Class 10 Social Unit 2-Chapter 1 | मानव विकास सूचकाङ्क (Manab Bikas Suchakanka) – विकास र विकासका पूर्वाधार
An overview of Manab Bikas Suchakanka notes for SEE Class 10 Social Studies

एकाइ २: विकास र विकासका पूर्वाधार (Bikas ra Bikaska Purwadhar)

पाठ १: मानव विकास सूचकाङ्क (Manab Bikas Suchakanka)

१. मानव विकास सूचकाङ्क (Manab Bikas Suchakanka) भनेको के हो ?

उत्तर: कुनै पनि देशको आर्थिक, सामाजिक, शैक्षिक विकासलगायतका प्रगतिको स्तर वा अवस्था देखाउने सूचक नै मानव विकास सूचकाङ्क (Manab Bikas Suchakanka) हो। मानव विकासका तीन महत्त्वपूर्ण आधार— प्रतिव्यक्ति आय, शैक्षिक स्तरऔसत आयुलाई आधार मानी कुनै पनि भौगोलिक एकाइ, जाति, समुदायको मानव विकास अवस्थाको सङ्ख्यात्मक प्रस्तुति नै मानव विकास सूचकाङ्क हो। यसलाई ० देखि १ सम्मको अङ्कमा मापन गरिन्छ।

२. सन् २०२२ को मानव विकास सूचकाङ्क (Manab Bikas Suchakanka) प्रतिवेदनअनुसार सार्क देशहरूको मानव विकास अवस्था कमजोर हुनुका कारणहरू के-के हुन्?

उत्तर: सन् २०२२ को मानव विकास सूचकाङ्क प्रतिवेदनमा सार्क देशहरूको मानव विकास अवस्था कमजोर हुनुका पछाडि निम्न कारणहरू रहेका छन्:

  • (क) कोभिड-१९ महामारी: सन् २०१९ देखि फैलिएको कोरोना महामारीले सार्क मुलुकहरूको सामाजिक, आर्थिक, र स्वास्थ्य अवस्थामा गम्भीर असर पुर्‍यायो, जसले विकासका सूचकहरूलाई पछाडि धकेल्यो।
  • (ख) अवसरहरूको कमी: शिक्षा, स्वास्थ्य, सीप विकास, र रोजगारीका अवसरहरूको कमीले गर्दा सार्क मुलुकहरू मानव विकासका क्षेत्रमा पछि परेका छन्।
  • (ग) सुशासन र अस्थिरता: राजनीतिक अस्थिरता, सुशासनको अभाव, प्राविधिक तथा व्यावसायिक शिक्षाको कमी, र औद्योगिकीकरण हुन नसक्नुले मानव विकासमा बाधा पुगेको छ।
  • (घ) गुणस्तरीय सेवाको अभाव: आधारभूत स्वास्थ्य सेवाको पहुँचमा कमी र उपलब्ध सेवा पनि गुणस्तरीय नहुनुले सार्क मुलुकहरूको मानव विकासमा नकारात्मक असर परेको छ।

३. मानव विकास सूचकाङ्क (Manab Bikas Suchakanka) को आवश्यकता औँल्याउनुहोस्।

उत्तर: मानव विकास सूचकाङ्कको आवश्यकतालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:

  • (क) विकासको स्थिति निर्धारण गर्न: देशको समग्र मानव विकासको अवस्था कस्तो छ भनेर यकिन गर्न मद्दत गर्दछ।
  • (ख) प्राथमिकता निर्धारण गर्न: मानव विकासका कुन-कुन क्षेत्रमा सुधार आवश्यक छ भनी प्राथमिकताका क्षेत्रहरू पहिचान गर्न सहयोग गर्दछ।
  • (ग) नीति तथा कार्यक्रम निर्माण गर्न: मानव विकासको अवस्था सुधार गर्नका लागि आवश्यक नीति तथा कार्यक्रमहरू तर्जुमा गर्न आधार प्रदान गर्दछ।
  • (घ) तुलनात्मक अध्ययन गर्न: विभिन्न देश वा क्षेत्रहरूको मानव विकासको अवस्थालाई तुलनात्मक रूपमा अध्ययन गर्न र आफ्नो अवस्था बुझ्न सघाउँछ।

४. नेपालको मानव विकास सूचकाङ्क (Manab Bikas Suchakanka) मा सुधार गर्नका लागि कुन-कुन पक्षमा ध्यान दिनुपर्छ?

उत्तर: नेपालको मानव विकास सूचकाङ्कमा सुधार गर्नका लागि निम्न पक्षहरूमा महत्त्वपूर्ण ध्यान दिनुपर्छ:

  • (क) गुणस्तरीय शिक्षा: वैज्ञानिक, प्राविधिक, तथा प्रायोगिक शिक्षामा जोड दिई सबैलाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्छ।
  • (ख) सुशासन र स्थिरता: देशमा राजनीतिक स्थिरता कायम गरी सुशासनको प्रत्याभूति दिलाउनु पर्छ।
  • (ग) स्वास्थ्य सेवाको विकास: पोषण, स्वच्छता, र सबैको पहुँचमा हुने गुणस्तरीय स्वास्थ्य सेवा तथा सुविधाको विकास गरी औसत आयु वृद्धि गर्नुपर्छ।
  • (घ) आर्थिक अवसर सिर्जना: औद्योगिकीकरण, कृषि व्यवसायीकरण, र आधुनिकीकरण गरी रोजगार, स्वरोजगार, र आयआर्जनका अवसरहरू जनतासम्म पुर्‍याउनु पर्छ।
  • (ङ) जनचेतना र सहभागिता: जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, मानवअधिकारको संरक्षण गर्ने, स्वतन्त्र न्याय प्रणाली स्थापना गर्ने, र विकासमा जनसहभागिताको स्तर बढाउनु पर्छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top