SEE 2081 (2025) – Science & Technology (विज्ञान तथा प्रविधि) Solution
Lumbini Province (लुम्बिनी प्रदेश)
RE-1041 ‘LP’ | Full Marks: 75 | Time: 3 Hours
Welcome to the complete solution for the
Class 10 Science Lumbini Province 2081
SEE examination. Below you will find detailed answers for all sections (A, B, C, and D) in both Nepali and English mediums.Table of Contents
Question Paper Preview
Group ‘A’: Multiple Choice Questions (10 × 1 = 10)
1(a) तलका मध्ये अडियो फाइल फर्मेट कुन हो?
(Which of the following is an audio file format?)
- (i) SVI
- ✓ (ii) WAV
- (iii) MOV
- (iv) 3GP
1(b) चित्रमा दिइएको न्यूक्लिक एसिडमा मात्र पाइने नाइट्रोजन बेस कुन हो?
(Which Nitrogen base is found only in the given figure – DNA?)
- (i) एडिनिन (Adenine)
- (ii) ग्वानिन (Guanine)
- (iii) साइटोसिन (Cytosine)
- ✓ (iv) थाएमिन (Thymine)
1(c) पंक्षीहरूलाई पहिचान गर्ने गुण कुन हो?
(Which of the following is the feature of Aves?)
- (i) गिल्सले सास फेर्ने (respire through gills)
- (ii) विषमतापी (Poikilothermic)
- (iii) सिधै बच्चा जन्माउने (Viviparous)
- ✓ (iv) मुखमा चुच्चो र शरीरमा प्वाँख (have beak and feathers)
1(d) दिइएको चित्रमा तरल पदार्थले वस्तुमा लगाउने उर्ध्वचाप कति हुन्छ?
(In the given figure, what is the upthrust given by liquid on the immersed body?)
- (i) 65 N
- (ii) 50 N
- (iii) 35 N
- ✓ (iv) 15 N
Calculation: Upthrust = Weight in Air – Weight in Liquid = 50N – 35N = 15N
1(e) हिरामा प्रकाशको वेग कति हुन्छ?
(What is the speed of light in diamond?)
- (i) $2.5 \times 10^{8} \text{ m/s}$
- (ii) $2 \times 10^{8} \text{ m/s}$
- ✓ (iii) $1.24 \times 10^{8} \text{ m/s}$
- (iv) $3 \times 10^{8} \text{ m/s}$
1(f) $20 \text{ m/s}$ को गतिमा आकाशतिर फालिएको ढुङ्गा कति समयसम्म हावामा रहन्छ?
(For how long does a stone remain in air when it is thrown upward with an initial velocity of $20 \text{ m/s}$?)
- (i) 2 s
- ✓ (ii) 4 s
- (iii) 10 s
- (iv) 20 s
Calculation: Time of flight $T = \frac{2u}{g} = \frac{2 \times 20}{10} = 4s$
1(g) समान पिण्ड भएको पानी र मट्टीतेललाई बराबर ताप दिई तताइएको छ भने, तलको मध्ये कुन तर्क सही छ?
(If equal heat is supplied in equal mass of water and kerosene, which of the following facts is correct?)
- ✓ (i) पानीको भन्दा मट्टितेलको तापक्रम बढी हुन्छ (Kerosene has higher temperature than water)
- (ii) दुवैको तापक्रम समान हुन्छ (Both of them have the same temperature)
- (iii) पानीको भन्दा मट्टितेलको तापक्रम कम हुन्छ (Kerosene has lower temperature than water)
- (iv) तापले तापक्रमलाई कुनै असर गर्दैन (Heat does not affect temperature)
1(h) यदि धाराविद्युत प्रवाह भएको सुचालकलाई स्थायी चुम्बकीय क्षेत्रमा राख्दा सुचालक हल्लिन्छ भने त्यो असरलाई के भनिन्छ?
