनुसार छन्:

  • निजी कम्पनीको स्थापनाको कार्य एक जना सदस्यबाट पनि हुनसक्छ।
  • निजी कम्पनीले विवरण पत्र तयार पारी निष्कासन गर्नुपर्दैन।
  • निजी कम्पनीले दर्ता हुनासाथ कार्य प्रारम्भ गर्न पाउँछन्। व्यवसाय सुरु गर्न इजाजत लिनुपर्दैन।

२. सार्वजनिक कम्पनी (पब्लिक लि.) र यसका फाइदाहरू

सर्वसाधारणहरूलाई सेयर तथा ऋणपत्र निष्कासन गरी पूँजी सङ्कलन गर्न पाउने र कम्पनी ऐनअन्तर्गत स्थापना भएको कम्पनीलाई सार्वजनिक कम्पनी भनिन्छ। सार्वजनिक कम्पनीको नामको पछाडि लि. (लिमिटेड) शब्द उल्लेख गरिन्छ। सार्वजनिक कम्पनीमा सदस्य सङ्ख्या न्यूनतम सात (७) र बढीमा जतिसुकै पनि हुन सक्दछन्।

सार्वजनिक कम्पनीका विभिन्न फाइदाहरूमध्ये मुख्य तीनवटा फाइदाहरू निम्नअनुसार छन्:

  • सार्वजनिक कम्पनीका सेयरधनीहरूले आफ्नो सेयरलाई कुनै पनि बेला जुनसुकै व्यक्तिलाई आफ्नो इच्छाअनुसार स्वतन्त्र रूपमा बिक्री गर्न वा हस्तान्तरण गर्न सक्दछन्।
  • सार्वजनिक कम्पनीका सेयरधनीहरूको दायित्व सीमित हुन्छ।
  • सार्वजनिक कम्पनीले सर्वसाधारणहरूबाट सेयर वा ऋणपत्र वा दुवै निष्कासन गरी पूँजी सङ्कलन गर्न सक्दछ।

सेयर पूँजी र यसका प्रकारहरू

कम्पनीका मालिकहरूले लगानी गरेको पूँजीलाई सेयर पूँजी (Share Capital) भनिन्छ। संयुक्त पूँजी कम्पनी सञ्चालन गर्नको लागि ठुलो मात्रामा पूँजीको आवश्यकता पर्दछ। यस प्रकारको पूँजी सङ्कलन गर्नको लागि पूँजीलाई स-साना भागमा विभाजित गरी बिक्री गरिन्छ, जसलाई सेयरहरू भनिन्छ। कम्पनीका मालिक अर्थात् सेयरधनीहरूबाट सङ्कलन भएको पूँजीलाई नै सेयर पूँजी (Share Capital) भन्ने गरिन्छ।

३. साधारण सेयर र अग्राधिकार सेयरबिचका भिन्नताहरू

  • क. लाभांश: साधारण सेयरमा प्राप्त हुने लाभांश पूर्व निश्चित हुँदैन भने अग्राधिकार सेयरमा प्राप्त हुने लाभांशको दर पूर्व निर्धारित हुन्छ।
  • ख. प्राथमिकता: अग्राधिकार सेयरधनीलाई लाभांश तथा पूँजी फिर्ता प्राप्त गर्न साधारण सेयरधनीभन्दा पहिलो प्राथमिकता हुन्छ भने अग्राधिकार सेयरधनीहरूले रकम प्राप्त गरिसकेपछि मात्र साधारण सेयरधनीहरूले लाभांश तथा पूँजी फिर्ता पाउँछन्।
  • ग. मतदान गर्ने अधिकार: साधारण सेयरधनीलाई कम्पनीको सभामा उपस्थित भई मतदान गर्ने अधिकार प्राप्त भएको हुन्छ। अर्कोतिर विशेष परिस्थितिमा बाहेक अग्राधिकार सेयरधनीलाई कम्पनीको साधारण सभामा उपस्थित हुने र मतदान गर्ने अधिकार प्राप्त हुँदैन।

कम्पनीले निष्कासन गर्ने सेयरहरूलाई निम्नअनुसार विभाजन गर्न सकिन्छ:

  • a. अधिकृत वा दर्ता वा साँकेतिक पूँजी (Authorized or registered or nominal capital)
  • b. जारी पूँजी (Issued capital)
  • c. आवेदित पूँजी (Subscribed capital)
  • d. माग पूँजी (Called up capital)
  • e. चुक्ता पूँजी (Paid up capital)

४. लागत लेखाविधि (Cost Accounting)

(नोट: यहाँ पाठमा केही अंश छुटेको जस्तो देखिन्छ, तर उपलब्ध पाठ तल प्रस्तुत गरिएको छ)

ख. व्यवस्थापनलाई मद्दत गर्नु: लागत लेखाविधिको अर्को मुख्य कार्य योजना तर्जुमा गर्न र त्यसको प्रभावकारी कार्यान्वयनको लागि व्यवस्थापनलाई सहयोग पुर्‍याउनु हो। लागत लेखाको माध्यमबाट एकातिर सङ्गठनका प्रत्येक क्रियाकलापहरूको लागतको बारेमा विस्तृत जानकारी उपलब्ध हुन्छ।

५. लागत लेखाविधिका महत्त्वहरू

लागत लेखाविधिका मुख्य महत्त्वहरू निम्नअनुसार छन्:

  • क. लागत नियन्त्रण गर्नमा मद्दत गर्दछ: सामग्रीको मूल्य परिवर्तन, दुरुपयोग, श्रमिकहरूको असक्षमता वा व्यर्थ समय, अकुशल सुपरिवेक्षण आदिको कारणबाट पूर्व निर्धारित लागतभन्दा वास्तविक लागत बढ्न सक्छ।
  • ख. विक्रय मूल्य निर्धारण गर्नमा मार्गदर्शन गर्दछ: मूल्य निर्धारण गरिने भएकोले लागत लेखाले उपलब्ध लागत सम्बन्धी तथ्याङ्कहरूबाट मूल्य लेखाविधिले लागतमा निश्चित प्रतिशतले नाफा जोडेर मूल्य निर्धारण गर्न मार्गदर्शन प्राप्त हुन्छ।

६. लागत लेखाविधिका सीमाहरू

लागत लेखाविधिका सीमाहरू निम्नअनुसार छन्:

  • क. एकरुपताको अभाव: लागत लेखाविधिलाई आवश्यकताअनुसार प्रयोग गर्न सक्ने भएकोले विभिन्न व्यक्तिहरूले तयार पारेका लेखासम्बन्धी प्रतिवेदनहरू फरक हुन सक्छन्। किनभने लागत लेखाविधिमा अपनाइने नियमहरू एवम् सर्वमान्य सिद्धान्तहरूको विकास हुन सकेको छैन।
  • ख. खर्चिलो: लागत प्रणाली लागू गर्नको लागि सङ्गठन ढाँचाको पुनःसंरचना, लागत लेखा विभागको स्थापना, कर्मचारीहरूको व्यवस्था, सङ्गठनका कर्मचारीबिच समन्वयको आवश्यकता र लागत लेखा विभाग सञ्चालनको लागि अतिरिक्त खर्चको आवश्यकता पर्ने हुनाले लागत लेखाविधि खर्चिलो हुन्छ।

७. नियमावली र यसमा उल्लेख गरिने बुँदाहरू

प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरू प्राप्त गर्न र कम्पनीले आफ्नो काम कारवाही सुव्यवस्थित रुपले सञ्चालन गर्न तयार पारिने नियमहरूलाई नै नियमावली भनिन्छ। नियमावलीले कुनै पनि कम्पनीले सम्पन्न गर्ने विभिन्न कार्यहरूलाई निरन्तरता दिन तथा प्रभावकारी ढङ्गबाट उद्देश्यमा पुग्न सहयोग पुर्‍याउँछ।

नियमावलीमा समावेश गरिने शीर्षकहरूमध्ये चारवटा बुँदाहरू तल उल्लेख गरिएका छन्:

  • क. कम्पनीको साधारण सभा बोलाउने तरिका, सभाको लागि दिनुपर्ने सूचना सम्बन्धी कुराहरू,
  • ख. साधारण सभाको कार्यविधि,
  • ग. सञ्चालकको सङ्ख्या र कार्यकाल,
  • घ. साधारण सभा तथा सञ्चालक समितिको निर्णयको अभिलेख र त्यसको प्रतिलिपि तथा निरीक्षणसम्बन्धी व्यवस्था।

८. सेयरको परिभाषा

कम्पनीको कूल पूँजीलाई स-साना अंशहरूमा विभाजन गरिएको हुन्छ, जसलाई सेयर (Share) भनिन्छ। सेयरले लगानीकर्ताको कम्पनी माथिको स्वामित्त्वको प्रतिनिधित्व गर्दछ। सेयरधनीहरूले कम्पनीबाट पाउने विभिन्न प्रकारका लाभहरू उनीहरूले खरिद गरेका सेयर सङ्ख्याको आधारमा प्राप्त हुन्छ। कम्पनीमा लगानी गर्ने लगानीकर्ताको दायित्व भनेको प्रति सेयर भुक्तानी गर्न बाँकी रकमसम्म मात्र सीमित रहन्छ।

९. साधारण सेयर र अग्राधिकार सेयरको अर्थ

कम्पनीको सेयर पूँजीलाई साधारण सेयर र अग्राधिकार सेयर गरी दुई भागमा विभाजन गरिएको हुन्छ। कम्पनीको वास्तविक स्वामित्व प्रदान गर्ने सेयरलाई साधारण सेयर भनिन्छ। साधारण सेयरधनीहरूलाई कम्पनीको सञ्चालक समितिमा मतदान गर्ने अधिकार प्राप्त हुन्छ।

कम्पनीको व्यवस्थापनमा प्रत्यक्ष रूपमा सहभागी हुन नपाउने तर आम्दानीमा भने साधारण सेयरभन्दा पहिलो प्राथमिकता भएका सेयरलाई अग्राधिकार सेयर भनिन्छ। अग्राधिकार सेयरले पाउने लाभको दर पूर्वनिर्धारित हुन्छ र कम्पनीको नाफा नोक्सान परिवर्तन भएता पनि अग्राधिकार सेयरधनीको आम्दानीमा कुनै परिवर्तन हुँदैन।

Unit 2: नगदमा सेयर निष्कासन (Issue of Shares for Cash)

१. सेयर निष्कासन गरी पूँजी वृद्धि गर्दा अनुसरण गरिने मुख्य चरणहरू

सेयर निष्कासनबाट पूँजी सङ्कलन गर्ने मुख्य चरणहरू निम्नअनुसार छन्:

  • क. विवरण पत्र सार्वजनिक गर्ने तथा सेयर निष्कासन सम्बन्धी जानकारी प्रवाह गर्ने,
  • ख. आवेदकहरूबाट आवेदन रकम र आवेदन सङ्कलन गर्ने,
  • ग. आवेदकहरूलाई सेयर बाँडफाँड गर्ने,
  • घ. आवेदनसँग प्रतिसेयर मूल्यको पूरै अंश माग नगरिएको भए बाँकी रकम सेयर बाँडफाँड गर्ने समयमा र विभिन्न चरणहरूमा माग गर्ने।

२. न्यून आवेदन (Under Subscription), न्यूनतम आवेदन (Minimum Subscription) र अधिक आवेदन (Over Subscription) को परिभाषा

  • न्यून आवेदन: कम्पनीले बिक्रीको लागि निष्कासन गरिएका सेयर सङ्ख्याभन्दा थोरै सङ्ख्यामा सेयर खरिदको लागि आवेदन प्राप्त भएको अवस्थालाई न्यून आवेदन भनिन्छ।
  • न्यूनतम आवेदन: कम्पनी ऐनले तोकिएअनुसार प्राप्त हुनुपर्ने न्यूनतम आवेदनको सङ्ख्यालाई न्यूनतम आवेदन भनिन्छ।
  • अधिक आवेदन: कम्पनीले निष्कासन गरेका सेयर सङ्ख्याभन्दा धेरै सेयर माग गरी आवेदन प्राप्त भएमा वा प्राप्त भएको अवस्थालाई अधिक आवेदन भनिन्छ।

३. न्यून आवेदन, न्यूनतम आवेदन र अधिक आवेदन प्राप्त भएको अवस्थामा सेयर बाँडफाँड गर्न सकिने विभिन्न तरिकाहरू

१. अदृश्य सम्पत्तिहरूको अभिलेख नहुनु

२. व्यक्तिगत निर्णयहरू

४. आय विवरणको अर्थ

कुनै निश्चित समयावधिको आम्दानी तथा खर्च र नाफा एवम् नोक्सानको स्थिति प्रस्तुत गर्न तयार पारिने विवरणलाई आय विवरण (Income statement) भनिन्छ। कूल आय (Revenue) बाट सम्पूर्ण आयगत खर्चहरू घटाउँदा धनात्मक मूल्य आएमा फरकलाई नाफा र ऋणात्मक मूल्य आएमा नोक्सान हुन्छ। आय विवरणले बिक्रीबाट प्राप्त आय, बिक्री गरिएका मालसामानको लागत, सञ्चालन खर्च, कर र खुद आम्दानी (Net Income) को स्थिति प्रस्तुत गर्दछ।

५. अवितरित आय विवरणको अर्थ

कम्पनीले आर्जन गरेको नाफा मुख्यतया दुईवटा क्षेत्रमा प्रयोग गरिन्छ। पहिलो क्षेत्र भनेको सेयरधनीहरूलाई वितरण गरिने लाभांश हो भने दोस्रो क्षेत्र विभिन्न जगेडा कोषहरूमा नाफा स्थानान्तरण गर्नु हो। यसरी कम्पनीले आर्जन गरेको नाफालाई लाभांश, विभिन्न जगेडा कोषहरू आदिमा वितरण गरेको स्थिति देखाउन तयार पारिने विवरणलाई नै अवितरित आय विवरण (Statement of Retained Earning) भनिन्छ।

