Class 10 Economics (अर्थशास्त्र)
पाठ ४: साधनको मूल्य निर्धारण सिद्धान्त (Theory of Factor Pricing)
SEE board exam तयारीका लागि: पूर्ण सैद्धान्तिक नोट, ग्राफ र अभ्यासका सम्पूर्ण प्रश्नोत्तरहरू
Welcome to the complete study guide on Theory of Factor Pricing (साधनको मूल्य निर्धारण सिद्धान्त) under Microeconomics. This is Chapter 4 of Unit 2 for Class 10 Economics students in Nepal preparing for their SEE board exams.
Here you will find structured notes on Rent, Interest, Wages, and Profit, along with Ricardian Theory, Classical Theory of Interest, and fully solved textbook exercises with additional mathematical problems.
Explore our complete study list here: Class 10 Economics Notes.
१. सैद्धान्तिक अवधारणा (Theoretical Concept)
परिचय
वस्तु तथा सेवाको उत्पादन गर्न उत्पादनका विभिन्न साधनहरू प्रयोग गरिन्छ। भूमि, पुँजी, श्रम र उद्यम (सङ्गठन) उत्पादनका मुख्य साधनभित्र पर्छन् । यी साधनलाई उत्पादन कार्यमा प्रयोग गरेबापत मूल्य वा क्षतिपूर्ति (compensation) प्रदान गर्नुपर्छ । उत्पादनमा भूमि, पुँजी, श्रम र सङ्गठन प्रयोग गरेबापत मूल्यका रूपमा क्रमशः लगान, ब्याज, ज्याला र नाफा भुक्तानी गर्नुपर्छ । यस पाठमा उत्पादनका यिनै साधनले प्राप्त गर्ने मूल्यको अवधारणा र साधनको मूल्य निर्धारणका विभिन्न सिद्धान्तहरूको अध्ययन गरिन्छ । साधनको मूल्य निर्धारणको अवधारणालाई चार्ट ४.१ बाट पनि बुझ्न सकिन्छ :
चार्ट ४.१ : उत्पादनका साधनको मूल्य र तिनको प्रतिफल
(क) लगान (Rent)
सामान्य अर्थमा लगान भन्नाले साधनहरू, जस्तै: जग्गा, घर, मेसिन आदिको प्रयोग गरेबापत तिर्नुपर्ने निश्चित शुल्क वा भाडा रकमलाई बुझिन्छ । शास्त्रीय अर्थशास्त्रीका अनुसार लगान भन्नाले भूमिको उपयोग गरेबापत भूमिको मालिकलाई गरिने भुक्तानीलाई जनाउँछ ।
शास्त्रीय अर्थशास्त्री डेभिड रिकार्डो (David Ricardo) का अनुसार लगान भूमिबाट मात्र प्राप्त हुन्छ । उनका अनुसार लगान भनेको भूमिको मौलिक तथा अविनाशी शक्तिको प्रयोग गरेबापत मोही (किसान) ले भूमिपतिलाई गर्ने भुक्तानी हो । अर्थात् भूमि (माटो) को उर्वराशक्तिको प्रयोग गरेबापत मोहीले भूमिपतिलाई दिनुपर्ने मूल्य (मुद्रा वा वस्तु) भुक्तानीलाई लगान भनिन्छ ।
लगानलाई आर्थिक लगान र कुल लगान गरी मुख्य रूपमा दुई भागमा विभाजन गरिएको छ :
(अ) आर्थिक लगान (Economic Rent)
शास्त्रीय दृष्टिकोणमा लगानलाई नै आर्थिक लगान मानिएको छ, जुन भूमिको मौलिक र अविनाशी शक्तिको प्रयोगका लागि मात्र भुक्तानी गरिन्छ । यस्तो आर्थिक लाभ जग्गाधनीलाई जग्गाको स्वामित्वबापत प्राप्त हुन्छ ।
आधुनिक दृष्टिकोणमा आर्थिक लगानलाई फराकिलो अर्थमा लिइएको छ । यसअनुसार आर्थिक लगान भूमिबाट मात्र प्राप्त नभएर उत्पादनका अन्य साधनहरूबाट पनि प्राप्त हुन्छ । प्रो. बोल्डिङ (Prof. Boulding) का अनुसार:
“आर्थिक लगान भनेको उत्पादनका साधनलाई गरिने त्यस्तो भुक्तानी हो जुन भुक्तानी उक्त साधनलाई वर्तमान प्रयोगमा टिकाइराख्न आवश्यक न्यूनतम रकमभन्दा बढी रकम दिइन्छ (Economic rent is a payment to the factor of production that exceeds the minimum amount needed to keep it in its current use.)।”
उदाहरणका लागि: कुनै श्रमिकलाई वर्तमान काममा टिकाइराख्न न्यूनतम ज्याला प्रतिदिन रु. १,५०० दिनुपर्छ । तर उक्त श्रमिकले काम गरेबापत प्रतिदिन रु. २,००० ज्याला प्राप्त गर्छ भने श्रमिकले अतिरिक्त रु. ५०० आर्जन गर्छ, यसलाई नै श्रमिकको आर्थिक लगान मानिन्छ ।
(आ) कुल लगान (Gross Rent)
