एकाइ १०: जनसङ्ख्या र यसको व्यवस्थापन
पाठ २: नेपालको जनसङ्ख्याको बनोट (Nepal ko Janasankhya ko Banot)
यस पाठमा पढ्नुहोस्
१. जनसङ्ख्याको बनोट (Nepal ko Janasankhya ko Banot) भनेको के हो? उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।
उत्तर: उमेर, लिङ्ग, जातजाति, पेशा, भाषा, धर्म अनुसारको गरिएको जनसङ्ख्याको बितरणलाई जनसङ्ख्याको बनोट (Janasankhya ko Banot) भनिन्छ । जस्तैः नेपालमा बसोबास गर्ने विभिन्न जातजाति अनुसारको जनसङ्ख्या वर्गीकरणलाई जातजाति अनुसारको जनसङ्ख्या बनोट हो । This structure helps understand the overall demographic landscape of the country.
२. नेपालको उमेरअनुसार जनसङ्ख्या बनोटको अवस्थालाई विश्लेषण गर्नुहोस् ।
उत्तर: कुनै पनि ठाउँ/क्षेत्र वा देशको जनसङ्ख्याको विभिन्न उमेर वा उमेर समूह अनुसारको संरचनालाई उमेर अनुसारको जनसङ्ख्याको बनावट भनिन्छ । नेपालको बृहत् उमेर अनुसारको जनसङ्ख्या बनावट (प्रतिशत) लाई निम्न तालिकामा देखाइएको छ:
| उमेर समूह | २०५८ | २०६८ | २०७८ |
|---|---|---|---|
| ०-१४ | ३९.२१ | ३१.१५ | २८.०३ |
| १५-५९ | ५४.१६ | ५४.१५ | ६१.१६ |
| ६०+ बर्ष | ६.१३ | ९.५० | १०.२१ |
| जम्मा | १००.०० | १००.०० | १००.०० |
नेपालको उमेर अनुसारको जनसङ्ख्या बनोटको अवस्थालाई विश्लेषण गर्दा नेपालमा ०-१४ उमेर समूहको जनसङ्ख्या क्रमशः घट्दै गएको पाइन्छ । नेपालमा काम गर्ने उमेर समूह १५-५९ वर्ष उमेर समूहको जनसङ्ख्या करीब ६२ प्रतिशत पुगेको छ । उक्त जनसङ्ख्याको उपयोग गरी आर्थिक वृद्धिको सम्भावना छ । त्यसैगरी उक्त जनशक्तिकाई परिचालन गरी तिब्र ढङ्गले विकासका गतिविधिहरू सञ्चालन गर्न सकिन्छ । ६० वर्ष माथिको जनसङ्ख्या बढ्दै जाँदा ज्येष्ठ नागरिकको सङ्ख्याको आधारमा सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने देखिन्छ ।
३. शैक्षिक स्थितिअनुसार जनसङ्ख्याको बनोट भन्नाले के बुझिन्छ ? साक्षरता दर बढ्दै जाँदा देशको सामाजिक आर्थिक अवस्थामा पार्ने प्रभाव उल्लेख गर्नुहोस् ।
उत्तर: शैक्षिक स्तर अनुसारको जनसङ्ख्याको वितरणलाई शैक्षिक स्थिति अनुसारको जनसङ्ख्याको बनोट भनिन्छ । कुनै देश तथा स्थानको जनसङ्ख्यामा कति व्यक्तिहरू साक्षर छन् ? कति व्यक्तिहरू निरक्षर छन् ? कति व्यक्तिहरूले कुन स्तरको शैक्षिक उपलब्धि प्राप्त गरेका छन् ? भन्ने कुराको जानकारी लिन जनसङ्ख्यालाई गरिएको वर्गीकरण शैक्षिक स्तर अनुसारको जनसङ्ख्या वितरण हो । नेपालमा साक्षरता दर बढ्दै जाँदा देशको सामाजिक, आर्थिक अवस्थामा पार्ने प्रभावहरूलाई तल उल्लेख गरिएको छ :
- देशको विकास निर्माण लगायत आर्थिक क्रियाकलापमा पिछडिएका क्षेत्रका नागरिकको पहुँच वृद्धि हुन्छ ।
- देशमा दक्ष जनशक्तिको उत्पादन बढ्न गई विकास कार्यमा सहयोग पुग्छ।
- समुदायमा अन्धविश्वास तथा सामाजिक कुप्रथाहरू घट्दै जान्छ ।
- नागरिकहरूमा सचेतना वृद्धिसाँगै समुदायको स्वास्थ्य स्थितिमा सुधार आउँछ ।
४. वि.सं. २०५८ को जनगणनामा कृषि पेसामा संलग्न मानिस बढी भएकामा पछिका जनगणनामा गैरकृषि पेसामा लाग्नेको सङ्ख्या बढ्दै गएको देखिन्छ? यसका कारण के के हुन सक्छन्, उल्लेख गर्नुहोस् ।
उत्तर: वि.सं. २०५८ सालको जनगणनामा कृषि पेशामा संलग्न मानिसहरूको जनसङ्ख्या ६५.७ प्रतिशत थियो। वि.सं. २०६८ सालको जनगणनामा उक्त जनसङ्ख्या घटेर ६०.४ प्रतिशतमा आएको पाइन्छ भने वि.सं. २०७८ सालको जनगणना अनुसार कृषि पेसामा संलग्न मानिसहरूको जनसङ्ख्या घटेर ५०.१ प्रतिशतमा झरेको छ। नेपालको पछिल्लो जनगणनामा गैह्र कृषि पेशामा संलग्न मानिसहरूको प्रतिशत बढ्दै जानुका कारणहरू निम्नानुसार छन् :
- नेपालमा शिक्षाको अवसर वृद्धि हुँदै गएकोले शिक्षित व्यक्तिहरूलाई कृषिमा आकर्षित गर्न नसकिनु ।
- कृषि पेशालाई आधुनिक तथा व्यवसायीकरण गर्न नसकिनु ।
- कृषि क्षेत्रको उत्पादकत्व कम तथा लगानी बढी हुनु ।
- उद्योगधन्दाको विस्तारसँगै कृषि क्षेत्रका मानिसहरू उद्योग धन्दामा संलग्न हुँदै जानु ।
- कृषिमा संलग्न धेरै नेपालीहरू वैदेशिक रोजगारीको लागि विदेशिनु ।
Next Chapter:
पाठ ३: जनसङ्ख्याको वितरण (Jansankhya ko Vitaran)यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us