६. वासलातको अर्थ

कुनै पनि सङ्गठनको कूल सम्पत्ति जहिले पनि कूल दायित्व र सेयरधनीको इक्विटी (Shareholder’s Equity) बराबर हुन्छ भन्ने मान्यतामा आधारित विवरणलाई वासलात भनिन्छ, जसले कुनै सङ्गठनको निर्धारित समयको वित्तीय स्थितिको यथार्थ अवस्थालाई चित्रण गर्दछ। वित्तीय स्थिति भन्नाले व्यवसायका सम्पत्तिहरू, व्यवसायले भुक्तानी गर्नुपर्ने दायित्वहरू र व्यवसायको पूँजीको स्थितिलाई जनाउँछ। जसलाई निम्न समीकरणमा देखाउन सकिन्छ।

Unit 3: सेयरको जफत तथा पुनः निष्कासन (Forfeiture and Re-Issue of Shares)

१. सेयरको जफतको अर्थ

यदि कुनै सेयरधनीले सेयरमा भुक्तानी गर्न बाँकी रकम कम्पनीले पटक-पटक माग गर्दा पनि निश्चित समयभित्र भुक्तानी गर्न सक्दैन भने, त्यस्तो अवस्थामा कम्पनीले एकातिर सेयरधनीको सेयर प्रमाणपत्र बदर गर्दछ भने, अर्कोतिर उक्त सेयरवापत प्राप्त भइसकेको रकम सेयरधनीलाई फिर्ता गर्दैन। यसरी सेयर बदर गर्ने र पहिले प्राप्त भएको रकम पनि फिर्ता नगर्ने कार्यलाई सेयरको जफत (Forfeiture of Share) भनिन्छ। सेयर जफत भइसकेपछि जफत भएको सेयर कम्पनीको सेयरधनीको किताबबाट खारेज गरिन्छ।

२. नेपालमा कम्पनी ऐन, २०६३ अनुसार सेयर जफत गर्ने प्रावधान

कम्पनी ऐन, २०६३ को दफा ५३ अनुसार सेयरधनीबाट किस्ता माग गर्दा प्रत्येक सेयरधनीको नाममा बुझाउनु पर्ने किस्ता रकम, समय र स्थान खोली कम्तिमा तीस दिनको अवधि दिई तोकिएबमोजिमको ढाँचामा लिखित सूचना पठाउनुपर्नेछ। कुनै सेयरधनीले सेयर वापत भुक्तानी गर्नुपर्ने रुपैयाँ उक्त अवधिभित्र भुक्तानी नगरेमा निजको सेयर जफत हुने कुरा स्पष्ट खोली सम्बन्धित सेयरधनीलाई सूचना दिनुपर्नेछ। सो बमोजिमको सूचनाको म्यादमा पनि किस्ता नबुझाएमा कम्पनीले जुन सेयरको सम्बन्धमा सो सूचना दिएको हो सो सेयरबापत भुक्तानी भएको रकमसहित उक्त सेयर जफत गरिन्छ।

३. सेयर जफत गर्दा प्रिमियमको बारेमा ध्यान दिनुपर्ने कुरा

सेयरधनीबाट प्रिमियम सङ्कलन भइसकेको छ भने यो जफत हुँदैन र सेयर जफत गर्दा प्रिमियम खातालाई डेविट गर्नुपर्दैन। तर सेयर प्रिमियम प्राप्त भएको छैन भने सेयर पछि जफत गर्दा सेयर प्रिमियम खातालाई पनि डेविट गर्नुपर्ने हुन्छ।

४. पूर्वाधिकार र ऋणपत्रबिचका भिन्नताहरू

  • क. आम्दानी: पूर्वाधिकार सेयरमा कम्पनीबाट आम्दानीको रूपमा लाभांश प्राप्त हुन्छ भने ऋणपत्रमा ब्याज प्राप्त हुन्छ।
  • ख. प्राथमिकता: आम्दानी तथा पूँजी फिर्ता हुने क्रममा ऋणदाताहरूलाई पहिलो प्राथमिकता हुन्छ भने पूर्वाधिकार सेयरधनीहरूलाई पछिल्लो प्राथमिकता हुन्छ।

५. ऋणपत्रका महत्त्वहरू

ऋणपत्रका विभिन्न महत्त्वहरू मध्ये २ वटा महत्त्वहरू निम्नअनुसार छन्:

  • क. दीर्घकालीन वित्तीय स्रोत: ऋणपत्र कम्पनीको दीर्घकालीन वित्तीय स्रोत हो। सेयर निष्कासनबाट पर्याप्त पूँजी सङ्कलन गर्न नसकिएमा वा सेयर निष्कासनभन्दा ऋणपत्र निष्कासन लाभदायक भएको अवस्थामा अतिरिक्त पूँजी सङ्कलन गर्ने एउटा मात्र माध्यम ऋणपत्रको निष्कासन हुन जान्छ।
  • ख. न्यून वित्तीय लागत: सेयरधनीहरूलाई प्रदान गरिने लाभांशको दरभन्दा ऋणपत्रको ब्याजदर प्रायः कम हुन्छ। अर्कोतिर, ब्याजलाई करयोग्य आम्दानीबाट घटाउन सकिने भएकोले ऋणपत्रको वित्तीय लागत कम हुन जान्छ।

६. वाहक र दर्ता (Bearer and Registered) ऋणपत्रको अर्थ

ऋणपत्रधारकको नाम, ठेगाना आदि अभिलेख कम्पनीको पुस्तिकामा नराखिएको ऋणपत्रलाई वाहक ऋणपत्र भनिन्छ। यस्ता ऋणपत्रहरू खरिद बिक्री गर्दा दाखिल खारेजको आवश्यकता पर्दैन। वाहक ऋणपत्रसँगै ब्याज प्राप्त गर्ने हिस्सा प्रदान गरिएको हुन्छ। टोकन पेश गर्ने व्यक्तिले ब्याज प्राप्त गर्दछन्। कम्पनीको पुस्तिकामा ऋणपत्रधारकको नाम, ठेगाना आदिको अभिलेख राखिएको ऋणपत्रलाई दर्ता वा पञ्जिकृत ऋणपत्र भनिन्छ।

७. नाफा नोक्सान खाताका फाइदाहरू

नाफा नोक्सान खाताका फाइदाहरू निम्न छन्:

  • क. कुनै निर्धारित समयावधिभित्र व्यवसायले आर्जन गरेको खुद नाफा नोक्सानको स्थिति पत्ता लगाउन।
  • ख. निर्धारित समयावधिमा व्यवसायले वहन गर्नु परेका विभिन्न प्रकारका अप्रत्यक्ष खर्चहरूको जानकारी प्राप्त गर्न।
  • ग. बिक्री बाहेक व्यवसायले विभिन्न सेवा वा कारोबारबाट प्राप्त गरिएको आम्दानी र लाभको जानकारी प्राप्त गर्न।
  • घ. वासलात तयार गर्नमा मद्दत गर्ने।

८. व्यापार खाता र नाफा नोक्सान खाता बिचका भिन्नताहरू

व्यापार खाता र नाफा नोक्सान खाता बिच निम्न भिन्नताहरू छन्:

  • कुल नाफा निर्धारण गर्ने उद्देश्यले व्यापार खाता तयार पारिन्छ भने खुद नाफा निर्धारण गर्ने उद्देश्यले नाफा नोक्सान खाता तयार पारिन्छ।
  • उत्पादन गरिएका वा बिक्री गरिएका मालसामानहरूको लागत र आयको स्थितिको पत्ता लगाउन व्यापार खाता तयार गरिन्छ भने नाफा नोक्सान खाताले विभिन्न प्रकारका अप्रत्यक्ष खर्चहरू र आम्दानीहरूको जानकारी प्रदान गर्दछ।
  • बिक्री गरिएका मालसामान वा उपलब्ध गराइएको सेवा बापत प्राप्त हुने रकम व्यापार खाताको आम्दानीको मुख्य स्रोत हो भने कुल नाफा र अन्य अप्रत्यक्ष आम्दानीहरू नाफा नोक्सान खाताका आम्दानीका स्रोतहरू हुन्।

९. प्रारम्भमा छुट वा प्रिमियममा निष्कासन गरिएका सेयर जफत गर्दा ध्यान दिनुपर्ने कुरा

प्रारम्भमा छुटमा निष्कासन गरिएका सेयर पुनः निष्कासन गर्दा प्रारम्भिक छुट दर बराबर नै पुनः निष्कासनमा पनि छुट दिनुपर्ने हुन्छ तर प्रिमियममा यो नियम लागू हुँदैन। अर्थात् प्रारम्भमा प्रिमियममा निष्कासन गरिएका सेयरहरू पछि गएर प्रिमियम वा छुट वा अङ्कित मूल्यमा निष्कासन गर्न सकिन्छ।

Unit 4: नगद बाहेक अन्यमा सेयर निष्कासन (Issue of Shares for Other Than Cash)

१. ख्याति (Goodwill) को अर्थ

वास्तवमा ख्याति भनेको सक्षम व्यवस्थापन, असाधारण नाफा, उचित स्थान आदिको कारणबाट प्राप्त हुने एक प्रकारको तुलनात्मक सवलता हो। तर सेयर निष्कासनको सन्दर्भमा ख्याति भन्नाले सम्पत्तिको मूल्यभन्दा बढी भुक्तानी गरिएको रकमलाई जनाउँदछ।

२. पूँजीगत जगेडा (Capital Reserve) को अर्थ

विभिन्न प्रकारका पूँजीगत लाभहरूलाई एकत्रित गरी तयार पारिने कोषलाई पूँजीगत जगेडा भनिन्छ। स्थिर सम्पत्तिहरू लागत मूल्यभन्दा बढीमा बिक्री भएमा वा लागत मूल्यभन्दा थोरैमा खरिद गरिएमा तथा पूँजी वृद्धि गर्दा पूँजीगत लाभ उत्पन्न हुन सक्दछ, जसलाई पूँजीगत जगेडामा राखिन्छ। पूँजीगत जगेडालाई वासलातको दायित्वतर्फ जगेडा तथा बचत शीर्षकमा देखाइन्छ।

३. नगदबाहेक अन्य सम्पत्तिमा सेयर निष्कासन

सामान्यतयाः सेयर नगदमा निष्कासन गरिन्छ तर कहिलेकाहीँ कम्पनीलाई आवश्यक पर्ने विभिन्न प्रकारका सम्पत्तिहरू खरिद गर्न, दायित्वहरू भुक्तानी गर्न र खर्चहरूको भुक्तानी गर्नको लागि नगदको सट्टा सेयर जारी गरिन्छ भने त्यस्तो किसिमको सेयरलाई नगदबाहेक अन्य सम्पत्तिमा सेयर निष्कासन भनिन्छ।

४. निजी कम्पनी र सार्वजनिक कम्पनीबिचको भिन्नताहरू

निजी र सार्वजनिक कम्पनीबिच मुख्यतया निम्न भिन्नताहरू रहेका छन्:

  • क. सदस्य सङ्ख्या: निजी कम्पनीको स्थापना गर्दा कम्तिमा एक जना र बढीमा १०१ जनाभन्दा बढी व्यक्ति हुनुहुँदैन। तर सार्वजनिक कम्पनीको स्थापनाको लागि सदस्य संख्या कम्तिमा ७ जना र बढीमा जतिसुकै पनि हुन सक्दछ।
  • ख. विवरण पत्रको निष्कासन: निजी कम्पनीले विवरण पत्र निष्कासन गर्नुपर्दैन। तर सार्वजनिक कम्पनीले सेयर तथा ऋणपत्र निष्कासन गर्नको लागि विवरण पत्र निष्कासन गर्न अनिवार्य हुन्छ।
  • ग. नाम पछाडि प्रयोग हुने शब्द: निजी कम्पनीले आफ्नो नामको पछाडि ‘प्राइभेट लिमिटेड’ (प्रा.लि.) शब्द प्रयोग गर्नुपर्दछ। तर सार्वजनिक कम्पनीले आफ्नो नामको पछाडि ‘लिमिटेड’ (लि.) शब्द प्रयोग गर्नुपर्दछ।

५. प्रबन्धपत्र र यसमा उल्लेख गरिने दफाहरू

कम्पनीको मूल कानुन नै प्रबन्धपत्र हो। यही प्रबन्धपत्रको आधारमा अन्य आवश्यक नियम कानुनहरू तयार पारिन्छन्। कम्पनी कुन नामले चिनिने, कुन स्थानमा स्थापना हुने, कम्पनीको मुख्य उद्देश्य के हुने, मुख्य उद्देश्य पूरा गर्नको लागि कम्पनीले गर्नुपर्ने कार्यहरू र कम्पनीको पुँजीसम्बन्धी जानकारी भएको विवरणलाई नै प्रबन्धपत्र भनिन्छ। कम्पनी दर्ता गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदनको साथमा प्रबन्धपत्र पनि पेश गर्नुपर्ने हुन्छ。

कम्पनीको प्रबन्धपत्रमा समावेश गरिने मुख्य चार बुँदाहरू निम्नअनुसार छन्: क. कम्पनीको नाम, ख. कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना, ग. कम्पनीको उद्देश्य, घ. कम्पनीको अधिकृत पुँजी।

Unit 5: ऋणपत्रको लागि लेखाविधि (Accounting for Debentures)

