Class 10 Account (कार्यालय सञ्चालन तथा लेखा)
CDC नमूना प्रश्नोत्तर (Account Model Question Solution) — पूर्णाङ्क: ७५
CDC द्वारा जारी सम्पूर्ण २२ प्रश्नहरूको विस्तृत उत्तरसहित SEE board exam तयारीको पूर्ण मार्गदर्शिका
यो पृष्ठमा Class 10 Account (कार्यालय सञ्चालन तथा लेखा) विषयको CDC द्वारा जारी नमूना प्रश्नोत्तर (Account Model Question Solution) को सम्पूर्ण समाधान प्रस्तुत गरिएको छ। यहाँ Group A, B र C का सबै २२ प्रश्नहरूको उत्तर नेपाली र अङ्ग्रेजी दुवै भाषामा दिइएको छ।
पाठ्यक्रमको आधिकारिक जानकारीका लागि CDC Nepal Official Website हेर्नुहोस् । थप अध्ययन सामग्रीका लागि हाम्रो Class 10 Account Notes सङ्ग्रह हेर्नुहोस् ।
समूह “क” (Group “A”) — अति छोटो उत्तर (Very Short Answer Questions) [११ × १ = ११]
(Name any two office procedures related to decision making.)
(क) प्रस्ताव (Proposal)
(ख) टिप्पणी (Noting/Office Note)
(When was Nepal Rastra Bank established?)
(What is indirect tax?)
(How do you record outstanding salary expenses at the end of a year in the final accounts?)
(State any two names of government offices that use central level accounting.)
(क) अर्थ मन्त्रालय (Ministry of Finance)
(ख) राष्ट्रिय योजना आयोग (National Planning Commission)
(What is revenue accounting system?)
(Write any two important points of store accounting.)
(क) खरिद योजना तर्जुमा गरी सोहीअनुसार खरिदको कार्यसम्पादन गर्न सहयोग पुग्दछ ।
(ख) जिन्सी मालसामानको संरक्षण, पारदर्शिता एवं दुरुपयोग रोक्नमा सहयोग पुग्दछ ।
(Show the journal voucher format at the time of receipt of retention amount in cash.)
| मिति | विवरण | खा.पा.नं. | डेविट रु. | क्रेडिट रु. |
|---|---|---|---|---|
| … | डे. नगद खाता (बैंक नगदी किताब) क्रे. व्यक्तिगत धरौटी खाता (धरौटी रकम नगदमा प्राप्त गरियो) |
XXX | XXX |
(What is fund?)
(Which is the apex auditing body in Nepal?)
(How does the use of computer in accounting help in cost control?)
समूह “ख” (Group “B”) — छोटो उत्तर (Short Answer Questions) [८ × ५ = ४०]
(Mention the aspects to be considered while preparing a report.) ५ अङ्क
- १. शीर्षक (Heading): प्रतिवेदनको सबैभन्दा माथिल्लो भागमा स्पष्ट शीर्षक राखिनुपर्दछ, जसले प्रतिवेदनको विषयवस्तु र उद्देश्यलाई प्रतिबिम्बित गर्न सकोस् ।
- २. समयावधि (Time Period): प्रतिवेदन निर्धारित समयावधिभित्र तयार गर्नुपर्दछ । यो साप्ताहिक, मासिक, अर्धवार्षिक वा वार्षिक हुन सक्दछ ।
- ३. प्रस्तुति (Presentation): प्रतिवेदन निश्चित ढाँचामा तयार गरी समेटिएका तथ्याङ्क, समस्या र सुझावहरू तथ्यपूर्ण विश्लेषणसहित स्पष्ट रूपमा प्रस्तुत हुनुपर्दछ ।
- ४. सञ्चारयोग्यता (Communicative Nature): तालिका, रेखाचित्र, चार्ट आदि दृश्य सामग्रीको उपयोग गरी सूचनालाई प्रभावकारी ढङ्गले प्रसार गर्न सकिने गरी तयार पार्नुपर्दछ ।
- ५. भाषा र चिह्नमा स्पष्टता (Clarity of Language and Symbols): प्रतिवेदनमा सरल, शिष्ट र एकअर्थी भाषाको प्रयोग गर्नुपर्दछ; दोहोरो अर्थ लाग्ने वा अस्पष्ट भाषाको प्रयोगबाट जोगिनु आवश्यक छ ।
- ६. हस्ताक्षर (Signature): प्रतिवेदनको अन्त्यमा तयार पार्ने व्यक्ति वा अधिकारप्राप्त पदाधिकारीको हस्ताक्षर र मिति अनिवार्य रूपमा राखिनुपर्दछ ।
(Why do business organizations use accounting? Explain.) ५ अङ्क
