Unit 6: Quantitative Techniques in Economics | Class 10 Economics Notes
Importantedunotes.com
Back to Economics Notes
एकाइ ६: अर्थशास्त्रमा परिमाणात्मक पद्धति

Class 10 Economics (अर्थशास्त्र)

पाठ १: तथ्याङ्कको प्रस्तुतीकरण (Presentation of Data)

SEE board exam तयारीका लागि: सैद्धान्तिक नोट, सम्पूर्ण प्रश्नोत्तर र सबै चित्रहरू

Welcome to the complete study guide on Presentation of Data (तथ्याङ्कको प्रस्तुतीकरण) — Unit 6, Chapter 1 of Class 10 Economics for Nepal SEE board exam preparation.

This page covers all types of diagrams: Simple Bar, Multiple Bar, Sub-divided Bar, Percentage Bar, Pie Charts, Line Graphs, and Histograms.

Explore: Class 10 Economics Notes

१. सैद्धान्तिक अवधारणा (Theoretical Concept)

तथ्याङ्कको प्रस्तुतीकरण (Presentation of Data)

तथ्याङ्कलाई तालिका, चित्र, रेखाचित्र र वर्णनात्मक रूपमा प्रस्तुत गर्ने कार्यलाई तथ्याङ्कको प्रस्तुतीकरण भनिन्छ। यस कार्यले तथ्याङ्कलाई स्पष्टसँग बुझ्न, तथ्याङ्कको ढाँचा पत्ता लगाउन, तुलना तथा विश्लेषण गर्न र निर्णय लिन सहयोग गर्छ।

यस पाठमा तथ्याङ्क प्रस्तुतीकरणका विभिन्न विधिहरूमध्ये चित्रात्मक र रेखाचित्रात्मक प्रस्तुतीकरण बारेमा मात्र अध्ययन गरिन्छ।

१.१ चित्रात्मक प्रस्तुतीकरण (Diagrammatic Representation)

तथ्याङ्कलाई रेखाचित्र (line diagram), स्तम्भचित्र (bar-diagram), वृत्तचित्र (pie-chart), चित्रात्मक चित्र (pictograms) र नक्साचित्र (cartograms) मा प्रस्तुत गर्ने कार्यलाई चित्रात्मक प्रस्तुतीकरण भनिन्छ।

चित्रात्मक प्रस्तुतीकरण गर्दा ध्यान दिनुपर्ने पक्षहरू:

(अ) प्रत्येक चित्रका लागि उपयुक्त नाम तथा शीर्षक दिनुपर्छ।
(आ) चित्रको लम्बीय (vertical) र क्षितिजीय (horizontal) अक्षमा के देखाइएको छ, स्पष्ट गर्नुपर्छ।
(इ) चित्रका लागि उपयुक्त स्केल (scale) को छनोट गर्नुपर्छ।
(ई) चित्रलाई आकर्षक बनाउन विभिन्न रङ वा सङ्केतको प्रयोग गर्नुपर्छ।

(क) सरल स्तम्भचित्र (Simple Bar Diagram)

एउटा मात्र विशेषता वा चर (variable) भएको तथ्याङ्कलाई समान चौडाइ र तथ्याङ्कको मूल्य अनुसारको लम्बाइ वा उचाइ भएका स्तम्भहरू मार्फत प्रस्तुत गरिने चित्रलाई सरल स्तम्भचित्र भनिन्छ।

(ख) बहु-स्तम्भचित्र (Multiple Bar Diagram)

दुई वा दुईभन्दा बढी विशेषता वा चर (variables) भएको तथ्याङ्कलाई तुलनात्मक रूपमा प्रस्तुत गर्नका लागि प्रयोग गरिने चित्रलाई बहु-स्तम्भचित्र भनिन्छ।

(ग) उप-विभाजित स्तम्भचित्र (Sub-divided Bar Diagram)

एउटै स्तम्भलाई विभिन्न उप-भागहरूमा विभाजन गरी समग्र मूल्य र त्यसका विभिन्न अङ्गहरू प्रस्तुत गर्ने चित्रलाई उप-विभाजित स्तम्भचित्र वा खण्डित स्तम्भचित्र भनिन्छ। यसमा स्तम्भको कुल उचाइले कुल मूल्यलाई जनाउँछ।

