रारा भ्रमण (Rara Bhraman)
Class 11 Nepali Chapter 11 Complete Guide
कक्षा ११ अनिवार्य नेपालीको एघारौँ पाठ “रारा भ्रमण” (दैनिकी) को पूर्ण अभ्यास, व्याकरण, शब्दभण्डार, र सङ्क्षिप्त उत्तरहरू।
पाठको परिचय
“रारा भ्रमण” (Rara Bhraman) दैनिकी विधामा लेखिएको एक उत्कृष्ट यात्रा संस्मरण हो। यस पाठमा गुल्मीदेखि मुगुको रारा तालसम्मको रोमाञ्चक यात्रा र त्यस क्रममा देखिएका प्राकृतिक तथा भौगोलिक सौन्दर्यको सजीव वर्णन गरिएको छ।
लेखकले कर्णालीको नागबेली बाटो, ऐतिहासिक सिँजा उपत्यका, र रारा तालको जादुमयी सुन्दरतालाई मानवीकरण गर्दै आफ्नो यात्राको दिव्य अनुभूतिलाई दैनिकीको रूपमा प्रस्तुत गरेका छन्।
शब्दभण्डार समाधान
विविधतायुक्त वैभव ⇒ भिन्नताले भरिएको सम्पत्ति
सञ्जीवनी बुटी ⇒ जीवन बचाउने औषधी
अवलोकन भ्रमण ⇒ विभिन्न दृश्यको अवलोकनका लागि गरिने भ्रमण
दिव्य अनुभूति ⇒ अलौकिक अनुभूति
शुक्ल पक्ष ⇒ कृष्णपक्ष पछिको पन्ध्र दिन
सदावहार वनस्पति ⇒ सधै हरियो हुने रुखविरुवा
हामी पोखराबाट रारा तालको अनुपम सौन्दर्यको दृष्टिगोचर गर्नका लागि नेपाली भाषाको उद्गम स्थल सिँजा उपत्यका हुँदै दुई दिनको यात्रापश्चात् रारा पुगेका थियौ । गुल्जाररूपी रारा राष्ट्रिय निकुञ्ज नजिकै बसेर सदावहार वनस्पतिका वनऔषधीहरुको अनुपम रसायन र सम्मिश्रणबाट बनेको राराको जलमा बसले उन्मत्त भै छचल्किएका बेताल लहरहरु हेरी मन्त्रमुग्ध बनी आत्मालाई साक्षी राखी पुनः भेट्न आउने वाचा गरी आफ्नै गन्तब्य पोखरा फक्यौँ ।
क) दृश्यावलोकन, अनुभूति, पिरती, कविता ( मानविकी )
दृश्यावलोकन : देख्न वा हेर्न योग्य प्राकृतिक दृश्यहरु अवलोकन गर्ने काम ।
अनुभूति : मनोदशा, मनस्थिति, मनोरोग ।
पिरती : माया, प्रेम, स्नेह ।
कविता : कविको भाव वा कविकर्म,काव्य ।
ख) कच्ची, जिप, राजमार्ग, बसपार्क ( यातायात क्षेत्र )
कच्ची : कच्चा, धेरै समयसम्म नटिक्ने ।
जिप : हलुका र बलियो किसिमको मोटर, बसभन्दा सानो सामान्य कार ट्याक्सिभन्दा ठूलो ।
राजमार्ग : फराकिलो र लामो पक्की सडक,मूल सडक
बसपार्क : बस बिसाउने ठाँउ ।
ग) उपत्यका, चट्टान, पर्वत, क्षेत्रफल, हिमाल ( भूगोल )
उपत्यका : पहाडका फेदीमा समथर जमिन ।
चट्टान : एउटै ठुलो ढुङ्गाको पहाड वा ढिस्को ।
पर्वत : पहाड, शैल ।
क्षेत्रफल : कुनै जमिनको लम्बाइ र चौडाइको गुणबाट निस्कने वर्णात्मक परिमाण ।
हिमाल : नेपालको उत्तरी सिमाक्षेत्रमा वारपार पसारिएका टाकुराहरु सधैजसो हिउँले ढाकिरहने,उँचो पर्वतमाला ।
घ) खस राज्य, बस्ती, शासक, कार्यालय ( प्रशासन )
खस राज्य : प्राचीन क्षत्रीयको एक जातिको राज्य पश्चिम नेपालका खस जातिका मानिसको राज्य भएको स्थान ।
