10th Chapter Krishishalama Ek Din: Class 11 Nepali Ultimate Guide
Importantedunotes.com
फिर्ता जानुहोस्

कृषिशालामा एक दिन (Krishishalama Ek Din)

Class 11 Nepali Chapter 10 Complete Guide

कक्षा ११ अनिवार्य नेपालीको दसौँ पाठ “कृषिशालामा एक दिन” (संवाद) को पूर्ण अभ्यास, व्याकरण, शब्दभण्डार, र सङ्क्षिप्त उत्तरहरू।

पाठको परिचय

Krishishalama Ek Din

“कृषिशालामा एक दिन” (Krishishalama Ek Din) कृषिको महत्त्व, पर्यावरण संरक्षण र प्राङ्गारिक खेतीको आवश्यकतामाथि जोड दिइएको एक उत्कृष्ट संवाद हो।

यस पाठले आधुनिक कृषिमा रासायनिक मल र विषादीको प्रयोगले निम्त्याएको सङ्कटलाई औंल्याउँदै परम्परागत र प्राकृतिक कृषि प्रणालीको उपयोगिता, जैविक मलको निर्माण र आच्छादन प्रविधिबाट कसरी स्वस्थ र समृद्ध जीवन जिउन सकिन्छ भन्ने कुरा विद्यार्थी र विज्ञबिचको संवादमार्फत प्रस्तुत गरेको छ।

शब्दभण्डार समाधान

१. तल दिइएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस्:

सोच्न लायक ⇒ माननीय

बालीनाली ⇒ उपज

अर्थपूर्ण ⇒ सार्थक

पानीमा बसेर जीविका गर्ने प्राणी ⇒ जलचर

विषयुक्त ⇒ विषादी

बिउ छरेपछि माटालाई पातपतिङ्गरले छोप्नु ⇒ आच्छादन

एउटै स्थानमा पाँच फरक उचाइ हुने वृक्ष लगाउने ⇒ पञ्चस्तरीय ढाँचा


२. दिइएका शब्दहरुको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

गहुँत ⇒ गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ ।

उर्वर ⇒ नेपाल उत्परिवर्तन हुन सक्ने उर्वर भूमि भएको विज्ञहरूको मत छ।

स्थलचर ⇒ विश्वका जलचर, स्थलचर, नभचर सबै प्राणी निर्भीक महसुस गर्दै सल्बलाउन थालेका छन् ।

जलप्रबन्धन ⇒ बालीनालीका लागि जलप्रबन्धन सबैभन्दा मुख्य कुरा हो ।

कृषिविद् ⇒ कृषिविद् हरि दाहालले अब लगाइने हिउँदेबालीका लागि सरकारले बीउदेखि कृषिजन्य सामग्रीहरू सहयोग गर्नु पर्ने सुझाव दिए ।

प्रवर्धन ⇒ अहिलेसम्म पर्यटन प्रवर्धनमा कम प्राथमिकतामा परेका मुलुकमा अब पर्यटनको सम्भावना बढेको पाइएको छ ।

समृद्ध ⇒ देश समृद्ध हुन प्रदेश समृद्ध हुनुपर्छ ।

अभियन्ता ⇒ भारतीय नारीवादी अभियन्ता कमला भासिनको शनिबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ ।

महत्त्वाकाङ्क्षी ⇒ आर्थिक क्षेत्र विस्तार गर्ने चीनको महत्त्वाकाङ्क्षी सिल्क रोड भूराजनीतिक केन्द्रमा अफगानिस्तान छ।

ज्ञानशाला ⇒ राजविराजमा बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै ज्ञानशाला दिवस मनाइएको छ ।


३. दिइएका पदावलीहरुको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस :

