class 11 Social Unit 1-Chapter 2 | सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानको अन्तरसम्बन्ध (Samajik Adhyayan, Samajik Siksha ra Samajik Vigyan ko Antarsambandha)-सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
An overview of Samajik Adhyayan, Samajik Siksha ra Samajik Vigyan ko Antarsambandha (Social Studies, Social Education, and Social Science Interrelationship) notes for NEB class 11 Social Studies

एकाइ १: सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा (Samajik tatha Jivanupayogi Sikshako Avadharana)

पाठ २: सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानको अन्तरसम्बन्ध (Samajik Adhyayan, Samajik Siksha ra Samajik Vigyan ko Antarsambandha)

यस पाठमा हामी सामाजिक अध्ययन (Social Studies), सामाजिक शिक्षा (Social Education), र सामाजिक विज्ञान (Social Science) बिचको घनिष्ठ अन्तरसम्बन्ध, तिनीहरूको आधार र भिन्नताहरूबारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। यी तीनवटै अवधारणाहरूले समाज र मानव व्यवहारलाई बुझ्न मद्दत गर्दछन्।

Samajik Adhyayan, Samajik Siksha ra Samajik Vigyan ko Antarsambandha

१. सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस्।

उत्तर: सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानबिच घनिष्ठ सम्बन्ध रहेको छ।

  • सामाजिक अध्ययन (Social Studies): नागरिक सक्षमता विकास गर्नुका लागि गरिने सामाजिक विज्ञानहरूको एकीकृत अध्ययन हो।
  • सामाजिक शिक्षा (Social Education): मानवलाई आफ्नो जीवनमा आवश्यक सामाजिक ज्ञान, सिप र धारणा प्राप्त गराउने प्रक्रिया हो।
  • सामाजिक विज्ञान (Social Science): मानव समाज र मानव सम्बन्धहरूको वैज्ञानिक एवम् व्यवस्थित रूपमा अध्ययन गर्ने विधा हो।

सामाजिक विज्ञानका सबै विषयका व्यावहारिक र जीवनोपयोगी विषयवस्तुहरू समावेश गरेर सामाजिक अध्ययन विषय तयार पारिएको हो। सामाजिक अध्ययन विषयभित्र सामाजिक विज्ञानका विषयवस्तुहरू पनि समावेश गरिएका हुन्छन्। सामाजिक विज्ञानका विषयहरूमा विषयवस्तुको गहिराइसम्म पुगेर सैद्धान्तिक पक्षको अध्ययन गरिन्छ भने सामाजिक अध्ययन विषयमा सामाजिक विज्ञानका व्यावहारिक पक्षहरूमा जोड दिइन्छ।

सामाजिक विज्ञानका विषयवस्तुले मानव जीवनमा पार्ने प्रभाव र मानवले त्यसको उपयोग कसरी गर्ने तथा कसरी समायोजन हुने भन्ने कुरामा सामाजिक अध्ययन विषय केन्द्रित रहेको हुन्छ। त्यसैले सामाजिक अध्ययन बहुविषयक प्रकृतिको देखिन्छ। यसरी सामाजिक अध्ययन र सामाजिक विज्ञानबाट आर्जन गरेको विभिन्न ज्ञान, सीप र व्यक्तिले आफ्नो दैनिक जीवनमा हुने गतिविधिबाट सिक्ने अनियतित सिकाइ नै सामाजिक शिक्षा हो। सामाजिक शिक्षा निरन्तर रूपमा समाजमा विविध गतिविधिबाट हुने सिकाइ हो। यो कुनै औपचारिक सिकाइको विषय होइन।

अतः सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानबिच त्रिकोणात्मक सम्बन्ध रहेको छ। त्यसैले यी सम्बन्धहरू एक अर्का बिना उद्देश्यहीन, महत्त्वहीन, अधुरो र अपूर्ण छन् भन्ने बुझिन्छ।

२. ‘सामाजिक विज्ञान सामाजिक अध्ययनको आधार हो’, यस भनाइलाई पुष्टि गर्नुहोस्।

उत्तर: सामाजिक विज्ञान स्वतन्त्र अस्तित्व भएको पूर्ण विकसित विधा हो भने सामाजिक अध्ययन सामाजिक विज्ञानका विभिन्न विषयवस्तुहरू समेटिएको एकीकृत रूप हो। सामाजिक अध्ययन विषयभित्र सामाजिक विज्ञानका सबै विषयवस्तुहरू समावेश गरिएका हुन्छन्। सामाजिक विज्ञानका विषयहरूमा विषयवस्तुको गहिराइसम्म पुगेर सैद्धान्तिक पक्षको अध्ययन गरिन्छ भने सामाजिक अध्ययन विषयमा सामाजिक विज्ञानका व्यावहारिक पक्षहरूमा जोड दिइन्छ। त्यसैले सामाजिक विज्ञान सामाजिक अध्ययनको एउटा आधार हो।

‘सामाजिक विज्ञान सामाजिक अध्ययनको आधार हो’, भनाइलाई निम्न बुँदाहरूले पनि पुष्टि गर्दछ:

  • सामाजिक विज्ञान ज्ञानको उत्पादनसँग सम्बन्धित हुन्छ भने सामाजिक अध्ययन ज्ञानको उपयोगसँग सम्बन्धित हुन्छ।
  • सामाजिक अध्ययन मानव जीवनको विविध पक्षसँग सम्बन्धित हुन्छ भने सामाजिक विज्ञान मानव जीवनको कुनै एक पक्षसँग सम्बन्धित हुन्छ।
  • सामाजिक अध्ययन बढी व्यावहारिक हुन्छ भने सामाजिक विज्ञान बढी सैद्धान्तिक हुन्छ।
  • सामाजिक विज्ञानका सबै विषयका व्यावहारिक र जीवनोपयोगी विषयवस्तुहरू समावेश गरेर सामाजिक अध्ययन विषय तयार पारिएको हुन्छ।
  • सामाजिक विज्ञानका विषयवस्तुले मानव जीवनमा पार्ने प्रभाव र मानवले त्यसको उपयोग कसरी गर्ने तथा कसरी समायोजन हुने भन्ने कुरामा सामाजिक अध्ययन विषय केन्द्रित रहेको हुन्छ।

३. सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको भिन्नता छुट्र्याउनुहोस्।

उत्तर: सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको भिन्नता यसप्रकार रहेका छन्:

सामाजिक अध्ययन (Social Studies) सामाजिक विज्ञान (Social Science)
सामाजिक विज्ञानका विभिन्न विषयवस्तुहरू समेटिएको एकीकृत रूप हो। स्वतन्त्र अस्तित्व भएको पूर्ण विकसित विधा हो।
यो ज्ञानको उपयोगसँग सम्बन्धित हुन्छ। यो ज्ञानको उत्पादनसँग सम्बन्धित हुन्छ।
मानव जीवनको विविध पक्षसँग सम्बन्धित हुन्छ। मानव जीवनको कुनै एक पक्षसँग सम्बन्धित हुन्छ।
यसमा विषयवस्तुको सामान्य अध्ययन गरिन्छ। यसमा विषयवस्तुको गहिरो अध्ययन गरिन्छ।
यसको उद्देश्य असल, सक्षम, सिर्जनशील तथा सभ्य नागरिक तयार पार्नु हो। यसको उद्देश्य विषयविज्ञ तयार गर्ने हो।

थप जानकारीका लागि:

राष्ट्रिय परीक्षा बोर्ड (NEB)

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top