(If a current carrying conductor is placed in a permanent magnetic field, the conductor vibrates. What is such effect called?)
- (i) चुम्बकीय असर (Magnetic effect)
- (ii) विद्युत चुम्बकीय उपपादनको असर (Effect of Electromagnetic induction)
- (iii) म्युचुअल इन्डक्सन असर (Mutual Induction effect)
- ✓ (iv) मोटर असर (Motor effect)
1(i) तलका मध्ये तामाको धाउ कुन हो?
(Which of the following is an ore of copper?)
- ✓ (i) चाल्कोपाइराइट ($CuFeS_{2}$)
- (ii) अर्जेन्टाइट ($Ag_{2}S$)
- (iii) हेमाटाइट ($Fe_{2}O_{3}$)
- (iv) वक्साइट ($Al_{2}O_{3}$)
1(j) तल एउटा कथन र दुईओटा तर्क दिइएको छ।
(A statement and two arguments are given below.)
कथन (Statement): “वातावरणमा थुप्रिँदै जाने विषादी एउटा विषादीको प्रकार हो।”
(Insecticide collecting in the environment is a type of insecticide.)
तर्क १ (Argument 1): विषादी वातावरणमा छिट्टै क्षय नहुनु (Insecticide not degrading quickly in the environment)
तर्क २ (Argument 2): हावा र पानीको सम्पर्क पछि विस्तारै क्षय हुँदै जानु (Degrading gradually when it comes in contact with air and water)
- (i) कथन र तर्क २ सही तर तर्क १ गलत (Statement and argument 2 are correct but argument 1 is incorrect)
- (ii) कथन र तर्क २ गलत तर तर्क १ सही (Statement and argument 2 are incorrect but argument 1 is correct)
- ✓ (iii) कथन र दुवै तर्क सही छन्। (Statement and both arguments are correct)
- (iv) कथन र दुवै तर्क गलत छन्। (Statement and both arguments are incorrect)
Group ‘B’: Very Short Answer Questions (9 × 1 = 9)
2(a) बलको एकाइमा संलग्न आधारभूत एकाइहरू लेख्नुहोस्।
(Write the fundamental units included in the unit of force.)
Nepali: $kg \cdot m/s^2$ (बलको सूत्र $F=ma$ अनुसार)
English: $kg \cdot m/s^2$ (According to $F=ma$)
2(b) पंक्षी र स्तनधारी जनावरमा पाइने एउटा समानता लेख्नुहोस्।
(Write a similarity in aves and mammals.)
Nepali: दुवैको मुटु चार कोठामा विभाजित हुन्छ।
English: Both have a four-chambered heart.
2(c) जेब्रा र घोडाबिच क्रस प्रजनन गराएर उत्पादन हुने ठिमाहा जनावर कुन हो?
(Which hybrid animal is produced by the cross between zebra and horse?)
Nepali: जेब्रोइड (Zebroid)
English: Zebroid
2(d) दुर्लभ जनावरहरू संरक्षण गर्नको लागि कुनै एक महत्वपूर्ण सुझाव दिनुहोस्।
(Mention any one suggestion to preserve endangered animals.)
Nepali: जनचेतना कार्यक्रम सञ्चालन गर्ने तथा “इन-सिटु” वा “एक्स-सिटु” संरक्षण विधि अपनाउने।
English: Conduct awareness programs; adopt ex-situ or in-situ conservation methods.
2(e) पास्कलको नियममा आधारित एउटा उपकरणको नाम लेख्नुहोस्।
(Write an instrument based on Pascal’s law.)
Nepali: हाइड्रोलिक ब्रेक (Hydraulic brake)
English: Hydraulic brake
2(f) पानीको असाधारण प्रसारले हुने एउटा फाइदा लेख्नुहोस्।
(Mention one benefit of anomalous expansion of water.)