विकासका माध्यमबाट आफ्नो सामाजिक तथा आर्थिक अवस्था सुधार्न हामी नेपालीहरुले कृषि कर्ममा लाग्नुपर्छ । आजको कृषि प्रणाली परम्परागत हुनुहुँदैन । परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग मिसाएर हामीले कृषि कार्यलाई एउटा उचाइमा पुर्‍याउनु पर्छ । राज्यले प्रत्येक स्थानीय तहमा एउटा कृषि क्याम्पस खोलेर प्रशस्त कृषि वैज्ञानिक तयार गर्नुपर्छ । कृषिकार्यमा हामीले रासायनिक मलको प्रयोग कम गर्दै प्राकृतिक वातावरण स्वच्छ हुने अनेक प्राकृतिक विरुवाहरु लगाउन जरुरी छ । यदि यसो गर्न सकेमा पर्यावरणको संरक्षणमा ठूलो टेवा मिल्ने थियो ।

बोध र अभिव्यक्ति

१. `कृषिशालामा एक दिन´ पाठ पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

क) संवादमा कतिजना पात्रहरु सहभागी छन् ?

संवादमा ६ जना पात्रहरु सहभागी छन् ।

ख) सबैभन्दा धेरै पटक प्रश्न गर्ने विद्यार्थी कुन हो ?

सबैभन्दा धेरै पटक प्रश्न गर्ने विद्यार्थी म्हेन्दो हो ।

ग) यो संवाद कुन स्थानमा गरिएको हो ?

यो संवाद बद्री विश्वकर्मा कृषिशालाभित्र गरिएको हो ।

घ) कुन पात्रले खाद्यपदार्थलाई औषधि भनेको छ ?

डोल्मा गुरुमाले खाद्यपदार्थलाई औषधि भनेको छ ।

ङ) सबैभन्दा छोटो संवाद कस्ले बोलेको छ ?

सबैभन्दा छोटो संवाद हर्कध्वजले बोलेको छ ।


२. दिइएका भनाइहरु कसकसका हुन्, पत्ता लगाउनु होस् :

क) ⇒ बद्री विश्वकर्माको

ख) ⇒ रामभरोसको

ग) ⇒ डोल्मा गुरुमाको

घ) ⇒ गुरुध्वजको

ङ) ⇒ भगतसिंहको

च) ⇒ डोल्मा गुरुमाको


४. पाठमा रहेको `मैले प्रयोग……..हैन र ?´संवादांश पढी दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् :

क) के गर्दा जमिन उर्वर बन्छ ?

रासायनिक मल र विषादीको प्रयोग नगरी घरमै निर्माण गरेको कम्पोस्ट मल तथा विषादीका रुपमा गहुँतको प्रयोग गर्दा जमिन उर्वर बन्छ ।

ख) पानीको स्रोत विषाक्त हुनाको कारण के हो ?

पानीको स्रोत विषाक्त हुनाको कारण रासायनिक मल तथा विषादीहरुको अत्याधिक प्रयोग हो ।

ग) संवादमा के कर्मलाई अपराध भनिएको छ ?

संवादमा खेतमा अत्याधिक रासायनिक मल तथा विषादीको प्रयोग गरी प्राणीहरुको जीवन रक्षाको आदर्शलाई भुल्ने कर्मलाई अपराध भनिएको छ ।

घ) प्रकृतिले हामीलाई कसरी सजाय दिइराखेको छ ?

प्रकृतिले हामीलाई अनेक प्रकारका रोगहरु उब्जाएर सजाय दिइराखेको छ ।


५. दिइएको संवादांश पढ्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

क) प्राकृतिक खेती गर्दा के फाइदा हुन्छ ?

प्राकृतिक खेतीले कीटनाशकहरू प्रयोग कम गर्छ, माटोको क्षय घटाउँछ, नाइट्रेट जमिनको पानी र सतहको पानीमा कम गर्छ, र पशु फोहोरलाई खेतमा पुन: प्रयोग गर्दछ । प्राकृतिक खेती गर्दा किसानको पैसा बजार जाँदैन । यसका लागि किसानले उत्पादन कार्यका लागि केही पनि किन्दैन तर उत्पादित अन्नबाली भने बेचिरहन्छ । प्राकृतिक खेती उत्पादनमा लागत कम छ तर उत्पादित वस्तुको मूल्य चाहिँ धेरै पाइन्छ । जलवायु परिवर्तन र बढ्दो विश्व जनसङ्ख्याका चुनौतीहरू सामना गर्दै भविष्यको प्राकृतिक कृषिको चुनौती यसको वातावरणीय फाइदाहरू कायम राख्नु, उत्पादन वृद्धि र मूल्य घटाउनु हुनेछ ।