- १. कारोबारहरूको व्यवस्थित अभिलेख राख्न (To Maintain Systematic Records): मुद्रामा अभिव्यक्त गर्न मिल्ने सम्पूर्ण व्यावसायिक कारोबारहरूलाई वैज्ञानिक र व्यवस्थित तरिकाले लिखित रूपमा अभिलेख गर्नु लेखाविधिको मुख्य प्रयोजन हो ।
- २. प्रयोगकर्ताहरूलाई जानकारी उपलब्ध गराउन (To Provide Information to Users): मालिक, व्यवस्थापक, लगानीकर्ता, बैंक, सरकार जस्ता आन्तरिक तथा बाह्य प्रयोगकर्ताहरूलाई व्यवसायको वित्तीय स्थितिबारे सूचना प्रदान गर्नुपर्ने हुन्छ ।
- ३. कर दायित्वको निर्धारणमा सहयोग गर्न (To Assist in Tax Determination): लेखाविधिले निश्चित अवधिमा आर्जित नाफानोक्सान स्पष्ट पार्दछ, जसकै आधारमा सरकारलाई भुक्तानी गर्नुपर्ने कर रकम यकिन गरिन्छ ।
- ४. लागत नियन्त्रण गर्न (To Control Costs): पूर्वनिर्धारित मापदण्ड र वास्तविक लागतबिच तुलना गरी अनावश्यक खर्च घटाई लागत नियन्त्रण गर्न लेखाविधि उपयोगी हुन्छ ।
- ५. योजना तर्जुमा गर्न (To Formulate Plans): विगतका वित्तीय विवरणहरूलाई आधार मानी भावी लक्ष्य निर्धारण गर्न र सङ्गठनलाई सही दिशामा अगाडि बढाउन लेखाविधिले महत्त्वपूर्ण योगदान पुर्याउँछ ।
(Prepare Bank Reconciliation Statement.) ५ अङ्क
प्रश्न:
एउटा व्यावसायिक फर्मको पासबुकले रु. ६५,००० बैंक मौज्दात देखाएको छ । नगद पुस्तिकासँग भिडाउँदा निम्न भिन्नताहरू पत्ता लाग्यो: (A passbook of a business firm showed a bank balance of Rs. 65,000. While comparing with cash book, the following discrepancies were found:)
- क. रु. १२,००० को चेक जारी भएको तर भुक्तानीका लागि बैंकमा प्रस्तुत नभएको । (Cheque issued but not presented to bank: Rs. 12,000)
- ख. रु. ८,००० को चेक जम्मा गर्न पठाइएको तर बैंकमा सङ्कलन नभएको । (Cheque sent for deposit but not collected by bank: Rs. 8,000)
- ग. बैंक दस्तुर रु. १,५०० पासबुकमा मात्र डेविट गरिएको । (Bank charge Rs. 1,500 debited only in passbook)
- घ. लगानीबाट प्राप्त ब्याज रु. ६,००० पासबुकमा मात्र क्रेडिट गरिएको । (Interest on investment Rs. 6,000 credited only in passbook)
- ङ. एक ग्राहकले सोझै बैंकमा रु. ९,००० जम्मा गरेको तर नगद पुस्तिकामा अभिलेख नभएको । (Customer directly deposited Rs. 9,000 in bank but not recorded in cash book)
समाधान — बैंक हिसाब मिलान विवरण (Bank Reconciliation Statement)
| विवरण (Particulars) | रु. | जम्मा रु. |
|---|---|---|
| पासबुकअनुसारको बैंक मौज्दात | ६५,००० | |
| जोडः | ||
| चेक जम्मा गर्न पठाइएको तर बैंकमा सङ्कलन नभएको | ८,००० | |
| बैंक दस्तुर पासबुकको डेविटमा मात्र चढाइएको | १,५०० | ९,५०० |
| ७४,५०० | ||
| घटाउः | ||
| चेक जारी भएको तर बैंकमा प्रस्तुत नभएको | १२,००० | |
| लगानीको ब्याज पासबुकमा मात्र क्रेडिट भएको | ६,००० | |
| ग्राहकले सोझै बैंकमा जम्मा गरेको तर नगद पुस्तिकामा नचढाइएको | ९,००० | २७,००० |
| नगद पुस्तिकाअनुसारको बैंक मौज्दात | ४७,५०० |
(Prepare entries for rectification of errors.) ५ अङ्क
प्रश्न: निम्न त्रुटिहरू सन्तुलन परीक्षण तयार पार्नु अगाडि पत्ता लगाइएका हुन्: (Following errors were detected before preparation of trial balance:)
- क. घरभाडा रु. ५,००० भुक्तानी गरिएकोमा गल्तीले ज्याला भुक्तानी खातामा डेविट गरिएको पाइयो ।
- ख. रामलाई रु. ७,००० तलब भुक्तानी गर्दा भुलवश रामको खातालाई डेविट गरिएको पाइयो ।
- ग. रु. २०,००० को मेसिन खरिद गरेकोमा रु. २,००० मात्र मेसिन खातामा डेविट गरेको पाइयो ।
- घ. विक्री पुस्तिकामा रु. ५,००० न्यून अभिलेखन गरियो ।
समाधान — संशोधित गोश्वारा भौचर (Rectification Journal Entries)
| क्र.सं. | विवरण | खा.पा.नं. | डेविट रु. | क्रेडिट रु. |
