गाउँको माया (Gaunko Maya)
Class 11 Nepali Chapter 2 Complete Guide
कक्षा ११ अनिवार्य नेपालीको दोस्रो पाठ “गाउँको माया” (सामाजिक कथा) को पूर्ण अभ्यास, व्याकरण, शब्दभण्डार, र सङ्क्षिप्त उत्तरहरू।
Gaunko Maya पाठको परिचय
गाउँको माया कथा कथाकार इस्मालीद्वारा लेखिएको एक उत्कृष्ट सामाजिक यथार्थवादी कथा हो। यसले गाउँघरको परिवेश, गरिबी, वर्गीय विभेद र शोषित वर्गको सङ्घर्षलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।
यस पाठले समाजमा रहेका साहुमहाजनहरूको शोषण र गरिब किसानहरूको दयनीय अवस्थालाई उजागर गर्दै परिवर्तन र समानताको आवाज उठाएको छ।
गाउँको माया: शब्दभण्डार समाधान
कोला ⇒ खेतको गरो
आर्द्र ⇒ नरम ; रसिलो
क्रीतदास ⇒ पैसा दिएर दास बनाएको
ओरहा ⇒ पूर्ण नपाकेको मकै, गहुँलाई पोलेर तयार पारेको खानेकुरा
ठालु ⇒ गाउँबस्तीमा आफ्नो हैकम जमाउने मान्छे
स्वतन्त्र ⇒ उन्मुक्त
कपडाको भकुन्डो ⇒ गिर
अड्काउ ⇒ अल्झो
भिन्न हुनाको अभाव ⇒ पृथक्ताबोध
अर्काको काम गरिदिएबापत पाइने परिश्रमिक ⇒ वनी
इज्जत ⇒ अभिमान
नौटङ्की ⇒ विक्रेताको नौटंकी हामीलाई नयाँ सामान किन्ने प्रलोभनमा थियो ।
रिहर्सल ⇒ हामीले ६ दिनको लागि नित्यको रिहर्सल गरेका थियौं ।
हुटहुटी ⇒ रामलाई आफ्नो परिवार भेट्न पाउदा हुटहुटी भैरहेको थियो ।
आली ⇒ किसानहरु आलीमा बसेर चिया पिउदै छन् ।
अन्तराल ⇒ छोटो अन्तरालपछि चलचित्र सुरु हुदै छ ।
कृपापात्र ⇒ परिछन जस्ता धेरै जनताहरू अझै मालिकको कृपापात्र बनेर बसेका छन् ।
नासो ⇒ बाबु बाजेले छोडेर गएको नासोलाई आजपनि परिछन जस्ता व्यक्तिहरूले निरन्तरता दिएका छन् ।
रण ⇒ परिछन जस्ता गरिब र खेत मालिकहरूबीच रण भएको थियो ।
मानसपट ⇒ परिछन, बुधना र रामदरसको मानसपटमा सदा वनी कसरी बढाउन सकिन्छ भन्ने कुरा खेलिरहन्छ ।
परिछन, बुधना, वखतवहादुर र कृष्ण मिल्ने गाउँका साथी हुन् । परिछन अर्काको घरमा हली बसेको छ। भोलि यस कार्यको बिँडो परिछनको छोरोले थाम्छ । परिछनले आफ्नो पाखुरी वजारेकै भरमा मालिकलाई खुसी बनाएको छ । आफ्ना गरिब साथीहरूको परिश्रम मेहेनत देखेर कृ्ष्णजी लाजले पानी पानी भएको थियो । जमिनदारहरूले गरिव जनतालाई केही क्रण दिएर उनीहरूलाई जीवनभर आफ्नो बसमा पार्थे । अर्काको घरमा बसेर काम गर्ने भए पनि परिछन, बुधना, रामदरस, कृष्ण साथीहरूसँग हातेमालो गर्थे ।
नाक काट्नु , खुट्टा तान्नु , कानमा तेल हाल्नु , रातो मुख लगाउनु , कन्सिरी तात्नु , श्रीगणेश गर्नु , हावा लाग्नु , सुइँको पाउनु , टाउको खानु , आलु खानु ।
बोध र अभिव्यक्ति
क) यस कथामा कतिओटा अनुच्छेद छन् ?
यस कथामा १४ ओटा अनुच्छेद छन् ।
ख) सातौं अनुच्छेदमा कतिओटा वाक्य छन् ?