Nepali: यसले गर्दा चिसो ठाउँमा पोखरीको माथिल्लो सतहमा बरफ जमे पनि मुनि पानी तरल अवस्थामै रहन्छ जसले जलचरहरू बाँच्न सक्छन्।
English: Aquatic organisms can survive inside the water even though its surface freezes into ice.
2(g) म्याग्नेसियम रिबनलाई जलाउँदा सेतो धुलो बन्ने प्रक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस्।
(Write a balanced chemical equation of formation of white powder after burning a magnesium ribbon.)
Nepali/English: $2Mg + O_2 \longrightarrow 2MgO$
2(h) रोस्टिङ्ग र क्याल्सिनेशन बिचमा एउटा फरक लेख्नुहोस्।
(Write a difference between roasting and calcination.)
Nepali: रोस्टिङ्ग अक्सिजनको उपस्थितिमा गरिन्छ भने क्याल्सिनेशन अक्सिजनको अनुपस्थितिमा (वा कम मात्रामा) गरिन्छ।
English: Roasting is done in the presence of oxygen, whereas calcination is done in the absence/limited supply of oxygen.
2(i) दिइएको आणविक संरचनाको IUPAC नाम लेख्नुहोस्।
(Write the IUPAC name of the given structural formula: $CH_{3}-CH_{2}-OH$)
Nepali: इथानोल
English: Ethanol
Group ‘C’: Short Answer Questions (14 × 2 = 28)
3. एउटा रबर व्याण्ड तन्काएर कागजको टुक्रा फाल्दा संलग्न आश्रित चर र स्वतन्त्र चरहरू के के हुन्छन्?
(What are the dependent variable and independent variable included when a piece of paper is thrown with stretched rubber?)
उत्तर (Answer):
- Independent Variable: Stretching of rubber
- Dependent Variable: Distance covered by the paper
- स्वतन्त्र चर (Independent Variable): रबरको तन्काई
- आश्रित चर (Dependent Variable): कागजले पार गर्ने दुरी
4. मुटुको संरचना र प्रजननका आधारमा मुसो र सर्पका बिचमा कुनै दुई फरक लेख्नुहोस्।
(Write any two differences between rat and snake on the basis of structure of heart and reproduction.)
उत्तर (Answer):
| आधार (Basis) | मुसो (Rat/Mammal) | सर्प (Snake/Reptile) |
|---|---|---|
| मुटुको संरचना (Heart Structure) | मुटु चार कोठामा विभाजित हुन्छ (Four-chambered heart) | मुटु तीन कोठामा विभाजित हुन्छ (Three-chambered heart) |
| प्रजनन (Reproduction) | बच्चा जन्माउँछन् (Viviparous) | फुल पार्छन् (Oviparous) |
5. “मौरी उपयोगी कीरा हो।” यस कथनलाई कुनै दुई बुँदामा पुष्टि गर्नुहोस्।
(Honey Bee is a useful insect. Justify the statement with two points.)
उत्तर (Answer):
- It produces honey and wax which are sources of income.
- It helps in cross-pollination and enhances crop production.
- यसले मह र मैन उत्पादन गर्छ जुन आर्थिक आम्दानीको स्रोत हो।
- यसले परसेचन (Pollination) मा सहयोग गरी बाली उत्पादन बढाउँछ।
6. ठिमाहा अग्लो (Tt) र शुद्ध अग्लो (TT) बिरुवाको बिचमा क्रस गर्दा पहिलो वंशमा कस्ता सन्तान जन्मन्छन्? चार्टद्वारा देखाउनुहोस्।
(What type of offspring are born by the cross of hybrid tall (Tt) and pure tall (TT) parents? Show in the chart.)