(घ) प्रतिशत उप-विभाजित स्तम्भचित्र (Percentage Sub-divided Bar Diagram)

विभिन्न अङ्गहरूलाई तिनीहरूको कुल मूल्यको प्रतिशतको रूपमा रूपान्तरण गरी एउटै स्तम्भमा विभाजन गरी प्रस्तुत गर्ने चित्रलाई प्रतिशत उप-विभाजित स्तम्भचित्र भनिन्छ। यसमा सबै स्तम्भहरूको कुल उचाइ १०० प्रतिशत बराबर हुन्छ।

(ङ) वृत्तचित्र (Pie Chart)

कुनै पनि तथ्याङ्कको कुल मूल्यलाई एउटा पूर्ण वृत्त (३६० डिग्री) मानेर त्यसका विभिन्न अङ्गहरूलाई वृत्तका विभिन्न खण्डहरू (sectors) मा प्रस्तुत गर्ने चित्रलाई वृत्तचित्र भनिन्छ।

सूत्र: कोण = (सम्बन्धित अङ्गको मूल्य / कुल मूल्य) × ३६०°

१.२ रेखाचित्रात्मक प्रस्तुतीकरण (Graphic Representation)

तथ्याङ्कलाई ग्राफ पेपर मा X-अक्ष र Y-अक्ष कोर्दे बिन्दुहरू अङ्कित गरी ती बिन्दुहरूलाई जोडेर बनाइने चित्रलाई रेखाचित्रात्मक प्रस्तुतीकरण भनिन्छ।

(क) सरल रेखाचित्र (Simple Line Graph)

एउटा मात्र चर (variable) र समयलाई ग्राफ पेपरमा बिन्दुहरू अङ्कित गरी ती बिन्दुहरूलाई सिधा रेखाले जोडेर बनाइने चित्रलाई सरल रेखाचित्र भनिन्छ। सामान्यतया X-अक्षमा समय र Y-अक्षमा चरको मूल्य राखिन्छ।

(ख) बहु-रेखाचित्र (Multiple Line Graph)

दुई वा दुईभन्दा बढी चरहरू (variables) लाई एउटै ग्राफ पेपरमा फरक-फरक रेखाहरूद्वारा प्रस्तुत गर्ने चित्रलाई बहु-रेखाचित्र भनिन्छ।

(ग) बारम्बारता आयातचित्र (Histogram)

बारम्बारता वा आवृत्तिसहित अविच्छिन्न श्रेणी (continuous series) मा दिइएको तथ्याङ्कलाई आयात (rectangle) को प्रयोग गरी चित्रमा प्रस्तुत गर्ने विधिलाई बारम्बारता आयातचित्र (Histogram) भनिन्छ। यसमा आयातहरू एकआपसमा जोडिएका हुन्छन् किनभने वर्गान्तरहरू निरन्तर हुन्छन्।

१. तलका प्रश्नको अति छोटो उत्तर दिनुहोस् :

