SEE 2081 (2025) Science & Technology (विज्ञान तथा प्रविधि) Solution – Karnali Province
Important Edu Notes
⬅ Back to Notes
Class 10 Science Karnali Province 2081 Exam Paper Header

SEE 2081 (2025) – Science & Technology (विज्ञान तथा प्रविधि) Solution

Karnali Province (कर्णाली प्रदेश)

RE-1041 ‘KaP’ | Full Marks: 75 | Time: 3 Hours

Welcome to the complete solution for the

Class 10 Science Karnali Province 2081

SEE examination. Below you will find detailed answers for all sections (A, B, C, and D) in both Nepali and English mediums.

Question Paper Preview

Group ‘A’: Multiple Choice Questions (10 × 1 = 10)

(a) तलका मध्ये कुनचाहिँ तत्त्जन्य एकाइ हो ?
(Which one of the following is a derived unit?)

  • (i) क्याण्डेला (Candela)
  • (ii) एम्पियर (Ampere)
  • ✓ (iii) न्यूटन (Newton)
  • (iv) मोल (Mole)

(b) सिअर्चिनलाई इकाइनोडर्माटा फाइलममा राखिनुको कारण के हो ?
(What is the reason for keeping sea-urchin in phylum Echinodermata?)

  • (i) शरीर, टाउको, छाती र पेटमा विभाजित भएकोले (Due to body being divided into head, thorax, and abdomen)
  • ✓ (ii) ट्युव फिटको सहायताले चाल देखाउने भएकोले (Due to locomotion with the help of tube-feet)
  • (iii) शरीर टेपजस्तै पातलो, लामो र चेप्टो भएकोले (Due to body being flat and thin like a tape)
  • (iv) यिनीहरू ओसिलो माटो र पानीमा पाइने भएकोले (Due to them being found in moist soil and water)

(c) रगतमा एक्कासी सेता रक्तकोषको कमि भएमा कुन रोग लाग्छ ?
(Which disease is caused due to the sudden deficiency of white blood cells in blood?)

  • ✓ (i) ल्युकोपेनिया (Leukopenia)
  • (ii) हेमोफिलिया (Haemophilia)
  • (iii) रक्तअल्पता (Anemia)
  • (iv) ल्युकेमिया (Leukemia)

(d) दिइएको जीवमा, झुसिलकिरा र फन्जाइको सम्बन्ध कस्तो हुन्छ ?
(In the given organism, what is the relationship between the caterpillar and fungi?)

Caterpillar and Fungi
  • (i) स्याप्रोट्रोपिक (Saprotrophic)
  • (ii) परजीवि (Parasitic)
  • (iii) परभक्षी (Predator)
  • ✓ (iv) सिम्बायोटिक (Symbiotic)

(e) यदि चन्द्रमाको सतहमा वस्तुको तौल $5\text{N}$ छ भने पृथ्वीको सतहमा उक्त वस्तुको तौल कति होला?
(What could be the weight of a body on the Earth if its weight on the Moon is $5\text{N}$?)

  • (i) $\frac{5}{6}\text{N}$
  • (ii) $5\text{N}$
  • ✓ (iii) $30\text{N}$
  • (iv) $50\text{N}$

(f) कुन प्रकारको लेन्सको बिचको भाग मोटो र छेउको भाग पातलो हुन्छ ?
(Which type of lens is thicker at the middle and thinner at the edges?)

  • (i) कन्केभ लेन्स (Concave lens)
  • ✓ (ii) कन्भेक्स लेन्स (Convex lens)
  • (iii) प्लेनो कन्भेक्स (Plano-convex)
  • (iv) प्लेनो कन्केभ (Plano-concave)

(g) कुन अवस्थामा समतल ब्रह्माण्डको परिकल्पना गर्न सकिन्छ ?
(Under what condition can a flat universe be hypothesized?)

