4th Chapter Yogmaya: Class 11 Nepali Ultimate Guide (NEB) | Top Notes & Solutions
Importantedunotes.com
फिर्ता जानुहोस्

योगमाया (Yogmaya)

Class 11 Nepali Chapter 4 Complete Guide

कक्षा ११ अनिवार्य नेपालीको चौथो पाठ “योगमाया” (राष्ट्रिय जीवनी) को पूर्ण अभ्यास, व्याकरण, शब्दभण्डार, र सङ्क्षिप्त उत्तरहरू।

Yogmaya पाठको परिचय

Yogmaya

“योगमाया” एक राष्ट्रिय जीवनी हो जसमा नेपालकी प्रथम महिला विद्रोही र समाज सुधारक योगमाया न्यौपानेको त्याग, सङ्घर्ष र बलिदानको वर्णन गरिएको छ।

तत्कालीन राणा शासन र पितृसत्तात्मक समाजको कुरीति, छुवाछूत, र भ्रष्टाचारविरुद्ध उनले गरेको जलसमाधिसम्मको यात्रालाई यस पाठमा प्रस्तुत गरिएको छ।

शब्दभण्डार समाधान

१. दिइएका शब्द र अर्थ बिच जोडा मिलाउनुहोस् :

जलसमाध ⇒ पानीमा डुबेर गरिने प्राणत्याग

बडाहाकि ⇒ राना शासनका समयमा र त्यसपछि पनि केही समय जिल्लाको सर्वोच्च प्रशाशक

आर्य समाज ⇒ अनातन धर्ममा उदारता ल्याउन चलाइएको एक धार्मिक सम्प्रदाय

वैधव्य ⇒ विधवा हुनाको भाव

हठयोग ⇒ पतञ्जलिद्वारा प्रतिपदित योग ( यम, नियम आदि) द्वारा शरीरलाई धेरै कष्ट दिएर चित्तवृत्तिलाई अन्तर्मुखी पार्ने योगको एक विधि

प्रताडना ⇒ पीडा

विचारी ⇒ मुद्दामामिलाको निचोड खिचेर न्यायाधीशलाई अवगत गराउने व्यक्ति

पञ्चाग्नि ⇒ वरिपरि पाँच किसिमका अग्नि बालेर गरिने तपस्या


२. पाठपढी गाडा गरिएका पदावलीको सट्टामा मिल्ने शब्द छानेर लेख्नुहोस् :

क) सन्यासी

ख) परम्परागत

ग) शास्त्रार्थ

घ) अग्निसमाधी


३. दिइएका शब्द प्रयोग गरी वाक्य बनाउनुहोस् :

स्वसिकाइ ⇒ योगमायाले स्वसिकाइ बाट नै आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो बनाइन् ।

विद्रोह ⇒ योगमायाले अध्यात्म, मनावता र सामाजिक परिवर्टनका लागि विद्रोह गरिन् ।

सञ्जाल ⇒ योगमायाका विषयमा लेखिएको उपन्यासका बारेमा सामाजिक सञ्जालमा निकै चर्चा भयो ।

धाराप्रवाह ⇒ योगमाया धाराप्रवाहरूपमा बोल्न सक्थिन् ।

योगसाधना ⇒ योगमाया योगसाधना गर्ने महिला हुन् ।

निराहार ⇒ योगमायाले योगसाधना गर्दा निराहार विधिलाई समेत अपनाएकी थिइन् ।

वर्णाश्रम ⇒ योगमायाले छुवाछूत र वर्णाश्रम जस्ता अव्यवहारिक चलनको विरोध गरिन् ।

स्वेच्छिक ⇒ अग्निसमाधि लिन योगमायाका भक्तजनहरूले स्वेच्छिक रूपमा नाम लेखाएका थिए ।

यज्ञस्थल ⇒ यज्ञस्थललाई पवित्र स्थान मानिन्छ ।

स्मृति ⇒ आज योगमाया हाम्रा स्मृतिमा मात्र रहेकी छिन ।


४. दिइएका शब्दहरु प्रयोग गरि एउटा अनुच्छेद लेख्नुहोस् ।

सासूससुरा भएको घर सबै दृष्टिकोणबाट राम्रो हुन्छ । बुहारीलाई सारोगारो हुँदा घरमा सासुससुराले हेर्ने गर्नुहुन्छ । नन्द आमाजूको उमेर र भाउजू वा बुहारीको उमेर समूह मिल्ने भएकाले उनीहरु मित्र साथी जस्तो व्यवहार हुन्छ । सम्धी र जेठान घरका इज्जतिला पाहुना हुन्। भदा भदैले पनि कहिलेकाही माइतीको तिर्सना मेट्छन् ।

बोध र अभिव्यक्ति

१. पाठ पढ्नुहोस् र दिइएका प्रश्नहरुको भन्नुहोस् :

क) योगमायाको जीवनी कति अनुच्छेदमा संरचित छ ?

योगमायाको जीवनी नौ अनुच्छेदमा संरचित छ ।

ख) चौथो अनुच्छेदमा कतिवटा वाक्य छन् ?

