Class 10 Optional Mathematics | Unit 1: Algebra | Complete Formulas & Notes ← Back
Class 10 Optional Math Unit 1 Algebra
Class 10 Optional Mathematics | Unit 1: Algebra
बीजगणित (Algebra)

Unit 1: Algebra – महत्त्वपूर्ण परिभाषाहरू र सूत्रहरू

Complete Formulas, Definitions & Notes

Introduction

Unit 1: Algebra covers five major chapters with comprehensive definitions, formulas, and applications. This unit is fundamental for higher mathematics and problem-solving techniques.

1. फलन (FUNCTION)

1. संयुक्त फलन (Composite Function)

यदि फलनहरू $f: A \to B$ र $g: B \to C$ भए $A$ बाट $C$ मा परिभाषित गरिएको फलनलाई $f$ र $g$ को संयुक्त फलन भनिन्छ । यसलाई $gof$ ले जनाइन्छ ।

If $f: A \to B$ and $g: B \to C$ are two functions, then the new function defined from $A$ to $C$ is called the composite function of $f$ and $g$. It is denoted by $gof$.

2. विपरीत फलन (Inverse Function)

यदि $f: A \to B$ एक एक सम्पूर्ण फलन भए $B$ बाट $A$ मा परिभाषित गरिएको फलनलाई $f$ को विपरीत फलन भनिन्छ ।

If $f$ is a one-to-one onto function from $A$ to $B$, then the inverse function $f^{-1}$ is defined as a function from $B$ to $A$.

e.g. If $f = \{(1, 1), (2, 3), (3, 4), (4, 5)\}$ then $f^{-1} = \{(1, 1), (3, 2), (4, 3), (5, 4)\}$

3. बीजीय फलन (Algebraic Function)

दुईओटा चलहरू $x$ र $y$ को सम्बन्ध प्रस्तुत गर्ने र कुनै नियममा आधारित फलनलाई बीजीय फलन भनिन्छ । जस्तै: $y = x + 2$

The function which describes correspondence between two variables which are obtained by finite rules is called an algebraic function. e.g. $y = x + 2$.

4. रेखीय फलन र अचर फलन (Linear Function and Constant Function)

$f(x) = mx + c$ को रूपमा रहेको बीजीय फलनलाई रेखीय फलन भनिन्छ । यदि $m = 0$ भए यसलाई अचर फलन भनिन्छ ।

A function is called linear if it can be defined by an equation of the form $f(x) = mx + c$. If $m = 0$, then it is called a constant function.

5. वर्ग फलन (Quadratic Function)

$f(x) = ax^2 + bx + c; a \neq 0$ को रूपमा व्यक्त गर्न सकिने फलनलाई वर्ग फलन भनिन्छ ।

A function is said to be quadratic if it can be defined by an equation of the form $f(x) = ax^2 + bx + c; a \neq 0$.

6. एकात्मक फलन (Identity function)

$x \in A$ को लागि $f(x) = x$ को रूपमा व्यक्त गर्न सकिने फलन $f: A \to B$ लाई एकात्मक फलन भनिन्छ । यसलाई $I$ ले जनाइन्छ ।

A function $f: A \to B$ is said to be an identity function if it can be expressed in the form of $f(x) = x$ for all $x \in A$. It is denoted by $I$.

मुख्य बुँदाहरू (Key Points)

1. यदि $f(x) = ax + b$ भए $f^{-1}(x) = \frac{x – b}{a}$ हुन्छ ।

(If $f(x) = ax + b$ then $f^{-1}(x) = \frac{x – b}{a}$.)

2. यदि $f(x) = \frac{ax + b}{cx + d}$ भए $f^{-1}(x) = \frac{b – dx}{cx – a}$ हुन्छ ।

(If $f(x) = \frac{ax + b}{cx + d}$ then $f^{-1}(x) = \frac{b – dx}{cx – a}$.)

3. $gof(x) = (gof)(x) = g(f(x))$

4. $fog(x) = (fog)(x) = f(g(x))$

5. $f^2(x) = fof = f(f(x))$

6. $f^3(x) = fofof = f(f(f(x)))$

7. $ho(gof) = ho(gof)(x) = (hog)of(x) = h(g(f(x)))$

8. $(f \pm k)(x) = f(x) \pm k$; where $k$ is a scalar.

