Class 10 Economics (अर्थशास्त्र)
पाठ ३: पर्यटन उद्योग (Tourism Industry)
SEE board exam तयारीका लागि: पूर्ण सैद्धान्तिक नोट र अभ्यासका सम्पूर्ण प्रश्नोत्तरहरू
Welcome to the complete study guide on Tourism Industry (पर्यटन उद्योग) under Nepal’s Economy. This is Chapter 3 of Unit 5 for Class 10 Economics students in Nepal preparing for their SEE board exams.
Here you will find structured theoretical notes on the concept of tourism, its present state in Nepal, sustainable tourism, its importance, problems, and solutions, along with fully solved textbook exercises.
Explore our complete study list here: Class 10 Economics Notes.
१. सैद्धान्तिक अवधारणा (Theoretical Concept)
परिचय
नेपाल अनुपम प्राकृतिक सौन्दर्य र प्रचुर जैविक विविधताले भरिपूर्ण मुलुक हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशका रूपमा पनि विश्वका सामु परिचित छ । नेपाल विशेषतः मनोरञ्जन, पर्वतारोहण र पदयात्रा पर्यटन तथा तीर्थयात्रा पर्यटनका लागि विश्वकै एक प्रमुख पर्यटकीय गन्तव्य हो ।
(क) पर्यटन उद्योगको परिचय (Introduction to Tourism Industry)
पर्यटन उद्योग सेवामूलक उद्योगभित्र पर्ने मुलुकको अर्थतन्त्रको एक प्रमुख आधार हो । मानिस विभिन्न उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा घुमफिर गर्छन् । यसरी घुमफिर गर्ने कार्यलाई पर्यटन भनिन्छ र घुमफिर गर्ने मानिसलाई पर्यटक भनिन्छ । कुनै देशका नागरिक आफ्नै देशभित्र भ्रमण गर्छन् भने तिनीहरू आन्तरिक पर्यटक हुन् र अर्को देशमा गएर भ्रमण गर्छन् भने तिनीहरू बाह्य पर्यटक हुन् ।
संयुक्त राष्ट्र सङ्घको विश्व पर्यटन सङ्गठन (United Nation World Tourism Organization – UNWTO) अनुसार पर्यटनलाई फुर्सद, व्यवसाय र अन्य उद्देश्यका लागि एक वर्षभन्दा कम समयसम्म आफ्नो सामान्य वातावरण बाहिर यात्रा गर्ने र बस्ने व्यक्तिहरूको गतिविधिलाई पर्यटन भनिन्छ ।
पर्यटकहरूलाई सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएका होटल, रेस्टुरेन्ट, यातायात, हवाई सेवा, ट्राभल एजेन्सी, गाइड सेवालगायतका सेवामूलक उद्योगहरूलाई पर्यटन उद्योग भनिन्छ ।
दिगो पर्यटन (Sustainable Tourism) का तीन पक्षहरू :
यसमा पर्यटकका लागि बसोबास, खानपान, यात्रा, मनोरञ्जन र सांस्कृतिक अनुभव आदि जस्ता सेवाहरू उपलब्ध हुन्छन् ।
(ख) नेपालमा पर्यटन उद्योगको वर्तमान अवस्था (Current Situation of Tourism Industry in Nepal)
नेपालमा पर्यटन उद्योगको विद्यमान अवस्था दृष्टिगत गर्दा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या आ.व. 2080/81 को तुलनामा आ.व. 2081/82 मा 1.7 प्रतिशतले वृद्धि भएको छ । साथै पर्यटकको सरदर औसत बसाइ अवधि करिब 13 दिन र प्रतिदिन औसत पर्यटक खर्च झन्डै 40 अमेरिकी डलर रहेको छ । सन् 2023 मा कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान 6.7 प्रतिशत रहेकामा सन् 2024 मा योगदान बढेर 7 प्रतिशत पुगेको छ । (स्रोत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, 2024)