उत्तर (Answer):
Parents: Hybrid Tall ($Tt$) × Pure Tall ($TT$)
Gametes: ($T, t$) × ($T, T$)
| × | $T$ | $T$ |
|---|---|---|
| $T$ | $TT$ (Pure Tall) | $TT$ (Pure Tall) |
| $t$ | $Tt$ (Hybrid Tall) | $Tt$ (Hybrid Tall) |
नतिजा (Result):
- जीनोटाइप (Genotype): 50% शुद्ध अग्लो ($TT$) र 50% ठिमाहा अग्लो ($Tt$)
- फेनोटाइप (Phenotype): 100% अग्ला बिरुवाहरू (All offspring are Tall)
7. नन-ग्रानुलर ल्युकोसाइटका दुईओटा उदाहरण लेख्नुहोस्।
(Write any two examples of non-granular leucocytes.)
उत्तर (Answer):
- Lymphocytes
- Monocytes
- लिम्फोसाइट (Lymphocytes)
- मोनोसाइट (Monocytes)
8. स्थानीयस्तरमा जडिबुटीको अधिकतम सदुपयोग गर्नका लागि कुनै दुई सुझाव उल्लेख गर्नुहोस्।
(Mention any two suggestions for maximum use of medicinal plants at the local level.)
उत्तर (Answer):
- Conduct awareness programs about identification and utility.
- Make policy for establishing medicinal plant processing centers.
- जडिबुटीको पहिचान र उपयोगिताबारे जनचेतना जगाउने।
- जडिबुटी प्रशोधन केन्द्रहरू स्थापना गर्ने नीति बनाउने।
9. पृथ्वीमा $100 \text{ kg}$ पिण्ड उठाउन सक्ने व्यक्तिले चन्द्रमामा कति पिण्ड उठाउन सक्छ? हिसाब गरी देखाउनुहोस्।
(What mass can be lifted by a person on the Moon if he can lift $100 \text{ kg}$ mass on the Earth? Calculate.)
उत्तर (Answer):
मानिसले पृथ्वीमा उठाउन सक्ने तौल (Weight lifting capacity on Earth):
$W = m \times g_e = 100 \times 9.8 = 980 \text{ N}$
उही बल (Force/Effort) प्रयोग गरेर चन्द्रमामा उठाउन सकिने तौल पनि $980 \text{ N}$ नै हुन्छ।
चन्द्रमामा गुरुत्वप्रवेग ($g_m$) $\approx 1.6 \text{ m/s}^2$
चन्द्रमामा उठाउन सकिने पिण्ड ($m_{moon}$) = ?
सूत्र: $W = m_{moon} \times g_m$
$980 = m_{moon} \times 1.6$
$m_{moon} = \frac{980}{1.6} = 612.5 \text{ kg}$
(Note: Marking scheme calculates approx $586.82$ kg assuming $g_m \approx 1.67$)
10. गुरुत्वबलका दुईओटा असरहरू लेख्नुहोस्।
(Write any two effects of gravity.)
उत्तर (Answer):
- Existence of atmosphere on the Earth.
- Objects having weight.
- पृथ्वीमा वायुमण्डलको अस्तित्व हुनु।
- वस्तुमा तौल हुनु।
11. $8 \text{ kg}$ पिण्ड भएको पानीको तापक्रम $30^{\circ}C$ बाट तताएर $48^{\circ}C$ सम्म पुर्याउन कति ताप चाहिन्छ?
(Find the amount of heat needed to increase the temperature of $8 \text{ kg}$ water from $30^{\circ}C$ to $48^{\circ}C$.)
उत्तर (Answer):
दिइएको छ (Given):
पिण्ड ($m$) = $8 \text{ kg}$
तापक्रममा परिवर्तन ($dt$) = $48 – 30 = 18^{\circ}C$
विशिष्ट तापधारण क्षमता ($s$) = $4200 \text{ J/kg}^{\circ}C$
तापशक्ति ($Q$) = ?
सूत्र (Formula): $Q = m \times s \times dt$
$Q = 8 \times 4200 \times 18$
$Q = 6,04,800 \text{ Joules}$
12. प्रकाशको पूर्ण आन्तरिक परावर्तन हुन आवश्यक दुई अवस्थाहरू लेख्नुहोस्।
(Write any two conditions for total internal reflection of light.)
