एकाइ ५: नागरिक चेतना (Nagarik Chetana)
पाठ ५: निर्वाचन प्रक्रिया र नागरिकको भूमिका (Nirwachan Prakriya ra Nagarikko Bhumika)
यस पाठमा पढ्नुहोस्
यस पाठ, Nirwachan Prakriya ra Nagarikko Bhumika (निर्वाचन प्रक्रिया र नागरिकको भूमिका), मा हामी नेपालको निर्वाचन प्रणाली, मतदाताको जिम्मेवारी, र निष्पक्ष चुनाव सञ्चालनमा विभिन्न पक्षहरूको भूमिकाबारे विस्तृत अध्ययन गर्नेछौँ।
१. नेपालमा मतदाता नामावलीको सम्बन्धमा के व्यवस्था छ? (Nirwachan Prakriya ra Nagarikko Bhumika)
उत्तर: निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गर्ने काम निर्वाचन आयोगको दायरामा पर्दछ। प्रत्येक जिल्लामा एक निर्वाचन कार्यालय स्थापना गरिएको छ। निर्वाचन कार्यालयले १८ वर्ष पूरा भएका नेपाली नागरिकलाई मतदानका लागि मतदाता नामावलीमा नाम दर्ता प्रक्रियामा सामेल गराउँछ। मतदाता नामावलीमा नाम भएका मतदातालाई उनीहरूको फोटोसहितको परिचय पत्र प्रदान गरिन्छ। यसैगरी, निर्वाचन आयोगले मृत्यु भएका, बसाइँ सरेका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने र नयाँ ठाउँमा बसाइँ सरेका मतदाताको नाम थप्ने काम पनि गर्दछ।
२. फोटोसहितको मतदाता परिचयपत्रको महत्त्व वर्णन गर्नुहोस्। (Nirwachan Prakriya ra Nagarikko Bhumika)
उत्तर: फोटोसहितको मतदाता परिचयपत्रको महत्त्व निम्नानुसार छ:
- मतदान निष्पक्ष गराउनका लागि मद्दत प्राप्त हुन्छ।
- अरूको नाममा मतदान गर्ने (फर्जी मत) प्रवृत्तिमा कमी आउँछ।
- मतदान केन्द्रमा हुने विवादमा कमी आउँछ।
- वास्तविक व्यक्तिले मात्र आफ्नो नाममा मतदान गर्न पाउँछन्।
- मतदान स्थलमा व्यक्तिगत प्रमाणीकरण प्रक्रिया सहज र विश्वसनीय हुन्छ।
३. निर्वाचन प्रक्रियामा नागरिकले खेल्न सक्ने भूमिका वर्णन गर्नुहोस्।
उत्तर: निर्वाचन प्रक्रिया र नागरिकको भूमिका एकअर्कासँग जोडिएका छन्। यस प्रक्रियामा नागरिकले खेल्न सक्ने भूमिकाहरू निम्न छन्:
- मतदाता नामावलीमा आफ्नो नाम समावेश गराउने, विवरण रुजु गर्ने र त्रुटि भएमा सच्याउन लगाउने।
- आर्थिक प्रलोभन, भय, वा धम्कीमा नपरी एक जिम्मेवार मतदाता बन्ने।
- आफ्नो मतको सही उपयोग गर्ने र विवेकपूर्वक मतदान गर्ने।
- सबै दलको घोषणापत्र अध्ययन गरी सबल र दुर्बल पक्षमा बहस र छलफल गर्ने।
- मतदान प्रक्रियाबारे घरपरिवार र छिमेकमा सचेतना फैलाउने।
- मतदान स्थलमा झैझगडा र हुलदङ्गा हुन नदिई शान्तिपूर्ण वातावरण कायम गर्न सहयोग गर्ने।
- वृद्ध, अपाङ्गता भएका व्यक्ति, सुत्केरी, र गर्भवती महिलालाई मतदानमा प्राथमिकता दिन सहयोग गर्ने।
- फर्जी मतदान जस्ता कार्यलाई निरुत्साहित गर्ने र त्यस्तो हुन लागेमा सम्बन्धित निकायमा खबर गर्ने।
४. निर्वाचन प्रक्रियामा मतदान अधिकृतको मुख्य कामको सूची तयार पार्नुहोस्।
उत्तर: निर्वाचन प्रक्रियामा मतदान अधिकृतका प्रमुख कामहरू निम्न छन्:
- मतदानको दिन मतदान केन्द्रको सम्पूर्ण व्यवस्थापन गर्ने।
- आवश्यक सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मीसँग समन्वय गर्ने।
- नियमअनुसार मतदान कार्य सुरु गर्ने र तोकिएको समयमा अन्त्य गर्ने।
- मतदान रोक्नुपर्ने अवस्था आएमा स्थितिको मूल्याङ्कन गरी मतदान स्थगित गर्ने।
- मतदान प्रक्रियासँग सम्बन्धित उजुरी र गुनासाहरू सुनी सोको कारबाही गर्ने।
- मतपेटिका सुरक्षित रूपमा सम्बन्धित ठाउँमा बुझाउने।
- आवश्यक भएमा स्थानीय तहको निर्वाचनमा मत गणना प्रक्रियासमेत सम्पन्न गर्ने।
५. नेपालमा धेरैजसो निर्वाचनमा मतपत्र बदर हुनुका कारणहरू पत्ता लगाई समाधानका उपायसमेत सुझाउनुहोस्।
उत्तर: नेपालमा धेरैजसो निर्वाचनमा मतपत्र बदर हुनुका कारणहरू र समाधानका उपायहरू निम्न छन्:
कारणहरू:
- सबै मतदातालाई निर्वाचन प्रक्रियाबारे पर्याप्त जानकारी नहुनु।
- स्वस्तिक छाप सही तरिकाले लगाउन नजान्नु (लतपतिनु, दुई कोठामा पर्नु आदि)।
- राजनीतिक दलहरूले मतदाता शिक्षाप्रति उदासीनता देखाउनु।
- निर्वाचन आयोगले सञ्चालन गर्ने मतदाता शिक्षा कार्यक्रम सबैको पहुँचमा र प्रभावकारी नहुनु।
- मतदातामा रहेको निरक्षरता।
समाधानका उपायहरू:
- सबै मतदातासम्म निर्वाचन प्रक्रियाबारे स्पष्ट र सरल सूचना पुऱ्याउने।
- मतदाता शिक्षालाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने, विशेषगरी ग्रामीण क्षेत्रमा।
- राजनीतिक दलहरूले पनि जिम्मेवारीपूर्वक मतदाता शिक्षासम्बन्धी कार्यक्रम चलाउने।
- साक्षरता अभियानलाई देशव्यापी बनाउने।
- टेलिभिजन, रेडियो, एफएम जस्ता सञ्चार माध्यमबाट निर्वाचन प्रक्रियाबारे व्यापक प्रचारप्रसार गर्ने।
Next Chapter
पाठ ६: मानव अधिकार (Manav Adhikar)यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us