9th Chapter Safaltako Katha: Class 11 Nepali Ultimate Guide
Importantedunotes.com
फिर्ता जानुहोस्

सफलताको कथा (Safaltako Katha)

Class 11 Nepali Chapter 9 Complete Guide

कक्षा ११ अनिवार्य नेपालीको नवौँ पाठ “सफलताको कथा” (रिपोर्ताजमूलक रचना) को पूर्ण अभ्यास, व्याकरण, शब्दभण्डार, र सङ्क्षिप्त उत्तरहरू।

पाठको परिचय

Safaltako Katha

“सफलताको कथा” (Safaltako Katha) एक उत्कृष्ट रिपोर्ताजमूलक रचना हो जसमा योग साधना र यसको फाइदाको बारेमा विस्तृत रूपमा चर्चा गरिएको छ।

यस पाठले योग र ध्यानले मानिसलाई कसरी शारीरिक तथा मानसिक शान्ति प्रदान गर्छ र जीवनमा आउने अकल्पनीय उतारचढावहरूलाई पार गर्दै सफलताको शिखरमा पुग्न कसरी प्रेरणा दिन्छ भन्ने कुरालाई सुन्दर छन्त्यालको कथा मार्फत प्रस्तुत गरेको छ।

शब्दभण्डार समाधान

१. दिइएका योगसँग सम्बन्धित पारिभाषिक शब्दको अर्थ शब्दकोशका सहायताले लेख्नुहोस् :

यम ⇒ आठवटा योगमध्यको पहिलो चरण वा योग

नियम ⇒ अनुशासन

आसन ⇒ बस्ने ठाउँ

प्रणायाम ⇒ श्वास प्रश्वासमा लयवद्धताका साथ गरिने योग

प्रत्याहार ⇒ अष्टाङ्ग योग मध्यको पाँचौ योग

धारणा ⇒ विचार

ध्यान ⇒ चित्त एकाग्र पार्ने साधना योगमा रहने मनको स्थिति

समाधि ⇒ ब्रह्मा चिन्तनमा केन्द्रित हुने योग साधनाको आठौं वा अन्तिम अवस्था


२. दिइएका अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् :

क) हलचल नगर्ने ⇒ स्थिर

ख) ओइलाएको ⇒ मलिन

ग) बौद्धस्मारक ⇒ स्तूप

घ) प्राचीन चिकित्साशास्त्र ⇒ आयुर्वेद

ङ) एकचित्त ⇒ एकाग्रता

च) कथाहिनता ⇒ अकथा

छ) एम.ए. वा सो सरह ⇒ स्नातकोत्तर


३. दिइएका शब्दहरुलाई अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस् :

व्यग्र ⇒ भारतसँग वार्ता गर्न सरकारको व्यग्र प्रतीक्षा रहेको छ ।

चैत्य ⇒ लुम्बिनीमा विभिन्न देशहरुले चैत्यको निर्माण गरेका छन् ।

योग ⇒ योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ ।

स्नातक ⇒ (१०+२) तथा प्रविणता प्रमाणपत्र तह वा सो सरह को शैक्षिक तह उत्रिण गरेपछि स्नातक तहमा प्रवेश पाइन्छ ।

मनोचिकित्सा ⇒ मनोचिकित्साको मानववादी दृष्टिकोणले मानिसहरूलाई उनीहरूको सम्भावनालाई अधिकतम बनाउन मद्दत पुर्याउँछ ।

समग्रता ⇒ जीव र निर्जीवको समग्रतालाई नै वातावरण भनिन्छ ।

बोध र अभिव्यक्ति

१. दिइएक प्रश्नहरूको उत्तर दिनुहोस् :

क) रिपोर्ताज कुन विषयमा लेखिएको छ ?

रिपोर्ताज योग साधना र यसको फाइदाको बारेमा लेखिएको छ ।

ख) रिपोर्ताजमा कति जना व्यक्तिको नाम उल्लेख भएको छ ?

रिपोर्ताजमा अमित, सुन्दर र युगेन्द्र गरि तीन जना व्यक्तिको नाम उल्लेख भएको छ ।

ग) रिपोर्ताज कतिओटा अनुच्छेदमा संरचित छ ?

रिपोर्ताज २५ अनुच्छेदमा संरचित छ ।

घ) रिपोर्ताजमा प्रयुक्त भाषाशैली कस्तो छ ?

