SEE 2081 (2025) Science & Technology (विज्ञान तथा प्रविधि) Solution – Sudurpashchim Province
Important Edu Notes
⬅ Back to Notes
Class 10 Science Sudurpashchim Province 2081 Exam Paper Header

SEE 2081 (2025) – Science & Technology (विज्ञान तथा प्रविधि) Solution

Sudurpashchim Province (सुदूरपश्चिम प्रदेश)

RE-1041 ‘SP’ | Full Marks: 75 | Time: 3 Hours

Welcome to the complete solution for the

Class 10 Science Sudurpashchim Province 2081

SEE examination. Below you will find detailed answers for all sections (A, B, C, and D) in both Nepali and English mediums.

Question Paper Preview

Group ‘A’: Multiple Choice Questions (10 × 1 = 10)

1(a) एक बाइटमा कति बिट हुन्छ ?
(How many bits are there in 1 byte?)

  • (i) 2
  • (ii) 4
  • (iii) 6
  • ✓ (iv) 8

1(b) फूल फुल्ने, गुच्छे जरा हुने र हाँगा नहुने विरुवा दिइएकामध्ये कुन हो ?
(Which one of the following is a plant that bears flower, has fibrous root and no branches?)

  • (i) उनिउँ (Fern)
  • ✓ (ii) मकै (Maize)
  • (iii) तोरी (Mustard)
  • (iv) साइकस (Cycas)

1(c) विकास क्रमको आधारमा कुन क्रम सही छ ?
(Which order is right in terms of evolution?)

  • (i) गड्यौला, जेलिफिस, भ्यागुता, माछा (earthworm, jellyfish, frog, fish)
  • (ii) जेलिफिस, गड्यौला, भ्यागुता, माछा (jellyfish, earthworm, frog, fish)
  • (iii) गड्यौला, जेलिफिस, माछा, भ्यागुता (earthworm, jellyfish, fish, frog)
  • ✓ (iv) जेलिफिस, गड्यौला, माछा, भ्यागुता (jellyfish, earthworm, fish, frog)

1(d) ज्वालामूखी विस्फोटन (A) र जीवावशेष इन्धनको दोहन (B) यी दुई जलवायु परिवर्तनका कारणहरू हुन् । यिनीहरूका बारेमा दिइएकामध्ये कुन विकल्प सही छ ?
(Volcanic eruption (A) and over use of fossils fuel (B) are two causes of climate change. Which of the following alternative is correct about these?)

  • ✓ (i) A प्राकृतिक कारण र B मानवीय कारण (A is a natural cause and B is a human cause)
  • (ii) A मानवीय कारण B प्राकृतिक कारण (A is a human cause and B is a natural cause)
  • (iii) दुवै मानवीय कारण हुन् । (Both A and B are human causes)
  • (iv) दुवै प्राकृतिक कारणहरू हुन् । (Both A and B are natural causes)

1(e) यदि पृथ्वीको पिण्डलाई यथावत् राखी अर्धव्यासलाई आधा गर्दा गुरुत्वप्रवेग ‘g’ को मानमा कस्तो परिवर्तन आउँछ ?
(If the radius of the Earth is halved keeping the mass constant, how will the value of acceleration due to gravity ‘g’ change?)

  • (i) पहिलेको मानको $\frac{1}{2}$ गुणा हुन्छ (becomes $\frac{1}{2}$ times of the original value)
  • (ii) पहिलेको मानको $\frac{1}{3}$ हुन्छ (becomes $\frac{1}{3}$ of the original value)
  • ✓ (iii) पहिलेको मानको 4 गुणा हुन्छ (becomes 4 times of the original value)
  • (iv) पहिलेको मानको 6 गुणा हुन्छ (becomes 6 times of the original value)

1(f) सँगैको चित्रमा पिस्टन B मा कति तौल सन्तुलन गर्न सकिन्छ ?
(In the adjoining figure, how much weight can be balanced on Piston B?)

Piston Pressure Diagram
  • (i) 100 N
  • ✓ (ii) 150 N
  • (iii) 200 N
  • (iv) 250 N

Calculation: $\frac{F_1}{A_1} = \frac{F_2}{A_2} \Rightarrow \frac{30}{2} = \frac{F_2}{10} \Rightarrow F_2 = 150N$

1(g) प्रकाशको किरण हावाबाट काँचमा प्रवेश गरी फेरि हावामा आएर आवर्तन हुँदा तलका मध्ये कुन अवस्था सही हुन्छ ?
(Which situation will be correct when ray of light enters glass from air and emerges in the air?)