  • (i) औसत घनत्व चरम घनत्व भन्दा बढी भएको अवस्थामा (When the average density is greater than the critical density)
  • (ii) औसत घनत्व चरम घनत्व भन्दा कम भएको अवस्थामा (When the average density is less than the critical density)
  • ✓ (iii) औसत घनत्व र चरम घनत्व बराबर भएको अवस्थामा (When the average density and critical density are equal)
  • (iv) औसत घनत्व र चरम घनत्व तुलना गर्न नसकिने अवस्थामा (When the average density and critical density are not comparable)

(h) नाइट्रिक एसिड र सोडियम हाइड्रोअक्साइड बिच रासायनिक प्रतिक्रिया हुँदा तलकामध्ये के उत्पादन हुन्छ ?
(What are the products obtained in a reaction between nitric acid and sodium hydroxide?)

  • (i) $\text{NaNO}_3 + \text{H}_2$
  • (ii) $\text{NaCl} + \text{H}_2\text{O}$
  • ✓ (iii) $\text{NaNO}_3 + \text{H}_2\text{O}$
  • (iv) $\text{NaNO}_3 + \text{O}_2$

(i) कार्वोजिन भन्नाले के जनाउँछ ?
(What does carbogen indicate?)

  • (i) कार्बनडाइअक्साइड र नाइट्रोजनको मिश्रण (Mixture of carbon dioxide and nitrogen)
  • (ii) कार्बनडाइअक्साइड र हाइड्रोजनको मिश्रण (Mixture of carbon dioxide and hydrogen)
  • (iii) कार्बनडाइअक्साइड र पानीको मिश्रण (Mixture of carbon dioxide and water)
  • ✓ (iv) कार्बनडाइअक्साइड र अक्सिजनको मिश्रण (Mixture of carbon dioxide and oxygen)

(j) तल दिएका हाइड्रोकार्बनमध्ये अल्काइन समूह अन्तरगत पर्ने यौगिक जोडा कुन हो ?
(Which of the following hydrocarbon groups belongs to alkyne?)

  • (i) A र C (A and C)
  • (ii) A र B (A and B)
  • ✓ (iii) A र D (A and D)
  • (iv) B र C (B and C)

Structures: (A) Ethyne, (B) Ethene, (C) Propane, (D) Propyne.

Group ‘B’: Very Short Answer Questions (9 × 1 = 9)

2(a) अनलाइन रेप्युटेसन भनेको के हो ?
(What is online reputation?)

Nepali: डिजिटल प्लेटफर्ममा कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठालाई अनलाइन रेप्युटेसन भनिन्छ ।

English: The reputation of a person or organization in a digital platform.

2(b) विशेषताका आधारमा यी दुईमध्ये कुन चाहिँ कम विकसित जनावर हो ?
(On the basis of their features, which one is the less developed animal?)

Two Animals Comparison

Nepali: शार्क (Shark)

English: Shark

2(c) शुद्ध रगत मुटुमा ल्याउने रक्तनलीको नाम के हो ?
(What is the name of the blood vessel that brings pure blood to the heart?)

Nepali: पल्मोनरी भेन (Pulmonary vein)

English: Pulmonary vein

2(d) चुम्बकीय क्षेत्र भनेको के हो ?
(What is a magnetic field?)

Nepali: चुम्बक वरिपरिको त्यो क्षेत्र जहाँ चुम्बकले चुम्बकीय वस्तुहरूलाई आकर्षण गर्दछ ।

English: The influenced area of a magnet in which the magnet attracts magnetic materials.

2(e) विग व्याङ्ग सिद्धान्तलाई ब्रह्माण्डको उत्पत्ति सम्बन्धी सबैभन्दा विश्वसनीय सिद्धान्त मानिन्छ, किन ?
(Why is the Big Bang theory considered the most reliable theory among all the theories related to the origin of the universe?)

Nepali: किनभने यसले सुपरनोभा वा परमाणुको विस्फोटद्वारा उत्पत्तिको बारेमा बताउँछ जुन अन्य सिद्धान्तहरू भन्दा बढी विश्वसनीय छ ।

English: Because it tells about the origin by the explosion of the supernova/atom which is more reliable than other theories.

2(f) संयोजन प्रतिक्रियाको एउटा उदाहरण दिनुहोस् ।
(Give an example of a combination reaction.)