ऋणपत्रको अर्थ कम्पनीले ऋणपत्र प्राप्त गर्ने एक प्रकारको वित्तीय उपकरणलाई ऋणपत्र भनिन्छ। ऋणपत्र भनेको कम्पनीले ऋणदातालाई दिने एक प्रकारको लिखित प्रतिज्ञा पत्र हो, जसमा कम्पनीले ऋणदातालाई ऋणको परिपक्व अवधिसम्म तोकिएअनुसार ब्याज भुक्तानी गर्ने र परिपक्व अवधिको अन्त्यमा साँवा फिर्ता गर्ने प्रतिज्ञा गरेको हुन्छ। ऋणपत्रमा सेयरजस्तै कम्पनीको छाप लागेको हुन्छ। प्रत्येक ऋणपत्रमा ऋणपत्रको अंकित मूल्य, ब्याजको दर, ऋण फिर्ता गर्नुपर्ने अवधि, ऋण प्राप्त गर्दा राख्नुपर्ने धितोको अवस्था जस्ता सर्तहरू तोकिएका हुन्छन्।

१. ऋणपत्रका विशेषताहरू

ऋणपत्रका विभिन्न विशेषताहरू मध्ये मुख्य २ विशेषताहरू यस प्रकार छन्:

  • क. लिखित प्रतिज्ञा: ऋणपत्र भनेको कम्पनीले ऋण लिएको र तोकिएका सर्तहरू पालना गर्ने गरी ऋणदाताको नाममा जारी गरेको एक प्रकारको प्रतिज्ञापत्र वा प्रमाणपत्र हो, जसमा कम्पनीको छाप लागेको हुन्छ।
  • ख. अंकित मूल्य: कुल ऋणपूँजीलाई विभिन्न अंशहरूमा विभाजन गरिएको हुन्छ र प्रत्येक अंशलाई ऋणपत्र भनिन्छ। ऋण प्रमाणपत्रमा प्रत्येक ऋणपत्रको मूल्य तोकिएको हुन्छ, जसलाई अंकित मूल्य भनिन्छ।

२. सेयर र ऋणपत्रबिचका भिन्नताहरू

सेयर र ऋणपत्रबिच निम्न भिन्नताहरू रहेको पाइन्छ:

  • क. स्वामित्व: सेयरधनीहरूलाई कम्पनीको स्वामित्व प्राप्त भएको हुन्छ। तर ऋणपत्रधारकहरू केवल कम्पनीका साहुहरूको रूपमा मात्र रहेका हुन्छन्, उनीहरूलाई स्वामित्व प्राप्त हुँदैन।
  • ख. प्राथमिकता: कम्पनीले आर्जन गरेको नाफा तथा कम्पनी विघटनमा गएको अवस्थामा फिर्ता हुने पुँजी सेयरधनीले ऋणपत्रधारकपछि मात्र प्राप्त गर्दछन्। अर्कोतिर, ऋणपत्रधारकलाई नाफा वा पुँजी फिर्तामा सेयरधनीभन्दा पहिलो अधिकार हुन्छ।

३. वित्तीय विवरणका उद्देश्यहरू (बाँकी अंश)

  • प्राथमिक उद्देश्यहरू: १. संगठनको सत्य तथा निष्पक्ष स्थिति दर्शाउनु। २. निर्णयको लागि सूचना प्रदान गर्नु।
  • द्वितीय उद्देश्यहरू: १. लगानीकर्ताहरू एवम् साहुहरूलाई सम्भावित नगद प्राप्ति दर्शाउनु। २. प्रतिष्ठानलाई सम्भावित नगद प्रवाह दर्शाउनु।

४. कम्पनीको वित्तीय विवरणका महत्त्वहरू

वित्तीय विवरणका महत्त्वलाई निम्नानुसार प्रस्तुत गरिएको छ: १. सञ्चालन नतिजा पत्ता लगाउन। २. वित्तीय स्थिति प्रदर्शित गर्न। ३. वित्तीय अवस्था परिवर्तनको जानकारी दिन। ४. विभिन्न प्रयोगकर्ताहरूलाई वित्तीय जानकारी प्रदान गर्न। ५. अन्तर-संगठन तुलनामा सहयोगी हुन।

५. वित्तीय विवरणका सीमाहरू

वित्तीय विवरणहरूका मुख्य सीमाहरू: १. परिमाणात्मक सूचना मात्र प्रदान गर्ने। २. ऐतिहासिक प्रकृति। ३. संक्षेपीकृत प्रतिवेदन। ४. मूल्य स्तरको समायोजन नहुनु।

Unit 6: कम्पनीको अन्तिम खाता – परम्परागत विधि (Final Account of a Company – Traditional Method)

१. अन्तिम खाताको अर्थ

लेखाविधि अन्तर्गत सर्वप्रथम मूल्य भएका कारोबारहरूको प्रारम्भिक अभिलेखको रूपमा जर्नल तयार पारिन्छ। जर्नलमा समावेश गरिएका अभिलेखहरूलाई समानताको आधारमा विभिन्न समूहमा विभाजन गरिन्छ, जसलाई लेजर भनिन्छ। बारम्बार सिर्जना भइरहने र एउटै प्रकृतिका कारोबारहरूको सङ्ख्या अधिक भएमा त्यस्ता कारोबारहरूको अभिलेख राख्न जर्नल तयार नपारी सहायक खाताहरू तयार पारिन्छ। उपरोक्त अभिलेखहरूको सारांशको रूपमा सन्तुलन परीक्षण तयार पारिन्छ, जसले अभिलेखहरूको गणितीय शुद्धताको जाँच गर्दछ।

लेखाचक्रको अन्तिममा व्यवसाय सञ्चालनको नतिजा पत्ता लगाउन तयार पारिने खाताहरूलाई नै अन्तिम खाता भनिन्छ, जसअन्तर्गत निम्न खाता र विवरणहरू पर्दछन्:

  • क. व्यापार खाता
  • ख. नाफा नोक्सान खाता
  • ग. नाफा नोक्सान बाँडफाँड खाता
  • घ. वासलात

२. व्यापार खाताको अर्थ

मालसामान खरिद विक्रीबाट सिर्जना हुने नाफा नोक्सानको स्थिति पत्ता लगाउन तयार पारिने खातालाई व्यापार खाता भनिन्छ। मालसामानको विक्रय मूल्य र कुल खरिद मूल्यको फरकलाई कुल नाफा भनिन्छ। विक्रय मूल्य बढी भएमा कुल नाफा र विक्रय मूल्यभन्दा लागत वा खरिद मूल्य बढी भएमा कुल नोक्सानी उत्पन्न हुन्छ।

Assets = Liabilities + Stockholders’ Equity

३. सेयरधनीहरूको इक्विटी परिवर्तन विवरणको अर्थ

एउटा वित्तीय प्रतिवेदन तयार पार्ने अवधिमा सेयरधनीहरूको इक्विटीमा जुन परिवर्तन देखा पर्दछ, त्यसलाई देखाउने विवरणलाई नै सेयरधनीहरूको इक्विटी परिवर्तन विवरण भनिन्छ। यो दुईवटा कारणले गर्दा परिवर्तन हुने गर्दछ: पहिलो कारणमा सेयरधनीले थप लगानी गरेमा र दोस्रो व्यवसायको अवितरित आम्दानी वृद्धि भएमा।

४. नगद प्रवाह विवरणको अर्थ

कुनै सङ्गठनको निश्चित समयको अन्तरकालमा प्राप्त भएको र भुक्तानी भएको नगदको स्थिति व्यक्त गर्ने विवरणलाई नै नगद प्रवाह विवरण (Cash Flow Statement) भनिन्छ।

Unit 7: वित्तीय विवरणहरू – आधुनिक विधि (Financial Statements – Modern Method)

१. वित्तीय विवरणको अर्थ

कुनै पनि सङ्गठनको वित्तीय अवस्थाको जानकारी प्राप्त गर्ने उद्देश्यले तयार पारिने विवरणहरूलाई वित्तीय विवरण (Financial Statement) भनिन्छ। संगठनका आर्थिक क्रियाकलापहरूलाई प्रस्तुत गरी तयार पारिएको वित्तीय प्रतिवेदन (Report) लाई वित्तीय विवरण भनिन्छ। सङ्गठनहरूको आय-व्यय, सम्पत्ति, दायित्व, पुँजी, नाफा नोक्सान आदिको स्थितिको जानकारी गराउने उद्देश्यले वित्तीय विवरणहरू तयार पारिन्छन्।

२. वित्तीय विवरणका विशेषताहरू

यस आधारमा वित्तीय विवरणका निम्न विशेषताहरू छन्:

  • १. मौद्रिक मूल्यमा व्यक्त (Expressed in monetary terms)
  • २. ऐतिहासिक प्रकृति (Historical in nature)
  • ३. अभिलेखित तथ्यमा आधारित (Based on recorded facts)

३. वित्तीय विवरणका उद्देश्यहरू

वित्तीय विवरणका उद्देश्यहरूलाई प्राथमिक र सहायक उद्देश्यहरू गरी दुई भागमा विभाजन गरिएको छ। (यसअघि माथि उल्लेख गरिएका उद्देश्यहरू यसैसँग सम्बन्धित छन्)।

४. वासलात र यसका महत्त्वहरू

कुनै पनि व्यवसायको कुल सम्पत्ति जहिले पनि कुल दायित्व र पुँजीको जोडफल बराबर हुन्छ भन्ने मान्यतामा आधारित त्यस्तो विवरणलाई वासलात भनिन्छ, जसले कुनै निर्धारित समयको वित्तीय स्थितिको यथार्थ अवस्थाको चित्रण गर्दछ। वित्तीय स्थिति भन्नाले व्यवसायका सम्पत्तिहरू, व्यवसायले भुक्तानी गर्नुपर्ने दायित्वहरू र पुँजीको स्थितिलाई जनाउँछ। अर्को शब्दमा, व्यवसायको स्वामित्वमा रहेका सम्पत्तिहरू र व्यवसायको मालिकको अधिकारको प्रतिनिधित्व गर्ने विवरणलाई नै वासलात भनिन्छ।

वासलातका निम्न महत्त्वहरू छन्:

  • वासलातबाट व्यवसायका कुल सम्पत्तिहरूको बारेमा जानकारी प्राप्त हुन्छ।
  • वासलातले व्यावसायिक संगठनको पुँजी संरचनासम्बन्धी जानकारी प्रदान गर्दछ। पुँजी संरचना भन्नाले व्यवसायको पुँजी र ऋणको अनुपातलाई जनाउँछ।

५. सन्तुलन परीक्षण र वासलातबिचका भिन्नताहरू:

  • क. तयार पारिएका अभिलेखहरूको गणितीय शुद्धताको जाँच गर्ने उद्देश्यले सन्तुलन परीक्षण तयार पारिन्छ तर कुनै निश्चित समयावधिको वित्तीय स्थितिको जानकारी प्राप्त गर्ने उद्देश्यले वासलात तयार पारिन्छ।
  • ख. सम्पूर्ण खाताहरू समावेश गरी सन्तुलन परीक्षण तयार पारिन्छन्। तर लेखा वर्षको अन्तिममा सम्पूर्ण खाताहरू बन्द गर्ने क्रममा व्यापार खाता तथा नाफा नोक्सान खाता तयार पार्दासम्म बन्द हुन नसकेका शीर्षकहरूलाई मात्र वासलातमा लगिन्छ।
  • ग. सन्तुलन परीक्षणमा डेबिट र क्रेडिट गरी दुई पक्षहरू हुन्छन् तर वासलातमा डेबिट र क्रेडिटको सट्टा सम्पत्ति र दायित्व गरी दुई पक्षहरू हुन्छन्।

६. नाफा नोक्सान बाँडफाँड खाता

कम्पनीले आर्जन गरेको नाफा मुख्यतया दुईवटा क्षेत्रमा प्रयोग गरिन्छ। पहिलो क्षेत्र भनेको सेयरधनीहरूलाई वितरण गरिने लाभांश हो भने दोस्रो क्षेत्र विभिन्न जगेडा कोषहरूमा नाफा स्थानान्तरण गर्नु हो। यसरी कम्पनीले आर्जन गरेको नाफालाई लाभांश, विभिन्न जगेडा कोषहरू आदिमा वितरण गरेको स्थिति देखाउन तयार पारिने खातालाई नै नाफा नोक्सान बाँडफाँड खाता भनिन्छ।

७. स्थिर सम्पत्ति र चल सम्पत्ति

स्थिर सम्पत्तिहरू (Fixed Assets): प्रायः एक वर्षभन्दा बढी जीवनकाल भएका सम्पत्तिहरूलाई स्थिर सम्पत्ति भनिन्छ। स्थिर सम्पत्तिहरूलाई दृश्य सम्पत्ति र अदृश्य सम्पत्ति गरी दुई भागमा विभाजन गर्न सकिन्छ। भौतिक आकार भएका र देख्न तथा छुन सकिने सम्पत्तिहरूलाई दृश्य सम्पत्ति भनिन्छ, जसअन्तर्गत भूमि, भवन, मेशिनरी, सवारी साधन, फर्निचर आदि पर्दछन्। भौतिक स्वरुप नभएका र देख्न एवं छुन नसकिने तर मौद्रिक मूल्य भएका सम्पत्तिहरूलाई अदृश्य सम्पत्ति भनिन्छ। जस्तै: ख्याति (Goodwill), व्यापार चिन्ह (Trade mark), प्रकाशन अधिकार (Copyright) आदि अदृश्य सम्पत्तिका उदाहरणहरू हुन्।

चल सम्पत्तिहरू (Current Assets): व्यवसायको सञ्चालनमा वासलातमा कुनै प्रतिकूल प्रभाव नपारी छोटो समयावधि अर्थात् एक वर्ष भित्रै नगदमा परिणत गर्न सकिने सम्पत्तिहरूलाई चल सम्पत्ति (Current Assets) भनिन्छ। चल सम्पत्ति अन्तर्गत नगद (Cash), बैंक मौज्दात (Bank Balance), प्राप्य बिलहरू (Bills Receivable), विविध आसामीहरू (Sundry Debtors), अल्पकालीन लगानी (Short-term Investment), मालसामानको मौज्दात (Inventory), अग्रिम खर्च (Prepaid Expenses), आर्जित आम्दानी (Accrued Income) आदि पर्दछन्।