रिपोर्ताजमा प्रयुक्त भाषाशैली निजात्मक छ ।


३. पाठका आधारमा जोडा मिलाउनुहोस् :

क) अमित ठाकुर ⇒ पत्रकार

ख) सुन्दर छन्त्याल ⇒ योगसाधनाका कारण पुनजीवन र सफलता पाउने व्यक्ति

ग) रत्न राज्यलक्ष्मी ⇒ अमित ठाकुरले पत्रकारिता पढेको क्याम्पस

घ) धुलिखेल ⇒ अमित ठाकुर फिचर स्टोरी खोज्न गएको ठाउँ

ङ) आरुबारी ⇒ काठमाडौमा सुन्दर छन्त्यालहरुको बसोबास रहेको ठाउँ

च) म्याग्दी ⇒ सुन्दरको जन्मथलो

छ) हृदयघात ⇒ सुन्दरका पिताको मृत्युको कारण

ज) क्यान्सर ⇒ सुन्दर छन्त्यालकी आमालाई लागेको रोग

झ) तौलिहवा ⇒ अमित ठाकुरको घर भएको ठाउँ


४. ” योग ध्यान …….. ताँती सुरु भयो “रिपोर्ताजको अंश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

क) ध्यान गर्नका लागि म पात्र कहाँ कहाँ पुगेको थियो ?

ध्यान गर्नका लागि म पात्र लुम्बिनीको स्तूप, चैत्य, पिपलको बोटमुनि, देवालयको खुला मैदान, पशुपती आदि ठाउँहरुमा पुगेका थिए ।

ख) गोठाटारले म पात्रलाई किन आकर्षित गर्छ ?

गोठाटारको शान्त, एकान्त र योगसाधनाको लागि अनुकुल वातावरणले म पात्रलाई आकर्षित गर्छ ।

ग) “हजारौं माइलको यात्रा एक सानो पाइलाबाट सुरु हुन्छ ।” भन्नुको तात्पर्य के हो ?

कुनै पनि महान कार्य वा ठुला ठुला कामको सुरुवात सानो योजनाबाट नै हुन्छ भन्नुनै हजारौं माइलको यात्रा एक सानो पाइलाबाट सुरु हुन्छ भन्नू हो ।

घ) योगले मानव जीवनलाई कसरी परिवर्तन गर्छ ?

योगले मनलाई एकाग्रता बनाई, नयाँ ऊर्जा र सकारात्मक सोच दिने भएकाले जीवनलाई परिवर्तन गर्छ ।


५. दिइएको रिपोर्ताजको अंश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

क) सुन्दर छन्त्यालमा कसरी बाँच्ने इच्छाशक्ति जागृत भयो ?

योग र साधनाले मनमा रहेका विकारहरु हटाएकोले उनमा नयाँ सोच, चेतना, प्राणायाम, प्रत्याहार, धारणा र ध्यान हुँदै समाधिको यात्रा तय गरिने कुरा बुझेकाले मनको विकार हट्दै गई सुन्दर छन्त्यालमा बाँच्ने इच्छाशक्ति जागृत भयो ।

ख) योग साधनाले मानव स्वास्थमा पार्ने प्रभावहरु के के हुन् ?

योग साधनाले मानव स्वास्थमा पार्ने प्रभावहरु थुप्रै छन् । योग साधनाले मनलाई एकाग्र बनाइ चिन्तन र ज्ञानको विकास गर्नुका साथै मनका विकार हटाउन मद्दत गर्छ । योग चिन्तन, मनको एकाग्रता र समाधि तर्फको यात्रा हो । योगले नै मनको विकार हटाई आत्मिक एवं भौतिक शान्ति दिलाई सुखी र निरोगी जीवन बाँच्ने आधार खडा गर्दछ । योगले सहनशीलता, दुरगामि सोच र उदार विचार जस्ता जीवनोपयोगी कलाको विकास गर्दछ ।


६. म पात्रले सुन्दरको कथा प्राप्त गर्नका लागि गरेका प्रयत्नहरुलाई क्रमबद्ध रुपमा टिपोट गर्नुहोस् :
  • धुलिखेल कार्यक्रममा जानू,
  • सुन्दर र छन्त्यालको फोन नम्बर लिनु,
  • सुन्दर छन्त्यालको घर आरुवारी जानु,
  • दाजुभाइको सम्बन्ध विकास गर्नु ।

७. उत्तर लेख्नुहोस् :

क) रिपोर्ताजमा प्राकृतिक परिवेशको वर्णन कसरी भएको छ ?

