एकाइ ४: सामाजिक समस्या र समाधान (Samajik Samasya ra Samadhan)
पाठ ४: सामाजिक विकृतिका रूपमा भ्रष्टाचार (Samajik Bikritika Rupma Bhrashtachar)
यस पाठमा पढ्नुहोस्
१. भ्रष्टाचार (Bhrashtachar) को परिभाषा दिनुहोस्।
उत्तर: शक्ति र पदको आडमा अधिकारको दुरुपयोग गरी अनुचित क्रियाकलापबाट आर्थिक र अन्य लाभ प्राप्त गर्नुलाई भ्रष्टाचार (Bhrashtachar) भनिन्छ। यो एक गम्भीर सामाजिक विकृति हो, जसले राष्ट्रको विकासमा बाधा पुऱ्याउँछ।
२. “भ्रष्टाचार एक प्रकारको सामाजिक अपराध हो।” यस वाक्यलाई उदाहरणसहित सम्झाउनुहोस्।
उत्तर: भ्रष्टाचार विश्वव्यापी रूपमा रहेको एक सामाजिक समस्या र अपराध हो। विकासशील र अल्पविकसित देशहरू यस समस्याबाट बढी प्रभावित रहेका छन्। यसबाट सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन गई राष्ट्र वा समाजलाई हानी नोक्सानी पुग्छ। विकासमा गतिरोध सिर्जना हुन्छ। बेलैमा नियन्त्रण गर्न नसके यसले देश र समाजको विकासमा अवरोध ल्याउँछ। भ्रष्टाचार व्याप्त भएमा सुशासन कायम हुन सक्दैन। जनताले प्रभावकारी ढङ्गबाट सेवा सुविधा पाउँदैनन्। देशको सामाजिक, सांस्कृतिक एवम् आर्थिक पक्षको विकास गरी समृद्ध र सुखी बनाउन सकिँदैन। तसर्थ, भ्रष्टाचार एक प्रकारको सामाजिक अपराध हो।
३. भ्रष्टाचारबाट समाजमा देखापर्ने समस्याहरू उल्लेख गर्नुहोस्।
उत्तर: भ्रष्टाचारबाट समाजमा देखापर्ने प्रमुख समस्याहरू निम्नअनुसार छन्:
- पहुँच भएका र पैसावालाहरूको मात्र काम बन्ने।
- विकास निर्माणमा गतिरोध कायम हुने।
- सार्वजनिक सम्पत्तिको दुरुपयोग बढ्ने।
- समाज आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा पछि पर्ने।
- सुशासनको प्रत्याभूति नहुने।
- समाजलाई समृद्ध र सुखी बनाउन नसकिने।
- फजुल खर्च र अनावश्यक देखासिकी बढ्ने।
४. सार्क राष्ट्रहरूमा भ्रष्टाचारको अवस्था कस्तो छ? तुलनात्मक रूपमा विश्लेषण गर्नुहोस्।
उत्तर: सार्क राष्ट्रहरूमा भुटान, भारत, माल्दिभ्स, श्रीलङ्का, नेपाल, पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान गरी आठवटा मुलुक रहेका छन्। यी देशमध्ये ६८ अङ्क र २५ औँ स्थानसहित भुटान सार्क राष्ट्रमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा पर्दछ। त्यसै गरी विश्वका १८० राष्ट्रमध्ये १५० औँ स्थानमा रहेको अफगानिस्तानको २४ अङ्क रहेको छ, यो सार्क राष्ट्रमध्ये सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा पर्दछ। ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२३ मा निकालेको भ्रष्टाचारसम्बन्धी तथ्याङ्कमा भुटानबाहेकका सार्क राष्ट्रहरूमा भ्रष्टाचारको अवस्था निकै उच्च रहेको देखाएको छ। नेपाल लगायतका राष्ट्रहरू धेरै भ्रष्टाचार हुने मुलुकमा पर्दछन्।
Next Chapter
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us