  • (i) $i = e < r$
  • (ii) $i = e = r$
  • (iii) $i = e > r$
  • ✓ (iv) $i = e > r$

1(h) ब्रम्हाण्डमा रहेका खगोलीय पिण्डहरू कुन बलको कारण आफ्नो स्थानमा रहेका छन् ?
(Due to which force masses on the universe remains in their position?)

  • (i) न्युक्लीयर बल (Nuclear force)
  • ✓ (ii) गुरुत्वाकर्षण बल (Gravitational force)
  • (iii) चुम्बकीय बल (Magnetic Force)
  • (iv) विद्युत चुम्बकीय बल (Electro-magnetic force)

1(i) तल दिइएको रासायनिक प्रतिक्रिया कुन प्रकारको हो ?
(Which type of chemical reaction is given below?)
$$\text{Zn} + \text{HCl} \rightarrow \text{ZnCl}_{2} + \text{H}_{2}$$

  • (i) संयोजन (Combination)
  • (ii) विभाजन (Decomposition)
  • ✓ (iii) विस्थापन (Displacement)
  • (iv) निराकरण (Neutralization)

1(j) फलफूल व्यवसायीले फलफूल पकाउनका लागि एक सेतो धुलो पाउडर प्रयोग गर्दछन् । यो रसायनको नाम के हुन सक्छ ?
(Fruit sellers use a certain white powder to ripen fruits. What could be the name of this chemical?)

  • (i) सोडियम सल्फेट (Sodium Sulphate)
  • (ii) सोडियम कार्बोनेट (Sodium Carbonate)
  • ✓ (iii) क्याल्सियम कार्बाइड (Calcium Carbide)
  • (iv) क्याल्सियम कार्बोनेट (Calcium Carbonate)

Group ‘B’: Very Short Answer Questions (9 × 1 = 9)

2(a) आधारभूत एकाई र तत्जन्य एकाईबिच कुनै एक भिन्नता लेख्नुहोस् ।
(Write a difference between fundamental unit and derived unit.)

Nepali: आधारभूत एकाइहरू स्वतन्त्र हुन्छन् (जस्तै: मिटर), जबकि तत्जन्य एकाइहरू आधारभूत एकाइहरूमा निर्भर हुन्छन् (जस्तै: न्युटन)।

English: Fundamental units are independent (e.g., Meter), whereas derived units depend on fundamental units (e.g., Newton).

2(b) कुनै वस्तुलाई पानीमा डुबाउँदा पानीले त्यस वस्तुलाई माथितिर धकेल्न लगाउने बललाई के भनिन्छ ?
(Name the force applied by water in upward direction to the body immersed in it.)

Nepali: उर्ध्वचाप (Upthrust)

English: Upthrust

2(c) प्रकाशको किरण हावाबाट काँचमा जाँदा नर्मलतिर बाङ्गिन्छ, किन ?
(Why does a ray of light bends towards normal while refracting from air to glass?)

Nepali: काँच हावा भन्दा बाक्लो माध्यम हो। जब प्रकाश हावा (विरल माध्यम) बाट काँच (सघन माध्यम) मा जान्छ, यसको वेग घट्छ, त्यसैले यो नर्मलतिर बाङ्गिन्छ।

English: Glass is a denser medium and air is a rarer medium, so velocity of light decreases when it passes from air to glass, causing it to bend towards the normal.

2(d) दिइएको चित्र प्रकाशको कुन प्रक्रियासँग सम्बन्धित छ ?
(To which phenomenon of light is the given figure related?)

Mirage Diagram

Nepali: पूर्ण आन्तरिक परावर्तन (Total internal reflection)

English: Total internal reflection

2(e) चित्रमा दिइएको क्वाइलमा विद्युत प्रवाह गर्दा तार कम्पन हुन्छ किन ? कुनै एउटा कारण दिनुहोस् ।
(Give one reason why wire vibrates when current/electricity is passed through the coil of the wire.)

Electromagnetic Induction

Nepali: मोटर असर (Motor effect) को कारणले गर्दा।

English: Due to the motor effect.

