1st Chapter Bir Purkha: Class 11 Nepali Ultimate Guide (NEB) | Top Notes & Solutions
Importantedunotes.com
फिर्ता जानुहोस्

वीर पुर्खा (Bir Purkha) – कविता

Class 11 Nepali Chapter 1 Complete Guide

कक्षा ११ अनिवार्य नेपालीको पहिलो पाठ “वीर पुर्खा” (Bir Purkha) को पूर्ण अभ्यास, व्याकरण, शब्दभण्डार, व्याख्या र सङ्क्षिप्त उत्तरहरू।

Bir Purkha कविताको सामान्य परिचय

Bir Purkha

नेपाली साहित्यका वरिष्ठ स्रष्टा प्रा.डा. वासुदेव त्रिपाठीद्वारा रचित “वीर पुर्खा” (Bir Purkha) कविता नेपाली वीर पुर्खाहरूको बहादुरी, राष्ट्रभक्ति, र अदम्य पौरखको गाथा गाउने एउटा राष्ट्रिय भावनाले भरिएको कविता हो।

यस पाठमा पुर्खाहरूले विभिन्न प्राकृतिक चुनौती, विकट गौँडाहरू र शक्तिशाली शत्रुहरूलाई परास्त गर्दै बनाएको अखण्ड नेपालको सीमा र गौरवान्वित इतिहास प्रस्तुत गरिएको छ।

Bir Purkha पाठ कक्षा ११ को पाठ्यक्रममा समावेश गरिएको उत्कृष्ट सिर्जना हो। थप शैक्षिक जानकारीको लागि राष्ट्रिय परीक्षा बोर्ड (NEB) को आधिकारिक वेबसाइट पनि भिजिट गर्न सक्नुहुन्छ।

Bir Purkha शब्दभण्डार समाधान

२. दिइएका अर्थ दिने शब्द पाठबाट छानेर लेख्नुहोस् :

गिद्ध प्रजातिको ठूलो पंक्षी विषेश ⇒ गरुड

प्रवाह ⇒ वेग

डाम ⇒ डोब

गौँडा ⇒ नाका

पुरुषार्थ ⇒ पौरख


३. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

पर्वत ⇒ पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो ।

तिर ⇒ हामी माछा मार्नको लागी तीरमा जान्छौं ।

बहादुर ⇒ तपाईं बहादुर र बलियो हुनुहुन्छ ।

सङ्केत ⇒ दयालु व्यक्तिको अनुहारमा सहानुभूतिको संकेत थियो ।

नभ ⇒ नभको सुन्दर दृश्य हेर्न म कौशीमा गए ।

समुद्र ⇒ समुद्रको पानी नमकीन थियो ।

पाषाण ⇒ पाषाण काललाई ढु्गा युग भनिन्छ ।

झन्डा ⇒ हरेक बिहान झण्डालाई पोल मा उठाइन्छ ।


४. दिइएका शब्दसँग मिल्ने अनुप्रासयुक्त शब्द खोज्नुहोस् ।

आँधी ⇒ बाँधी

वेग ⇒ भेग

खोला ⇒ होला

तराई ⇒ पराई

धारा ⇒ भारा

माटो ⇒ बाटो

रगत ⇒ जगत

गौरव ⇒ सौरव

यात्रा ⇒ जात्रा

Bir Purkha बोध र अभिव्यक्ति

१. कविता पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् ।

क) कवितामा कतिवटा श्लोक छन् ?

कवितामा चारवटा श्लोक छन् ।

ख) कुन कुन पङ्क्तिमा सबैभन्दा बढी पद रहेका छन् ?

पहिलो पङ्क्तिमा सबैभन्दा बढी पद रहेका छन् ।

ग) समान पदसङ्ख्या भएको श्लोक कुन हो ?

समान पदसङख्या भएको श्लोक दोस्रो हो ।

घ) कुन पङ्क्तिमा सबैभन्दा कम पद रहेका छन् ?

तेस्रो पङ्क्तिमा सबैभन्दा कम पद रहेका छन् ।

ङ) कवितामा प्रयोग भएका नदी र स्थानको सुची बनाउनु होस् ?

