Upabhokta Adhikar (उपभोक्ता अधिकार) | Class 10 Social Unit 5 Chapter 8 Notes
An overview of Upabhokta Adhikar notes for SEE Class 10 Social Studies

एकाइ ५: नागरिक चेतना (Nagarik Chetana)

पाठ ८: उपभोक्ता अधिकार (Upabhokta Adhikar)

यस पाठ, उपभोक्ता अधिकार (Upabhokta Adhikar), मा हामी मानव अधिकारको संरक्षणमा संलग्न विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिकाबारे सिक्नेछौं।

१. राष्ट्रिय मानव अधिकार आयोगको स्थापनाको औचित्य प्रष्ट पार्नुहोस् ।

उत्तर: राष्ट्रिय मानव अधिकार आयोगको स्थापनाको औचित्यलाई निम्न बुँदाबाट प्रष्ट पार्न सकिन्छ :-

  • (क) मानव अधिकारका सम्बन्धमा काम गर्ने र “सबैका लागि गौरव, समानता र न्याय” मूल नारा रहेको।
  • (ख) मानव अधिकार हनन हुन नदिन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।
  • (ग) मानव अधिकार उल्लङ्घन गर्ने दोषीमाथि कानुनी कारबाहीका लागि सिफारिस गर्ने।
  • (घ) मानव अधिकार संरक्षणका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गराउने।

२. एम्नेस्टी इन्टरनेसनलले मानव अधिकारका क्षेत्रमा गर्दै आएका मुख्य कार्यको सूची तयार पार्नुहोस् ।

उत्तर: एम्नेस्टी इन्टरनेसनलले मानव अधिकारका क्षेत्रमा गर्दै आएका मुख्य कार्यहरू निम्न छन् :-

  • (क) यातना विरुद्ध विभिन्न दबाबमूलक अभियान सञ्चालन गर्ने।
  • (ख) विश्वव्यापी घोषणापत्रमा उल्लिखित अधिकार प्राप्तिका लागि अभियान सञ्चालन गर्ने।
  • (ग) मानव अधिकार शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने।
  • (घ) मानव अधिकार विरोधी क्रियाकलाप नियन्त्रणका लागि विश्वव्यापी दबाबमूलक अभियान सञ्चालन गर्ने।
  • (ङ) मानव अधिकारको क्षेत्रमा खोज अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्ने।

३. इन्सेकले मानव अधिकारका क्षेत्रमा पुऱ्याएको योगदानको चर्चा गर्नुहोस् ।

उत्तर: सन् १९८८ मा स्थापना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालमा मानव अधिकार र मौलिक हकको सवालमा लामो समयदेखि कार्यरत संस्था हो। विशेष गरेर अनौपचारिक क्षेत्रमा संलग्न मानिसहरूको मानव अधिकारको रक्षा गर्ने उद्देश्य राखेर यो संस्था स्थापना भएको हो। वर्षभरिमा अनौपचारिक क्षेत्रमा मानव अधिकारको अवस्था अध्ययन विश्लेषण गरी सत्य तथ्य प्रकाश पार्न यस संस्थाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको छ।

इन्सेकले मानव अधिकार सम्बन्धमा विभिन्न सचेतनामूलक कार्यक्रम तथा तालिम सञ्चालन गर्छ। त्यस्तै मानव अधिकारको अवस्था विश्लेषण गर्ने, आवश्यक राय, सल्लाह प्रस्तुत गर्ने काम पनि गर्छ। मानव अधिकार उल्लङ्घन विरुद्ध उजुरी गर्ने तथा समाधानका उपाय खोजी गर्छ। मानव अधिकार सम्बन्धमा अन्तरक्रिया, कार्यशाला तथा गोष्ठीको आयोजना गर्ने तथा मौलिक हक कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने काम पनि यसले गर्दछ। तसर्थ, इन्सेकले मानव अधिकारका क्षेत्रमा निकै महत्त्वपूर्ण योगदान पुऱ्याएको छ।

अर्को पाठमा जानुहोस्

Next Unit →

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top