Nepali: $2\text{Na} + \text{Cl}_2 \longrightarrow 2\text{NaCl}$

English: $2\text{Na} + \text{Cl}_2 \longrightarrow 2\text{NaCl}$

2(g) दिइएको रासायनिक समीकरणमा यौगिक ‘X’ को अणुसूत्र लेख्नुहोस् ।
(Write the molecular formula of the compound ‘X’ in the given chemical equation.)
$$\text{X} + \text{H}_2\text{SO}_4 \longrightarrow \text{Na}_2\text{SO}_4 + \text{H}_2\text{O}$$

Nepali/English: $\text{NaOH}$ (Sodium Hydroxide)

2(h) कार्बनडाइअक्साइड ग्यासलाई पानीमा घोल्दा बन्ने अम्लको आणविक सूत्र लेख्नुहोस् ।
(Write the molecular formula of the acid formed when carbon dioxide gas is dissolved in water.)

Nepali/English: $\text{H}_2\text{CO}_3$ (Carbonic acid)

2(i) रिठामा कुन तत्त्व हुन्छ जसले रिठामा फिंज पैदा गर्दछ ?
(Which element (substance) acts as a foaming agent in Reetha?)

Nepali: सापोनिन (Saponin)

English: Saponin

खण्ड ‘ग’ (Section ‘C’): Short Answer Questions (14 × 2 = 28)

3. आधारभूत एकाइको परिभाषा लेखी एउटा उदाहरण दिनुहोस् ।
(Define fundamental unit and give one example.)

उत्तर (Answer):

English:

Definition: The unit which is independent of other units is called a fundamental unit.
Example: kg, m, s, etc.

Nepali:

परिभाषा: नापका अन्य एकाइहरूमा निर्भर नहुने स्वतन्त्र एकाइलाई आधारभूत एकाइ भनिन्छ ।
उदाहरण: किलोग्राम (kg), मिटर (m), सेकेन्ड (s) आदि ।

4. उनिउँमा फूल फुल्दैन, साइकसमा फूल फुल्छ तर फल फल्दैन, केरामा फूल पनि फुल्छ र फल पनि फल्छ, तर यी सबै विरुवाहरू एउटै डिभिजनमा पर्छन् । यी सबै वनस्पतिहरू एउटै डिभिजनमा पर्नुका दुई कारणहरु लेख्नुहोस् ।
(Fern is not a flowering plant; Cycas bears flowers but no fruit; banana bears flowers as well as fruits. However, all these plants are kept in the same division. Give any two reasons why they are all kept in the same division.)

उत्तर (Answer):

  • यिनीहरूमा जरा, डाँठ र पात स्पष्ट छुट्टिएको हुन्छ । (Because they have distinct roots, stems, and leaves.)
  • यिनीहरूमा भास्कुलर तन्तुहरू (जाइलेम र फ्लोएम) विकसित भएका हुन्छन् । (They have developed vascular tissues.)

5. भाले र कर्मी मौरी बिच कुनै दुईओटा फरकहरू लेख्नुहोस् ।
(Write any two differences between a drone bee and a worker bee.)

उत्तर (Answer):

भाले मौरी (Drone Bee) कर्मी मौरी (Worker Bee)
यो रानी मौरी भन्दा सानो तर कर्मी भन्दा ठूलो हुन्छ । (Smaller than queen, intermediate size) यो घारमा सबैभन्दा सानो हुन्छ । (Smallest bee in the hive)
यिनीहरूले रानी मौरीसँग समागम गर्न मद्दत गर्छन् । (They help to mate with the queen bee) यिनीहरूले पराग जम्मा गर्ने, घार बनाउने र लार्भाको हेरचाह गर्ने काम गर्छन् । (They bring nectar, form hive, take care of larvae)

6. मेन्डलले आफ्‌नो प्रयोगका लागि केराउको विरुवालाई किन रोजे ? कुनै दुईओटा कारणहरू दिनुहोस् ।
(Why did Mendel choose the pea plant for his experiment? Give any two reasons.)