नदी : टिस्टा, रावी, वेत्रावती, हिमनदी
स्थान : हिमाल, पहाड, तराई, काँगडा, डिगर्चा


२. ‘ वीर पुर्खा ‘ कविताको पहिलो श्लोक पढी त्यसलाई गद्यमा रुपान्तरण गर्नुहोस् ।

वीर पुर्खाको साहसलाई विश्वका कुनै पनि शक्तिले रोक्न सकेन । उनीहरुको आइपर्ने कुनै खोला, पहाड एवम्‌ आधीले उनीहरुको वीर यात्रा छेक्न रोक्न सकेन । वीर पुर्खाको वेग गरुडझै थियो जुन कुनै आकाशले बाध्र सकेन । वीर पुर्खाको पौरखले तराई, पहाड र हिमाललाई एक बनाई नेपालको रचना भयो ।


३. कविता पढी विषयको क्रम मिलाएर लेख्नुहोस् ।
१) वीर पुर्खाको गतिलाई खोला र आँधीले रोक्न सक्दैन ।
२) पुर्खाको पौरखले नेपालको पहाड र तराईलाई जोडेको छ ।
३) काँगडा र कलङ्गाले नेपालको इतिहास बोलेको छ ।
४) वेत्रवेतीमा किनारमा नेपालीको पौरखको चिनो छ ।
५) वीर पुर्खाको रगत नेपालीको नसा नसामा छ ।

४. दिइएको कवितांश पढ्नुहोस् र सङ्क्षिप्त उत्तर लेख्नुहोस् ।

क) माथिको कवितांशमा हाम्रा पुर्खाहरुको बारेमा के भनिएको छ ?

नेपाली साहित्यका जाज्वल्यमान प्रतिभा कवि प्रा.डा वासुदेव त्रिपाठीद्वारा लिखित ‘वीर पूर्खा’ नामक कविता राष्ट्रप्रेम र देशभक्तिको भावनाले ओतप्रोता एक ऊकृष्ट रचना हो । यस कवितामा हाम्रा वीर पुर्खाहरूको त्याग, समर्पण र साहसको बारेमा विशेष चर्चा गरिएको छ । हाम्रा पुर्खाहरूले ज्यानको बाजी लगाएर सिङ्गो नेपाल निर्माण गरेका हुन् । उनीहरु शत्रुसँग कहियै पनि डराउन र हार्न जानेनन । शत्रुहक हाम्रा पुर्खाको नाम सुनेर काम्थे । हाम्रा पुर्खाको विजय यात्राको गतिलाई कुनै खोला, पहाड र आँधीले रोक्न सकेन ।

हाम्रो देशको इतिहासको पानामा वीर पुर्खाको तातो रगत बगेको छ । उनीहरू ऊतरमा तिब्बतको डिगन डिगर्चासम्म पुगेका थिए । वेत्रवती किनारमा हाम्रा पुर्खाको चिनो छ । उनीहरूको बहादुरी साँच्चै नै अद्भूत छ । उनीहरुको कौशलता, युद्ध चातुर्य र बाहादुरीको परिणाम स्वरूप विशाल र अखण्ड नेपाल बनेको हो । विदेशीसँग युद्ध गर्ने क्रममा उपाधुनिक मेसिन गन र तरबारका सामु नेपालीहरूले खुकुरी, गुलेली र ढुङ्गाको भरमा युद्ध जितेका थिए । हाम्रा पुर्खाको बहादुरी साँच्चै नै प्रशंसनीय र उल्लेखनीय भएको कुरा कविताँशमा बताइएको छ ।

ख) हामीले हाम्रा पुर्खाको गौरव कसरी जोगाउन सक्छौ ?

नेपाली साहित्यका विशेष प्रतिभा कवि वासुदेव त्रिपाठी ( वि.सं १९९९) द्वारा रचित ‘वीर पुर्खा’ कवितामा हाम्रा वीर पुर्खाको गौरवगान गरिएको छ । साँच्चै नै उनीहरूको बहादुरी, साहस, समर्पण, बलिदान र देशको रक्षाका लागि योगदान कदरयोग्य र गौरव गर्न लायक थियो । हामीले पनि हाम्रा पुर्खाको गौरव जोगाउनु पर्छ। हामी सधै देशको रक्षाका निम्ति एकजुट भएर लाग्नुपर्छ। हामी परिआएको खण्डमा शत्रुको घाटी काट्न पछि पर्नु हुँदैन । हामी नेपालीहरू अहिलेसम्म कसैको सामु घोडा टेकेको छैनौ र टेक्न पनि हुँदैन। हामीले नेपाललाई कहिल्यै पनि खण्ड हुन दिनु हुँदैन । हामीले हाम्रो सार्वभौमिकता र स्वाभिमान सदा कायम गर्नुपर्छ ।

