Complete Guide to Hamra Rastriya Sampada (हाम्रा राष्ट्रिय सम्पदा) | Class 10 Social Notes
An overview of Hamra Rastriya Sampada notes for SEE Class 10 Social Studies

एकाइ ३: हाम्रा सामाजिक मूल्य र मान्यता (Hamra Samajik Mulya ra Manyata)

पाठ १: हाम्रा राष्ट्रिय सम्पदा (Hamra Rastriya Sampada)

१. राष्ट्रिय सम्पदा (Hamra Rastriya Sampada) भनेको के हो ? ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको एक-एक ओटा उदाहरण दिनुहोस् ।

उत्तर: देशको पहिचान र गौरव दिलाउने, हाम्रा पूर्वजबाट प्राप्त महत्त्वपूर्ण र संरक्षण योग्य स्थान, वस्तु, कला, संस्कृति र प्राकृतिक परिवेशलाई राष्ट्रिय सम्पदा (Hamra Rastriya Sampada) भनिन्छ। सिन्धुली गढी ऐतिहासिक, मुक्तिनाथ सांस्कृतिक र सगरमाथा प्राकृतिक सम्पदाका उदाहरण हुन्।

२. मूर्त र अमूर्त सम्पदा भनेको के हो? उदाहरणसहित लेख्नुहोस् ।

उत्तर: मूर्त सम्पदा भनेका त्यस्ता सम्पदा हुन् जुन भौतिक रूपमा रहेका हुन्छन्। यस्ता सम्पदालाई हामी प्रत्यक्ष देख्न वा हेर्न सक्छौं। मन्दिर, गुम्बा, जङ्गल, धार्मिक ग्रन्थहरू, लोक तथा शास्त्रीय नृत्यहरू, परिकारहरू मूर्त सम्पदाका उदाहरण हुन्।

अमूर्त सम्पदा भनेका त्यस्ता सम्पदा हुन् जुन मूर्त रूपमा नदेखिने, रूप नभएको र आकार नभएको हुन्छ। संस्कारहरू, प्रचलनहरू, चाडपर्व मनाउने तरिकाहरू, पूजा विधि, परिकार बनाउने तरिका, चित्र बनाउने तरिका यसका उदाहरण हुन्।

३. हाम्रा राष्ट्रिय सम्पदा (Hamra Rastriya Sampada) को आर्थिक, सामाजिक एवम् सांस्कृतिक महत्त्व उल्लेख गर्नुहोस् ।

उत्तर: हाम्रा राष्ट्रिय सम्पदाको आर्थिक, सामाजिक एवम् सांस्कृतिक महत्त्वलाई निम्न बुँदाबाट स्पष्ट पार्न सकिन्छ:

  • स्थानीय तथा राष्ट्रिय पहिचान र गौरव कायम हुने।
  • हाम्रो गहना र पहिचानका रूपमा रहने।
  • पूर्वजको ज्ञान, सीप र प्रविधिको जानकारी र हस्तान्तरण हुने।
  • खोज, अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने।
  • पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने।
  • जैविक विविधता र वातावरण संरक्षणमा सहयोग पुग्ने।
  • देशको चौतर्फी विकासमा सहयोग पुग्ने।
  • मौलिक कला र संस्कृतिको संरक्षण हुने।

४. राष्ट्रिय सम्पदा संरक्षणमा प्रेरणा जगाउने नारा तयार गर्नुहोस् ।

उत्तर: राष्ट्रिय सम्पदा संरक्षणमा प्रेरणा जगाउने नारा:

“राष्ट्रको गहना, राष्ट्रको पहिचान, बढ्छ गौरव,

सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाले विश्वमा छर्छन् नेपालको सौरभ।”

५. “राष्ट्रिय सम्पदा संरक्षणमा सरोकारवालाको भूमिका” शीर्षकमा सम्पादकीय तयार पार्नुहोस् ।

राष्ट्रिय सम्पदा संरक्षणमा सरोकारवालाको भूमिका (सम्पादकीय)

स्वयम्भूनाथ, हनुमान ढोका दरबार क्षेत्र, लुम्बिनी, पशुपति क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, बौद्धनाथ महाचैत्य नेपालका विश्वसम्पदा सूचीमा सूचीकृत भएका राष्ट्रिय सम्पदा हुन्। विश्वसम्पदा सूचीमा सूचीकृत भएका बाहेक पनि नेपालमा धेरै सम्पदा रहेका छन् जुन सम्पदा विश्वसम्पदा सूचीमा समावेश गर्न योग्य र उपयुक्त छन्। अझ कतिपय स्थानमा त यस्ता सम्पदाहरूको खोज र पहिचानसमेत गर्न सकिएको छैन। यस्ता कुरालाई हामीले धेरै महत्त्व दिइरहेका छैनौं। यी हाम्रा लागि निकै महत्त्वपूर्ण छन्— सांस्कृतिक, सामाजिक र आर्थिक हिसाबले।

राष्ट्रिय सम्पदा हाम्रा चिनारी र गहना हुन्। यिनले राष्ट्रको पहिचान र गौरव दिलाउने काम गर्दछन्। यिनलाई राज्यका सबै नागरिकको मूल्यवान् सम्पत्तिका रूपमा लिइन्छ। यी हाम्रा पुर्खाका आदर्श, धरोहर, उच्च कालीगढी नमुना, सभ्यता र परम्पराका द्योतक पनि हुन्। यस्ता सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा सबै नागरिकको समान अधिकार र कर्तव्य रहेको हुन्छ। अहिले तीन तहका सरकार छन्। सबै तहका सरकारले विशेष चासो दिने हो भने यस्ता सम्पदाको पहिचान, संरक्षण र सम्बर्द्धनमा धेरै समय लाग्दैन। हरेक क्षेत्रमा यस्ता सम्पदाको संरक्षण गरी आफ्नो पहिचान दिलाउने मात्र होइन, आन्तरिक र बाह्य पर्यटनलाई प्रवर्द्धन गरी आर्थिक क्षेत्रमा ठूलै फड्को मार्न सकिन्छ। यसमा सरोकारवालाहरू— नागरिक, समुदाय, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको सकारात्मक दृष्टि पर्नु जरुरी छ। यस्ता कार्यमा लागि पर्न नीति तथा कार्यक्रम बनाउने र कार्यान्वयन गर्ने तर्फ चासो दिनु जरुरी छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top