9. $(kf)(x) = k(f(x))$; where $k$ is a scalar.

2. बहुपदीय (POLYNOMIAL)

1. बहुपदीय (Polynomial)

बहुपदीय भनेको एउटा अनुपातिक अभिव्यञ्जक हो जसका प्रत्येक पदहरूमा धनात्मक घात भएका चललाई अचरले गुणा गरिएको हुन्छ । यसको स्तरीय स्वरूपलाई निम्नानुसार व्यक्त गर्न सकिन्छ । $p(x) = a_0 + a_1 x^1 + a_2 x^2 + …… + a_n x^n$ जहाँ $a_0, a_1, ….., a_n$ हरू अचर हुन् भने $x$ चल हो ।

A polynomial is a rational expression each of whose terms consists of a constant multiplied by a positive power of a variable. Its standard form is: $p(x) = a_0 + a_1 x^1 + a_2 x^2 + …… + a_n x^n$, where $a_0, a_1, a_2 ……., a_n$ are constants and $x$ is a variable, $1, 2, 3, …..n$ are the powers of the variable.

2. शेष साध्य (Remainder Theorem)

यदि $p(x)$ डिग्री $n$ भएको बहुपदीय र $p(x)$ को एउटा भाजक $(x – a)$ भए $p(a) = \text{शेष}$ हुन्छ । जहाँ भागफल $q(x)$ को डिग्री $(n – 1)$ हुन्छ ।

If $p(x)$ is a polynomial of degree $n$ and $(x – a)$ is a divisor of $p(x)$ then $p(a)$ is the remainder, where the degree of the quotient will be $(n – 1)$.

3. गुणनखण्ड साध्य (Factor Theorem)

यदि $p(x)$ डिग्री $> 0$ भएको एउटा बहुपदीय र $p(a) = 0$ भए $p(x)$ को एउटा गुणनखण्ड $(x – a)$ हुन्छ । विलोमको रूपमा यदि $p(x)$ को एउटा गुणनखण्ड $(x – a)$ भए $p(a) = 0$ हुन्छ ।

If $p(x)$ be a polynomial degree $> 0$ and $p(a) = 0$ then $(x – a)$ is a factor of $p(x)$. Conversely if $x – a$ is a factor of $p(x)$, then $p(a) = 0$.

4. भागको बिधि (Division Algorithm)

यदि बहुपदीय $P(x)$ लाई $D(x)$ ले भाग गर्दा भागफल $Q(x)$ र शेष $R$ भए, $P(x) = D(x) \times Q(x) + R$ हुन्छ ।

If a polynomial $P(x)$ is divided by $D(x)$ so that the quotient is $Q(x)$ and remainder $R$ then, $P(x) = D(x) \times Q(x) + R$.

$$\begin{array}{l} D(x)) \overline{\begin{aligned} &P(x) \quad (Q(x) \\ – & D(x) \times Q(x) \end{aligned}} \\ \quad \quad \quad \quad \overline{\quad R \quad} \\ P(x) = D(x) \times Q(x) + R \end{array}$$

मुख्य बुँदाहरू (Key Points)

शेषसाध्य (Remainder Theorem):

यदि $p(x)$ लाई $(x – a)$ ले भाग गरियो भने $\text{शेष} = p(a)$ हुन्छ । (If $p(x)$ is divided by $(x – a)$ then the remainder $= p(a)$.)

भाजक (Divisor) शेष (Remainder)
$x + a \quad i.e. \quad x – (-a)$$p(-a)$
$ax – b \quad i.e. \quad a\left(x – \frac{b}{a}\right)$$p\left(\frac{b}{a}\right)$
$ax + b \quad i.e. \quad a\left(x + \frac{b}{a}\right)$$p\left(-\frac{b}{a}\right)$
$b – ax \quad i.e. \quad -a\left(x – \frac{b}{a}\right)$$p\left(\frac{b}{a}\right)$

गुणनखण्ड साध्य (Factor Theorem)

(i) यदि $p(x)$ को एउटा गुणनखण्ड $(x – a)$ भए $p(a) = 0$ हुन्छ । (If $(x – a)$ is a factor of $p(x)$ then $p(a) = 0$.)