ख) “मन परेको काममा कमाइ थोरै भए पनि चित्त बुझ्छ ।” यस कथनलाई पुष्टि गर्नुहोस् ।

मानिसको काम गर्ने कुरा इच्छा, चाहना र सन्तुष्टिसँग जोडिएको हुन्छ । त्यस्तो काम गर्दा जोस, जाँगर त हुन्छ नै साथमा थकानको पनि कमै महसुस हुन्छ । उ जस्तोसुकै समयमा पनि गर्न सक्दछ । आफ्नो चाहना अनुसारको काम छ भने त्यसमा रमाएर काम गर्छ । रमाएर गरेको काम सफल पनि हुन्छ । मन परेको काममा रमाउने मान्छे श्रमको मूल्य पैसामा तुलना गरी कहिल्यै दुःखी हुँदैन । कमाइ थोरै नै भए पनि सुख सन्तोषको अनुभूति गर्छ । त्यसैले मन परेको काममा थोरै कमाइ भएपनि आत्मसन्तुष्टि मिल्छ ।


६. दिइएको संवादांश पढ्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

क) हाम्रो मौलिक बिउबिजन कसरी जोगाउन सकिन्छ ?

नेपाल एक कृषि पराधीन देश हो । राष्ट्रको दुई-तिहाइ जनसङ्ख्याले अपनाउने कृषि पेसालाई राष्ट्रले सम्मानित बनाइ कृषि रणनीति अपनाउनुपर्छ । जैविक विविधताको संरक्षण गरी मौलिक विउविजको प्रयोगमा जोड दिँदै हाम्रा अथाह खाद्यान्नका आधारहरु लोप हुनवाट जोगाउनुपर्छ । परम्परागत ज्ञान र अनुभवलाई जोगाउँदै विउविजनको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ । सरकाले युवा पुस्ताका लागि कृषि क्षेत्रमा लाग्न सीप एवं तालिम प्रदान गरी अनुदानको व्यवस्था गर्नुपर्दछ । कृषि उपजको बजार ब्यवस्थापन गरी हौसला प्रदान गर्नुपर्दछ । अतः मौलिक बिउबिजनद्वारा उत्पादित उत्पादनको म्यादस्थापन गर्न सके हाम्रो मौलिक बिउबिजन जोगाउन सकिन्छ ।

ख) कृषिकर्मलाई सम्मनित कर्मका रुपमा स्थापित गर्न के के गर्नुपर्ला ?

कृषिकर्मलाई सम्मानित कर्मका रुपमा स्थापित गर्न राज्य र जनता दुबैको मुख्य भूमिका रहन्छ । कृषि कर्मलाई सम्मानित कर्मका रुपमा स्थापित गर्न निम्नअनुसार कार्य गर्नुपर्छ :

  • युवा पुस्तालाई एवं आफ्ना सन्ततिलाई कृषि क्षेत्रमा लाग्न प्रेरित गर्नुपर्ला,
  • सरकारले कृषि क्षेत्रको बजेट वृदी गर्नुपर्ला,
  • कृषकको हौसला बढाउनका लागि तालिम दिनुर्पर्ला,
  • कृषि उपजलाई उचित रुपमा निर्यात प्रवर्द्धनको ब्यवस्था गर्नुपर्ला,
  • कृषि विद्यालय एवं विश्वविद्यालय खोली स्वरोजगार हुने वातावरण सिर्जना गर्नुपर्ला,
  • कृषि विमाको उचित व्यवस्था गर्नुपर्ला ।

७. उत्तर लेख्नुहोस् :

क) कृषिकर्म किन मानवजातिको अस्तित्वसँग गाँसिएको छ ?

