एकाइ ३: हाम्रा सामाजिक मूल्य र मान्यता (Hamra Samajik Mulya ra Manyata)
पाठ २: हाम्रा लोकगीत (Hamra Lokgeet)
यस पाठमा पढ्नुहोस्
१. लोकगीत (Hamra Lokgeet) भनेको के हो?
उत्तर: स्थानीय स्तरमा सिर्जित र संकलित लोक अर्थात् मानिसका सुख, दुःख, पीडा, उमङ्ग र सम्पूर्ण लोकजीवनको अनुभव र अभ्यासलाई समेटिएको कलात्मक साङ्गीतिक अभिव्यक्तिलाई लोकगीत (Lokgeet) भनिन्छ। यो सरल, बोधगम्य र लोकप्रिय हुन्छ। यसलाई लोक संस्कृतिको अभिन्न अङ्गका रूपमा समेत लिइन्छ।
२. पालम, तामाङ सेलो, र देउडा गीतको संक्षेप परिचय दिनुहोस्।
उत्तर: नेपालमा प्रचलित केही प्रमुख लोकगीतहरूको परिचय निम्नानुसार छ:
- पालम गीत: यो नेपालको पूर्वी भेगमा प्रचलित लोकगीत हो। यस गीतलाई पूर्वी पहाडका लिम्बु जातिले गाउने गर्छन्। यो धाननाचमा जुहारीका रूपमा गाउने गरिन्छ।
उदाहरण:
सिङ्घाओं बुड्वे कतमा फाग
मिन्छाड्न आनी याम्मी साग। - तामाङ सेलो: नेपालको मध्य पहाडी क्षेत्रमा प्रचलित तामाङ जातिमा गाइने संगीत तामाङ सेलो हो। वाग्मती प्रदेशका विभिन्न जिल्लामा यसको प्रचलन छ र यसले राष्ट्रिय ख्याति पाएको छ। तामाङ सेलोलाई अहिले नेपाली भाषामा समेत गाउने प्रचलन बढ्दो छ, जसले यसको लोकप्रियता झनै बढाएको छ।
उदाहरण:
घोकी स्याउरी ग्यालमरी गेड्ला टुङा साङपरी। - देउडा गीत: यो लोकगीत पर्वगीतअन्तर्गत पर्दछ। महिलाहरूको महान् पर्व तीजका अवसरमा यो गीत गाउने गरिन्छ। पहिले महिलाले मात्र गाउने प्रचलन रहेकोमा अहिले आएर पुरुषहरूले पनि तीज गीत गाउन थालेका छन्।
उदाहरण:
तीजको बेलामा सबै जान्छन् माइत, आफ्नो माइती मुग्लान पारी छैन साइत।
३. “लोकगीत हाम्रो मौलिक पहिचान हो।” यस भनाइलाई उदाहरणसहित प्रष्ट पार्नुहोस्।
उत्तर: लोकगीतको आफ्नै महत्त्व र सान्दर्भिकता रहेको छ। यी हाम्रा जीवन्त सम्पदा हुन् र लोकसंस्कृतिको अभिन्न अङ्ग पनि हुन्। यो समुदायको गीत पनि हो, जसको सर्जक समुदाय हो। यसले मनोरञ्जन मात्रै प्रदान गरेको छैन, सामाजिक एकता कायम राख्नसमेत सहयोग गरेको छ। पुस्तान्तरणका माध्यमबाट लोकगीत आजसम्म जीवित बनेको हो। तसर्थ, लोकगीत (Hamra Lokgeet) हाम्रो मौलिक पहिचान हो, चिनारी हो।
४. नेपाली लोकगीतको संरक्षणमा तपाईंको योगदानको बारेमा वर्णन गर्नुहोस्।
उत्तर: नेपाली लोकगीतको संरक्षणमा मेरो योगदानलाई निम्न बुँदाहरूमा वर्णन गर्न सकिन्छ:
- लोकगीतको महत्त्व सम्बन्धमा जनचेतना जगाउँदै, युवाहरूमा यसको आवश्यकता प्रतिपादन गर्ने।
- सबै प्रकारका र भाषाका लोकगीतलाई समान रूपमा मूल्याङ्कन गर्ने।
- लोकगीतसम्बन्धी कार्यक्रममा सक्रिय सहभागिता जनाउने।
- नियमित लोकगीत सुन्ने र यसका सर्जकलाई हौसला बढाउने।
- स्थानीय क्षेत्रका लोकगीत खोजी गरी संरक्षण गर्ने, गिटार संस्कृति होइन, सारङ्गी संस्कृतिको निर्माण गर्ने।
Next Chapter
पाठ ३: हाम्रा लोकबाजा (Hamra Lokbaja) →यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us