रिपोर्ताजमा प्राकृतिक परिवेशलाई मानिसको मनको शान्तिसँग तुलना गर्दै वर्णन गरिएको छ । यसमा जङ्गल, एकान्त स्थल, ठूला चउर, आदिलाई शान्त, ज्ञान प्राप्त गर्ने स्थलका रूपमा वर्णन गरिएको छ । अमितलाई गोठाटार औधी मन पर्नुको कारण पनि प्राकृतिक परिवेश नै थियो । गोठाटारको शान्त वातावरणमा पात्रलाई राखेर एकान्त र शान्त परिवेशको सिर्जना गर्दै, त्यसको सकारात्मक प्रभावलाई चित्रण गरिएको छ । सुन्दरको घरबाट देखिने पहाडी चुचुरो, घामको प्रकाशले उज्यालो बनाएको आरुबारीको सुन्दर प्राकृतिक चित्रण यस रिपोर्ताजमा गरिएको छ । तसर्थ रिपोर्ताजमा प्राकृतिक परिवेशलाई सुन्दर, शान्त र आकर्षक ढङ्गले मानवीकरण गरि वर्णन गरिएको छ ।

ख) सुन्दर छन्त्यालको सफलताको कथा सङ्क्षिप्त रुपमा लेख्नुहोस् ।

सुन्दर छन्त्याल मध्यमवर्गीय परिवारमा सुखको वातावरणमा हुर्किएको व्यक्ति हो । उसको जन्म सरकारी अधिकृत बुबा र माध्यमिक तहको शिक्षक आमाको एक मात्र सन्तानको रूपमा भएको थियो । म्याग्दीको गाउँमा जन्मिए पनि सुन्दरले काठमाडौंको नाम चलेको विद्यालयबाट एस.एल.सी. पास गरी विज्ञान विषय लिई उच्च माध्यमिक तह उत्तीर्ण गरेका र सिभिल इन्जिनियरिङमा स्नातक गरेका थिए । उसको बाबुको अचानक हृदयघातका कारण मृत्यु भएपछि उसको पढाइमा रोकावट आएको छ । उसको आमा पनि बिरामी हुनुभयो । आमालाई जचाउँदा क्यान्सर लागेको रहेछ । डाक्टरको सल्लाह अनुसार दिल्लीमा गई उपचार गराउदा आमा ठिक हुनुभयो ऋणमा डुवेको यो सानो परिवारले आफ्नो पहाडको केही जमिन बेचेर ऋण तिर्यो त्यसपछि आमाछोरा एक दिन डा. युरेन्द्र झाको चिकित्साकेन्द्र नयाँ बानेश्वर गए । एकदिन डा. युरेन्द्र भाको चिकित्सा केन्द्रमा गई योग र ध्यानका विधि अपनाउँदा क्रमशः सुन्दरको मन शान्त हुन थाल्यो । योगको विषय बोध गर्दै गएपछि मनको विकार हटी बाँच्ने इच्छाशक्ति जागृत भयो । पहाडको जग्गा बेची ऋण तिरे भने बाँकी ऋण पौरख गरी तिर्ने आत्मविश्वास उनमा जाग्यो । निरन्तरको मिहिनेत र अध्ययनका कारण सुन्दरले प्राविधिक तर्फ अधिकृतमा नाम निकाले । यसरी सुन्दर तनावमुक्त जिन्दगी बिताउन सफल भए ।

ग) पाठको मुख्य उद्देश्य के हो ?

जीवन उतराचढावको सम्मिश्रण हो । जस्तो परिस्थिति छ त्यससग सहमत भएर अघि बढे जीवन स्वाभाविक रूपमा चल्छ। सुख र दु:ख भनेका मानिसका जीवनमा आइरहने घाम छायाजस्तै हुन् । सहमत हुन नसक्दा मानसिक चिन्ता सुरु हुन्छ आफ्नो मन आफैँ विस्तारै मान्छ भनियो भने यसले दुःख मात्र दिन्छ । जीवनमा आइपर्ने हरेक समस्यासँग जुधेर त्यसको समाधान निकाल्नु पर्छ । यसका लागि एकाग्रता चाहिन्छ । मनलाई सधैँ शान्त र स्थिर पार्नुपर्छ । इच्छाशक्ति भयो भने जस्तोसुकै समस्याबाट पनि मुक्ति पाउन सकिन्छ । गहिरो शान्ति ध्यानबाट प्राप्त हुन्छ र शारीरिक शान्ति योगाभ्यासबाट प्राप्त हुन्छ । अतः सुखी र निरोगी जीवनका लागि योगाभ्यास आवश्यक हुन्छ भन्ने भाव नै यस पाठको मुख्य सन्देश हो ।