Unit 9: नगद प्रवाह विवरण (Cash Flow Statement)

१. नगद प्रवाह विवरण

व्यवसाय सञ्चालन गर्ने क्रममा विभिन्न स्रोतहरूबाट प्राप्त भएको नगद र भुक्तानी भएको नगदको स्थिति व्यक्त गर्ने विवरणलाई नगद प्रवाह विवरण भनिन्छ। अर्को शब्दमा, कुनै निश्चित समयावधिको नगद प्राप्ति र भुक्तानीको प्रतिवेदनलाई नगद प्रवाह विवरण भनिन्छ। नगद प्रवाह विवरणले एकातिर नगद अन्तर प्रवाह (Cash Inflow) र नगद बाह्य प्रवाह (Cash Outflow) को जानकारी प्रदान गर्दछ भने अर्कोतिर यसले नगद मौज्दातमा परिवर्तन ल्याउने कारणहरूको व्याख्या गर्दछ।

२. नगद प्रवाह विवरणका उद्देश्यहरू

नगद प्रवाह विवरणका तीनवटा उद्देश्यहरू निम्नलिखित छन्:

  • क. सञ्चालन, लगानी र वित्तसम्बन्धी क्रियाकलापहरूबाट प्राप्त भएको र भुक्तानी भएको नगद सम्बन्धी जानकारीहरू उपलब्ध गराउनु।
  • ख. सञ्चालन, लगानी र वित्तसम्बन्धी क्रियाकलापहरूले नगद मौज्दातमा पार्ने प्रभावको बारेमा जानकारी प्रदान गर्नु।
  • ग. कुनै निश्चित समयावधिमा विभिन्न स्रोतहरूबाट प्राप्त भएको, खर्च भएको र बच्न गएको नगदको बारेमा जानकारी प्रदान गर्नु।

३. नगद प्रवाह विवरणका महत्त्वहरू

नगद प्रवाह विवरणका निम्नलिखित दुईवटा महत्त्वहरू यस प्रकारका छन्:

  • क. नगद पूर्वानुमान गर्न मद्दत गर्नु: नगद प्रवाह विवरणले सङ्गठनको कार्य सम्पादनलाई नगदको आधारमा प्रस्तुत गर्ने भएकोले भविष्यको नगद प्रवाह अनुमान गर्नमा यसको ठूलो (बढी) भूमिका हुन्छ।
  • ख. आन्तरिक निर्णयमा सहयोगी: नगद प्रवाह विवरणले सङ्गठनको आन्तरिक स्रोत परिचालन सम्बन्धी स्पष्ट तथ्य प्रस्तुत गर्दछ। तसर्थ, आन्तरिक वित्तीय योजना, नियन्त्रण र निर्णयको लागि अन्य वित्तीय विवरणहरूभन्दा नगद प्रवाह विवरणलाई बढी उपयुक्त मानिन्छ।

४. सुरक्षित र असुरक्षित (Secured and Unsecured) ऋणपत्र

निष्कासन गर्दा कुनै पनि सम्पत्तिहरू धितोको रूपमा प्रयोग गरिएका छैनन् भने त्यस्ता ऋणपत्रलाई असुरक्षित ऋणपत्र भनिन्छ। यस प्रकारका ऋणपत्रहरूको प्राथमिकता अन्य व्यापारिक दायित्वहरूजस्तै विविध साहुहरू सरह हुन्छ। कम्पनीका सम्पत्तिहरू जस्तै: जमिन, भवन, मेशिनरी, उपकरण आदि धितोको रूपमा राखी निष्कासन गरिएका ऋणपत्रलाई सुरक्षित वा बन्धकी ऋणपत्र भनिन्छ।

५. सोध्य र असोध्य (Redeemable and Irredeemable) ऋणपत्रको अर्थ

परिपक्व अवधि तोकिएको र अवधिको अन्तिममा ऋणपत्र वापतको रकम फिर्ता गर्ने सर्तमा निष्कासन गरेका ऋणपत्रलाई सोध्य ऋणपत्र भनिन्छ। कम्पनी विघटनमा नगएसम्म वा कम्पनी विक्री नभएसम्म ऋणपत्रको साँवा रकम फिर्ता नगर्नु पर्ने ऋणपत्रलाई असोध्य ऋणपत्र भनिन्छ। अर्को शब्दमा, परिपक्व अवधि नतोकिएका ऋणपत्रलाई असोध्य ऋणपत्र अर्थात् स्थायी ऋणपत्र भनिन्छ।

६. परिवर्तनीय र अपरिवर्तनीय (Convertible and Non-convertible) ऋणपत्रको अर्थ

भविष्यमा सोही कम्पनीका सेयरमा परिवर्तन गर्न सकिने ऋणपत्रलाई परिवर्तनीय ऋणपत्र भनिन्छ। यदि ऋणपत्रलाई सोही कम्पनीका सेयर वा अन्य प्रतिभूतिमा परिवर्तन गर्न सकिँदैन भने त्यस्ता ऋणपत्रहरूलाई अपरिवर्तनीय ऋणपत्र भनिन्छ।

७. प्रथम र द्वितीय (First and Second) ऋणपत्रको अर्थ

धितोमा राखिएका सम्पत्तिहरू विक्री गरी प्राप्त भएको रकमबाट पहिले भुक्तानी गरिने ऋणलाई प्रथम ऋणपत्र र प्रथम ऋणपत्रलाई भुक्तानी गरिसकेपछि बाँकी रहेको रकमलाई भुक्तानी गरिने ऋणपत्रलाई द्वितीय ऋणपत्र भनिन्छ।

Unit 10: लागत लेखाविधि (Cost Accounting)

१. लागत लेखाविधिको अर्थ

कुनै वस्तु उत्पादन गर्दा अथवा सेवा उपलब्ध गराउँदा विभिन्न प्रकारका लागतहरू लाग्दछन्। वस्तु उत्पादन गर्दा तथा सेवा प्रदान गर्दा लागेका लागतहरू पहिचान गर्ने, लागतको अभिलेख राख्ने, कूल लागत र प्रति एकाइ उत्पादन लागत पत्ता लगाउने र लागत नियन्त्रण गर्ने कार्यलाई लागत लेखाविधि (Cost accounting) भनिन्छ।

२. लागत लेखाविधिका उद्देश्यहरू

लागत लेखाविधिका मुख्य उद्देश्यहरू निम्नअनुसार छन्:

  • क. लागत पत्ता लगाउनु: लागत लेखाविधिको मुख्य उद्देश्य लागत पत्ता लगाउनु हो। कुनै वस्तु उत्पादन गर्दा अथवा सेवा उपलब्ध गराउँदा आवश्यक पर्ने कच्चा पदार्थ, ज्याला र अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चहरूलाई लागत निर्धारण गरिन्छ।
  • ख. लागत नियन्त्रण गर्नु: अनावश्यक रूपमा लागत बढ्न नदिने कार्यलाई लागत नियन्त्रण भनिन्छ। लागत नियन्त्रणबाट वस्तुको गुणस्तरमा प्रतिकूल असर नपारी कमभन्दा कम लागतमा वस्तु उत्पादन गरी लागत कटौती गर्नमा समेत मद्दत पुग्ने भएकोले लागत नियन्त्रण गर्नु लागत लेखाविधिको मुख्य उद्देश्य हो।

३. लागत लेखाविधिका कार्यहरू

लागत लेखाविधिका प्रमुख कार्यहरू निम्नलिखित छन्:

  • क. विक्रय मूल्य निर्धारण गर्नमा मद्दत गर्नु: वस्तु वा सेवाको लागत पत्ता लगाउने उद्देश्यले लागत लेखाविधि अन्तर्गत लागतको सङ्कलन, वर्गीकरण र विश्लेषण गरिन्छ, जसको माध्यमबाट वस्तु वा सेवाको प्रति एकाइ लागत निर्धारण गरिन्छ।

४. विभिन्न अवस्थामा सेयर बाँडफाँड सम्बन्धी खण्ड

विभिन्न अवस्थामा सेयर बाँडफाँड गर्न सकिने विभिन्न तरिकाहरू निम्न अनुसार छन्:

  • निष्कासन गरिएका सेयर सङ्ख्या बराबर आवेदन प्राप्त भएमा सबैलाई सेयर बाँडफाँड गर्ने।
  • निष्कासन गरिएको सेयर सङ्ख्याभन्दा बढी सेयरको आवेदन प्राप्त भएमा समानुपातिक आधार (Pro-rata Basis) मा सेयर निष्कासन गर्ने वा बढी भएका सेयर आवेदन अस्वीकृत गर्ने।
  • निष्कासन गरिएका सेयर सङ्ख्याभन्दा कम आवेदन प्राप्त भएमा सबै आवेदकहरूलाई सेयर निष्कासन गर्ने।
  • न्यूनतम आवेदन अर्थात् कम्पनी ऐनले तोकिएको सङ्ख्याभन्दा पनि कम सङ्ख्यामा आवेदन प्राप्त भएमा विभिन्न आवेदकहरूको निवेदनसाथ प्राप्त भएको रकम फिर्ता गरी सेयर निष्कासन नगर्ने।

५. माग पूर्व पेश्की (Calls in advance) र माग बक्यौता (Calls in arrears) को अर्थ

यदि कम्पनीले माग गरेको रकमभन्दा सेयरधनीहरूले बढी सेयर रकम सेयर बापत भुक्तानी गर्दछन् भने, त्यस्तो बढी रकमलाई माग पूर्व पेश्की (Calls in advance) भनिन्छ।

यदि कम्पनीले माग गरेको रकमभन्दा सेयरधनीहरूले कम माग रकम सेयर बापत भुक्तानी गर्दछन् भने, त्यस्तो कम रकमलाई बक्यौता माग (Calls in arrears) भनिन्छ। अर्को शब्दमा, यदि कम्पनीले माग गरेको रकम पनि कुनै सेयरधनीले भुक्तानी गर्दैन भने, त्यस्तो भुक्तानी गर्न बाँकी रकमलाई बक्यौता माग भनिन्छ।

Unit 11: सामग्री तथा सामग्री नियन्त्रण लेखाविधि (Accounting for Materials and Material Control)

१. सामग्रीको अर्थ

मालसामान उत्पादन गर्नको लागि आवश्यक पर्ने कच्चा पदार्थहरू, तयारी मालसामान सुरक्षित तरिकाले राख्न र ओसारपसार गर्नमा प्रयोग गरिने मालसामान, स्थिर सम्पत्ति र सामग्रीहरू, कुनै विशेष कार्य वा प्रक्रियाहरूको लागि उपकरणहरूको सञ्चालन एवम् सम्भारको लागि चाहिने आवश्यक पर्ने वस्तुहरू आदिलाई सामग्री भनिन्छ।

२. प्रत्यक्ष र अप्रत्यक्ष सामग्रीको अर्थ

  • प्रत्यक्ष सामग्री: वस्तु उत्पादन गर्दा प्रत्यक्ष योगदान पुर्‍याउने आधिकारिक खरिद सामग्रीलाई प्रत्यक्ष सामग्री भनिन्छ। प्रत्यक्ष सामग्री उत्पादनको अंगको रूपमा रहेको हुन्छ। घर बनाउन चाहिने ईटा, फर्निचर बनाउन चाहिने काठ आदि प्रत्यक्ष सामग्रीहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ।
  • अप्रत्यक्ष सामग्री: वस्तु उत्पादन गर्दा प्रत्यक्ष योगदान नपुर्‍याउने र उत्पादनको अंशको रूपमा नदेखिने सामग्रीलाई अप्रत्यक्ष सामग्री भनिन्छ।

३. प्रत्यक्ष सामग्री र अप्रत्यक्ष सामग्रीबिचका भिन्नताहरू

प्रत्यक्ष सामग्री र अप्रत्यक्ष सामग्रीबिचका निम्न मुख्य भिन्नताहरू छन्:

  • क. प्रत्यक्ष सामग्री उत्पादनको अंगको रूपमा रहेको हुन्छ भने अप्रत्यक्ष सामग्री उत्पादनको अंग हुँदैन।
  • ख. प्रत्यक्ष सामग्री सजिलैसँग वितरण गर्न सकिन्छ भने अप्रत्यक्ष सामग्री संविभाजनको माध्यमबाट मात्र विभाजन गर्न सकिन्छ।
  • ग. प्रत्यक्ष सामग्री मूल लागतको अंश हो तर अप्रत्यक्ष सामग्री उपरिव्ययको अंश हो।

४. व्यवहारको आधारमा लागतको वर्गीकरण

व्यवहारको आधारमा लागतलाई निम्न तीन भागमा विभाजन गरिएको छ:

  • क. परिवर्तनशील लागत: उत्पादनमा वृद्धि भएमा बढ्ने र उत्पादनमा कमी आएमा कम हुने लागतलाई परिवर्तनशील लागत भनिन्छ।
  • ख. स्थिर लागत: उत्पादनमा वृद्धि वा कमी भएमा पनि कुल लागतमा कुनै असर नपरेमा त्यस्तो लागतलाई स्थिर लागत भनिन्छ।
  • ग. अर्धपरिवर्तनशील लागत: उत्पादनको केही हदसम्म स्थिर रहने, त्यसपछि उत्पादनमा भएको वृद्धिअनुसार समानुपातिक वा चरणबद्ध रूपमा वृद्धि हुने लागतलाई अर्धपरिवर्तनशील लागत भनिन्छ। अर्धपरिवर्तनशील लागतमा स्थिर लागत र परिवर्तनशील लागत दुवैका विशेषता अन्तर्निहित हुने भएकोले यसलाई मिश्रित लागत पनि भनिन्छ।