बस्ती : घरहरु भएको वा मानिस बस्ने ठाउँ ।
शासक : शासन गर्ने व्यक्ति, शासनकर्ता
कार्यालय : कुनै विशेष काम वा व्यवसाय गर्ने घर ।
ङ) होटल, खानपान, रिसोर्ट, भ्रमण ( पर्यटन )
होटल : मूल्य तिरेर खानपिन गरिने वा भाडा दिएर यात्रीहरु केही समय बस्ने, सुत्ने विश्रामस्थल ।
खानपान : खाने र पिउने काम ।
रिसोर्ट : होटेलसहिदको पार्क ।
भ्रमण : घुमफिर वा डुलफिर गर्ने काम ।
च) निकुञ्ज, संरक्षण, सदावहार, वनस्पति ( वनविज्ञान )
निकुञ्ज : बोटविरुवा, जनावर आदि वन्यसम्पदाको सुरक्षाका लागि निर्माण गरिएको स्थल ।
संरक्षण : जगेर्ना, राम्ररी गरिने रक्षा ।
सदावहार : वसन्त रितुमा जस्तै सधै हरावरा रहने ।
वनस्पति : वोटविरुवा ।
- क) मानवीय क्षेत्र
- ख) कृषि तथा वन क्षेत्र
- ग) इतिहास क्षेत्र
- घ) प्रशासन क्षेत्र
- ङ) कानून क्षेत्र
- च) चिकित्सा क्षेत्र
- छ) उत्तर; विज्ञान र प्रविधि क्षेत्र
क ) शिक्षा
विद्यालय, पुस्तक, क्याम्पस, प्रधानाध्यापक, पुस्तकालय, प्रश्नपत्र, छात्रवृत्ति, निरीक्षक, उतीर्ण, केन्द्राध्यक्ष ।
ख) कृषि तथा वन क्षेत्र
अव्वल, दोयल, सिम, चहार, रोपाइँ, फडानी, छपान, वनपाले, सामुदायिक, वन, कुकाठ ।
ग) मानविकी र समाजिकशास्त्र
दृश्यावलोकन, अनुभूति, पिरती, कविता, विवाह, झैझगडा, जातजाति, धर्म, सापटी, मेलमिलाप ।
घ) व्यापार, वाणिज्य
नाफा, घाटा, आयव्यय, निक्षेप, निकासी, भौचर, पैठारी, विरेजु, राजस्व, तराजु ।
ङ) कानुनी तथा राजनीतिकशास्त्र
सचिव, मन्त्री, सरुवा, अध्यादेश, विद्येयक, जमानत, आन्दोलन, राजिनामा, सरजमिन ।
च) चिकित्सा
शल्यक्रिया, एक्सरे, अन्तरङ्ग, प्रशोधन, जीवानु, सरुवा रोग, महामारी, बहिरङ, कुपोषण ।
छ) विज्ञान तथा प्रविधि
विकिरण, विद्युतीकरण, तापक्रम, रकेट, वम, जोड, घटाउ, समीकरण, ऊर्जा, जीवकोश ।
ज) सञ्चार क्षेत्र
कम्प्युटर, रेडियो, इमेल, ईन्टरनेट, म्यासेन्जर, समाचार, सूचना, प्रविधि, पत्रमित्रता, संवाददाता ।
झ) जनप्रशासन
सचिव, अधिकृत, सरुवा, बढुवा, टिप्पणी, फिराद पत्र, मन्त्री खरिदार, सुब्बा, हाकिम ।
ञ) इन्जिनियरिङ
झोलुङ्गे पुल, आकासे पुल, कच्ची बाटो, पक्की घर, लम्बाइ ।
बोध र अभिव्यक्ति
क) दैनिकीलाई कस्तो ढाँचामा प्रस्तुत गरिएको छ ?
दैनिकीलाई यात्रावर्णनको ढाँचामा प्रस्तुत गरिएको छ ।
ख) दैनिकीमा प्रयोग भएको सबैभन्दा ठूलो र सानो अनुच्छेद संरचना कुन कुन हुन् ?
दैनिकीमा प्रयोग भएको सबैभन्दा ठूलो अनुच्छेद १९ औ हो भने सानो अनुच्छेद चाहिँ २५ औ अनुच्छेद हो ।
ग) दैनिकीको सुरुदेखि अन्त्यसम्मका संरचनालाई जोड्ने आधार के हो ?
