एकाइ ८: आर्थिक क्रियाकलाप (Aarthik Kriyakaalap)
पाठ ५: वित्तीय उपकरण (Vittiya Upakaran)
यस पाठमा पढ्नुहोस्
१. नोट सफा राख्ने उपाय लेख्नुहोस् ।
उत्तर: नोट सफा राख्ने उपायहरू निम्नानुसार छन्:
- नोटलाई पानी वा अन्य तरल पदार्थले भिज्नबाट जोगाउनुपर्छ ।
- नोटमा केरमेट गर्नु वा केही लेख्नु हुँदैन ।
- नोटमा रङ वा अन्य मैलो पदार्थ लाग्न दिनु हुँदैन ।
- नोटमा स्टिच वा टाँचा लगाउनु हुँदैन ।
- नोटलाई अनावश्यक रूपमा पट्याउने वा दोबार्ने गर्नु हुँदैन ।
२. सेयरको महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तर: सेयर (Share) को महत्त्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:
- सेयर निष्कासनबाट कम्पनी वा संस्थाहरूलाई आवश्यक पुँजी सङ्कलन हुन्छ ।
- सर्वसाधारणले आफूसँग भएको सानो पुँजीलाई पनि लगानी गर्ने अवसर प्राप्त गर्छन् ।
- संस्थाले आफ्नो व्यवसाय विस्तार गर्न र वस्तु उत्पादन बढाउन सक्छ ।
- कम्पनीले आर्जन गरेको नाफा वा नोक्सानमा सेयर सदस्यको हिस्सा रहन्छ ।
- देशको आर्थिक विकासमा सर्वसाधारणको योगदान पुग्न मद्दत गर्छ ।
३. नेपालमा प्रचलित वित्तीय उपकरणको सूची बनाई प्रत्येकको छोटकरीमा व्याख्या गर्नुहोस् ।
उत्तर: नेपालमा प्रचलित प्रमुख वित्तीय उपकरण (Vittiya Upakaran) हरू निम्न छन्:
(क) बैंक खाता: बैंक वा वित्तीय संस्थाहरूमा सर्वसाधारणलाई वित्तीय कारोबार गर्नका लागि व्यक्ति वा संस्थाको नाममा रहेको विवरणलाई बैंक खाता भनिन्छ । यो सामान्यतया चल्ती, बचत र मुद्दती गरी विभिन्न प्रकारका हुन्छन् ।
(ख) विद्युतीय बैंकिङ: विद्युतीय मेसिन वा इन्टरनेटको सहायताले वित्तीय कारोबार गर्ने सेवा विद्युतीय बैंकिङ हो । यसमा एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ जस्ता सेवा पर्दछन् ।
(ग) एटीएम कार्ड: यो कार्डको सहायताले बैंकिङ समयभन्दा बाहिर पनि मेसिनको प्रयोग गरी आफ्नो खाताबाट पैसा झिक्न सकिन्छ ।
(घ) क्रेडिट कार्ड: बैंकले आफ्ना विश्वासीला ग्राहकलाई खातामा आवश्यक रकम नभएको बेलामा पनि सेवा तथा वस्तु खरिद गर्न सकुन् भनेर उपलब्ध गराएको कार्ड हो ।
(ङ) बैंकिङ एप्स: मोबाइलमा प्रयोग हुने एप्लिकेसनमार्फत रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता वित्तीय कारोबार गर्न सकिने प्रविधि हो ।
(च) नोट: यो सरकारद्वारा जारी गरिएको कागजी मुद्रा हो, जुन वस्तु तथा सेवा खरिद-बिक्रीका लागि प्रयोग गरिन्छ ।
(छ) सेयर: कम्पनीको कुल पुँजीलाई स-साना टुक्रामा विभाजन गरिएको अंशलाई सेयर भनिन्छ, जसले कम्पनीमा स्वामित्व जनाउँछ ।
४. सेयर लिनका लागि अपनाउनुपर्ने प्रक्रिया उल्लेख गर्नुहोस् ।
उत्तर: हाल नेपालमा सेयर कारोबारका लागि निम्न प्रक्रिया अपनाउनुपर्छ:
- सर्वप्रथम, सेयरको कारोबारका लागि डिम्याट खाता (Demat Account) अनिवार्य रूपमा खोल्नुपर्छ । यो खाता नजिकैको बैंक वा ब्रोकर कार्यालयमा गएर खोल्न सकिन्छ ।
- विभिन्न कम्पनी तथा संस्थाहरूले समय-समयमा प्राथमिक सेयर (IPO) निष्कासन गर्दछन् ।
- ती सूचनामा उल्लेख भएबमोजिमको प्रक्रिया (जस्तै: मेरो सेयर खाताबाट आवेदन दिने) पूरा गरेर सेयरका लागि आवेदन दिन सकिन्छ ।
५. डिम्याट खाता भनेको के हो ? यसका उपयोगिता उल्लेख गर्नुहोस् ।
उत्तर: डिम्याट खाता (Demat Account) एउटा त्यस्तो विद्युतीय खाता हो जसमा लगानीकर्ताले आफ्नो सेयरलाई भौतिक प्रमाणपत्रको सट्टा विद्युतीय रूपमा सुरक्षित राख्न सक्छन् ।
यसका उपयोगिताहरू:
- अहिले सेयर कारोबार गर्नका लागि यो खाता अनिवार्य गरिएको छ, त्यसैले सेयर बजारमा प्रवेश गर्न यो आवश्यक छ ।
- यसबाट सेयर कारोबार छिटो, सुरक्षित र भरपर्दो रूपमा गर्न सकिन्छ ।
- सेयर प्रमाणपत्र हराउने, च्यातिने वा चोरी हुने जोखिम हुँदैन ।
- बोनस सेयर, हकप्रद सेयर जस्ता लाभहरू सिधै यही खातामा जम्मा हुन्छन् ।
अर्को पाठ (Next Chapter)
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us