Complete Guide to Hawapanima Prabhav Parne Tatwaharu (हावापानीमा प्रभाव पार्ने तत्त्वहरू) | Class 10 Social Notes
An overview of Hawapanima Prabhav Parne Tatwaharu notes for SEE Class 10 Social Studies

एकाइ ६: हाम्रो पृथ्वी (Hamro Prithvi)

पाठ १: हावापानीमा प्रभाव पार्ने तत्त्वहरू (Hawapanima Prabhav Parne Tatwaharu)

१. हावापानी भनेको के हो?

उत्तर: कुनै स्थान विशेषको लामो अवधिको मौसमी वा वायुमण्डलको औसत अवस्थालाई हावापानी (Climate) भनिन्छ।

२. तराईमा उत्तरी मोहडा र पहाडमा दक्षिणी मोहडा भएको घरलाई भौगोलिक हिसाबले उपयुक्त मानिन्छ। किन? कारण दिनुहोस्।

उत्तर: तराईमा अत्यधिक गर्मी हुने भएकाले पूर्व वा दक्षिण फर्काइएको घरमा बढी गर्मी हुन्छ, त्यसैले उत्तरी मोहडा भएको घर उपयुक्त हुन्छ। उता, पहाडमा चिसो मौसम हुने भएकाले चाँडै घाम लागोस् भनेर पूर्व वा दक्षिणी मोहडा भएको घर बनाउनु भौगोलिक हिसाबले उपयुक्त मानिन्छ।

३. कैलालीको धनगढी र गोरखा जिल्लामा अवस्थित सामागाउँ बस्ती लगभग एउटै अक्षांशमा पर्दछन् तर धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ। किन? कारण दिनुहोस्।

उत्तर: कैलालीको धनगढी र गोरखाको सामागाउँ लगभग एउटै अक्षांशमा पर्दछन् तर त्यहाँको तापक्रममा ठूलो भिन्नता छ। किनभने हावापानीलाई अक्षांशका साथै उचाइले पनि प्रभाव पार्दछ। लगभग प्रत्येक १६५ मिटर उचाइ बढ्दा १ डिग्री सेल्सियस तापक्रम घट्छ। कैलालीको धनगढी निकै होचो भूभाग हो भने सामागाउँ निकै अग्लो भूभागमा पर्दछ। तसर्थ, उचाइको भिन्नताले गर्दा धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ।

४. कालोमाटो भएको क्षेत्रमा हावापानी न्यानो हुनाको कारण के होला?

उत्तर: कालोमाटो भएको क्षेत्रमा माटोले ताप सोस्दछ। यसको कारणले गर्दा यस्ता क्षेत्रको हावापानी न्यानो हुन्छ।

५. छिमेकी देश भारतको मुम्बईमा वर्षभरि तापक्रममा भिन्नता हुँदैन तर दिल्लीमा तापक्रमको भिन्नता बढी हुन्छ, किन होला?

उत्तर: सामुद्रिक क्षेत्रको प्रभावले समुद्र वरपरको भागमा सुरम्य (equable) हावापानी हुन्छ भने जमिनको भित्री भागमा सामुद्रिक प्रभाव नपर्ने हुनाले विषम (extreme) हुन्छ। मुम्बई समुद्रको छेउमा भएकाले वर्षभरि तापक्रममा धेरै भिन्नता हुँदैन तर दिल्ली समुद्रबाट टाढा भएकाले तापक्रम विषम हुन्छ।

६. विश्वको हावापानीलाई प्रभाव पार्ने तत्त्वहरूको सूची तयार गरी कुनै दुईको वर्णन गर्नुहोस्।

उत्तर: विश्वको हावापानीलाई प्रभाव पार्ने तत्त्वहरू (Hawapanima Prabhav Parne Tatwaharu) निम्न छन्:

  • (क) अक्षांश (Latitude)
  • (ख) उचाइ (Altitude)
  • (ग) जमिनको मोहडा (Aspect)
  • (घ) सामुद्रिक दूरी (Distance from the Sea)
  • (ङ) पहाडको उपस्थिति (Presence of Mountains)
  • (च) सामुद्रिक धार (Ocean Currents)
  • (छ) वायुको स्वभाव र दिशा (Nature and Direction of Wind)
  • (ज) वनस्पति र माटो (Vegetation and Soil)

(क) अक्षांश (Latitude):

हावापानीलाई अक्षांशीय फैलावटले प्रभाव पार्दछ। भूमध्यरेखामा सूर्यको किरण सिधा पर्छ भने यसबाट जति-जति उत्तरी वा दक्षिणी ध्रुवतर्फ गयो, त्यति नै सूर्यको किरण छड्के पर्छ। यसले गर्दा भूमध्यरेखीय क्षेत्रमा तापक्रम बढी हुन गई गर्मी र ध्रुवीय क्षेत्रमा तापक्रम कम भई जाडो हुन्छ।

(ख) उचाइ (Altitude):

भूसतहको उचाइ बढ्दै जाँदा हावाको उपस्थिति पातलो हुँदै जान्छ। अर्थात्, कम उचाइमा हावाको उपस्थिति बाक्लो र बढी उचाइमा पातलो हुन्छ। सामान्यतया, हरेक १६५ मिटर उचाइ बढ्दा १ डिग्री सेल्सियस तापक्रम घट्छ। तसर्थ, उचाइअनुसार हावापानी फरक हुन्छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top