(ii) यदि $p(a) = 0$ भए $p(x)$ को एउटा गुणनखण्ड $(x – a)$ हुन्छ । (If $p(a) = 0$ then $(x – a)$ is a factor of $p(x)$.)

3. अनुक्रम र श्रेणी (SEQUENCE & SERIES)

परिभाषाहरू (Definitions)

अनुक्रम (Sequence)

कुनै निश्चित नियममा आधारित सङ्ख्याहरूको समूहलाई अनुक्रम भनिन्छ । जस्तै: $3, 5, 7………….$

A list of numbers in a definite order is called a sequence. e.g. $3, 5, 7………….$

श्रेणी (Series)

यदि अनुक्रमका पदहरूलाई योगफलको रूपमा व्यक्त गरिएमा त्यसलाई उक्त क्रमसँग सम्बन्धित श्रेणी भनिन्छ । जस्तै: $2 + 4 + 6 + 8 ……..$ एउटा श्रेणी हो ।

When the terms of a sequence are connected by addition and subtraction signs: e.g. $2 + 4 + 6 + 8 ……..$ which is a series.

अङ्कगणितीय या समानान्तरीय अनुक्रम (Arithmetic Sequence)

यदि कुनै अनुक्रमको प्रत्येक पद अघिल्लो पदभन्दा कुनै निश्चित सङ्ख्याले बढिरहेका वा घटिरहेका हुन्छन् भने त्यस्तो अनुक्रमलाई समानान्तरीय अनुक्रम भनिन्छ । यो अनुक्रमसँग सम्बन्धित श्रेणीलाई समानान्तरीय श्रेणी भनिन्छ । जस्तै: $3, 7, 11, 15, …………..$ एउटा समानान्तरीय श्रेणी हो ।

A sequence is said to be an arithmetic sequence when its terms increase or decrease continually by a common difference. The corresponding series of this sequence is called the arithmetic sequence. e.g. $3, 7, 11, 15, …………$ is an arithmetic sequence.

अङ्कगणितीय मध्यमा (Arithmetic Mean)

समानान्तरीय अनुक्रमका पहिलो पद र अन्तिम पद बिचको पद वा पदहरूलाई समानान्तरीय मध्यमा भनिन्छ । जस्तै: $3, 7, 11, 15, 19, 23$ एउटा समानान्तरीय श्रेणी भए $7, 11, 15, 19$ समानान्तरीय मध्यमाहरू हुन् ।

In an arithmetic sequence the term/terms between the first term and the last term is/are called arithmetic mean/means, e.g. if $3, 7, 11, 15, 19, 23$ are in arithmetic sequence then $7, 11, 15, 19$ are arithmetic means.

समानान्तरीय अनुक्रम वा श्रेणी (AS): Arithmetic Sequence or Series (AS)

सङ्केत (Index) सूत्र (Formula)
साधारण पद (General term)$t_n = a + (n – 1)d$
मध्यमा (Mean)$AM = \frac{a + b}{2}$
मध्यमाहरू (Means)$d = \frac{b – a}{n + 1}; m_1 = a + d, m_2 = a + 2d, …, m_n = a + nd$
योगफल (Sum)$S_n = \frac{n}{2} \{2a + (n – 1)d\}$ or $S_n = \frac{n}{2} (a + b)$

AS का पदहरूलाई सङ्केत गर्ने सजिलो तरिका (The easy method to denote the terms of AS):

पदहरूको सङ्ख्या (Number of terms) पदहरू (Terms) समान अन्तर (Common Difference)
3$a – d, a, a + d$$d$
4$a – 3d, a – d, a + d, a + 3d$$2d$
5$a – 2d, a – d, a, a + d, a + 2d$$d$

विशेष योगफलहरू (Special Sums):

पहिला $n$ ओटा प्राकृतिक सङ्ख्याहरूको योगफल

$= \frac{n}{2}(n + 1)$

पहिला $n$ ओटा बिजोर सङ्ख्याहरूको योगफल

$= n^2$

पहिला $n$ ओटा जोर सङ्ख्याहरूको योगफल

$= n(n + 1)$

गुणोत्तर अनुक्रम र श्रेणी (GEOMETRIC SEQUENCE & SERIES)