2(f) बन्द ब्रह्माण्ड हुनको लागि आवश्यक पर्ने एउटा अवस्था लेख्नुहोस् ।
(Write a condition that is required to be a closed universe?)

Nepali: ब्रह्माण्डको औसत घनत्व क्रिटिकल घनत्व भन्दा बढी हुनुपर्छ।

English: The average density of the universe must be greater than the critical density.

2(g) धाउको परिभाषा दिनुहोस् ।
(Define ore.)

Nepali: ती खनिज पदार्थहरू जसबाट धातुहरू नाफामुलक र कम खर्चमा प्रशोधन गर्न सकिन्छ, तिनलाई धाउ भनिन्छ।

English: The minerals from which metal can be extracted profitably (or impure forms of metal taken from mines) are called ores.

2(h) फलामको धाउबाट शुद्ध फलाम प्रशोधन गर्दा अपनाइने कन्सेन्ट्रेसन विधि कुन होला ?
(Which concentration method is applied during the purification of iron from its ore?)

Nepali: चुम्बकीय छुट्याउने विधि (Magnetic separation)।

English: Magnetic separation.

2(i) हाइड्रोकार्बनलाई किन प्राङ्गारिक यौगिक भनिन्छ ?
(Why are hydrocarbons called organic compounds?)

Nepali: किनभने यिनीहरू वनस्पति र जनावरका उत्पादनहरू (सजीव स्रोत) बाट प्राप्त हुन्छन्।

English: Because they are obtained from plant and animal products (living sources).

Group ‘C’: Short Answer Questions (14 × 2 = 28)

3. उज्यालो कोठा र अध्याँरो कोठामा विरुवाको वृद्धिमा के फरक पर्दछ भनी गरिएको अवलोकनमा एउटा स्वतन्त्र र एउटा आश्रित चर लेख्नुहोस् ।
(Name a dependent and an independent variable of an observation of the growth rate of plants in a lighted room and dark room.)

उत्तर (Answer):

English:
  • Independent Variable: Light
  • Dependent Variable: Growth of plant
Nepali:
  • स्वतन्त्र चर (Independent Variable): प्रकाश (Light)
  • आश्रित चर (Dependent Variable): बिरुवाको वृद्धि (Growth of plant)

4. निम्न जीवहरूको फाइलम लेख्नुहोस् ।
(Write Phylum of the following organisms.)
(i) चिप्लेकिरा (slug)
(ii) सिक्युकम्बर (Sea-cucumber)

उत्तर (Answer):

(i) चिप्लेकिरा (Slug): मोलस्का (Mollusca)

(ii) सिक्युकम्बर (Sea-cucumber): एकाइनोडर्माटा (Echinodermata)

5. मौरी पालनबाट कृषकलाई हुने कुनै दुई फाइदाहरू लेख्नुहोस् ।
(Write any two advantages of bee-keeping for farmers.)

उत्तर (Answer):

English:
  • Creates employment opportunities.
  • High earning from honey and wax. (Or helps in pollination increasing crop production).
Nepali:
  • रोजगारीको अवसर सृजना गर्छ।
  • मह र मैन बेचेर उच्च आम्दानी गर्न सकिन्छ। (वा परागसेचनमा मद्दत पुर्याई बाली उत्पादन बढाउँछ।)

6. मियोसिस कोष विभाजनलाई न्यूनीकरण विभाजन भनिन्छ, किन ? डिप्लोइड कोष भनेको के हो ?
(Why is meiosis cell division called reduction division? What is a diploid cell?)

उत्तर (Answer):

English: It is called reduction division because the number of chromosomes in daughter cells is half of that in the parent cell. A diploid cell is a cell containing two complete sets of chromosomes (2n).

Nepali: मियोसिस कोष विभाजनमा बन्ने नयाँ कोषहरू (Daughter cells) मा क्रोमोजोमको सङ्ख्या मातृ कोषको भन्दा आधा हुन्छ, त्यसैले यसलाई न्यूनीकरण विभाजन भनिन्छ। डिप्लोइड कोष भनेको २n (पूरा) सेट क्रोमोजोम भएको कोष हो।

7. इनभिट्रो फर्टिलाइजेसन (IVF) भनेको के हो ? यसको बारेमा छोटकरीमा व्याख्या गर्नुहोस् ।
(What is In-Vitro Fertilization (IVF)? Explain briefly about it.)