वीर पुर्खाले देखाएको बाटोमा लाग्नु हाम्रो प्रमुख दायित्व हो । देशद्रोही र भष्टचारीलाई कडा भन्दा कडा सजाय दिनु नै पहिलेको आवश्यकता देखिन्छ । हाम्रो देशका निर्माता वीर पृथ्वीनारयण शाहले घुस लिने र दिने देशका शत्रु हुन् भन्ने भनाइलाई अग्रसर गर्दै देशका भ्रष्ट व्यक्तिलाई देश निकाला गर्नुपर्छ । हामीले एक हात जमिन पनि छिमेकी देशलाई मिच्न दिनु हुँदैन । हाम्रा वीर पुर्खाको बहादुरले आर्जेको जमिन ; लिम्पियाधुरा, कालापानी र नालापानी दिनानुदिन मिचिदा पक्कै पनि पुर्खाको आत्माले शान्ति पाउन सकेको छैन । त्यसकारण वर्तमान परिपक्षमा राजनैतिक, कूटनीतिक र आवश्यक परे युद्ध नै किन नहोस हामीले देशलाई रक्षा र माया गरेर देशको सिमाना जोगएर पुर्खाकी गौरव जोगाउन सकिन्छ।

ग) `सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।´ यस कथनको तात्पर्य के हो ?

वासुदेव त्रिपाठीद्वारा रचित ‘वीर पुर्खा’ कवितामा हामा पुर्खाको बलिदान, त्याग र बहादुरीको चर्चा गरिएको छ। हाम्रा वीर पुर्खाको विजय यात्राको गतिलाई कुनै खोला, पहाड र आधीले रोक्न सकेको थिएन। हाम्रा पुर्खामा आकाशमा स्वतन्त्र उड़ने गुरुड़को जस्तो वग थियो । उत्तरमा तिब्बतको डिगर्चा, पश्चिमको राबी नदी र साथसाथै काँगडा, कलङ्गा, टिस्टा, गङ्गा, वेत्रावतीको किनारमा हाम्रा वीर पूर्खाको बहादूरीको गीत गुन्जिरहेको छ। उनीहरूले जहाँ टेक्यो त्यहाँ जीत निश्चत नै हुन्थ्यो । हाम्रा वीर पुर्खाले धेरै टाढासम्म पुगेर तातो रगत बगाउँदै शत्रूलाई परास्त गरेका थिए । प्रथम र दोस्रो युद्धमा हाम्रा वीर पुर्खाको योगदान उल्लेखनीय छ । उनीहरूको साहस बहादुरिको प्रशंसा संसारभरि गरिन्छ ।


५. तलको कवितांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।

क) नेपालीहरुको कस्तो पौरखले नेपालको रचना भएको हो ?

नेपालीहरुको अदम्य साहस, देशभक्ति एवम्‌ वीरताले र खोलाको गति जस्तो, आधी र गरुडको वेग जस्तो नेपालीहरूको पौरखले पहाड, हिमाल र तराइलाई एक वनाई नेपालको रचना भएको हो ।

ख) कवितांशका आधारमा हाम्रा वीर पुर्खाको गौरव गाथाको वर्णन गर्नुहोस् ?

कुनै पहाड वा खोलाले हाम्रा वीर पुर्खाको पाइलालाई रोक्न सकेन । आँधीको वेगले पनि उनीहरूको यात्रालाई रोक्न सकेन । गरुडको वेग जस्तो पुर्खाको यात्रालाई कसैले छेक्न सकेन आफ्ना अगाडि बढेका पाइलालाई नरोकी आफ्नै पौरखले यस देशको निर्माण हाम्रा पुर्खाले गरेका हुन् भनी उनीहरूको गौरव गायाको वर्णन गरिएको छ ।


६. `वीर पुर्खा´ कविताको चौथो श्लोकलाई मुख्य आधार बनाई दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् ।

क) नेपालीहरुको वीरता कसरी गुन्जिएको छ ?