कुल लगानलाई ठेक्का लगान (contract rent) पनि भनिन्छ । साधनको मालिक र साधनको प्रयोगकर्ताबिचको सम्झौताका आधारमा कुल लगान निर्धारण हुन्छ । घरको प्रयोगबापत घरधनीलाई, जग्गाको प्रयोगबापत जग्गाधनीलाई र मेसिनको प्रयोगबापत मेसिनधनीलाई प्रयोगकर्ताले गर्ने भुक्तानी कुल लगान हो ।
उदाहरणका लागि: कुनै घरधनी र बहालवालाबिच कोठा बहालमा लगाउँदा घरधनी र बहालवालाबिच मासिक भाडा रु. ५,००० लिने दिने गरी सहमति हुन्छ भने उक्त रकमलाई कुल लगान भनिन्छ ।
आर्थिक लगान र कुल लगानबिचको भिन्नतालाई तालिका ४.१ मा देखाइएको छ ।
| तालिका ४.१ : आर्थिक लगान र कुल लगानबिचको भिन्नता | ||
|---|---|---|
| क्र.सं. | आर्थिक लगान (Economic Rent) | कुल लगान (Gross Rent) |
| १. | आर्थिक लगान भूमिको मौलिक र अविनाशी शक्तिको प्रयोगका लागि मात्र भुक्तानी गरिन्छ । | कुल लगान साधनको मालिक र साधनको प्रयोगकर्ताबिचको सम्झौताका आधारमा निर्धारण हुन्छ । |
| २. | आर्थिक लगान भूमिको उत्पादकत्वमा भर पर्छ । | कुल लगान साधन मालिक र प्रयोगकर्ताको मोलमोलाई (bargaining) मा भर पर्छ । |
| ३. | यो काल्पनिक तथा सैद्धान्तिक अवधारणा हो । | यो व्यावहारिक तथा वास्तविक अवधारणा हो । |
| ४. | जमिनको उर्वरतामा हुने भिन्नताका कारण यो लगान उत्पन्न हुन्छ । | उत्पादनको साधनको दुर्लभताका कारण यो लगान उत्पन्न हुन्छ । |
| ५. | यो सबै प्रकारका भूमिबाट प्राप्त हुँदैन । | यो सबै प्रकारका भूमिबाट प्राप्त हुन्छ । |
रिकार्डोको लगान सिद्धान्त (Ricardian Theory of Rent)
शास्त्रीय अर्थशास्त्री डेभिड रिकार्डो (David Ricardo) द्वारा प्रतिपादित लगानको सिद्धान्तलाई उनकै नामका आधारमा नामकरण गरी ‘रिकार्डोको लगान सिद्धान्त’ भनिएको हो । उनले सन् १८१७ मा प्रकाशित आफ्नो पुस्तक ‘राजनीतिक अर्थतन्त्र र करका सिद्धान्तहरू’ (On the Principles of Political Economy and Taxation) मा यो सिद्धान्त प्रस्तुत गरेका थिए । उनको यस सिद्धान्तलाई लगानको शास्त्रीय सिद्धान्त पनि भनिन्छ ।
रिकार्डोले लगान भूमिबाट मात्र प्राप्त हुने कुरा बताएका छन् । उनका अनुसार:
“लगान भनेको भूमिको उब्जनीको त्यो भाग हो जुन भूमिको मौलिक र अविनाशी शक्ति प्रयोगबापत भूमिपतिलाई भुक्तान गरिन्छ (Rent is that portion of the produce of the earth, which is paid to the landlord for the use of the original and indestructible power of the soil.)।”
यसर्थ लगान भनेको भूमिको प्रयोग गरेबापत मोहीले भूमिपतिलाई गर्ने भुक्तानी हो र यो भूमिबाट मात्र प्राप्त हुन्छ ।
रिकार्डोको लगान सिद्धान्त निम्नलिखित मान्यताहरूमा आधारित छ :
रिकार्डोले लगान सिद्धान्तलाई विस्तृत खेती (extensive cultivation) प्रणाली र गहन खेती (intensive cultivation) प्रणालीद्वारा व्याख्या गरेका छन् ।
विस्तृत खेती प्रणाली (Extensive Cultivation)
विस्तृत खेती प्रणालीअनुसार खेती गर्दा सबैभन्दा पहिले सबैभन्दा उर्वर भूमिमा खेती गरिन्छ, त्यसपछि क्रमशः कम उर्वर भूमिमा खेती गरिन्छ । विस्तृत खेती प्रणालीमा लगान निर्धारणका लागि रिकार्डोले कुनै एउटा ठाउँमा समान आकार र क्षेत्रफल भएका जमिनका टुक्राहरूको परिकल्पना गरेका छन्, जहाँ फरक फरक उर्वराशक्ति भएका चार किसिमका जग्गाका टुक्राहरूमा समान मात्रामा पुँजी र श्रमका एकाइ प्रयोग गरी उत्पादन गरिन्छ । उनले जग्गाका टुक्राहरूलाई उच्च उर्वराशक्तिदेखि न्यून उर्वराशक्तिको क्रममा क्रमशः A, B, C र D गरी चार श्रेणीमा विभाजन गरेका छन् ।
अर्थात् उर्वराशक्तिका आधारमा: $$A > B > C > D$$
रिकार्डोका अनुसार A श्रेणीको भूमिमा सबैभन्दा पहिला खेती गरिन्छ । जनसङ्ख्या बढ्दै जाँदा क्रमशः B, C र D श्रेणीको भूमिमा खेती गरिन्छ । D श्रेणीको भूमिलाई सीमान्त भूमि (Marginal Land) मानिएको छ, जसको उत्पादन लागत र उत्पादन बराबर हुन्छ (अर्थात् यसबाट कुनै अतिरिक्त नाफा वा लगान प्राप्त हुँदैन) । सीमान्त भूमिभन्दा बढी उत्पादन दिने भूमिलाई अधिसीमान्त भूमि (Extra-marginal Land) भनिन्छ ।