दैनिकीको सुरुदेखि अन्त्यसम्ममा संरचनालाई जोड्ने आधार घटनाहरु हुन् ।
घ) दैनिकीको दोस्रो दिनका घटनाहरुको सूची बनाउनुहोस् ।
दैनिकीको दोस्रो दिनका घटनाहरुको सूची :
- जिपमा लामो समय बस्नु परेकाले धेरै थाकेर सूर्खेतको एक होटलमा बस्नु,
- भोलिपल्ट बिहान पाँच बजे त्यहाबाट राराको यात्रामा निस्कनु,
- कर्णाली नदीको तिरैतिर अगाडि बढ्नु,
- कालीकोट सदरमुकाम हुँदै नाग्मगाढावाट सिन्जा उपत्यका पुग्नु,
- सिन्जाको हरियो वातावरण हेर्दै हिड्नु,
- सिन्जामा खाना खाएर अगाडि बढ्नु,
- रारा राष्ट्रिय निकुञ्जको चेकपोस्ट हुँदै रारा नजिकैको रिसोर्टमा पुग्नु र त्यहाँ झोला बिसाउनु,
- बेलुका आगो तापेर बस्नु र त्यहाबाट रात्रीकालीन राराको दृश्यालोकन गर्नु,
- रिसोर्टमा चिया खादै नाचगान हेर्नू,
- तराईको गर्मीबाट गएकालाइ त्यहाँ चिसो हुनु ।
क) रारा तालका बेताल लहरहरु कस्ता थिए ?
रारा तालका बेताल लहरहरु बैसले छचल्किएका र पिरती गाँस्न हतारिएका जस्ता थिए ।
ख) राराले शासकलाई पनि कसरी कवि बनाउन सक्दो रहेछ ?
राराले शासकलाई आफ्नो प्राकृतिक सौन्दर्यको जादुले कवि बनाउन सक्दो रहेछ ।
ग) राराको सुन्दरतालाई किन जादु भनिएको हो ?
रारालाई हेर्न आउने पर्यटकहरुको दिन चोर्न क्षेमता भएकाले राराको सुन्दरतालाई जादु भनिएको हो ।
घ) यस अनुच्छेदमा राराको प्राकृतिक सौन्दर्यको वर्णन कसरी गरिएको छ ?
यस अनुच्छेदमा बैसले छचल्किए जस्ता बेताल लहरहरु किनारसम्म आएर पर्यटकहरुसँग पिरती गाँस्न हतारिए जस्ता देखिने, पर्यटकको दिल चोर्न सदा जादु देखाउने क्षमता रारा तालमा छ भनी सौन्दर्यको वर्णन गरिएको छ ।
क) सिँजा उपत्यकाको चिनारी दिनुहोस् ।
सिँजा उपत्यकाको वरिपरि रमणीय वस्तु र खेतीयोग्य जमिनलाई हिम नदीले सिँचाइ पुर्याउने सिजा उपत्यका एउटा ऐतिहासिक स्थल रहेछ । यसका बाइसे खस राज्यको राजधानी, नेपाली भाषाको उद्गम स्थलको रुपमा सिजाको ऐतिहासिकता झल्कन्छ । तसर्थ पवित्रता, खाद्यान्नको भण्डार भएको ऐतिहासिक भूमि नै सिँजा उपत्यकाको चिनारी हो ।
ख) लेखकले सिँजादेखि रारासम्मको यात्रा कसरी पूरा गरे ?
लेखकले सिँजादेखि रारासम्मको यात्रा मालिका बोतादेखि चट्टानलाई चिर्दै चौथा भन्ने ठाउँमा पुगी उकालिँदै घुच्चीको लेकमा रारा राष्ट्रिय निकुञ्जको चेक पोस्टमा पुगेपछि पिनागाउँ हुँदै रारा ताल नजिकैको सल्लेरीको जङ्गलमा पुगेपछि गाडी रोकेर झोला बोकी करिब एक घण्टा हिँडेर पूरा गरे ।
क) पाठका आधारमा राराको परिचय दिनुहोस् ।
समुद्री सतहदेखि २८७२ मिटरको उचाइमा अवस्थित राराको लम्बाइ अधिकतम पाँच किलोमिटर र चौडाइचाँहि अधिकतम ३.२ किलोमिटर छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो तालले विशालता, उच्चता र भब्यता प्रदर्शन गरेको छ । चारैतिर सदाबहार वनस्पतिले भरिएका पहाडले घेरिएकाले राराको पानी नै हरियो देखिन्छ । राराका बेताल लहरहरु बैँसले छचल्किएका अनि पिरती गाँस्न हतारिएका देखिन्छन् । यहाँका प्रत्येक जडीबुटीका जरालाई राराले नै अमृत प्रदान गरेको छ । स्वर्गको एक टुक्रा जस्तै देखिने यो ताल प्राकृतिक सुन्दरताले भरिएको एक अनुपम उपहार हो ।
ख) दैनिकी लेखकले पहिलो दिनको यात्रा कसरी पूरा गरे ?
