एकाइ ४: सामाजिक समस्या र समाधान (Samajik Samasya ra Samadhan)
पाठ ७: सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय संघसंस्थाको भूमिका (Samajik Samasya Samadhanma Antarrashtriya Sangha Sansthako Bhumika)
यस पाठमा पढ्नुहोस्
१. अन्तर्राष्ट्रिय श्रम सङ्गठनले नेपालमा कस्तो अहम भूमिका निर्वाह गरेको छ? (Role in Samajik Samasya Samadhanma Antarrashtriya Sangha Sansthako Bhumika)
उत्तर: अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) संयुक्त राष्ट्रसंघको एक विशिष्टीकृत संस्था हो। यो संगठन विशेषतः श्रमिक हकहितको क्षेत्रमा सक्रिय रहेको छ। यस संगठनले बालश्रमको उन्मूलन, श्रम कानून र श्रम नीति निर्माण र कार्यान्वयनमा कार्यरत रहेको देखिन्छ। नेपालमा पनि यस संस्थाले विभिन्न कार्यक्रमहरू सञ्चालनमा केन्द्रित रहेको छ। नेपालमा यो संस्था मूलतः बालश्रमको अन्त्य र सहरी तथा सहरोन्मुख क्षेत्रमा देखा परिरहेको बालश्रमको निराकरण गर्नका लागि सक्रिय रहेको देखिन्छ। तथा बालश्रमको अन्त्य गर्नमा यस सङ्गठनले नेपालमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।
२. ट्रान्सपरेन्सी इन्टरनेसनलका कार्यहरू उल्लेख गर्नुहोस्। (Functions related to Samajik Samasya Samadhanma)
उत्तर: ट्रान्सपरेन्सी इन्टरनेसनलका कार्यहरू निम्न छन्:
- भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारमुक्त विश्वको स्थापना गर्ने।
- प्रत्येक स्तर र क्षेत्रमा पारदर्शिता, जिम्मेवारी र इमानदारीको प्रोत्साहन गर्नका लागि समर्थन गर्ने।
- विभिन्न सूचकका आधारमा भ्रष्टाचार सूचकाङ्कको प्रकाशन गर्ने।
- राजनीतिक भ्रष्टाचारको जाँच गरी रिपोर्ट प्रकाशन गर्ने।
३. संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको मुख्य कार्यक्षेत्रहरू उल्लेख गर्नुहोस्। (UNFPA’s role in Samajik Samasya Samadhanma)
उत्तर: संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) का प्रमुख कार्यक्षेत्रहरू:
- प्रजनन स्वास्थ्य: परिवार नियोजन, सुरक्षित मातृत्व, र यौन स्वास्थ्य सम्बन्धी सेवा र शिक्षा प्रदान गर्ने।
- मातृ स्वास्थ्य सुधार: गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुधार गर्न र मातृ मृत्युदर घटाउन कार्यक्रम सञ्चालन गर्ने।
- लैङ्गिक समानता: महिला तथा किशोरीहरूको सशक्तीकरण गर्ने र लैङ्गिक हिंसा अन्त्यका लागि पहल गर्ने।
- मानवीय सङ्कट समाधान: प्राकृतिक प्रकोप वा द्वन्द्वको समयमा प्रभावित जनसंख्या, विशेष गरी महिला र बालबालिकाको स्वास्थ्य सुरक्षामा सहयोग गर्ने।
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us