गुणोत्तर अनुक्रम (Geometric sequence)

यदि अनुक्रममा क्रमिक पदहरूको अनुपात एउटै भए यस्तो अनुक्रमलाई गुणोत्तर अनुक्रम भनिन्छ र यो अनुक्रमसँग सम्बन्धित श्रेणीलाई गुणोत्तर श्रेणी भनिन्छ । जस्तै: $1, 2, 4, 8………$ र $16, 8, 4 ………$ इत्यादि गुणोत्तर अनुक्रममा छन् ।

Quantities are said to be in geometric sequence when they increase or decrease by a constant factor. The constant factor is called the common ratio, e.g. $1, 2, 4, 8……….$ and $16, 8, 4 ………$ etc. are in geometric sequence.

गुणोत्तर मध्यमा (Geometric Mean)

गुणोत्तर अनुक्रममा पहिलो पद र अन्तिम पदहरूबिचको पद या पदहरूलाई गुणोत्तर मध्यमा भनिन्छ ।

In geometric sequence the term/terms between the first term and the last term is/are called the geometric mean/means.

गुणोत्तर अनुक्रम वा श्रेणी (GS) – Geometric Sequence or Series (GS)

सङ्केत (Index) सूत्र (Formula)
साधारण पद (General term)$t_n = ar^{n – 1}$
मध्यमा (Mean)$G.M. = \sqrt{ab}$
मध्यमाहरू (Means)$r = \left(\frac{b}{a}\right)^{\frac{1}{n+1}}; m_1 = ar, m_2 = ar^2, …….., m_n = ar^n$
योगफल (Sum)$S_n = \frac{a(r^n – 1)}{r – 1}$ Or $S_n = \frac{br – a}{r – 1}$

GS का पदहरूलाई सङ्केत गर्ने सजिलो तरिका (The easy method to denote the terms of GS):

पदहरूको सङ्ख्या (Number of terms) पदहरू (Terms) समान अनुपात (Common ratio)
3$\frac{a}{r}, a, ar$$r$
4$\frac{a}{r^3}, \frac{a}{r}, ar, ar^3$$r^2$
5$\frac{a}{r^2}, \frac{a}{r}, a, ar, ar^2$$r$
6$\frac{a}{r^3}, \frac{a}{r}, ar, ar^3, ar^5$$r^2$

समानान्तरीय र गुणोत्तर मध्यक सम्बन्ध (Relation between AM and GM):

यदि दुई सङ्ख्याहरू $a$ र $b$ बिचको समानान्तरीय मध्यक $= AM$ र गुणोत्तर मध्यक $= GM$ भए,

(i) पहिलो सङ्ख्या $(a) = AM – \sqrt{AM^2 – GM^2}$

(i) $1^{st}$ number $(a) = AM – \sqrt{AM^2 – GM^2}$

(ii) दोस्रो सङ्ख्या $(b) = AM + \sqrt{AM^2 – GM^2}$ हुन्छ ।

(ii) $2^{nd}$ number $(b) = AM + \sqrt{AM^2 – GM^2}$

4. समीकरण र लेखाचित्र (EQUATION AND GRAPH)

परिभाषाहरू (Definitions)

रेखीय समीकरण (Linear Equation)

$y = mx + c, m \neq 0$ स्वरूपको समीकरणलाई रेखीय समीकरण भनिन्छ । जस्तै: $y = 4x + 5, y = x – 1$ इत्यादि रेखीय समीकरणहरू हुन् ।

An equation of the form $y = mx + c; m \neq 0$ is called a linear equation, e.g. $y = 4x + 5, y = x – 1$ etc. are linear equations.

वर्गफलन (Quadratic function)

$f(x) = ax^2 + bx + c; a \neq 0$ स्वरूपको फलनलाई वर्ग फलन भनिन्छ । जस्तै: $f(x) = 2x^2 + 3x + 5, f(x) = x^2$ इत्यादि वर्ग फलनहरू हुन् ।

A function of the form $f(x) = ax^2 + bx + c; a \neq 0$ is called a quadratic function. e.g. $f(x) = 2x^2 + 3x + 5, f(x) = x^2$ etc. are quadratic functions.

