Complete Guide to Samyukta Rashtrasangh (संयुक्त राष्ट्रसङ्घ) | Class 10 Social Notes
Focus Keyword: An overview of Samyukta Rashtrasangh notes for SEE Class 10 Social Studies

एकाइ ९: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग (Hamro Antarrashtriya Sambandha ra Sahayog)

पाठ २: संयुक्त राष्ट्रसङ्घ (Samyukta Rashtrasangh)

१. संयुक्त राष्ट्रसङ्घ (Samyukta Rashtrasangh) को स्थापना कहिले भएको हो?

उत्तर: संयुक्त राष्ट्रसङ्घ (Samyukta Rashtrasangh) को स्थापना सन् १९४५ अक्टोबर २४ मा भएको हो।

२. संयुक्त राष्ट्रसङ्घका हालका महासचिव को र कहाँका हुन्?

उत्तर: संयुक्त राष्ट्रसङ्घका हालका महासचिव एन्टोनियो गुटेरेस हुन् र उनी पोर्चुगलका हुन्।

३. महासभालाई संयुक्त राष्ट्रसङ्घको संसद् भनिन्छ। यस भनाइलाई पुष्टि गर्नुहोस्।

उत्तर: संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९ देखि २२ मा महासभासम्बन्धी व्यवस्था गरिएको छ। यसलाई राष्ट्रसङ्घको व्यवस्थापिका पनि मानिन्छ। महासभाको बैठकमा प्रत्येक राष्ट्रले ५ जना प्रतिनिधि पठाउने व्यवस्था छ। मताधिकार भने एक मात्र रहने व्यवस्था छ। महत्त्वपूर्ण निर्णयहरू दुई तिहाइ र अन्य निर्णय सामान्य बहुमतबाट पारित हुने व्यवस्था रहेको छ। प्रत्येक अधिवेशनका लागि एक जना अध्यक्ष र १७ जना उपाध्यक्ष निर्वाचित गर्ने व्यवस्था रहेको छ। महासभाको काम व्यवस्थित गर्न विभिन्न ६ ओटा समिति हुन्छन्। प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारदेखि महासभाको अधिवेशन सुरु भई मध्य डिसेम्बरसम्म चालु रहन्छ। सदस्यता खारेज गर्ने, वार्षिक बजेट पारित गर्ने, महासचिव र न्यायाधीशको नियुक्ति गर्ने लगायतका कार्य यसले गर्दछ। व्यवस्थापिकाले गर्ने कामहरू गर्ने भएकाले यसलाई संयुक्त राष्ट्रसङ्घको संसद् भनिन्छ।

४. जिम्मा जमानी परिषद् हाल सक्रिय छैन। किन?

उत्तर: जिम्मा जमानी परिषद्ले कुनै राष्ट्रले आफ्नो अधीनमा राखेको प्रदेशका सम्बन्धमा आफ्नो अन्तर्राष्ट्रिय दायित्व पूरा गरे नगरेको निरीक्षण गर्ने कार्य गर्दछ। त्यस्तै यसले अन्य राष्ट्रको उपनिवेशबाट स्वतन्त्र वा स्वतन्त्र राष्ट्रहरू आफैँ शासन चलाउन सक्षम नभएसम्म सहयोग गर्ने कार्यसमेत गर्दछ। हाल यी कार्यहरूको सम्पादन भइसकेको हुँदा यसले कार्य सम्पादन गर्नुपर्दैन। तसर्थ यो संस्था हाल सक्रिय छैन।

५. सुरक्षा परिषद्को भूमिका उल्लेख गर्नुहोस्।

उत्तर: संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा २३ देखि ५० सम्म सुरक्षा परिषद्को व्यवस्था गरिएको छ। यसमा ५ स्थायी र १० अस्थायी सदस्य राष्ट्रहरू रहने व्यवस्था गरिएको छ। यसले हातहतियारको प्रयोगमा नियन्त्रण गर्ने र विवाद समाधानको उपयुक्त प्रयास गर्दछ। त्यस्तै सुरक्षा परिषद्ले समस्याको शान्तिपूर्ण समाधानमा जोड दिँदै शान्ति भङ्ग गर्ने मुलुक विरुद्ध सैनिक तथा गैरसैनिक कदम चाल्ने कार्यसमेत गर्दछ। नयाँ सदस्य राष्ट्रको नियुक्तिका लागि महासभामा सिफारिस गर्ने, महासचिव, अन्तर्राष्ट्रिय न्यायालयको न्यायधीशको नियुक्तिको सिफारिस गर्ने सुरक्षा परिषद्को महत्त्वपूर्ण कार्य हो। तसर्थ विश्वमा शान्ति कायम गर्नका लागि सुरक्षा परिषद्को निष्पक्ष र न्यायोचित भूमिका आवश्यक रहेको छ।

६. निषेधाधिकार (Veto) भनेको के हो? यसको प्रयोग कसले गर्छ?

उत्तर: संयुक्त राष्ट्रसङ्घका केही शक्तिशाली राष्ट्रले प्राप्त गरेको प्रस्तावित कार्यमा रोक लगाउने अधिकार वा विशेषाधिकारलाई निषेधाधिकार (Veto) भनिन्छ। यसलाई भिटो पनि भनिन्छ। यसको प्रयोग संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रहने ५ स्थायी सदस्य राष्ट्रले गर्छन्। यसअन्तर्गत अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत पर्दछन्।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top