उत्तर (Answer):

  • केराउको बिरुवा छिटो बढ्छ र छोटो समयमा नयाँ बिरुवा उत्पादन गर्दछ । (The plants grow and form new plants quickly.)
  • यिनीहरूमा स्पष्ट देखिने धेरै फरक गुणहरू हुन्छन् । (They have lots of different traits that are easy to see.)

7. तल दुईप्रकारका कोष विभाजन प्रक्रिया देखाइएको छ :
(Two types of cell division are shown below.)

A कोष विभाजन (Cell division) 2n प्रजनन कोष (Reproductive cell) ग्यामेट निर्माण (Gamete formation) प्रक्रिया Process P सोमाटिक कोष (Somatic cell) वृद्धि (Growth) प्रक्रिया Process
(i) A ले कुन प्रकारको कोष विभाजन जनाउँछ ?
(What type of cell division does A represent?)
(ii) यी दुई प्रकारका कोष विभाजनको कुनै एक फरक लेख्नुहोस् ।
(Write any one difference between these two types of cell divisions.)

उत्तर (Answer):

(i) अर्धसूत्री कोष विभाजन (Meiosis cell division).

(ii) प्रक्रिया A प्रजनन कोषमा हुन्छ र यसले प्रजननमा मद्दत गर्दछ । प्रक्रिया B सोम्याटिक कोषमा हुन्छ र यसले घाउ निको पार्न वा वृद्धिमा मद्दत गर्दछ ।

8. पोलेको ठाउँमा उपचार गर्न प्रयोग हुने विरुवाको नाम लेख्नुहोस् । उक्त विरुवाको थप एक उपयोगिता लेख्नुहोस् ।
(Write the name of the plant which is used in the treatment of burns. Write one other use of this plant.)

उत्तर (Answer):

विरुवा: घिउकुमारी (Aloe-vera).

उपयोगिता: यो कपाल चम्किलो बनाउन, छाला सम्बन्धी रोगको उपचार गर्न र भिटामिन ए आपूर्तिको लागि प्रयोग गरिन्छ । (It is used to lighten the hair, for skin diseases and to supply Vitamin A.)

9. एउटा क्रिकेट बललाई पानीमा डुबाइ जोख्दा $2\text{N}$ र त्यसले विस्थापित गरेको पानीको तौल $1\text{N}$ छ भने,
(If the weight of a cricket ball in water is $2\text{N}$ and the weight of the water displaced by it is $1\text{N}$.)
(i) बलको वास्तविक तौल कति हुन्छ ?
(What is the actual weight of the cricket ball?)
(ii) यो प्रयोग कुन सिद्धान्तमा आधारित हुन्छ ?
(On which principle is this experiment based?)

उत्तर (Answer):

(i) वास्तविक तौल = पानीमा तौल + विस्थापित पानीको तौल
$= 2\text{N} + 1\text{N} = 3\text{N}$

(ii) आर्किमिडिजको सिद्धान्त (Archimedes’ Principle).

10. धेरै चिसो स्थानमा रहेका पानीका पाइपहरू हिउदमा फुट्छन् । यसका कुनै दुई कारणहरू लेख्नुहोस् ।
(Water pipes burst in very cold places in winter. Write any two reasons for this.)

उत्तर (Answer):

  • पानी जमेर बरफ बन्दा यसको आयतन बढ्छ (पानीको असामान्य प्रसार वा Anomalous expansion) । (When water freezes, volume increases in solid state at $0^{\circ}\text{C}$.)
  • बढेको आयतनले पाइप भित्र चाप बढाउँछ र पाइपको भित्ता फुट्छ । (Pressure increases inside and bursts the wall of pipes.)

11. एउटा $500\text{g}$ पिण्ड भएको पदार्थलाई $100^{\circ}\text{C}$ बाट $226^{\circ}\text{C}$ सम्म तताउन $5980\text{J}$ तापशक्ति आवश्यक पर्छ भने उक्त पदार्थको विशिष्ट तापधारण क्षमता हिसाब गर्नुहोस् ।
(If a substance of mass $500\text{g}$ needs $5980\text{J}$ of heat to increase its temperature from $100^{\circ}\text{C}$ to $226^{\circ}\text{C}$, calculate its specific heat capacity.)