त्यसै गरी नेपाल पर्यटन बोर्डको तथ्याङ्क हेर्दा नेपालमा सन् 2024 मा आउने पर्यटकमध्ये 40 प्रतिशत भारतबाट आएको देखिन्छ । चीनबाट करिब 9 प्रतिशत, अमेरिका र श्रीलङ्काबाट 7 प्रतिशत र बङ्गलादेशबाट 5 प्रतिशत देखिन्छ । सोही अवधिको तथ्याङ्क हेर्दा कुल पर्यटकमध्ये झन्डै 60 प्रतिशत मनोरञ्जनका लागि, 16 प्रतिशत तीर्थयात्राका लागि, 15 प्रतिशत पदयात्राको लागि र 10 प्रतिशत अन्य उद्देश्यका लागि नेपाल भ्रमण गरेको तथ्य देखिन्छ ।
(ग) दिगो पर्यटनको परिचय (Introduction to Sustainable Tourism)
वर्तमान पुस्ताका साथै भावी पुस्ताको आवश्यकतासमेत पूरा गर्ने गरी सञ्चालन गरिने पर्यटकीय गतिविधिलाई दिगो पर्यटन भनिन्छ । यस्तो पर्यटकीय गतिविधिले वातावरण संरक्षण, स्थानीय संस्कृति र परम्पराको सम्मान, समुदायको सहभागिता, आर्थिक लाभको न्यायोचित वितरणका पक्षमा जोड दिन्छ । त्यस्तै पर्यटकलाई सचेत र शिक्षित बनाउने पक्षमा पनि जोड दिन्छ । यसले पर्यटकीय सेवा सुविधालाई वातावरणसँग एकीकरण गर्नुपर्ने पक्षमा जोड दिएको छ ।
विश्व पर्यटन सङ्गठनका अनुसार दिगो पर्यटनमा निम्नलिखित पक्षहरू समावेश हुन्छन् :
अतः दिगो पर्यटन एक नवीन धारणा हो । यसले वातावरणमैत्री पर्यटनलाई प्रवर्धन गर्छ । सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण गर्छ र स्थानीय समुदायहरूलाई सबल बनाउँछ ।
(घ) नेपालमा दिगो पर्यटनको महत्त्व (Importance of Sustainable Tourism)
दिगो पर्यटनले नेपालको विकासमा विशेष योगदान दिन सक्छ । विश्वमा जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गरी यसबाट प्राप्त लाभ समान रूपमा वितरण गर्नु नै दिगो पर्यटनको मूल उद्देश्य हो । विश्व पर्यटन दिवस 2025 को नारा : पर्यटन र दिगो रूपान्तरण (tourism and sustainable transformation) ले पनि दिगो पर्यटनलाई जोड दिएको छ । नेपालको सन्दर्भमा दिगो पर्यटनको महत्त्वलाई निम्नानुसार वर्णन गरिएको छ :
(ङ) नेपालमा दिगो पर्यटन विकासका समस्या र समाधानका उपाय (Problems and Measures to Solve Problems of Sustainable Tourism Development in Nepal)
नेपालको सन्दर्भमा दिगो पर्यटनको समस्या र समाधानका उपायहरूलाई तलको तालिकामा प्रस्तुत गरिएको छ :
| आधार | समस्या | समाधानका उपाय |
|---|---|---|
| 1. वातावरण | पर्यटकीय स्थलमा प्लास्टिकजन्य, धातुजन्य, मानव अवशेषलगायतका फोहोर तथा प्रदूषणले वातावरण र पर्यावरणमा असर गरेको छ । | पर्यटकीय स्थलमा फोहोर नफ्याँक्ने र तिनको उचित व्यवस्थापनका लागि साधनस्रोतको पुनः प्रयोग (reuse), पुनः चक्र (recycle) र न्यूनीकरण (reduce) मा जोड दिनुपर्छ । |