सातौं अनुच्छेदमा २ ओटा वाक्य छन् ।
ग) कृष्णको प्रवेश कुन अनुच्छेदमा भएको छ ?
कृष्णको प्रवेश तेस्रो अनुच्छेदमा भएको छ ।
घ) `म´ पात्र किन गाउँ गएको हो ?
गाउँको मायाले गर्दा म पात्रा गाउँ गएको हो ।
ङ) कथामा आदि, मध्यम र अन्त्यका मुख्य मुख्य घटना टिपोट गर्नुहोस् ।
आदि भाग
- दुई वर्षदेखि आफ्नो गाउँ ज्ञान चाहेका कृ्ष्ण यसपटक गाउँ गएका छन् ।
- गाउँको मायाले र त्यहांको वातावरणले उनलाई धेरै नै तानेको थियो ।
- आफ्ना धेरै साथीहरू गाउँमा गरिवीका कारण अर्काको घरमा हली वसेर जिविकोपार्जन गरिरहेका छन् ।
- कृष्णले राम्रो पढाइका कारण उ सहर गएर पढ्न पाएको छ ।
मध्य भाग
- कृष्णको घर आउँदा वाटामा आफ्नो पुरानो साथी परिछनसँग भेट हुन्छ ।
- परिछन गरिब भएकै कारण अर्काको घरमा काम गरेर जिविको पार्जन गर्छन् ।
- आफूले काम गरेको पारिश्रमिक वढाउनुपन्यो भनी मालिकविर्द्ध आवाज उठाउंदा मालिकहरूले उनीहरूलाई नै फुटाएर पारिश्रमिक नवढाएकोमा अत्यन्तै दु:खी भएका छन् ।
अन्त्य भाग
- यसरी मालिकहरूले गरिवलाई गरेको थिचोमिचो विरुद्ध संधै लाडरहने कुरा परिल्लनले कृष्णलाई सुनाए ।
- यस्तो अन्याय अत्याचार सहेर पनि परिछन जस्ता मानिस त्यसको विरुद्धमा लडिरहेछन् ।
- आफ्नो गाउँमा भएको अन्याय, अत्याचार, शोषण, गरिवीलाई समेटेर एउटा नाटक लेख्न परिछनले कृष्णलाई अनुरोध गरेका छन् ।
- यसरी धेरैबेर आफ्नो पुरानो साथीसंग गफ गरेर कृष्ण आफ्नो घरतर्फ लागेका छन् ।
२) परिछनले जयरामजीकी भनी बोलाएको आवाजले `म´ पात्र झस्किनु,
३) परिछनसँग गाउँका अनेक दुखसुखका कुराकानी गर्नु,
४) परिछन खोला छेउको कुवामा पानी लिन जानु र `म´ पात्रले खोलाका राम्रा नराम्रा पक्षमा सोच्नु,
५) पानी लिएपछि परिछनले गाउँका ठालुका कारण गाउँमा तीन पाटी भएको कुरा सुनाउनु,
६) तिमी गाउँमै भए ठालुहरुले यसरी सताउन नसक्ने कुरा परिछनले `म´ पात्रलाई बताउनु,
७) `म´ पात्राले तिमीहरुकै कारणले गाउँ प्रगतिको पथमा छ भन्दै राम्रो कामको श्रेय परिछनलाई दिएर सम्मान प्रकट गर्नु,
८) महावीरजीको झन्डा मेलामा गाउँकै घटनाहरु राखेर परिछनले `म´ पात्रलाई नाटक लेख्न अनुरोध गर्नु,
९) गाउँमा टेक्न नपाउँदै एउटा गहन जिम्मेवारी पाएको कुरा सोच्दै `म´ पात्र घरतिर लाग्नु ।
क) “जब उतर गए रण पे तो पिछे हटना क्योँ ?”
कुनै कामको थालनी गरिसकेपछि पूरा नगरी पछाडि हट्नु हुन्न ।
ख) “ह गोलो , फुर्ती से चाल बढाके ।”
श्रमरत हुदाँ फुर्तीले पाइला अगाडि बढाउनुपर्छ ।
ग) “गाई चारवाहा टुअर-टापर, भैँस चारवाह चोर । बाकरी चारवाह छिनर-छानर, ताके चार ओर।”
गाई भैंसी वा बाख्रा चराउँदा नै किन नहोस् सधै चनाखो भई चारैतिर हेर्नुपर्छ ।
क) `म´ पात्रलाई पढाउनुपर्छ भनी उत्साह भर्ने को थिए ?