उत्तर (Answer):
- Light must pass from denser medium to rarer medium.
- Angle of incidence must be greater than the critical angle.
- प्रकाश सघन माध्यमबाट विरल माध्यममा जानुपर्छ।
- आपतित कोणको मान क्रान्तिक कोण (Critical angle) भन्दा बढी हुनुपर्छ।
13. बन्द ब्रह्माण्ड र खुला ब्रह्माण्डका बिचमा दुईओटा फरक लेख्नुहोस्।
(Write any two differences between closed universe and open universe.)
उत्तर (Answer):
| खुला ब्रह्माण्ड (Open Universe) | बन्द ब्रह्माण्ड (Closed Universe) |
|---|---|
| यसको औषत घनत्व क्रान्तिक घनत्व भन्दा कम हुन्छ। | यसको औषत घनत्व क्रान्तिक घनत्व भन्दा बढी हुन्छ। |
| यो निरन्तर फैलिरहन्छ। | यो खुम्चिएर अन्त्य (Big Crunch) हुन्छ। |
14. एमोनियम क्लोराइड र क्याल्सियम हाइड्रोक्साइड मिसाउँदा हुने रासायनिक प्रतिक्रियाको समीकरण लेखी यसलाई सन्तुलन पनि गर्नुहोस्।
(Write the chemical reaction that occurs between ammonium chloride and calcium hydroxide and balance it.)
उत्तर (Answer):
$2NH_4Cl + Ca(OH)_2 \longrightarrow CaCl_2 + 2H_2O + 2NH_3$
15. इथेनका दुईओटा कार्बनसँग भएका एक-एक ओटा हाइड्रोजनलाई (-OH) ले विस्थापन गर्दा बन्ने यौगिकको IUPAC नाम र संरचना सूत्र लेख्नुहोस्।
(Write the IUPAC name and structural formula of a compound formed by substituting one hydrogen atom of each carbon atom of ethane by -OH group.)
उत्तर (Answer):
IUPAC नाम: इथेन-१,२-डाइओल (Ethan-1,2-diol or Ethylene Glycol)
संरचना सूत्र (Structural Formula): $HO – CH_2 – CH_2 – OH$
16. खेतबारीमा विषादी प्रयोग गर्दा अपनाउनुपर्ने दुईओटा सावधानीहरू लेख्नुहोस्।
(Write any two precautions that should be taken while using pesticides on the farm.)
उत्तर (Answer):
- Wear masks, goggles, and gloves while spraying pesticides.
- Spray considering the wind direction to avoid self-poisoning.
- विषादी छर्कँदा मास्क, पन्जा र चस्माको प्रयोग गर्ने।
- हावा चलेको दिशा विचार गरेर मात्र विषादी छर्कने।
Group ‘D’: Long Answer Questions (7 × 4 = 28)
17. डिजिटल प्रविधिका कुनै दुईओटा सकारात्मक र दुईओटा नकारात्मक प्रभावहरू लेख्नुहोस् ।
(Write any two positive and negative impacts of digital technology.)
उत्तर (Answer):
सकारात्मक प्रभावहरू (Positive Impacts):
- विश्वव्यापी सञ्चार र सामाजिक जडानमा सहजता। (Ease in global communication and social connectivity.)
- मनोरञ्जन र सूचनाको पहुँचमा वृद्धि। (Access to entertainment and information.)
नकारात्मक प्रभावहरू (Negative Impacts):
- शारीरिक समस्याहरू जस्तै आँखा दुख्ने, ढाड दुख्ने। (Physical effects like eye strain, back pain.)
- मानसिक स्वास्थ्य समस्या र साइबर अपराधको जोखिम। (Mental health problems and risk of cybercrime.)