मानव जातिको अस्तित्व नै कृषिमा आधारित छ । कृषिबाट अन्न उत्पादन नगर्ने हो भने मानव जीवित रहन सक्दैन । मानव जातिलाई जीवन दिने र युगौयुगसम्म मानव जातिको विकासका लागि कृषि कर्म अनिवार्य छ । मानिसको बाच्ने आधार कृषिबाट उत्पन्न वस्तुहरु हुन् । मानव मात्रै होइन, संसारका सबै प्राणी कुनै न कुनै रुपमा कृषिमै आश्रित हुन्छन् । वैज्ञानिकहरुले जबसम्म नखाइकन बाच्न सक्ने प्रविधिको विकास गर्दैनन्, तबसम्म मानवको अस्तित्व कृषि कर्ममा नै अडिएको हुन्छ ।

ख) वनजङ्गल र कृषिको सम्बन्ध कस्तो छ ?

वनजङ्‌गल र कृषि एक अर्काका उपकारक बनेका हुन्छन् । वनजङ्गलका पात पतिङ्‌गरबाट कृषिले आवश्यक मल प्राप्त गर्छ भने कृषिमा गरिएको सिचाइवाट वनले पनि सिचाइ प्राप्त गर्छ । एउटा विरुवाले फ्याकेको मल अर्को विरुवाले ग्रहण गर्छ । वनभङ्गलका विरुवाहरुबाट निस्किएका बास्नाले कृषि बालीमा रोग लाग्दैन । गाईवस्तुले नखाने वनजङ्गलका पातहरूबाट कृषिका लागि औषधिबताउन सकिन्छ । यसै गरि कृषिका अन्नपात कुहिएर वनजङ्गलले पोषण प्राप्त गर्छ, त्यसैले वनजङ्गल र कृषिको सह अस्तित्व देखा पर्छ ।

ग) जैविक मल र औषधि कसरी बनाउन सकिन्छ ?

जैविक मल घरायसी सामग्रीहरुको प्रयोग गरी सजिलै बनाउन सकिन्छ । एउटा ठूलो भाडोमा दुईसय लिटर पानी, दश लिटर गहुँत, दश किलो गोबर, एक किलो गुँड, एक किलो दालको पिठो र वरपिपलको फेदको एक मुठी माटो राम्रोसँग मिसाएर तिन दिनसम्म ढाकेर राख्ने अनि विहान बेलुका लौराले चलाउनुपर्छ । तिन दिनपछि जैविक मल प्रयोग गर्नका लागि तयार हुन्छ । साथै गाईवस्तुले नखाने खालका दस बाह प्रकारका रुखका पातहरु र गहुत मिलाएर त्यसमा खोसार्नी, लसुन, वेसार, वोझो जस्ता जडीवुटी मिसाएर जैविक औसधि बनाउन सकिन्छ ।

घ) आच्छादन प्रक्रियाका फाइदाहरु बताउनुहोस् ।

आच्छादन प्रक्रियाका फाइदाहरु निम्न अनुसार छन् :

  • बालीमा अनावश्यक झारपात नउम्रीनु,
  • जमिनमा चिसोपन कायम रहनु,
  • खेतमा अनावश्यक झारपात कुहिएर मल बन्नु,
  • माटोको उर्वरा शक्ति बढ्नु,
  • उत्पादन बढी हुनु,
  • रासायनिक मल किन्ने पैसा बचत हुनु,
  • स्वस्थ र ताजा खाद्यान्न उत्पादन हुनु ।

