Class 10 Economics (अर्थशास्त्र)
पाठ २: उद्योग (Industry)
SEE board exam तयारीका लागि: पूर्ण सैद्धान्तिक नोट र अभ्यासका सम्पूर्ण प्रश्नोत्तरहरू
Welcome to the complete study guide on Industry (उद्योग) under Nepal’s Economy. This is Chapter 2 of Unit 5 for Class 10 Economics students in Nepal preparing for their SEE board exams.
Here you will find structured theoretical notes on the classification of industries, industrial policies, present state, problems, and solutions of the industrial sector in Nepal, along with fully solved textbook exercises.
Explore our complete study list here: Class 10 Economics Notes.
१. सैद्धान्तिक अवधारणा (Theoretical Concept)
परिचय
उद्योगलाई उत्पादनको द्वितीय क्षेत्र (Secondary Sector) मा समावेश गरिन्छ। यसले विभिन्न प्रकारका कच्चापदार्थ, श्रम र प्रविधिको प्रयोग गरी वस्तु तथा सेवाको उत्पादन गर्छ। अर्थात् उद्योग अर्थतन्त्रको त्यो क्षेत्र हो जसले कच्चापदार्थलाई रूपान्तरण गरेर नयाँ वस्तु उत्पादन गर्छ। यस पाठमा उद्योगको परिचय, प्रकार, महत्त्व, वर्तमान अवस्था, समस्या र समाधानका उपायहरूको अध्ययन गर्ने छौं।
उद्योग ➔ कच्चापदार्थ, श्रम, प्रविधि ➔ वस्तु उत्पादन
(क) उद्योगको परिचय (Introduction to Industry)
समान रूपका वस्तुको उत्पादन गर्ने सङ्गठित संस्था वा प्रतिष्ठानहरूको समूहलाई उद्योग भनिन्छ जुन निश्चित स्थानमा अवस्थित हुन्छ। यसले कच्चापदार्थलाई प्रशोधन (Processing) वा रूपान्तरण (Transformation) गरेर उपभोग्य वा पुँजीगत वस्तु उत्पादन गर्छ र बिक्रीवितरणका लागि वस्तु उपलब्ध गराउँछ। अर्थशास्त्रमा उद्योग भन्नाले उत्पादनका साधनहरू (जस्तै : भूमि, पुँजी, श्रम र सङ्गठन) को प्रयोग गरी वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्ने फर्महरूको समूहलाई बुझाउँछ।
औद्योगिक नीति, २०६७ ले कुनै व्यक्ति, फर्म वा कम्पनीले आयआर्जन गर्ने उद्देश्य लिई वस्तु तथा सेवा प्रदान गर्ने आर्थिक क्रियाकलापलाई औद्योगिक व्यवसाय मानेको छ। औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार “उद्योग भन्नाले विभिन्न प्रकृतिका आधारमा उत्पादन गर्ने एकाइ सम्झनुपर्छ” भनिएको छ।
अतः उद्योग भनेको वस्तु उत्पादन र बिक्रीवितरण गरी आयआर्जन गर्ने उद्देश्यले स्थापना गरिएको व्यावसायिक एकाइ हो।
(ख) उद्योगको प्रकार (Types of Industry)