सत्रुहरूले नाका थुनेर पनि वीर नेपालीहरूलाई छेक्न सकेका छैनन्। आफ्नो देश र जनताका लागि वीर नेपालीले आफ्नो रगत बगाउन पछि हटेका छैनन् भन्दै नेपालीहरूको वीरताको प्रशंसा गरेका छन्।

ख) चन्द्रसूर्य ध्वजामा कस्तो गौरव अङ्कित छ ?

नेपाल राष्ट्र निर्माण गर्ने वीर गोर्खालीहरूले आफ्नो रगत बगाएका थिए भन्ने गौरव गाथा चन्द्रसूर्य ध्वजामा अक्ति छ ।


७. दिइएको कवितांशको व्याख्या गर्नुहोस् ।

प्रस्तुत कवितांश कक्षा ११ अनिवार्य नेपाली किताबको वीर पर्खा कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि वासुदेव त्रिपाठी (वि.स १९९९) हुन् । हाम्रा वीर पुर्खाको बलिदान, साहस, बहादूरी र पौरखको कारणले नै सिंगो नेपाल जुट्न सकेको कुरा बताउने क्रममा माथिको अशं आएको हो।

हाम्रा वीर पुर्खाको विजय यात्राको गतिलाई कुनै खोला, पहाड र आधौले रोक्न सकेको थिएन । उनीहरूमा आकाशमा स्वच्छ्न्द उड़ने गरुडको जस्तो वेग थियो । उनीहरूलाई देखेर शत्रुको पनि खुट्टा काम्ने गर्थ्यो । उनीहरू मर्न तयार भए तर हार्न कहिल्यै जानेनन् । नेपालको इतिहास फर्केर हेर्दा यो देशमा कुनै पनि शक्तिले आफ्नो साम्राज्य खडा गर्न सकेन। न त कुनै साम्राज्यवादी शक्ति सामु घुँडा टेवन पयो । हाम्रो देश नेपाल यतिकै निर्माण भएको होइन । पृथ्वीनारायण शाह, बलभद्र कुँवर लगाप्तका हजारौ नेपालीको त्याग, बलिदान र सत्प्रयासबाट बनेको हो । शुरवीर पौरखी पुर्खाले हिमाल, पहाड र तराईलाई जोडेर नेपाल बनाएका हुन् ।

अतः हाम्रा पुर्खाले देशलाई जुटाउन पुऱ्याएको योगदान साच्चै नै उल्लेखनीय थियो । उनीहरुको वेग गतिका सामु सत्रुहरू फिक्का रहेको विचारा प्रकट भएको प्रस्तुत कविता, देशप्रेमको भावनाले ओतप्रोत भएको ऊकृष्ट कविता हो।


८. दिइएका बुँदाका आधारमा ‘वीर पुर्खा” कविताको समीक्षात्मक टिप्पणी गर्नुहोस्‌ ।

टिप्पणी:
‘वीर पुर्खा’ कविता कवि वासुदेव त्रिपाठी (वि.सं १९९९) द्वारा रचिएको कविता हो । उनले यस कवितामा राष्ट्रप्रेमको भावनाले ओतप्रोत भएर अथवा देशभक्तिको भावनाले अभिप्रेरित भइ यो कविता रचना गरेका हुन।

हाम्रा पुर्खामा आकाशमा स्वच्छन्द उड़ने गरुडको जस्तो वेग थियो । उनीहरुको यात्रालाई कुनै खोला, पहाड आँधीले रोक्न सकेको थिएन । हाम्रा शुरवीर पौरखी पुर्खाले तराई, पहाड र हिमाललाई जोडेर नेपाल बनाएका हुन् । उनीहरुकै कारणले आज नेपाल विश्वमानचित्रमा अट्न सफल भएको छ । हाम्रा वीर पुर्खाको बहादूरीको गीत टिस्टा र राबी नदी तथा काँगडा, कलागी र गंगा सम्म अहिले पनि गुन्जिरहेको छ । उनीहरुको पौरखी पाइला ऊतरमा तिब्बतसम्म पुगेको थियो । उनीहरूको विजय यात्रालाई मित्रताले मात्र रोकेको थियो । छिमेकी मुलुकसँगक व्यापारलाई मजबूत बनाउन हाम्रा पुर्खाले मितेरी साइनो र विभिन्न सन्धिहक गरेका थिए । हाम्रा पुर्खाको सामर्थ्य कसैले रोवन सकेनन । नेपाली भूमिमा मात्र नभएर विश्वयुद्धमा समेत विश्वका अकृष्ट वीर गोर्खालीका रूपमा आफ्नो पहिचान बनाएका थिए। आज पनि वीर पुर्खाको रगत हाम्रो नसा नसामा बगिरहेको छ।