८. व्याख्या गर्नुहोस् :

क) यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ । स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ । स्मृतिले मानिसलाई मानिस बनाउँछ र पुनर्जीवित गर्छ ।

प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा सङ्कलित सफलताको कथा (Safaltako Katha) शीर्षक रिपोर्ताजमूलक रचनाबाट साभार गरिएको हो । यस रिपोर्ताजमा योग र ध्यानले मानिसलाई शारीरिक तथा मानसिक शान्ति प्रदान गर्छ भन्ने भावलाई प्रकाश पारिएको छ ।

विगतका अनुभवको सम्झना नै स्मृति हो । विगतको स्मृति वर्तमानको सुखद पक्ष हो । यसको सम्झनाले मानिसलाई काम गर्ने ऊर्जा दिनुका साथै वर्तमानलाई रमाइलो र रङ्गिन बनाइदिन्छ । विगतले मानिसको वर्तमानलाई धेरै कुरा सिकाएको हुन्छ । विगतको अनुभव र अनुभूतिबाट पाठ सिकेर नै वर्तमानमा पाइला चाली भविष्यको गन्तब्य पछ्याउने प्रयास गर्नुपर्छ । विगतको जीवन भोगाइको स्मृतिले कहिले सुखद् अनुभूति दिलाउँछ त कहिले भावविह्वल पनि बनाउँछ । स्मृतिले मानिसलाई विगतका कमजोर पक्षहरु सुधार गरी सत्कर्ममा गतिशील बनाई पुनर्जीवित बनाउन सक्दछ । यस रचनामा पनि अमितलाई विगतको स्मृतिले आफ्नो लक्ष्य प्राप्तिका लागि पृष्ठपोषणको काम गरेको पाइन्छ । अतः मानवको जीवनमा स्मृतिको महत्त्वपूर्ण स्थान रहेको पाहिन्छ ।

ख) मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईं भित्रै छ । योगबाट यो प्राप्त हुन्छ ।

प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा सङ्कलित सफलताको कथा शीर्षक रिपोर्ताजमूलक रचनाबाट साभार गरिएको हो । यस रिपोर्ताजमा योग र ध्यानले मानिसलाई शारीरिक तथा मानसिक शान्ति प्रदान गर्छ भन्ने भावलाई प्रकाश पारिएको छ ।

कुनै किसिमको मानसिक विकार नभएको अवस्था नै शान्ति हो । परिस्थितिसंग सहमत भइएन भने मानसिक चिन्ता सुरु हुन्छ र आफ्नो मन हो मिलिहाल्छ भनियो भने पनि यसले असर गर्छ । मानसिक चिन्ताले मानिसलाई चितामा पनि पुयाउन सक्छ । मानसिक चिन्ताले मानिसलाई विक्षिप्त बनाउछ । मनको शान्तिका लागि समग्रता र एकाग्रता चाहिन्छ । एकाग्रताले मनलाई शान्त र स्थिर बनाउँछ । गहिरो शान्ति ध्यानबाट प्राप्त हुन्छ र शारीरिक शान्ति योगाभ्यासबाट प्राप्त हुन्छ । योग र ध्यानबाट नै मानसिक विकार हटी जीवन सुन्दर बन्दछ । योगबाट नै तनावमुक्त भई तन र मन दुवै स्वस्थ र तन्दुरुस्त बन्न पुग्दछ । अतः सुख शान्तिको आधार नै मन भएकाले मानसिक रुपमा निरोगी बनी शारीरिक रूपमा स्वस्थ र तन्दुरुस्त बनी खुसी र सुखी जीवन बाँच्नका लागि योग साधना गर्नुपर्दछ । हामी मनको शान्ति खोज्न अन्यत्र जानु पर्दैन त्यो त हामीमगै हुन्छ । इच्छाशक्ति भएमा मानिसले आफूले आफूलाई बुझाउन सक्छ र जीवनलाई अगाडि बढाउन सहयोग मिल्छ भन्ने आशयलाई माथिको गद्यांशले व्यक्त गरेको छ ।


९. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

(क) स्वस्थ हुनु भनेको के हो ?