`म´ पात्रलाई पढाउनुपर्छ भनी उत्साह भर्ने `म´ पात्रको गाउँका छिमेकीहरु थिए ।
ख) परिछनको नियति कसरी पुस्तान्तरण भएको हो ?
आथिर्क अवस्था कम्जोर भएकाले परिछनको नियति पुस्तान्तरण भएको हो ।
ग) यस अनुच्छेदमा प्रयुक्त लोकगीतको अंशले दिने विचारप्रति आफ्नो धारणा व्यक्त गर्नुहोस् ।
यस अनुच्छेदमा शिक्षा र चेतनाको कमी भएका ग्रामीण सरल नागरिकहरु गाई, भैंसी वा बाख्रा चराउँदा जुनसुकै बेलामा पनि चनाखो भएर हेर्नुपर्ने नत्र गाई, भैंसी वा बाख्राले खेतेपातीमा क्षति पुर्याउन सक्ने भनी गोठाले जीवनको सरल ग्रामीण जीवनको सङ्केत गरेको पाइन्छ ।
घ) `म´ पात्रले परिछन लगायतका बालदौंतरीसँग सम्बन्ध सुधार्न के के गर्यो होला ?
`म´ पात्रले परिछन लगायतका बालदौंतरीसँग सम्बन्ध सुधार्न विद्यालय विदा परेको बेला कहिले ओराहा खाने, कहिले गिर खेल्ने, कहिले कपर्दी खेल्ने वा त्यस्तै केही निहुँ पारेर उनीहरुसँग मिसिने, खेल्ने गर्थे ।
ङ) यस अनुच्छेदको मुख्य सन्देश के हो ?
यस अनुच्छेदको मुख्य सन्देश आफ्ना बाल्यकालका साथीलाई कहिलै बिर्सिनु हुदैन भन्ने हो ।
क) खोलाले रुवायो भन्ने कुरा मात्र गर्दा कसरी अन्याय हुन्छ ?
खानेपानीको आपुर्तिदेखि लिएर गाईवस्तुलाई खुवाउने र खेतीबारीम सिँचाइ गर्ने गाउँलेहरु खोलामानै निर्भर छन् । तेसैले खोलाले पुर्याउने सामान्य असरभन्दा खोलाको फाइदा नै बढी भएकाले खोलाले रुवायो भन्ने कुरा गर्दा अन्याय हुन्छ ।
ख) `म´ पात्रका खोलासँगका बालअनुभुति कस्ता छन् ?
खोलामा बाढी आएको बेला गाई, भैसीको पुच्छर समातेर बाढी तरेको, खोलामा उर्लेर भेलबाढी आएको बेला रमाउँदै खोलाको किनारमा बसेर बाढीको आनन्द लुटेको आदि जस्ता म पात्रका खोलासँगका बालअनुभुतिहरु अत्यन्त रमाइला एवम् अविस्मरणीय छन् ।
क) कृष्णलाई सबैले किन सम्मान गरेका हुने ?
Gaunko Maya कथाको प्रमुख पात्र कृष्ण शिक्षित, देशप्रेमी, जन्मभूमिलाई औधी माया गर्ने व्यक्ति हो। ऊ पढेलेखेको भएता पनि उ भित्र कति पनि घमण्ड छैन। उसले सबैलाई एउटै नजरले हेर्छ। सधै सकारात्मक सोच्ने र अरूको हित मा काम गर्न तयार कृष्णलाई सबैले सम्मान गर्नुको मुख्य कारण ऊ भित्र भएको सद्गुण नै हो। गाउँलेहरुले उसलाई अभिमान र इज्जतका रुपमा हेर्छन्।
ख) पढेलेखेका मान्छेले गाउँ छोड्यो भने गाउँमा कस्तो असर पर्छ ?