बिहान साढे तीन बजे ब्युझिएका लेखक नित्यकर्म गरी चार बजे तिर पाँच जना साथीहरुसहित गुल्मी तल्ला फाँटबाट जिप चढी राराको यात्रा सुरु गरी रुद्रावती नदी तरी किनारै किनार हुँदै निस्किएका थिए । उनीहरुको टोलि मकुवा, चोरकाटे, उल्लीखोला, खैरेनीका फँटहरु छिचोल्दै रुद्रवेणी हुँदै रिडी पुगे । त्यसपछि अर्गली, जोर्ते, लगुवा, हार्थोक हुँदै करिब साढे सात बजे पाल्पा तानसेन पुगेर पकौडा, चुकाउनी र चिया खाएर नौ बजे बुटवल पुगेका लेखक साँझ चार बजे कोहलपुर पुगेका थिए । त्यसपछि हिडेको जिप ७५ किलोमिटर पार गरेर ९ बजेतिर सुर्खेत पुगी त्यहाँको बसपार्ककै एक होटलमा बास बसे । यसरी दैनिकी लेखकले पहिलो दिनको यात्रा पूरा गरे ।
ग) रारा पुगेर लेखक किन खुसी भए ?
गुल्मीबाट रारासम्मको यात्रा गर्ने क्रममा कर्णाली नदी किनार, अर्धकच्ची बाटो, फाँट, नागवेली घुम्ती बाटो, पूर्व पश्चिम राजमार्ग, कर्णाली राजमार्ग, सुन्दर उपत्यका, सिँजा उपत्यका, रमणीय बस्ती, खेत आदि दृश्यहरु देख्दा आनन्दको अनुभूति गरेका छन् । चारैतिर सदाबहार वनस्पतिले भरिएका पहाडले डिल लगाएजस्ता डाँडाहरुले घेरिएको रारा ताल देखेर उनि खुसी भए । साथै तालको गाढा हरियो पानीमा बैंसले छचल्किएका बेताल लहरहरुको मादकताले दिल चोरेकाले रारा पुगेर लेखक खुसी भए ।
घ) यस दैनिकीमा लेखकको कस्तो प्रकारको अनुभूति प्रस्तुत भएको छ ?
यस दैनिकीमा लेखकले बाटामा देखिएका र भेटिएका स्थानलाई आफ्नै अनुभवका आधारमा प्रस्तुत गरेका छन् । उनले राराको वर्णन पनि निजी अनुभूतिका आधारमा गरेका छन् । आफ्नो सपनाको गन्तब्य रारा तालमा पुग्दा रारा तालका बेताल लहरहरुलाई बैँसले छचल्किएका अथवा पिरती गाँस्न हतारिएका हुन् ठम्याउन गाहो परेको रोमाञ्चित अनुभूत गरेका छन् । यात्रा गर्ने क्रममा कर्णाली नदी किनार, अर्धकच्ची बाटो, फाँट, नागवेली घुम्ती बाटो, पूर्व पश्चिम राजमार्ग, कर्णाली राजमार्ग, सुन्दर उपत्यका, सिँजा उपत्यका, रमणीय बस्ती, खेत आदि दृश्यहरु देख्दा आनन्दको अनुभूति गरेका छन् । हाँको रमणीय प्राकृतिक वातावरण देख्दा गौरलूले छाती फुलाउँदै नेपाली हुनुको गौरव अनुभूति गरेका छन् । राराका छालहरु आफूसँग जिस्कँन आएको वा पिरती गाँस्न आएको श्रृङ्गारिक रसको अनुभूति गर्दछन् । घाम जुन बादल, पहाड, हिमालहरु राराका लहरमा हाम्फाल्दै अपूर्व आनन्द होला भनी प्रकृतिलाई मानवीकरण गरी आत्मिक आनन्दको रसानुभूति गरेका छन् । तसर्थ यस दैनिकीमा लेखकको निजी व्यक्तिगत अनुभूतिको प्रस्तुत भएको पाइन्छ ।