५. परिवर्तनशील लागतको अर्थ र यसका विशेषताहरू

उत्पादनको प्रत्यक्ष अनुपातमा परिवर्तन हुने लागतलाई परिवर्तनशील लागत भनिन्छ। अर्को शब्दमा उत्पादनमा वृद्धि भएमा बढ्ने र उत्पादनमा कमी आएमा कम हुने लागतलाई परिवर्तनशील लागत भनिन्छ। कच्चा पदार्थ, श्रमिकलाई दिइने ज्याला आदि परिवर्तनशील लागतका उदाहरणहरू हुन्।

परिवर्तनशील लागतका विशेषताहरू निम्न छन्:

  • क. कुल परिवर्तनशील लागत परिवर्तन हुँदैन अर्थात् उत्पादनको अनुपातमा परिवर्तन हुन्छ।
  • ख. प्रति एकाइ परिवर्तनशील लागत स्थिर हुन्छ।

६. स्थिर लागत र यसका विशेषताहरू

उत्पादनमा वृद्धि वा कमी भएमा पनि कुल लागतमा कुनै असर नपरेमा त्यस्तो लागतलाई स्थिर लागत भनिन्छ। अर्को शब्दमा उत्पादनको प्रत्यक्ष अनुपातमा परिवर्तन नहुने लागतलाई स्थिर लागत भनिन्छ।

स्थिर लागतका विशेषताहरू निम्न छन्:

  • क. कुल स्थिर लागत परिवर्तन हुँदैन।
  • ख. प्रति एकाइ स्थिर लागत परिवर्तनशील हुन्छ।

७. परिवर्तनशील लागत र स्थिर लागतबिचका भिन्नताहरू

  • क. कुल परिवर्तनशील लागत उत्पादनको अनुपातमा परिवर्तन भइरहन्छ भने स्थिर लागत यथावत् रहन्छ।
  • ख. प्रति एकाइ परिवर्तनशील लागत स्थिर रहन्छ भने स्थिर लागतको प्रति एकाइ लागत परिवर्तनशील हुन्छ।
  • ग. परिवर्तनशील लागत नियन्त्रण योग्य लागत हो भने स्थिर लागत नियन्त्रण अयोग्य लागत हो।

८. अर्धपरिवर्तनशील लागतको अर्थ

उत्पादनको केही हदसम्म स्थिर रहने, त्यसपछि उत्पादनमा भएको वृद्धिअनुसार समानुपातिक वा चरणबद्ध रूपमा वृद्धि हुने लागतलाई अर्धपरिवर्तनशील भनिन्छ। अर्धपरिवर्तनशील लागतमा स्थिर लागत र परिवर्तन लागत दुवैका विशेषता अन्तर्निहित हुने भएकोले यसलाई मिश्रित लागत पनि भनिन्छ।

९. नियन्त्रणयोग्य र नियन्त्रण अयोग्य लागतको अर्थ

  • नियन्त्रणयोग्य लागत: व्यवस्थापकीय कार्यकुशलताबाट कम गर्न सकिने अथवा अनावश्यक रूपमा बढ्नबाट रोक्न सकिने लागतलाई नियन्त्रणयोग्य लागत भनिन्छ। जस्तै: आदर्श परिमाणमा सामग्रीको खरिद गरेर, छुट सुविधा सामग्रीको दुरुपयोग कम गरेर, श्रमिकहरूलाई कार्य अभिप्रेरित गरेर लागत कम वा नियन्त्रण गर्न सकिन्छ।
  • नियन्त्रण अयोग्य लागत: व्यवस्थापकीय प्रयासहरूबाट कम गर्न नसकिने अथवा वृद्धि हुनबाट रोक्न नसकिने लागतलाई नियन्त्रण अयोग्य लागत भनिन्छ। घरभाडा, उच्च पदस्थ व्यवस्थापकहरूको पारिश्रमिक, बीमा शुल्क जस्ता खर्चहरू नियन्त्रण बाहिर हुन्छन्।

१०. सामग्रीको वर्गीकरण र सांकेतीकरणको अर्थ

सामग्रीहरूको प्रयोग तथा प्रकृतिको आधारमा सामग्रीहरूलाई विभिन्न समूहमा राख्ने कार्यलाई सामग्रीको वर्गीकरण भनिन्छ। अर्को शब्दमा, समान प्रकृतिका सामग्रीहरूलाई एउटै समूहमा राख्नुलाई सामग्रीको वर्गीकरण भनिन्छ। उदाहरणको लागि: सम्पूर्ण सामग्रीहरूलाई निर्माण सामग्री, उपभोग्य सामग्री, पार्टपूर्जाहरू आदिको रूपमा विभाजन गर्न सकिन्छ, जुन कार्यलाई सामग्रीको वर्गीकरण भनिन्छ। सामग्रीको वर्गीकरण गरिसकेपछि प्रत्येक सामग्री वा समूहको लागि एउटा विशिष्ट अक्षर वा अङ्क संकेत प्रदान गरिन्छ, जसलाई सामग्रीको सांकेतीकरण भनिन्छ। सामग्री पहिचान गर्ने कार्यमा शीघ्रता ल्याउन, ओसारपसारमा सरलता ल्याउन, सामग्रीको गोप्यता कायम गर्न र सामग्रीहरू अनावश्यक रूपमा मिसावट हुनबाट बचाउन सांकेतीकरण गरिन्छ।

११. बिन कार्डको अर्थ

भण्डारभित्र मिलाएर राखिएका प्रत्येक सामग्रीको स्थानलाई बिन (Bin) वा र्‍याक भनिन्छ। सामग्रीहरूसँगै राखिने कार्ड वा टोकनलाई बिन कार्ड भनिन्छ। भण्डारमा प्राप्त भएका, भण्डारबाट निकासा भएका र बाँकी रहेका सामग्रीको अभिलेख बिन कार्डमा राखिन्छ। बिन कार्डमा सामग्रीहरूको परिमाणको मात्र अभिलेख राखिन्छ।

१२. बिन कार्ड र स्टोर खाताबिचका दुई भिन्नताहरू

बिन कार्ड र स्टोर खाता बिचका मुख्य भिन्नताहरूलाई निम्न तालिकामा प्रस्तुत गरिएको छ:

  • क. अभिलेख: बिन कार्डमा प्राप्त भएका, निकासा भएका र शेष सामग्रीको परिमाणको मात्र अभिलेख राखिन्छ। तर स्टोर खातामा प्राप्त भएका, निकासा भएका र शेष सामग्रीको परिमाण, दर र कुल रकमको अभिलेख राखिन्छ।
  • ख. तयारी: बिन कार्ड स्टोरकिपरबाट तयार पारिन्छ। तर स्टोर खाता लागत लेखा विभागले तयार पार्दछ।

१३. लागतको अर्थ

कुनै वस्तु उत्पादन गर्दा अथवा सेवा उपलब्ध गराउँदा बहन गर्नुपर्ने खर्चलाई नै लागत (Cost) भनिन्छ। वस्तु उत्पादन गर्दा वा सेवा उपलब्ध गराउँदा विभिन्न प्रकारका सामग्रीहरू, श्रम र अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चहरू लाग्ने गर्दछन्। यी खर्चहरूलाई नै लागत भनिन्छ। अर्को शब्दमा वस्तु उत्पादन गर्न तथा कार्यसम्पादन गर्न प्रयोग गरिएका आर्थिक स्रोतहरूको मूल्य नै लागत हो।

१४. लागत तत्त्वको आधारमा लागतको वर्गीकरण

लागत तत्त्वको आधारमा सामग्री लागत, श्रम लागत र अन्य खर्चहरू गरी तीन भागमा वर्गीकरण गरिएको छ:

  • क. सामग्री लागत: वस्तु उत्पादन गर्दा वा सेवा उपलब्ध गराउने क्रममा आवश्यक पर्ने प्रत्यक्ष र अप्रत्यक्ष सामग्री एक प्रकारको लागत हो। वस्तु उत्पादन गर्दा प्रत्यक्ष योगदान पुर्‍याउने सामग्रीलाई प्रत्यक्ष सामग्री भनिन्छ। वस्तु उत्पादन गर्दा योगदान पुर्‍याउने तर उत्पादनको अंशको रूपमा नदेखिने सामग्रीलाई अप्रत्यक्ष सामग्री भनिन्छ।
  • ख. श्रम लागत: कच्चा पदार्थलाई तयारी वस्तुमा परिणत गर्न, तयारी मालसामान बिक्री वितरण गर्न र अन्य सेवाहरू प्रदान गर्न श्रमको आवश्यकता पर्दछ। कामको लागि आवश्यक पर्ने खर्चलाई श्रम लागत भनिन्छ। सामग्रीजस्तै श्रम लागतलाई पनि प्रत्यक्ष श्रम लागत र अप्रत्यक्ष श्रम लागत गरी दुई भागमा विभाजन गर्न सकिन्छ।
  • ग. अन्य खर्चहरू: उत्पादनको सिलसिलामा सामग्री र श्रम बाहेक अन्य प्रत्यक्ष खर्चहरू पनि लाग्दछन्। जस्तै: अधिकार शुल्क, नक्साइन गर्न लाग्ने खर्च, वस्तुहरूको ढाँचा तथा नमुना बनाउन लाग्ने खर्च, परामर्शसम्बन्धी शुल्क आदिलाई अन्य खर्च भनिन्छ। अन्य खर्चलाई पनि प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई भागमा बाँड्न सकिन्छ।

Unit 12: मौज्दात व्यवस्थापन (Inventory Management)

१. आदर्श आदेश परिमाणको अर्थ

भण्डारमा चाहिनेभन्दा बढी सामग्री भएमा अनावश्यक रूपमा लागतमा वृद्धि हुन जान्छ। अर्कोतिर, आवश्यकताभन्दा कम सामग्री भएमा कुनै पनि समयमा उत्पादन कार्य बन्द गर्नुपर्ने जोखिम विद्यमान रहन्छ। तसर्थ, भण्डारमा राखिने सामग्रीको त्यस्तो परिमाणलाई आदर्श आदेश परिमाण भनिन्छ, जुन परिमाणमा सामग्री राखिएमा अधिक मौज्दात र न्यून मौज्दातको स्थिति उत्पन्न हुँदैन र कुल लागत सबैभन्दा कम हुन्छ।

२. पुनः आदेश स्तरको अर्थ

भण्डारमा उपलब्ध भएका मालसामान खपत हुँदै जाँदा घटेर जुन बिन्दुमा पुग्दा नयाँ आदेश पठाइन्छ, उक्त मालसामानको परिमाणलाई पुनः आदेश स्तर (Reorder level) भनिन्छ।

३. अधिकतम मौज्दात स्तरको अर्थ

भण्डारमा अधिक मौज्दातको स्थिति आउन नदिन भण्डारमा राखिने सामग्रीको अधिकतम सीमा निर्धारण गरिन्छ र सो सीमालाई नै अधिकतम मौज्दात स्तर भनिन्छ। अर्थात् अधिकतम मौज्दात स्तर भन्नाले त्यस्तो परिमाणलाई जनाउँछ, जुन परिमाणसम्म मालसामान भण्डारमा राख्न सकिन्छ।

४. न्यूनतम मौज्दात स्तरको अर्थ

भण्डारमा हमेशा राखिरहनुपर्ने मालसामानको परिमाणलाई न्यूनतम मौज्दात स्तर भनिन्छ। यसलाई सुरक्षित मौज्दात (Safety stock) पनि भनिन्छ। सामग्रीको अभावमा उत्पादन कार्यलाई निरन्तरता प्रदान गर्न न्यूनतम मौज्दात स्तरमा सामग्री राख्नुपर्ने हुन्छ।

५. मौज्दातको अर्थ

व्यवसाय सञ्चालन गर्न, बिक्री गर्न पूर्व वा बिक्री भइसकेको वस्तुहरूलाई मौज्दात (Inventory) भनिन्छ।

६. वस्तु बिक्रीको लागत

एक आर्थिक वर्षभित्र व्यवसायबाट बिक्री भएका वस्तुको लागत हिसाबलाई वस्तु बिक्रीको लागत (Cost of goods sold) भनिन्छ।

७. आवधिक र नियमित मौज्दात प्रणाली

  • १. आवधिक मौज्दात प्रणाली (Periodic Inventory System): आवधिक रूपमा मौज्दात भएको वस्तुको भौतिक सङ्ख्या र बिक्री वस्तुको लागत हिसाब पत्ता लगाउने विधि नै आवधिक मौज्दात प्रणाली हो।
  • २. नियमित मौज्दात प्रणाली (Perpetual System): व्यवसायको बिक्रीयोग्य वस्तुको खरिद तथा बिक्रीलाई नियमित रूपमा अभिलेख गरी मौज्दात व्यवस्थापन गर्ने लेखा विधि नियमित मौज्दात प्रणाली हो।

८. आय मापनको लागि मौज्दातको मूल्याङ्कन

मौज्दातको मूल्याङ्कनले व्यवसायको आम्दानी तथा सम्पत्तिमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ। मौज्दातको बढी मूल्याङ्कन हुँदा बिक्री वस्तुको लागत (Cost of goods sold) घट्छ र मुनाफा पनि बढ्छ। त्यस्तै सम्पत्ति पनि बढ्छ। त्यस्तै मौज्दातको कम मूल्याङ्कन गर्दा वस्तु बिक्रीको लागत (Cost of goods sold) बढ्छ र मुनाफा घट्छ साथै सम्पत्ति पनि घट्छ। त्यसकारण मौज्दातको मूल्याङ्कनले मुनाफा तथा सम्पत्तिमा प्रभाव पर्दछ।