पढेलेखेको मान्छेले गाउँ छोडे भने गाउँमा अशिक्षित धनी व्यक्ति र गाउँका ठूला व्यक्तिले एकलौटी रजाइँ गर्छन्। यस्तो रजाइँको चपेटामा गाउँ का गरिब वर्ग पर्छन्। कथाको सन्दर्भमा पनि कृष्ण एक पढेलेखेको मान्छे भएतापनि गाउँमा अनुपस्थित रहनाले समाजको गरिब वर्गलाई अगुवाई गर्ने व्यक्तिको अभाव भएको छ। यसकारण परिछन जस्ता गरिब वर्गका व्यक्ति आफ्नो साउन र गाउँका ठूला व्यक्ति दमन अत्याचार र एकलौटी रजाइँ चपेटामा परेका छन्।
क) हाम्रा गाउँमा पनि साच्चैका मान्छेहरु रहेछन् जो जीवनलाई बुझ्दै छन् ।
प्रस्तुत कथांश कक्षा ११ अनिवार्य नेपाली किताबको ‘गाउँको माया’ भन्ने सामाजिक यथार्थवादी कथाबाट साधार अवतरण गरिएको हो । समाजका सूहम विषयलाई केन्द्रमा राखेर साहित्य रचना गर्ने कथाकार इस्माली द्वारा यस कथा लेखिएको हो । प्रस्तुत भनाई दुई वर्ष पछि आफ्नो गाउँ फर्केको कृष्ण भाइले पठाएको चिठी सम्झदै गाउँमा समाज परिवर्तनका संकेत देखिन थालेछन्, साथसाथै गाउँका मानिस बुमने भइसकेका कुराको बोध गर्ने क्रममा आएको अभिव्यक्ति हो।
यस कथाको मुख्य पात्र कृष्ण पैसा कमाउन विदेशिएका थिए। आफु गाउँमा हुदा सबै कुरा परम्परागत भए पनि विस्तारै गाउँमा आधुनिकता र विकास आउन थालेको कुरा थाह पाएपछि कृष्ण निकै खुसी छन् । गाउँको सुरबद् समाचारले परदेशीको मनमा पर्ने प्रभाव यसमा व्यक्त भएको छ । आफ्नो गाउँ पनि केही हो र यहाँ केही हनसक्छ भन्ने उर्जा उसको मनमा पलाएको छ । गाउँमा केही राम्रो काम भयो गाउँलेकै जीवन सार्थक हुन्छ भन्ने उसको बुझाइ छ । गाउँ अब विकासको बाटो तर्फ लम्कने कुरामा ‘म’ पात्र कृष्ण आशावादी छन् ।
यसरी माथिको कथाशंमा जन्मभूमि प्रतिको प्रेम भाव व्यक्त भएको छ । विदेश जानुको साटो पढेलेखेका युवाहरू गाउँलाई विकास तर्फ लग्नुपर्छ र परम्परागत जीवनशैलिलाई आत्मसाथ गर्दै आधुनिकता को यात्रामा लम्कनुपर्छ भन्ने भाव प्रष्ट पार्न खोजिएको छ।
ख) तिम्रो पाखुरीले खोलाको धारलाई फर्काउँछ भने गाउँको इज्जत माथी नउठाउला त ?
प्रस्तुत कथांश कक्षा ११ अनिवार्य नेपाली किताबको ‘गाउँको माया’ (Gaunko Maya) भन्ने सामाजिक यथार्थवादी कथाबाट साभार गरिएको हो । समाजका सूक्ष्म विषयलाई केन्द्रमा राखेर साहित्य रचना गर्ने कथाकार इस्लामीद्वारा यस कथा लेखिएको हो। गाउँमा कृष्ण जस्तो पढेलेखेको मानिस नभएकाले साहुले गरिबमाथि अत्याचार गरेको भन्ने परिछनको भनाइको प्रतिउत्तर दिने क्रममा कृष्णद्वारा मात्रिको कथन अभिव्यक्ति भएको हो।
यस कथाको सहायक पात्र परिछन मजदुर, किसान र विपन्न गरिब वर्गको प्रतिनिधि हो। ऊ लगायत सम्पूर्ण गरिववर्ग गाउँमा समानता र विकाश चाहन्छन तर दुर्भाग्यवस गाउँमा रहेका ठूलाहरूले गाउँलाई कब्जामा लिएका छन्। उनीहरूले गरिबवर्ग माथि अत्याचार गर्दै आएका छन् । वास्तवमा गाउँ परिछनहरुको दुःख, कष्ट, मिहेनत र उनीहरुले प्रयोग गर्ने हरिया, खुर्पा, कोदालो र पाखुरीका बलमा बाचेको छ । गाउँका इज्जत र अभिमान भनेको परिछन हुन्। त्यस कारण खोलाको धारलाई फर्काउन सक्ने सामर्थ्य भएका किसान र गरिब वर्गले गाउँमा हुँदै आएको वर्गीय द्वन्द्वको विरुद्धमा आवाज उठाउन सक्नुपर्छ भनिएको छ ।
त्यसैले प्रस्तुत कथांशमा कृष्णले परिछन लगायतका गाउँलेहरुको शक्ति र सामर्थ्यको बोध गराउँदै जसरी कृपकको पाखुरीले खोलाको धारलाई मोड्न सक्छ त्यसैगरी गाउँको विकाश एवम् इज्जत पनि मथि उठाउन सक्छ भन्दै परिछन जस्ता परिश्रमी पौरखी कृपकहरुको प्रशंसा गरेका छन् ।
क) `गाउँको माया´ कथामा कस्तो समाजको चित्रण गरिएको छ ?