(क) तथ्याङ्कको प्रस्तुतीकरणका विधिहरू के के छन् ?
उत्तर: सङ्कलित तथ्याङ्कलाई सरल र बुझ्न सजिलो बनाउन प्रस्तुत गरिने मुख्य चार विधिहरू:
१. वर्णनात्मक विधि (Textual Presentation)
२. तालिकागत विधि (Tabular Presentation)
३. चित्रात्मक विधि (Diagrammatic Presentation)
४. रेखाचित्रात्मक विधि (Graphical Presentation)
(ख) साधारण स्तम्भचित्र भनेको के हो ?
उत्तर: एउटै मात्र गुण वा विशेषता भएको साङ्ख्यिकीय तथ्याङ्कलाई तुलनात्मक रूपमा देखाउन समान चौडाइ र मूल्यअनुसार फरक-फरक उचाइ भएका छुट्टाछुट्टै आयताकार स्तम्भहरू प्रयोग गरी बनाइने चित्रलाई साधारण स्तम्भचित्र (Simple Bar Diagram) भनिन्छ।
(ग) खण्डे स्तम्भचित्र र प्रतिशत स्तम्भचित्रबिचको एक फरक लेख्नुहोस् ।
उत्तर: खण्डे स्तम्भचित्रमा कुल मानअनुसार स्तम्भहरूको कुल उचाइ फरक-फरक हुन्छ, तर प्रतिशत स्तम्भचित्रमा सबै स्तम्भहरूको कुल उचाइ सधैँ समान (१०० प्रतिशत) हुन्छ र प्रत्येक खण्डले सम्बन्धित भागको प्रतिशतलाई मात्र प्रतिनिधित्व गर्छ।
(घ) कस्ता तथ्याङ्क बहुगुणी स्तम्भचित्रमा प्रस्तुत गर्न उपयुक्त हुन्छ ?
उत्तर: दुई वा दुईभन्दा बढी परस्पर सम्बन्धित चर वा विशेषताहरू भएका तथ्याङ्कहरू (जस्तै: विभिन्न वर्षको आयात र निर्यात वा विभिन्न बालीहरूको उत्पादन) लाई तुलनात्मक रूपमा प्रस्तुत गर्न बहुगुणी स्तम्भचित्र (Multiple Bar Diagram) उपयुक्त हुन्छ।
(ङ) कस्ता तथ्याङ्कलाई कालिक श्रेणीको रेखाचित्रमा प्रस्तुत गरिन्छ ?
उत्तर: समयको अन्तराल (जस्तै: वर्ष, महिना, हप्ता वा दिन) सँगै निरन्तर परिवर्तन भइरहने ऐतिहासिक वा क्रमिक तथ्याङ्कहरू (जस्तै: वार्षिक कुल उत्पादन, प्रतिव्यक्ति आय, जनसङ्ख्या वृद्धिदर) लाई कालिक श्रेणीको रेखाचित्र (Time Series Graph) मा प्रस्तुत गरिन्छ।
(च) कालिक श्रेणीको रेखाचित्रमा क्षितिजीय र लम्बीय अक्षमा कुन कुन चर मापन गरिन्छ ?
उत्तर: क्षितिजीय अक्ष (X-अक्ष) मा समय (स्वतन्त्र चर, जस्तै: वर्ष वा महिना) र लम्बीय अक्ष (Y-अक्ष) मा तथ्याङ्कको मूल्य वा मात्रा (आश्रित चर, जस्तै: उत्पादन वा आम्दानी) मापन गरिन्छ।
(छ) बारम्बारता आयातचित्रमा आयातकार स्तम्भहरू किन एकआपसमा जोडिएका हुन्छन् ?
उत्तर: बारम्बारता आयातचित्र (Histogram) मा प्रस्तुत गरिने तथ्याङ्कहरू निरन्तर श्रेणी (Continuous Series) का वर्गान्तरमा आधारित हुन्छन्, जसमा एउटा वर्गको माथिल्लो सीमा लगत्तै अर्को वर्गको तल्लो सीमासँग जोडिने हुनाले बिचमा कुनै खाली ठाउँ नहुँदा आयताकार स्तम्भहरू एकआपसमा जोडिएका हुन्छन्।

२. तलका साङ्ख्यिकीय प्रश्नहरू समाधान गर्नुहोस् :

(क) कुनै एक घरपरिवारको कुल आयलाई उपभोग खर्च र बचत गरी दुई भागमा विभाजन गरेर तलको तालिकामा देखाइएको छ । यस तालिकाका आधारमा साधारण स्तम्भचित्र तयार गर्नुहोस् : Simple Bar
विवरण (Particulars)रकम (Rs.)
उपभोग (Consumption)20,000
बचत (Saving)5,000
स्केल: Y-अक्ष → 1 unit = 5,000 रु. उपभोग = 20,000 → 4 units | बचत = 5,000 → 1 unit
चित्र (क): घरपरिवारको उपभोग र बचत — साधारण स्तम्भचित्र