चौथो अनुच्छेदमा २५ ओटा वाक्य छन् ।

ग) दोस्रो अनुच्छेदमा योगमायाको जीवनी कुन अवस्थामा वर्णन छ ?

दोस्रो अनुच्छेदमा योगमायाको जीवनीको वाल्यकालीन, वैवाहिक र पारिवारिक अवस्थामा वर्णन छ ।

घ) योगमायाको जलसमाधिको सन्दर्भ कुन अनुच्छेदमा छ ?

योगमायाको जलसमाधिको सन्दर्भ आठौं अनुच्छेदमा छ ।


२. दिएका वाक्यहरु जीवनको कुन अनुछेदमा छन्, पत्ता लगाउनुहोस :
  • क) चौथो अनुछेदमा
  • ख) तेस्रो अनुछेदमा
  • ग) सातौ अनुछेदमा
  • घ) सातौ अनुछेदमा
  • ङ) नवौ अनुछेदमा

३. दिएका मितिमा योगमायाको जीवनसंग सम्बन्धित कुन कुन घटना भएको हुन्, भन्नुहोस् :

(क) वि.स १९२५ ⇒ जन्म भएको एक वर्ष पछाडिको समय

(ख) वि.स. १९७३ ⇒ छोरी नैनकला र भाइका साथ मझुवावेंसी पुग्नु

(ग) वि.स. १९८२ ⇒ दास प्रथाको अन्त्य भएको घोषणा

(घ) वि.स. १९८८ ⇒ उफौलीटारको योगमायाको कुटी अरुण खोलाले बगाएको

(ङ) वि.सं. १९९२ ⇒ आफ्ना अनुयायीसहित खाम्पालुङ हिमाल पार गरी तपस्या गरेकी

(च) वि.सं १९९३ ⇒ श्री ३ जुद्धसमसेरसंग भेटी आफ्ना माग राखेकी

(छ) वि.सं. १९९५ ⇒ आफ्ना माग पूरा नगरे आफ्ना तमाम भक्तसहित अग्निसमाधि लिने घोषणा गर्नु

(ज) वि.सं. १९९७ ⇒ भोजपुरकै उच्च पहाडी क्षेत्र चायाबोटे सिरान तोरीबारीको छेउको अग्लो थुम्कामा बसेर तेइस दिनसम्म तपस्या गरिन्

(झ) वि.सं. १९९८ ⇒ अरुण नदीमा गई जलसमाधि लिइन्


४. दिइएका आधारमा घटनाक्रम मिलाएर लेख्नुहोस् :
१) झ) विधवा हुनु र पुनर्विवाह हुनु,
२) ग) भागेर माइती जानू,
३) घ) आसामबाट फर्कनु,
४) ङ) आर्यसमाजी हुनु,
५) च) दीक्षा लिई सन्यासी बन्नु,
६) ञ) उफ्रौलीटारमा कुटी बनाउनु,
७) ज) निराहर, अल्पहार र जलाहार भएर तपस्या गर्नु,
८) छ) दासप्रथा, सतिप्रथाका विरुद्ध आवाज दिनु,
९) क) अग्निसमाधिको घोषणा तर असफल,
१०) ख) जलसमाधिको तयारी र सफलता,

५. पाठको चौथो अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुको छोटो दिनुहोस् :

क) योगमायाले कुटी बनाएको ठाउँहरुको नाम लेख्नुहोस् ।

योगमायाले कुटी बनाएको ठाउँहरुको नाम मझुवावेँसी, उफ्रौलीटार र गौडिनी हो ।

ख) मानिसहरु योगमायासँग प्रभावित हुनुको कारण के हो ?

ज्ञान, अनुभवका आधारमा पण्डितहरूसंग शास्त्रार्थ गर्ने, धाराप्रवाह प्रवचन दिनसक्ने खुबी भएका कारण मानिसहरू योगमायासंग प्रभावित हुन्थे ।

ग) योगमायाले किन तपस्या गरेकी हुन् ?

साधनाको प्राप्ति र सबै प्रकारका मोहबाट मुक्त हुन योगमायाले तपस्या गरेकी हुन् ।

घ) `उनी कहिले निराहार , कहिले जलाहार , कहिले अल्पहार तपस्यागर्थिन् ´ भन्नुको तात्पर्य के हो ?

यसको तात्पर्य योगमायाले जीवनका सबै प्रकारका लोभ र मोहबाट उन्मुक्ति एवं समाज सुधारको चाहना पूरा गर्नका लागि कहिले केही पनि नखाई, कहिले पानी मात्र खाई, कहिले थोरै मात्रै खाई कठोर तपस्या गर्थिन् भन्नू हो ।

ङ) योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले कस्तो स्वरुप लिन्थ्यो होला, अनुमान गरि लेख्नुहोस् ।

योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले शसस्त्र आन्दोलनको रूप लिन्थ्यो होला ।


६. `योगमाया छुवाछूतरहित ………..अविस्मरणीय रहेको छ´ जीवनीको अंश पढी सोधिएका प्रश्नहरुको दिनुहोस् ।

क) योगमाया कस्तो समाजको खोजीमा लागिन् ?