उत्तर (Answer):

English: IVF is the process in which the male gamete and female gamete are fused outside of the womb (in a lab), and the resulting embryo is transferred to the uterus. This method is applicable if a couple has fertility problems.

Nepali: IVF एउटा यस्तो प्रविधि हो जसमा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई पाठेघर बाहिर (प्रयोगशालामा) मिलन गराइन्छ र बनेको भ्रूणलाई पाठेघरमा प्रत्यारोपण गरिन्छ। यदि दम्पतीमा बाँझोपनको समस्या छ भने यो विधि अपनाइन्छ।

8. बेसार र घोडटाप्रेको एक एक ओटा उपयोग लेख्नुहोस् ।
(Write one use each of Turmeric and Asiatic Pennywort.)

उत्तर (Answer):

बेसार (Turmeric):

English: Works as an antimicrobial agent.

Nepali: एन्टिमाइक्रोबियल (कीटाणुनाशक) एजेन्टको रूपमा काम गर्छ।

घोडटाप्रे (Asiatic Pennywort):

English: Works as an antioxidant (or memory enhancer).

Nepali: एन्टिअक्सिडेन्टको रूपमा वा स्मरण शक्ति बढाउन प्रयोग गरिन्छ।

9. निम्न लक्षणहरू देखिने रोगको नाम लेख्नुहोस् ।
(Write name of diseases which have the following symptoms.)
(i) टाउको दुख्ने, अनुहार रातो हुने, नाथ्रो फुट्ने, पसिना आउने (Headache, reddish face, nose bleeding, sweating)
(ii) धेरै भोक र तिर्खा लाग्ने, छिन छिनमा पिसाव लाग्ने, तौल घट्ने (Excess appetite and thirst, frequent urination, weight-loss)

उत्तर (Answer):

(i):

English: High Blood Pressure / Hypertension

Nepali: उच्च रक्तचाप (High Blood Pressure)

(ii):

English: Diabetes / Sugar

Nepali: मधुमेह (Diabetes)

10. गुरुत्वप्रवेगको मान पृथ्वीको भू-मध्यरेखीय खण्डमा भन्दा धुवीय खण्डमा बढी हुन्छ ? किन ?
(The value of acceleration due to gravity is more in the polar region than the equatorial region, why?)

उत्तर (Answer):

English: According to the formula $g \propto \frac{1}{R^{2}}$, the Earth’s radius is larger at the equator and smaller at the poles. Since ‘g’ is inversely proportional to the square of the radius, the value of ‘g’ is higher in the polar region where the radius is smaller.

Nepali: गुरुत्वप्रवेगको सूत्र $g \propto \frac{1}{R^{2}}$ अनुसार, पृथ्वीको अर्धव्यास (R) भू-मध्यरेखामा बढी र ध्रुवीय क्षेत्रमा कम हुन्छ। अर्धव्यास कम भएको ठाउँमा गुरुत्वप्रवेग (g) बढी हुने हुनाले, ध्रुवीय क्षेत्रमा g को मान बढी हुन्छ।

11. गुरुत्वप्रवेग (g) र गुरुत्वाकर्षण अचर (G) मा कुनै दुईओटा फरक लेख्नुहोस् ।
(Write any two differences between acceleration due to gravity (g) and gravitational constant (G).)

उत्तर (Answer):

गुरुत्वप्रवेग (Acceleration due to gravity – g) गुरुत्वाकर्षण अचर (Gravitational Constant – G)
यो पृथ्वीले एकाइ पिण्ड भएको वस्तुमा लगाउने बल हो। (It is the force exerted by earth on unit mass.) यो दुई आकाशीय पिण्डहरू बिचको आकर्षण बल मापन गर्ने अचर राशी हो। (It is the proportionality constant of gravitational force.)
यसको मान ठाउँ अनुसार फरक पर्छ। (Its value varies from place to place.) यसको मान ब्रम्हाण्ड भरि नै स्थिर हुन्छ। (Its value is constant everywhere.)
मान: $9.8 m/s^{2}$ (average) मान: $6.67 \times 10^{-11} Nm^{2}/kg^{2}$

12. चित्रमा देखाएको ट्रान्सफर्मर कुन प्रकारको हो ? A मा 700 V को भोल्टेज पठाउँदा B मा कति भोल्टेज उत्पन्न हुन्छ ?
(What type of transformer is shown in the figure? If the potential difference in A is 700 V, calculate the voltage produced in coil B.)

