Complete Guide to Hamra Pahichan (हाम्रा पहिचान) | Class 10 Social Notes
An overview of Hamra Pahichan notes for SEE Class 10 Social Studies

एकाइ १: हामी र हाम्रो समाज (Ekai 1: Hami ra Hamro Samaj)

पाठ २: हाम्रा पहिचान (Hamra Pahichan)

१. हाम्रा पहिचान (Hamra Pahichan) के के हुन् ? पहिचानको महत्त्व उल्लेख गर्नुहोस् ।

उत्तर: राष्ट्रिय पहिचान, जातीय पहिचान, भाषिक पहिचान, धार्मिक पहिचान, लैङ्गिक पहिचान र अपाङ्गता आदि हाम्रा पहिचान (Hamra Pahichan) हुन् । पहिचानको महत्त्वलाई निम्न बुँदाका आधारमा प्रष्ट पार्न सकिन्छ :-

  • अधिकार र समावेशिता: पहिचानले अधिकार प्राप्ति, समावेशिता र सामाजिकीकरणमा मद्दत पुऱ्याउँछ।
  • आत्म-परिचय: यसले आफ्नो आत्म-परिचय गराउँछ र यो जीवन जिउने आधार हो।
  • कर्तव्य बोध: आफ्नो समुदाय र राष्ट्रप्रतिको कर्तव्य बोध गराउँछ।
  • अनुशासन: अनुशासनमा रहन उत्प्रेरित गर्छ।
  • राष्ट्रिय गौरव: यसले राष्ट्रलाई विश्वसामु चिनाउने काम गर्छ, साथै राष्ट्रप्रति श्रद्धाभाव जागरण गर्दछ।
  • संस्कृति संरक्षण: स्वदेशको मूल विरासत, संस्कृति, र धर्मको संरक्षण र प्रवर्धन गर्दै, यसको संरक्षणको मार्गलाई प्रशस्त बनाउँछ र यसको निरन्तरतामा महत्त्वपूर्ण भूमिका खेल्दछ।

२. “पहिचान आफूलाई चिनाउने आधार हो ।” उदाहरणसहित प्रष्ट पार्नुहोस् ।

उत्तर: ‘म नेपाली हुँ’ भनेर विश्वमा हामी सगर्व आफूलाई चिनाउने गर्छौँ। यो हाम्रो राष्ट्रिय पहिचान हो। नेपालमा सयौँ जाति र भाषा रहेका छन्। सबै मिलेर बसेका छन्। ‘म यो जातिको हुँ, मेरो भाषा यो हो’ भन्नु व्यक्तिको जातीय तथा भाषिक पहिचान हो। त्यस्तै धर्मसँग सम्बन्धित पहिचान धार्मिक पहिचान हो। महिला, पुरुष अनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक गरी तीन किसिम चाहिँ लैङ्गिक पहिचान हो। कसैको शारीरिक तथा मानसिक अवस्था र प्रकृतिको फरकपनामा आधारित पहिचान पनि हुनसक्छ, यो अपाङ्गतासम्बन्धी पहिचान हो। कुनै पनि व्यक्तिले आफूलाई चिनाउन यी र यस्तै विभिन्न आधारको प्रयोग गर्नुपर्ने हुन्छ। तसर्थ, हामी के भन्न सक्छौँ भने पहिचान आफूलाई चिनाउने आधार हो।

३. यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान र सम्मानका लागि के गर्नुपर्ला ? आफ्ना धारणा प्रस्तुत गर्नुहोस् ।

उत्तर: यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान र सम्मानका लागि हामी सबै सचेत हुनु आवश्यक छ। महिला, पुरुष भने जस्तै उनीहरूलाई पनि सामान्य व्यवहारको जरुरी भएकाले यससम्बन्धी चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ। त्यस्तै उनीहरूलाई हेप्ने, गिज्याउने काम बन्द गरी सो कार्य गर्नेलाई सजायको व्यवस्था हुनु जरुरी छ। उनीहरूका लागि पनि आरक्षणको व्यवस्था गरी कार्यान्वयन गर्नु उनीहरूलाई पहिचान र सम्मान दिने अर्को पक्ष हुनसक्छ।

४. अपाङ्गता भएका व्यक्तिको पहिचान र अवसर वृद्धि गर्न तपाईंको ठाउँको स्थानीय सरकारले ‘विशेष व्यक्तिहरूका लागि योजना र कार्यक्रम’ वा ‘अपाङ्गताबाट समाजमा समावेश’ गर्दै आएको छ? खोजी गरी प्रस्तुत गर्नुहोस् ।

उत्तर: अपाङ्गता भएका व्यक्तिको पहिचान र अवसर वृद्धि गर्न म रहेको स्थानको स्थानीय सरकारले गरेका केही कार्यक्रम यसप्रकार छन् :-

  • अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण कार्यक्रम।
  • सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था।
  • क्षमता र शारीरिक अवस्थाका आधारमा विशेष शिक्षा कार्यक्रमको व्यवस्था।
  • सरकारी तथा गैर-सरकारी निकायहरूमा रोजगारीका लागि आरक्षण र प्राथमिकता।
  • सामाजिक सुरक्षा भत्ताको व्यवस्था।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top