Class 10 Social Unit 4-Chapter 2 | यौन विकृति र विसङ्गति (Yaun Bikriti ra Bisangati) – सामाजिक समस्या र समाधान
An overview of Yaun Bikriti ra Bisangati notes for SEE Class 10 Social Studies

एकाइ ४: सामाजिक समस्या र समाधान (Samajik Samasya ra Samadhan)

पाठ २: यौन विकृति र विसङ्गति (Yaun Bikriti ra Bisangati)

१. कम उमेरमा विवाह गर्दा कस्ता समस्या आइपर्न सक्छन्?

उत्तर: कम उमेरमा विवाह गर्दा आइपर्न सक्ने समस्याहरू निम्न छन्:

  • पढाइ छोड्नुपर्ने अवस्था: छिटो विवाहले गर्दा शिक्षा पूरा गर्ने अवसरबाट वञ्चित हुनुपर्छ।
  • पारिवारिक जिम्मेवारी: बच्चाको स्याहारसुसार र परिवारको पालनपोषणमा ध्यान दिनुपर्ने हुँदा व्यक्तिगत विकास रोकिन्छ।
  • शारीरिक तथा मानसिक समस्या: कलिलो उमेरमा गर्भवती हुँदा र बच्चा जन्माउँदा शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
  • स्वास्थ्यमा नकारात्मक प्रभाव: कम उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्छ।
  • अपरिपक्वतामा बोझ: उमेर नपुगी पारिवारीक बोझ बोक्नुपर्दा जीवनभर तनाव र समस्या झेल्नुपर्ने हुन सक्छ।

२. यदि तपाईंमाथि यौन दुर्व्यवहार हुन खोज्यो भने तपाईं के गर्नुहुन्छ?

उत्तर: हामी कसैले पनि यौन दुर्व्यवहार सहेर बस्नु हुँदैन। तसर्थ, यदि ममाथि यौन दुर्व्यवहार (Yaun Durvyabahar) हुन खोज्यो भने सर्वप्रथम त म त्यसको प्रतिरोध गर्छु र सचेत गराउँछु। यौन दुर्व्यवहार एक सामाजिक विसङ्गति हो भन्ने कुरा सम्झाउँछु। सचेत गराउँदा र सम्झाउँदा पनि नभएमा तुरुन्तै आफ्नो परिवार, शिक्षक वा नजिकको प्रहरीमा गएर उजुरी दिन्छु।

३. आफ्ना बालबालिकालाई यौन विसङ्गति (Yaun Bisangati) बाट बचाउन अभिभावकको भूमिका लेख्नुहोस्।

उत्तर: आफ्ना बालबालिकालाई यौन विसङ्गतिबाट बचाउन अभिभावकले खेल्न सक्ने भूमिकाहरू निम्न छन्:

  • खुला छलफल: यौन विकृति र विसङ्गति (Yaun Bikriti ra Bisangati) का बारेमा बालबालिकासँग खुला भावनामा चर्चा गर्ने र उनीहरूका कुरा सुन्ने।
  • जानकारी प्रदान गर्ने: यौन विकृति र विसङ्गतिका नकारात्मक पक्ष र त्यसबाट बच्ने उपायहरूका बारेमा स्पष्ट जानकारी दिने।
  • सही संस्कार सिकाउने: बालबालिकालाई सही संस्कार, अनुशासन र रचनात्मक गतिविधिमा संलग्न गराउने।
  • आदर्श बन्ने: अभिभावक स्वयंले आदर्श र नैतिक व्यवहार प्रदर्शन गरेर बालबालिकाका लागि उदाहरण बन्ने।
  • नियमित निगरानी: बालबालिकाको गतिविधि, साथीसङ्गत र व्यवहारलाई सूक्ष्मतासहित नियमित निगरानी गर्ने।

४. समाजमा हुने यौन विकृति र विसङ्गति (Yaun Bikriti ra Bisangati) लाई हटाउनका लागि के-के उपाय गर्नुपर्छ?

उत्तर: समाजमा हुने यौन विकृति र विसङ्गतिलाई हटाउन निम्न उपायहरू अपनाउन सकिन्छ:

  • जनचेतना बढाउने: यौन विकृति र विसङ्गतिका खराब पक्षबारे विद्यालय र समुदायस्तरमा जनचेतना फैलाउने।
  • नैतिक शिक्षा: समाजका प्रत्येक सदस्यले उच्च नैतिकता प्रदर्शन गर्ने र एकअर्कालाई सम्मान गर्ने वातावरण सिर्जना गर्ने।
  • रोजगारी सिर्जना: युवाहरूलाई रोजगार तथा स्वरोजगारमा संलग्न गराई उनीहरूको ध्यान रचनात्मक कार्यमा लगाउने।
  • पारिवारिक मूल्यमान्यता: संयुक्त र सुमधुर पारिवारिक वातावरणमा बस्ने व्यवस्था मिलाउने, जसले एक्लोपन र गलत सङ्गतबाट बचाउँछ।
  • कानुनी कारबाही: यौन विकृति र विसङ्गतिमा संलग्न हुनेलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउने र दण्डहीनताको अन्त्य गर्ने।

अर्को पाठ (Next Chapter)

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top