Transformer Diagram

उत्तर (Answer):

English:

  • Device: Step-down transformer.
  • Calculation: Using formula, $\frac{V_p}{N_p} = \frac{V_s}{N_s}$
  • $\frac{700}{1000} = \frac{V_s}{50}$
  • $V_s = 35 V$

Nepali:

  • उपकरण: स्टेप-डाउन ट्रान्सफर्मर (Step-down transformer) – किनकी सेकेन्डरी फन्का ($N_s=50$) प्राइमरी फन्का ($N_p=1000$) भन्दा कम छ।
  • हिसाब: सुत्र अनुसार, $\frac{V_p}{N_p} = \frac{V_s}{N_s}$
  • $\frac{700}{1000} = \frac{V_s}{50}$
  • $V_s = 0.7 \times 50 = 35 V$

13. विद्युत चुम्बक प्रयोग भएको एउटा उपकरणको नाम लेखी त्यसको एउटा उपयोगिता पनि लेख्नुहोस् ।
(Name an instrument in which electro-magnet is used, and write a use of that instrument.)

उत्तर (Answer):

English:
  • Instrument: Electric bell.
  • Use: To call a person from outside of any room, office, etc.
Nepali:
  • उपकरण: विद्युतीय घण्टी (Electric bell).
  • उपयोग: कोठा वा कार्यालय बाहिरबाट मानिसलाई बोलाउन वा सङ्केत दिन।

14. विकर A मा $30^{\circ}C$ सेन्टिग्रेड तापक्रम भएको फिका HCl र विकर B मा $20^{\circ}C$ तापक्रम भएको फिका HCl राखिएको छ । दुवैमा समान साइजका चुनढुङ्गाका टुक्राहरू राखियो भने कुन चाँहिमा चाँडो रासायनिक प्रतिक्रिया हुन्छ, किन ?
(Beaker A contains dil. HCl at $30^{\circ}C$ and beaker B contains dil. HCl at $20^{\circ}C$. If lime stones of same size are placed in those beakers, in which beaker will the reaction take place faster? Why?)

उत्तर (Answer):

English: Reaction will be faster in Beaker A. Reason: Rate of reaction increases with increase in temperature.

Nepali: विकर A मा प्रतिक्रिया चाँडो हुन्छ। किनभने तापक्रम बढी हुँदा अणुहरूको गति शक्ति बढ्छ र रासायनिक प्रतिक्रियाको दर बढ्छ ($30^{\circ}C > 20^{\circ}C$)।

15. एकजना विद्यार्थीले मिथेन र अर्कोले प्रोपेनको मोडल बनाएका थिए । शिक्षकले दुवै मोडलका छेउको हाइड्रोजन निकालेर दुवैलाई आपसमा जोडिदिनु भयो । अब कुन हाइड्रोकार्बन तयार भयो ? यसको संरचना सूत्र पनि बनाउनुहोस् ।
(A student had made model of methane and another student had made a model of propane. Their teacher removed one hydrogen atom from the terminals of each models and joined together. Now which hydrocarbon is formed? Write its structural formula too.)

उत्तर (Answer):

English: When Methyl radical ($CH_3-$) and Propyl radical ($-C_3H_7$) join, Butane ($C_4H_{10}$) is formed.

Nepali: मिथेन ($CH_4$) बाट एउटा हाइड्रोजन हटाउँदा मिथाइल ($CH_3-$) बन्छ। प्रोपेन ($C_3H_8$) बाट एउटा हाइड्रोजन हटाउँदा प्रोपाइल ($-C_3H_7$) बन्छ। यिनीहरू जोड्दा: $CH_3 – C_3H_7 \rightarrow C_4H_{10}$ (ब्युटेन)

नाम (Name): ब्युटेन (Butane)

संरचना सूत्र (Structural Formula): $\text{CH}_3\text{CH}_2\text{CH}_2\text{CH}_3$

C C C C H H H H H H H H H H

16. किटनाशक औषधीको प्रयोग गर्दा अपनाउनुपर्ने दुईओटा सावधानीहरू लेख्नुहोस् ।
(Write any two precautions to be taken while using insecticides.)

