एकाइ १: सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा (Samajik tatha Jivanupayogi Sikshako Avadharana)
पाठ १: सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (Samajik Adhyayan tatha Jivanupayogi Siksha)
यस पाठमा हामी सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (Samajik Adhyayan tatha Jivanupayogi Siksha) को अवधारणा, यसको व्यापक क्षेत्र, र यसको महत्त्वबारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। कुनै पनि देशको असल नागरिक निर्माणका लागि सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको ज्ञान अपरिहार्य हुन्छ।
Samajik Adhyayan tatha Jivanupayogi Siksha
१. सामाजिक अध्ययनको क्षेत्र व्यापक छ भन्ने कुरा पाठमा दिइएको चार्ट अध्ययन गरी प्रस्ट पार्नुहोस्।
उत्तर: ‘सामाजिक’ भन्नाले समाजसँग सम्बन्धित र ‘अध्ययन’ भन्नाले त्यसका बारेमा जानकारी राख्नु र खोजी गर्नु भन्ने हुन्छ; त्यसैले समाज र मानवसँग सम्बन्धित विभिन्न पक्षको बारेमा खोजी गर्नु, अध्ययन गर्नु, विश्लेषण गर्नु सामाजिक अध्ययन (Social Studies) हो। सामाजिक अध्ययन प्रत्येक व्यक्ति, परिवार, समुदाय, क्षेत्र, राष्ट्र र विश्वसँग सम्बन्धित छ। त्यसैले यसको क्षेत्र व्यापक, प्रभावशाली र वैभवशाली छ।
मानव र उसको भौतिक, सामाजिक, राजनैतिक, सांस्कृतिक तथा आर्थिक वातावरणसँगको अन्तरक्रियाका सम्बन्धमा अध्ययन गर्नु सामाजिक अध्ययन हो। यसले समुदाय तथा वातावरणमा मानवले पार्ने प्रभाव र वातावरण तथा समुदायले मानवको जीवनमा पार्ने दोहोरो प्रभावको अध्ययन गर्दछ। सामाजिक अध्ययन नागरिक सक्षमता विकास गर्नका लागि गरिने सामाजिक विज्ञानहरूको एकीकृत अध्ययन हो। यसले विद्यालय कार्यक्रम अन्तर्गत भूगोल, इतिहास, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञान, धर्म, संस्कृति, कला मात्र होइन कि गणित र विज्ञान समेतका उपयुक्त विषयवस्तुहरूको समन्वयात्मक र व्यवस्थित ढङ्गबाट अध्ययन गर्दछ।
अतः सामाजिक अध्ययन विषय वास्तवमा हरेक नागरिकले अध्ययन गर्नुपर्ने व्यापक क्षेत्र भएको विषय हो। सामाजिक अध्ययन व्यक्ति-व्यक्तिबाट परिवार, परिवारबाट समुदाय, समुदायबाट क्षेत्र, क्षेत्रबाट राष्ट्र र राष्ट्रबाट विश्वभरि नै फैलिएको छ।
२. सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको महत्त्व दर्साउनुहोस्।
उत्तर: ‘सामाजिक’ भन्नाले समाजसँग सम्बन्धित र ‘अध्ययन’ भन्नाले त्यसका बारेमा जानकारी राख्नु र खोजी गर्नु भन्ने हुन्छ; त्यसैले समाज र मानवसँग सम्बन्धित विभिन्न पक्षको बारेमा खोजी गर्नु, अध्ययन गर्नु, विश्लेषण गर्नु सामाजिक अध्ययन हो।
सामाजिक अध्ययनको महत्त्व:
- देशका बालबालिकाहरूलाई असल, सक्षम, सिर्जनशील र देशप्रेमी नागरिकका रूपमा तयार पार्नु।
- हरेक नागरिकले आफ्नो देशको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा राजनीतिक अवस्थाका बारेमा सामान्य जानकारी राखी त्यसमा समायोजन हुन।
- प्रत्येक नागरिकहरूलाई देशको योजनाकार, प्रशासक, प्राविधिक र नेतृत्वकर्ता बनाउन।
- प्रजातान्त्रिक मूल्य र मान्यता तथा सकारात्मक सोच भएका चरित्रवान, मेहिनेती, इमान्दार र उत्तरदायी जनशक्ति उत्पादन गर्नु।
- हाम्रा संस्कृति, मौलिक परम्परा, राष्ट्रिय सम्पदाहरू आदिको संरक्षण गर्दै सभ्य समाज निर्माण गर्नु।
- आफ्नो समाजमा हुने विविध प्रकारका गतिविधिहरूको अध्ययन गरी तिनको कारण खोज्न, बुझ्न, विश्लेषण गर्न र सो अनुसार समायोजन हुन।
हाम्रो जीवनलाई सरल, सहज र सफल बनाउनका लागि प्रयोग गरिने सञ्चार, सहकार्य, सहयोग, सिर्जनात्मक समस्या समाधान, तनाव व्यवस्थापन, अन्तरवैयक्तिक, निर्णय, निर्माण नेतृत्व, समानुभूति, आत्मबोध, संवेग व्यवस्थापन र सूचना प्रविधि जस्ता जीवनोपयोगी सिपहरु सिकाउने प्रक्रिया नै जीवनोपयोगी शिक्षा (Life Skills Education) हो।
जीवनोपयोगी शिक्षाको महत्त्व:
- युवा तथा बालबालिकाहरूलाई जीवन कौशल शिक्षा प्रदान गर्नु।
- विद्यार्थीहरूको दृष्टिकोण, सोच र व्यवहारमा परिवर्तन ल्याउन।
- जीवनोपयोगी सिप हासिल गर्नु।
- आय आर्जन गरी राष्ट्रलाई आर्थिक विकासमा टेवा पुऱ्याउन।
- स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गर्नु।
- परनिर्भरता हटाउन।
- राष्ट्रको विकासमा सहयोग पुऱ्याउन।
यो पनि पढ्नुहोस्
थप जानकारीका लागि:
राष्ट्रिय परीक्षा बोर्ड (NEB)कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us