एकाइ ६: हाम्रो पृथ्वी (Eakai 6: Hamro Prithvi)
पाठ २: विश्वका हावापानीका प्रकारहरू (Bishwoka Hawapanika Prakarharu)
यस पाठमा पढ्नुहोस्
अभ्यास: Bishwoka Hawapanika Prakarharu
१. हावापानीको प्रदेश भनेको के हो?
उत्तर: पृथ्वीको गोलार्धमा अक्षांशीय फैलावट, सूर्यको ताप र हावाको चापका आधारमा हावापानीको वर्गीकरणलाई हावापानीको प्रदेश वा मण्डल भनिन्छ।
३. समशीतोष्ण क्षेत्रमा न धेरै गर्मी न धेरै जाडो अर्थात् ठिक्कको हावापानी पाइनुका कारण के के हुन्? उल्लेख गर्नुहोस्।
उत्तर: समशीतोष्ण क्षेत्र दुवै गोलार्धमा ३०° देखि ६०° अक्षांशसम्मको भूभागमा फैलिएको हावापानीको क्षेत्र हो। यस क्षेत्रमा सूर्यको किरण भूमध्यरेखीय क्षेत्रमा जस्तो धेरै सीधा र शीत क्षेत्रमा जस्तो धेरै छड्के पर्दैन। त्यस्तै यस क्षेत्रमा प्रशस्त वर्षासमेत हुन्छ। त्यसैले समशीतोष्ण क्षेत्रमा न धेरै गर्मी न धेरै जाडो अर्थात् ठिक्कको हावापानी पाइन्छ।
४. तपाईं बसेको ठाउँ कुन हावापानीको प्रदेशमा पर्दछ? सो प्रदेशमा ऋतुअनुसार वर्षभरि तपाईंले अनुभव गर्ने हावापानीको विवरण प्रस्तुत गर्नुहोस्।
उत्तर: हामी बसेको देश नेपाल दक्षिण एसियामा पर्ने भएकाले यहाँ उष्ण मण्डलअन्तर्गतको उष्ण मौसमी हावापानीको उपप्रदेशमा पर्छ। यस प्रदेशमा ऋतुअनुसार वर्षभरि निम्न प्रकारको हावापानी अनुभव गरिन्छ:
- ग्रीष्म ऋतु: यो समयमा अत्यधिक गर्मी हुन्छ र मौसम प्रायः सुख्खा रहन्छ।
- वर्षा ऋतु: मनसुनी प्रभावले गर्दा यहाँ ओसिलो र वर्षा युक्त मौसम हुन्छ। ठाउँअनुसार ५० से.मि. देखि २०० से.मि. सम्म मनसुनी वर्षा हुन्छ।
- हिउँद ऋतु: यो समयमा मौसम सामान्यतया ठन्डा र सुख्खा हुन्छ।
- वनस्पति: कतै-कतै सदावहार वन पाइने भए पनि प्रायजसो पतझड वनस्पति पाइन्छ।
अर्को पाठ
पाठ ३: उष्ण मण्डल (Ushna Mandal) →यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us