उत्तर (Answer):

English:
  • Masks and other protective clothes should be worn.
  • Insecticides should be kept in airtight/labeled vessels away from children.
Nepali:
  • किटनाशक औषधि प्रयोग गर्दा मास्क र पन्जा जस्ता सुरक्षात्मक कपडाहरू लगाउनुपर्छ।
  • हावा चलिरहेको बेला वा घाम चर्केको बेला औषधि छर्नु हुँदैन (वा बालबालिकाको पहुँचबाट टाढा राख्नुपर्छ)।

Group ‘D’: Long Answer Questions (7 × 4 = 28)

17. अनलाइनमा बसेर सामाजिक सञ्जाल प्रयोग गर्दा हुने दुईओटा सकारात्मक र दुईओटा नकारात्मक प्रभावहरू लेख्नुहोस् ।
(Write any two positive and two negative effects of using online social media.)

उत्तर (Answer):

सकारात्मक प्रभावहरू (Positive Aspects):

  • अनलाइनबाट शिक्षा लिन र नयाँ कुरा सिक्न सकिन्छ। (Students can learn online, attend online meetings.)
  • टाढा रहेका साथीभाइ र आफन्तसँग सम्पर्क गर्न र अनलाइन बैठकहरू गर्न सकिन्छ। (Save time, and use it for recreation.)

नकारात्मक प्रभावहरू (Negative Aspects):

  • समयको बर्बादी हुन्छ र स्वास्थ्यमा समस्या (जस्तै आँखा दुख्ने) आउन सक्छ। (It kills time, causes health issues.)
  • अनावश्यक खर्च बढ्छ र साइबर बुलिङको शिकार हुन सकिन्छ। (Leads to loss of money.)

18. के बाबु आमा दुवै कालो हुँदा पनि गोरो सन्तान जन्मन सक्छ ? मेन्डलको सिद्धान्तको आधारमा कसरी यो सम्भव भयो ? चार्टमा देखाइ कारणसहित व्याख्या गर्नुहोस् ।
(Can a white child be born even though both parents are black? Explain on the basis of Mendelism with suitable chart and reason.)

उत्तर (Answer):

English: Yes, it is possible. If both parents are hybrid black (Bb), due to the segregation of gametes in the next generation, a pure white child (recessive) can be born.

Nepali: हो, बाबु आमा दुवै कालो हुँदा पनि गोरो सन्तान जन्मन सक्छ। यो तब सम्भव हुन्छ जब बाबु र आमा दुवै “ठिमाहा कालो” (Hybrid Black – Bb) हुन्छन्। मेन्डलको पृथकीकरणको नियम (Law of Segregation) अनुसार, दोस्रो वंशमा लुप्त गुण (Recessive trait – गोरोपन) देखा पर्न सक्छ।

Inheritance Chart for Black and White Dogs

19. (a) $80^{\circ}C$ तापक्रम भएको 1 kg को फलामको डल्लोलाई $20^{\circ}C$ तापक्रम सम्म चिस्याउँदा कति तापशक्ति गुमाउँछ ? (फलामको विशिष्ट तापधारण क्षमता = $460 \, J/kg^{\circ}C$).
(An iron ball of mass of 1 kg at $80^{\circ}C$ is cooled to $20^{\circ}C$, how much heat energy is lost by the iron ball? (Specific heat capacity of iron = $460 \, J/kg^{\circ}C$))

(b) पानीलाई $0^{\circ}C$ देखि $10^{\circ}C$ सम्म तताउँदा तापक्रम र पानीको आयतनको सम्बन्ध ग्राफमा देखाउनुहोस् ।
(Draw a graph that shows the relationship between temperature and volume when water is heated from $0^{\circ}C$ to $10^{\circ}C$.)

उत्तर (Answer):

(a) Calculation:

Mass ($m$) = 1 kg

Initial Temp ($t_1$) = $80^{\circ}C$

Final Temp ($t_2$) = $20^{\circ}C$

Change in temp ($dt$) = $80 – 20 = 60^{\circ}C$

Specific heat capacity ($s$) = $460 \, J/kg^{\circ}C$

Heat Lost ($Q$) = ?

We know, $Q = ms dt$

$Q = 1 \times 460 \times 60$

$Q = 27,600 \, Joules$ (or $2.76 \times 10^4 J$)

(b) Graph:

Temperature vs Volume Graph for Water

20. (a) काँच र हिरामा, हिरा बढी चम्किनुका दुईओटा कारणहरू लेख्नुहोस् ।
(Diamond shines more than glass, why? Write two reasons.)