सामाजिक यथार्थवादी कथाकार इस्मालीद्वारा लेखिएको ‘गाउँको माया’ कथामा वर्गीय समाजको चित्रण गरिएको छ । समाजमा एउटा वर्ग जमिनदार सम्पन्न छ भने अर्को वर्ग गरिब, अर्काको घरमा हली बसेर वा वनी गरेर खाने परिछन जस्ता विपन्न छन् । सम्पन्न वर्गले विपन्न वर्गलाई सदा अन्याय, अत्याचार, शोषण गरिरहन्छ । विपन्न वर्ग आफ्नो वर्गको हक हितमा लडिरहेको छ। विपन्न वर्ग एकत्रित भई सम्पन्न वर्गको विरोध गरेको सम्पन्न वर्गले मन पराउँदैन । सम्पन्न वर्ग विपन्न वर्गलाई ‘फुटाउ र राज गर’ भन्ने सिद्धान्तमा लागेको छ तर विपन्न वर्ग आपनो ज्याला, बनी बढाउन प्रयासरत छन् । तसर्थ यस कथामा समाजको वर्गीय द्वन्द्वको चित्रण गरिएको छ ।
ख) गाउँको माया कथाका आधारमा दिइएको पात्रहरुको चरेचित्रण गर्नुहोस् ।
अ) कृष्ण :
कृष्ण ‘गाउँको माया’ कथाका मुख्य पात्र हुन् | उसकै केन्द्रीयतामा यो कथाको कथावस्तु सिर्जित छ। ऊ कथामा सुरुबाट नै समाज परिवर्तनको सोच र चिन्तन बोकेको स्थिर पात्र हो। ऊ समाजका हरेक व्यक्ति दुःख र पीडा बुझदै समाजका शोषकर समान्त वर्गको अत्य गरौँ, गरिव विमुख व्यक्तिलाई स्वतन्त्र हक र अधिकार प्रदान गर्नुपर्छ भन्ने मान्यता राखेको अनुकूल प्रकृतिक पात्र हो । उसले गाउँ समाजको गरिव बर्गको उत्थानको निम्ति संघर्ष गर्नुपर्छ, गरिवहरूको आवाजलाई बुलन्द गर्नपर्छ भन्ने मान्यता राख्थे। कृष्णको भूमिका कथामा सुरुदेखि अन्तिमसम्म उतिकै संवल रूपमा रहेको छ। उसलाई मुल पात्रका रूपमा लिन सकिन्छ।
ख) परिछन :
परिहन ‘गाउँको माया’ कथाको पात्रको रुपमा आएका छन् । परिहन एक अशिक्षित पात्र हुन । उनी एक गरिब र अशिक्षित पात्र भएता पनि समाज परिवर्तको सोच र चिन्तन बोकेको गतिशील पात्र हुन् । उनले व्यक्तिको सहयोग भएमा सामाजिक परिवर्तन हुन्छ अनि आड भरोसा हुन्छ भन्ने सोच राख्छन्। आफ्नो गाउँलाई साहु, महाजन एवम् ठुला तथा मालिकहरूको एकलौती रजाईबाट मुक्त पार्नुपर्छ भन्ने प्रगतिवादी सोच भएको पात्र हुन्। सामन्तीहरूको शोषण, दमन, अन्याय, अत्याचार हटाएँर र समनतामूलक समाज निर्माणको चाहना राख्ने वर्गीय वणीय मुक्तिका चहना राख्ने पात्रको रूपमा परिछन देखिन्छन्।
क) निबन्धकारको मतका आधारमा अनाथालय भएको र नभएको समाजको अन्तर बताउनुहोस् ।
निबन्धकारको मतका आधारमा अनाथालय भएको समाजमा दया, माया, सेवा र सहयोग भावना जाग्दछ भने अनाथालय नभएको समाजमा व्यभिचार, पाप एवं सामाजिक कुकृत्यहरु भएका हुन्छन् ।
ख) हामी अनाथ, गरिब र बिरामीलाई के कसरी सहयोग गर्न सक्छौ ?
