Complete Guide to Rojgari (रोजगारी) | Class 10 Social Notes
An overview of Rojgari notes for SEE Class 10 Social Studies

एकाइ ८: आर्थिक क्रियाकलाप (Aarthik Kriyasilap)

पाठ ३: रोजगारी (Rojgari)

१. रोजगारी (Rojgari) भनेको के हो?

उत्तर: सामान्य अर्थमा भन्नुपर्दा, रोजगारी (Rojgari) भनेको जीविका वा इलम उद्योगका निम्ति गरिने कुनै काम, पेसा वा व्यवसाय हो। जीविकोपार्जनका लागि आयआर्जन गर्नु आवश्यक हुन्छ। आयआर्जनका लागि व्यक्तिले गर्ने शारीरिक वा मानसिक इलम, पेसा वा व्यवसायलाई नै रोजगारी भनिन्छ।

२. वैदेशिक रोजगारीको परिचय दिनुहोस्। नेपालमा यसले पारेको प्रभाव उल्लेख गर्नुहोस्।

उत्तर: आयआर्जनका लागि आफ्नो देशभन्दा बाहिर अन्य विभिन्न मुलुकमा गएर शारीरिक वा मानसिक रूपमा गरिने श्रम, पेसा वा व्यवसायलाई वैदेशिक रोजगारी (Vaideshik Rojgari) भनिन्छ। नेपालमा वैदेशिक रोजगारीको इतिहास त्यति लामो नभए पनि यो अहिले अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा बनेको छ। नेपालीहरूको जीवनस्तर उकास्ने माध्यम बनेको छ। अहिले अधिकांश युवाहरूमा वैदेशिक रोजगारीको मोह देखिएको छ। वैदेशिक रोजगारीले नेपालमा सकारात्मक र नकारात्मक दुवै किसिमका प्रभाव पारेको छ। यहाँ दुवै प्रभावलाई बुँदागत रूपमा उल्लेख गरिएको छ:

सकारात्मक प्रभावहरू:

  • गरिबी निवारणमा सघाउने।
  • विदेशी मुद्रा आर्जन हुने।
  • देशको आम्दानी र प्राविधिक ज्ञानमा वृद्धि हुने।
  • जनताको जीवनस्तरमा सुधार हुने।
  • अन्तर्राष्ट्रिय सम्बन्ध सुधार हुने।
  • संस्कृति तथा परम्पराको आदानप्रदान हुने।
  • विदेशी ज्ञान र सीप नेपाल भित्रिने।

नकारात्मक प्रभावहरू:

  • देशमा जनशक्तिको अभाव हुन सक्ने।
  • विकास निर्माणका कार्यमा कामदार अभाव भई ढिलासुस्ती हुने।
  • संक्रामक रोगहरू भित्रिन सक्ने।
  • परम्परागत मूल्यमान्यतामा ह्रास आउने र सामाजिक विकृति बढ्न सक्ने।
  • विदेशमा सम्मानजनक काम नपाइने।
  • दलालबाट ठगिने, जोखिमपूर्ण काम गर्दा अङ्गभङ्ग हुने तथा ज्यानै जान सक्ने।

३. वैदेशिक रोजगारीमा जानु भन्दा अघि अपनाउनु पर्ने पूर्वसतर्कताको सूची बनाउनुहोस्।

उत्तर: वैदेशिक रोजगारीमा जानुभन्दा अघि अपनाउनुपर्ने पूर्वसतर्कताको सूची निम्नानुसार छन्:

  • राहदानी बनाउने: जिल्ला प्रशासन कार्यालय गएर राहदानी (Passport) बनाउने।
  • भाषा सिक्ने: सम्बन्धित देशको भाषा सिक्ने।
  • सीपमूलक तालिम लिने: रोजगारीमा जानु भन्दा अगाडि आवश्यक सीपमूलक तालिम लिने।
  • श्रम स्वीकृति लिने: वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिने।
  • स्वास्थ्य परीक्षण गराउने: नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउने।
  • अभिमुखीकरण तालिम लिने: विदेश जानुअघि अनिवार्य रूपमा अभिमुखीकरण तालिम लिने।
  • बिमा गराउने: आफ्नो जीवन र स्वास्थ्यको बिमा गराउने।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top