(ख) भौगोलिक क्षेत्रअनुसार नेपालको जनसङ्ख्यालाई तलको तालिकामा देखाइएको छ । यस तालिकालाई साधारण स्तम्भचित्रमा देखाउनुहोस् : Simple Bar
भौगोलिक क्षेत्रजनसङ्ख्या (लाखमा)
हिमाल17.73
पहाड117.57
तराई156.34
स्केल: Y-अक्ष → 1 unit = 20 लाख | स्रोत: राष्ट्रिय जनगणना, 2078
चित्र (ख): भौगोलिक क्षेत्रअनुसार नेपालको जनसङ्ख्या — साधारण स्तम्भचित्र

(ग) दिइएको तालिकामा कुनै एक घरपरिवारको एक महिनाको अवधिमा भएका विभिन्न खर्चका शीर्षकहरू दिइएको छ । यी खर्च शीर्षक र रकमलाई साधारण स्तम्भचित्रमा प्रस्तुत गर्नुहोस् :Simple Bar
खर्च शीर्षकरकम (Rs.)
शिक्षा12,000
स्वास्थ्य5,000
सञ्चार3,000
खाद्यान्न17,000
लत्ताकपडा7,000
अन्य6,000
स्केल: Y-अक्ष → 1 unit = 2,000 रु.
चित्र (ग): घरपरिवारको मासिक खर्च — साधारण स्तम्भचित्र

(घ) दिइएको तालिकामा एक निश्चित अवधिमा क्षेत्रगत रूपमा विद्युत्‌को उपभोगलाई देखाइएको छ । यसमा आधारित भएर खण्डे स्तम्भचित्र तयार गर्नुहोस् :Sub-divided Bar
क्षेत्रविद्युत् खपत (कि.वा.)सञ्चित
घरपरिवार1,2001,200
उद्योग1,5002,700
व्यापार तथा वाणिज्य3003,000
अन्य1003,100
जम्मा3,100
स्केल: Y-अक्ष → 1 unit = 500 कि.वा. | कुल: 3,100 → 6.2 units
चित्र (घ): क्षेत्रगत विद्युत् खपत — खण्डे स्तम्भचित्र

(ङ) दिइएको तालिकामा आधारमा खण्डे स्तम्भचित्र तयार गर्नुहोस् :Sub-divided Bar
जिल्लाधानमकैगहुँजम्मा
झापा1,2008003002,300
मोरङ1,5005004502,450
सुनसरी9007004002,000
स्केल: Y-अक्ष → 1 unit = 500 मेट्रिक टन
चित्र (ङ): जिल्लागत खाद्यान्न बाली उत्पादन — खण्डे स्तम्भचित्र

(च) दिइएको तालिकालाई प्रतिशत स्तम्भचित्रमा प्रस्तुत गर्नुहोस् :% Bar
खर्च शीर्षकरकम (Rs.)प्रतिशत (%)सञ्चित (%)
शिक्षा12,00024%24
स्वास्थ्य5,00010%34
सञ्चार3,0006%40
खाद्यान्न17,00034%74
लत्ताकपडा7,00014%88
अन्य6,00012%100
जम्मा50,000100%
चित्र (च): पारिवारिक खर्च — प्रतिशत स्तम्भचित्र

(छ) तलको तालिकामा तीनओटा देशको कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदानलाई प्रतिशतमा दिइएको छ । यसका आधारमा प्रतिशत स्तम्भचित्र तयार गर्नुहोस् :% Bar
देशकृषि (%)उद्योग (%)सेवा (%)जम्मा
A253045100
B203545100
C352540100
सञ्चित % — A: 25, 55, 100 | B: 20, 55, 100 | C: 35, 60, 100
चित्र (छ): तीन देशको GDP मा क्षेत्रगत योगदान — प्रतिशत स्तम्भचित्र

(ज) तलको तालिकाका आधारमा बहुगुणी स्तम्भचित्र तयार गर्नुहोस् :Multiple Bar
आर्थिक वर्षआयात (करोड रु.)निर्यात (करोड रु.)
2077/781,500400
2078/791,920350
2079/801,612375
2080/811,700410
स्केल: Y-अक्ष → 1 unit = 200 करोड
चित्र (ज): आयात-निर्यात — बहुगुणी स्तम्भचित्र