कुनै वस्तुलाई मानिसका जस्तै क्रियाकलापमा समावेश गराउनु वा मानवका रुपमा कल्पित तथा प्रस्तावित गर्ने काम नै मानवीकरण हो । यस दैनिकीमा प्रकृतिलाई मान्छेको जस्तै क्रियाकलापहरु गर्न लगाइएको छ । नदीनाला, ताल, पहाड, हिमाल, उपत्यका, वनजङ्गल, आगोपानी, बाटाघाटा, जुन, घाम आदिलाई मान्छेका जस्तै गतिविधि वा क्रियाकलापका रुपमा प्रस्तुत गरिएको छ । रद्रावती नदीको काख, रारा राष्ट्रिय निकुञ्जसँग जम्काभेट हुनु, सिँजा दङ्ग पर्नु, आगाको तातो र राराको चिसो बिचको द्वन्द्व चल्नु, राराको आँगनीमा पुग्नु, राराका छालहरु बैसले छचल्किएर पिरती गाँस्न आउनु, पर्यटकको राराले दिल चोर्नु, राराले मन पखाल्नु, रारा ताल पर्यटकसँग जिस्कनु, रारामा दिउँसो र राती, घाम र जुन पालो गरेर पौडी खेल्नु, रारालाई वरिपरीका पहाड र जङ्गलले पहरा दिनु आदि यस दैनिकीमा प्रकृतिलाई मानवीकरण गरिएका उदाहरण हुन् ।
दैनिकीका मुख्य मुख्य घटनाहरु निम्न अनुसार छन् :
- २०७७ जेठ २३ गते विहान साढे तीन बजे उठ्नु,
- लेखकसहित छ जना टोली गुल्मीबाट रारासम्मको यात्राका लागि जिपमा हिड्नु,
- रिडी हुँदै पाल्पाको जोरधारामा पुगेर पकौडा, चुकाउनी र चिया खानु,
- नौ बजे बुटवलबाट हिडेको लेखकको टिम साझ चार बजे कोहलपुर र रातको नौ बजे सुर्खेत बसपार्क पुगी एउटा होटेलमा बस्नु,
- २०७७ जेठ २४ गते बिहान पाँचबजे सुर्खेतबाट निस्किएको टिम हिमाली चिसो बतास खादैँ कर्णालीको तिरैतिर जितेगाढ पुग्नु,
- कालिकोटको सदरमुकाम हुँदै सिँजाको रमणीय दृश्य हेर्दै त्यहाँ खाना खएर हिडेको टोली रारा राष्ट्रिय निकुञ्जको चेक पोस्ट हुँदै सल्लेरी जङ्गलमा जिप राखेर बाँस बस्ने रिसोर्टसम्म पुग्नु,
- २०७७ जेठ २५ गते पाँच बजे उठेर राराको प्राकृतिक सौन्दर्य हेर्नू,
- राराको पाँच किलोमिटर क्षेत्र हिडेर पूरा गर्नु,
- १०.८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको रारालाई हेरेर लेखक लगायत ६ जनाको टिम आफ्नो वासस्थान फर्कनु ।
गोरखा दरवारको भ्रमण
२०७७ माघ १३ गते मङ्गलवार ।
गोरखा दरवारको घुम्ने इच्छा पहिलेदेखि नै जागेर आएको थियो । नववर्षको उपलक्ष्यमा वनभोजको आयोजना गरेको हुँदा केही शिक्षक अनि ११ र १२ का विद्यार्थीसाथीहरुको यो जमघट निकै रमाइलो भयो । गोरखा पुगेपछि पर्वप्रथम हामीले खाना बनाउने ठाउँ चयन गर्यौँ । त्यस ठाउँबाट हिमाल, पहाड र गोरखाको दृश्य छर्लङ्गै देखिन्थ्यो । खाना तयार गर्ने काममा मैले निकै सहयोग पुर्याएँ । साथीहरुले गीत गाउँने र रमाइलो गर्ने अन्य प्रसिद्ध हिमालहरु हेर्न उद्देश्यले अलि मास्तिर रहेको टावरमा गयौँ । टावरमा चढ्न सबै डराए तर म नडराई चढेपछि सबै टावरमा चढ्यौ र त्यहाँ वरिपरिको हिमालहरु हेरीयो । दुई बजेतिर हामीले खाना खायौँ अनि गुराँसका फुल र हरिया बुट्यानहरुसँग केहीबेर जिस्क्यौँ । प्रकृतिको काखबाट विमुख हुनुपरेको मैले सहरिया जीवनलाई धिक्कारेँ । त्यहीँको प्रकृतिमा सधैँ खेलिरहन पाए हुन्थ्यो जस्तो मलाई लाग्यो । गोरखा र त्यहाँको सौन्दर्यपूर्ण दृश्य नाचिरह्यो । आज साह्रै थाकिएकाले निद्रादेवीले स्वागत गर्न थालिन् । मेरो मस्तिष्कमा गोरखाको रमाइलो दृृश्य नाचिरह्यो ।
क) मिथिला लोककलामा महिलाको कस्तो भूमिका छ ?