भूमिको उर्वराशक्तिका आधारमा निर्धारण हुने लगानलाई निम्नलिखित सूत्रबाट गणना गर्न सकिन्छ :
$$\text{लगान (Rent)} = \text{अधिसीमान्त भूमिको उत्पादन} – \text{सीमान्त भूमिको उत्पादन}$$
रिकार्डोको लगान सिद्धान्तको आलोचना (Criticism of Ricardian Theory of Rent)
रिकार्डोको लगान सिद्धान्तका मुख्य आलोचनाहरू निम्नलिखित छन् :
(ख) ब्याज (Interest)
सामान्यतः ब्याज भनेको ऋणीले ऋणदातालाई निश्चित समयावधिसम्म रकम प्रयोग गरेबापत तिर्ने अतिरिक्त भुक्तानी हो । अर्थात् ब्याज भनेको उत्पादन कार्यमा निश्चित समयसम्म पुँजीको प्रयोग गरेबापत तिरिने थप रकम हो । ब्याजलाई विभिन्न अर्थशास्त्रीहरूले फरक फरक किसिमले परिभाषित गरेका छन् ।
अर्थशास्त्री थोमस मेयर (Thomas Mayer) का अनुसार:
“ऋणयोग्य कोषको प्रयोगको मूल्य ब्याज हो (The price for the use of loanable fund is called interest.)।”
अर्थशास्त्री जे.एम. केन्स (J. M. Keynes) का अनुसार:
“ब्याज भनेको एउटा निश्चित अवधिका लागि तरलता परित्याग गरेबापतको पुरस्कार हो (Interest is the reward for parting with liquidity for a specific period of time.)।”
अतः ब्याज भनेको पुँजीको प्रयोग गरेबापत पुँजीको मालिक (ऋणदाता) लाई पुँजी प्रयोग गर्ने व्यक्ति (ऋणी) ले दिने थप भुक्तानी हो ।
ब्याजलाई कुल र खुद ब्याज गरी मुख्य रूपमा दुई भागमा विभाजन गरिएको छ :
(अ) कुल ब्याज (Gross Interest)
पुँजी वा मुद्राको प्रयोग गरेबापत तिरिने जम्मा रकमलाई कुल ब्याज भनिन्छ । अर्थात् कुल ब्याज भनेको पुँजी लिनेले पुँजी दिनेलाई निश्चित समयसम्म पुँजी प्रयोग गरेबापत तिर्ने कुल भुक्तानी हो । चलनचल्तीमा ब्याज भन्नाले कुल ब्याजलाई बुझाउँछ ।
कुल ब्याजमा निम्नलिखित तत्त्वहरू समावेश हुन्छन् :
$$\text{कुल ब्याज} = \text{खुद ब्याज} + \text{जोखिमको प्रतिफल} + \text{व्यवस्थापनको प्रतिफल} + \text{असुविधाको प्रतिफल}$$
जहाँ,
उदाहरणका लागि: तपाईंले साथीलाई दिएको ऋणमा १० प्रतिशत ब्याज लगाउनुभयो । उक्त ऋणमा ५ प्रतिशत खुद ब्याजसहित २ प्रतिशत जोखिमको प्रतिफल, २ प्रतिशत व्यवस्थापनको प्रतिफल र १ प्रतिशत असुविधाको प्रतिफल गरी निर्धारण भएको जम्मा १० प्रतिशत ब्याज नै कुल ब्याज हो ।
(आ) खुद ब्याज (Net Interest)
पुँजी वा मुद्राको प्रयोग गरेबापत तिरिने शुद्ध मूल्यलाई खुद ब्याज भनिन्छ । यसलाई शुद्ध ब्याज पनि भनिन्छ । खुद ब्याजअन्तर्गत जोखिमको प्रतिफल, व्यवस्थापनको प्रतिफल र असुविधाको प्रतिफल समावेश हुँदैनन् । त्यसैले यो कुल ब्याजको एक अंश मात्रै हो ।
उदाहरणका लागि: तपाईंले साथीलाई दिएको रकममा १० प्रतिशत ब्याज लगाउँदा उक्त ब्याजमा २ प्रतिशत जोखिमको प्रतिफल, २ प्रतिशत व्यवस्थापनको प्रतिफल र १ प्रतिशत असुविधाको प्रतिफल घटाउँदा बाँकी रहेको ५ प्रतिशत ब्याज नै खुद ब्याज हो ।
$$\text{खुद ब्याज} = \text{कुल ब्याज} – (\text{जोखिमको प्रतिफल} + \text{व्यवस्थापनको प्रतिफल} + \text{असुविधाको प्रतिफल})$$
कुल ब्याज र खुद ब्याजबिचको भिन्नतालाई तालिका ४.३ मा देखाइएको छ ।
| तालिका ४.३ : कुल ब्याज र खुद ब्याजबिचको भिन्नता | ||
|---|---|---|
| क्र.सं. | कुल ब्याज (Gross Interest) | खुद ब्याज (Net Interest) |
| १. | पुँजी वा मुद्राको प्रयोग गरेबापत तिरिने जम्मा रकमलाई कुल ब्याज भनिन्छ । | पुँजी वा मुद्राको प्रयोग गरेबापत तिरिने शुद्ध रकमलाई खुद ब्याज भनिन्छ । |
| २. | हामीले चलनचल्तीमा प्रयोग गर्ने ब्याज नै कुल ब्याज हो । | यो सैद्धान्तिक अवधारणा हो, जुन साधारणतया चलनचल्तीमा एक्लै प्रयोग हुँदैन । |