|---|---|---|---|---|
| क. | डे. घरभाडा खाता क्रे. ज्याला खाता (घरभाडा गल्तीले ज्याला खातामा डेविट गरिएकाले सुधार गरियो) |
५,००० | ५,००० |
|
| ख. | डे. तलब खाता क्रे. रामको खाता (रामको तलब गल्तीले रामको खातामा डेविट गरिएकाले सुधार गरियो) |
७,००० | ७,००० |
|
| ग. | डे. मेसिनरी खाता (थप रकम: Rs. 20,000 – Rs. 2,000 = Rs. 18,000) क्रे. सम्झौता खाता / लेखा सुधार (मेसिनरी खातामा कम रकम अभिलेख भएकाले थप Rs. 18,000 प्रविष्टि गरियो) |
१८,००० | १८,००० |
|
| घ. | — (एकतर्फी गल्ती — विक्री खातामा रु. ५,००० क्रेडिट गरी सुधार गरियो ।) (विक्री पुस्तिकामा कम अभिलेख भएकाले विक्री खातामा थप Rs. 5,000 क्रेडिट गरियो) |
५,००० |
(Introduce alphabetical filing and mention its four advantages and disadvantages.) ५ अङ्क [१+२+२]
वर्णमालाका अक्षरहरूको क्रमानुसार कागजपत्रहरू मिलाएर राख्ने फाइलिङ विधिलाई वर्णानुक्रम फाइलिङ भनिन्छ । नेपालीमा ‘क, ख, ग…ज्ञ’ र अङ्ग्रेजीमा A, B, C…Z को क्रमले मिलाइन्छ ।
फाइदाहरू (Advantages):
- सजिलो (Simple): यो विधि बुझ्न र चलाउन सहज छ; विशेष दक्षताको आवश्यकता पर्दैन ।
- मितव्ययी (Economical): छुट्टै अनुक्रमणिका (Index) बनाउनु नपर्ने भएकाले खर्च र समय दुवैमा बचत हुन्छ ।
- लचिलो (Flexible): आवश्यकताअनुसार सजिलै फाइलहरू थप्न वा हटाउन सकिन्छ ।
- सर्वत्र उपयुक्त (Universally Suitable): साना र ठूला सबै प्रकारका संस्थाहरूमा प्रयोग गर्न सकिन्छ ।
- ठूला संस्थाका लागि अनुपयुक्त (Unsuitable for Large Orgs.): धेरै कागजपत्र हुँदा क्रम मिलाउन जटिल हुन्छ ।
- एउटै नाम भएमा कठिनाइ (Same Name Problem): पहिलो अक्षर समान भएका धेरै संस्थाहरू भएमा वर्गीकरण भ्रामक हुन सक्छ ।
- गोपनीयताको कमी (Lack of Secrecy): सबैले सजिलै बुझ्न सक्ने भएकाले सूचनाको सुरक्षा कमजोर हुन्छ ।
- शब्द वर्तनी त्रुटि (Spelling Errors): नाम वर्तनीमा थोरै भिन्नता आएमा फाइल खोज्न गाह्रो हुन्छ ।
(Explain any five bases of government accounting in Nepal.) ५ अङ्क
- १. संवैधानिक तथा कानुनी आधार (Constitutional & Legal Basis): नेपालमा सरकारी लेखाको संरचना, ढाँचा र लेखापरीक्षणसम्बन्धी व्यवस्था संविधान तथा सम्बन्धित ऐन, नियमावलीद्वारा नै तोकिएको छ । यी सीमाभित्र रहेर मात्र सरकारी लेखाङ्कन गर्न मिल्दछ ।
- २. सैद्धान्तिक आधार (Theoretical Basis): लेखाङ्कन गर्दा अनुसरण गरिने मान्यता, परम्परा, अवधारणा र सिद्धान्तहरूलाई सैद्धान्तिक आधार भनिन्छ, जुन सरकारी लेखाको मेरुदण्ड हो ।
- ३. लेखापालनका आधार (Accounting Basis): नेपाल सरकार तथा प्रदेश सरकारले मुख्यतः नगद आधार (Cash Basis) मा लेखा राख्दछन् भने केही स्थानीय तहले प्रोद्भावी आधार (Accrual Basis) पनि अपनाउँछन् ।
- ४. लेखा मापदण्डको आधार (Accounting Standards Basis): नेपाल लेखामान (NAS), नेपाल लेखापरीक्षण मान, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकले सुझाएका मापदण्डहरूलाई सरकारी लेखाले मार्गदर्शनका रूपमा अवलम्बन गर्दछ ।
- ५. प्रशासनिक तथा संस्थागत आधार (Administrative & Institutional Basis): महालेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षकको कार्यालयजस्ता संस्थाहरूको माध्यमबाट सरकारी लेखा सञ्चालन, नियन्त्रण र परीक्षण हुन्छ ।
(Prepare Statement of Expenditure.) ५ अङ्क
प्रश्न: तलका विवरणबाट जिल्ला प्रहरी कार्यालय, सिन्धुली २०८० पौषको खर्चको फाँटबारी तयार गर्नुहोस् ।
(Prepare Statement of Expenditure of District Police Office, Sindhuli for the month of Poush 2080.)