औद्योगिक क्रान्तिभन्दा पहिला उद्योगलाई कृषि, हस्तकला र व्यापारिक उत्पादनमा सीमित गरिन्थ्यो। औद्योगिक क्रान्तिपश्चात् मेसिन र प्रविधिको प्रयोगले उद्योगको स्वरूप परिवर्तन भयो। यसले गर्दा उद्योगको वर्गीकरणको आवश्यकता महसुस गरियो। उद्योगको वर्गीकरणले आर्थिक योजना तथा नीति निर्माण गर्न, लगानी निर्णय गर्न, रोजगारीको अवसर पहिचान गर्न र अन्तर्राष्ट्रिय व्यापारमा क्षेत्रगत योगदान थाहा पाउन सहयोग पुगेको छ। उद्योगको वर्गीकरणलाई स्थिर पुँजी र वस्तु तथा सेवाको प्रकृतिका आधारमा निम्नानुसार विभाजन गरेर प्रस्तुत गरिएको छ :
(अ) स्थिर पुँजीका आधारमा (On the Basis of Fixed Capital)
औद्योगिक व्यवसाय ऐन, २०७६ ले स्थिर पुँजीका आधारमा उद्योगलाई निम्नानुसार वर्गीकरण गरेको छ :
(आ) वस्तु तथा सेवाको प्रकृतिका आधारमा (On the Basis of Nature of Goods and Services)
वस्तु तथा सेवाको प्रकृतिका आधारमा उद्योगलाई देहायबमोजिम वर्गीकरण गरिएको छ :
(ग) उद्योगको महत्त्व (Importance of Industry)
कुनै पनि देशको आर्थिक विकासका लागि उद्योगको आवश्यकता पर्छ। उद्योगको विकासले एकातिर रोजगारीका अवसरमा वृद्धि हुन्छ भने अर्कोतिर आवश्यक वस्तु तथा सेवाको पूर्ति हुन्छ। साथै अप्रत्यक्ष रूपमा कृषि क्षेत्रको विकासलाई टेवा पुग्छ। देशमा गरिबी कम गर्नका लागि उद्योगको महत्त्वपूर्ण भूमिका हुन्छ। नेपाल जस्तो आयातमा आधारित अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गरी व्यापार घाटा कम गर्न उद्योग क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ। उद्योगले राष्ट्रिय आय बढाउन, पुँजी निर्माण गर्न र आर्थिक विकासलाई तीव्र बनाउन सहयोग गर्छ। नेपालको सन्दर्भमा उद्योगको महत्त्वलाई निम्नानुसार प्रस्तुत गरिएको छ :
(घ) नेपालमा उद्योगको वर्तमान अवस्था (Current Situation of Industry in Nepal)
नेपालमा औपचारिक रूपमा वि.सं. १९९३ मा विराटनगर जुट मिलको स्थापनापश्चात् उद्योगको स्थापना हुन थालेको हो। नेपालमा हालसम्म ठुला १ हजार ४१९, मझौला २ हजार १३९ र साना उद्योग ५ हजार ९६१ गरी जम्मा ९ हजार ५१९ उद्योग दर्ता भएका छन्। त्यसै गरी लघु, घरेलु तथा साना उद्योग गरी जम्मा ६ लाख ५८ हजार ८६२ दर्ता भएका छन्।
नेपालमा दर्ता भएका उद्योगहरूमा ठुला, मझौला र साना उद्योगहरूको हिस्सा क्रमशः १५, २२ र ६३ प्रतिशत रहेको छ। ठुला, मझौला र साना उद्योगबाट करिब ७ लाख ३१ हजार ५ सय ६० रोजगारी सिर्जना हुने अनुमान छ। नेपालमा ५० करोडभन्दा बढी स्थिर पुँजी भएका ठुला उद्योग, विदेशी लगानीका उद्योगहरूको दर्ता, नियमन र प्रशासन उद्योग विभागले गर्छ भने मझौला, साना, लघु र घरेलु उद्योगहरूको दर्ता, नियमन र प्रशासन प्रदेश सरकारले गर्छ। (स्रोत : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सुधार कार्ययोजना, २०८१)