| ३. | कुल ब्याजको दर समय, स्थान र अन्य परिस्थितिहरू (जस्तै जोखिम र व्यवस्थापन लागत) मा निर्भर गर्छ । | खुद ब्याजदर सामान्यतः सबै ठाउँमा बराबर हुन्छ । |
| ४. | यसमा खुद ब्याज मात्र नभई जोखिम प्रतिफल, व्यवस्थापन प्रतिफल र असुविधाको प्रतिफल पनि समावेश हुन्छ । | यो केवल पुँजीको प्रयोगको विशुद्ध प्रतिफल हो । यसको गणना गर्दा कुल ब्याजबाट अन्य तत्त्वहरू घटाइन्छ । |
| ५. | यो एउटा व्यापक (broad) अवधारणा हो । | यो एउटा साँघुरो (narrow) अवधारणा हो । |
ब्याजको शास्त्रीय सिद्धान्त (Classical Theory of Interest)
शास्त्रीय अर्थशास्त्रीहरू (आडम स्मिथ, डेविड रिकार्डो, जे.बी. से लगायत) द्वारा प्रतिपादित ब्याजको सिद्धान्तलाई ब्याजको शास्त्रीय सिद्धान्त भनिन्छ । शास्त्रीय सिद्धान्तअनुसार ब्याज भनेको बचत गरेबापतको पुरस्कार हो । ब्याजदर पुँजीको मूल्य हो, जसको निर्धारण पुँजीको माग र पूर्तिको अन्तर्क्रियाद्वारा हुन्छ । यहाँ पुँजीको माग भनेको लगानीको माग हो र पुँजीको पूर्ति भनेको बचतको पूर्ति हो ।
यो सिद्धान्तलाई ब्याजको वास्तविक सिद्धान्त (Real Theory of Interest) पनि भनिन्छ । यस सिद्धान्तअनुसार पुँजीगत वस्तुमा लगानी गर्नका लागि हुने बचतको माग र बचतको पूर्तिद्वारा ब्याजदर निर्धारण हुन्छ । तसर्थ यो सिद्धान्त ‘बचतको माग र बचतको पूर्ति सिद्धान्त’ को नामले पनि लोकप्रिय छ ।
यो सिद्धान्त निम्नलिखित मान्यताहरूमा आधारित छ :
i. लगानीका लागि माग (Demand for Investment / Demand for Capital)
उद्यमी वा लगानीकर्ताले पुँजीगत वस्तुमा लगानी गर्ने इच्छाले पुँजीको माग गर्छन् । बजारमा ब्याजदर धेरै हुँदा लगानीका लागि पुँजीको माग कम हुन्छ भने ब्याजदर कम हुँदा लगानीका लागि पुँजीको माग धेरै हुन्छ । तसर्थ लगानीका लागि गरिने पुँजीको माग र ब्याजदरबिच नकारात्मक वा उल्टो सम्बन्ध हुन्छ ।
$$\text{ब्याजदर} \uparrow\ \implies \text{लगानीका लागि पुँजीको माग} \downarrow$$
$$\text{ब्याजदर} \downarrow\ \implies \text{लगानीका लागि पुँजीको माग} \uparrow$$
ii. बचतको पूर्ति (Supply of Saving)
बचतकर्ताले आफ्नो आम्दानीबाट उपभोग खर्च कटाएर बाँकी रहेको रकम नै बचत हो । बचतकर्ताले ब्याज पाउने अपेक्षाले बचतको पूर्ति गर्छन् । बजारमा ब्याजदर धेरै हुँदा बचतको पूर्ति बढ्छ भने ब्याजदर कम हुँदा बचतको पूर्ति पनि कम हुन्छ । अर्थात् बचतको पूर्ति र ब्याजदरबिच सकारात्मक वा सुल्टो सम्बन्ध हुन्छ ।
$$\text{ब्याजदर} \uparrow\ \implies \text{बचतको पूर्ति} \uparrow$$
$$\text{ब्याजदर} \downarrow\ \implies \text{बचतको पूर्ति} \downarrow$$
iii. ब्याजदरको निर्धारण (Determination of Rate of Interest)
ब्याजको शास्त्रीय सिद्धान्तअनुसार लगानीको माग (Demand for Investment) र बचतको पूर्ति (Supply of Saving) को अन्तर्क्रियाद्वारा सन्तुलित ब्याजदर निर्धारण हुन्छ ।
ब्याजको शास्त्रीय सिद्धान्तको आलोचना (Criticism of Classical Theory of Interest)
ब्याजको शास्त्रीय सिद्धान्तलाई जे. एम. केन्स (J. M. Keynes) र अन्य अर्थशास्त्रीहरूले निम्नलिखित आधारमा आलोचना गरेका छन् :
(ग) ज्याला (Wages)
सामान्यतः कामदार (श्रमिक) लाई काममा लगाएबापत प्रदान गरिने मूल्यलाई ज्याला भनिन्छ। यस्तो काम शारीरिक वा मानसिक हुन सक्छ। ज्याला सम्झौताबमोजिम घण्टा, दिन, महिना आदिका आधारमा भुक्तानी गरिन्छ।
प्रोफेसर बेन्हाम (Prof. Benham) का अनुसार:
“ज्यालालाई रोजगारदाताले कामदारको सेवा लिएबापत सम्झौताबमोजिम भुक्तानी गर्ने जम्मा रकमका रूपमा परिभाषित गर्न सकिन्छ।” (A wage may be defined as the sum of money paid under contract by an employer to worker for services rendered.)