स्वस्थ हुनु भनेको रोग वा दुर्बलताको अभाव मात्र नभएर शारीरिक, मानसिक र सामाजिक रुपले पूर्ण तन्दुरुस्तीको अवस्था हो ।

(ख) देशका नागरिकको स्वास्थ्य स्थिति कुन कुन कुरामा निर्भर हुन्छ ?

देशका नागरिकको स्वास्थ्य स्थिति सुर्तीजन्य पदार्थको प्रयोगको स्थिति, उच्च रक्तचाप तथा मोटोपनको स्थिति, शुद्ध पानीको उपलब्धता, औसत आयु कुपोषणग्रस्त जनसङ्ख्याको प्रतिशतका साथै मृत्युको अवस्था आदि कुरामा निर्भर हुन्छ ।

(ग) चिकित्सा विज्ञान कसरी रोकथामतिर पनि केन्द्रित हुन थालेको छ ?

चिकित्सा विज्ञान विभिन्न किसिमका खोप, जनहितमा जारी हुने विभिन्न जनस्वास्थ्यसम्बन्धी सूचना, जानकारी, तालिम आदिको व्यवस्था गरी रोकथामतिर पनि केन्द्रित हुन थालेको छ ।

(घ) चिकित्सा विज्ञानमा कुन कुराले वढी महत्त्व पाएको छ ?

चिकित्सा विज्ञानमा रोकथामलाई भन्दा रोग लागिसकेपछि उपचार गर्ने कुराले बढी महत्त्व पाएको छ ।


१०. विइएको अनुच्छेदबाट मुख्य मुख्य पाँचओटा बुँदा टिपेर सारांश लेख्नुहोस् :

बुँदाहरू

  • विचारहरूमध्ये निर्विचार सवैभन्दा राम्रो विचार हुनु,
  • निर्विचारको अभ्यासले परमानन्द प्राप्त हुनु,
  • जरुरत भन्दा बढी विषयमा दिल नलगाई मन खाली राखी प्रशान्तिको अभ्यासले दुःखदायी विचारले गर्ने आक्रमणबाट साधकलाई सुरक्षित राख्नु,
  • भयानक दुःखको परिस्थितिमा पनि यस्तो साधकले धैर्य नगुमाउनु,
  • आएका जुनसुकै तत्त्व फर्किएर जानलाई हो तसर्थ दुश्चिन्ताग्रस्त हुनुपर्ने कारण नहुनु,

सारांश: योग साधना र विचार

विचारहरूमध्ये सबैभन्दा राम्रो विचार निर्विचार हो र यमबाट परमानन्द प्राप्त हुन्छ । अरुभन्दा बढी विषयमा दिल नलगाई मन खाली राखी प्रशान्तिको अभ्यासले दुखदायी विचारको आक्रमणबाट साधक सुरक्षित हुन्छ । भयानक दुःखको परिस्थितिमा पनि यस्तो साधकले धैर्य गुमाउँदैन । आएका जुनसुकै वैचारिक तत्त्वहरू जानलाई हो तसर्थ दुश्चिन्ताग्रस्त हुनुपर्ने कारण छैन ।

जम्मा शब्द मङ्ख्या : १४०
साराश गर्नुपर्ने शब्दमङ्ख्या : ४७
साराश गरिएको शब्दसङ्ख्या : ४४

व्याकरण अभ्यास (प्रत्यय)

१. दिइएको अनुच्छेद पढी रेखंकिन गरिएको शब्दहरु टिपेर तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
शब्द निर्माण प्रक्रिया
लेखकलिख् + अक
पाठकपाठ् + अक
भावकभू + अक
आदरणीयआदृ + अनीय
सम्माननीयसम्मान् + अनीय
भौगोलिकभूगोल + इक
सम्मानितसम्मान + इत
शिक्षतशिक्षा + इत
प्राचिनप्राच् + ईन
आधुनिकअधुना + इक
नविननव + इन
तल्लिनतल् + इन
पुजनीयपूज् + अनीय
माननीयमान् + अनीय
बालकबाल + अक
काव्यकवि + य
कारणकृ + अन
श्रेष्ठतमश्रेष्ठ + तम
गन्तव्यगम् + तव्य
हास्यहास् + य
वक्तावच् + ता
गतिवान्गति + वान्
व्यक्तित्वव्यक्ति + त्व
कवित्वकवि + त्व
लेखकत्वलेखक + त्व
सिद्धत्वसिद्ध + त्व
क्षमतावान्क्षमता + वान्
बुद्धिमान्बुद्धि + मान्
किर्तिमानकीर्ति + मान्
भावमयभाव + मय
रहस्यमयरहस्य + मय
दयालुदया + आलु
लालित्यललित + य
माधुर्यमधुर + य
लेखनीलेखन + ई

