class 11 Social Unit 11-Chapter 5 | योग तथा ध्यान (Yoga tatha Dhyan)-स्वास्थ्य सेवा र सामाजिक विकास
An overview of Yoga tatha Dhyan (Yoga and Meditation) notes for NEB class 11 Social Studies

एकाइ ११: स्वास्थ्य सेवा र सामाजिक विकास

पाठ ५: योग तथा ध्यान

यस पाठमा हामीले योग तथा ध्यान (Yoga tatha Dhyan) को महत्त्व र यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे सिक्नेछौँ। आजको व्यस्त जीवनशैलीमा, योग (Yoga)ध्यान (Meditation) ले तनाव कम गर्न, एकाग्रता बढाउन र समग्र व्यक्तित्व विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ।

Yoga tatha Dhyan

१. प्राणायाम भनेको के हो?

उत्तर: ‘प्राण’ र ‘आयाम’ दुई शब्दबाट प्राणायाम (Pranayama) शब्द बनेको छ। प्राणको अर्थ जीवनदायी ऊर्जा हो। आयामको अर्थ हो निश्चित दिशा प्रदान गर्नु। त्यसैले, प्राणायाम श्वासलाई नियन्त्रणका साथ सञ्चालन गर्ने एक प्रकारको तरिका हो। श्वासमा जीवनदायी प्राण शक्ति निहित हुन्छ। प्राणायामको माध्यमबाट श्वासबाट प्राप्त हुने ऊर्जालाई निकै मात्रामा बढाउन सकिन्छ। प्राणायामका विभिन्न तरिकाहरू छन्।

मुख्य तरिकाहरू यहाँ प्रस्तुत गरिएका छन्:

  • भ्रामरी प्राणायाम
  • कपालभाति प्राणायाम
  • नाडीशोधन अनुलोम विलोम प्राणायाम (Alternate Nostril Breathing)

२. योग र ध्यानको महत्त्व बताउनुहोस्।

उत्तर: योग ‘युज’ धातुबाट बनेको हो। योगको अर्थ जोड्नु हुन्छ। त्यसैले, योग (Yoga) ले समस्त जीवनलाई रिस, आवेगबाट बचाउँछ र व्यक्तिमा सामूहिक भाव सिर्जना गर्दछ र द्वन्द्वबाट बचाउँछ। शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा तन्दुरुस्त, निरोगी रहनको लागि योगको महत्त्व छ। योग गर्नाले मानिसको शरीरमा आलस्यता हट्छ, स्मरण शक्ति बढाउँछ, सकारात्मक सोचको विकास हुन्छ, कार्यक्षमताको वृद्धि, मानसिक शान्ति (Mental Peace), रोग प्रतिरोधी क्षमताको वृद्धि, ऊर्जा प्राप्ति, आत्मज्ञानको प्राप्ति लगायतका सकारात्मक गुणको विकास तथा शरीर, मन र आत्मा बिचको समन्वय हुन्छ।

ध्यान (Meditation) मन स्थिर रहेको अवस्था हो। जब मनमा विचार, इच्छा, स्मृति र महत्त्वाकाङ्क्षा केही रहँदैन, त्यतिबेला मौनको स्थितिमा पुगिन्छ, त्यो मौनता नै ध्यान हो।

ध्यानका महत्त्व निम्नानुसार छन्:

  • मन शान्त र निश्चिन्त रहन्छ।
  • जीवनमा आउने समस्याहरूले मनलाई प्रभावित गर्न सक्दैन।
  • शरीरको पाचन शक्ति सन्तुलित हुन्छ।
  • आपसी सम्बन्धहरूमा सकारात्मकता बढ्छ।
  • करुणा भावको विकास हुन्छ।
  • आफ्नो वास्तविक स्वरूपलाई जान्नेतर्फ मन अग्रसर हुन्छ।

३. योग र ध्यानले शरीर र मनलाई स्वस्थ राख्दै व्यक्तित्व विकासमा मद्दत गर्दछ, यस भनाइलाई पुष्टि गर्नुहोस्।

उत्तर: योग तथा ध्यानप्रति धेरैको रुचि बढ्दै छ। यसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ। यदि हामीले एक दिन योगको अभ्यास गर्‍यौँ भने त्यो दिनभरि हाम्रो मन शान्त हुन्छ। हाम्रो विचलित मन र विचारलाई शान्त बनाउने, शरीरलाई स्वस्थ राख्ने एक मात्र उपाय भनेको योग र साधना हो। योगले हाम्रो जीवनलाई नयाँ रूप दिन सक्छ।

हाम्रो विचार र मन चलमलाएको बेलामा त्यसलाई स्थिर बनाउन योग र ध्यानले मद्दत गर्दछ। कुनै काम गर्दा मन एकाग्र नहुने अवस्थामा योग, साधना गर्न सकेमा मनमा डर, त्रास र तनाव (Stress) को वातावरण हटेर काम सम्पन्न गर्न सकिन्छ। योगका कारण हाम्रो स्मरण शक्ति बढ्छ, हामी तनावमुक्त हुन सक्छौं र हाम्रो मानसिक स्वास्थ्य पनि स्वस्थ रहन्छ।

रोग लाग्नुका मुख्य कारणहरू गलत आहार-विहार, गलत विचार र गलत जीवनशैली हुन्। योग गर्ने बानी भएको मानिसमा यी सबै कुराको सन्तुलन मिलेको हुन्छ र ऊ स्वस्थ हुन्छ। हालको मानव जीवनमा सौखिन शैली, उच्च मसालेदार खानेकुरा, अव्यवस्थित खानपान र शारीरिक व्यायामको कमीको कारण विभिन्न प्राणघातक रोगहरू बढ्दै गएका छन्। यस्ता रोगहरूबाट बच्नका लागि योगको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ। तसर्थ, मानव जीवनमा योग र ध्यानको ठूलो महत्त्व छ।

थप जानकारीका लागि आधिकारिक स्रोतहरू:

योगबारे थप जान्नुहोस् विश्व स्वास्थ्य संगठन (WHO) – योग

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top