अतः रोजगारदाताले कामदारलाई काममा लगाएबापत गरिएको भुक्तानी नै ज्याला हो। ज्यालालाई मौद्रिक र वास्तविक ज्याला गरी मुख्य रूपमा दुई भागमा विभाजन गरिएको छ :
(अ) मौद्रिक (नगदी) ज्याला (Nominal/Money Wages)
श्रमिकले श्रम गरेबापत मुद्राका रूपमा प्राप्त गर्ने ज्यालालाई मौद्रिक ज्याला भनिन्छ। यसलाई नगदी ज्याला पनि भनिन्छ। यो मौद्रिक एकाइमा मापन गरिन्छ। उदाहरणका लागि कुनै शिक्षकले शिक्षण गरेबापत प्रत्येक महिना रु. ५०,०००/- तलबका रूपमा प्राप्त गर्छन् भने त्यो नगदी ज्याला हो。
(आ) वास्तविक ज्याला (Real Wages)
श्रमिकले श्रम गरेर प्राप्त गर्ने नगदी ज्यालाले खरिद गर्न सक्ने वस्तु तथा सेवाको कुल परिमाण नै वास्तविक ज्याला हो। यसलाई मुद्राको क्रयशक्तिका आधारमा हेरिन्छ। उदाहरणका लागि कुनै शिक्षकले प्रत्येक महिना रु. ५०,००० तलबका रूपमा प्राप्त गरेको नगदी ज्यालाबाट खरिद गरेको वस्तु तथा सेवा नै वास्तविक ज्याला हो। मौद्रिक ज्यालामा थपिने अतिरिक्त सुविधा (fringe benefits or employee benefits) लाई समेत वास्तविक ज्याला भनिन्छ।
वास्तविक ज्यालादर निर्धारण गर्ने सूत्र यसप्रकार छ :
$$\text{वास्तविक ज्यालादर (Real Wage Rate)} = \frac{\text{मौद्रिक ज्याला (Money Wage)}}{\text{मूल्यस्तर (Price Level)}} \times 100$$
वास्तविक ज्यालादरलाई निर्धारण गर्ने तत्त्वहरू (Factors Affecting Real Wages)
वास्तविक ज्यालालाई निर्धारण गर्ने केही प्रमुख तत्त्वहरू निम्नानुसार रहेका छन् :
नगदी र वास्तविक ज्यालाबिचको भिन्नतालाई तालिका ४.५ मा देखाइएको छ।
| तालिका ४.५ : नगदी र वास्तविक ज्यालाबिचको भिन्नता | |
|---|---|
| नगदी ज्याला | वास्तविक ज्याला |
| १. मुद्राका रूपमा प्राप्त गर्ने ज्यालालाई नगदी ज्याला भनिन्छ। | १. नगदी ज्यालाको क्रयशक्तिका आधारमा निर्धारण गरिने ज्यालालाई वास्तविक ज्याला भनिन्छ। |
| २. यसले श्रमिकको कल्याणलाई बेवास्ता गर्छ। | २. यसले श्रमिकको कल्याणलाई वास्ता गर्छ। |
| ३. यो सङ्कुचित अवधारणा हो। | ३. यो फराकिलो अवधारणा हो। |
| ४. यसको उद्देश्य श्रमिकले गरेको कामको क्षतिपूर्ति दिनु हो। | ४. यसको उद्देश्य मुद्राको क्रयशक्ति दृष्टिगत गरी ज्याला कायम गर्नु हो। |
| ५. यसअन्तर्गत नगदी ज्यालाबाहेक अन्य तत्त्वहरू समावेश हुँदैनन्। | ५. यसअन्तर्गत नगदी ज्यालाका साथै अन्य प्रोत्साहनसमेत समावेश हुन्छन्। |
ज्यालाको जीवन निर्वाह सिद्धान्त (Subsistence Theory of Wages)
ज्यालाको जीवन निर्वाहको सिद्धान्तको प्रतिपादन डेभिड रिकार्डो (David Ricardo) र अन्य शास्त्रीय अर्थशास्त्रीहरूले गरेका हुन्। यो सिद्धान्तलाई जर्मन समाजवादी दार्शनिक फर्डिनान्ड लसाले (Ferdinand Lassalle) ले “ज्यालाको फलामे सिद्धान्त” (Iron Law of Wages) भनी नामकरण गरेका थिए। यो सिद्धान्तअनुसार श्रमिकलाई भुक्तान गरिने ज्याला उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न मात्र पुग्ने हुनुपर्छ। श्रमिकका आधारभूत आवश्यकता पूरा गर्न चाहिने न्यूनतम ज्यालालाई जीवन निर्वाहस्तरको ज्याला भनिन्छ।
यदि श्रमिकलाई दिइने ज्याला निर्वाहस्तरभन्दा बढी भएमा उनीहरूको जीवन समृद्ध हुन्छ। यसको कारण उनीहरू छिटो विवाह तथा बहुविवाह गरी बढी सन्तान जन्माउन प्रोत्साहित हुन्छन् र यसले जनसङ्ख्यामा वृद्धि हुन्छ। परिणामस्वरूप श्रमिकको पूर्तिमा वृद्धि हुन्छ। श्रमिकको मागभन्दा पूर्ति बढी भई श्रमिकहरूबिच कामका लागि प्रतिस्पर्धा हुन्छ र श्रमिकहरू कम ज्यालामा काम गर्न तयार हुन्छन्। अन्ततः दीर्घकालमा ज्याला घटेर जीवन निर्वाहस्तरमा पुग्छ।
$$\text{ज्याला बढी भएमा} \rightarrow \text{श्रमिक सम्पन्न भई विवाह गरी सन्तान बढ्ने} \rightarrow \text{जनसङ्ख्या वृद्धि हुने} \rightarrow \text{श्रमिकको आपूर्ति बढ्ने} \rightarrow \text{श्रमिकबिच प्रतिस्पर्धा बढ्ने} \rightarrow \text{ज्याला घट्ने र निर्वाहस्तरमा नै आउने}$$
यदि श्रमिकलाई दिइने ज्याला निर्वाहस्तरभन्दा कम भएमा उनीहरूको जीवन कष्टकर हुन्छ। यस कारण उनीहरूमा विवाह गर्ने र सन्तान जन्माउने इच्छामा कमी आउँछ। साथै गरिबी, भोकमरी, कुपोषण आदिले ग्रस्त भई जनसङ्ख्या घट्छ। परिणामस्वरूप श्रमिकको पूर्तिमा कमी हुन्छ। श्रमिकको मागभन्दा पूर्ति कम हुन गई उद्यमीहरूबिच श्रमिक प्राप्तिका लागि प्रतिस्पर्धा हुन्छ र ज्याला बढाउन तयार हुन्छन्। अन्ततः दीर्घकालमा ज्याला बढेर जीवन निर्वाहस्तरमा पुग्छ।
$$\text{ज्याला कम भएमा} \rightarrow \text{श्रमिकको जीवनस्तर कमजोर हुने, रोग, भोकमरी, मृत्युसम्म हुने} \rightarrow \text{जनसङ्ख्या घट्ने} \rightarrow \text{श्रमिक आपूर्तिमा कमी आउने} \rightarrow \text{ज्याला बढेर जीवन निर्वाहको स्तरमा पुग्ने}$$
यसरी जीवन निर्वाहस्तरभन्दा बढी अथवा कम ज्याला भए पनि अन्ततः दीर्घकालमा जीवन निर्वाहस्तरमा नै ज्याला कायम हुन जान्छ।
ज्यालाको जीवन निर्वाह सिद्धान्तको आलोचना (Criticism of Subsistence Theory of Wages)
ज्यालाको जीवन निर्वाह सिद्धान्तलाई निम्नलिखित आधारहरूमा आलोचना गरिएको छ :
(घ) नाफा (Profit)
सामान्यतः उद्यमीले उद्यमशीलता गरेबापत प्राप्त गर्ने आय नाफा हो। यो उद्यमीको मूल्य पनि हो। उत्पादन वा व्यवसायमा जोखिम वहन गरेबापत उद्यमीले नाफा प्राप्त गर्छ। पुँजीवादी अर्थतन्त्रमा नाफा उद्यमीको उत्प्रेरणाको स्रोत हो।
हेनरी ग्रेसन (Henry Grayson) का अनुसार:
“नाफालाई आविष्कारबापतको पुरस्कार, जोखिम तथा अनिश्चितता र बजार अपूर्णता स्वीकार गरेबापतको पुरस्कारका रूपमा लिन सकिन्छ।” (Profit may be considered as a reward for making innovations, a reward for accepting risk and uncertainties, and market imperfections.)