योगमाया छुवाछुतरहित, शोषणरहित र भ्रष्टाचाररहित समाजको खोजीमा लागिन् ।

ख) तत्कालीन समाजले आफ्नो विचारलाई आविस्कार गरेपछि उनले कसरी विद्रोह गरिन् ?

तत्कालीन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले सामूहिक जलसमाधि लिएर विद्रोह गरिन् ।

ग) योगमायाको सम्मानमा के कस्ता कामहरु भएका छन् ?

योगमायाको सम्मानमा उनको स्मृतिमा `सर्वाथ योगवाणी´ नामक कृतिका साथै अनुसन्धानात्मक कृतिहरु र `योगमाया´शीर्षकको उपन्यास प्रकाशन गर्ने जस्ता कामहरु भएका छन् ।


७. दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नहरुको दिनुहोस् ।

क) योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?

योगमाया तत्कालीन सामन्ती समाजमा धर्मका नाममा व्याप्त शोषण, दमन, अन्याय, अत्याचार, कुरिती जस्ता धार्मिक विकृति र विसङ्‌गतिको खुलेर विरोध गर्थिन । पूजा, आराधना, भजन, प्रसाद वितरण र ग्रहणमा विनाभेदभाव सबैलाई धार्मिक गतिविधिमा सम्मान सहाभागी गराउनुपर्छ भन्ने योगमायको धर्मसम्बन्धी मान्यता रहेको छ ।

ख) पाठसमेतका आधारमा योगमायाले गरेका सुधारका प्रयासहरुको वर्णन गर्नुहोस् ।

योगमाया समाज सुधारका लागि अथव सङ्‌घर्ष एवं सचेत क्रान्ति गर्ने ऐतिहासिक योगसाधना हुन्। उनले ध्यान, तपस्या र सामाजिक व्यवहारका माध्यमबाट सती प्रथा, छुवाछुत जस्ता कुरितीहरूबाट उन्मुक्त न्याय समातामूलक, विभेदरहित समाज निर्माणका लागि सचेत विद्रोह गरेकी छिन् । उनले सबैलाई सबै धार्मिक गतिविधिमा समान सहभागी गराएकी छिन । लैङ्गिक, जातीय, वर्गीय, धार्मिक, सांस्कृतिक, आर्थिक सबै खालका विभेद पनि वर्णाश्रमको घोर विरोध गरी विभेदरहित आदर्श सभ्य, न्याय र समतामूलक समाजका लागि अग्नि समाधिको प्रयास देखि जलसमाधि लिएर सचेत विद्रोह तथा अनौठों क्रान्ति गरेकी छिन् ।


८. उत्तर दिनुहोस् :

क) योगमायाको बाल्यकाल र किशोरावस्था कस्तो रह्यो ?

योगमायाको जन्म वि. सं १९२४ मा भएको थियो । सामाजिक परम्पराअनुसार ७ वर्षको कलिलो उमेरमा नै उनको विवाह भयो । पति भनेर चिन्न नपाउँदै विवाह गरेको दुई वर्षमा उनी विधवा भइन | बाल स्वभाव र गुणका आधारमा उनले घरपरिवार र समाजको तिरस्कार भोग्नुपयो । यही कारण उनी शारीरिक र मानसिक यातनाको समेत सिकार भइन् । यसरी अत्याचारका सबै खाले स्वरूपलाई सहदै उनी चौध वर्षको उमेरसम्म घरमै बसिन । माइत आएर पनि सामाजिक प्रचलनअनुसार उनलाई आफ्नै घरमा फर्काउन प्रयत्न गरियो । उनी घर र माइती दुवै छोडेर आसाम पुगिन र त्यहाँ गएपछि उनले फेरि विवाह गरिन् । विवाहको केही वर्षपछि उनको पतिको फेरि मृत्यु भयो । योगमायाको बाल्यकाल र किशोरावस्था यस्तो रह्यो ।

ख) योगमाया कसरी अध्यात्मिक विषयमा आकृष्ट भइन् ?

योगमायाको पहिलो पतिको मृत्युपछि उनी शारीरिक र मानसिक यातनाको सिकार भईन । घर र माइतीबाट उपेक्षित भएकाले उनी विस्तारै विद्रोह गर्दै आसाम पुगिन । उनमा विद्रोहको चेतना पलाउन थाल्यो । उनले आसाम पुगेर फेरि विवाह गरिन् । उनीहरुबाट नैनकला नामकी छोरी जन्मिइन्। त्यसपछि योगमाया सामाजिक क्रियाकलापमा सहभागी हुन थालिन् । त्यस समयमा सबैभन्दा प्रचलित सामाजिक गतिविधिका रूपमा पूजा प्रार्थना आदि रहेका थिए । उनले यस्ता क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै नेतृत्वको भूमिका निर्वाह गरिन् । यसरी योगमाया आध्यात्मिक विषयमा आकृष्ट भइन् ।

