एकाइ ६: विश्वको इतिहास
पाठ ३: औद्योगिक क्रान्ति
यस पाठमा हामीले औद्योगिक क्रान्ति (Audyogik Kranti) र यसले विश्वमा पारेको प्रभावबारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। १८ औं शताब्दीमा बेलायतबाट सुरु भएको यो क्रान्तिले उत्पादन, यातायात, र सामाजिक संरचनामा आमूल परिवर्तन ल्यायो। यसले आधुनिक विश्वको जग बसाल्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
Audyogik Kranti
अभ्यासका विषयहरू
१. औद्योगिक क्रान्तिले विश्वमा पारेको प्रभावहरूको बुँदागत रूपमा व्याख्या गर्नुहोस्।
उत्तर: १८ औं शताब्दीको मध्यबाट बेलायतमा सुरु भई १९ औं शताब्दीको मध्यसम्म क्रमशः युरोप हुँदै विश्वभर फैलिएको एक महान, अभूतपूर्व, रक्तहीन र विश्व-परिवर्तन गर्न सफल औद्योगिक क्रान्ति (Industrial Revolution) का दुवै सकारात्मक र नकारात्मक प्रभावहरू छन्।
महान औद्योगिक क्रान्तिका सकारात्मक प्रभावहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:
- ठूला-ठूला कलकारखानाहरूको उदय।
- ठूला-ठूला औद्योगिक नगरहरूको स्थापना।
- उत्पादन र उत्पादकत्वमा वृद्धि।
- मानवीय जीवनयापनमा सुधार।
- स्वतन्त्र व्यापार सिद्धान्तको जन्म र वैदेशिक व्यापारमा वृद्धि।
- राष्ट्रिय अर्थतन्त्रमा वृद्धि।
- ट्रेड युनियन अधिकार (Trade Union Rights) को जन्म।
- यातायात प्रणालीको विकास।
- ठूला-ठूला वैज्ञानिक खोज अनुसन्धानको विकास आदि।
औद्योगिक क्रान्ति एक महान क्रान्ति हुँदाहुँदै पनि यसका पछाडि निम्न नकारात्मक प्रभावहरू रहेका छन्:
- मजदुरहरूको दयनीय अवस्था।
- बेरोजगारी समस्याको उत्पत्ति।
- घरेलु र कुटिर उद्योग-धन्दाको अन्त्य।
- समाजमा दुई वर्ग (पुँजीपति र मजदुर) को उदय।
- वर्ग संघर्षको बीजारोपण।
- साम्राज्यवादको विस्तार र उपनिवेशवाद (Colonialism) को जन्म।
- औद्योगिक पुँजीवादको जन्म।
२. उपनिवेशको सुरुवात र औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख गर्नुहोस्।
उत्तर: उपनिवेशको सुरुवात औद्योगिक क्रान्तिको क्रममा व्यापारिक गन्तव्यको खोजीमा भएको थियो। औद्योगिकीकरणमा वस्तुको बिक्रीका लागि बजार प्राप्त हुने र अर्कातर्फ उद्योगका लागि आवश्यक कच्चा पदार्थहरू सहज रूपमा प्राप्त हुने हुँदा उपनिवेशको सुरुवात भएको पाइन्छ।
१८ औं र १९ औं शताब्दीको मध्यमा बेलायतमा भएको Audyogik Kranti को प्रभाव सम्पूर्ण विश्वमा पर्यो। बेलायतको औद्योगिक क्रान्तिको प्रभाव पर्ने मुलुकहरूमा फ्रान्स, स्पेन, पोर्चुगल आदि पर्दथे। ती देशहरूले पनि प्रतिस्पर्धाका आधारमा औद्योगिकीकरणको सुरुवात गरे। तीव्र औद्योगिकीकरणले गर्दा ती देशमा उत्पादित सामानहरू आफ्नो देशमा खपत हुन नसक्दा अन्य मुलुकहरूमा व्यापार गर्ने होडबाजी चलेको थियो।
यसका निम्ति व्यापारिक गन्तव्यहरूको खोजी भयो। यस क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, एसिया र अफ्रिका जस्ता महादेशहरूमा युरोपेलीहरूले उपनिवेश कायम गर्न थाले। यसबाट एकातर्फ वस्तुको बिक्रीका लागि बजार प्राप्त भयो भने अर्कातर्फ उद्योगका लागि आवश्यक पदार्थहरू सहज रूपमा प्राप्त भयो। साथै उनीहरूले त्यो देशको राजनीति र शासन पद्धतिमा समेत आफ्नो प्रभुत्व कायम राख्न थाले। बेलायत सरकारले आफ्नो संरक्षकत्वमा दुईवटा कम्पनी खोलेको थियो। पूर्वतर्फ व्यापार गर्ने कम्पनीलाई इस्ट इन्डिया कम्पनी (East India Company) र पश्चिमतर्फ व्यापार गर्ने कम्पनीलाई वेस्ट इन्डिया कम्पनी भनिन्थ्यो। त्यस बखत सम्पूर्ण उत्तरी अमेरिका, फ्रान्स, बेलायत र स्पेनको उपनिवेश बन्यो। पोर्चुगलले पनि विभिन्न ठाउँमा उपनिवेश खोलेको थियो।
औद्योगिक क्रान्तिको क्रममा उपनिवेश सुरुवातका अन्य कारणहरू यसप्रकार रहेका छन्:
- उद्योगधन्दाको विस्तार
- कच्चा पदार्थको उपलब्धता
- बजारको आवश्यकता
- सस्तो श्रम शक्ति
- आर्थिक लाभ
- श्रम शोषण
यो पनि पढ्नुहोस्
थप जानकारीका लागि आधिकारिक स्रोतहरू:
औद्योगिक क्रान्तिबारे थप जान्नुहोस् राष्ट्रिय परीक्षा बोर्ड (NEB)कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us