जाकोब ओसर (Jacob Oser) का अनुसार:
“नाफा भनेको व्यवसायमा सम्पूर्ण व्यक्त र अव्यक्त ज्याला, ब्याज, लगान तिरेर बचेको आम्दानी हो।” (Profit is the residual income of the business after all explicit and implicit wages, interest and rent have been met.)
उचित नाफा उद्यमीको परिश्रम र उद्यमशीलताको प्रतिफल मानिन्छ। उत्पादनका अन्य साधनहरूको मूल्य भुक्तानी गरिसकेपछि बाँकी रहने रकम नाफा हो। अन्य साधनको मूल्य, जस्तै: लगान, ब्याज र ज्याला पूर्वनिर्धारित र सधैं धनात्मक हुन्छन्। तर नाफा पूर्वनिर्धारित हुँदैन। यो धनात्मक, शून्य वा ऋणात्मक पनि हुन सक्छ। ऋणात्मक स्थितिलाई घाटा वा नोक्सान भनिन्छ।
नाफालाई कुल र खुद नाफा गरी दुई भागमा विभाजन गरिएको छ :
(अ) कुल नाफा (Gross Profit)
सामान्यतः नाफा शब्दले कुल नाफालाई जनाउँछ। यसलाई व्यावसायिक नाफा पनि भनिन्छ। उत्पादन प्रक्रियामा हुने सबै प्रत्यक्ष खर्च कटौती गरेपछि बाँकी रहेको नाफा कुल नाफा हो। कुल नाफा भनेको कुल आय र व्यक्त लागतबिचको अन्तर पनि हो। उत्पादन कार्यमा उद्यमीले आफ्नो स्वामित्वमा नभएका साधनलाई गरेको भुक्तानी व्यक्त लागत हो। यसलाई सूत्रमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :
$$\text{कुल नाफा (Gross Profit)} = \text{कुल आय (Total Revenue)} – \text{व्यक्त लागत (Explicit Cost)}$$
(आ) खुद नाफा (Net Profit)
अर्थशास्त्रमा नाफा भन्नाले खुद नाफा भन्ने बुझिन्छ। यो कुल नाफा र अव्यक्त लागतबिचको अन्तर हो। उद्यमीको स्वामित्वमा रहेका उत्पादनका साधन जसको प्रयोगबापत प्रत्यक्ष भुक्तानी गर्नु पर्दैन त्यस्तो लागतलाई अव्यक्त लागत भनिन्छ। खुद नाफालाई वास्तविक वा शुद्ध नाफा पनि भनिन्छ。
$$\text{खुद नाफा (Net Profit)} = \text{कुल नाफा (Gross Profit)} – \text{अव्यक्त लागत (Implicit Cost)}$$
कुल नाफा र खुद नाफाबिचको भिन्नतालाई तालिका ४.६ मा देखाइएको छ।
| तालिका ४.६ : कुल नाफा र खुद नाफाबिच भिन्नता | |
|---|---|
| कुल नाफा | खुद नाफा |
| १. उत्पादन प्रक्रियामा हुने सबै प्रत्यक्ष खर्च कटौती गरेपछि बाँकी रहेको नाफा कुल नाफा हो। | १. उत्पादन प्रक्रियामा हुने सबै प्रत्यक्ष र अप्रत्यक्ष खर्च कटौती गरेपछि बाँकी रहेको नाफा खुद नाफा हो। |
| २. व्यवसायको नाफा अनुमान गर्नु यसको मुख्य उद्देश्य हो। | २. व्यवसायको कार्यसम्पादन निर्धारण गर्नु यसको मुख्य उद्देश्य हो। |
| ३. यो कुल आय र व्यक्त लागतबिचको अन्तर हो। | ३. यो कुल नाफा र अव्यक्त लागतबिचको अन्तर हो। |
| ४. कुल नाफा व्यापक अवधारणा हो। | ४. खुद नाफा सङ्कुचित अवधारणा हो। |
| ५. कुल नाफा उद्यमीको जोखिमका साथै समन्वय तथा सङ्गठनको प्रतिफल हो। | ५. खुद नाफा उद्यमीको जोखिमको प्रतिफल हो। |
नाफाको जोखिम वहन सिद्धान्त (Risk Bearing Theory of Profit)
यो सिद्धान्त अमेरिकी अर्थशास्त्री एफ. वि. हावले (F. B. Hawley) ले सन् १८९३ मा प्रतिपादन गरेका हुन्। उनका अनुसार:
“उद्यमको नाफा भनेको व्यवस्थापन वा समन्वयको पुरस्कार नभएर जोखिम र जिम्मेवारीको पुरस्कार हो।” (The profit of an undertaking is not the reward of management or coordination but of the risk and responsibility.)