उत्तर (Answer):

Given:
Mass ($m$) = $500\text{g} = 0.5\text{kg}$
Change in temperature ($dt$) = $226 – 100 = 126^{\circ}\text{C}$
Heat ($Q$) = $5980\text{J}$
Specific heat capacity ($S$) = ?

Formula: $S = \frac{Q}{m \times dt}$

Calculation:
$S = \frac{5980}{0.5 \times 126} = \frac{5980}{63} = 94.92 \text{ J/kg}^{\circ}\text{C}$

Ans: The specific heat capacity is approximately $94.92 \text{ J/kg}^{\circ}\text{C}$.

12. पृथ्वीको सतहबाट इन्द्रेणी सधैं अर्ध वृत्ताकार र एउटै मोटाइमा देखिनुका दुईओटा कारणहरु लेख्नुहोस् ।
(State two reasons why a rainbow always appears semicircular and of the same thickness from the surface of the earth.)

उत्तर (Answer):

  • विभिन्न पानीका थोपाहरूबाट आँखामा आइपुग्ने प्रकाश सधैं लगभग एउटै कोणमा हुन्छ, त्यसैले यो एउटै मोटाइको देखिन्छ । (Light reaching eyes from different raindrops always exists at nearly same angle.)
  • पृथ्वीको क्षितिजले वृत्ताकार इन्द्रेणीको तल्लो भाग छेक्ने हुनाले यो अर्धवृत्ताकार देखिन्छ । (Horizontal condition of the earth blocks lower half.)

13. एक विद्यार्थीले ग्यास जारमा रहेको ग्यास नजिकै बलिरहेको सलाइको काँटी राख्दा उक्त काँटी निभ्यो । उक्त ग्यासमा बलिरहेको म्याग्नेसियम रिबन घुसाउँदा हुने रासायनिक प्रतिक्रियाको सन्तुलित समीकरण लेख्नुहोस् ।
(A student inserted a burning matchstick into a gas jar and it extinguished. Write the balanced chemical equation of the reaction that takes place when a burning magnesium ribbon is inserted into the gas jar.)

उत्तर (Answer):

$2\text{Mg} + \text{CO}_2 \longrightarrow 2\text{MgO} + \text{C}$

14. खनिज र धाउमा कुनै दुईओटा फरक लेख्नुहोस् ।
(Write any two differences between mineral and ores.)

उत्तर (Answer):

खनिज (Mineral) धाउ (Ore)
पृथ्वीको सतहमा पाइने धातुका यौगिकहरूलाई खनिज भनिन्छ । (Compounds of metal found in earth’s crust.) जुन खनिजबाट नाफामूलक ढंगले धातु निकाल्न सकिन्छ त्यसलाई धाउ भनिन्छ । (Mineral from which metal can be extracted profitably.)
सबै खनिजहरू धाउ होइनन् । (All minerals are not ores.) सबै धाउहरू खनिज हुन् । (All ores are minerals.)

15. कार्बन संख्या दुई भएको अल्कोहलको नाम र संरचना सूत्र लेख्नुहोस् ।
(Write the name and structural formula of the alcohol having two carbons.)

उत्तर (Answer):

नाम (Name): इथाइल अल्कोहल वा इथानोल (Ethyl alcohol / Ethanol)

संरचना सूत्र (Structural Formula): $\text{CH}_3\text{CH}_2\text{OH}$

C C O H H H H H H

16. डिटरजेन्ट प्रयोग गर्नु वातावरणीय दृष्टिकोणले हानिकारक हुनुका कुनै दुईओटा कारणहरू लेख्नुहोस् ।
(The use of detergent is harmful from environmental perspectives. Give any two reasons for this.)

उत्तर (Answer):

  • यो सडेर जाँदैन (Non-biodegradable) ।
  • यसले रासायनिक प्रदूषण निम्त्याउँछ (It causes chemical pollution) ।

Group ‘D’: Long Answer Questions (7 × 4 = 28)

17. दैनिक जीवनमा डिजिटल प्रविधिका दुईओटा सकारात्मक र दुईओटा नकारात्मक प्रभावहरू लेख्नुहोस् ।
(Write any two positive and any two negative effects of digital technology in daily life.)