ङ) कृषि कर्मका बारेमा तपाईका विचारहरु प्रस्तुत गर्नुहोस् ।

कृषि क्रर्म मानवलाई बाच्नका लागि गरिने प्रमुख पेसा हो । कृषि कर्मका माध्यमबाट व्यक्तिले आफु मात्र होइन, संसारका सबै प्राणीलाई बचाइ रहेको हुन्छ । नेपालमा करिब दुई तिहाई जनसङ्ख्या कृषि क्षेत्रमा आश्रित छन् । नेपाल जैविक दृष्टिले समृद्ध मुलुक भएकाले प्राकृतिक परिवेशको विविधतालाई सम्बोधन गरी कृषि रणनीति अपनाउनुपर्छ । परम्परागत ज्ञान र अनुभवलाई जोगाउँदै बिउबिजनको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ । कृषि कर्मलाई सम्मानित कर्मका रुपमा स्थापित गर्नुपर्छ । कृषि मानिसहरुको बाच्ने आधार हो । त्यसैका माध्यमबाट मानिस मात्रै हैन, अरु प्राणीहरु पनि जीवित रहेका हुन्छन । त्यसैले कृषि कर्मलाई सबैले आफ्नो जीवनको अभिल अङ्ग मानेर अपनाउन पर्छ । किसानले मात्र कृषि गरेर पुग्दैन, हरेक मानिसले आआफ्ना खेतबारीहरुमा परिश्रम गरी आवश्यकता अनुसार कृषि कर्म गर्न सकेमा मानव जातिका लागि धेरै फाइदा हुनेछ ।


८. समीक्षात्मक उत्तर दिनुहोस :

क) दिगो कृषि पद्धतिका लागि के कस्ता कुरामा ध्यान पुर्‍याउनु पर्छ ?

कृषिलाई दिगो रुपमा विकास गर्नुपर्छ र यसका लागि विभिन्न पक्षले उचित ध्यान दिनुपर्छ भन्ने विचार ‘कृषिशालामा एक दिन’ भन्ने पाठवाट प्रस्तुत गरिएको हो । नेपालमा कृषिलाई कसैले पनि उपयुक्त पद्धति अनुसार विकास गर्न नसकेकोमा यसको विकासका लागि अपनाउनु पर्ने उपयुक्त विधिका बारेमा यस पाठमा केहि विचारहरु प्रस्तुत भएका छन् । दिगो कृषि पद्धतिका लागि परम्परागत ज्ञान र अनुभवलाई जोगाउनु पर्ने देखिन्छ । यसका लागि सरकारले भौगोलिक विविधतालाई मनन गरी जैविक विविधता एवं पारिस्थितिक प्रणालीलाई सम्बोधन गरी दीर्घकालीन कृषि रणनीति बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ । परम्परा देखि गरिदै आएका कृषिको वैज्ञानिक रुपमा विकास गरि भविष्यसम्म तिनीहरुको संरक्षण गर्नुपर्छ । सबैले कृषिकर्मलाई सम्मानित पेशाका रुपमा लिएर नयाँ नयाँ प्रविधि अपनाउदै अगाडि बढ्नुपर्छ । कुनै एउटा व्यक्तिको प्रयासले मात्र कृषिकर्म दिगो हुन सक्दैन । त्यसका लागि सामुहिक प्रयासको आवश्यकता पर्दछ । कृषिका अध्ययन र अनुसन्धानमा लागेका कृषि वैज्ञानिकहरु, नीति निर्माताहरु जिम्मेवार पदाधिकारीहरु तथा कृषि अभियन्ताहरुले युवा पुस्तालाई एवं आफ्ना सन्ततिलाई कृषि क्षेत्रमा लाग्न प्रेरित गर्नुपर्छ । त्यसैले हामी सबैले कृषिकर्मलाई उपयुक्त ठानेर सामुहिक रुपमा यसको विकास गर्न सकेमा कृषिको दिगो विकास हुन सक्छ र सम्भव पनि छ ।

ख) “वातावरण प्रदुषणको मूल कारण मान्छे नै भएकाले यसको समाधान पनि मानिसले नै गर्नुपर्छ ।” संवादांत्मक सन्दर्भ समेत ख्याल गरी आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस् ।

जलवायु एवं भूमिको भौतिक, रासायनिक, जैविक पक्षमा देखिएको अस्वाभाविक परिवर्तन अथवा जल, जमिन, हावा, ध्वनि, तापीय एवं रेडियोधर्मी प्रदूषणकै समग्र प्रदूषित अवस्था नै वातावरण प्रदूषण हो । प्रकृतिको वातावरण प्रदुषित हुनुको मुल कारण मानिसहरुनै भएकाले यसलाई संरक्षण गर्ने काम पनि मानिसको नै हो ।