यस सिद्धान्तअनुसार जोखिम वहन गर्नु उद्यमीको प्राथमिक र सबैभन्दा महत्त्वपूर्ण कार्य हो। यदि उद्यमीले जोखिम लिँदैन भने नाफा पनि हुँदैन। उद्यमीहरूले उच्च नाफाको अपेक्षाका कारणले जोखिम लिन्छन्। यदि कुनै उद्यमीले सामान्य प्रतिफल मात्र अपेक्षा गर्छ भने ऊ जोखिम लिन इच्छुक छैन भन्ने बुझिन्छ। उच्च जोखिममा नाफाको सम्भावना बढी हुन्छ भने न्यून जोखिममा नाफाको सम्भावना पनि न्यून हुन्छ।
नाफाको जोखिम वहन सिद्धान्तको आलोचना (Criticism of Risk Bearing Theory of Profit)
नाफाको जोखिम वहन सिद्धान्तका केही आलोचनाहरू निम्नानुसार छन् :
२. अभ्यास (Exercise) – समाधानसहित
अति छोटो उत्तर आउने प्रश्नहरू [1 Mark]
३. अभ्यास: छोटो उत्तर आउने प्रश्नहरू [5 Marks]
आलोचनाका ५ बुँदाहरू:
निर्धारण गर्ने तत्त्वहरू:
यदि ज्याला निर्वाहस्तरभन्दा बढी भयो भने, श्रमिकहरू समृद्ध भई धेरै सन्तान जन्माउँछन्, जसले गर्दा जनसङ्ख्या बढ्छ र श्रमको आपूर्ति बढेर ज्याला पुनः घटेर निर्वाहस्तरमै आउँछ। यसको विपरीत, ज्याला निर्वाहस्तरभन्दा कम भएमा गरिबी, भोकमरी र रोगले जनसङ्ख्या घट्छ, श्रम आपूर्ति कम हुन्छ र उद्यमीहरूबिच प्रतिस्पर्धा भई ज्याला बढेर फेरि निर्वाहस्तरमै पुग्छ। यसरी दीर्घकालमा ज्याला सधैँ जीवन निर्वाहस्तरमै रहिरहन्छ भन्ने यस सिद्धान्तको मान्यता हो।
कुनै पनि व्यवसायमा जोखिम लिनु उद्यमीको प्राथमिक र सबैभन्दा महत्त्वपूर्ण कार्य हो। यदि उद्यमीले जोखिम उठाउँदैन भने उसले नाफा पनि कमाउन सक्दैन। उच्च जोखिम हुने क्षेत्रमा नाफाको सम्भावना बढी हुन्छ भने न्यून जोखिममा नाफाको सम्भावना पनि न्यून हुन्छ। तसर्थ, नाफा जोखिम वहन गरेबापत उद्यमीलाई प्राप्त हुने पुरस्कार हो।
४. लामो उत्तर आउने प्रश्नहरू [8 Marks]
मान्यताहरू: लगान भूमिबाट मात्र प्राप्त हुन्छ, भूमिको पूर्ति स्थिर हुन्छ, भूमिको उर्वरतामा विविधता हुन्छ र कृषिको प्रतिफल ह्रास नियम लागु हुन्छ。
विस्तृत खेती प्रणाली र तालिकाद्वारा व्याख्या: रिकार्डोका अनुसार किसानले सबैभन्दा पहिला धेरै उर्वर जमिनमा खेती गर्छ। जनसङ्ख्या बढ्दै जाँदा कम उर्वर भूमिमा खेती गर्नुपर्ने हुन्छ। उनले जग्गालाई उर्वराशक्तिका आधारमा A, B, C र D श्रेणीमा बाँडेका छन्। D श्रेणी सीमान्त भूमि हो जहाँ उब्जनी र उत्पादन लागत बराबर हुन्छ (अर्थात् लगान शून्य हुन्छ)। सीमान्त भूमि (D) भन्दा बढी उब्जनी दिने A, B र C अधिसीमान्त भूमि हुन्, जहाँबाट लगान प्राप्त हुन्छ。
$$\text{लगान} = \text{अधिसीमान्त भूमिको उत्पादन} – \text{सीमान्त भूमिको उत्पादन}$$
| जग्गाको श्रेणी | कुल उब्जनी (उत्पादन) | सीमान्त भूमिको उब्जनी (लागत) | लगान (अतिरिक्त उब्जनी) |
|---|---|---|---|
| A | २० के.जी. | ५ के.जी. | २० – ५ = १५ के.जी. |
| B | १५ के.जी. | ५ के.जी. | १५ – ५ = १० के.जी. |
| C | १० के.जी. | ५ के.जी. | १० – ५ = ५ के.जी. |
| D | ५ के.जी. | ५ के.जी. | ५ – ५ = ० (लगानहीन) |
रेखाचित्रको व्याख्या: रेखाचित्रको X-अक्षमा जग्गाको श्रेणी (A, B, C, D) र Y-अक्षमा उत्पादन (के.जी.मा) राख्दा, सीमान्त भूमि D को उत्पादन ५ के.जी. हुन्छ जसले उत्पादन लागतलाई मात्र ढाक्छ। यसभन्दा माथिको उत्पादन (A को १५, B को १० र C को ५ के.जी.) नै लगान हो जसलाई रेखाचित्रमा छाया पारेर देखाइन्छ। सीमान्त भूमि D ले कुनै लगान दिँदैन।
