एकाइ १०: जनसङ्ख्या र यसको व्यवस्थापन (Ekai 10: Janasankhya ra Yesko Byabasthapan)
पाठ १: नेपालको जनसङ्ख्याको आकार र वृद्धिदर (Path 1: Nepal ko Janasankhya ko Aakar ra Briddhidar)
यस पाठमा पढ्नुहोस्
१. जनसङ्ख्याको आकार भन्नाले के बुझिन्छ ?
उत्तर: कुनै एक निश्चित समयमा र स्थानमा बसोबास गर्ने मानिसहरूको कुल सङ्ख्यालाई जनसङ्ख्याको आकार भनिन्छ । जस्तै : वि.सं. २०७८ को जनगणना अनुसार नेपालको जनसङ्ख्याको आकार २,९१,६४,५७८ रहेको छ।
२. वि.सं. १९९८ र २०२८ को जनगणनामा नेपालको जनसङ्ख्या वृद्धिदर घट्नुका कारणहरू उल्लेख गर्नुहोस् ।
उत्तर: वि.सं. १९९८ र २०२८ को जनगणनामा नेपालको जनसङ्ख्या वृद्धिदर घट्नुका निम्न कारणहरू छन् :
- अर्धवैतनिक जनगणना हुनु
- सन् १९१८ तिर विश्वव्यापी रूपमा फैलिएको इन्फ्लुएन्जा (Influenza) को महामारीको कारण धेरै मानिसको मृत्यु हुनु
- प्रथम विश्वयुद्धमा गोर्खा सैनिकहरू मर्नु
- प्रथम विश्वयुद्धमा गएका गोर्खा सैनिकहरू घरमा नफर्कनु
३. वि.सं. २०१८ देखि वि.सं. २०७८ सम्मको जनसङ्ख्याको अवस्था हेर्दा नेपालमा जनसङ्ख्या वृद्धिदर घट्नुका कारणहरू लेख्नुहोस् ।
उत्तर: वि.सं. २०१८ देखि वि.सं. २०७८ सम्मको जनसङ्ख्याको अवस्था हेर्दा नेपालमा जनसङ्ख्या वृद्धिदर घट्नुका कारणहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ । वि.सं. २०२८ मा जनसङ्ख्या वृद्धिदर घटेर २.०५ प्रतिशतमा झरेको थियो भने वि.सं. २०७८ मा जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशतमा झरेको छ ।
वि.सं. २०१८ देखि वि.सं. २०७८ सम्मको अवधिमा नेपालको जनसङ्ख्या वृद्धिदर घट्नुका प्रमुख कारणहरू:
- परिवार नियोजनका साधनहरूको प्रयोगमा बढुवा
- विवाहको औसत उमेरमा वृद्धि हुनु
- शैक्षिक स्तर र स्वास्थ्य अवस्थामा सुधार हुनु
४. वि.सं. २०१८ देखि २०७८ सम्मको नेपालको जनसङ्ख्या वृद्धिदरको अवस्थालाई रेखाचित्रमा प्रस्तुत गर्नुहोस् ।
Next Chapter
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us