ग) योगमायाको साधना र तपस्याको बारेमा उल्लेख गर्नुहोस् ।

योगमाया सन्यासी भएपछि उनले तपस्याका निराहार, जलाहार, अल्पहार जस्ता विधिहरूको प्रयोग गरिन । उनमा धारातवाह प्रवचन दिन सक्ने खुबि थियो । भोजपुर आसपासका धेरै मानिसहरू उनको प्रवचन सुन्न आउन्थे । उनी उफ्रौलीटारको फराकिलो जमिनमा सरिन र भक्तजनहरूलाई समेट्ने गरी कटी पनि निर्माण गरिन् । उनले शरीरलाई मौसम र वातावरणअनुसार समायोजन गर्न कहिले कैयौ दिन अरुण नदीमा आधा शरीर डुबाएर बस्थिन्, कहिले गर्मी याममा पञ्चारित ताप्थिन । यस्ता कठोर तपस्याले उनलाई दृड बनाउँथ्यो । उनले भोजपुरकै उच्च पहाडी क्षेत्रमा चायाँबोटे सिरान तोरीबारीको छेउको अग्लो थुम्कामा बसेर २३ दिनसम्म तपस्या गरिन् । यी साधना र तपस्याको मुख्य र उद्देश्य जीवनको लोभ र मोहबाट मुक्त हुँदै समाजको सुधारको चाहना थियो ।

घ) योगमायाको अग्निसमाधिको योजना कसरी असफल भयो ?

योगमायाको अग्निसमाधि हुनुभन्दा एकदिन पहिले नै धनकुटाबाट वडाहाकिम साधव समसेरको नेतृत्वमा खटिआएको र भोजपुरबाट समेत खढिएको ठूलो फौजले घेरा हाली उक्त अग्निमाथि प्रतिबन्ध लगायो । त्यसैले योगमायाको अग्निसमाधिको योजना असफल भयो ।

ङ) योगमायाको जेवनीबाट पाइने शिक्षा के हो ?

जस्तो सुकै कठिन परिस्थिति आए पनि हाम्रो हामी कहिल्यै पछाडी हट्नु हुँदैन, अगाडि बढ्नुपर्छ अनि मात्र हाम्रो जीवन सुन्दर र शान्त बन्न पुग्छ भन्ने कुरा जीवन उनको जीवनीबाट शिक्षा पाउन सकिन्छ । उनले औपचारिक शिक्षा हासिल गर्न नसकेपनि स्वअनुभव र स्वसिकाइकाका माध्यमबाट धेरै ज्ञान प्राप्त गरिन। उनले योगसाधना, ध्यान, चिन्तनद्वारा समाजलाई नयाँ बाटो, विकासतर्फ लगिन। योगमायाको जीवनीबाट हामीले नराम्रो व्यवहार प्रति विरोध गर्नुपर्छ, स्वसिकाइ र स्वअनुभवद्वारा पनि धेरै कुराहरुको ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने शिक्षा प्राप्त गर्न सकिन्छ ।


९. व्याख्या गर्नुहोस् :

क) यी तपस्याका विविध …………………… चाहना राख्नु थियो ।

प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा सङ्कलित `योगमाया´ नामक जेवानीबाट लिइएको हो । यस जीवनीका लेखक यसै पाठ्यपुस्तकका लेखक हुन् । प्रस्तुत व्याख्यांश योगमायाको योगसाधनाको चर्चा गर्ने प्रसङ्गमा आएको हो ।

योगमायाको विवाह सामाजिक प्रचलन अनुसार ७ वर्षको उमेरामा भएको थियो । विवाह भएको २ वर्ष उनको पतिको मृत्यु भयो । उनी किशोरावस्थामै समाजको र घरपरिवारको तिरस्कारले गर्दा शारीरिक र मानसिक यातनाको समेत सिकार भइन् । समाज र घरपरिवार बरले धेरै अत्याचार गर्न थालेपछि उनी आसाम भन्ने ठाउँमा गइन् । त्यहाँ उनको दोस्रो विवाह भयो । विवाह गरेको केही वर्षपछि फेरि उनको पतिको मृत्यु भयो र अकस्मात डोटेल थरका एउटा व्यक्ति आइपुगे। ती व्यक्तिले विवाहको प्रस्ताव राखे तर उनले स्वीकार गरिन् । उनीहरूको ‘नैनकला’ नामकी छोरी पनि जन्मिइन । पहिला चुपचाप बस्ने योगमाया विवाहपछि सामाजिक क्रियाकलापमा पनि सहभागी हुन थालिन् । यसैबिच उनी प्युठानको स्वर्गद्वारीमा रहेको महाप्रभु अभयानन्द द्वितीकहाँ पुगी दिक्षा लिइन् र सन्यासी बनिन् । सन्यासी बनेपछि घरायसी वातावरण त्याग गर्नुपर्ने भएकोले उनी कुनै शान्त ठाउँमा कुटि बनाएर एक्लै बस्न थालिन । जीवनका लोभ र मोहबाट मुक्त भइन् र उनले समाज सुधारको चाहना राख्न थालिन् । समाजमा भएको विभिन्न कुरिती, कुसंस्कृति, धार्मिक, सामाजिक, प्रशासनिक, आर्थिक तथा राजनीतिक क्षेत्रका विकृतिहरू प्रति विरोध गर्न थालिन र ती कुरिती हटाउन थालिन् ।