| बजेट हिसाब नं. | बजेट उपशीर्षक | वार्षिक बजेट रु. | मार्गसम्मको खर्च रु. | पौषको खर्च रु. |
|---|---|---|---|---|
| २११११ | पारिश्रमिक | ३,७०,००० | १,३९,००० | २४,००० |
| २२१११ | पोसाक | ४३,००० | ६,६०० | १,२०० |
| २२७११ | विविध खर्च | ३३,५०० | १०,४०० | २,१०० |
| २२३११ | कार्यालय सामग्री | १८,००० | ८,००० | १,५०० |
| २२६१२ | भ्रमण खर्च | ७०,००० | २८,००० | ६,००० |
| २२२११ | इन्धन खर्च | ८९,००० | ३०,००० | ७,५०० |
| जम्मा | ६,२३,५०० | २,२२,००० | ४२,३०० |
थप जानकारी: फछ्यौट हुन बाँकी इन्धन पेस्की रु. ३,०००
समाधान — खर्चको फाँटबारी (म.ले.प.फा.नं. २१०)
जिल्ला प्रहरी कार्यालय, सिन्धुली — पौष २०८०
| खर्च सङ्केत नं. | खर्च शीर्षकको नाम | वार्षिक बजेट रु. | पौष महिनासम्मको निकासा रु. | मार्ग महिनासम्मको खर्च रु. | पौष महिनाको खर्च रु. | पौष महिनासम्मको खर्च रु. | पेस्की रु. | पेस्कीबाहेक खर्च रु. | बाँकी बजेट रु. |
|---|---|---|---|---|---|---|---|---|---|
| २११११ | पारिश्रमिक | ३,७०,००० | १,६३,००० | १,३९,००० | २४,००० | १,६३,००० | — | १,६३,००० | २,०७,००० |
| २२१११ | पोसाक | ४३,००० | ७,८०० | ६,६०० | १,२०० | ७,८०० | — | ७,८०० | ३५,२०० |
| २२७११ | विविध खर्च | ३३,५०० | १२,५०० | १०,४०० | २,१०० | १२,५०० | — | १२,५०० | २१,००० |
| २२३११ | कार्यालय सामग्री | १८,००० | ९,५०० | ८,००० | १,५०० | ९,५०० | — | ९,५०० | ८,५०० |
| २२६१२ | भ्रमण खर्च | ७०,००० | ३४,००० | २८,००० | ६,००० | ३४,००० | — | ३४,००० | ३६,००० |
| २२२११ | इन्धन खर्च | ८९,००० | ३७,५०० | ३०,००० | ७,५०० | ३७,५०० | ३,००० | ३४,५०० | ५१,५०० |
| कुल जम्मा | ६,२३,५०० | २,६४,३०० | २,२२,००० | ४२,३०० | २,६४,३०० | ३,००० | २,६१,३०० | ३,५९,२०० | |
| वार्षिक बजेटको तुलना (%) | ४२.३९% | ३५.६१% | ६.७८% | ४२.३९% | ०.४८% | ४१.९१% |
(Write any five functions of the Ministry of Finance.) ५ अङ्क
- १. बजेट तर्जुमा र कार्यान्वयन: वार्षिक आय-व्ययको अनुमान (बजेट) तयार गरी संसदमा पेस गर्ने र त्यसको कार्यान्वयन तथा नियमन गर्ने ।
- २. मौद्रिक नीति: नेपाल राष्ट्र बैंकसँग समन्वय गरी मौद्रिक नीति तर्जुमा, केन्द्रीय बैंक सञ्चालन र बैंकिङ क्षेत्र नियमन गर्ने ।
- ३. सरकारी कोष सञ्चालन: सङ्घीय सञ्चित कोष, आकस्मिक कोष र कार्य सञ्चालन कोष व्यवस्थापन गर्ने; आम्दानी र खर्चको अनुगमन गर्ने ।
- ४. सेवा सुविधा व्यवस्थापन: सरकारी कर्मचारीहरूको तलब, भत्ता, उपदान, निवृत्तीभरण र अन्य आर्थिक दायित्वसम्बन्धी कार्यसम्पादन गर्ने ।
- ५. लेखा र लेखापरीक्षण प्रणाली व्यवस्थापन: सरकारी लेखा प्रणाली, सरकारी लगानी र लाभांश लेखा व्यवस्थापन तथा लेखापरीक्षण प्रणालीको नीति निर्माण र कार्यान्वयन गर्ने ।
(Introduce retention accounting. Mention any three conditions in which retention should be kept.) ५ अङ्क [२+३]