18. दिइएका तत्वहरू A र B को इलेक्ट्रोन विन्यासको अध्ययन गरी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस्।
(Study the electronic configuration of elements A and B and answer the questions.)
$A = 1s^{2}, 2s^{2} 2p^{6}, 3s^{2} 3p^{6}, 4s^{1}$ (Potassium – K)
$B = 1s^{2}, 2s^{2} 2p^{6}, 3s^{2} 3p^{5}$ (Chlorine – Cl)
उत्तर (Answer):
(i) दिइएको मध्ये कुन चाहिँ तत्व धातु हो?
(Which one of the given elements is a metal?)
तत्व A (Element A) धातु हो। (किनकि यसको बाहिरी सेलमा १ इलेक्ट्रोन छ)।
(ii) आधुनिक पेरियोडिक तालिकाको आधारमा B को पिरियड लेख्नुहोस्।
(Write the period of element B on the basis of the modern periodic table.)
तत्व B को पिरियड 3 हो। (किनकि यसमा ३ ओटा सेलहरू K, L, M छन्)।
(iii) A र B को बिचमा रासायनिक प्रतिक्रिया हुँदा बन्ने सन्तुलित रासायनिक समीकरण लेख्नुहोस्।
(Write the balanced chemical equation occurring when element A combines with element B.)
$2K + Cl_2 \longrightarrow 2KCl$
(Element A is Potassium and B is Chlorine, forming Potassium Chloride.)
19. प्रयोगशालामा क्याल्सियम कार्बोनेट नभएको अवस्थामा एक जना विद्यार्थीले अण्डाको खोल प्रयोग गरी ग्यास तयार गरे।
(A student prepared a gas by using egg shells due to lack of calcium carbonate in the laboratory.)
उत्तर (Answer):
(i) उक्त ग्यासलाई चुनपानीको घोलमा पठाउँदा हुने रासायनिक प्रतिक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस्।
(Write a balanced chemical equation of the reaction when the gas is passed into lime water.)
$CO_2 + Ca(OH)_2 \longrightarrow CaCO_3 + H_2O$
(अण्डाको खोलमा $CaCO_3$ हुन्छ र अम्लसँग प्रतिक्रिया गर्दा $CO_2$ ग्यास बन्छ।)
(ii) उक्त ग्यासको चिकित्सा क्षेत्रमा हुने एउटा उपयोगिता लेख्नुहोस्।
(Write an application of the gas in the medical field.)
यो ग्यास ($CO_2$) कार्बोजेन (Carbogen) को रूपमा श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीको उपचारमा प्रयोग गरिन्छ।
(iii) उक्त ग्यासलाई पारमाणविक भार 17 amu भएको ग्याससँग रासायनिक प्रतिक्रिया गराउँदा बन्ने यौगिकको अणुसूत्र लेख्नुहोस्।
(Write the molecular formula of the compound formed when the gas is reacted with the gas having molecular mass 17 amu – Ammonia.)
$(NH_2)_2CO$
युरिया (Urea) बन्छ। अणुसूत्र: $NH_2-CO-NH_2$
(iv) उक्त ग्यासको परीक्षण कसरी गरिन्छ?
(How is the gas tested?)
बलिरहेको सलाईको काँटी ग्यास जम्मा भएको जारको मुखमा लैजाँदा निभ्छ वा भिजेको नीलो लिटमस पेपरलाई रातो बनाउँछ।
20. एउटा दम्पतीले चारओटा छोराहरू मात्रै जन्माए। उक्त अवस्थामा पुरुषको शुक्रकिटमा ‘X’ क्रोमोजोम नभएको होला त? मानिसमा हुने लिङ्ग निर्धारण प्रक्रियाको चार्ट बनाई लिङ्ग निर्धारणमा क्रोमोजोमको भूमिका व्याख्या गर्नुहोस्।
(A couple begets only four sons. In such case, is there an absence of ‘X’ chromosome in the semen? Describe with a chart, the role of chromosomes for the determination of sex.)