त्यसैले योगमायाले आफ्नो समाजसुधारको चाहानालाई मुर्त रुप दिन जीवनमा लोभ र मोह बाट मुक्त भइ कठोर भन्दा कठोर तपस्याका विभिन्न मोडहरुलाई अङ्गाल्दै विद्रोह गरीन् । यसबाट व्यक्तिगत स्वार्थबाट माथी उठी राष्ट्रिय स्वार्थलाई सर्वोपरि ठान्नुपर्ने सन्देश पाईन्छ ।


१०. सत्यनिष्ठा र समतामूलक समाजको स्थापनामा योगमायाले दिएको योगदानको चर्चा गर्नुहोस् :

योगमाया योगसाधना , तपस्या , ध्यान र सामाजिक व्यवहारका माध्यमबाट सती प्रथा, दास प्रथा, छुवाछूत जस्ता कुरीती र कुसंस्कारबाट मुक्त न्याय र समातामूलक विभेदरहित समाज निर्माणका लागि सचेत विद्रोह गर्ने नेतृत्व हुन् । योगमाया समाज सुधारका लागि अथक संघर्ष गर्ने एक सचेत ऐतिहासिक योगसाधना हुन् । योगमायाको योगसाधना र तपस्याको मुख्य उदेश्य नै साधना प्राप्ति र जीवनका सबै प्रकारका लोभ र मोहबाट उन्मुक्त भइ समाजमा व्याप्त धर्मिक, सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य गरी छुवाछूतरहित, शोषणरहित, भ्रष्टाचाररहित न्याय र समतामूलक समाज निर्माणको चाहना थियो । योगमायाले सानैदेखि भोगेका विकृति र विसङ्गतिका कारण आर्थिक समाजिक संजालबाट मुक्त भइ वैराग्य चेतलाई सार्थकता प्रदान गर्न नै योग साधना र तपस्या गर्न योजना बनाएकी हुन् । तपस्याका लागि आफ्नै जन्मथलो उपयुक्त ठानी मझुवावेँसीमा पुगेकी हुन् । उनी त्यही सामाजिक पूजा, पुराण , चौतारीमा प्रयोग गर्नुका साथै समाजमा पुरुषहरुसँग शास्त्रार्थ वहस गर्ने गर्थिन् । यसै क्रममा महाप्रभु अभियानन्दसँग दिक्षा लिई सन्यासी बनी कुटी बनाएर एक्लै बसी योगसाधना गर्न थालिन् । उनले निराहार, जलाहार, अल्पहार जस्ता तपस्याका विधिहरु अपनाउँथिन् । कैयौं दिन अरुण नदीमा आधा शरीर डुबाएर बस्थिन् त कहिले गर्मी याममा पञ्चाग्नि ताप्थिन्। यसरी योगमायाले कठोर योगसाधना र तपस्या गर्नुको उदेश्य साधना प्राप्ति , मोहबाट उन्मुक्ति र समाज सुधार गरी सत्यनिष्ठा र न्यायमूलक समाज निर्माण गर्नु थियो ।


११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुको लेख्नुहोस् ।

क) सञ्चारका माध्यम तथा यातायतका साधनाले संसारलाई कसरी नजिक बनाएको छ ?

सञ्चार माध्यमका साधनले संसारका कुनाकुनामा तुरुन्तै सम्पर्क गरी घरैमा बसी बसी कुराकानी गर्न, विश्वमा भएका घटनाहरूको समाचार हेर्न र सन्न सक्ने भएर संसारलाई नजिक बनाएको छ ।

ख) यन्त्रमानवले मानिसलाई कसरी सघाउँछ ?

यन्त्रमानले मानिसलाई वैज्ञानिक, औद्योगिक, घरायसी आदि विविध क्षेत्रमा मानिसले जस्तै काम गरेर सघाउँछ।

ग) वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई कस्तो बनाएको छ ?

वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई धरायसी कामदेखि लिएर कृषि, उद्योग वाणिज्य आदि क्षेत्रमा सुखी, सम्पन्न र सुविधायुक्त बनाएको छ ।

घ) `वैज्ञानिक´ र `अनुसन्धान´ शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् ।

वैज्ञानिक : ( विज्ञान + इक )

अनुसन्धान : ( अनु + सन्धान )


१२. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुको दिनुहोस् :

क) सरकारले किन निषेधाज्ञा जारी गरेको छ ?

सरकारले महामारीको समय भएकाले निषेधाज्ञा जारी गरेको छ ।

ख) जयमङ्गलले कसरी सनाखत गरेर हिँड्छ ?

