एकाइ ८: आर्थिक क्रियाकलाप (Aarthik Kriyasilata)
पाठ ७: बचत र बीमा (Bachat ra Bima)
यस पाठमा पढ्नुहोस्
१. बीमा भनेको के हो? यसका प्रकार छोटकरीमा व्याख्या गर्नुहोस्।
उत्तर: बीमा भनेको जोखिम हस्तान्तरण गर्ने र व्यवस्थापन गर्ने एउटा उपाय हो। विपद्, दुर्घटना, अकाल मृत्यु जस्ता सङ्कटबाट मानिस तथा पशु पीडित भएका हुन्छन्। त्यस्तै कहिलेकाहीँ खेतमा लगाएको बाली पनि विभिन्न कारणले नोक्सान हुन्छ। यसरी विभिन्न किसिमले हुने हानि नोक्सानी वा जोखिमको बहनलाई प्रत्याभूत गर्ने माध्यम बीमा (Bima) हो।
२. बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरूको सूची बनाउनुहोस्।
उत्तर: बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरू निम्न छन्:
- (क) बीमा गर्नुको उद्देश्यबारे स्पष्ट हुनुपर्छ।
- (ख) आवश्यक विवरण, जानकारी वा सूचना स्पष्टसँग दिनुपर्छ र इच्छाइएको व्यक्ति (Nominee) बारे पनि स्पष्ट उल्लेख गर्नुपर्छ।
- (ग) बीमाबाट प्राप्त हुने सुविधाको बारेमा बीमा प्रस्तावबाट जानकारी लिनुपर्छ।
- (घ) बीमा अभिकर्ता बीमा समितिबाट इजाजत प्राप्त हो वा होइन थाहा पाउनुपर्छ।
- (ङ) बीमा गरेको कुरा घरपरिवारलाई जानकारी गराउनुपर्छ।
- (च) बीमासम्बन्धी सम्पूर्ण कागजात सुरक्षित राख्नुपर्छ।
- (छ) बीमालेख नवीकरण मिति ख्याल गरेर समयमा बीमा शुल्क भुक्तानी गरी रसिद सुरक्षित राख्नुपर्छ।
३. स्वास्थ्य बीमा भनेको कस्तो बीमा हो? यसको महत्त्व उल्लेख गर्नुहोस्।
उत्तर: मानिस बिरामी भएका बेलामा उसलाई तुरुन्त उपचारको खाँचो हुन्छ। मानिसलाई रोगले कुन समयमा आक्रान्त पार्छ भन्ने यकिन गर्न सकिँदैन। यसरी बिरामी भएका बेला उपचारका लागि आवश्यक हुन उपचार गर्न धेरै खर्च लाग्न सक्छ। यस्तो अवस्थामा उपचारसँग सम्बन्धित विभिन्न स्वास्थ्य सेवा तथा खर्च प्रदान गर्ने उद्देश्यले गरिने बीमा स्वास्थ्य बीमा (Swasthya Bima) हो।
यसको महत्त्व:
- (क) भरपर्दो स्वास्थ्य सेवा सुविधा प्राप्त गर्न सकिन्छ।
- (ख) आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्दैन।
- (ग) उपचारमा लाग्ने महँगो रकम बचत गर्न सकिन्छ।
- (घ) ठुला रोगको सङ्क्रमणमा अझै फाइदाजनक हुन्छ।
- (ङ) परिवारको स्वास्थ्यप्रति निश्चिन्त हुन सकिन्छ।
४. बीमा गर्नाले जीवनमा आइपर्ने आकस्मिक क्षतिलाई न्यूनीकरण वा कम गराउन सकिन्छ, कसरी? छोटकरीमा उल्लेख गर्नुहोस्।
उत्तर: मानिसको जीवनमा कहिलेकाहीँ सोच्दै नसोचेका घटना अकस्मात् आइपर्छन्। विपद्, दुर्घटना, अकाल मृत्यु जस्ता सङ्कटले मानिस तथा पशु पीडित हुन्छन्। कहिलेकाहीँ विभिन्न कारणले खेतीबाली नष्ट हुन्छ। बचत र बीमा (Bachat ra Bima) जस्ता वित्तीय उपकरणको माध्यमबाट हामीले यस्ता विभिन्न जोखिमहरूलाई हस्तान्तरण र व्यवस्थापन गर्न सक्छौँ अर्थात् नोक्सानी वा जोखिमको बहनलाई प्रत्याभूत गर्दछ। बीमा गर्नाले बीमा कम्पनीले निश्चित रकम लिएर तोकिएको अवधिसम्मका लागि क्षतिको भुक्तानी गर्छ। यसबाट क्षतिको न्यूनीकरण भई नोक्सानीबाट बच्न सकिन्छ।
Next Chapter
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us