९. केन्द्रिकृत भण्डार (Centralized Store)

केन्द्रिकृत भण्डार व्यवस्थाबाट विज्ञहरूको सेवा प्राप्त गर्न सकिन्छ। एउटा मात्र भण्डारको व्यवस्था हुने र धेरै परिमाणमा सामग्री राख्नुपर्ने भएकोले दक्ष र अनुभवी व्यक्ति नियुक्त गरी उच्चस्तरीय सेवा प्राप्त गर्न सकिन्छ।

केन्द्रिकृत भण्डारका बेफाइदाहरू निम्नअनुसार छन्:

  • क. केन्द्रिकृत भण्डार व्यवस्थाबाट परिवहन लागतमा वृद्धि हुन्छ। किनभने विभिन्न विभाग र शाखाहरूलाई केन्द्रीय भण्डारबाट नै सामग्री ढुवानी गर्नुपर्ने हुन्छ, जसले गर्दा परिवहन खर्चमा वृद्धि हुन्छ।
  • ख. केन्द्रिकृत भण्डार व्यवस्थाबाट ढिलाइ र असुविधा उत्पन्न हुन्छ। किनभने कार्यस्थल वा विभागहरू भण्डार भएको स्थानभन्दा टाढा अवस्थित भएको हुन सक्छन्। यस्तो अवस्थामा समयमा सामग्री प्राप्त नभएर कार्य बन्द गर्नुपर्ने स्थिति उत्पन्न हुन सक्छ।

१०. विकेन्द्रिकृत भण्डारका फाइदा र बेफाइदाहरू:

विकेन्द्रिकृत भण्डारका फाइदाहरू निम्नअनुसार छन्:

  • क. विकेन्द्रिकृत भण्डार व्यवस्थाबाट शीघ्र रूपमा सामग्री प्राप्त गर्न सकिन्छ, अर्थात् सामग्री प्राप्ति गर्नमा अनावश्यक ढिलाइ र असुविधाहरू उत्पन्न हुँदैनन्।
  • ख. विकेन्द्रिकृत भण्डार प्रणालीबाट ढुवानी तथा परिवहन सम्बन्धी खर्चमा बचत गर्न सकिन्छ।

विकेन्द्रिकृत भण्डारका बेफाइदाहरू निम्नअनुसार छन्:

  • क. विकेन्द्रिकृत भण्डार व्यवस्था बढी खर्चिलो हुन्छ। प्रत्येक विभाग वा शाखाहरूमा भण्डारको व्यवस्था गर्न अतिरिक्त स्थान र कर्मचारीहरूको आवश्यकता पर्दछ।
  • ख. विकेन्द्रिकृत भण्डारअन्तर्गत सामग्रीको प्रभावकारी नियन्त्रण सम्भव हुँदैन।

११. स्टोरकिपरका कर्तव्यहरू (Duties of Storekeeper):

सामग्री भण्डारणको सम्पूर्ण जिम्मेवारी स्टोरकिपरको हुन्छ। तसर्थ, स्टोरकिपरका मुख्य कर्तव्यहरू यस प्रकार छन्:

  • क. खरिद गरिएका सामग्रीहरू विधिवत् रूपमा बुझिलिनु र सुरक्षित साथ राख्नु।
  • ख. सामग्रीको नियमित र व्यवस्थित रूपमा अभिलेख राख्नु।
  • ग. तोकिएको अधिकारीको मागअनुसार सामग्रीको निष्कासन गर्नु।
  • घ. सामग्रीको वैज्ञानिक वर्गीकरण र संकेतीकरण गर्नु।

१२. सामग्रीको सारणी (Material Routine):

सामग्री नियन्त्रण गर्नका लागि सामग्रीको नियमित रूपले प्रवाह हुनुपर्दछ, जसलाई सामग्रीको सारणी (Material Routine) भनिन्छ। यसअन्तर्गत निम्न कार्यहरू पर्दछन्:

१३. केन्द्रिकृत खरिद (Centralized Purchasing):

यदि एउटा निश्चित खरिद विभागद्वारा संस्थाको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू खरिद गरिन्छ भने त्यसलाई केन्द्रिकृत खरिद (Centralized Purchasing) भनिन्छ।

केन्द्रिकृत खरिदका फाइदाहरू निम्नअनुसार छन्:

  • क. केन्द्रिकृत खरिदअन्तर्गत धेरै परिमाणमा सामग्री खरिद गरिने भएकोले उपयुक्त व्यापारिक छुट (Trade Discount) र नगद छुट (Cash Discount) प्राप्त गर्न सकिन्छ।
  • ख. केन्द्रिकृत खरिद प्रणालीमा एउटा मात्र खरिद विभाग हुने भएकोले थोरै कर्मचारीबाट नै काम चल्दछ, जसले गर्दा प्रशासनिक खर्चमा बचत हुन्छ।
  • ग. केन्द्रिकृत खरिद नीतिमा विज्ञहरूको सेवा प्राप्त गर्न सकिन्छ। विज्ञहरूको अनुभव र ज्ञानको आधारमा खरिद कार्य गरिने हुँदा सामग्री खरिद प्रभावकारी हुन्छ।

केन्द्रिकृत खरिदका बेफाइदाहरू निम्नअनुसार छन्:

  • क. केन्द्रिकृत खरिद नीतिअन्तर्गत सामग्री प्राप्तिमा अनावश्यक ढिलाइ हुन्छ। किनभने खरिद प्रक्रिया पूरा गर्न धेरै समय लाग्दछ।
  • ख. स्थानीय बजारको फाइदा उठाउन सकिँदैन। केन्द्रीय खरिद विभाग टाढा भएको अवस्थामा स्थानीय स्तरमा उपलब्ध सस्तो र गुणस्तरीय सामग्री खरिद गर्ने अवसर गुम्न सक्छ।
  • ग. सबै विभागको कामका लागि उपयुक्त सामग्री खरिद नहुन पनि सक्छ। केन्द्रीय खरिद विभागलाई विभिन्न विभागहरूको विशिष्ट आवश्यकताको बारेमा पूर्ण जानकारी नहुन सक्छ।

१४. डाटा भण्डारणका तरिकाहरू (Methods of Data Storage):

कम्प्युटर प्रणालीमा डाटा भण्डारण गर्ने मुख्य तीनवटा तरिकाहरू हुन्छन्:

  • क. प्रत्यक्ष जडान भण्डारण (Direct Attached Storage – DAS): यस प्रकारको भण्डारणमा डाटा भण्डारण गर्ने उपकरण (Storage Device) सोझै कम्प्युटर वा सर्भरसँग जोडिएको हुन्छ। उदाहरणको लागि, कम्प्युटरको हार्ड डिस्क (Hard Disk), पेन ड्राइभ (Pen Drive) आदि। यो विधि साना तथा व्यक्तिगत प्रयोगको लागि उपयुक्त हुन्छ।
  • ख. नेटवर्क जडान भण्डारण (Network Attached Storage – NAS): यस प्रणालीमा नेटवर्क केबल (Network Cable) मार्फत् विभिन्न डिभाइसहरूलाई (Devices) जडान गरी डाटा भण्डारण गरिन्छ। यसमा एउटा छुट्टै फाइल सर्भर हुन्छ जसले नेटवर्कमा रहेका सबै प्रयोगकर्ताहरूलाई डाटामा पहुँच प्रदान गर्दछ। यो विधि साना तथा मझौला कार्यालयहरूका लागि बढी उपयोगी हुन्छ।
  • ग. क्लाउड भण्डारण (Cloud Storage): इन्टरनेटको माध्यमबाट टाढाको सर्भरमा डाटा भण्डारण गर्ने विधिलाई क्लाउड भण्डारण भनिन्छ। यसमा सेवा प्रदायकहरूले (Service Providers) ठूला डाटा केन्द्र (Data Center) स्थापना गरी प्रयोगकर्ताहरूलाई भण्डारण सुविधा प्रदान गर्दछन्। निजी तथा सार्वजनिक क्लाउड (Public and Private Cloud) यसका उदाहरण हुन्। यसमा प्रयोगकर्ताले प्रयोग गरेको आधारमा वा निश्चित शुल्क तिरेर (Pay per use) जति पनि डाटा भण्डारण गर्न सक्छन्।

१५. गतको वर्गीकरण (Classification of Cost):

लागतलाई विभिन्न आधारमा वर्गीकरण गर्न सकिन्छ। मुख्यतया प्रकृति वा तत्त्वको आधारमा लागतलाई निम्नअनुसार वर्गीकरण गरिन्छ:

  • क. सामग्री लागत (Material Cost): कुनै पनि वस्तु उत्पादन गर्न वा सेवा प्रदान गर्न प्रयोग गरिने कच्चा पदार्थ वा वस्तुको मूल्यलाई सामग्री लागत भनिन्छ। यसलाई दुई भागमा बाँड्न सकिन्छ: १. प्रत्यक्ष सामग्री लागत (Direct Material Cost) २. अप्रत्यक्ष सामग्री लागत (Indirect Material Cost)
  • ख. श्रम लागत (Labour Cost): वस्तु उत्पादन गर्न वा सेवा प्रदान गर्न संलग्न कर्मचारी वा कामदारलाई भुक्तानी गरिने पारिश्रमिकलाई श्रम लागत भनिन्छ। यसलाई पनि दुई भागमा बाँडिन्छ: १. प्रत्यक्ष श्रम लागत (Direct Labour Cost) २. अप्रत्यक्ष श्रम लागत (Indirect Labour Cost)
  • ग. खर्चहरू (Expenses): सामग्री र श्रम बाहेक अन्य शीर्षकमा हुने खर्चहरूलाई ‘खर्च’ अन्तर्गत राखिन्छ। उदाहरणको लागि भाडा, बिजुली, ह्रास आदि। यसलाई पनि दुई भागमा बाँडिन्छ: १. प्रत्यक्ष खर्चहरू (Direct Expenses) २. अप्रत्यक्ष खर्चहरू (Indirect Expenses)

१६. सामग्री नियन्त्रण (Material Control):

सामग्री नियन्त्रणको अर्थ: उत्पादन कार्यको लागि आवश्यक पर्ने सामग्रीहरूको उचित योजना, खरिद, भण्डारण, र प्रयोगलाई व्यवस्थित गर्ने प्रक्रियालाई सामग्री नियन्त्रण भनिन्छ। यसले सामग्रीको अभाव हुन नदिने र अत्यधिक मौज्दात (Over-stocking) हुन नदिने सन्तुलन कायम गर्दछ।

सामग्री नियन्त्रणका उद्देश्यहरू:

  • १. उत्पादन कार्यलाई निरन्तर र निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक सामग्री उपलब्ध गराउनु।
  • २. सामग्रीको खरिद, भण्डारण र प्रयोगमा हुने नोक्सानी र चुहावटलाई न्यूनीकरण गर्नु।
  • ३. सामग्रीमा गरिने लगानीलाई न्यूनतम स्तरमा राखी पूँजीको सही परिचालन गर्नु।
  • ४. सामग्रीको गुणस्तर कायम राख्नु।

सामग्री नियन्त्रणका तत्त्वहरू (Elements of Material Control):

कुनै पनि संस्थामा सामग्री नियन्त्रण प्रभावकारी बनाउन निम्न तत्त्वहरूको आवश्यकता पर्दछ:

  • क. खरिद (Purchasing)
  • ख. प्राप्ति र निरीक्षण (Receiving and Inspection)
  • ग. भण्डारण (Storekeeping)
  • घ. उत्पादन वा प्रयोग (Production or Usage)
  • ङ. लेखाङ्कन (Accounting)

केन्द्रिकृत खरिदलाई प्रभावकारी बनाउने उपायहरू:

  • १. दक्ष र अनुभवी कर्मचारीको नियुक्ति।
  • २. स्पष्ट खरिद नीति र नियमहरूको तर्जुमा।
  • ३. विभिन्न विभागहरू बीच समन्वय र सहकार्य।
  • ४. खरिद प्रक्रियाको नियमित अनुगमन र मूल्याङ्कन।

१७. विकेन्द्रिकृत खरिद (Decentralized Purchasing):

विकेन्द्रिकृत खरिदका फाइदाहरू:

  • क. प्रत्येक विभागले आफ्नो आवश्यकता अनुसारको सामग्री आफैँ खरिद गर्न सक्ने भएकोले खरिद कार्य छिटो र छरितो हुन्छ।
  • ख. स्थानीय बजारको सुविधा प्राप्त गर्न सकिन्छ।
  • ग. सम्बन्धित विभागलाई नै खरिदको जिम्मेवारी दिइने भएकोले सामग्रीको गुणस्तर र उपयुक्ततामा बढी ध्यान पुग्छ।

विकेन्द्रिकृत खरिदका बेफाइदाहरू:

  • क. खरिदको परिमाण थोरै-थोरै हुने भएकोले थोक खरिदमा पाइने छुट प्राप्त हुँदैन, जसले गर्दा लागत बढ्न जान्छ।
  • ख. प्रत्येक विभागमा छुट्टाछुट्टै खरिद कर्मचारी राख्नुपर्ने भएकोले प्रशासनिक खर्च बढ्छ।
  • ग. संस्थाको खरिद नीतिमा एकरूपता कायम गर्न कठिन हुन्छ।

१८. भण्डारण (Storekeeping):

भण्डारणको अर्थ: खरिद गरिएका सामग्रीहरूलाई प्रयोग नहुन्जेलसम्म सुरक्षित, व्यवस्थित र वैज्ञानिक ढङ्गले राख्ने कार्यलाई भण्डारण भनिन्छ।

केन्द्रिकृत भण्डारका फाइदाहरू निम्नअनुसार छन्:

  • क. थोरै स्थान र कर्मचारीबाट काम चल्ने भएकोले भण्डारण लागत कम हुन्छ।
  • ख. सामग्रीको सुरक्षा र नियन्त्रण प्रभावकारी हुन्छ।
  • ग. सामग्रीको जाँच र गणना गर्न सजिलो हुन्छ।
  • घ. अति आवश्यक र कम आवश्यक सामग्रीहरूको पहिचान गरी सोही अनुसार व्यवस्थापन गर्न सकिन्छ।

Unit 13: श्रम लागतको लेखाविधि (Accounting for Labour Cost)

१. श्रम लागतको अर्थ

कुनै पनि वस्तु उत्पादन गर्न वा सेवा प्रदान गर्न मानव शक्तिको प्रयोग गरेबापत भुक्तानी गरिने पारिश्रमिकलाई श्रम लागत भनिन्छ। यसमा ज्याला, तलब, बोनस, भत्ता, र कर्मचारी कल्याणकारी खर्चहरू समावेश हुन्छन्।

२. श्रम लागतका प्रकारहरू:

  • १. प्रत्यक्ष श्रम (Direct Labour): उत्पादन प्रक्रियामा प्रत्यक्ष रूपमा संलग्न कामदारहरूलाई भुक्तानी गरिने ज्यालालाई प्रत्यक्ष श्रम भनिन्छ। उदाहरणको लागि, फर्निचर उद्योगमा सिकर्मीको ज्याला, कपडा उद्योगमा बुन्ने कामदारको ज्याला। यो लागत उत्पादनको एकाइ वा परिमाणसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ।
  • २. अप्रत्यक्ष श्रम (Indirect Labour): उत्पादन कार्यमा प्रत्यक्ष रूपमा संलग्न नहुने तर उत्पादन कार्यलाई सघाउ पुर्‍याउने कर्मचारीहरूलाई दिइने पारिश्रमिकलाई अप्रत्यक्ष श्रम भनिन्छ। उदाहरणको लागि, सुपरिवेक्षक (Supervisor), पाले (Gatekeeper), र मर्मत सम्भार गर्ने कर्मचारीको तलब।

३. श्रम लागत नियन्त्रण (Labour Cost Control):

श्रम लागतलाई निर्धारित मापदण्डभित्र राख्ने र अनावश्यक खर्च हुन नदिने प्रक्रियालाई श्रम लागत नियन्त्रण (Labour Cost Control) भनिन्छ। यसले श्रमको उत्पादकत्व बढाउन र प्रति एकाइ श्रम लागत घटाउन मद्दत गर्दछ।

Unit 14: उपरिव्ययको लेखाविधि (Accounting for Overheads)

१. उपरिव्ययको अर्थ (Meaning of Overheads)

प्रत्यक्ष सामग्री, प्रत्यक्ष श्रम र प्रत्यक्ष खर्च बाहेकका सम्पूर्ण अप्रत्यक्ष खर्चहरूको योगलाई उपरिव्यय (Overheads) भनिन्छ। यसलाई ‘भार पूरक’ (Burden Cost) वा ‘अन-कस्ट’ (On-cost) पनि भनिन्छ। उदाहरणको लागि कारखाना भाडा, बिजुली, बीमा, ह्रास आदि।

२. उपरिव्ययको बाँडफाँड र संविभाजन (Allocation and Apportionment of Overheads)

क. बाँडफाँड (Allocation):

कुनै विशिष्ट लागत केन्द्र (Cost Center) वा विभागसँग प्रत्यक्ष रूपमा सम्बन्धित खर्चहरूलाई सोही विभाग वा केन्द्रमा पूर्ण रूपमा समावेश गर्ने प्रक्रियालाई बाँडफाँड भनिन्छ। जस्तै: कुनै विभागको लागि मात्र प्रयोग हुने मेसिनको मर्मत खर्च सोही विभागमा देखाइन्छ।

ख. संविभाजन (Apportionment):

कुनै खर्च विभिन्न विभाग वा लागत केन्द्रहरूसँग सम्बन्धित छ भने त्यसलाई न्यायोचित आधारमा ती विभागहरूमा वितरण गर्ने प्रक्रियालाई संविभाजन भनिन्छ। उदाहरणको लागि, कारखानाको भाडालाई विभागले ओगटेको क्षेत्रफलको आधारमा वितरण गरिन्छ।

बाँडफाँडअन्तर्गत खर्चहरू सीधै वितरण गरिन्छन्। तर संविभाजनअन्तर्गत खर्चहरू समानुपातिक रूपमा वितरण गरिन्छन्। सजिलैसँग पहिचान गर्न नसकिने साझा खर्चहरू (Common Costs) को हकमा संविभाजन गरिन्छ। अर्कोतिर विशिष्ट खर्चहरूलाई बाँडफाँड गरिन्छ।

३. एकाइ ज्याला र समय ज्याला प्रणाली बीच निम्न भिन्नताहरू छन्:

आधार एकाइ ज्याला प्रणाली (Piece Rate System) समय ज्याला प्रणाली (Time Wage System)
भुक्तानीको आधार उत्पादनको परिमाण (Quantity of Output) को आधारमा ज्याला दिइन्छ। काम गरेको समय (Time Spent) को आधारमा ज्याला दिइन्छ।
उत्पादनको परिमाण यसमा उत्पादन बढाउन जोड दिइन्छ। यसमा उत्पादनको परिमाण निश्चित हुँदैन।
गुणस्तर छिटो काम गर्दा गुणस्तर घट्न सक्छ। विस्तारै र ध्यानपूर्वक काम गर्ने हुँदा गुणस्तर राम्रो हुन्छ।
निरीक्षण कडा निरीक्षण (Strict Supervision) को आवश्यकता पर्दछ। सामान्य निरीक्षण भए पुग्छ।
समानता दक्ष कामदारले बढी र अदक्षले कम कमाउँछन्। समान समय काम गर्ने सबैले समान ज्याला पाउँछन्।

अन्य बुँदाहरू:

  • ख. उच्च सुपरिवेक्षण लागत: समय ज्याला प्रणालीमा कम वा धेरै कार्यको समान ज्याला हुने भएकोले श्रमिकहरू धेरै कार्य गर्दैनन्, तसर्थ उनीहरूलाई काममा लगाइराख्न निरन्तर सुपरिवेक्षणको आवश्यकता पर्दछ, जसले गर्दा सुपरिवेक्षण लागत बढ्न जान्छ।
  • ग. अन्यायपूर्ण: दक्ष र अदक्ष दुवै प्रकारका श्रमिकहरूले समान समय काम गरेबापत समान ज्याला प्राप्त गर्ने भएकोले दक्ष र मेहनती श्रमिकहरूलाई अन्याय हुन जान्छ। यसले गर्दा उत्पादकत्वमा ह्रास आउन सक्छ।

४. असल ज्याला प्रणालीका आवश्यक तत्त्वहरू (Essentials of a Good Wage System):

  • क. असल ज्याला प्रणाली सरल हुनुपर्दछ ताकि सबै साधारण कामदारले सजिलै बुझ्न सकून्।
  • ख. ज्याला प्रणालीले कामदार र व्यवस्थापन दुवैलाई सन्तुष्ट पार्नुपर्दछ।
  • ग. असल ज्याला प्रणाली मितव्ययी हुनु पर्दछ।

५. एकाइ ज्याला प्रणालीका मुख्य बेफाइदाहरू निम्नअनुसार छन्:

  • क. अनिश्चितता: एकाइ ज्याला प्रणालीअन्तर्गत श्रमिकहरूलाई जहिले पनि भविष्यमा कार्य प्राप्त नहुन सक्ने जोखिम विद्यमान भइरहन्छ किनभने कुनै दिन कार्य नभएमा श्रमिकहरूले ज्याला प्राप्त गर्न सक्दैनन्।
  • ख. गुणस्तरमा कमी: यो विधिअन्तर्गत उत्पादन वृद्धिमा मात्र श्रमिकहरूले जोड दिन्छन्, जसले गर्दा उत्पादनको गुणस्तर घट्न जान्छ।
  • ग. सामग्रीको उपयुक्त प्रयोग नहुनु: यो ज्याला प्रणालीअन्तर्गत बिना हेरविचार श्रमिकहरू केवल बढीभन्दा बढी वस्तु उत्पादन गर्ने प्रयास गर्दछन्, जसले गर्दा सामग्रीहरूको यथोचित् प्रयोग हुन सक्दैन।

६. समय ज्याला प्रणाली फाइदा र बेफाइदाहरू:

समय ज्याला प्रणालीका मुख्य फाइदाहरू निम्नअनुसार छन्:

  • क. निश्चितता: समयअनुसारको ज्याला प्रणालीअन्तर्गत निश्चित समयसम्म श्रमिकहरूले काम पाउने प्रायः निश्चित हुन्छ।
  • ख. गुणस्तरमा वृद्धि: समय ज्याला प्रणालीअन्तर्गत खपत गरेको समयको आधारमा ज्याला प्राप्त हुन्छ र थप उत्पादनले ज्यालामा वृद्धि हुँदैन। तसर्थ, श्रमिकहरूमा विस्तारै कार्य गर्ने प्रवृत्ति हुन्छ, जसको फलस्वरुप उत्पादनको गुणस्तरमा वृद्धि हुन जान्छ।
  • ग. सरलता र मितव्ययी: समय ज्याला प्रणाली सरल छ, सबै श्रमिकहरूले बुझ्नमा कठिनाइ हुँदैन र तोकिएको समयअनुसार ज्याला निर्धारण गर्नमा कुनै कठिनाइ उत्पन्न हुँदैन। प्रशस्त लेखा तथा प्रशासनिक खर्च नहुने भएकोले यो प्रणाली मितव्ययी पनि छ।

समय ज्याला प्रणालीका मुख्य बेफाइदाहरू निम्नअनुसार छन्:

  • क. परिश्रमीलाई प्रोत्साहन मिल्दैन: यो प्रणालीमा दक्ष र अदक्ष सबैलाई समान व्यवहार गरिने हुँदा परिश्रमी कामदारहरूलाई प्रोत्साहन मिल्दैन।

७. लेखाविधिमा कम्प्युटर प्रणालीका विशेषताहरू (Features of Computer System in Accounting)

यसका निम्न विशेषताहरू रहेका छन्:
  • १. सरल र एकीकृत (Simple and Integrated)
  • २. गति (Speed)
  • ३. शुद्धता (Accuracy)
  • ४. भरपर्दो (Reliability)
  • ५. बहुमुखी (Versatility)

८. लेखाविधिमा कम्प्युटर प्रणालीको महत्त्व (Importance of Computer System in Accounting)

निम्न प्रकारका महत्त्वहरू छन्:

  • १. तीव्र प्रशोधन (Faster processing)
  • २. सही सूचना (Accurate information)
  • ३. विश्वासिलो (Reliability)
  • ४. सजिलै सूचना पाउनु (Easier availability of information)
  • ५. अद्यावधिक सूचना (Up to date information)

९. लेखाविधिमा कम्प्युटर प्रणालीका सीमाहरू (Limitations of Computer System in Accounting)

CAS (Computerized Accounting System) को निम्न प्रकारका सीमाहरू रहेका छन्:

  • १. जडानमा अधिक लागत (High cost of installation)
  • २. तालिमको लागत (Cost of training)
  • ३. बेरोजगारीको सम्भावना (Fear of unemployment)
  • ४. कार्य व्यवधान (Disruption of work)
  • ५. प्रणालीमा व्यवधान (System failure)

१०. कम्प्युटरको प्रयोग हुने क्षेत्रहरू (Areas of Computer Application)

कम्प्युटरको प्रयोग निम्न क्षेत्रहरूमा हुन्छ:

  • शिक्षा (Education)
  • स्वास्थ्य क्षेत्र (Health sector)
  • सञ्चार (Communication)
  • व्यवसाय (Business)
  • बैंकिङ (Banking)
  • मनोरञ्जन (Entertainment)

११. लेखाविधिमा कम्प्युटर प्रणाली

व्यवसायमा व्यक्तिगत अभिलेख, तलबी फाराम, मौज्दात नियन्त्रण, बैंकिङ, बिलिङ जस्ता कार्यको दैनिक अभिलेख राख्न कम्प्युटरको प्रयोग बढ्दै गएको छ। लेखाविधि दैनिक तथा दोहोरिइरहने कार्य भएको हुँदा कम्प्युटर प्रयोगले यसको कार्य प्रक्रियालाई सरलीकृत तथा सहजीकरण बनाउन सहयोग गर्छ।

१२. लेखाविधिमा कम्प्युटर प्रणालीका तत्त्वहरू

  • १. हार्डवेयर (Hardware)
  • २. सफ्टवेयर (Software)
  • ३. मानिस (People)
  • ४. प्रक्रिया (Procedure)
  • ५. तथ्याङ्क (Data)
  • ६. आन्तरिक नियन्त्रण (Internal control)

Unit 15: एकाइ अथवा उत्पादन लागतविधि (Unit or Output Costing)

१. लागत विवरण (Cost Sheet) को अर्थ

वस्तु उत्पादन गर्दा लागेका सम्पूर्ण खर्चहरूलाई क्रमबद्ध तरिकाले प्रस्तुत गरी तयार पारिने लागत अभिलेखलाई नै लागत विवरण (Cost Sheet) भनिन्छ। अर्को शब्दमा, उत्पादित वस्तुको कूल लागत र विक्रय मूल्यका अङ्ग अर्थात् तत्त्वहरूलाई प्रदर्शित गर्ने विवरणलाई नै लागत विवरण भनिन्छ। लागत विवरणलाई नाफा र लागतको विवरण (Statement of cost and profit) पनि भनिन्छ।