प्रकृतिले हरेक भूमिलाई एउटै उर्वरता दिएको हुँदैन। कुनै भूमि धेरै उब्जनी दिने ‘मौलिक शक्ति’ बोकेको हुन्छ भने कुनै बलौटे वा कम उर्वर हुन्छ। भूमिको यो उब्जाउ शक्तिलाई मानिसले पूर्ण रूपमा नाश गर्न सक्दैन, त्यसैले यसलाई ‘अविनाशी शक्ति’ भनिएको हो। जब किसान (मोही) ले उच्च उर्वर भएको जग्गामा खेती गर्छ, उसले कम उर्वर भएको जग्गा (सीमान्त भूमि) भन्दा एउटै लागतमा धेरै उत्पादन निकाल्न सक्छ। त्यो बढी निस्किएको उत्पादन नै भूमिको त्यही ‘मौलिक र अविनाशी’ उर्वर शक्तिको नतिजा हो। जग्गाधनीले आफ्नो जग्गामा त्यस्तो प्राकृतिक शक्ति भएकै कारणले किसानसँग अतिरिक्त मूल्य वा उब्जनीको हिस्सा माग्छ। यसरी सीमान्त भूमि (जहाँ लागत ক্ষমতায় र उत्पादन बराबर हुन्छ) भन्दा बढी उब्जनी दिने जग्गाको प्रयोग गरेबापत त्यसको प्राकृतिक गुण वा उत्पादकत्वको लागि मोहीले जग्गाधनीलाई बुझाउने अतिरिक्त मूल्य नै लगान हो।
| ब्याजदर (%) | लगानी माग (रु. हजारमा) | बचतको पूर्ति (रु. हजारमा) | अवस्था / सम्बन्ध |
|---|---|---|---|
| २% | २५० | ५० | लगानीको माग > बचतको पूर्ति |
| ४% | २०० | १०० | लगानीको माग > बचतको पूर्ति |
| ६% | १५० | १५० | माग = पूर्ति (सन्तुलन) |
| ८% | १०० | २०० | लगानीको माग < बचतको पूर्ति |
| १०% | ५० | २५० | लगानीको माग < बचतको पूर्ति |
तालिकाले देखाएजस्तै, जब ब्याजदर २% हुन्छ, माग (२५०) पूर्ति (५०) भन्दा धेरै हुन्छ, जसले ब्याजदरलाई माथि धकेल्छ। जब ब्याजदर १०% हुन्छ, पूर्ति (२५०) माग (५०) भन्दा धेरै हुन्छ, जसले ब्याजदर तल झार्छ। तर ६% ब्याजदरमा लगानीको माग र बचतको पूर्ति दुवै १५०-१५० हजार भएर बराबर भएका छन्। त्यसैले ६ प्रतिशत नै सन्तुलित ब्याजदर हो।
रेखाचित्रको व्याख्या: रेखाचित्रमा X-अक्षमा लगानी माग र बचत पूर्ति तथा Y-अक्षमा ब्याजदर राखिन्छ। तलतिर झुकेको लगानी माग वक्ररेखा (II) र माथितिर गएको बचत पूर्ति वक्ररेखा (SS) एकआपसमा विन्दु E मा काटिन्छन्। यही E विन्दु सन्तुलन विन्दु हो, जसले ६% सन्तुलित ब्याजदर र १५० हजार सन्तुलित रकम निर्धारण गर्छ।
५. थप अभ्यास
(Additional Exercises)
खण्ड ‘क’: अति सङ्क्षिप्त प्रश्नोत्तरहरू (Very Short Answer Questions)
खण्ड ‘ख’: सङ्क्षिप्त तथा लामो उत्तर आउने प्रश्नहरू (Short & Long Answer Questions)
| तुलनाको आधार | मौद्रिक ज्याला (Money Wages) | वास्तविक ज्याला (Real Wages) |
|---|---|---|
| १. अर्थ | श्रमिकले श्रम गरेबापत नगद वा मुद्राका रूपमा पाउने रकम हो। | प्राप्त मौद्रिक ज्यालाले किन्न सक्ने वस्तु/सेवा र अतिरिक्त सुविधाहरूको योग हो। |
| २. मापन | यसलाई सिधै मौद्रिक एकाइ (जस्तै: रुपैयाँ) मा नापिन्छ। | यसलाई मुद्राको क्रयशक्ति (Purchasing Power) को आधारमा नापिन्छ। |
| ३. अवधारणा | यो ज्यालाको सङ्कुचित (साँघुरो) अवधारणा हो। | यो ज्यालाको फराकिलो अवधारणा हो। |
| ४. जीवनस्तर | यसले श्रमिकको वास्तविक जीवनस्तर चित्रण गर्न सक्दैन। | यसले श्रमिकको वास्तविक जीवनस्तर र अवस्था चित्रण गर्दछ। |
| ५. थप सुविधाहरू | यसमा नगदबाहेक अन्य कुनै पनि सुविधाहरू समावेश हुँदैनन्। | यसमा आवास, खाना, यातायात जस्ता थप सुविधाहरू पनि समावेश हुन्छन्। |
यस सिद्धान्तलाई प्रोफेसर एफ. एच. नाइटले सन् १९२१ मा अघि सारेका हुन्। यस सिद्धान्तका अनुसार उद्यमीले नाफा सामान्य जोखिम मोलेबापत होइन, बरु व्यवसायमा आउने ‘अनिश्चितता’ (Uncertainty) को सामना गरेबापत प्राप्त गर्छ। नाइटले व्यावसायिक जोखिमलाई दुई भागमा बाँडेका छन्:
📚 Also Read: Class 10 SEE Notes
Compulsory Subjects
Optional Subjects
