class 11 Social Unit 4-Chapter 1 | मानवको जैविकीय उत्पत्ति र विकासक्रम (Manavko Jaivikiya Utpatti ra Vikaskram)-मानव तथा समाजको उद्भव र विकास
An overview of Manavko Jaivikiya Utpatti ra Vikaskram (Biological Origin and Evolution of Man) notes for NEB class 11 Social Studies

एकाइ ४: मानव तथा समाजको उद्भव र विकास

पाठ १: मानवको जैविकीय उत्पत्ति र विकासक्रम

यस पाठमा हामीले मानवको जैविकीय उत्पत्ति र विकासक्रम (Manavko Jaivikiya Utpatti ra Vikaskram) बारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। पृथ्वीमा मानव जातिको उत्पत्ति र विकास कसरी भयो, हाम्रा पुर्खाहरू को थिए र कुन-कुन चरण पार गर्दै आधुनिक मानवको अवस्थासम्म आइपुगियो भन्ने विषयमा यो पाठ केन्द्रित छ।

Manavko Jaivikiya Utpatti ra Vikaskram

१. मानवको जैविकीय उद्विकासको छोटो परिचय लेख्नुहोस्।

उत्तर: पृथ्वीमा रहेका सम्पूर्ण जीवहरू जैविक उद्विकासको प्रक्रियाबाट उत्पत्ति भई क्रमिक रूपमा विकसित हुँदै अहिलेको अवस्थासम्म आइपुगेका हुन्। अन्य जीवहरू जस्तै मानव जातिको उत्पत्ति र विकास पनि त्यही जैविक उद्विकासको प्रक्रियाबाट भएको हो। कतिपयले मानवका पुर्खा बाँदर वा नरवानर (ape) हुन् भन्ने खालका अवधारणाहरू राख्ने गरेको पाइन्छ तर वैज्ञानिक अध्ययनबाट मानवको उद्विकास बाँदर वा नरवानरबाट नभई नरवानर जस्तै देखिने (ape-like) पुर्खाबाट भएको थियो। नरवानरजस्तै पुर्खाबाट उद्विकास भई क्रमिक रूपमा अहिलेको मानवका रूपमा विकसित भएको प्रक्रियालाई नै मानवको जैविकीय उद्विकास भनिन्छ।

वैज्ञानिक वर्गीकरणका आधारमा मानवको जाति ‘होमो’ हो। मानवले जैविकीय उद्विकासको प्रक्रियाद्वारा नै आफ्ना नरवानर जस्तै पुर्खाबाट छुट्टिई विभिन्न चरणहरू क्रमशः पार गर्दै अहिलेको ‘होमो’ जातिको सेपियन्स प्रजातिसम्म आइपुगेको हो।

अवशेषशास्त्री, शारीररक मानवशास्त्री तथा यस सम्बन्धमा अध्ययन गरिरहेका वैज्ञानिकहरूका अनुसार आधुनिक मानवको उत्पत्ति आजभन्दा करिब ६० लाख वर्षअगाडि भएको थियो। त्यस बेला पुच्छर नभएका, ठाडो जिउवाल, ठूलो मस्तिष्क र दुई खुट्टाले हिँड्न सक्ने विशेषता भएका नरवानरहरूको उत्पत्ति भएको थियो। उद्विकासका क्रममा वर्तमान मानवका पुर्खाले तिनै विशेषताहरू क्रमिक रूपमा विकास गरी परिष्कृत बनाउँदै लगेको पाइन्छ। मानवका यी पुर्खालाई होमिनिड (hominid) भन्ने साझा नामले चिनिन्छ। खोज तथा अनुसन्धानका क्रममा भेटिएका नरवानरहरू सहेलान्थ्रोपस (Sahelanthropus), ओरोरिन (Orrorin) र आर्डिपिथेकस (Ardipithecus) का अवशेषहरूबाट पनि तिनीहरूमा होमिनिडका केही विशेषताहरू रहेको पाइएको छ। यीमध्ये आर्डिपिथेकसलाई पहिलो होमिनिड मानिएको छ। मानव अवशेषशास्त्रीहरूले हालसम्म भेटिएका होमिनिडहरूका अवशेषहरूलाई अस्ट्रालोपिथेकस र होमो गरी जम्मा दुई जातिमा वर्गीकरण गरेका छन्। हालसम्मको खोज अनुसन्धान र आदिम मानवका अवशेषहरूको विश्लेषण गर्दा मानवको विकास पाँच चरणमा भएको मानिएको छ।

चरणहरु यसप्रकार रहेका छन्:

  • अस्ट्रालोपिथेकस (Australopithecus)
  • होमो ह्याबिलिस (Homo habilis)
  • होमो इरेक्टस (Homo erectus)
  • होमो नियन्डरथलेन्सिस (Homo neanderthalensis)
  • होमो सेपियन्स (Homo sapiens) – आधुनिक मानव

२. अस्ट्रालोपिथेकस र होमो ह्याबिलिसबिचका समानता र भिन्नता प्रस्ट पार्नुहोस्।

उत्तर: अस्ट्रालोपिथेकस (Australopithecus) र होमो ह्याबिलिस (Homo habilis) बिचका समानता र भिन्नताहरू निम्नानुसार छन्:

समानताहरू:

  • दुवै मानवका पुर्खाका अवशेषहरू हुन्।
  • दुवैको जिउ सिधा थियो।
  • दुवै दुई खुट्टाले हिँड्न सक्दथे।
  • दुवै झुन्ड बनाएर बस्ने गर्थे।

भिन्नताहरू:

  • अस्ट्रालोपिथेकस आजभन्दा करिब ४० लाख वर्षअघिदेखि १० लाख वर्षअघिसम्म अस्तित्वमा थिए भने होमो ह्याबिलिस २३ लाख वर्षअघिदेखि १५ लाख वर्षसम्म थिए।
  • अस्ट्रालोपिथेकसको खप्परको आकार वनमान्छेसँग मिल्छ भने होमो ह्याबिलिसको खप्पर तुलनात्मक रूपमा ठूलो प्रकारको थियो।
  • अस्ट्रालोपिथेकस होमिनिडको एक जाति हो भने होमो ह्याबिलिस ‘होमो’ जातिअन्तर्गतको पहिलो प्रजाति हो, जसलाई औजार बनाउने मानव पनि भनिन्छ।

थप जानकारीका लागि आधिकारिक स्रोतहरू:

मानव विकासबारे थप जान्नुहोस् Human Evolution – Wikipedia

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top