मिथिला लोककलाको सुरुवात, सम्बर्द्धन संरक्षणमा महिलाको भूमिका महत्वपूर्ण रहेको छ ।
ख) अल्पना किन निर्माण गरिन्छ ?
घरमा आउँदा र निस्कँदा शुभसाइत हुन्छ भनी अल्पना निर्माण गरिन्छ ।
ग) मिथिला लोककलालाई के कसरी वर्गीकरण गरिएको छ ?
मिथिला लोककलालाई भित्तेचित्र, भूमिचित्र, पटचित्र, काष्ठचित्र, वास्तुचित्र, भाण्डचित्र र व्यक्तिचित्र गरेर वर्गीकरण गरिएको छ ।
घ) माङ्गलिक र द्योतक शब्दको अर्थ लेख्नुहोस् ।
माङ्गलिक : शुभ
द्योतक : उज्यालो पार्ने, प्रकाश पार्ने ।
बुँदाहरु :
- ऋष्यशृङ्ग ऋषिले तपस्या गरेको भूमिसँग जोडिएकाले रेसुङ्गाको धार्मिक महत्त्व हुनु,
- ऋष्यशृङ्ग ऋषिले पुत्रेष्ठी यज्ञ गराएकाले दशरथलाई पुत्र लाब हुनु,
- ऋषिको दर्शन गर्न रेसुङ्गा जाँदा पानीको समस्या थाहा पाएपछि रामले बाण हानेर उक्त स्थानमा पानी निकालेका,
- योगी नरहरिनाथले एक महिना कोटीहोम गरेपश्चात् यसको पर्यटकीय र धार्मिक महत्त्व फैलनु ।
सारांश: राम लक्ष्मण
ऋष्यशृङ्ग ऋषिको तपोभूमि रेसाङ्गा तिर्थस्थलको रुपमा चिनिन्छ । ऋषिले पुत्रेष्ठी यज्ञ गराएका दशरथलाई पुत्र लाब भएको छ । ऋषिको दर्शन गर्न जाँदा रामले वाण हानेर उक्त स्थानमा पानी निकालेका थिए । योगी नरहरिनाथले एक महिना कोटीहोम गरेपश्चात् यसको पर्यटकीय र धार्मिक महत्त्व बढेको छ ।
जम्मा शब्द सङ्ख्या : १३३
सारांश गर्नुपर्ने शब्द सङ्ख्या : ४४
सारांश गरिएको शब्द सङ्ख्या : ४५
व्याकरण अभ्यास (द्वित्व र सन्धि)
ससाना, गाडीसाडी, आलीआली, सानासाना, ठुलाठुला, आआफ्ना, धनसन, खानासाना ।
घर ⇒ घरघर
बजार ⇒ बजारसजार
साथी ⇒ साथीसाथी
मान्छे ⇒ मान्छेमान्छे
पानी ⇒ पानीपानी
फूल ⇒ फूलसुल
हिमाल ⇒ हिमालसिमाल
चित्र ⇒ चित्रमित्र
किताब ⇒ किताबसिताब
गाडी ⇒ गाडीसाडी
सामान ⇒ सरसामान
गहना ⇒ गरगहना
झगडा ⇒ झै-झगडा
सापटी ⇒ सरसापटी
झल्को ⇒ झ-झल्को
ठूलो ⇒ ठुलोठुलो
थर्को ⇒ थथर्को
सर ⇒ सरासर
बर ⇒ बरबर
एक ⇒ एकएक
चार ⇒ चारचार
पैँचो ⇒ ऐचोपैँचो
बानी ⇒ आनीबानी
पैसा ⇒ पैसापैसा
चिया ⇒ चियासिया
तरकारी ⇒ तरकारीसरकारी
फोन ⇒ फोनसोन
बोली ⇒ बोलीसोली
टेबल ⇒ टेबलसेबल
कलेज ⇒ कलेजसलेज
लुगा ⇒ लुगासुगा
बजार ⇒ बजारबजार
| द्विरुक्त शब्द | निर्माण प्रक्रिया |
|---|---|
| हात हात | हात + हात |
| गर्गहना | गहना + गहना |
| खोला खोला | खोला + खोला |