उत्तर (Answer):
पुरुषको शुक्रकिटमा ‘X’ क्रोमोजोम नभएको होइन। पुरुषमा ५०% शुक्रकिट ‘X’ क्रोमोजोम युक्त र ५०% ‘Y’ क्रोमोजोम युक्त हुन्छन्। यो केवल संयोग हो कि हरेक पटक ‘Y’ क्रोमोजोम भएको शुक्रकिटले मात्र डिम्बलाई निषेचन गरेको छ।
Chart:
निष्कर्ष: छोरा वा छोरी जन्मने सम्भावना ५०-५०% हुन्छ। लिङ्ग निर्धारणमा बुबाको Y क्रोमोजोमको मुख्य भूमिका हुन्छ।
21. एक जना विद्यार्थीको चस्मामा प्रयोग भएको लेन्सको सामर्थ्य $-8D$ छ। उक्त लेन्सको केन्द्रीकरण दूरी पत्ता लगाई लेन्सको प्रकार लेख्नुहोस् र उक्त दृष्टि कमजोरी हुनुका दुईओटा कारणहरू उल्लेख गर्नुहोस्।
(A lens used by a student has power of $-8 D$. Find its focal length and its type and mention two causes of this defect of vision.)
उत्तर (Answer):
गणना (Calculation):
सामर्थ्य ($P$) = $-8D$
केन्द्रीकरण दूरी ($f$) = $\frac{1}{P} = \frac{1}{-8} = -0.125 \text{ m} = -12.5 \text{ cm}$
लेन्सको प्रकार (Type of Lens):
कन्केभ लेन्स (Concave Lens)
(किनकि पावर ऋणात्मक छ।)
दृष्टि दोषका कारणहरू (Causes of Myopia):
- आँखाको लेन्सको केन्द्रीकरण दूरी छोटो हुनु। (Shortening of focal length of eye lens.)
- आँखाको गेडा लाम्चो हुनु। (Elongation of eyeball.)
22. मुटुको भित्री बनोटको सफा चित्र कोर्नुहोस् र वाइकस्पिड भल्भ र पल्मोनरी भल्भ देखाउनुहोस्।
(Sketch a diagram of the internal structure of the heart and name the pulmonary valve and bicuspid valve.)
उत्तर (Answer):
23. एउटा ट्रान्सफर्मरको सेकेन्डरी क्वाइलको फन्का प्राइमरी क्वाइलको फन्काको $10$ गुणा रहेको छ। उक्त ट्रान्सफर्मरलाई $230 \text{ V}$ मुख्य लाइनमा जडान गर्दा सेकेन्डरी भोल्टेज कति प्राप्त हुन्छ? यो कुन प्रकारको ट्रान्सफर्मर हो? यस प्रकारको ट्रान्सफर्मरको एउटा उपयोग पनि लेख्नुहोस्।
(The number of secondary coils is 10 times the primary coils in a transformer. If the transformer is connected to $230 \text{ V}$ main line, how much secondary voltage is obtained? What type of transformer is this? Write a use of such transformer.)
उत्तर (Answer):
दिइएको छ (Given):
$N_s = 10 \times N_p$
इनपुट भोल्टेज ($V_p$) = $230 \text{ V}$
आउटपुट भोल्टेज ($V_s$) = ?
सूत्र अनुसार (Formula):
$\frac{V_s}{V_p} = \frac{N_s}{N_p}$
$\frac{V_s}{230} = \frac{10 N_p}{N_p}$
$V_s = 10 \times 230 = 2300 \text{ Volts}$
प्रकार (Type):
स्टेप-अप ट्रान्सफर्मर (Step-up Transformer)
उपयोग (Use):
यो पावर हाउसमा विद्युत प्रसारण गर्न प्रयोग गरिन्छ। (It is used in powerhouses for transmission.)