यस कविताको शीर्षक ‘वीर पूर्वां’ अभ्यन्त सार्थक देखिएको छ किनभने यस कवितामा हाम्रा वीर पुरवले हाम्रो स्वाभिमान, सार्वभौमिकता र अखण्डता रक्षाका लागि पुर्याएको विशेष योगदानको चर्चा गरिएको छ। चार श्लोक रहेको कवितामा प्रत्येक श्लोक असाध्यै राम्रा छन् । तृतीय पुरुषमा लेखिएको कविताको यात्रा भाषा अत्यन्त सरल छ। राष्ट्रप्रेम र देशभक्तिको भावनाले ओतप्रोत यस कविता अत्यन्त उत्कृष्ट रचना हो ।


९. दिइएको अनुच्छेद पढी मुख्य मुख्य बुँदाहरु टिप्नुहोस् ।
  • इतिहासकारले सत्य घटनालाई रोचक बनाउन काल्पनिक कुरालाई जोड्नु,
  • मानिसलाई मनोरञ्जन दिलाउने साधनको रूपमा पहिले इतिहासलाई साहित्यको एक अग मान्नु,
  • इसापूर्व पाँचौँ शताब्दीतिर केही चिन्तकहरू इतिहासलाई तथ्यपूर्ण बनाउन प्रयत्नशील हुनु,
  • प्रथम इतिहासकार हेरोडोटसले इतिहासलाई कथा र दन्त्यकथाभन्दा अलग ढड्गले लेख्ने प्रयत्न गर्नु,
  • अरिस्टोटलले इतिहासलाई दार्शनिक चिन्तनका रूपमा लिनु, मध्यकालमा इतिहासलाई धर्मसंग गासेर अध्ययन र परिभाषा गर्नु,
  • सोह्रौ सत्रौं शताब्दीमा युरोपमा आएको पुनजांगरणले इतिहास लेखनलाई तथ्यपूर्ण बनाउनु,
  • आधुनिक युगमा प्राचीन इतिहासको खोजीको प्रक्रिया तीव्र भई इतिहास एउटा छुट्टै विधाका रूपमा स्थापित हुनु।

१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको जवाफ दिनुहोस् ।

क) भाषा भनेको के हो ?

भाषा भनेको त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्तिहरु आफ्नो विचार विनिमय गर्दछन् ।

ख) भाषाका विशेषताहरु बताउनुहोस् ।

भाषाका विशेषताहरु सिर्जनात्मकता, यादृच्छिकता, सान्दर्भिकता, द्वैधता, मौखिकता, श्रावणिकता आदि हुन् ।

ग) `वाक्प्रतिक´ र `यादृच्छिक´ शब्दको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् ।

वाक्प्रतिक: बोलीले कुनै वस्तुलाई चिनाउने काम (वाक्य: भाषा वाक्प्रतिकको व्यवस्था हो।)

यादृच्छिक: स्वतः विकसित र स्थापित हुने (वाक्य: भाषा यादृच्छिक हुन्छ ।)

घ) यस अनुच्छेदको पहिलो वाक्यलाई संयुक्त वाक्यमा बदल्नुहोस् ।

भाषा यादृच्छिक वाक्प्रतिहरुको व्यवस्था हो त्यसैले यसको सहायताले समाजका व्यक्तिहरु आफ्नो विचार विनिमय गर्दछन् ।

Bir Purkha व्याकरण खण्ड

१. कथ्य नेपालीमा नभएका वर्णहरु कुन कुन हुन् लेख्नुहोस् ।

क) कथ्य नेपालीमा नभएका स्वर वर्णहरु :

ई, ऋ, ऎ, औ, अं, अ: हुन् ।

ख) कथ्य नेपालीमा नभएका व्यञ्जन वर्णहरु :

ञ, ण, ष, श, क्ष, त्र, ज्ञ हुन् ।


२. दिइएका लेख्य वर्णहरुको उच्चारण कस्तो हुन्छ, लेख्नुहोस् :
वर्णउच्चारणवर्णउच्चारण
रिअइ
अउअंअम्
अ:त्रतर
अँड
क्षज्ञग्यँ