कुनै कार्यसम्पादनको सुनिश्चितताका लागि सो कार्य गर्नुअगावै सुरक्षणस्वरूप असुल गरिने रकमलाई धरौटी भनिन्छ । यस्तो धरौटी रकमको प्राप्ति, मौज्दात, संरक्षण, नियन्त्रण, विश्लेषण र प्रतिवेदनसम्बन्धी सम्पूर्ण प्रक्रियालाई धरौटी लेखा (Retention Accounting) भनिन्छ । यसको मूल उद्देश्य धरौटी रकमको आर्थिक सुशासन कायम राख्दै पारदर्शी हिसाब तयार गर्नु हो ।
धरौटी राख्नुपर्ने तीन अवस्थाहरू:
- १. नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व रकम अग्रिमरूपमा दाखिला गर्नुपर्दा ।
- २. बोलपत्र (Tender) वा लिलाममा सहभागी हुन सम्बन्धित कार्यालयले तोकेको धरौटी रकम जम्मा गर्नुपर्दा ।
- ३. कुनै कार्य सम्पन्न गर्नुभन्दा पहिले सर्तबमोजिम धरौटी राख्नुपर्ने भनी सम्झौता भएको अवस्थामा वा अदालत वा कुनै सरकारी निकायले माग गरेको जमानत रकम बुझाउनुपर्दा ।
(Write briefly about information technology systems used in Nepal’s government accounting.) ५ अङ्क
- १. एकल खाता कोष प्रणाली (Treasury Single Account — TSA): प्रत्येक जिल्लामा एउटै केन्द्रीय बैंक खाताबाट सरकारी बजेट निकासा र भुक्तानी गर्ने स्वचालित प्रणाली हो । यसले सार्वजनिक कोषको पारदर्शिता र आर्थिक अनुशासन सुनिश्चित गर्दछ ।
- २. राजस्व व्यवस्थापन सूचना प्रणाली (Revenue Management Information System — RMIS): सरकारी राजस्व सङ्कलन, सञ्चित कोष खातामा दाखिला र राजस्व लेखाको व्यवस्थापन गर्न तथा राजस्व प्रतिवेदन तयार पार्न प्रयोग हुने प्रणाली हो ।
- ३. वित्तीय व्यवस्थापन सूचना प्रणाली (Financial Management Information System — FMIS): सबै प्रकारका सरकारी आर्थिक कारोबारको एकीकृत राष्ट्रिय वित्तीय प्रतिवेदन तयार गर्न महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने प्रणाली हो ।
- ४. स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (Sub-National Treasury Regulatory Application — SUTRA): स्थानीय तहको बजेट, खर्च, राजस्व, धरौटी र कार्य सञ्चालन कोषको लेखाङ्कन गर्दै समयमै वित्तीय प्रतिवेदन तयार गरी पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले स्थापित प्रणाली हो ।
समूह “ग” (Group “C”) — लामो उत्तर (Long Answer Questions) [३ × ८ = २४]
(Introduce the financial institutions. Describe its five functions.) ८ अङ्क [३+५]
समाजका विभिन्न क्षेत्रमा छरिएर रहेको बचतलाई एकत्रित गरी पूँजीको आवश्यकता भएका व्यक्ति वा क्षेत्रमा लगानी गर्ने वित्तीय मध्यस्थकर्ताहरूलाई वित्तीय संस्था भनिन्छ । यसले बचतकर्ताहरूलाई ब्याज, लाभांश वा अन्य प्रतिफल प्रदान गर्ने सर्तमा कोष सङ्कलन गरी ऋण वा लगानीका माध्यमबाट पूँजीको अभाव भएकाहरूलाई उपलब्ध गराउँछ ।
वित्तीय संस्थाका पाँच प्रमुख कार्यहरू (Five Main Functions):
- १. बचत एकाइबाट घाटा एकाइमा कोष प्रवाह गर्नु (Channelling Funds from Surplus to Deficit Units): वित्तीय संस्थाहरूले विभिन्न खाता, प्रिमियम र योगदानबाट बचतकर्ताको कोष सङ्कलन गरी लगानी वा ऋणका माध्यमबाट पूँजीको माग भएका उद्यमी वा व्यक्तिमा पुर्याउँदछन् ।