उत्तर (Answer):

सकारात्मक प्रभावहरू (Positive Aspects):

  • डिजिटल पुस्तकालय (Digital library)
  • अनलाइन व्यापार र भुक्तानी (Online business and digital payments)

नकारात्मक प्रभावहरू (Negative Aspects):

  • साइबर अपराध (Cybercrime)
  • शारीरिक व्यायमको कमी (Lack of exercise)

18. कालो (BB) र सेतो (bb) कुकुरहरूबाट जन्मेका सन्तानहरू पहिलो र दोस्रो वंशमा देखापर्ने नतिजा मेण्डलले गरेको प्रयोग अनुसार फिनोटाइप र जिनोटाइप दुवै देखिने गरी चार्टमा देखाउनुहोस् र दोस्रो वंशको फिनोटाइप र जिनोटाइप अनुपात पनि लेख्नुहोस् ।
(Draw a chart to show both phenotype and genotype of offspring produced from dogs of black (BB) and white (bb) colour in the 1st and 2nd filial generation according to Mendel’s experiment. Write the ratio of phenotype and genotype of the second filial generation.)

उत्तर (Answer):

Inheritance Chart for Black and White Dogs

Phenotype Ratio (F2): $3:1$ (3 Black : 1 White)

Genotype Ratio (F2): $1:2:1$ (1 BB : 2 Bb : 1 bb)

19. चार जना व्यक्तिको रगतको नमुना परीक्षण गर्दा निम्न नतिजा प्राप्त भयो ।
(Following results were obtained when the blood samples of four people were tested.)
A: RBC को मात्रा न्यून (RBC count is low)
B: WBC को मात्रा बढी (WBC count is high)
C: प्लेटलेट्सको मात्रा न्यून (Platelets count is low)
D: चिनीको मात्रा बढी (Amount of sugar is high)

उत्तर (Answer):

(i) कुन नमुना भएको व्यक्तिलाई चोटपटक लाग्दा धेरै रगत बग्छ ?
(The person with which blood sample bleeds more during injuries?)
उत्तर: C (Platelets count is low)

(ii) कुन नमुना भएको व्यक्ति एकैछिन हिंड्दा पनि थाक्छ ?
(The person with which blood sample becomes tired even after a short walk?)
उत्तर: A (RBC count is low – causes Anemia/Low Oxygen)

(iii) कुन नमुना भएको व्यक्तिलाई एन्टिबायोटिकको आवश्यकता पर्दछ ?
(The person with which blood sample needs to take antibiotics?)
उत्तर: B (WBC count is high – indicates infection)

(iv) कुन नमुना भएको व्यक्तिको मृगौलामा समस्या हुन सक्छ ?
(The person with which blood sample could have problems in the kidney?)
उत्तर: D (Amount of sugar is high – Diabetes affects kidneys)

20. न्युटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम लेख्नुहोस् र $F = \frac{Gm_1 m_2}{d^2}$ हुन्छ भनी उपयुक्त चित्रसहित प्रमाणित गर्नुहोस् ।
(State Newton’s Universal Law of Gravitation and prove that $F = \frac{Gm_1 m_2}{d^2}$ with the help of an appropriate diagram.)

उत्तर (Answer):

नियम (Law): ब्रह्माण्डमा रहेका कुनै पनि दुई वस्तुहरू बिच लाग्ने गुरुत्वाकर्षण बल तिनीहरूको पिण्डको गुणनफलसँग समानुपातिक हुन्छ र तिनीहरूको केन्द्रबिचको दुरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ ।
(Force is directly proportional to product of masses and inversely proportional to square of distance.)

