एकाइ ८: आर्थिक क्रियाकलाप (Aarthik Kriyakalap)
पाठ ९: आर्थिक योजना (Aarthik Yojana)
यस पाठमा पढ्नुहोस्
१. आर्थिक योजना (Aarthik Yojana) को परिचय दिनुहोस् ।
उत्तर: आर्थिक योजना (Aarthik Yojana) मूलतः आर्थिक गतिविधिहरूसँग सम्बन्धित हुन्छ। यसलाई सरकारद्वारा आर्थिक तथा सामाजिक प्रतिफल प्राप्त गर्न तयार पारिएको योजनाबद्ध आर्थिक क्रियाकलापका रूपमा लिइन्छ। यसप्रकार देशमा उपलब्ध स्रोतसाधनलाई ध्यानमा राखेर प्राथमिकता क्रमका आधारमा खर्च छुट्याएर देशको आर्थिक विकासका लागि बनाइने योजनालाई आर्थिक योजना भनिन्छ। यस्तो योजना निश्चित समयावधिका लागि बनाइने भएकाले आवधिक योजना पनि भन्ने गरिन्छ।
२. चालु आर्थिक योजना (Aarthik Yojana) का लक्ष्य तथा उद्देश्य लेख्नुहोस्।
उत्तर: चालु योजनाका लक्ष्य तथा उद्देश्यहरू निम्नानुसार छन्:
चालु योजनाको लक्ष्य: ‘समृद्ध नेपाल, सुखी नेपाली’ को दीर्घकालीन सोच हासिल गर्ने आधार योजनाका रूपमा रहने छ। सोबमोजिम समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिष्कृत जीवनसहितको समाजवाद उन्मुख लोककल्याणकारी राज्यका रूपमा रूपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार निर्माण गर्ने।
चालु योजनाका उद्देश्यहरू:
- (क) सर्वसुलभ, गुणस्तरीय र आधुनिक पूर्वाधार निर्माण, उत्पादनशील र मर्यादित रोजगारी अभिवृद्धि, उच्च, दिगो र समावेशी आर्थिक वृद्धि तथा गरिबी निवारण गर्दै समृद्धिको आधार निर्माण गर्ने।
- (ख) गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, स्वस्थ तथा सन्तुलित वातावरण, सामाजिक न्याय र जवाफदेही सार्वजनिक सेवा कायम गरी सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण गर्दै नागरिकलाई परिष्कृत र मर्यादित जीवनयापनको अनुभूति गराउनु।
- (ग) सामाजिक, आर्थिक रूपान्तरण तथा स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गरी देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षण गर्नु।
३. चालु आर्थिक योजना (Aarthik Yojana) का मुख्य-मुख्य कार्यक्रमको सूची बनाउनुहोस् ।
उत्तर: चालु योजनाका मुख्य-मुख्य कार्यक्रमहरू निम्नानुसार छन्:
- (क) आर्थिक क्षेत्र
- (ख) सामाजिक क्षेत्र
- (ग) पूर्वाधार क्षेत्र
- (घ) लोकतन्त्र र सुशासन
- (ङ) अन्तरसम्बन्धित विषय क्षेत्र
अर्को पाठ
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us