| सर्सल्लाह | सल्लाह + सल्लाह |
| छोरी छोरी | छोरी + छोरी |
| गोदगाद | गोद + गोद |
| गाडी गाडी | गाडी + गाडी |
| आनीबानी | बानी + बानी |
| ससानो | सानो + सानो |
| झझल्को | झल्को + झल्को |
| दुधसुध | दुध + दुध |
| चोरचार | चोर + चोर |
| द्विरुक्त शब्द | विच्छेद |
|---|---|
| किनारै किनार | किनार + किनार |
| हर्ल्याङहुर्लुङ | हर्ल्याङ + हर्ल्याङ |
| आआफ्नो | आफ्नो + आफ्नो |
| आलोपालो | पालो + पालो |
| कुट्दाकुट्दै | कुट्दै + कुट्दै |
| छचल्किनु | छल्किनु + छल्किनु |
| सँगसँगै | सँगै + सँगै |
| तलतल | तल + तल |
| माथि मथि | माथि + माथि |
| फाट्टफुट्ट | फाट्ट + फाट्ट |
क)
नरेश ⇒ नर + ईश
अत्याचार ⇒ अति + आचार
सूर्योदय ⇒ सूर्य + उदय
रुवाइ ⇒ रु + आइ
कमाइ ⇒ काम + आइ
ख)
निष्काम ⇒ निष् + काम
दुराशय ⇒ दुर् + आशय
मानवोचित ⇒ मानव + उचित
| सन्धियुक्त शब्द | सन्धि विच्छेद | सन्धियुक्त शब्द | सन्धि विच्छेद |
|---|---|---|---|
| पुस्तकालय | पुस्तक + आलय | चन्द्रोदय | चन्द्र + उदय |
| सूक्ति | सूक्त + इ | नारीश्वर | नारी + ईश्वर |
| आज्ञानुसार | आज्ञा + अनुसार | देवर्षि | देव + ऋषि |
| नरेन्द्र | नर + इन्द्र | धीरेन्द्र | धीर + इन्द्र |
| उल्लेख | उत् + लेख | संवाद | सम् + वाद |
| उद्बोध | उत् + बोध | सङ्कीर्ण | सम + कीर्ण |
| सन्देश | सम् + देश | दिगम्बर | दिग + अम्बर |
| जगदीश | जगत + ईश | उल्लास | उत् + लास |
| सद्भावना | सत् + भावना | सन्न्यास | सत् + न्यास |
| यशोधरा | यस + धरा | पुनर्कथन | पुनर + कथन |
| मनोरञ्जन | मन + अञ्जन | हतियार | हात + इयार |
| ढकनी | ढक + अनी | पन्यालो | पानी + आलो |
| प्रेमर्षि | प्रेम + ऋषि |
मादक ⇒ मद + अक
देखेर ⇒ देख् + एर
ठडिएका ⇒ ठाडो + एका
देखिने ⇒ देख् + इने
Queries Solved
- ✓ class 11 nepali notes chapter 11
- ✓ class 11 nepali notes pdf download 2083
- ✓ class 11 nepali chapter 11 exercise
- ✓ rara bhraman summary
- ✓ class 11 nepali rara bhraman
- ✓ rara bhraman question answer
- ✓ neb class 11 nepali solution chapter 11
- ✓ class 11 nepali guide chapter 11
- ✓ rara bhraman class 11 nepali exercise
- ✓ class 11 nepali model question 2083