- २. जोखिम न्यूनीकरण (Risk Reduction): लगानी विविधीकरणको सिद्धान्त अवलम्बन गरी एकभन्दा बढी क्षेत्रमा लगानी वितरण गरी जोखिम घटाउने र लगानीकर्तालाई सुरक्षित वातावरण प्रदान गर्ने कार्य गर्दछन् ।
- ३. भुक्तानी संयन्त्र उपलब्ध गराउनु (Payment Mechanism): ATM, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, SWIFT, क्रेडिट/डेबिट कार्ड जस्ता आधुनिक प्रविधिको माध्यमबाट सुरक्षित र द्रुत भुक्तानी सेवा प्रदान गर्दछन् ।
- ४. वित्तीय सम्पत्तिको रूपान्तरण (Transformation of Financial Assets): बचत, मुद्दती खाता वा बीमा प्रिमियमबाट सङ्कलित रकमलाई ट्रेजरी बिल, ऋणपत्र, सेयर, सामूहिक लगानी कोष आदि विभिन्न वित्तीय उपकरणमा रूपान्तरण गर्दछन् ।
- ५. कारोबार लागतमा न्यूनीकरण (Reducing Transaction Costs): ठूलो परिमाणमा स्रोत परिचालन गर्ने र जोखिम विश्लेषणमा दक्षता हुने भएकाले वित्तीय संस्थाहरूले न्यूनतम लागतमा सूचना सङ्कलन, प्रशोधन र लगानी प्रबन्ध गर्दछन्, जसले लगानीकर्ता र निक्षेपकर्ता दुवैको कारोबार लागत घटाउँदछ ।
(Prepare Final Accounts.) ८ अङ्क [२+३+३]
प्रश्न: निम्न विवरणहरू एउटा व्यापारीको पुस्तिकाबाट २०८० चैत ३० गते लिइएका हुन् ।
(Following particulars are extracted from a trader’s books on 30 Chaitra 2080.)
| विवरण (Particulars) | डेविट रु. | क्रेडिट रु. |
|---|---|---|
| सुरु मौज्दात (Opening Stock) | २०,००० | |
| ढुवानी (Carriage) | ३०,००० | |
| फर्निचर (Furniture) | ५०,००० | |
| खरिद (Purchase) | २,००,००० | |
| आसामी (Debtors) | १,२०,००० | |
| पूँजी (Capital) | २,६०,००० | |
| साहु (Creditors) | ५०,००० | |
| ज्याला (Wages) | ६०,००० | |
| सामान्य खर्च (General Expenses) | २०,००० | |
| तलब (Salary) | ३०,००० | |
| बीमा (Insurance) | ७०,००० | |
| सामान्य सञ्चिति (General Reserve) | २५,००० | |
| बैंक ऋण (Bank Loan) | ४०,००० | |
| विक्री (Sales) | २,२५,००० | |
| जम्मा (Total) | ६,००,००० | ६,००,००० |
थप जानकारी: क. अन्तिम मौज्दात रु. ३५,००० ख. तिर्न बाँकी तलब रु. ५,००० ग. १०% का दरले फर्निचरमा ह्रास
समाधान
व्यापार खाता (Trading Account) — आ.व. २०८० चैत ३०
| डे. विवरण | रकम रु. | क्रे. विवरण | रकम रु. |
|---|---|---|---|
| सुरु मौज्दात | २०,००० | विक्री | २,२५,००० |
| ढुवानी | ३०,००० | अन्तिम मौज्दात | ३५,००० |
| खरिद | २,००,००० | कुल नोक्सान (हस्तान्तरण) | ५०,००० |
| ज्याला | ६०,००० | ||
| जम्मा | ३,१०,००० | जम्मा | ३,१०,००० |
नाफानोक्सान खाता (Profit and Loss Account) — आ.व. २०८० चैत ३०
| डे. विवरण | रकम रु. | क्रे. विवरण | रकम रु. |
|---|---|---|---|
| कुल नोक्सान (व्यापार खाताबाट) | ५०,००० | खुद नोक्सान (हस्तान्तरण) | १,८०,००० |
| तलब (३०,०००+बाँकी ५,०००) | ३५,००० | ||
| सामान्य खर्च | २०,००० | ||
| बीमा | ७०,००० | ||
| फर्निचरमा मूल्यह्रास (५०,०००×१०%) | ५,००० | ||
| जम्मा | १,८०,००० | जम्मा | १,८०,००० |
वासलात (Balance Sheet) — २०८० चैत ३०
| दायित्व तथा पूँजी | रकम रु. | सम्पत्ति | रकम रु. |