जयमङ्गलले हदम्यादको कुरै नबुझी सनाखत गरेर हिँड्छ ।

ग) माथिको पाठमा `ऊ´ भनेको को होला ?

माथिको पाठमा ऊ भनेको जयमङ्गल हो ।

घ) शब्दकोशको सहायता लिई माथिका पाठमा आएका गाढा शब्दहरुको अर्थ लेख्नुहोस् ।

  • निषेधाज्ञा ⇒ कुनै सङ्कटको स्थितिमा मालसमानको आयातनिर्यात परिवहनमा प्रतिबन्ध लगाइने सरकारी आदेश

  • इजलास ⇒ अदालत, न्यायालय

  • कायलनामा ⇒ कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागत, अपराध

  • गैरन्यायिक ⇒ न्यायको विपरीत भएको

  • उत्प्रेषण ⇒ तल्लो तहको अदालतले गरेका कारवाईको पुनरावलोकन गर्ने समादेश

  • मुल्तबी ⇒ अर्को कारवाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी स्थगित गरिएको मुद्दामामिला

  • जमानी ⇒ जमान गर्ने व्यक्ति

  • हदम्याद ⇒ आखिरी म्याद

  • सनाखत ⇒ अड्डाखानामा सम्बन्धित व्यक्तिका सामुन्ने यो काम मैले गरेको हु भन्ने लेखी गरिने सहीछाप

  • पेटबोली ⇒ निवेदनपत्र , फिरादपत्र

  • वन्दसवाल ⇒ व्यक्तिको वकपत्र

  • सकारनामा ⇒ मन्जुरनामा

  • दरपिठ ⇒ अड्डाअदालतमा दर्न लगिएका फिराद वा नालिस

  • महामारी ⇒ सङ्क्रामक

  • हाजिरजमानी ⇒ कुनै अपराधमा लागेको मानिस अड्डाले खोजेको बखत हाजिर गराउँला भनी बिचको मानिसले आफू जमानी भइ लेखिदिने कागज

व्याकरण अभ्यास

नामयोगी

१. दिइएका वाक्यमा नामयोगी पहिचान गरी लेख्नुहोस् ।

क) उनीहरुसित बन्दुक छ । ⇒ सित

ख) छानामाथि घिरौंला छ । ⇒ माथि

ग) रमेश घाटतर्फ लाग्यो । ⇒ तर्फ

घ) रुखबाट पात झर्‍यो । ⇒ बाट

ङ) ऊवाहेक कोही बोलेलन् । ⇒ वाहेक

च) जीवनभरि सुख पाइएन । ⇒ भरि

२. दिइएको जीवनीको अंशबाट दशओटा नामयोगी टिप्नुहोस् ।

अनुसार, सम्म , बाट , सँग , पछि , बाहिर, सहित, प्रति, माथि, पट्टी ।

३. `योगमाया´ पाठबाट दशओटा नामयोगी टिपी वाक्यमा प्रयोग हर्नुहोस् ।

  • सम्म ⇒ मेरो घरबाट विद्यालयसम्म पुग्न एक घण्टा पैदल हिडेर जानुपर्छ ।

  • बाट ⇒ रुखबाट पात तल खस्यो ।

  • सित ⇒ रामले पैसा नभएर आफ्नो साथीसित सापट माग्यो ।

  • सँग ⇒ हामी आफ्नो हकमा लड्दा कोहीसँग पनि डराउनु हुँदैन ।

  • वाहेक ⇒ सीतावाहेक कोही बोलेनन् ।

  • भरि ⇒ आज रातभरि पानी पर्यो ।

  • तर्फ ⇒ हरि सथीको घरतर्फ लाग्यो ।

  • माथि ⇒ टेबलमाथि किताब छ ।

  • समेत ⇒ घरबाट आमासँग बहिनी समेत पोखरा आएकी रहेछिन् ।

  • अनुसार ⇒ तिमी मैले भनेअनुसार काम गर ।


क्रियायोगी

१. दिइएका क्रियायोगी पहिचान गरी लेख्नुहोस् ।

हिजो, पारि, भर्खर, त्यता, ढिलो, ज्यादै, बिस्तारै, डराइडराइकन, पढ्न आदि ।

२. दिइएको अनुच्छेदबाट बाह्रओटा क्रियायोगी टिप्नुहोस् ।

अस्ति, निकै, ढिलो, घर, गल्लीमा, यत्रतत्र, राति, अबेर, लडखडाउँदै, त्यहाँ, ज्यादै, राम्ररी ।