हामी अनाथ, गरिब र बिमारीलाई आफुले सकेको चन्दा दिएर लगायत विभिन्न खानेकुराहरु, लत्ताकपडा दिएर सहयोग गर्न सक्छौ ।
ग) अनाथालयप्रति तपाईंको धारणा कस्तो छ ?
अनाथ पनि यसै देशका नागरिक भएकाले राज्यले नै उनीहरुको गास, बाँस र कपासको व्यवस्थापनको लागि अनाथालयहरु खोली व्यवस्थित गर्नुपर्छ अनि हामीले पनि सक्दो सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ ।
घ) `समाजमा बिगार्नेभन्दा सपार्ने धेरै छन् ´ भन्नुको तात्पर्य के हो ?
`समाजमा बिगार्नेभन्दा सपार्ने धेरै छन् ´ भन्नुको तात्पर्य यस समाजमा नकारात्मक सोच भएका, सामाज बिगार्ने मानिसहरुभन्दा असल, सज्जन, समाजको भलो चिताउने मानिस नै धेरै हुन्छन् हो ।
नेपालको जमिन
नेपालमा दुई प्रकारको जमिन ; धान रोपिने खेत र पाखावाली लगाउने बारी छन् । उर्वराशक्तिका आधारमा जमिन अब्बल, दोयम , सीम र चाहार गरी चार प्रकारको छ । सिँचाइको सुविधा र मलिलो भुमि अब्बल, अब्बलभन्दा कमसल दोयम, दोयमभन्दा कमसल सिम र आकाशको भर पर्नुपर्ने जमिन चाहार हो ।
अनुच्छेदको शब्द सङ्ख्या – १३६
एक तृतीयांश शब्द सङ्ख्या – ४५
सारांश शब्द सङ्ख्या – ४५
व्याकरण खण्ड
क) मूल शब्दहरु
भाइ, हामी, काम, धोखा, चार, धान, फूल
ख) व्युत्पन्न शब्दहरु
- उथलपुथल ⇒ (उथल + उथल)
- रोपाइँ ⇒ (रोप् + आइँ)
- राम्रै ⇒ (राम्रो + ऐ)
- अगुवा ⇒ (अगि + उवा)
- धनी ⇒ (धन + ई)
- केरकार ⇒ (केर + कार)
- झगडाफसाद ⇒ (झगडा + फसाद)
- एकता ⇒ (एक + ता)
क) मूल शब्दहरु
आठ, नौ, वर्ष, उमेर, पुर्खा, काल, पनि, सीप, आफू, गीत
ख) व्युत्पन्न शब्दहरु
- बालक ⇒ (बाल + क)
- लेखपढ ⇒ (लेख + पढ)
- बाल्यकाल ⇒ (बाल्य + काल)
- गाउन ⇒ (गाउँ + न)
- विद्यालय ⇒ (विद्या + आलय)
- परिश्रम ⇒ (परि+ श्रम)
- मिठा ⇒ (मीठो+ आ)
- सङ्गीत ⇒ (सम् + गीत)
शब्दस्रोत
तत्सम शब्दहरु
पङ्क्ति, आगन्तुक, एक, शान्ति ,भङ्ग
तद्भव शब्दहरु
आँखा(अक्ष), हात(हस्त), हल्ला(कोलाहल), रिस(रोप)
आगन्तुक शब्दहरु
अखबार, लिफाफा , कागज, वावा
तत्सम शब्दहरु
पृथ्वी, अग्नि, वायु, ऋषि, ज्ञान, प्रज्ञा, ऊर्जा , छात्र
तद्भव शब्दहरु
जेठ(जेष्ठ), साउन(श्रावण), असार(अषाढ), बाटो(वत्र्म), सासू(श्वश्रू), ससुरा(श्वसुर), आगो(अग्नि)
आगन्तुक शब्दहरु
पसल, पटुवा, ढाट, कदर, ढेवा, जागिर, दिल, हाकिम, पाइप
अनुभूति, नदी, हृदय, सभ्यता, हिमाल, चित्ताकर्षक, भावनात्मक, जन्मभुमि, रुप, भूमि
तद्भव शब्दहरु