प्रकृति आफैमा प्रदुषित हुने होइन, मानवले गरेका क्रियाकलापहरुबाट प्रकृतिको स्वरुपमा परिवर्तन आउछ र वातावरण प्रदुषित हुन्छ । वातावरण प्रदुषणको मुख्य कारण अव्यवस्थित बसोवास र वनजङ्गलको विनाश प्रमुख देखिन्छ । आणविक शस्त्रास्त्रको निर्माण एवं परीक्षण, रासायनिक मल, विषादीको प्रयोग, औद्योगिक क्षेत्र, अस्पतालहरुको फोहरमैला, वनजङ्गल विनाशका कारण भूमिप्रदूषण, उद्योगधन्दा, सवारी साधनको चर्को आवाज, सवारी साधनको चर्को आवाजले ध्वनि प्रदूषण, आणविक बिस्फोटन, कीटनाशक औषधी आदिको प्रयोगबाट पृथ्वीको तापमान बढ्न गई समग्र वातावरणीय प्रदूषण बढ्न गएको छ ।

मानवले सिर्जना गरेको यो समस्या मानवले नै समाधान गर्न पर्छ । जसका लागि प्रकृतिको हावापानी, वनजङ्गल आदिलाई संरक्षण गर्दै वातावरणको रक्षा गर्न सकिन्छ । वातावरणीय प्रदूषणसम्बन्धी समस्याहरु समाधान गर्नका लागि प्राकृतिक स्रोत र साधनहरुको विवेकपूर्ण प्रयोग गरी जैविक एवं पारिस्थितिक प्रणालीलाई मध्यनजर राखी दिगो विकासका सिद्धान्तलाई मनन गरी पर्यावरणीय सन्तुलन र पारिस्थितिक प्रणालीमा असर नपर्ने गरी विकासका गतिविधि एवं उद्योगधन्दाहरु सञ्चालन गर्नुपर्दछ । अतः वातावरण रक्षाका लागि रुख, बिरुवा लगाउने, पानीका मुहान संरक्षण गर्ने, सरसफाइ गर्ने जस्ता कार्यका माध्यमबाट प्रकृतिको संरक्षण गरी वातावरण जोगाउन सकिन्छ ।


९. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

क) नेपालले कस्तो वाणिज्य नीति अवलम्बन गरेको छ ?

नेपालले अन्तरास्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने र व्यापार व्यवसायको प्रवर्धन गर्ने उदेश्य लिएर आफ्नै स्रोतसाधनको प्रयोग गरी आर्थिक विकास र गरिबी निवारणको वाणिज्य नीति अवलम्बन गरेको छ ।

ख) राजस्वमा वृद्धि कसरी गर्न सकिन्छ ?

राजस्वमा वृद्धि लघु, घरेलु उद्योगलाई प्रोत्साहित गर्दै नेपाली माटो सुहाउँदो अर्थतन्त्र निर्माणतिर लगेर गर्न सकिन्छ ।

ग) देशको समृद्धिमा निजी क्षेत्रको भुमिका कस्तो हुन्छ ?

निजी क्षेत्रले आफ्नै देशमा रोजगार सिर्जना गर्न सक्ने र राज्यको अर्थव्यवस्थालाई मजबुद बनाउने भएकाले देशको समृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण भुमिका हुन्छ।

घ) `जैविक विविधता र गरिबी निवारण ´पदावलीको अर्थ लेख्नुहोस् ।

जैविक विविधता : जीवनको विविधतामय अस्तित्व

गरिबी निवारण : गरिबी हटाउने कार्य

व्याकरण अभ्यास (समस्त शब्द र विग्रह)