३. पाठमा प्रयुक्त दसओटा क्रियायोगी टिपी वाक्यमा प्रयोग गर्नुहोस् ।

  • घरमै ⇒ योगमाया मानिसक र शारीरिक यातना सहदैँ १४ वर्षसम्म घरमै बसिन् ।

  • माइत ⇒ सासू र नन्दको यातना सहन नसकेछि योगमाया माइत गएकी थिइन् ।

  • पलाउन ⇒ योगमायामा बिस्तारै विद्रोहको चेतना पलाउन थाल्यो ।

  • पुगेर ⇒ योगमाया आसाम पुगेर एक्लो महशुस गरिन् ।

  • फर्काउन ⇒ योगमायालाई आफ्नै घर फर्काउन प्रयत्न गरियो ।

  • नपाउँदै ⇒ योगमाया पति भनेर चिन्न नपाउँदै विधुवा भइन् ।

  • गर्न ⇒ योगमायाले नयाँ समाजको निर्माण गर्न धेरै तपस्या गरेकी थिइन् ।

  • खुलेरै ⇒ चन्द्र समसेरको दासप्रथा उन्मुलनको घोषणालाई योगमायाले खुलेरै प्रशंसा गरीन्।

  • बिस्तारै ⇒ योगमायाले बिस्तारै विद्रोहको आवाज उठाउन थालिन् ।

  • जमिनमा ⇒ उफ्रौलिटारमा रहेको फराकिलो जमिनमा योगमाया सरिन् ।


संयोजक

१. दिइएका वाक्य पढी संयोजक पहिचान गर्नुहोस् ।

क) र   ख) तापनि   ग) एवं   घ) वा   ङ) अनि   च) तर

२. योगमाया पाठबाट दशओटा संयोजक टिपोट गर्नुहोस् :

र, तथा, त्यसैले, तर, भन्ने, पनि, भनि, तथापि, अनि, जहाँ-त्यहीँ ।

३. दिइएका संयोजक राखी वाक्य बनाउनुहोस् ।

  • नत्र ⇒ तिमी पढ्न जानेभए जाऊ नत्र म बुबालाई भनिदिन्छु ।

  • किन्तु ⇒ देश विकासका लागि असल नेता हुनुपर्छ किन्तु देशमा असल नेताको अभाव देखिन्छ ।

  • यद्यपि ⇒ यद्यपि मेरो घर घोराही होइन , तर म त्यहीँ बस्ने गर्छु ।

  • पनि ⇒ म पनि तिमीसँग खेल्न जान्छु ।

  • किनभने ⇒ राम आज पढ्न गएको छैन किनभने ऊ बिरामी छ ।

  • कि…कि ⇒ कि काम गर कि राम्रोसँग पढ ।

  • तथापि ⇒ राम विदेश जान्छु भन्थ्यो तथापि व्यवसाय गरेर बसेछ ।

  • न….न ⇒ न तिमी राम्रोसँग पढ्छौ न व्यवसाय गर्छौ ।

  • भान्ने ⇒ पढेर जागिर नै गर्नुपर्छ भन्ने सोचाइ गलत हो ।

४. किन्तु , त्यसैले, जब…तब, किनभने, जहाँ …त्यहाँ प्रयोग गरी आफ्ना परिवारका बारेमा एक अनुच्छेद लेख्नुहोस् ।

म परिवारको पहिलो सदस्य हुँ किन्तु मैले पारिवारिक दायित्व अझै पनि बोध गर्न सकेको छैन । मेरो बुबा जागिरे हुनुहुन्छ त्यसैले मलाई आर्थिक समस्या पनि परेको छैन । जब बाबा अफिसबाट घर फर्किनुहुन्छ तब सधैं फलफूल किनेर ल्याउनुहुन्छ । हामी शनिबार घुम्न जान्छौं किनभने बाबाको अफिस छुट्टी हुन्छ । हामी जहाँ घुम्न जान्छौं त्यहाँ मैले कुनै न कुनै सामान किनेकै हुन्छु ।


विस्मयादिबोधक

१. दिइएका वाक्य पढी विस्मयादिबोधक पहिचान गर्नुहोस् ।

क) आहा!   ख) हरे!   ग) छ्या!   घ) आत्था!   ङ) स्याबास!

२. दिइएका खाली ठाउँमा मिल्ने विस्मयादिबोधक राखी वाक्य पूरा गर्नुहोस् ।

क) उफ्! कस्तो गर्मी ।

ख) धिक्कार! तिम्रो यो जिन्दगीलाई ।

ग) आहा! कति सुन्दर अक्षर ।

घ) आत्थु! कति चिसो हावा ।

ङ) छि:! कस्तो दुर्गन्धित कोठा ।

३. दिइएका विस्मयादिबोधक राखी वाक्य बनाउनुहोस् ।

क) आम्मा धन्नै लडेको ।

ख) स्याबास! तिमीले राम्रो काम गर्यौ ।

ग) आब्बुइ! कति ठूलो सर्प ।

घ) छिछी! कति फोहोर कोठा ।

ङ) ऐया! कस्तो पेट दुख्यो ।


निपात

१. दिइएका वाक्य पढी निपात पहिचान गर्नुहोस् ।

क) पो   ख) त   ग) रे   घ) लौ   ङ) क्यार

२. दिइएको खाली ठाउँमा मिल्ने निपात राखी वाक्य पूरा गर्नुहोस् ।

क) खै , मलाई केही थाहा छैन ।

ख) ल , आजलाई बिदा ।

ग) ऊ त आजै आउँछ ।

घ) ऊ डाक्टर नै हुन चाहन्छ ।

ङ) तँलाई पो केही चाहिँदैन ।

च) तिमी पनि हिजो आयौ र ?

