class 11 Social Unit 1-Chapter 3 | सामाजिक अध्ययनका सिप र जीवनोपयोगी सिपको अवधारणा (Samajik Adhyayanka Sip ra Jivanupayogi Sipko Avadharana)-सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
An overview of Samajik Adhyayanka Sip ra Jivanupayogi Sipko Avadharana (Concept of Social Studies Skills and Life Skills) notes for NEB class 11 Social Studies

एकाइ १: सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा (Samajik tatha Jivanupayogi Sikshako Avadharana)

पाठ ३: सामाजिक अध्ययनका सिप र जीवनोपयोगी सिपको अवधारणा (Samajik Adhyayanka Sip ra Jivanupayogi Sipko Avadharana)

यस पाठमा हामी सामाजिक अध्ययनका सिप (Social Studies Skills)जीवनोपयोगी सिप (Life Skills) को अवधारणा, तिनीहरूको महत्त्व र प्रयोगबारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। यी सिपहरुले विद्यार्थीलाई सक्षम र सिर्जनशील नागरिक बन्न मद्दत गर्दछन्।

Samajik Adhyayanka Sip ra Jivanupayogi Sipko Avadharana

१. कुनै एक स्थानीय घटना वा गतिविधिमा आधारित समाचार तयार पार्नुहोस्।

उत्तर:

सङ्खुवासभामा प्रहरीले भेट्टायो चोरीका ६ मोटरसाइकल

२१ साउन, सङ्खुवासभा।

इलाका प्रहरी कार्यालय, चैनपुरले चोरीका ६ वटा मोटरसाइकल फेला पारेको छ। केही महिनायता नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो आएपछि थालिएको अनुसन्धानका क्रममा ६ मोटरसाइकल फेला पारिएको हो।

चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार ट्राफिक प्रहरीसमेतको सहयोगमा गरेको अनुसन्धानका क्रममा मोटरसाइकल चोरीमा संलग्न चैनपुरका २१ वर्षीय सन्देश शेर्पा पनि पक्राउ परेका छन्।

“विशेष चेकजाँचका क्रममा सुमन कार्कीले चलाएको बा ९६ प ३६०२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा च्यासिस नम्बर र इन्जिन नम्बर मिलेन,” उनले भने, “त्यसपछि कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल शेर्पाले बेचेको पाइएको थियो।” उनीबाट अन्य मोटरसाइकलबारे पनि सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको छ।

२. पाठमा उल्लिखित कुनै एक सिपसँग सम्बन्धित हुने गरी कथा, कविता, गीत, संवाद, चिठी र चित्रमध्ये कुनै एकको रचना गरी कक्षामा प्रस्तुत गर्नुहोस्।

उत्तर: (सिर्जनात्मक सिप अन्तर्गत कविता रचना)

मेरो देश

– सोफिया बानो

कति खोजेँ देश मैले बोकी मानचित्र
आखिरमा देश पाएँ आफ्नै छातीभित्र।
देश हेर्न लेक, बेंसी, तराई सबै धाएँ
बुझ्दाखेरि आफ्नो देश आफैंभित्र पाएँ।

जुन दिन छातीभित्र देश मैले भेटेँ
डाँडाकाँडा जताततै देशैदेश देखेँ।
मेची, कोसी, सेती, काली, कर्णालीका तीर
आफ्नै रगत बगे जस्तो आफ्नै मुटुनिर।

पहाड, मधेस, हिमाल सबै मेरो घरबार
सबै जात, सबै वर्ग मेरो परिवार।
नेपालीको आँसु पुछ, देशले मलाई भन्छ
नेपाललाई बिर्से भने कसले मलाई गन्छ?

३. सामाजिक अध्ययनमा प्रयोग हुने सिपहरु उल्लेख गर्नुहोस्।

उत्तर: सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको मूल उद्देश्य बालबालिकालाई असल, देशभक्त, चरित्रवान, सक्षम र सिर्जनशील नागरिक तयार पार्नु हो। यसका लागि विद्यार्थीमा विभिन्न प्रकारका जीवनोपयोगी सिप, सिर्जनशील सिप र केही विषयगत सिपहरु हासिल हुनुपर्दछ। यस्ता सिपले व्यक्तिलाई जीवनभर समाजमा सहज रूपमा जिउन सहयोग गर्दछन्।

सामाजिक अध्ययनमा प्रयोग हुने प्रमुख सिपहरु यसप्रकार रहेका छन्:

  • नक्सा अध्ययन गर्ने र नक्सा उतार्ने सिप (Map Reading and Drawing Skill): भौगोलिक जानकारीलाई बुझ्ने र प्रस्तुत गर्ने क्षमता।
  • सिर्जनात्मक सिप (Creative Skill): विभिन्न विधाका माध्यमबाट अभिव्यक्त गर्ने जस्तै: गीत, कविता, निबन्ध, संवाद, नाटक, चिठी आदि।
  • समाचार सङ्कलन, लेखन र प्रस्तुतीकरण सिप (News Collection, Writing, and Presentation Skill): समाचार, सम्पादकीय, सम्पादकलाई चिठी, सामाजिक सञ्जालमा कमेन्ट र पोस्ट गर्ने जस्ता सिपहरू।
  • सामाजिक सिप (Social Skill): छलफल, सहयोग, सहकार्य, मेलमिलाप, समानुभूति जस्ता अन्तरक्रियात्मक क्षमताहरू।
  • तथ्याङ्क प्रस्तुति सिप (Data Presentation Skill): स्तम्भचित्र, रेखाचित्र, वृत्तचित्र, ग्राफ निर्माण जस्ता माध्यमबाट तथ्याङ्कलाई दृश्य रूपमा प्रस्तुत गर्ने सिप।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top