(झ) तलको तालिकाको आधारमा बहुगुणी स्तम्भचित्र तयार गर्नुहोस् : Multiple Bar
आर्थिक वर्षकर आय (करोड रु.)गैरकर आय (करोड रु.)
2077/78800200
2078/79850220
2079/80900250
स्केल: Y-अक्ष → 1 unit = 100 करोड
चित्र (झ): कर र गैरकर आय — बहुगुणी स्तम्भचित्र

(ञ) तलको तालिकाको आधारमा बहुगुणी स्तम्भचित्र तयार गर्नुहोस् :Multiple Bar
आर्थिक वर्षशिक्षा (अर्ब)स्वास्थ्य (अर्ब)सडक (अर्ब)
2077/78200120150
2078/79220130170
2079/80245180200
स्केल: Y-अक्ष → 1 unit = 50 अर्ब
चित्र (ञ): सरकारी खर्च — बहुगुणी स्तम्भचित्र

(ट) तलको तालिकाको आधारमा वृत्तखण्ड चित्र रचना गर्नुहोस् :Pie Chart
लागत शीर्षकलागत (Rs.)कोण
ज्याला1,20090°
सिमेन्ट1,600120°
काठ60045°
फलाम80060°
बालुवा40030°
विविध20015°
जम्मा4,800360°
सूत्र: कोण = (लागत / 4,800) × 360°
चित्र (ट): निर्माण लागत — वृत्तखण्ड चित्र

(ठ) वस्तुको कुल निर्यातमा विभिन्न वस्तुको अंशलाई तलको तालिकामा प्रस्तुत गरिएको छ । यसका आधारमा वृत्तखण्ड चित्र रचना गर्नुहोस् :Pie Chart
वस्तुप्रतिशत (%)कोण
कृषि उत्पादन35%126°
हस्तकला25%90°
कपडा22%79.2°
अन्य18%64.8°
जम्मा100%360°
चित्र (ठ): कुल निर्यातमा वस्तुको अंश — वृत्तखण्ड चित्र

(ड) तलको तालिकामा प्रदेशगत रूपमा वाणिज्य बैङ्कको शाखालाई देखाइएको छ । यसलाई वृत्तखण्ड चित्रमा प्रस्तुत गर्नुहोस् :Pie Chart
प्रदेशशाखा सङ्ख्याकोण
कोसी76254.0°
मधेश58141.2°
बागमती1,842130.5°
गण्डकी60542.9°
लुम्बिनी74552.8°
कर्णाली21615.3°
सुदूरपश्चिम33023.4°
जम्मा5,081360°
सूत्र: कोण = (शाखा / 5,081) × 360° | स्रोत: आर्थिक सर्वेक्षण, 2081/82
चित्र (ड): प्रदेशगत वाणिज्य बैङ्क शाखा — वृत्तखण्ड चित्र

(ढ) तलको तालिकामा विभिन्न वर्षका कुल गार्हस्थ उत्पादनको वृद्धिदरलाई देखाइएको छ । यसका आधारमा कालिक श्रेणीको रेखाचित्र रचना गर्नुहोस् : Line Graph
वर्ष (A.D.)201420152016201720182019202020212022
GDP वृद्धिदर (%)4.23.85.05.56.1-1.82.54.75.2
नोट: 2019 मा COVID-19 को कारण वृद्धिदर ऋणात्मक (-1.8%) भयो।
चित्र (ढ): GDP वृद्धिदर — कालिक श्रेणीको रेखाचित्र

(ण) दिइएको तथ्याङ्कलाई उपयुक्त रेखाचित्रमा प्रस्तुत गर्नुहोस् : Multiple Line
वर्ष (B.S.)207520762077207820792080
आम्दानी (रु.)40,00055,00080,00075,00060,0001,00,000
खर्च (रु.)35,00042,00060,00061,00055,00080,000
स्केल: Y-अक्ष → 1 unit = 10,000 रु.
चित्र (ण): आम्दानी र खर्च — बहु-रेखाचित्र