३. दिइएको कवितांशबाट गाढा वर्ण टिपी तिनको उच्चारण स्थान छुट्टाउनुहोस् ।

म, ब, व ⇒ ओष्ठ्य

ग, क ⇒ कण्ठ्य

छ, र, झ, ल, ज ⇒ दन्तमूलीय

त ⇒ दन्त्य

य ⇒ तालब्य

ह ⇒ स्वरयन्त्रमुखी


४. `काँगडा र कलङ्गाको ढुङ्गा माटो बोल्छ होला´पङ्क्तिमा रहेका सग्ला व्यञ्जन वर्णलाई उच्चारण स्थानका आधारमा पहिचान गरि सुचीबद्ध गर्नुहोस् ।

क, ग ⇒ कण्ठ्य

ड, ल, ढ, ट, छ ⇒ दन्तमूलीय

म, ब ⇒ ओष्ठ्य

ह ⇒ स्वरयन्त्रमुखी


५. दिइएको अनुच्छेदबाट पाँचवटा सघोष र पाँचवटा अघोष वर्ण खोजी लेख्नुहोस् ।

सघोष वर्ण ⇒ य, र, ल, भ, म ।

अघोष वर्ण ⇒ क, थ, त, ख, प ।


६. दिइएको पङ्क्तिबाट पाँचवटा अल्पप्राण र पाँचवटा महाप्राण पहिचान गर्नुहोस् ।

अल्पप्राण ⇒ ग, व, त, च, ल ।

महाप्राण ⇒ स, ह, ख, भ, घ ।


७. दिइएका वर्णहरुको उच्चारण स्थान र प्राणत्वको पहिचान गर्नुहोस् । (क, झ, ट, त, फ, ह)
वर्णउच्चारण स्थानप्राणत्व
कण्ठ्यअल्पप्राण
दन्तमूलीयमहाप्राण
दन्तमूलीयअल्पप्राण
दन्त्यअल्पप्राण
ओष्ठ्यमहाप्राण
स्वरयन्त्रमुखीमहाप्राण

८. उच्चारण प्रयत्न र घोषत्वका आधारमा दिइएका वर्णहरुको पहिचान गरी लेख्नुहोस् । (ख, छ, स, न, य, ब)
वर्णउच्चारण प्रयत्नघोषत्व
स्पर्शीअघोष
स्पर्शसङ्घर्षीअघोष
सङ्घर्षीअघोष
नासिक्यघोष
अर्धस्वरघोष
स्पर्शीघोष

९. उच्चारण स्थान र घोषत्वका आधारमा दिइएका व्यञ्जन वर्गको वर्गीकरण गर्नुहोस् । (घ, द, छ, ह, फ, य)
वर्णउच्चारण स्थानघोषत्व
कण्ठ्यघोष
दन्तघोष
दन्तमूलीयअघोष
स्वरयन्त्रमुखीघोष
ओष्ठ्यअघोष
तालब्यघोष

१०. उच्चारण प्रयत्न र प्राणत्वका आधारमा दिइएका व्यञ्जन वर्णको वर्गीकरण गर्नुहोस् । (म, स, ठ, ज, थ, र)
वर्णउच्चारण प्रयत्नप्राणत्व
नासिक्यअल्पप्राण
सङ्घर्षीमहाप्राण
स्पर्शीमहाप्राण
स्पर्शसङ्घर्षीअल्पप्राण
स्पर्शीमहाप्राण
कम्पितअल्पप्राण

Queries Solved

  • ✓ class 11 nepali notes
  • ✓ class 11 nepali notes pdf
  • ✓ class 11 nepali chapter 1 exercise
  • ✓ bir purkha summary
  • ✓ class 11 nepali notes 2083
  • ✓ class 11 nepali guide pdf download 2083
  • ✓ bir purkha question answer
  • ✓ neb class 11 nepali solution
  • ✓ class 11 nepali guide
  • ✓ class 11 nepali solutions
  • ✓ class 11 nepali model question 2083
  • ✓ bir purkha kavita class 11

कक्षा ११ का अन्य पाठ तथा विषयहरूको गाइड हेर्नुहोस्

Scroll to Top