२. ‘सफलताको कथा’ पाठबाट दशओटा शब्दहरु टिप्नुहोस र ती शब्दहरुको निर्माण प्रक्रिया देखाउनुहोस् :
क्र.श. शब्द निर्माण प्रक्रिया
१.जीवनीजीवन + ई
२.उत्साहितउत्साह + इत
३.समर्पितसमर्पण + इत
४.थकाइथाक् + आइ
५.प्राचीनपनप्राचीन + पन
६.काटेरकाट + एर
७.कारणकृ + अन
८.लेखकलिख् + अक
९.लेखकीयलेखक + इय
१०.स्मृतिस्मृ + ति

३. दिइएका प्रत्यय लगाई दुई दुईओटा शब्द निर्माण गर्नुहोस् :
प्रत्यय शब्दहरु
अकलेखक (लिख्+अक)
नर्तक (नृत्+अक)
अनदर्शन (दृश्+अन)
भोजन (भुज्+अन)
अनीयदर्शनीय (दृश्+अनीय)
पूजनीय (पूज्+अनीय)
इकशैक्षिक (शिक्षा+इक)
मौखिक (मुख+इक)
इतलिखित (लिख्+इत)
रचित (रच्+इत)
धनी (धन+ई)
नेपाली (नेपाल+ई)
ईनयुगीन (युग + ईन)
कुलीन (कुल + ईन)
ईयकेन्द्रीय (केन्द्र+ईय)
आत्मीय (आत्मा+ईय)
बालक (वाल+क)
शीर्षक (शीर्ष+क)
तरबृहत्तर (बृहत्+तर)
उत्तर (उत्+तर)
तमउच्चतम (उच्च+तम)
प्रियतम (प्रिय+तम)
तव्यगन्तब्य (गम्+तब्य)
मन्तब्य (मन्+तब्य)
ताकर्ता (कृ+ता)
श्रोता (श्रु+ता)
तिस्मृति (स्मृ+ति)
गति (गम्+ति)
त्वमानवत्व (मानव+त्व)
पुरुषत्व (पुरुष+त्व)
मयजलमय (जल+मय)
रहस्यमय (रहस्य+मय)
वानगुणवान् (गुण + वान्)
वलवान् (वल+वान्)
मान्गुणवान् (गुण+वान्)
बलवान् (बल+वान्)
काव्य (कवि+य)
माधुर्य (मधुर+य)

४. दिइएका शब्दहरुको निर्माण प्रक्रिया देखाउनुहोस् :
शब्द निर्माण प्रक्रिया
नायकनी + अक
शुद्धताशुद्ध + ता
गुरुत्वगुरु + त्व
व्यवस्थितव्यवस्था + इत
द्विपक्षीयद्विपक्ष + ईय
आयुष्मान्आयुष् + मान्
वैदेशिकविदेश + इक
गरिमामयगरिमा + मय
सौन्दर्यसुन्दर + य
गतिगम् + ति
कारककृ + अक
धैर्यधीर + य
योगीयुज् + ई
श्रेष्ठतमश्रेष्ठ + तम
पाशविकपशु + इक
पञ्चकपञ्च + क
सौर्यसूर्य + य
वित्तीयवित्त + इय
चटनीचाट् + अनी
हतियारहात + इयार
वोलक्कडवोल् + अक्कड
दुधालुदुध + आलु
पुर्वेलीपूर्व + एली
मुख्याइँमूर्ख + याइँ
गँजडीगाँजा + अडी
पँधेरोपानी + एरो

Queries Solved

  • ✓ class 11 nepali notes chapter 9
  • ✓ class 11 nepali notes pdf download 2083
  • ✓ class 11 nepali chapter 9 exercise
  • ✓ safaltako katha summary
  • ✓ class 11 nepali safaltako katha
  • ✓ safaltako katha question answer
  • ✓ neb class 11 nepali solution chapter 9
  • ✓ class 11 nepali guide chapter 9
  • ✓ safaltako katha class 11 nepali exercise
  • ✓ class 11 nepali model question 2083

कक्षा ११ का अन्य पाठ तथा विषयहरूको गाइड हेर्नुहोस्

Scroll to Top