(त) कक्षा 10 का विद्यार्थीको अर्थशास्त्र विषयको प्राप्ताङ्कलाई तलको बारम्बारता तालिकामा देखाइएको छ । यसलाई बारम्बारता आयातचित्रमा प्रस्तुत गर्नुहोस् :Histogram
प्राप्ताङ्क (वर्गान्तर)विद्यार्थी सङ्ख्या
10–206
20–3013
30–4010
40–5020
50–6025
60–7018
स्केल: Y-अक्ष → 1 unit = 5 विद्यार्थी | आयातहरू एकआपसमा जोडिएका
चित्र (त): विद्यार्थीको प्राप्ताङ्क — बारम्बारता आयातचित्र

(थ) तलको तथ्याङ्कका आधारमा बारम्बारता आयातचित्र रचना गर्नुहोस् : Histogram
ज्याला (रु. सयमा)मजदुर सङ्ख्या
5–155
15–253
25–358
35–459
45–5512
स्केल: Y-अक्ष → 1 unit = 2 मजदुर
चित्र (थ): ज्याला र मजदुर सङ्ख्या — बारम्बारता आयातचित्र

४. अभ्यास ३ — तलका प्रश्न समाधान गर्नुहोस् :

(क) तलको तालिकालाई प्रतिशत स्तम्भचित्रमा प्रस्तुत गर्नुहोस् :% Bar
आय शीर्षकपरिवार ‘क’ (Rs.)‘क’ %सञ्चित ‘क’परिवार ‘ख’ (Rs.)‘ख’ %सञ्चित ‘ख’
ज्याला32,00050.00%50.0022,00041.51%41.51
ब्याज2,0003.13%53.134,0007.55%49.06
नाफा15,00023.44%76.577,00013.21%62.27
घरभाडा12,00018.75%95.3215,00028.30%90.57
अन्य विविध3,0004.69%100.005,0009.43%100.00
जम्मा64,000100%53,000100%
चित्र (क): दुई परिवारको आय स्रोत — प्रतिशत स्तम्भचित्र

(ख) तलको तालिकामा विभिन्न वर्षहरूमा फलफूल बिक्रीको तथ्याङ्कलाई देखाइएको छ । यस तथ्याङ्कलाई बहुगुणी स्तम्भचित्रमा प्रस्तुत गर्नुहोस् : Multiple Bar
वर्षस्याउसुन्तलाआँपकेरा
2077220500125700
2078230410180550
2079190450220600
2080250400200640
स्केल: Y-अक्ष → 1 unit = 100 केजी
चित्र (ख): फलफूल बिक्री — बहुगुणी स्तम्भचित्र

(ग) तलको तालिकामा दुई फरक वर्षहरूमा ऊर्जा खपतको तथ्याङ्कलाई देखाइएको छ । यस तथ्याङ्कलाई वृत्तखण्डचित्रमा प्रस्तुत गर्नुहोस् :Pie Chart
ऊर्जा स्रोत2081 (W)कोण 20812082 (W)कोण 2082
जलविद्युत्900215.0°945281.9°
थर्मल25059.7°19056.7°
सौर्य25059.7°5014.9°
कोइला10023.9°123.6°
अन्य71.7°103.0°
जम्मा1,507360°1,207360°
चित्र (ग): ऊर्जा खपत वर्ष 2081 र 2082 — दुई वृत्तखण्ड चित्र

(घ) कुनै दुई परिवारको मासिक खर्चलाई विभिन्न शीर्षकअन्तर्गत तलको तालिकामा देखाइएको छ । यस तालिकाका आधारमा वृत्तखण्डचित्रको रचना गर्नुहोस् : Pie Chart
खर्च शीर्षक‘क’ (Rs.)कोण ‘क’‘ख’ (Rs.)कोण ‘ख’
खाद्यान्न16,000123.9°12,00099.3°
कपडा2,50019.4°3,00024.8°
शिक्षा8,00061.9°7,00057.9°
स्वास्थ्य3,00023.2°2,50020.7°
भाडा12,00092.9°13,000107.6°
विविध5,00038.7°6,00049.7°
जम्मा46,500360°43,500360°
चित्र (घ): परिवार ‘क’ र ‘ख’ को मासिक खर्च — दुई वृत्तखण्ड चित्र