२०८१ फागुनसम्म दर्ता भएका उद्योगको सङ्ख्याका आधारमा उत्पादनमूलक, सेवामूलक र पर्यटन उद्योगहरूको हिस्सा क्रमशः ३५.८४, २५.७९ र २३.१० प्रतिशत रहेको छ। लगानीका आधारमा ऊर्जामा आधारित उद्योगहरूमा ५६.५५ प्रतिशत, उत्पादनमूलक उद्योगहरूमा २०.९६ प्रतिशत, पर्यटनमा आधारित उद्योगहरूमा ९ प्रतिशत र सबैभन्दा न्यून खनिज उद्योगमा ०.२९ प्रतिशत लगानी स्वीकृत गरिएको छ। (स्रोत : आर्थिक सर्वेक्षण, २०८१/८२)
(ङ) नेपालमा उद्योगका समस्या र समाधानका उपाय (Problems and Measures to Solve the Problem of Industrial Sector in Nepal)
नेपालको उद्योग क्षेत्रका समस्या र समाधानका उपायहरूलाई तलको तालिकामा प्रस्तुत गरिएको छ :
| आधार | समस्या | समस्या समाधानका उपाय |
|---|---|---|
| १. औद्योगिक पूर्वाधार | उद्योगधन्दा स्थापना र सञ्चालन गर्नका लागि आवश्यक पर्ने औद्योगिक पूर्वाधार, जस्तै : यातायात, सडक, विद्युत्, सञ्चार आदि पर्याप्त छैनन्। | औद्योगिक पूर्वाधारहरू, जस्तै : यातायात, सडक, विद्युत्, सञ्चार आदिको विकास र विस्तार गरी औद्योगिक क्षेत्रको सुदृढीकरण गर्नुपर्छ। |
| २. पुँजी | न्यून पुँजी निर्माणले गर्दा उद्योग क्षेत्रमा लगानी गर्न आवश्यक पर्ने पुँजीको अभाव छ। विदेशी लगानी पनि पर्याप्त रूपमा भित्र्याउन सकिएको छैन। | स्वदेशी पुँजी वृद्धि गर्नका लागि बचत गर्ने बानीलाई प्रोत्साहन गर्नुपर्छ साथै विदेशी लगानीकर्ताका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ। |
| ३. प्राविधिक जनशक्ति | उद्योगधन्दाका लागि आवश्यक पर्ने प्राविधिक जनशक्तिको कमी छ। | श्रमिकलाई प्राविधिक शिक्षा र व्यावसायिक तालिम दिएर दक्ष बनाई प्राविधिक जनशक्तिको अभाव पूरा गर्न सकिन्छ। |
| ४. प्रतिस्पर्धा | स्वदेशी उद्योगले उत्पादन गरेका वस्तु गुणस्तर र लागतका कारणले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सकेका छैनन्। | स्वदेशी उद्योगहरूको उत्पादन गर्ने वस्तुको गुणस्तर र लागतमा सुधार गरी प्रतिस्पर्धी बनाउनुपर्छ। |
| ५. अनुसन्धान र विकास | स्वदेशी तथा विदेशी मागबमोजिमका वस्तु उत्पादनमा अनुसन्धान र विकासको कमी छ। | `स्वदेशी तथा विदेशी बजारमा मागअनुसारका वस्तुहरूको उत्पादन गर्न अनुसन्धान र विकासमा जोड दिनुपर्छ। |
| ६. नीतिनियम | उद्योगको विकास तथा विस्तारका लागि आवश्यक पर्ने स्पष्ट नीतिनियमको अभाव छ। | उद्योगको विकासका लागि आवश्यक पर्ने स्पष्ट नीति नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ। |
२. अभ्यास (Exercise) – समाधानसहित
अति छोटो उत्तर आउने प्रश्नहरू [1 Mark]
३. अभ्यास: छोटो उत्तर आउने प्रश्नहरू [5 Marks]
उदाहरण: जुट मिल (कच्चा जुटलाई बोरा बनाउने), सिमेन्ट कारखाना (चुनढुङ्गाबाट सिमेन्ट बनाउने), चाउचाउ उद्योग, कपडा उद्योग आदि।
४. लामो उत्तर आउने प्रश्नहरू [8 Marks]
📚 Also Read: Class 10 SEE Notes
Compulsory Subjects
Optional Subjects