२. बोलपत्र विवरण (Tender Sheet) को अर्थ

मालसामान खरिद गर्नको लागि ग्राहकहरूबाट माग गरिने उत्पादित वस्तुहरूसम्बन्धी जानकारीहरू प्रदान गर्ने एउटा माध्यम बोलपत्र वा मूल्यसूची हो। उत्पादकले बिक्री गर्न चाहेको वस्तुको लागत र नाफासम्बन्धी विवरणलाई नै बोलपत्र वा मूल्यसूची भनिन्छ।

बोलपत्र विवरण तयार पार्नुको कारण:

मालसामान खरिद गर्न चाहने पक्षहरू विभिन्न आपूर्तिकर्ताहरूबाट बोलपत्र तथा मूल्यसूची माग गर्दछन्, जसको मुख्य उद्देश्य उपलब्ध विभिन्न मालसामानहरूको मूल्य र गुणस्तर तथा अन्य शर्तहरूको तुलनात्मक अध्ययन गर्नमा मद्दत पुर्याउनु हो। बोलपत्र सामान्यतया मालसामानको उत्पादन पूर्व तयार पारिन्छ।

३. मूल लागत (Prime Cost) को अर्थ

सम्पूर्ण प्रत्यक्ष खर्चहरूको जोडफललाई मूल लागत भनिन्छ। अर्को शब्दमा, प्रत्यक्ष सामग्री, प्रत्यक्ष श्रम लागत र अन्य प्रत्यक्ष खर्चहरूको जोडफललाई मूल लागत भनिन्छ। अर्थात्, प्रत्यक्ष सामग्री, प्रत्यक्ष श्रम र प्रत्यक्ष खर्च जोडेर मूल लागत निर्धारण गर्दछ।

४. व्यवहारको आधारमा उपरिव्ययको वर्गीकरण (Classification of Overhead based on Behavior)

व्यवहारको आधारमा खर्चहरूलाई निम्नअनुसार विभाजन गरिएको छ:

  • क. परिवर्तनशील उपरिव्यय (Variable Overhead)
  • ख. स्थिर उपरिव्यय (Fixed Overhead)
  • ग. अर्ध-परिवर्तनशील उपरिव्यय (Semi-variable Overhead)

५. नियन्त्रणयोग्यताको आधारमा उपरिव्ययको वर्गीकरण (Classification of Overhead based on Controllability)

  • क. नियन्त्रणयोग्य उपरिव्यय (Controllable Overhead)
  • ख. नियन्त्रणअयोग्य उपरिव्यय (Uncontrollable Overhead)

६. लागत तत्त्वको आधारमा उपरिव्ययको वर्गीकरण (Classification of Overhead based on Cost Element)

लागत तत्त्वको आधारमा खर्चहरूलाई निम्नअनुसार विभाजन गरिएको छ:

  • क. अप्रत्यक्ष सामग्री (Indirect Material)
  • ख. अप्रत्यक्ष श्रम (Indirect Labor)
  • ग. अप्रत्यक्ष खर्च (Indirect Expenses)

७. वित्तीय लेखाविधिका कमजोरीहरू (Weaknesses of Financial Accounting)

वित्तीय लेखाविधिका प्रमुख कमजोरीहरू निम्नलिखित छन्:

  • क. समग्र नतिजा मात्र उपलब्ध गराउँछ: वित्तीय लेखाविधिले व्यवसाय सञ्चालनको समग्र नतिजा मात्र उपलब्ध गराउँछ। अर्थात् वित्तीय लेखाले सङ्गठनका प्रत्येक क्रियाकलाप वा कार्यहरूको लागत, नाफा नोक्सान आदि सम्बन्धी जानकारीहरू उपलब्ध गराउन सक्दैन।
  • ख. ऐतिहासिक जानकारीमा आधारित: वित्तीय लेखाले ऐतिहासिक जानकारीहरू मात्र उपलब्ध गराउँछ। लेखाअन्तर्गत कारोबार भइसकेपछि त्यसको अभिलेख राखिन्छ र भविष्यमा मात्र व्यवसाय सञ्चालनको नतिजा पत्ता लाग्दछ। तसर्थ, यो एक प्रकारको मृत्यु परीक्षण (Post mortem examination) मात्र हो, जसको नियन्त्रण हुँदैन।
  • ग. लागत एवम् नोक्सानीको विश्लेषण नगरिने: वित्तीय लेखाअन्तर्गत व्यवसाय सञ्चालन गर्ने क्रममा उत्पन्न विभिन्न प्रकारका लागतहरू र नोक्सानीको वर्गीकरण र विश्लेषण गरिँदैन।

८. लेखाविधिका प्रकारहरू (Types of Costing)

  • क. ठेक्का लागतविधि (Contract costing): ठेक्का भन्नाले विशेष प्रकृतिको कार्य हो, जसमा प्रशस्त समय र श्रमको आवश्यकता पर्दछ। ठेक्का प्रायः निर्माण कार्यसँग सम्बन्धित हुन्छ। उदाहरणको लागि: भवन निर्माण, पुल निर्माण, सडक निर्माण, नहर निर्माण आदि। अन्य पक्षसँग गरिएको सम्झौताअनुसार ठेक्काको कार्य सम्पन्न गरिन्छ। यसरी सम्पन्न गरिने ठेक्काको लागत तथा नाफा पत्ता लगाउन प्रयोग गरिने विधिलाई ठेक्का लागतविधि भनिन्छ।
  • ख. प्रक्रिया लागतविधि (Process costing): यदि कुनै कार्य सम्पन्न गर्दा विभिन्न चरणहरू पार गर्नुपर्ने हुन्छ भने तिनीहरूलाई प्रक्रिया भनिन्छ। चिनी, तेल, जुत्ता, साबुन, रासायनिक पदार्थ, पेय पदार्थ आदि उत्पादन गर्दा विभिन्न चरणहरूमा उत्पादन गरिन्छ। यसरी वस्तुहरू विभिन्न चरणहरूमा उत्पादन गर्दा लागेको लागत पत्ता लगाउन प्रयोग गरिने लेखाविधिलाई प्रक्रिया लागतविधि भनिन्छ।

Unit 16: लागत हिसाब मिलान विवरण (Cost Reconciliation Statement)

१. लागत हिसाब मिलान विवरणको अर्थ

एउटा लेखाविधिको नाफा नोक्सानको आधारमा अर्को लेखाविधिको नाफा नोक्सान पत्ता लगाउन तयार पारिने विवरणलाई लागत हिसाब मिलान विवरण भनिन्छ। यसलाई वित्तीय लेखा र लागत लेखाको हिसाब मिलान विवरण पनि भनिन्छ। लागत हिसाब मिलान विवरणअन्तर्गत कुनै एउटा फरक लेखाविधिले देखाएको नाफा नोक्सानमा पार्ने कारणहरूको समायोजन गरी अर्को लेखाविधिको नाफा नोक्सान निर्धारण गरिन्छ।

२. लागत हिसाब मिलान विवरण तयार पार्नुका उद्देश्यहरू

निम्नलिखित आवश्यकता पूरा गर्नको लागि लागत हिसाब मिलान विवरण तयार पार्नु पर्ने हुन्छ:

  • क. दुवै लेखाविधिहरूको अंकगणितीय शुद्धताको जाँच गर्न।
  • ख. दुवै लेखाविधिहरूले प्रदान गर्ने जानकारीहरूलाई बढी विश्वसनीय बनाउन।
  • ग. दुवै लेखाविधिहरूले देखाउने नाफा नोक्सानमा फरक पार्ने कारणहरू पहिचान गर्न।

३. लागत लेखा र वित्तीय लेखाले देखाउने नाफा नोक्सानमा फरक पर्ने कारणहरू

लागत लेखा र वित्तीय लेखाले देखाउने नाफा नोक्सानमा फरक पर्नुका कारणहरू निम्नअनुसार छन्:

  • क. कुनै खर्चहरू वित्तीय लेखामा लेखिनु तर लागत लेखामा नलेखिनु।
  • ख. कुनै आम्दानीहरू वित्तीय लेखामा मात्र लेखिनु तर लागत लेखामा नलेखिनु।
  • ग. मौज्दातको लागत लेखामा कम वा बढी मूल्याङ्कन गरिनु।

४. वित्तीय लेखामा देखाइने तर लागत लेखामा नदेखाइने बुँदाहरू

  • क. लगानीमा प्राप्त भएको व्याज
  • ख. आयकर भुक्तानी
  • ग. सम्पत्तिहरू बिक्री गर्दा हुने लाभ हानी

Unit 17: लेखाविधिमा कम्प्युटर प्रणाली (Computer System in Accounting)

१. कम्प्युटरको अर्थ

कम्प्युटर भन्नाले विभिन्न प्रकारको कार्य गर्नको लागि प्रयोग हुने एक विद्युतीय औजार हो। कम्प्युटरले प्रयोगकर्ताले दिएको आदेशलाई भण्डारण गरी प्रक्रियागत रूपमा व्यक्त गर्दछ।

२. कम्प्युटरका तत्त्वहरू

कम्प्युटरका तत्त्वहरू निम्न छन्:

  • १. हार्डवेयर (Hardware)
  • २. सफ्टवेयर (Software)
    • a. System software
      • i. Operating system
      • ii. Language translator
      • iii. Device driver
    • b. Application software
      • i. Tailored software
      • ii. Packaged software
    • c. Utility software

३. प्रत्यक्ष र अप्रत्यक्ष लागतबीचका भिन्नताहरू

प्रत्यक्ष लागत र अप्रत्यक्ष लागतबीच निम्न भिन्नताहरू छन्:

  • क. प्रत्यक्ष लागत उत्पादनको अंगको रूपमा देखिन्छ भने अप्रत्यक्ष लागत उत्पादनको अंगको रूपमा देखिँदैन।
  • ख. प्रत्येक वस्तुमा लाग्ने प्रत्यक्ष लागत सजिलैसिँग छुट्याउन सकिन्छ भने अप्रत्यक्ष लागत छुट्याउन सकिँदैन।
  • ग. प्रत्यक्ष लागत मूल लागतको अंग हो भने अप्रत्यक्ष लागत कुल लागतको अंश हो।

५. कार्यको आधारमा लागतको वर्गीकरण (Classification of Cost based on Function)

कार्यको आधारमा लागतलाई उत्पादन तथा निर्माण लागत, प्रशासनिक लागत र बिक्री वितरणसम्बन्धी लागत गरी निम्न तीन भागमा विभाजन गरिएको छ:

  • क. उत्पादन तथा निर्माण लागत (Production/Manufacturing Cost): वस्तु उत्पादन गर्दा सेवा उपलब्ध गराउने क्रममा आवश्यक पर्ने सबै प्रकारका सामग्री, श्रम र कारखानासम्बन्धी खर्चहरूलाई उत्पादन तथा निर्माण लागत भनिन्छ।
  • ख. प्रशासनिक लागत (Administrative Cost): कार्यालयमा कार्यरत कर्मचारीहरू र प्रशासनिक कार्य गर्नको लागि आवश्यक पर्ने सुविधाहरू प्राप्त गर्न गरिने खर्चलाई कार्यालय तथा प्रशासनिक खर्चहरू भनिन्छ। कार्यालयको भाडा, कर्मचारीहरूको तलब, मसलन्द, टेलिफोन, विद्युत्, खानेपानी आदिमा लाग्ने खर्च प्रशासनिक लागतका उदाहरणहरू हुन्।
  • ग. बिक्री वितरण लागत (Selling and Distribution Cost): उत्पादित वस्तुलाई बिक्री वितरण गर्नमा विभिन्न प्रकारका सेवाहरू आवश्यक पर्दछन्। जस्तै: बिक्री विभाग, बिक्री विभागमा कर्मचारीहरू, गोदाम, प्रचार प्रसार, नमुनाहरू आदिसँग सम्बन्धित खर्चहरूलाई बिक्री वितरणसम्बन्धी लागत भनिन्छ।

६. सफ्टवेयरको भाषा (Computer/Software Language)

सफ्टवेयर भाषा निम्न प्रकार छन्:

  • a. Assembly language
  • b. Compiler language (Translator)
  • c. Interpreter language (Translator)

७. Software को आवश्यकता र विशेषताहरू

लेखासम्बन्धी Software को निम्न आवश्यकता तथा विशेषताहरू छन्:

  • १. एक प्रकृतिको लेखासम्बन्धी तथ्यहरू अभिलेख गर्दा पनि विभिन्न प्रकारका प्रतिवेदनहरू तयार पार्न सकिने भएको हुँदा यसमा लचकता पाइन्छ।
  • २. यदि System फेल भएमा मर्मतसम्भार, कर्मचारी तालिम, संशोधन गर्न तथा तथ्याङ्कहरूको पुनः प्राप्ति जस्ता कार्य गर्न सजिलै सकिन्छ।
  • ३. सङ्गठनको आकारअनुसारको Software उपलब्ध हुने हुँदा व्यवसायको आकार तथा प्रकृतिअनुसारको Software पाउन सकिन्छ।
  • ४. कर्मचारीहरूलाई लेखासम्बन्धी Software को तालिम प्रदान गर्दा सरल र कम खर्चमा गराउन सकिन्छ।

८. TALLY को अर्थ

TALLY एक प्रकारको लेखासम्बन्धी हिसाब राख्ने सफ्टवेयर (Software) हो। कुनै पनि कम्पनीको दिनदिनै भएका व्यापारिक कारोबारहरूलाई TALLY सफ्टवेयर (Software) ले नै व्यवस्थित रूपमा अभिलेख गर्दछ। यसलाई Enterprise Resource Planning (ERP) software भनिन्छ।

९. TALLY को फाइदा

TALLY का फाइदाहरू निम्न छन्:

  • १. Data reliability and security
  • २. Payroll management
  • ३. Management in the banking sector
  • ४. Regulation of data across geographical locations
Read Also (Class 12 Notes)
Scroll to Top