Vividhata ma Ekata (विविधतामा एकता) | Class 10 Social Notes | Hami ra Hamro Samaj
An overview of Vividhata ma Ekata notes for SEE Class 10 Social Studies

एकाइ १: हामी र हाम्रो समाज (Hami ra Hamro Samaj)

पाठ ३: विविधतामा एकता (Vividhata ma Ekata)

१. विविधतामा एकता (Vividhata ma Ekata) नेपालको विशेषता भनेको के हो, प्रष्ट पार्नुहोस्।

उत्तर: नेपाल भौगोलिक रूपमा मात्र नभएर धार्मिक, भाषिक तथा सांस्कृतिक रूपमै विभिन्नताले भरिएको मुलुक हो। यहाँ विभिन्न धर्म मान्ने मानिसहरू रहेका छन्। सयौँ जाति र भाषाहरू रहेका छन्। तिनीहरूका आ-आफ्नै मूल्य मान्यता र प्रचलनहरू रहेका छन्। यो सानो मुलुकमा यति धेरै विविधता हुनु भनेको साँच्चै गौरवको कुरा हो। यति धेरै विविधताका बिचमा पनि यहाँ एक जाति र अर्को जाति, एक धर्म र अर्को धर्म, एक समुदाय र अर्को समुदायका बिचमा मेलमिलाप र सम्मान रहेको छ। यो नै विविधतामा एकता हो जुन नेपालको प्रमुख विशेषता हो।

२. कसरी र उदाहरणसहित नेपाललाई विविधतामा परिपूर्ण देश भनिन्छ?

उत्तर: नेपालमा हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चियन लगायतका विभिन्न धर्म मान्ने मानिसको बसोबास रहेको छ। त्यस्तै, यहाँ सयौँ जातिका मानिस बसोबास गर्छन् भने सयौँ भाषा बोलिन्छन्। यहाँ प्रत्येक जातिको आ-आफ्नै मूल्य मान्यता, परम्परा र प्रचलन रहेका छन्। तराई, मधेस, पहाड र हिमाल जस्ता भौगोलिक विविधता पनि हाम्रो मुलुकमा रहेको छ। यसप्रकार भौगोलिक, धार्मिक, भाषिक, सांस्कृतिक जस्ता विभिन्न आधारमा नेपाल विविधताले भरिएको देश हो।

३. विविधतामा एकताको महत्त्व उल्लेख गर्नुहोस्।

उत्तर: विविधतामा एकताको महत्त्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:

  • यसले राष्ट्रियताको भावनालाई मजबुत बनाउँछ।
  • “नेपाल विविध आधारहरूमा बनेको देश हो” भन्ने भावनालाई प्रवर्द्धन गर्छ।
  • समाजमा मेलमिलाप र सहिष्णुताको वातावरण सिर्जना हुन्छ।
  • सबै धर्म, संस्कृति, परम्परा, भाषाको समान रूपमा संरक्षण र सम्बर्द्धन हुन्छ।
  • सम्पूर्ण नागरिकहरूमा राष्ट्रप्रति अपनत्वको भावना विकास हुन्छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top