(ङ) दिइएको तालिकाका आधारमा कालिक श्रेणीको रेखाचित्र रचना गर्नुहोस् :Line Graph
वर्ष (B.S.)207720782079208020812082
प्रतिव्यक्ति आय (लाख रु.)2.12.32.53.02.83.3
स्केल: Y-अक्ष → 1 unit = 0.5 लाख
चित्र (ङ): प्रतिव्यक्ति आय — कालिक रेखाचित्र

(च) तलको तालिकामा विभिन्न वर्षहरूमा नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदानलाई देखाइएको छ । यस तालिकालाई कालिक श्रेणीको रेखाचित्रमा देखाउनुहोस् : Line Graph
आर्थिक वर्ष2076/772077/782078/792079/802080/812081/82
GDP (अर्ब रु.)629647662682705728
स्केल: Y-अक्ष → 600 देखि 750 सम्म (False line प्रयोग) | स्रोत: आर्थिक सर्वेक्षण, 2081/82
चित्र (च): कृषि क्षेत्रको GDP — कालिक रेखाचित्र

(छ) तलको तालिकामा कुनै एक परिवारको विभिन्न वर्षको खर्च र बचतको स्थितिलाई देखाइएको छ । यसका आधारमा कालिक श्रेणीको रेखाचित्र रचना गर्नुहोस् : Multiple Line
वर्ष (B.S.)2076/772077/782078/792079/802080/812081/82
खर्च (हजार रु.)250270240300315290
बचत (हजार रु.)2025-10505540
नोट: 2078/79 मा बचत ऋणात्मक (-10 हजार) भएको छ → X-अक्षको तल रेखा झर्छ।
चित्र (छ): वार्षिक खर्च र बचत — बहु-रेखाचित्र

तलको तालिकामा कुल व्यापारमा निकासी (निर्यात) र पैठारी (आयात) को अनुपातलाई देखाइएको छ । यसका आधारमा कालिक श्रेणीको रेखाचित्र रचना गर्नुहोस् :Multiple Line
आर्थिक वर्ष2075/762076/772077/782078/792079/802080/81
निकासी (%)6.47.58.49.48.98.7
पैठारी (%)93.692.591.690.691.191.3
चित्र (ज): निकासी र पैठारीको अंश — बहु-रेखाचित्र

(झ) तलको तथ्याङ्कका आधारमा बारम्बारता आयातचित्र रचना गर्नुहोस् : Histogram
ज्याला (हजार रु.) — मूल डेटा0–500–1000–1500–2000–250
सञ्चित मजदुर सङ्ख्या1015253340

सञ्चित बारम्बारतालाई साधारण बारम्बारतामा रूपान्तरण:

वर्गान्तरवास्तविक बारम्बारता
0–5010
50–1005 (15−10)
100–15010 (25−15)
150–2008 (33−25)
200–2507 (40−33)
चित्र (झ): ज्याला र मजदुर सङ्ख्या — बारम्बारता आयातचित्र

(ञ) कक्षा 10 मा अध्ययनरत 42 विद्यार्थीले अर्थशास्त्र विषयको 75 पूर्णाङ्कको दोस्रो त्रैमासिक परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क निम्नानुसार छ । यसका आधारमा 10 को वर्गान्तर कायम गरी बारम्बारता तालिका तयार गर्नुहोस् र उक्त तालिकाका आधारमा बारम्बारता आयातचित्रको रचना गर्नुहोस् :Histogram

तथ्याङ्क: 18, 24, 35, 42, 55, 60, 67, 21, 33, 48, 52, 69, 15, 28, 37, 44, 58, 62, 70, 19, 24, 35, 42, 55, 63, 18, 29, 41, 47, 52, 66, 20, 34, 45, 59, 61, 68, 24, 35, 42, 55, 18

प्राप्ताङ्क (वर्गान्तर)मिलान चिन्हविद्यार्थी सङ्ख्या (f)
10–20/// // (5)5
20–30/// //// (7)7
30–40/// /// (6)6
40–50/// ///// (8)8
50–60/// //// (7)7
60–70/// ///// (8)8
70–80/ (1)1
जम्मा42
चित्र (ञ): 42 विद्यार्थीको प्राप्ताङ्क — बारम्बारता आयातचित्र

📚 Also Read: Class 10 SEE Notes

Compulsory Subjects

Optional Subjects

Scroll to Top