(b) सेतो प्रकाशलाई प्रिज्मबाट पठाउँदा सात अलग अलग रङमा विच्छेदन हुने प्रक्रियाको चित्र बनाउनुहोस् र चित्रमा रङहरुको नाम क्रमसँग लेख्नुहोस् ।
(Draw a diagram to show the splitting of white light into seven colors, when it passes through a prism. Label the colors in the diagram in correct order.)

उत्तर (Answer):

(a) Reasons:

English:

  • High refractive index.
  • Very low critical angle leads to multiple total internal reflections of light inside the diamond.

Nepali:

  • हिराको आवर्तनाङ्क (Refractive Index) काँचको भन्दा धेरै बढी हुन्छ।
  • हिराको क्रिटिकल कोण (Critical angle) धेरै कम ($24.4^{\circ}$) हुन्छ, जसले गर्दा यसभित्र पूर्ण आन्तरिक परावर्तन सजिलै हुन्छ।

(b) Diagram:

Dispersion of Light through Prism

21. प्लाज्मामा पाइने तीनओटा प्रोटिनको नाम लेख्नुहोस् । रगत जम्न सहयोग गर्ने प्रोटिन हटाएपछिको प्लाज्मालाई के भनिन्छ ? लेख्नुहोस् ।
(Write name of three proteins found in plasma. Write the name of plasma which is obtained after the removal of plasma which helps in clotting of blood.)

उत्तर (Answer):

तीन प्रोटिनहरू (Three Proteins):

  • एल्बुमिन (Albumin)
  • ग्लोबुलिन (Globulin)
  • फाइब्रिनोजेन (Fibrinogen)

प्लाज्माको नाम (Name of Plasma):

सेरम (Serum)

(Plasma without clotting factors/fibrinogen)

Nepali: रगत जमाउने प्रोटिन (फाइब्रिनोजेन) हटाएपछिको प्लाज्मालाई सेरम (Serum) भनिन्छ।

22. सोडियम र पोटासियममा कुन तत्व बढी सक्रिय हुन्छ, किन ? क्लोरिनको उपसेलको आधारमा इलेक्ट्रॉन विन्यास लेख्नुहोस् र यसको पिरियोडिक तालिकाको समूह उल्लेख गर्नुहोस् ।
(Which element is more reactive between sodium and potassium, why? Write the electronic configuration of chlorine on the basis of sub-shell and write its group in the periodic table.)

उत्तर (Answer):

सक्रियता (Reactivity):

पोटासियम (Potassium)

कारण (Reason):

English: Potassium is more reactive because it has a larger atomic size than Sodium, making it easier to lose the valence electron.

Nepali: पोटासियमको परमाणुको आकार सोडियमको भन्दा ठूलो हुन्छ, जसले गर्दा यसको भ्यालेन्स इलेक्ट्रोन न्युक्लियसबाट टाढा हुन्छ र सजिलै गुम्न सक्छ।

क्लोरिनको इलेक्ट्रोन विन्यास (Electronic Configuration of Chlorine):

$1s^{2}, 2s^{2}, 2p^6, 3s^2, 3p^5$

समूह (Group):

VIIA (Halogens)

23. प्रयोगशालामा एमोनिया ग्यास बनाउने विधिको सफा चित्र बनाई कुनै एउटा भागको नामाकरण गर्नुहोस् । यस प्रक्रियामा प्रयोग हुने लाइम टावरको काम के हो ?
(Draw a neat diagram of apparatus fitted to prepare ammonia gas in laboratory and label any one part. What is the function of lime tower in this process?)

उत्तर (Answer):

Diagram:

Laboratory Setup for Ammonia Gas

(Label any one part: e.g., Delivery tube, Round bottom flask, Lime tower, etc.)

लाइम टावरको काम (Function of Lime Tower):

English: It contains CaO (Calcium Oxide) which acts as a drying agent to absorb moisture/water vapor from the Ammonia gas.

Nepali: यसमा क्याल्सियम अक्साइड (CaO) हुन्छ जसले एमोनिया ग्यासमा मिसिएको ओसिलोपना (पानीको वाफ) लाई सोस्ने (Absorb moisture) काम गर्छ।

रासायनिक प्रतिक्रिया (Chemical Reaction):

$2NH_4Cl + Ca(OH)_2 \rightarrow CaCl_2 + 2H_2O + 2NH_3$

Scroll to Top