| 2. पूर्वाधार | पर्यटकीय पूर्वाधारहरू, जस्तै: सडक, विमानस्थल, होटल, लज, यातायातका साधन, सूचना प्रणालीलगायतका पूर्वाधार अपर्याप्त छन् । | दीर्घकालीन सोचका साथ पर्यावरणमैत्री पूर्वाधार विकासमा जोड दिनुपर्छ जस्तै : विद्युतीय यातायात, इको लज आदि । |
| 3. नीतिनियम | पर्यटनसँग सम्बन्धित नीतिमा एकरूपता नरहेकाले पर्यटनसँग सम्बन्धित विभिन्न निकाय र स्थानीय समुदायबिच समन्वयको अभाव छ । | दिगो पर्यटनलाई आत्मसात् गरी अन्तरनिकाय समन्वय बढाउनुपर्छ । यसका लागि नीतिगत स्पष्टता आवश्यक छ । |
| 4. प्राकृतिक स्रोत | पर्यटकीय क्षेत्रमा रहेका प्राकृतिक स्रोतसाधनको अविवेकशील उपभोगले पारिस्थितिकी प्रणालीमा असन्तुलन ल्याएको छ । | प्राकृतिक स्रोत संरक्षणका लागि पर्यटनको आयबाट प्राप्त रकमको निश्चित भागलाई प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापनमा अनिवार्य प्रयोग गर्नुपर्छ । |
| 5. पहुँच | पर्यटकीय स्थलहरूमा सबैतिर आपत्कालीन उद्धार र सेवाको पहुँच न्यून देखिन्छ । | पर्यटकीय स्थलहरूमा सुचना तथा सञ्चार प्रणाली प्रभावकारी बनाई आपत्कालीन उद्धार गर्न जनशक्ति परिचालन गर्नुपर्छ । |
| 6. सहभागिता | पर्यटनसँग सम्बन्धित योजना निर्माण तथा व्यवस्थापनमा समुदायको सहभागिता अपेक्षाजनक देखिदैन । यसले गर्दा स्थानीय समुदायले उचित लाभ प्राप्त गर्न सकेका छैनन् । | सामुदायिक सहभागिता बढाउन स्थानीय समुदायलाई प्रशिक्षण, रोजगारी तथा निर्णय प्रक्रियामा सहभागी गराई लाभको समान वितरण गर्नुपर्छ । |
२. अभ्यास (Exercise) – समाधानसहित
अति छोटो उत्तर आउने प्रश्नहरू [1 Mark]
३. अभ्यास: छोटो उत्तर आउने प्रश्नहरू [5 Marks]
उदाहरण: पर्यटक बस्ने होटल तथा रिसोर्टहरू, घुमाउने ट्राभल एजेन्सी र ट्रेकिङ कम्पनीहरू, हवाई सेवा, पर्यटक पथप्रदर्शक (Guide) सेवा र होमस्टे आदि पर्यटन उद्योगका उदाहरण हुन्।
४. लामो उत्तर आउने प्रश्नहरू [8 Marks]
नेपालको सन्दर्भमा दिगो पर्यटनका समस्याहरू: नेपालमा दिगो पर्यटन विकासका सन्दर्भमा देखिएका मुख्य समस्याहरूको सूची निम्न प्रकार छ:
पर्यटकीय स्थलको परिचय (नमुना): मेरो नगरपालिका/गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल ‘स्थानीय होमस्टे तथा प्राकृतिक ताल क्षेत्र’ हो। यो स्थल सुन्दर हरियाली डाँडाकाँडा र स्वच्छ तालको बिचमा अवस्थित छ। यहाँ प्राकृतिक सौन्दर्यको अवलोकनका साथै स्थानीय जातजातिको मौलिक संस्कृति, परम्परागत खानपान र न्यानो आतिथ्यताको अनुभव गर्न स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्दछन्।
दिगो पर्यटनका दृष्टिले उक्त स्थलको विकासमा स्थानीय समुदायको भूमिका (मेरो विचारमा): दिगो पर्यटनको मुख्य आधार नै स्थानीय समुदाय हो। उक्त पर्यटकीय स्थललाई वातावरणमैत्री र दीर्घकालीन रूपमा विकास गर्न स्थानीय समुदायले निम्न भूमिका निर्वाह गर्न सक्छन्:
📚 Also Read: Class 10 SEE Notes
Compulsory Subjects
Optional Subjects