१. दिइएको गद्यांशमा रेखाङ्कन गरिएका पदावलीलाई एउटै समस्त शब्द बनाई लेख्नुहोस् :
विग्रह समस्त शब्द
भानिज दाइभान्दाइ
वाद र विवादवादविवाद
प्रत्येक दिनप्रतिदिन
रोगले ग्रस्तरोगग्रस्त
लोकको हितलोकहित
अन्न र जलअन्नजल
प्रत्येक वर्षप्रतिवर्ष
गाउँको पालिकगाउँपालिका
हिमको आलयहिमालय
जीवनरुपी गीतजीवनगीत
कूपको मण्डुककूपमण्डुक

२. दिइएको अनुच्छेदका गाढा शब्दलाई विग्रह गरी देखाउनुहोस् :
समस्त शब्द विग्रह
सान्नानीसानी नानी
पूजासाम्रागीपूजाका लागि साम्रागी
बाटापारिबाटो पारि
पीताम्बरपीत छ अम्बर जसको
बाघचालबाघको चाल
नियमपूर्वकनियम पूर्वक
आजभोलिआज भोलि
धर्मकर्मधर्म र कर्म
चक्रपाणिचक्र छ पाणिमा जसको
दोधारदुई धारको समूह
चौबन्दीचार बन्दीको समूह
माखिबुट्टेमाखाको जस्तो बुट्टा भएको
पञ्चामृतपाँच अमृतको समूह
फूलपातीफूल र पाती
सयपत्रीसय पत्र छन् जसका
लालुपातेलाल छ पात जसको
पल्लाघरपल्लो घर
नीलकण्ठनील छ कण्ठ जसको
षड्दर्शनछ दर्शनको समूह
अष्टाध्यायीआठ अध्यायहरुको समूह

३. पाठबाट समस्त शब्द खोज्नुहोस् र ती शब्द कसरी बनेका हुन् , बताउनुहोस् :
समस्त शब्द विग्रह
भाइबहिनीभाइ र बहिनी
स्नातकोत्तरस्नातक उत्तर
पढेलेखेकोपढेको लेखेको
यतातिरयता तिर
महत्वाकाङ्क्षीमहत्व आकाङ्क्षी
कृषिकर्मकृषिको कर्म
फलफूलफल र फूल
वरपिपलवर र पिपल
गाईवस्तुगाई र वस्तु
बोटविरुवाबोट र बिरुवा
खेतबारीखेत र बारी
खाद्यपदार्थखाद्य पदार्थ

४. समस्त शब्द भए विग्रह अनि विग्रहका अवस्थामा भए समस्त शब्द बनाउनुहोस् :
समस्त शब्द विग्रह
महाकविमहान कवि
बाछिटाबाङ्गो छिटा
फेदनटुप्पोन फेद न टुप्पो
नवरसनौ रसको ससमूह
दाजुभाइदाजु र भाइ
हाडेओखरहाड जस्तो ओखर
हृष्टपुष्टहृष्ट र पुष्ट
ऋणनधनन ऋण न धन
सप्तमातृकासात मातृकाको समूह
बाढीपीडितबाढीले पीडित
चौपायाचार पाउ भएको
चरिनङ्ग्रेचराको जस्तो नङ्ग्रा भएको
जुँगामुठामुठा जत्रा जुँगा भएको
बोकेदारीबोकाको जस्तो दारी छ जसको
चन्द्रबिन्दुचन्द्र जस्तो बिन्दु
लमकन्नालामा कान छन् जसका
कालीमाटीकालो माटो भएको
लम्बोदरलम्ब उदर भएको
लामखुट्टेलामा खुट्टा भएको

Queries Solved

  • ✓ class 11 nepali notes chapter 10
  • ✓ class 11 nepali notes pdf download 2083
  • ✓ class 11 nepali chapter 10 exercise
  • ✓ krishishalama ek din summary
  • ✓ class 11 nepali krishishalama ek din
  • ✓ krishishalama ek din question answer
  • ✓ neb class 11 nepali solution chapter 10
  • ✓ class 11 nepali guide chapter 10
  • ✓ krishishalama ek din class 11 nepali exercise
  • ✓ class 11 nepali model question 2083

कक्षा ११ का अन्य पाठ तथा विषयहरूको गाइड हेर्नुहोस्

Scroll to Top