class 11 Social Unit 6-Chapter 2 | मध्यकालीन एसियाको आर्थिक उदय र सङ्क्रमण (Madhyakalin Asia ko Aarthik Udaya ra Sankraman)-विश्वको इतिहास
An overview of Madhyakalin Asia ko Aarthik Udaya ra Sankraman notes for NEB class 11 Social Studies

एकाइ ६: विश्वको इतिहास

पाठ २: मध्यकालीन एसियाको आर्थिक उदय र सङ्क्रमण

यस पाठमा हामीले मध्यकालीन एसियाको आर्थिक उदय र सङ्क्रमण (Madhyakalin Asia ko Aarthik Udaya ra Sankraman) को बारेमा विस्तृत अध्ययन गर्नेछौँ। मध्यकालीन एसियामा रेशम मार्ग (Silk Road) को विकास, चीन र भारतका आर्थिक गतिविधिहरू, र विभिन्न आविष्कारहरूले कसरी आर्थिक उदय गरायो तथा पछि के-कस्ता कारणले आर्थिक अवस्थामा गिरावट आयो भन्ने विषयमा यहाँ छलफल गरिएको छ।

Madhyakalin Asia ko Aarthik Udaya ra Sankraman

१. मध्यकालीन एसियाको उदय कसरी भएको थियो, बुँदागत रूपमा लेख्नुहोस्।

उत्तर: मध्यकालीन एसियाको उदय निम्न घटनाक्रम अनुसार भएको थियो:

  • चीनलाई युरोपसँग जोड्ने रेशम मार्ग (Silk Road) को स्थापना।
  • रेशमलाई मुद्राको रूपमा प्रयोग गरिनु।
  • म्याग्नेटिक कम्पास (Magnetic Compass), सुती धागो, कागज, तातो बेलुन, बारुद, सेस्मोमिटर, र सूर्य घडी जस्ता महत्त्वपूर्ण आविष्कारहरू हुनु।
  • चीनले नुन र फलाम उद्योगलाई राष्ट्रियकरण गरेको थियो, जसले उद्योगपतिको अधिकारमा कटौती गरेको थियो।
  • चीनमा किसानहरू खेतीतर्फ लाग्न थालेपछि कृषि कर र मालपोतमा वृद्धि भएको थियो।
  • मध्यकालीन भारतमा मराठाहरूले एक दशकमा ६ पटकसम्म बङ्गालमा आक्रमण गरेका थिए, र परिणामस्वरूप युरोप र टर्कीसँग गरिने व्यापार अवरुद्ध भएको थियो।
  • युद्धपछि बङ्गालले मराठासँग शान्ति सम्झौता गरेको थियो र त्यसपछि आउँदा वर्षहरूमा बङ्गाल र विहारले मराठालाई १.२ मिलियन नजराना तिर्नुपर्ने भएको थियो।

यसरी विभिन्न घटनाहरूबाट मध्यकालीन एसियाको उदय भएको थियो।

२. प्रस्तुत तालिकाले चीनको मध्यकालीन आयात-निर्यातको अवस्थालाई जनाउँछ। त्यस समयमा नेपालले के-कस्ता वस्तुहरू आयात-निर्यात गर्थ्यो, तालिकामा देखाउनुहोस्।

उत्तर: त्यस समयमा नेपालले आयात र निर्यात गर्ने वस्तुहरू यसप्रकार रहेका छन्:

आयातित वस्तुहरू:

  • राँगा, भैँसी, गोरु, बोटबिरुवाका कलमीहरू, कफी गेडा, चामलको पीठो, तोरीको तेल।
  • ग्लिसरीन, चिनी, बियर, रक्सीको कच्चा पदार्थ, भेनेगार, चुरोट, सुर्ती, नुन।
  • मार्बल टिक्का, चुनढुङ्गा, पेट्रोल, डिजेल, मट्टितेल, एल.पी. ग्यास, कार्बन।
  • औषधिका कच्चा पदार्थ, भ्याक्सिन, रगत समूह छुट्याउने रिएजेन्टहरू, एक्सरेका परीक्षण गर्ने तत्त्वहरू।
  • छाप्ने मसी, लेख्ने मसी, स्याम्पु, दन्तमन्जन, मैनबत्ती, सलाई, सिलिकन, प्लास्टिक पाइप।
  • अडियो भिडियो क्यासेट, चुरा, टिक्का तथा पोतेहरू, रबरको धागो, डोरी, सियो आदि।

निर्यातित वस्तुहरू:

  • नौनी, बटर, घिउ, प्राकृतिक मह, सुपारी, बेसार, जडीबुटी, पराल, भुसा, बाँस।
  • सुँगुर तथा अन्य जनावरका तयारी छाला, हाते झोला (ह्यान्ड ब्याग), छालाका अन्य वस्तुहरू।
  • बाल्ने दाउरा, काठको झ्यालढोकाहरू, काठको मूर्तिहरू, कागजको खाम, थैली, पात्रो (क्यालेन्डर)।
  • रेशमको धागो, कच्चा ऊन, कपास, सुती धागो, उनी गलैँचा, तयारी परिधान, कपडाका बोरा/झोला।
  • माटोको मूर्ति, बहुमूल्य धातु, तामा (कपर) आदि।

३. मध्यकालीन एसियाको आर्थिक अवस्थामा गिरावट आउनुका कारणहरूको समीक्षा गर्नुहोस्।

उत्तर: मध्यकालीन एसियाको आर्थिक अवस्थामा गिरावट आउनुका कारणहरू निम्नानुसार छन्:

  • किसानहरूको विद्रोह: विभिन्न स्थानमा भएका किसान विद्रोहले उत्पादन र कर सङ्कलनमा असर गर्‍यो।
  • यातायात साधनको अभाव: सामान ओसारपसार गर्न आधुनिक र भरपर्दो यातायातको कमी थियो।
  • कृषिमाथिको निर्भरता: अर्थव्यवस्था पूर्ण रूपमा कृषिमा निर्भर हुँदा अन्य क्षेत्रको विकास हुन सकेन।
  • कमजोर औद्योगिक सङ्गठन: उद्योगहरू व्यवस्थित र संगठित थिएनन्, जसले ठूलो मात्रामा उत्पादन गर्न सकेन।
  • व्यापारिक मार्गको अभाव: सुरक्षित र व्यवस्थित व्यापारिक मार्गहरूको कमीले व्यापार विस्तारमा बाधा पुर्‍यायो।
  • घरेलु उद्योगको प्रवर्द्धनमा कमी: स्थानीय तथा घरेलु उद्योगहरूलाई प्रोत्साहन र संरक्षणको अभाव थियो।
  • परम्परागत प्रविधिको निरन्तरता: उत्पादनमा पुरानै सीप र ज्ञानको प्रयोग भइरह्यो, नवीन प्रविधिको विकास भएन।
  • सामन्तीवादी अर्थव्यवस्था: जमिन केही सामन्तहरूको हातमा सीमित हुँदा वास्तविक किसानहरूले लाभ पाउन सकेनन्।
  • सीमित आन्तरिक तथा बाह्य व्यापार: राजनीतिक अस्थिरता र असुरक्षित मार्गका कारण व्यापार सीमित रह्यो।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top