अँध्यारो(अन्धकार), रात(रात्रि), खेत(क्षेत्र), हात(हस्त), बाटो(वत्र्म), काँध(स्कन्ध), गाउँ(ग्राम), मानिस(मानुष), सबै(सर्व) ।
आगन्तुक शब्दहरु
लालटिन, जर्नेल, साहेब, रेडियो, मोबाइल , लाइट, थर्मस, चिया, सिकार, भेल
सङ्केत सुची
क) माथिको शब्दकोशका नमुना पानामा दिइएका शब्दहरुले के कस्ता अर्थ दिएका छन् लेख्नुहोस् ।
अँगार ⇒ दाउरा आदि ज्वलनशील वस्तु मिलेर कोइला भइ निभेको तर खरानी नभईसकेको कालो वस्तु, अङ्गगार, अङार ।
अँगेठी ⇒ आगो ताप्नाका निमित्त प्रयोग हुने माटो वा धातुको भाडो ,मकल, अटल, बोर्सी ।
अँगेर ⇒ पोथ्रो होचो हुने, पात रातो रातो तथा सानो र गेडा रातो हुने एक प्रकारको विषालु वनस्पति ।
अँजुली ⇒ दुई उत्ताना हत्केला जोडी औलाहरु केही कुप्र्याएर खिची वा बटुको जस्तो खोपिल्टो परिएको स्थिती ।
अँचेला ⇒ खेतका गराका छेउमा माटो थुपारी बनाइएको आलीको माथिल्लो भाग ।
अँचेटिनु ⇒ च्यापिनु ।
अँगालो ⇒ आत्मियता वा निकटता जनाउन एक अर्काको कँधमा हात राख्ने काम ।
ख) शब्दकोश हेरी माथिको शब्दकोशको नमुना पानामा छड्के अक्षरमा दिइएका सङ्क्षिप्त शब्दका पूरा रुप लेख्नुहोस् ।
निपा ⇒ निपात
ना ⇒ नाम
क. क्रि ⇒ कर्मवाच्य क्रिया
वि ⇒ विशेषण
टु ⇒ टुक्का
स. क्रि ⇒ सकर्मक क्रिया
पे.क्रि ⇒ प्रेरणार्थक क्रिया
पू.स ⇒ पूर्वसर्ग
ग) शब्दकोश हेरी दिइएका शब्दको अर्थ लेख्नुहोस् ।
अकेला ⇒ साथमा कोही नभएको , एक्लो
पिन्चे ⇒ धेरै बेर रुने बानी भएको
एकाघर ⇒ अलग नभएको
जातक ⇒ बालख, शिशु
रोहबर ⇒ देखादेख, भेटघाट
ठाँट ⇒ चकचकी, रवाफ, सान
घडा ⇒ माटाको गाग्रो , घैँटो
चैत्य ⇒ बौद्ध धर्म मान्नेहरुको एक किसिमको मन्दिर
पँधेरो ⇒ पानीको धारो वा कुवा भएको ठाउँ
यथार्थ ⇒ वास्तविक, सत्यमा आधारित
घ) दिइएका शब्दहरुलाई शब्दकोशको क्रममा लेख्नुहोस् ।
- अ) कंश कपडा कृष्ण क्रम क्षति मस्त शारीरिक
- आ) आँधी आफू इश्वर उर्लनु ऊर्जा एउटा ऐश्वर्य
- इ) ज्ञान तिम्रो त्रास मानसिक मूल मृत्यु व्यवहार
- ई) अँध्यारो अचानो आँधी उपकार उपहार अपेक्षा ओठ
Queries Solved
- ✓ class 11 nepali notes chapter 2
- ✓ class 11 nepali notes pdf download 2083
- ✓ class 11 nepali chapter 2 exercise
- ✓ gaunko maya summary
- ✓ class 11 nepali gaunko maya katha
- ✓ gaunko maya question answer
- ✓ neb class 11 nepali solution
- ✓ class 11 nepali guide chapter 2
- ✓ gaunko maya class 11 nepali exercise
- ✓ class 11 nepali model question 2083