घन फलन (Cubic function)

$f(x) = ax^3 + bx^2 + cx + d; a \neq 0$ स्वरूपको फलनलाई घन फलन भनिन्छ । जस्तै: $y = x^3, y = 2x^3 + 5$ इत्यादि घन फलनहरू हुन् ।

A function of the form $f(x) = ax^3 + bx^2 + cx + d; a \neq 0$ is called a cubic function, e.g. $y = x^3, y = 2x^3 + 5$ etc. are cubic functions.

पाराबोलाको शीर्षबिन्दु (Vertex of Parabola):

S.N. पाराबोलाको समीकरण (Equation of Parabola) शीर्षबिन्दु (Vertex)
1.$y = ax^2 + bx + c, a \neq 0$$\left(\frac{-b}{2a}, \frac{4ac – b^2}{4a}\right)$
2.$y = ax^2 + c, a \neq 0$$(0, c)$
3.$y = ax^2 + bx; a \neq 0$$\left(\frac{-b}{2a}, \frac{-b^2}{4a}\right)$
4.$y = ax^2; a \neq 0$$(0, 0)$
5.$y = a(x – h)^2 + k$$(h, k)$

5. रेखीय योजना (LINEAR PROGRAMMING)

परिभाषाहरू (Definitions)

रेखीय योजना (Linear Programming)

रेखीय सर्तहरूको आधारमा रेखीय फलनको अधिकतम वा न्यूनतम मान पत्ता लगाउने गणितीय तरिकालाई रेखीय योजना भनिन्छ ।

Linear programming is the mathematical technique for finding the maximum or minimum value of a linear function subject to the set of linear constraints.

उद्देश्य फलन (Objective Function)

कुनै रेखीय फलनको मान निश्चित सर्तहरू मान्य हुने गरी अधिकतम वा न्यूनतम गरिन्छ । यसरी अधिकतम वा न्यूनतम मान निकाल्नुपर्ने रेखीय फलनलाई उद्देश्य फलन भनिन्छ ।

The linear function which is to be maximized or minimized with respect to given constraints is called objective function.

सूत्रहरू र मुख्य बुँदाहरू (Formulae and Key Points)

$ax + by \leq c$ र $ax + by \geq c$ को सीमा रेखाको समीकरण $ax + by = c$ हुन्छ ।

The equation of boundary line of $ax + by \leq c$ and $ax + by \geq c$ is $ax + by = c$.

$ax + by \leq c$ र $ax + by \geq c$ को हल क्षेत्रहरू परीक्षण बिन्दु लिएर पहिचान गर्नुपर्दछ ।

The solution sets of $ax + by \leq c$ and $ax + by \geq c$ should be identified by taking a test point.

हल क्षेत्र (Solution Set)

$x \geq 0$ र $x \leq 0$ को लेखाचित्र (Graph of $x \geq 0$ and $x \leq 0$)

Y X O $x = 0$ $x \geq 0$ $x \leq 0$
$x \geq 0$: Region to the right of Y-axis (including Y-axis).
$x \leq 0$: Region to the left of Y-axis (including Y-axis).

$y \geq 0$ र $y \leq 0$ को लेखाचित्र (Graph of $y \geq 0$ and $y \leq 0$)

Y X $y = 0$ $y \geq 0$ $y \leq 0$
$y \geq 0$: Region above X-axis (including X-axis).
$y \leq 0$: Region below X-axis (including X-axis).

$x \geq 2$ र $x \leq 2$ को लेखाचित्र (Graph of $x \geq 2$ and $x \leq 2$)

Y X $x = 2$ $x \geq 2$ $x \leq 2$
$x \geq 2$: Region to the right of the line $x = 2$.
$x \leq 2$: Region to the left of the line $x = 2$.

$y \geq 2$ र $y \leq 2$ को लेखाचित्र (Graph of $y \geq 2$ and $y \leq 2$)

Y X $y = 2$ $y \geq 2$ $y \leq 2$
$y \geq 2$: Region above the line $y = 2$.
$y \leq 2$: Region below the line $y = 2$.

6. Full Chapter PDF Manual

Access the complete PDF manual with exercises, examples, and detailed explanations.

Credit: This content is based on the Class 10 Optional Mathematics curriculum. The PDF is provided for educational purposes.

Explore More Class 10 Notes

Scroll to Top