|---|---|---|---|
| पूँजी (२,६०,०००−नोक्सान १,८०,०००) | ८०,००० | फर्निचर (५०,०००−ह्रास ५,०००) | ४५,००० |
| साहु | ५०,००० | आसामी | १,२०,००० |
| भुक्तानी गर्न बाँकी तलब | ५,००० | अन्तिम मौज्दात | ३५,००० |
| सामान्य सञ्चिति | २५,००० | ||
| बैंक ऋण | ४०,००० | ||
| जम्मा | २,००,००० | जम्मा | २,००,००० |
(Prepare Journal Voucher.) ८ अङ्क [१.५+१.५+१.५+२+१.५]
प्रश्न: निम्न कारोबारहरू जिल्ला समन्वय एकाइ, गोरखाका हुन् ।
(Following are the transactions of District Coordination Unit, Gorkha.)
- क. २०८०/०४/०५: कार्यालय सामग्री खरिद गर्न रु. ३०,००० को भुक्तानी आदेश जारी गरियो । (Issued payment order of Rs. 30,000 for purchasing office materials.)
- ख. २०८०/०४/१२: घरधनी श्री चित्रबहादुरलाई घरभाडा भुक्तानी गर्न रु. ५०,००० को भुक्तानी आदेश जारी गरियो । (Issued payment order of Rs. 50,000 for house rent to house owner Mr. Chitra Bahadur.)
- ग. २०८०/०४/१४: शाखा अधिकृत श्रीमती रञ्जु सिलवाललाई भ्रमण खर्च प्रयोजनका लागि रु. २५,००० पेस्की दिइयो । (Advance of Rs. 25,000 given to Section Officer Mrs. Ranju Silwal for travelling expenses.)
- घ. २०८०/०४/२५: साउन महिनाको कर्मचारी पारिश्रमिक रु. ४,४०,००० (सञ्चय कोषसमेत) मध्ये आयकर रु. ३,०००, नागरिक लगानी कोष/सामाजिक सुरक्षा कोष रु. १०,००० र नियमानुसार कर्मचारी सञ्चय कोष कट्टी गरी बाँकी रकमको भुक्तानी आदेश जारी गरियो । (Issued payment order for employees’ remuneration of Rs. 4,40,000 including provident fund after deducting income tax Rs. 3,000 and CIT/Social Security Fund Rs. 10,000.)
- ङ. २०८०/०४/२६: साउन महिनाको पारिश्रमिकमा कट्टा गरिएको रकम सम्बन्धित कार्यालयमा जम्मा गरियो । (The amount deducted from Shrawan salary was deposited in the concerned office.)
समाधान — जिल्ला समन्वय एकाइ, गोरखा
गोश्वारा भौचर (म.ले.प.फा.नं. २०३)
कार्यकारी टिप्पणी: घ मा कर्मचारी सञ्चय कोष = ४,४०,०००−३,०००−१०,०००−खुद तलब; यदि कुल तलब ४,४०,०००=सञ्चय कोषसमेत भने: तलब ४,४०,०००, कट्टी = ३,०००+१०,०००+८०,०००=९३,०००, खुद तलब = ३,४७,०००
| क्र.सं. | ब.ख.नं. | कारोबारको व्यहोरा | खा.पा.नं. | डेविट रु. | क्रेडिट रु. |
|---|---|---|---|---|---|
| क. | २२३११ | डे. व.ख. कार्यालयसम्बन्धी खर्च क्रे. को.ले.नि.का. एकल खाता कोष (कार्यालय सामग्री खरिद गर्न भुक्तानी आदेश जारी गरियो) |
३०,००० | ३०,००० |
|
| ख. | २८१४२ | डे. व.ख. घरभाडा क्रे. को.ले.नि.का. एकल खाता कोष (घरधनी श्री चित्रबहादुरलाई घरभाडा भुक्तानी गर्न आदेश जारी गरियो) |
५०,००० | ५०,००० |
|
| ग. | डे. शाखा अधिकृत श्रीमती रञ्जु सिलवाल भ्रमण खर्च — पेस्की क्रे. को.ले.नि.का. एकल खाता कोष (रञ्जु सिलवाललाई भ्रमण खर्च प्रयोजनका लागि पेस्की दिइयो) |
२५,००० | २५,००० |
||