Newton's Law of Gravitation Diagram

प्रमाण (Derivation):

मानौँ, दुई वस्तुको पिण्ड $m_1$ र $m_2$ छ र तिनीहरू बिचको दुरी $d$ छ ।
i. $F \propto m_1 m_2$ ….. (1)
ii. $F \propto \frac{1}{d^2}$ ….. (2)
समीकरण (1) र (2) लाई मिलाउँदा:
$F \propto \frac{m_1 m_2}{d^2}$
$\therefore F = \frac{G m_1 m_2}{d^2}$
(जहाँ G गुरुत्वाकर्षण स्थिरांक हो ।)

21. दिइएका दुई लेन्सको प्रकार उल्लेख गर्नुहोस् ।
(Mention the types of these two lenses.)
A: $f = +20\text{ cm}$
B: $f = -25\text{ cm}$

तिमध्ये कुन लेन्सले वस्तुलाई उक्त लेन्सबाट $15\text{ cm}$ मा राख्दा अवास्तविक र वस्तुभन्दा ठूलो आकृति बनाउँछ ? उपयुक्त किरण रेखाचित्र कोर्नुहोस् ।
(Out of these two lenses, which one forms a virtual and magnified image when an object is kept $15\text{ cm}$ away from the lens? Draw an appropriate ray diagram of this.)

उत्तर (Answer):

लेन्सहरूको प्रकार (Types of Lenses):

  • A: कन्भेक्स लेन्स (Convex Lens) [Positive focal length]
  • B: कन्केभ लेन्स (Concave Lens) [Negative focal length]

लेन्स र किरण रेखाचित्र (Lens and Ray Diagram):

लेन्स A (Convex Lens) ले अवास्तविक र ठूलो आकृति बनाउँछ किनभने वस्तुको दुरी ($u = 15\text{cm}$) लेन्सको फोकल दुरी ($f = 20\text{cm}$) भन्दा कम छ । (Object is placed between Focus and Optical Center).

Ray Diagram for Convex Lens

22. दिइएको चित्र अध्ययन गर्नुहोस् ।
(Study the given figure regarding Transformers.) Transformer Diagram

(i) चित्रमा X र Y ट्रान्सफर्मरको प्रकार लेख्नुहोस् ।
(Name the type of transformers X and Y.)

(ii) चित्र A मा जस्तै गरि विद्युत् प्रशारण गर्दा हुने दुईओटा समस्याहरु लेख्नुहोस् ।
(Write any two problems of transmitting electricity the way shown in figure A.)

उत्तर (Answer):

(i) ट्रान्सफर्मरको प्रकार:

  • X: स्टेप-अप ट्रान्सफर्मर (Step-up transformer) [Power station to transmission line]
  • Y: स्टेप-डाउन ट्रान्सफर्मर (Step-down transformer) [Transmission line to user]

(ii) समस्याहरू (Problems in Figure A):

  • विद्युतीय उपकरणहरूले राम्रोसँग काम गर्दैनन् (Appliances cannot work properly).
  • विद्युतीय उपकरणहरू बिग्रन सक्छन् (Electrical appliances may get damaged due to wrong voltage).

23. (i) आधुनिक पेरियोडिक नियम लेख्नुहोस् ।
(State Modern Periodic Law.)
(ii) तत्त्व (Element) A: $1s^2, 2s^2 2p^6, 3s^1$ तत्त्व (Element) B: $1s^2, 2s^2 2p^4$
(a) तत्त्व B पेरियोडिक तालिकाको कुन ग्रुपमा पर्दछ?
(In which group of the periodic table does element B lie?)
(b) A र B का बिच हुने रासायनिक प्रतिक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
(Write the balanced chemical equation obtained in the reaction between A and B.)

उत्तर (Answer):

(i) आधुनिक पेरियोडिक नियम:
तत्त्वहरूको भौतिक तथा रासायनिक गुणहरू तिनीहरूको पारमाणविक संख्या (Atomic Number) को पेरियोडिक कार्यफल हुन्छन् ।
(Physical and chemical properties of elements are a periodic function of their atomic number.)

(ii)(a) ग्रुप:
Group VIA (16)

(ii)(b) रासायनिक समीकरण:
$4\text{Na} + O_{2} \rightarrow 2\text{Na}_2O$
(Element A is Sodium (Na) and B is Oxygen (O))

Scroll to Top