छ) उनीहरु सहरमै बस्छन् रे ।

३. दिइएका निपातहरुलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।

  • रे ⇒ तिम्रो त आजकल अनलाइनबाट पढाई हुन्छ रे ।

  • क्यारे ⇒ भाइ त आज खेल्न जान्न क्यारे ।

  • है ⇒ नानू चाडै घर जाऊ है ।

  • अरे ⇒ श्याम त विदेश गयो अरे ।

  • नि ⇒ मपनि तिमीसँग जान्छु नि ।

  • पो ⇒ तिमीलाई पो केही चाहिदैन ।

  • ज्यादै ⇒ आज म ज्यादै खुशी छु ।

  • ला ⇒ ला भात बसाएर भाहिर आएको भित्र भात त डढेछ ।

  • खै ⇒ खै मैले राखेको सामान कता छ ।


पदवर्गसम्बन्धि थप अभ्यास

१. रेखाङ्कन गरिएका पदहरुको पदवर्ग पहिचान गरी लेख्नुहोस् ।

  • क) स्याबास ⇒ विस्मयादिबोधक | नै ⇒ निपात | भन्ने ⇒ संयोजक | विश्वास ⇒ नाम | त्यो ⇒ विशेषण | झलझली ⇒ क्रियायोगी

  • ख) तिर ⇒ नामयोगी | फर्केर ⇒ क्रियायोगी | सक्छ ⇒ क्रियापद | अरुहरु ⇒ सर्वनाम | अनौठो ⇒ विशेषण | र ⇒ निपात

  • ग) प्रचुर ⇒ विशेषण | तापनि ⇒ संयोजक | यिन ⇒ सर्वनाम | सम्म ⇒ नामयोगी | राम्ररी ⇒ क्रियायोगी | शङ्का ⇒ नाम

  • घ) गरिबको ⇒ विशेषण | माथी ⇒ क्रियायोगी | सुन्दर ⇒ विशेषण | किनभने ⇒ संयोजक | सँग ⇒ नामयोगी

  • ङ) वाटाभरि ⇒ क्रियायोगी | सामल ⇒ नाम | अनि ⇒ संयोजक | आइपुगेर ⇒ क्रियायोगी | हामी ⇒ सर्वनाम | कहाँ ⇒ क्रियायोगी | भाग्यो ⇒ क्रियापद

  • च) अग्ला ⇒ विशेषण | कलकल ⇒ क्रियायोगी | सँग ⇒ नामयोगी | सबै ⇒ विशेषण | पर्यटक ⇒ नाम | स्वागत ⇒ नाम | र ⇒ निपात

  • छ) अरु ⇒ सर्वनाम | सर्वथा ⇒ क्रियायोगी | हुन्छ ⇒ क्रियापद | तर ⇒ संयोजक | पूर्वक ⇒ नामयोगी | यो ⇒ विशेषण | यिनी ⇒ सर्वनाम

  • ज) आहा ⇒ विस्मयादिबोधक | यहाँ ⇒ सर्वनाम | असाध्यै ⇒ क्रियायोगी | सुनाउनुभयो ⇒ क्रियापद | भनेर ⇒ संयोजक | उन ⇒ सर्वनाम


रुपायन

२. दिइएको अनुच्छेदलाई स्त्रीलिङ्गमा परिवर्तन गर्नुहोस् :

भान्जी बजार गइन् । उनले त्यहाँ साथीहरुलाई भेटिन् । साथीहरुसँग धेरै बेर कुराकानी गरीन् । कुराकानी कै क्रममा उनले समय वितेको पत्तै पाइनन् । उनी हतार हतारकिनमेल गरेर घर फर्किन् ।

३. दिइएको अनुच्छेदलाई तृतीय पुरुषमा परिवर्तन गर्नुहोस् :

उनीहरु समयमै विद्यालय पुगे । विद्यालयमा पुगेर उनले सबै सामानकोनिरीक्षण गरे । त्यसपछि शिक्षकको निर्देशनअनुसार उनीहरुले परियोजना कार्य गर्न थाले । यश क्रममा उनीहरुले नयाँ नयाँ वैज्ञानिक तथ्यहरु फेला पारे ।

Queries Solved

  • ✓ class 11 nepali notes chapter 4
  • ✓ class 11 nepali notes pdf download 2083
  • ✓ class 11 nepali chapter 4 exercise
  • ✓ yogmaya summary
  • ✓ class 11 nepali yogmaya
  • ✓ yogmaya question answer
  • ✓ neb class 11 nepali solution chapter 4
  • ✓ class 11 nepali guide chapter 4
  • ✓ yogmaya class 11 nepali exercise
  • ✓ class 11 nepali model question 2083

कक्षा ११ का अन्य पाठ तथा विषयहरूको गाइड हेर्नुहोस्

Scroll to Top