| घ. | २११११ | डे. व.ख. कर्मचारी पारिश्रमिक क्रे. आयकर क्रे. कर्मचारी सञ्चय कोष क्रे. सामाजिक सुरक्षा कोष (नागरिक लगानी कोष) क्रे. को.ले.नि.का. एकल खाता कोष (आयकर, सञ्चय कोष र सामाजिक सुरक्षा कोष कट्टी गरी साउन महिनाको तलब वितरण गरियो) |
४,४०,००० | ३,००० ८०,००० १०,००० ३,४७,००० |
|
| ङ. | डे. आयकर डे. कर्मचारी सञ्चय कोष डे. सामाजिक सुरक्षा कोष क्रे. को.ले.नि.का. एकल खाता कोष (कट्टी गरिएका सम्पूर्ण रकमहरू सम्बन्धित कार्यालयमा जम्मा गरियो) |
३,००० ८०,००० १०,००० |
९३,००० |
(Prepare Bank Cash Book.) ८ अङ्क [१×५ = ५]
प्रश्न: जिल्ला प्रशासन कार्यालय रसुवाका निम्न कारोबारहरूका आधारमा बैंक नगदी किताब तयार पार्नुहोस् ।
(Prepare bank cash book from the following transactions of District Administration Office, Rasuwa.)
- क. २०८०/०९/०१: घरभाडाबापत रु. १०,००० को भुक्तानी आदेश दिइयो । (Issued payment order of Rs. 10,000 for house rent.)
- ख. २०८०/०९/०५: खरिदार श्रीकृष्ण राईलाई फर्निचर खरिद गर्न रु. ५०,००० पेस्की दिइयो । (Advance of Rs. 50,000 given to Kharidar Shree Krishna Rai for furniture purchase.)
- ग. २०८०/०९/१५: खरिदार श्रीकृष्ण राईले पेस गरेको रु. ४५,००० को फर्निचर बिल आधारमा निजको पेस्की फछ्र्योट गरियो । (Advance cleared on basis of furniture bill of Rs. 45,000.)
- घ. २०८०/०९/२५: पौष महिनाको कुल तलब रु. २,२०,००० मध्ये नियमानुसारको क.सं.कोष र रु. २,००० कर कट्टी गरी तलब निकासा आदेश दिइयो । (Salary payment order issued after deducting provident fund and tax of Rs. 2,000 from total salary Rs. 2,20,000.)
- ङ. २०८०/०९/२९: पौष महिनामा भएका विभिन्न खर्चहरूको को.ले.नि.का. मार्फत भुक्तानी निकासा प्राप्त भयो । (Received payment release through Treasury Comptroller Office for the expenditures of Poush.)
नोट: कर्मचारी सञ्चय कोष (क.सं.कोष) = कुल तलब रु. २,२०,०००–खुद तलब = ४०,००० (नियमानुसार मानिएको)
समाधान — जिल्ला प्रशासन कार्यालय, रसुवा
बैंक नगदी किताब (म.ले.प.फा.नं. २०९)
| मिति | विवरण | नगद (डे.) रु. | बैंक (क्रे.) रु. | बैंक बाँकी रु. | बजेट ख.नं. | बजेट खर्च रु. | पेस्की दिइएको रु. | पेस्की फछ्र्योट रु. | विविध (क्रे.) रु. |
|---|---|---|---|---|---|---|---|---|---|
| ०९/०१ | घरभाडा भुक्तानी आदेश | १०,००० | (१०,०००) | २८१४२ | १०,००० | ||||
| ०९/०५ | श्रीकृष्ण राईलाई फर्निचर पेस्की | ५०,००० | (६०,०००) | ३११२३ | ५०,००० | ५०,००० | |||
| ०९/१५ | श्रीकृष्ण राईको फर्निचर पेस्की फछ्र्योट (नगद फिर्ता रु. ५,०००) | ५,००० | (५५,०००) | ३११२३ | ४५,००० | ५०,००० | |||
| ०९/२५ | पौष महिनाको तलब वितरण (कर र सञ्चय कोष कट्टी) | १,७८,००० | (२,३३,०००) | २११११ | २,२०,००० | ४२,००० | |||
| ०९/२९ | को.ले.नि.का. मार्फत भुक्तानी निकासा प्राप्त | २,३३,००० | ० | २,३३,००० | |||||
| जम्मा | २,३८,००० | २,३८,००० | ० | ३,२५,००० | ५०,००० | ५०,००० | २,७५,००० |
📚 Also Read: Class 10 SEE Notes
Compulsory Subjects
Optional Subjects
